१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य

काठमाडौंः अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लस कम मूल्यमा विक्री गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार १ लाख ४ हजार ९ सय ९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९ सय ९९ रूपैयाँ हुनेछ ।

यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको छ । गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ ।

कोरोना कहाँबाट आएको हो ? पत्ता लगाउँदै डब्ल्यूएचओ

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन विज्ञको टोली चीन पठाउने भएको छ । विश्वव्यापी महामारीको रुपमा देखा परेको भाइरस कहाँबाट आएको हो भनेर पत्ता लगाउन डब्ल्यूएचओले अर्को हप्ता विज्ञको टोली चीन पठाउँदैछ। मेको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरूलाई बोलाउन चीनलाई भनेको छ, जसले कोरोना भाइरसकोस्रोत पत्ता लगाउन सहयोग पुर्याउँछ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम जिब्रियोसले एक भर्चुअल प्रेस सम्मेलनमा भने, ‘जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामी यसलाई अझ राम्रोसँग लड्न सक्षम हुन्छौं । यो कहाँबाट आएको हो भन्ने पत्ता लगाउनु पर्छ । अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं र हामी आशा गर्छौं कि यसले भाइरसको उत्पत्ति बुझ्न मद्दत गर्दछ ।’ यद्यपि उनले टोलीमा को हुने र आफ्नो लक्ष्य के हुने भनेर स्पष्ट पारेका छैनन । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो भाइरस जनावरबाट मानिसकहाँ आएको हुनसक्छ वुहानको बजारबाट, जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ । डब्ल्यूएचओले कोभिड–१९ र विभाजित संसारको राजनीतिकरणको बीचमा डरलाग्दो अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएको छ । बीबीसी

५ वर्षदेखि सम्पर्क बिहिन युवतीको भारतबाट उद्धार

राजविराज– सप्तरी प्रहरीले पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतीलाई भारतबाट उद्धार गरेको छ । बलानबिहुल गाउँपालिका–३ धर्मदेव पासवानकी कान्छी छोरी रिंकु कुमारी भनिने २० वर्षीया रञ्जनकुमारी पासवानलाई भारतको बिहार राज्य, पूर्णिया जिल्लाको अल्पावास गृहबाट उद्धार गरिएको हो । उनलाई उद्धार गरि बिहीबार परिवारको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।रञ्जनकुमारी पाँच वर्षदेखि परिवारसँग सम्पर्क बिहिन रहेकोमा २०७४ वैशाख १० गतेदेखि अल्पावास गृहमा रहदैँ आएकी थिइन् । ‘सोर्ट स्टे होम पूर्णिया बिहार’ मार्फत् राजदुतावास हुँदै प्रहरी प्रधान कार्यालयको सचिवालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा प्राप्त भएको पत्रमा उल्लेखित विवरणको आधारमा युवतीलाई पुर्नस्थापनाको लागि उद्धार गरी आमा घुरनीदेवी पासवानको जिम्मा लगाएको बताइएको छ ।

काठमाडौका मिठाई पसलमा कृषि राज्य मन्त्री सहित गुण नियन्त्रण विभागको छापा

काठमाडौं,भदौ २५। कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न मिठाई पसलको अनुगमन गरेको छ। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र विभाग कि महानिर्देशक मतिना बैध नेतृत्वको संयुक्त टोलीले मिठाई पसलमा अनुगमन गरेको हो । टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुडस र साजन गोठ तथा सुन्धारामा रहेको सालीमार हस्पिटालीटी एन्ड फुडस प्रा.ली.ध्दारा संचालित गुवाफमा अनुगमन गरेको हो। अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटीएको अनुगमन टोलीले जनाएको छ ।मिति नभएका ,मिति नाघेका ,सरसफाइमा लापर्वाही गरीएका खाद्य पदार्थ नष्ट गरिएको छ । अनुगमन पछी कृषि राज्य मन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको भन्दै उपभोक्तालाई गुणस्तरीय खाना ,मिठाई ,दुध दही खुवाउनु व्यवसायीहरुको कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिइने बताएकी छिन । मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थ तथा पेयपदार्थमा अनुगमन र नियमन गरीरहेको बताउदै मन्त्री चौधरीले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लीएर काम गर्दा राम्रो हुने सुझाव दिएकि छन। अनुगमन पछी मन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकहरुलाई निर्देशन दिएकी छिन। यस्तै विभागकि महानिर्देशक बैधले सरसफाइ र गुणस्तरियता कायम गर्न नसकेको भन्दै विभगमा उपस्थित हुन निर्देशन दिइन । टोलीले परिक्षणका लागि १२ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ । विष्लेषण नमुना ल्याब टेष्ट सार्वजनिक भएपछि खाद्य एेन अनुसार नभएको पाईएमा मुद्दा चलाईने विभागले जनाइएको छ ।

