गोकुल बाँस्कोटाको गृह पालिकामा एकीकृत समाजवादीका मेयर निर्वाचित, उपमेयरमा कांग्रेस

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी भएका छन्।

२०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए।

तामाङले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका हुन्।

विजयी तामाङले ९४०६ मत ल्याए। उनको निकटतम प्रतिद्वन्द्वी सापकोटाले ८३५१ मत प्राप्त गरे।

मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो।

उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन्। उनले ११३०५ मत प्राप्त गरे।

उपमेयरमा पराजित उम्मेदवार एमालेकी सरिता ढकालले ६९२४ मत प्राप्त गरिन्।

टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलाली । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो। उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।   उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो । सुदूरपश्चिम अखण्ड र थारुवानरथारुहट आन्दोलनबाट सिर्जित टिकापुर घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।

दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरे। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी भए । एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरेर पराजित भए । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा विजयी भएका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी भएकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी हुन् ।

गल्याङ नगरपालिकाको प्रमुखमा कांग्रेसका गुरु भट्टराई विजयी, घोषणा हुन बाँकि

स्याङ्जा ।गल्याङ नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेस उम्मेदवार गुरु प्रसाद भट्टराई विजयी भएका छन् । मतगणना चलिरहे पनि उनको जित सुनिश्चित भएको हो । ११ वडा रहेको नगरपालिकामा अन्तिम वडाको मतगणना चलिरहेको छ । जम्मा ४०९ मत गणना हुन बाँकी रहदा ५४२ ले गुरु प्रसाद भट्टराई अगाडि रहेपछि भट्टराईको जित सुनिश्चित भएको हो । भट्टराईले ९३०६ मत ल्याउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे “पारस”ले ८७६४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा नेपाली काङ्ग्रेस उम्मेदवार हेमा न्यौपानेले ८८६४ म ल्याएर ५० मतले अगाडी छन् भने उनकी प्रतिस्पर्धी देबि थापा मगरले ८८४३ मत प्राप्त गरेकी छन् । मतगणना जारी छ ४०९ गणना बाँकी छ ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरको दर्शन

काठमाडौ । बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मोदी एक दिने नेपाल भ्रमणका लागि आज बिहान लुम्विनी आएका हुन् । भारतीय वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आएका मोदी भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए । मोदीलाई हेलिप्याडमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरे।   भैरहवामा ओर्लिएपछि मोदी सिधै मायादेवीको मन्दिर तर्फ लागे । मोदीले अशोक स्तम्भको पनि अवलोकन गरे। मोदीले आजै लुम्बिनीमा गुम्बाको उद्घाटन गर्ने र बुद्ध जयन्त्रीका अवसरमा त्यहाा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदबारले ३ मतले बिजयी भएपछि

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ को वडा अध्यक्ष दानसिह जोगी हार्ने सोच बनाएर घर फर्केका ३ मतले बिजयी भएका छन् । तिब्र प्रतिष्पर्धामा रहेका जोगी आफु जित्न महोल नभएपछि हार स्वीकार्दै घर गएका थिए । पछि फेसबुकबाट बिजयी भएको सुचना पाएपछि उनी पुन मतगणना स्थल गएका थिए । उनी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भए । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका हुन् ।

दुर्गाथलि गाउँपालिका अध्यक्षमा माओवादीका दिलबहादुर थापा विजयी

बझाङ । बझाङ जिल्लाको दुर्गाथलि गाउँपालिका अध्यक्षमा वाईसिएल नेपाल सुदुर पश्चिम इन्चार्ज रहेका दिलबहादुर थापा (तुफान) विजयी भएका छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार उनी दुर्गाथलि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यी हुन् माओवादीले जितेका २६ पालिका र प्रमुखहरु

