तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा

काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्।

जी-७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एसईई प्रिन्सेसको ताज प्राप्ति श्रेष्ठलाई

काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए।   विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्।   त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए ।  कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए। उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समय देखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्धारा सम्मान गरिएको थियो। नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना  बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आन्नदकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं, प्रेम गुरुङ उप प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको सस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए।  प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहेका थिए।

यी तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।अहिले पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।   जल तथ मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।  विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  हाल पूर्वी नेपालमा मनसुनी प्रणालीको तथा बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु प्रभाव छ। यस्तै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ।

६.३७ अंकले बढ्यो नेप्से, पाँच अर्ब ८९ करोड रुपैयाँको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबारको तुलनामा यस दिन नेप्से ०.३० प्रतिशतले वृद्धि भएको हो । आज पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार पाँच अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको थियो। यस दिन ११९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक वृद्धि भएको छ। परिसूचक घट्नेमा होटेल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा र व्यापार समूह छन्। सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह छ। यो समूहको परिसूचक १.०७ प्रतिशतले वृद्धि भएको छ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठक पूर्वनिर्धारित कार्यतालिकामा अगाडि बढिरहेको छ।

मिस्टर तामाङ- २०२४ को उपाधि अतित लामालाई

काठमाडौं । मिस्टर तामाङ-२०२४ को उपाधि काभ्रेको अतित लामाले जितेका छन । काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस्टर तामाङ-२०२४ को प्रतियोगिताबाट लामा विजय भएको हो । उक्त अवसरमा विभिन्न विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो । पहिलोपटक सम्पन्न उक्त प्रतियोगिता मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको थियो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता एवम् तामाङ चलचित्रकी नायिका रन्जित ब्लोन तामाङको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामामा १५ जना प्रतिस्पर्धाीहरुको कडा प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धीहरु झापाबाट विश्वराज स्याङ्बो, सिन्धुपाल्चोकबाट प्रयास गोले तामाङ, काभ्रेबाट रितिन दोर्जे लामा, भुपेन्द्र लोप्चन, भिम बहादुर तामाङ, अनिल तामाङ लामा, बिक्रम तामाङ घिसिङ र अतित लामा रहेका थिए । त्यसै गरी नुवाकोटबाट दिल तामाङ, संजय तामाङ र समिर घिसिङ रहेको थियो । दोलखाबाट हिरोज लोप्चन, ललितपुरबाट सुशिल बोम्जन, खोटाङबाट ओम सिङ स्याङ्बा तामाङ रहेको थियो । दर्शकहरुको भोटिङसंगै निर्णायक मण्डलले दिएको मार्किङको आधारमा प्रतियोगिहरु मध्यबाट उत्कृष्ट छनौट गरि पहिलोमा अतित लामा, दोस्रोमा अनिल लामा र तृतीयमा विश्वराज स्वाङबालाई विजय घोषणा गरेका थिए । निर्णायकको रुपमा अमिर दोङ, चाँदनी मोक्तान, अरुणा श्रेष्ठ र केडी मोक्तान रहेका थिए ।

अमर माविले जित्यो भरतपुर मेयर कपको उपाधि

भरतपुर । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि अमर मावि पटिहानीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा विश्व प्रकाश माविलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै अमर मावि च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा अमर माविले बाजि मारेको हो । अमर माविका पुकार महतो म्यान अफ दि म्याच भए । विजेता अमर माविले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विश्व प्रकाशले २० हजार र ट्रफी प्राप्त गरेको छ । यस्तै तेस्रो भएको आदिकवि भानु माविले १० हजार र ट्रफी पाएको छ । अमर माविका बसन्त कुमाल प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । अमरकै आयुश दरै उत्कृष्ट गोलरक्षक, विश्व प्रकाशका विश्वास गौतम उत्कृष्ट डिफेन्डर, अमर माविका रितेश सुनार उत्कृष्ट मिडफिल्डर, आदिकवि भानु माविका बिजेश परियार उत्कृष्ट फर्वाड तथा अमरका आइतराम गुरुङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही ३/३ हजार प्राप्त गरे ।  भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा २४ विद्यालयका टोलीहरु सहभागी थिए । लिग एक महिना चलेको थियो ।