दशैँको लागि नागरीक सहायता कक्ष राख्ने तयारी

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैं तिहारलाई लक्षित गर्दै उपत्यकामा यो वर्ष पनि ‘नागरिक सहायता कक्ष’ सञ्चालन गर्ने भएको छ । ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्न प्रस्ताव गरिए पनि अन्तिम निर्णय भइनसकेको महाशाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिए । ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो । सरकारले दशैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेकै दिनमा कक्षहरुले काम थाल्ने महाशाखाले जनाएको छ । यो समयमा उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटरश्वर, जगाती, लगनखेल र बल्खु लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना रहेको विष्ट बताउँछन् । बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नर्पुयाई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा यातायात सञ्चालकमाथि कारवाही गरिने विष्टले बताए । सहायता कक्षका खटिएकाहरुले तोकिएको भाडादर भन्दा बढी लिए÷नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरुमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्नेछ। दशैंको समयमा सवारीसाधनले जथाभावी गर्दा दुर्घटनामा पनि बढ्ने गरेका छन् । छतमा यात्रु र समान राख्ने गर्दा दुर्घटनाको जोखिम पनि उच्च हुने गरेको छ । त्यसलाई घटाउन पनि सहायता कक्षले प्रभावकारी भूमिका खेल्न सक्ने ट्राफिक प्रहरीको दाबी छ ।

सेनाको ट्रकको ठक्करबाट युवकको मृत्यु

काठमाडौं : नेपाली सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिपुरेश्वरमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक लेख बहादुर पुनको मृत्य भएको हो । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले बिहीबार साँझ बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक जीवन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मनकामना केवलकार ५ दिन बन्द हुने

मुग्लिन : यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए ।

विद्युत प्राधिकरणमा एकैपटक ८५ कर्मचारीको सरुवा, कसको कहाँ ? हेर्नुहोस् सूचीसहित

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले एकैपटक ८५ जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा गरेको छ । अधिकांश वितरण केन्द्र प्रमुखहरुको सरुवा भएको छ । नियमित रुपमा भदौ महिनामा कर्मचारीको सरुवा गर्दै आएको प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एउटा कार्यालयमा दुई वर्ष बसेका कर्मचारीको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । जसले चुहावट नियन्त्रण र सेवा सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कसको कहाँ भयो सरुवा ? यहाँ क्लिक गर्र्नुहोस् ।

सिंहदरबारमा पड्कियो ११ हजार भोल्टेजको विद्युत लाइन

काठमाडौं : सिंहदरबारमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको छ । बुधबार दिउँसो १२ बजेको समयमा सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा रहेको ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको हो । विद्युत लाइन पड्किएपछि सिंहदरबारमा विद्युत अवरुद्ध भएको छ । जसका कारण कम्प्युटर तथा इन्टरनेटमा आधारित भएर गर्नुपर्ने काममा बाधा पुगेको थियो । नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका अनुसार पड्किएको उक्त लाइनको अहिले मर्मत कार्य अन्तिम चरणमा छ । प्राधिकरणका कर्मचारीले विद्युत लाइन मर्मत गरिरहेका छन् ।

हतियार र विष्फोटक पदार्थसहित विप्लवका २ कार्यकर्ता पक्राउ

स्याङ्जाः हतियार र प्रतिबन्धित सामग्रीसहित स्याङजामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ९, का शिव दर्लामी र मोहन सिंजाली रहेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद गतिविधि गरेको आशंकामा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरेको छ । विप्लव नेतृत्व नेकपाको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियार फेला परेको प्रहरीले ५० लाख चन्दा लिएको १८ थान लेटर प्याड पनि फेला परेको छ । विप्लव समूहका दस्तावेज र लेटर प्याड फेला परेको आधारमा प्रहरीले उनीहरु विप्लव कार्यकर्ता रहेको अनुमान गरेको छ ।

कञ्चनपुरमा धम्की दिएर छिमेकी महिलामाथि बलात्कार

कञ्चनपुर, साउन १५ । जिल्लाको बेलडाँडी गाउपालिका–२ की एक २४ बर्षिया महिलाले आफूलाई एक युवकले डराएर, धम्काई पटक–पटक बलात्कार गरेको आरोप लगाई आज बेलडाँडी प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले सोही छिमेकमा बस्ने ३५ वर्षीय गणेश रावलले आफुलाई बैशाखदेखि ३ दिन पहिलासम्म जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छिन् । आफू, श्रीमानलाई र आफ्ना बाल बच्चालाई ज्यान मारिदिन्छु भन्ने पटक–पटक धम्की दिँदै यौन शोषण गर्ने गरेको आरोप महिला र उनका श्रीमानले लागाएका छन् । पीडित महिलाका श्रीमानले भने आफू बालबच्चा पढाउनका लागि भारत भएको बेला श्रीमतिलाई बलात्कार गर्ने गरेको कुरा श्रीमतिले भनेपछि मात्र थाह पाएको बताएका छन् । प्रहरीले आरोपीलाई प्रकाउका लागि खोज्दा आरोपी फरार भएको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश दत्त भट्टले जानकारी गराए । उजुरीको आधारमा आफूले मेडिकलका लागि पीडित महिलालाई महेन्द्रनगर पठाएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी गराए ।

