पाल्पा जिल्लामा गठबन्धनको सहमति यस्तो छ भागबन्डा

पाल्पा । सत्तारुढ दल कांग्रेस , माओवादी केन्द्र र एकिकृत समाजवादीबीच पाल्पा जिल्लामा गठबन्धन गर्ने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाएसँगै अब गठबन्धन एकढिक्का भएर चुनावी मैदानमा उत्रने बैठकमा सहभागी एक नेताले बताए ।

यस्तो छ स्थानीय तह र गठबन्धनका उम्मेदबारी दिने पार्टीको नामावली

१ तानसेन नगरपालिका

मेयर : कांग्रेस   उपमेयर : माओवादी केन्द्र

२ रामपुर नगरपालिका

मेयर : कांग्रेस      उपमेयर : कांग्रेस

३ रैनादेवी छहरा गाउँपालिका

अध्यक्ष : कांग्रेस     उपाध्यक्ष   : माओवादी केन्द्र

४ रिब्दीकोट गाउँपालिका
अध्यक्ष : माओवादी केन्द्र      उपाध्यक्ष : कांग्रेस

५ तिनाउ गाउँपालिका

अध्यक्ष : माओवादी केन्द्र      उपाध्यक्ष :  कांग्रेस

६ निस्दी गाउँपालिका

अध्यक्ष : कांग्रेस      उपाध्यक्ष : माओवादी केन्द्र

७ पूर्वखोला गाउँपालिका

अध्यक्ष :  एकिकृत समाजवादी     उपाध्यक्ष : कांग्रेस

८ बगनासकाली गाउँपालिका

अध्यक्ष : कांग्रेस        उपाध्यक्ष :  एकिकृत समाजवादी

९ माथागढी गाउँपालिका

अध्यक्ष :  कांग्रेस      उपाध्यक्ष    : कांग्रेस

१० रम्भा गाउँपालिका
अध्यक्ष  :  एकिकृत समाजवादी      उपाध्यक्ष  :  कांग्रेस

कालाकारको जनप्रतिनिधि बन्ने रहर, काठमाडौंको मेयरमा तीन जनाले उम्मेदवार दर्ता गर्दै

काठमाडौं ।पछिल्लो समय राजनीतिमा कलाकाहरुको आर्कषण बढेको छ । हुन त स्थानीय तहकाे उम्मेदबार बन्न कर्मचारीले राजीनामा दिने देखि मन्त्री सांसदसम्मले राजीनामा दिएर उम्मेबारी दिने तरखरमा छन् । जनसंख्याको आधारमा देशको सबैभन्दा ठुलो महानगर काठमाडौंमा तीन जना कलाकारले जनप्रतिनिधि बन्ने रहर गरेका छन् । उनीहरुले काठमाण्डाैकाे मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पूर्व मिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्न लागेका हुन् । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि बरिष्ठ कलाकार श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफ्नो दावेदारी प्रस्तुत गर्दै आएकी छिन् । बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।

ओलीले हिरा छाडेर किरा जम्मा गरेकाले एमाले छाँडेः राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि नेकपा एमाले छाडेका छन । तिमल्सिनाले शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराको मात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए छन्। उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष भएर खेल क्षेत्रमा सक्रिय थिए । उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि ओलीले मान्छे चिन्न र उचित मूल्यांक गर्न नसकेको बताए ।

निर्माणाधिन मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा ।हेटौंडा उपमहानगरपालिका(९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए । मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।  

३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन चितवनमा सुरु

चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । चितवनमा आजदेखी ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्र्तराष्टिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । यो शल्यक्रियाअति नै सुक्ष्म र सम्बेदनशिल हुने भएकोले यस्को सफलतामा, सहि योजनाले निकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ। यो अर्थोग्न्याथिक शल्यक्रिया उपचार अन्य यस्ता खालका बिरामीको लागि कोशेढुङगाको रूपमा साबित हुने कोईरालाको भनाई छ। पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा समान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाको समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ ।

आज राष्ट्रपति भण्डारी चितवन जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।   उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ । रासस

मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रूपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्यधिक मात्रामा मूल्यवृद्धि र वस्तु अभावको गुनासो बढेकाले आयातकर्ता, वितरक, खुद्रा वितरकहरूले काबुबाहिरको परिस्थिति देखाएर सहज हुँदा–हुँदै पनि मूल्यवृद्धि गरेको विषयमा अध्ययनपछि तत्काल कारबाही गर्ने तयारी गरिएको बताए । मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको उनले बताए । महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएता पनि विभागको नियन्त्रण भन्दा बाहिर रहेको बताए । अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणाली मार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ । विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक फर्महरूलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्महरुलाई कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै, विभागले १ हजार १२ फर्महरूलाई कारबाही गरे वापत् १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा सुरक्षा निकायबीचमा हुने समन्वयको सम्बन्धमा छलफल भएको हो ।

सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काडमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार) देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावन मार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रिय तर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । बिहिबारदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि, अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले बताउनुभयो । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । आगामी जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिक रुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् ।

गठबन्धनका शीर्ष नेताले सातै प्रदेशका चुनावी सभालाई संबोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशमा आयोजना गरिने चुनावी सभामा शीर्ष नेताहरुले संबोधन गर्ने निर्णय गरेको हो ।   नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार सातै प्रदेशका चुनावी सभामा पाँच दलीय गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको गुरुङको भनाइ छ । गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।

खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसबीच चुनावी गठबन्धन

सप्तरी । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन हुने भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो । परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार प्रतिगामी तत्वहरुलाई परास्त गर्न सप्तरी जिल्लाको खडक नगरपालिकामा समेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) विच तालमेल गरी चुनाव लडने सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट नगर उप प्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी विज्ञप्तीमा उललेख छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नगर अध्यक्ष विजय कुमार साहद्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ। साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ । सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ। भने वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्ण भएको छ ।

अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।   गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् । घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुर जिल्लाको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज ९बिहिबार० बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक र घाइतेलाई कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई पाटन र बीएण्डबी अस्पताल लगिएको छ । ग्याँस कारखाना भित्र अहिले पनि छिर्ने अवस्था समेत नरहेको ललितपुर प्रहरीले बताएको छ ।

दैलेख महाबु–४ मा क्रान्तिकारी आरआरका सचिव सुरेन्द्र शाही सिफारिस

दैलेख । नेकपा (माओवादी केन्द्र) दैलेख महाबु गाउँपालिकाले वडा नम्बर–४ को अध्यक्षको उम्मेदबारको रुपमा विद्यार्थी नेता सुरेन्द्र शाहीलाई एकल रुपमा सिफारिस गरेको छ । अखिल(क्रान्तिकारी) आरआर क्याम्पस कमिटीको सचिवको रुपमा विद्यार्थी राजनीतिमा सक्रिय शाही त्यस वडाका युवा विद्यार्थीबीच लोकप्रिय छन् । उनी विगत ६ वर्ष देखि आर.आर. क्याम्पसमा सकृय रुपमा विद्यार्थी राजनीति गर्दै आएका छन्। उनको पार्टी संगठनमा लगाव, आन्दोलन प्रतिको आस्था एवं कृयाशिलता अनुकरणीय भएको उनका सहकर्मीहरु बताउछन् । “उहाँ जत्तिको युवालाई वार्ड पार्टीले विश्वास गरेर उम्मेबार बनाएछ । यस्तो कदम विद्यार्थी राजनीतिमा लाग्ने युवा विद्यार्थीको लागि गर्वको कुरा हुन्छ। पार्टीले उहाँलाई चिनेको छ, हामीलाई विस्वास छ जनताले पनि उहाँ लाई अनुमोदित गर्ने छन्। हामी उहाँलाई शुभकामना व्यक्त गर्न चाहान्छौं । ” शाहीका समकक्षी एवं अखिल (क्रान्तिकारी), आर.आर. क्याम्पस कमिटी अध्यक्ष शिशिर वश्यालले भने । सुरेन्द्र बहादुर शाही कालिका युवा एकता क्लब, महाबु–४, काप्रिखोला दैलेखका अध्यक्ष पनि हुन्। उनकै नेतृत्वमा गत वर्ष असोज ३१ देखि कार्तिक ३ गते सम्म प्रथम कालिका भलिबल तथा संस्कृतिक कार्यक्रम–२०७८ गरेका थिए । राजनीति र समाजसेवा मार्फत स्थानीय क्षेत्रको विकासमा लागेको भन्दै शाहीले चुनावमा पार्टीले आफुलाई अगाडि सारे पनि गठबन्धनको निर्णयले जसलाई उम्मेदबार बनाउछ त्यसलाई सबै सहयो गरेर प्रतिगमन विरुद्ध एकजुट हुनुपर्ने बताए । उनले आफ्नो उम्मेदबारी सिफारिससँगै चुनावी प्रतिबद्धता जनाएका छन् । यस्ता छन् शाहीका चुनावी प्रतिबद्धता १.प्रदेश स्तरिय खेल संचालन गर्ने र राष्ट्रिय स्तरको खेलाडी उत्पादन मा जोड दिने। २. वडा नम्बर ४ मा पर्ने गैदाबाज मा.बिमा न्युनतम एउटा प्राविधिक शिक्षा ल्याउने। ३.भ्रष्टाचार मुक्त प्रशासन सहितको सुशासन कायम गर्ने। ४.निशुल्क शिक्षा र स्वास्थ सुविधायुक्त वडा निर्माण गर्ने। ५. आन्तरिक उत्पादनमा जोड दिदै स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने। ६. कृषिको आधुनिकिकरण गर्दै कृषकको आयमा वृद्धि गर्ने। ७. महिला तथा अन्य उत्पीडित समुदायको लागि विशेष आर्थिक कार्यक्रम ल्याउने, उनीहरुको सशक्तीकरणमा विशेष जोड दिने।

कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

सुर्खेत । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि रु १५ करोड स्थानीय तहमा पठाइएको मुख्यमन्त्री शाहीले बताए। विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल तथा प्रदेशभरमा ६६ सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरी स्थानीय तहमार्फत काम भइरहेको छ । प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रङ्गशाला, अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको निर्माण, प्रदेशका १० वटै जिल्लामा ८१ खेल मैदान निर्माण, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवन निर्माण भइरहेको छ । चालु आर्थिक वर्षमा एक हजार २३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको, चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर र किवी उत्पादन गर्न सुरु भएको मुख्यमन्त्री कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । जाजरकोट र दैलेखमा मकै मिसन, मार्सी धान प्रवद्र्धन, भटमास र रैथाने बाली प्रवद्र्धन तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । पछिल्लो ६ महिनामा १७० किलोमिटर सडक खनिएको, ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको र ११।५ किमी सडक कालोपत्र गरिएको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा विधेयक, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐनसम्बन्धी संशोधित विधेयक टेबुल गर्नुका साथै प्रदेश विद्युत् विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रियासमेत अगाडि बढाइएको छ । रासस

धरानमा सगठबन्धनबीच वडा तहसम्मै मिल्यो भागबण्डा

काठमाडौं । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख,उपप्रमुख,वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो । जसअनुसार नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ । सहमतिपछि चार दलको संयुक्त वक्तव्यमा भनिएको छ, ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेदवारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता,आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।’