काठमाडौं। स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउनेक्रम जारी छ। पछिल्लो नतिजा अनुसार २६ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादी)केन्द्रले हालसम्म जितेका २६पालिका प्रमुखहरु १.डोल्पा जगदुल्ला गाउँपालिका : अध्यक्ष- नारसिङ रोकाय २.दार्चुला अपि हिमाल गाउँपालिका : अध्यक्ष- भगत सिंह ठेकेरे बोहोरा ३.दैलेख नौमुले गाउँपालिका अध्यक्ष : छबि सुवेदी ४.ताराखोला गाउँपालिकाबागलुङ : अध्यक्ष -धन बहादुर बि.क. ५.लिङ्चुन्बुङ गाउँपालिका- उदयपुर : अध्यक्ष -मेजर राइ ६.जन्तेढुङ्गा गाउँपालिका- खोटाङ : अध्यक्ष – अरुणा देवी राई ७.थवाङ गाउँपालिका-रोल्पा : अध्यक्ष – ऋषि केशव बुढा मगर ८.नौगाड गाउँपालिका-दार्चुला : अध्यक्ष – दलजितसिंह धामी ९.ताजाकोट गॅाउपालिक-हुम्ला : अध्यक्ष – लालकेश जैशी १०.अजिरकोट गाउँपालिकामा-गोरखा : अध्यक्ष- दीपक देवकोटा ११.मार्मा गॅाउपालिका-दार्चुला : अध्यक्ष -जमन सिह धामी १२. लेकम गाउॅपालिका-दार्चुला अध्यक्ष : रामदत्त जोशी १३. थुलुङ दुधकोशी गाउँपालिका-सोलुखुम्बु : अध्यक्ष – असिम राई १४. चन्द्रकोट गाउँपालिका-गुल्मी : अध्यक्ष – युवराज केसी १५.आलिताल गाउँपालिका-डडेलधुरा : अध्यक्ष – शेर सिंह पार्की १६.आमचोक गाउँपालिका-भोजपुर : अध्यक्ष – अशोक राई १७.पुथा उत्तरगंगा गाउँपालिका-रुकुम पुर्व : अध्यक्ष -पुनिराज घर्ती १८. रोल्पा नगरपालिका -रोल्पा : मेयर -सुरेन्द्र थापा(घर्ती) १९. बोकतान फुड्सील गाउपालिका -डोटी : अध्यक्ष – कमल बहादुर गड्सील २०.फत्ताङलुङ गाउँपालिका -ताप्लेजुङ : अध्यक्ष – राजन लिम्बु (मुक्ति) २१. बंगलाचुली गाउपालिका-दाङ्गस अध्यक्ष -तुल्सिराम पुन २२. ऐंसेलुखर्क गाउपालिका-खोटाङ्ग अध्यक्ष- गिरेन राई २३. मुड्केचुला गाउँपालिका–डोल्पा – अध्यक्ष-दत्त शाही २४. सिस्ने गाउपालिका- रुकुम पूर्व – अध्यक्ष-कृष्ण रेग्मी २५.चिंसखुगडी गाउपालिका-ओखलढुंगा – अध्यक्ष-निशान्त शर्मा २६. बारपाक सुलिकोट गाउँपालिका- गोरखा- विष्णु भट्ट

विवेकशील साझाले भन्यो- पार्टीको उतारचढावलाई मतदाताले मन पराएनन्

काठमाडौं । विवेकशील साझा पार्टीले अपेक्षाकृत नजिता ल्याउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै ‘आशा गरिएको पार्टीभित्रको उतारचढावलाई मतदाताले मन नपराएको’ स्वीकार्दै क्षमा मागेका छन् । ‘हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो’ विज्ञप्तिमा भनिएको छ, ‘साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो ।’ कतिपयले पार्टीको कमजोर नतिजा आउनुमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ शीर्षकको राजनीतिक दस्तावेज रहेको भूमिका रहेको विश्लेषण गरे पनि त्यसो नभएको भन्दै पाठकले खण्डन गरेका छन् । उनले भनेका छन्, ‘अहिले मात्र होइन, सो दस्तावेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नुपरेको थियो, जुन सोचनीय विषय छ।’ वैचारिक उथलपुथल र कयौं अन्य कमजोरीका बाबजुद पनि आफूहरुले इमान्दारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै नगुमाएको पनि भनिएको छ । साथै, विगतका सिकाइबाट अब निर्मम समीक्षा र निर्णय गर्दै जाने पनि भनिएको छ ।

एमालेको गढ पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पद लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । गठबन्धन अन्र्तगत अध्यक्ष पदमा नेपाली कांग्रेसका बम प्रसाद लावतीले नेकपा (एमाले) का प्रत्यासी भिमप्रसाद सम्हाम्फेलाई १ सय ५७ मतले पराजित गर्दे विजयी भएका हुन्। लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा एमालेका प्रत्याशी भिम सम्हाम्फेले २ हजार ९ सय मत प्राप्त गरे । यस्तै, उपाध्यक्ष पदमा पनि गठबन्धन अन्तर्गत माओवादी केन्द्रका महेन्द्र खड्काले प्रत्याशी नेकपा एमालेकी सिता रिजाल आचार्यलाई ३४ को मतान्तरले विजयी भईन् । खड्काले २ हजार ७५८ र आचार्यले २ हजार ७२४ मत प्राप्त गरेका थिए। ५ वटा वडा रहेको यस कुम्मायक गाउँपालिकामा २ वटा गठबन्धन र ३ वटामा नेकपा एमालेले जित हासिल गरेको छ । गत ०७४ को स्थानीय तहको निर्वाचनमा २७ वटा पदमध्ये वडा नम्बर १ मात्रै स्वतन्त्रले जितेको थियो भने बाँकी २६ वटा पदमा नेकपा एमालेले जितेको थियो

काठमाडौंको चन्द्रागिरी –५ मा माओवादीका राजेन्द्र मर्हजन निर्वाचित

काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलका सहित माओवादी केन्द्रका उम्मेदवार राजेन्द्र मर्हजन वडा अध्यक्षमा निर्वाचित भएका छन् । महर्जन दोब्बर भन्दा बढीको मतान्तरले विजयी भएका हुन् ।सोमबार सार्वर्जनिक मत परिणामका अनुसार उनले विजय हासिल गरेका हुन् ।

दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी

काठमाडौं । दैलेखको भैरवीमा काँग्रेसले एमालेको गढ भत्काएको छ । त्यहाँ पालिकाको अध्यक्षमा काँग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि काँग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन् । एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

डोल्पाको मुड्केचुलामा माओवादी विजयी

काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् । एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।

रुकुम पूर्वका ३१ मध्ये १६ वटा वडाको मत सार्वजनिक

रुकुमपूर्व । तीन वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्वको ३१ वटा वडा मध्येमा १६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । १६ वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दासम्म १३ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । नेपाली कांग्रेसले दुई वटा र नेकपा एमालेले एउटा वडामा विजयी हासिल गरेका छन् । एमाले र कांग्रेसले जितेका वडामा माओवादी केन्द्रसँगको मतान्तर थोरै मात्र छ । सिस्ने १ रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रज बहादुर बुढा प्यानलसहित विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार बुढा ३ सय ८६ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस गठबन्धनका उम्मेद्वारले ३ सय ५६ मत प्राप्त गरेका छन् । माओवादीको प्यानलमा महिला सपुरी बुढा, तुल कुमारी विक, डबल बुढा र हस्त बहादुर बुढा सदस्य चुनिएका छन् । सिस्ने गाउँपालिका २ सिस्ने गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा एमाले–कांग्रेसको गठबन्धनका उम्मेद्वार चंख झाँक्रीलाई पछि पार्दै कृष्ण खड्काको प्यानल विजयी भएको हो । खड्काले ४ सय २८ र झाँक्रीले ३ सय ७२ मत पाइन् । सिस्ने २ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा नविना मल्ल घर्ती, दलित महिला सदस्यमा सम्झना नेपाली, खुला सदस्यमा तीर्था पुन र दिनेश विक विजयी भएका छन् । सिस्ने गाउँपालिका ३ रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ मा पनि नेकपा माओवादी केन्द्र भारी मत अन्तरले विजयी भएको छ । गएको स्थानीय तह चुनावमा हार व्यहोरेको यस वडामा यस पटक माओवादी विजयी भएको हो । माओवादीले यस वडामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । मोओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका हेराम खड्काले प्रतिस्पर्धी नेकपा एमाले, नेपाली कांग्रेस र माले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर बढी मत ल्याएर विजयी बने । खड्काले ६ सय २३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी भावना खड्काले ३ सय ५ मत प्राप्त गरेकी छन् । यो वडा पहिलेको स्थानीय तह चुनावमा माओवादीले गुमाएको थियो भने एमालेले जितेको थियो । अहिले यस वडामा हारको बदला दोब्बर बढी मत ल्याएर माओवादीले ल्याएको छ । वडाको महिला सदस्यमा माओवादी र एकीकृत समाजवादी प्यानलबाट महिला सदस्यमा मिना केसी, दलित महिला सदस्यमा पे्ररणा कुमारी कामी र खुला सदस्यमा लक्षिराम खड्का, लालजित बुढा विजयी भएका छन् । रुकुम पूर्वमा एमालेले खाता खोल्यो रुकुमपूर्वमा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ७ बाट एमालेले खाता खोलेको हो । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै एमालेबाट शशिधर बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खिमबहादुर पुनले २ सय ८३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर ओलीले ५१ मत प्राप्त गरे । वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट महिला सदस्य धनकुमारी बुढा, दलित महिला सदस्यमा चम्फा कामी विक, खुला सदस्यमा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका समाजवादीका शशिराम बुढा र एमालेबाट विष्णु गिरी निर्वाचित भएका छन् । सिस्ने–८ सिस्ने गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपाल पुनमगर विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार पुन ४ सय २० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २३८ सय मत ल्याएका छन् । महिला सदस्यमा बिन्दु रावल, दलित महिला सदस्यमा लक्ष्मी बुढा सार्की, खुल्ला सदस्यमा डम्मर बहादुर बुढा र नर बहादुर पुन विजयी भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका १ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजय हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानलै विजयी भएको छ । कामीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी महिला सदस्य मल्ति पुन ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुन ३ सय ८४ र विक्रम पुनले ४ सय ६ मत ल्याएर विजयी भएका छन् । १ नम्बर वडामा जम्मा ६ सय ६६ मत खसेको थियो । पुथा उत्तरगंगा गाउँपालिका २ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जसबहादुर श्रीपाली विजयी भएका हुन् । उनले एमाले कांग्रेस गठबन्धनका उम्मेदवार कर्णबहादुर बुढालाई पछि पार्दै २ सय ३४ मत ल्याएर विजयी हासिल गरेका हुन् । बुढाले १ सय ८९ मत प्राप्त गरे । माओवादी केन्द्रबाटै २ सय ३९ मत ल्याएर दलित महिला सदस्यमा मायाधन कामी र २ सय ४३ मत ल्याएर औसी बुढा महिला सदस्यमा निर्वाचित भएका छन् । यसैगरी २ सय ३४ मत ल्याएर मनिराम मुन र २ सय ३६ मत ल्याएर खाल पुन खुला सदस्यमा विजयी भएका छन् । २ नम्बर वडामा कुल ४ सय ९२ मतदाता रहेकोमा ४ सय २४ मत खसेको थियो । पुथा उत्तरगंगा ३ पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार बल बहादुर बुढा ९विजय० १ सय ६३ मतका साथ निर्वाचित भएका छन् । वडाध्यक्षका निकटतम प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका काप्चे बुढाले १ सय ३२ मत ल्याएका छन् । महिला सदस्यमा जोतिलाख बुढा, दलित महिला सदस्य सुशीला विक, खुल्ला सदस्य बलकम बुढा र खुल्ला सदस्यमा भदौरे बुढा विजयी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ४ पुथाउत्तरगंगा गाउँपालिकामा ४ मा नेपाली कांग्रेसले जित हासिल छ । नेपाली कांग्रेसले पुथा ४ को वडाध्यक्षसँगै महिला सदस्य र एक जना खुला सदस्यमा विजयी हासिल गरे । कांग्रेसका सुरबहादुर विकले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विरबल पुनलाई थोरै मतान्तरले पराजित गरे । विकले २ सय ३ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादीका पुनले एक सय ९३ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट महिला सदस्यमा सुनिता रोका र खुला सदस्यमा जितकुमार कामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट दलित सदस्यमा सुर्ज कामी र खुला सदस्यमा मनदेउ बुढामगर विजयी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ५ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका टिकासाई घर्ती प्यानलसहित विजयी भएका छन् । त्यहाँ नेपाली कांग्रेस र जसपाका उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो । घर्तीले ४ सय १७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका अविनास बुढाले १४८ र जसपाका अशोक घर्तीले ६२ मत प्राप्त गरे । यस वडामा माओवादी केन्द्रबाटै महिला सदस्यमा ग्वारी बुढा, दलित महिला सदस्यमा बालकुमारी कामी, खुला सदस्यमा दामबहादुर कामी र थर्कबहादुर झाँक्रीमगर विजयी भएका छन् । पुथा उत्तरगंगा ६ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । त्यहाँ माओवादी केन्द्रबाट शंखे सेनको प्यानल नै विजयी भएको हो । सेनले एक सय ८५ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तुलबहादुर घर्तीले ९५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट महिला सदस्यमा तिर्थ कुमारी मल्ल, दलित महिला सदस्यमा लहरमाया दमाई, खुला सदस्यमा बमबहादुर रोका र सुन बहादुर विक विजयी भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका ७ रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ मा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । यस वडामा नेपाली कांग्रेसका तिलबहादुर बुढालाई पछि पार्दै माओवादी केन्द्रबाट चित्रबहादुर बुढाले विजयी हासिल गरेका हुन् । तिलबहादुर बुढाले रुख चिन्हबाट १३३ मत प्राप्त गर्दा हसिया हथौडाबाट चित्रबहादुर बुढाले २०० मत प्राप्त गरेका थिए । सदस्यहरुमा माओवादी केन्द्रबाट रामकुमारी रोका, लक्ष्मी दमाई, इनम बुढा र टेकबहादुर घर्ती विजयी भएका छन् । पुथा उत्तरगंगा– ८ मा महिला अध्यक्ष पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । यस वडामा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा पूर्णा शाही मल्ल विजयी भइन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई १२ मतले पछि पार्दै विजयी हासिल गरेकी हुन् । पूर्णाले ३ सय ५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जयबहादुर बुढाले ३ सय ४२ मत पाए । यहाँ माओवादी केन्द्रबाट महिला सदस्यमा कर्णकुमारी मल्ल, दलित महिला सदस्यमा कल्पना कुमारी सुनार विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट खुला वडा सदस्यमा देपेन्द्रजंग मल्ल र ढलबहादुर शाही निर्वाचित भएका छन् । यस वडामा ७ सय १५ मत खसेको थियो । पुथा उत्तरगंगा गाउँपालिका ९ पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएका छन् । यो वडा नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री केशरमान रोका र नेकपा एमालेको जिल्ला अध्यक्ष टोपबहादुर ओलीको गृह वडा हो । यहाँ एमाले र कांग्रेसलाई पछि पार्दै वडाध्यक्षमा माओवादी केन्द्रका हर्कप्रसाद रोका विजयी भए । वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा उर्मिला रोका, दलित महिला सदस्यमा हसिया हथौडा चिन्हबाट समाजवादीका जुनकुमारी विक, खुला सदस्यमा माओेवादीबाट टेकबहादुर नेपाली, कांग्रेसबाट खुला सदस्यमा लालबहादुर खड्का विजयी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका १० पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० मा नेकपा एमाले विजयी भएको छ । यस वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमाले विजयी भएको हो । यहाँ एमालेका भरत बुढाले ३१६ मत ल्याएर विजयी हासिल गर्दा माओवादी केन्द्रका दयाधन घर्तीले २९७ र नेपाली कांग्रेसका सुनबहादुर बुढाले २७९ मत प्राप्त गरेका छन् । यस वडामा गएको स्थानीय तह चुनावमा पनि एमालेले नै जितेको थियो । यस वडामा एमालेबाट दलित महिला सदस्य धनकुमारी कामी विजयी भएकी छन् भने नेपाली कांग्रेसबाट खुला सदस्यमा मालबहादुर बुढा र काजीमान घर्ती तथा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा प्रतिमा पुन विजयी भएका छन् । भूमे गाउँपालिका ७ भूमे गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका संगम रोका विजयी भएका छन् । रोकाले ४६४ मत ल्याएर एमाले–कांग्रेसको गठबन्धनलाई हराए । सूर्यबाट चुनाव लडेका गठबन्धनका विजय बुढाले ५५ मत प्राप्त गरेका छन् । वडा सदस्यमा माओवादी केन्द्रबाट महिला सदस्यमा सिता कुमारी बुढाथोकी, दलित महिला सदस्यमा सुनमाया सुनार, खुला सदस्यमा मेघबहादुर श्रेष्ठ र मैमान रोका विजयी भएका छन् । भूमे गाउँपालिका ८ भूमे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा एमाले र माओवादीका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसबाट दिनेश रोका विजयी भएका छन् । रोकाले ४७७ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्णबहादुर रोकाले ४६९ मत पाउँदा एमालेबाट उम्मेदवार बनेका लालप्रसाद ओलीले १५ मत प्राप्त गरे । वडा सदस्यमा भने सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । महिला सदस्यमा फोमली बुढा, दलित महिला सदस्यमा अनिता कामी, खुला सदस्यमा टिकाराम कामी र तुलबिर बुढा विजयी भएका हुन् । भूमे गाउँपालिका ९ भूमे गाउँपालिका वडा नम्बर ९ मा माओवादीको प्यानलै विजयी भएको छ । त्यहाँ नेकपा एमाले र कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका विनोद बुढा ७१६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा कांग्रेसका समिर पुनले ३१२ मत र नेकपा एमालेका नन्दकुमार घर्तीले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ । भूमे ९ मा महिला सदस्य सुनिता पुनले ६९२, दलित महिला सदस्यमा मनकुमारी नेपालीले ६९३ मतसहित निर्वाचित भए । खुला सदस्यहरुमा आइतेराम ओलीले ६८३ र अर्का खुला सदस्य गणबहादुर पुनले ६८४ मत प्राप्त गर्दै विजयी भए । विहान ३ बजेबाट सुरु गरिएको मतगणनामा अहिलेसम्म ९ नम्बर वडाको मात्र गत गनेर सकिएको छ । त्यहाँ जम्मा ११ सय ९२ मत खसेको थियो । सबै पालिकामा नेकपा माओवादी केन्द्रले सुरुदेखि नै अग्रता कायम गरेको छ ।

पालुङ्टार वडा नं‍. २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

गोरखा । पालुङ्टार नगरपालिका वडा नं‍‌. २ मा माओवादी केन्द्रले प्यानल नै जित हाँसिल पारेको छ । वडा अध्यक्षमा कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी ‍(लिम्बु), महिला दलित वडा सदस्यमा मिना नेपाली, खुल्ला वडा सदस्य गोविन्द वस्ती र गंगा बहादुर बलकोटीले जित हाँसिल पारेका छन् । यसैगरी पालुङ्टारको वडा नम्बर १,२ र १० को मत गणना सकिएको छ । पालुङ्टार वडा नम्बर १ मा कृष्ण बहादुर परियारले जसपाबाट वडा अध्यक्ष हात पारेका छन् भने बाँकी दुई वडामा माओवादी केन्द्रले जित हाँसिल पारेको छ । वडा नं. ९ को मत गणना भइरहेको छ भने वडा नं ३ को गणना सुरु हुन लागेको छ ।

स्याङजामा माओवादीले खोल्यो खाता विरुवा–३ को वडाअध्यक्षमा मनुकुमारी राना विजयी

स्याङजा । स्याङजा जिल्लाको विरुवा गाउँपालिका –३ राङ्भाङमा माओवादी केन्द्रकी उम्मेदवार मनुकुमारी राना वार्ड अध्यक्षमा विजयी भएकी छिन् । माओवादी केन्द्रले वडा अध्यक्ष जितेर स्याङ्जामा खाता खोलेको हो । आइतबार दिउँसो सार्वजनिक भएको मत परिणाम अनुसार उनले विजय हासिल गरेकी हुन् ।