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

काठमाडौँ। दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो ।  गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ।   चालु आवको १० महिनामा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई पाँच अर्ब २६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड रुपियाँ कायम भएको थियो ।   नीतगत सुधारसँगै चालु आवको सुरुवातदेखि नै मुलुकमा भित्रिने वैदेशिक लगानीमा सुधार हुँदै आएको तथ्याङ्कले देखाएको छ ।  उद्योग विभागका अनुसार चालु आवको १० महिनामा ३०७ परियोजनामार्फत ४१ अर्ब ३८ करोड विदेशी लगानी स्वीकृत भएको छ । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा १०३ परियोजना, पर्यटनमा १४४ परियोजना स्वीकृत भएका छन् ।   उत्पादनमूलकमा ३४, पूर्वाधारमा सात,  कृषिमा सात र सबैभन्दा कम खानीजन्य दुई परियोजना स्वीकृत भएका छन् । विदेशी लगानीबाट एक हजार ७८३ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।   आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवको फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७।२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७.२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२.४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ ।  २०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४.४ प्रतिशत र भारतको २२.२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८.७ प्रतिशत र भारतको १३.८ प्रतिशत रहेको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत विदेशी मुलुकमा भित्रिने गरेको पाइएको छ ।  आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भएका उद्योगमा पर्यटन र सेवामूलक उद्योग रहेका छन् । सर्वेक्षण अनुसार सुरुदेखि हालसम्म छ हजार १११ उद्योगमा चार खर्ब ७८ अर्ब ८५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएकोमा सबैभन्दा धेरै दुई हजार ६४ वटा पर्यटन उद्योगमा एक खर्ब सात अर्ब ४५ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै दोस्रो सेवामूलक उद्योगमा दुई हजार ४५ उद्योग स्वीकृत भएकोमा एक खर्ब ३० अर्ब ४४ करोड रुपियाँ प्रतिबद्धता आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  यस्तै उत्पादनमूलक एक हजार ३२३ उद्योग स्वीकृत भई ७४ अर्ब ७२ करोड रुपियाँ प्रस्ताव आएको छ । यस्तै कृषि तथा वनजन्य उद्योग तीन सय दर्ता भई आठ अर्ब ४७ करोड रुपियाँ प्रस्ताव आएको छ ।  यस्तै १४४ वटा सूचनामूलक उद्योगमा १३ अर्ब चार करोड रुपियाँ स्वीकृत भएको छ । ९२ वटा ऊर्जामूलक उद्योगमा १३ अर्ब ७३ करोड लगानी स्वीकृत भएको छ ।  सबैभन्दा कम ७५ वटा खनिज उद्योगमा आठ अर्ब ३३ करोड विदेशी लगानी स्वीकृति भएको छ । नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ ।  नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।

श्रमाधान रोजगार मेला आज सकिँदै

काठमाडौं । ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ बुधबार सकिँदैछ। पाटन बहुमुखी क्याम्पसको प्रांगणमा जारी मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन्।  श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको पहलमा जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला बागमती प्रदेश अन्तर्गत पाटनमा समापन गर्न लागिएको हो।  मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर गरी १० हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्। यसमध्ये एक हजारको रोजगारी सुनिश्चित भएको र एक हजार ६८७ युवालाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि योग्य ठहर्‍याएर अन्तरवार्ताको लागि बोलाएको मन्त्रालयले जनाएको छ।  श्रमाधन मेलाको १४ दिनको अवधिमा १० हजार युवाले रोजगारीका लागि आवेदन दिनुलाई उत्साहजनक रूपमा लिन सकिने मन्त्रालयको भनाइ छ। 

पाइलट लामालाई कारबाही हुने, पटक-पटक कानुन उल्लंघन गरेको निष्कर्ष

काठमाडौँ । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ। प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो-फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गरेको थियो।  समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको)गरिएको छ । छानबिन समितिले पाइलट लामाले गुडिरहेको, टेकअफ गर्दै गरेको जहाजको ककपिट तथा अरु संवेदनशील क्षेत्रमा भिडियोरफोटोग्राफी गर्ने, सामाजिक सञ्जालमा राख्ने गरेर हवाई सुरक्षालाई बेवास्ता गर्दै आएको पाइएको छ।

जसपा नेपालको निर्वाचन प्रक्रिया शुरु, अध्यक्ष उपेन्द्र बन्ने निश्चित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए। बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने निर्वाचन तालिका छ। पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।  एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित जस्तै भएको छ ।पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् ।महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने छ । अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् । साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ। अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ। 

चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा

 काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि शुरु हुने भएको छ। त्यसका लागि आवेदन बुधबारदेखि भर्न सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ।  आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए। आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने बताए।  असार १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने छ।  बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीको लागि मरिहत्तै गर्दिन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको उनले बताए । बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोच्दिनँ ।’ नेपालले यसअघि पनि रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली कांग्रेसले अफर गर्‍यो अनिमात्रै बनेको हो’, उनले भने ।