श्रीमतीको मृत्यु भएको एक घण्टामै श्रीमानको पनि मृत्यु

सुनसरी, साउन १ । इटहरीमा श्रीमान् र श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको हो ।

प्रेमीको जन्मदिनमै प्रेमिकाद्वारा आत्महत्या

काठमाडौं, साउन १ । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङले असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरकै शौचालयमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रमिनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिए । जेनी बालाजुका भीमबहादुरसँग प्रेममा थिइन् । असार ३० गते प्रेमीको जन्मदिन भएकाले उनी भीमबहादुरको घर पुगिन् । तर, भीमबहादुरसँगै प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो । जेनीले प्रमिनलाई समेत भीमले तिमीलाई पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि प्रमिनको सल मागेर शौचालय गएको र लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् । भीमबहादुरले उनलाई अस्पताल पुर्‍याएपनि बचाउन सकेनन् । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिए ।

लगानी हामी गर्छौ सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ – गण्डकी प्रदेश समन्वय परिषद कतार 

दोहा,असार १३।वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकी बासिले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन्। गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युत संगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्। कार्यक्रममा हाम्रो अभिभारा-समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए। अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनैतीहरु बारे जानकारी गराउदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भए पनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन्। कार्यक्रममा  सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९-२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, बिधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, ब्यबसायी लक्षण चौलागाईं लगाएतले आफ्नो सुझाव राखेका थिए। गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजिकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए।

एनआरएनए ओमानको पाँचौ अधिवेशन सम्पन्न,अध्यक्षमा सेवन्त पुर्जा पुन

ओमान,असार १३।गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) ओमानको पाचौ अधिवेशन सम्पन्न भएको छ। शुक्रबार ओमानको राजधानी मस्कटमा रहेको अल फलाज होटलमा सम्पन्न अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । स्थापना कालदेखि नै निर्विरोध कार्यसमिति चयन गर्दै आएको ओमानले यसपटक पनि त्यसलाई निरन्तरता दिएको छ । कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, गल्फ संयोजक आरके शर्मालगायत मध्यपूर्वी क्षेत्र तथा विश्वभरबाट एनआरएन अभियान्ताहरु सहभागी रहेका थिए । अधिवेशनले अध्यक्षमा सेवन्त पुर्जा पुन, प्रथम उपाध्यक्षमा पुर्ण बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा विकल झा, महासचिवमा रविन शिल्पकार, सचिवमा भरत अधिकारी, कोषाध्यक्षमा महेश चौधरी, सहकोषाध्यक्षमा रामहरी गिरी, प्रवक्तामा राम कुमार तामाङ, युवा संयोजकमा फुर्वा लामा, महिला संयोजकमा रुपा कार्की निर्विरोध चयन गरेको हो । यसैगरी कार्यसमिति सदस्यहरुमा टेकाराम विश्वकर्मा, ललित बास्तोला, लक्ष्मी प्रसाद कोइराला, कुल बहादुर श्रेष्ठ, महेन्द्र तिवारी, राम थोकर तामाङ, सुरेश खडका, सुनु तामाङ, नरेन्द्र बराल, अर्जुन प्रसाद पौडेल र सुसन श्रेष्ठ चयन भएका छन् । अधिवेशनले निर्वतमान अध्यक्ष दिपक श्रेष्ठलाई प्रमुख संरक्षक र आइसीसी सदस्यमा अजय यादबलाई चयन गरेको संघका सचीव डिबि क्षेत्रीले जानकारी दिएका छन् । निर्विरोध निर्वाचित कार्यसमितिलाई आजै आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष भवन भट्टले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा अधिवेशका सभापति तथा निवर्तमान अध्यक्ष दिपक श्रेष्ठले ७ वर्षसम्मको लामो प्रयासपछि एनआरएनए एनसीसी ओमानलाई ओमान सरकारबाट सामाजिक संस्थाकारुपमा मान्यता दिलाउन सकिएकोमा ठुलो सन्तुष्टि मिलेको बताउदै आगामी कार्यसमितिले यसलाई अझ शसक्त ढंगमा अघि बढाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिदै जादा एनआरएनहरुमा नयाँ नेतृत्वको विषयलाई लिएर बहस पनि बढेको छ ।आइसीसीको अधिवेशन अघि एनसीसीहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था अनुसार अहिले एनसीसीहरुमा पनि नेतृत्व चयनको लागि परेका छन् ।

अछाममा ९ दिनदेखि १७ वर्षीया किशोरी बेपत्ता

अछाम, असार ५ । खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी ९ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् । रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताए । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उनले बताए । किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताए ।