प्रदेश न.३ का माझी समुदायलाई आवास निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराउने

काठमाडौ,कार्तिक १८। प्रदेश न.३ का सामाजिक बिकास मन्त्री युवराज दुलालको विशेष पहलमा भुमी बिहिन माझी समुदायले भुमी प्राप्त गर्ने भएका छन्।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ५ कोरालटारमा महा- बिनासकारी भुकम्पका कारण भुमी बिहिन भएका अल्पसंख्यक माझी जातिलाई सरकारले भुमी उपलब्ध गराउदै स्थानान्तरण गर्ने भएको हो।

हाल प्रदेश न.३ अन्तर्गत रहेको सामाजिक बिकास मन्त्रालय एबम रास्ट्रीय पुनर्निर्माण प्राधिकरणको उच्च स्थरिय समितिको विशेष पहल पश्चात् तत्कालै ७३ घर परिवार अल्पसंख्यक माझी बस्तिले आभास निर्माणका निमित्त सरकार द्वारा लाभ प्राप्त गर्ने प्रकृया सुरु गरिएको मन्त्री दुलालले जानकारी दिएका छन्।

“हामी यिनै भुमिहिन जनताको निमित्त अहोरात्र खटिएका छौ। तत्कालको लागि केही भुमिहिन जनतालाइ राहत मिले पनि यो प्रर्याप्त भने पक्कै छैन।
म आफै यो विषयमा चिन्तित छु मैले मेरो चुनावी क्षेत्रमा चुनाव जित्नु पहिले नै उक्त कुराको प्रतिबद्धता समेत गरेको थिए।जबसम्म अल्पसंख्यक माझी बस्तिले आफ्नो भुमिमा बस्न पाइयो भनेर गौरव गर्ने छैनन् तबसम्म म आफुलाइ सफल भएको मान्ने छैन”मन्त्री दुलालको भनाइ छ।

भुकम्पका कारण बिस्थापित भएका बाकी घर परिवारको लागि सरकार एबम त्यस अन्तरगतका सम्बन्धित निकायहरुमा आफुले पत्राचार गरि सकेको र आफ्ना क्याबिनेटका सम्पुर्ण सहयोगीहरुलाई समेत तनमनले काम गर्न निर्देशन दिएको मन्त्री दुलालले बताएका छन्।

असिनाले धानबाली सखाप

डोटी, असोज २६ । जिल्लाको जोरायल गाउँपालिका-१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ।असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए ।   उनले भने ‘असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।’ दसैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । -रासस

१०६ कर्मचारीलाई कारबाहीको लागि सिफारिस

काठमाडौं, असोज २६ । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो ।     ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।     निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

जन्मदिनमा गएकी बालिका सामूहिक बलात्कृत

मोरङ, असोज २६ । जिल्लाको पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।     जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ ।     पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।     ‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’ कान्तिपुरमा दैनिकमा खबर छ ।

बाबुबाटै छोरी बलात्कृत !

रोल्पा, असोज २४ । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक-पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।     आमाको मृत्युपछि बाबुले पटक-पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक-पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।     बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने ।     पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताउनुभयो । हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भने । -रासस

भेडा-च्यांग्रामा चर्को कर, व्यापारी चकित !

कास्की, असोज २३ । मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर लिइएको हो ।     ‘मुस्ताङको घाँसामा प्रतिगोटा ५० र तातोपानीमा ३५ रुपैयाँ कर लिए,’ च्यांग्राका हुल लिएर हेम्जा आइपुगेका व्यापारी रमेश खडकाले भने, ‘म्याग्दीदेखि ट्रकले गोटाको एक हजार भाडा लियो। यहाँ आइपुग्न नपाउँदै ठेक्का परेको भनेर दिनको गोटाको १५ रुपैयाँ कर लाग्छ भनिरहेका छन्।’     अव्यस्थित कर प्रणालीले मर्कामा पारेको उनले गुनासो गरे। यहाँ त बिक्री हुन थालेपछि पैसा दिउँला भनेर ठेकेदारलाई पठाएँ,’ उनले भने, ‘दिनदिनै लाग्ने कस्तो कर हो यो ?’ कान्तिपुरमा खबर छ ।

दुधालु गोरु हेर्न आउनेको लर्को अझै घटेन !

सिन्धुपाल्चोक, असोज २१ । पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।     पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौ, शेर्पाले भने, ‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।‘ हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ । कान्तिपुरमा खबर छ ।

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं, असोज १९ । नेपालीको महान् चाड दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।     साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।     उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ ।     उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए ।     दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।     पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएको छ । -रासस

आम्दानी नभएका ६५ प्रतिशत नेपालीका हातमा मोबाइल

काठमाडौं, असोज १९ । औसत आयका हिसाबले शून्य आम्दानी भएका ६५ प्रतिशत नेपालीको हातमा मोबाइल रहेको देखिएको छ ।   औसतभन्दा बढी आम्दानी हुनेमध्ये ८५ प्रतिशत र औसतभन्दा कम आम्दानी हुने ८३ प्रतिशत नेपालीले मोबाइल बोक्ने गरेको देखिएको छ । मोबाइल बोक्नेमा भारत, पाकिस्तान, बंगलादेश, कम्बोडियाभन्दा पनि नेपाल अगाडि पाइएको छ ।   मोबाइल बोक्ने ५२ प्रतिशत नेपालीको हातमा स्मार्टफोन नेपालमा कुल मोबाइल प्रयोगकर्तामध्ये आधाभन्दा बढीले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ । कुल नेपाली प्रयोगकर्तामा ५२ प्रतिशतले स्मार्टफोन, ४० प्रतिशतले आधारभूत फोन र ८ प्रतिशतले फिचरफोन प्रयोग गर्छन् ।     फोन प्रयोगकर्ता नेपालीमा ग्रामीण क्षेत्रमा ४७ प्रतिशत र सहरी क्षेत्रमा ५४ प्रतिशत रहेका छन् । प्रयोगकर्तामध्ये ५६ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिलाको हातमा स्मार्टफोन रहेको छ । स्मार्टफोन प्रयोगको हिसाबले नेपाल सर्वेक्षणमा समेटिएका १८ राष्ट्रमध्ये सातौं स्थानमा छ । जब कि २८ प्रतिशत भारतीय, २२ प्रतिशत पाकिस्तानी, २४ प्रतिशत बंगलादेशी र २८ प्रतिशत केन्यालीले मात्रै स्मार्टफोन प्रयोग गर्छन् ।   ६ प्रतिशत नेपाली सामाजिक सञ्जालबाट टाढा कुल जनसंख्याको ३४ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा रहेकोमा सामाजिक सञ्जाल चलाउनेको संख्या भने ३२ प्रतिशत रहेको छ । जसबाट इन्टरनेटको पहुँचमा रहेका ६ प्रतिशत नेपाली भने सामाजिक सञ्जालबाट टाढा छन् । नयाँ पत्रिकामा खबर छ ।

जादु देखाउँछु भनेर मुखमा पेट्रोल हाल्दा आगो लागेर एक किशोर घाइते

बैतडी, असोज १८ । जिल्लाको दशरथचन्द नगरपालिका–४, बुदखोलाका १३ वर्षीय सन्तोष तिरुवा आगोले जलेर घाइते भएका छन् ।     जादु देखाउँछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाउँदा सन्तोषको मुख र छाती जलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।     घाइते सन्तोषको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले जानकारी दिए ।     घटना दिउँसो साढे तीन बजेतिर भएको उनले बताए । गाउँमा आफ्नै साथीहरुलाई जम्मा गरेर जादु देखाउँछु भनेर पेट्रोल मुखमा हालेर बालकले आफैले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

कैलालीमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

घोडाघोडी, असोज १५ । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।   नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।   बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । -रासस

शिक्षक हत्या आरोपमा चार पक्राउ

नुवाकोट, असोज १४ । दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।   शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए । नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो ।   पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । -रासस

श्रीरामको ‘तस्वीर’ सार्वजनिक

भक्तपुर, असोज १४ । गजलकार श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक गरिएको छ । चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले सार्वजनिक गरेका हुन् । उनले मोतिराम भट्ट हुँदै शुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै उक्त विधामा यस पुस्तकले पनि उचार्इ थपेको बताए । उक्त सहकारीका अध्यक्ष ई भीमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसँग जोड्न वार्षिक साधारणसभाको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको बताए । गजलकार निशान्तले समय–समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गजललाई एउटै मालामा उन्दै नेपाली गजल विधाको समृद्धिमा टेवा पुर्याउने सोचका साथ उक्त पुस्तक प्रकाशित गरिएको बताए । रासस

एनजीओको २० अर्ब केमा खर्च ? राज्यलाई थाह छैन

काठमाडौं, असोज १२ । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।   नेपालका ७ सय २३ एनजीओलाई २०७४-७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ।   ‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ।’ परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ।   यसको अध्यक्ष मन्त्री हुन्छन् । एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन्। त्यसका लागि विदेशबाट ल्याएको २० अर्ब २९ लाख ७४ हजार रुपैयाँ खर्चिएको दाबी गरेका छन्। अधिकांश गोष्ठी, सेमिनार र तिनको नक्कली तथ्यांक बनाएर बजेट सक्ने गरेको सरकारी अधिकारीहरू नै बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

मेयरले हाने लेखा अधिकृतलाई २ झापड !

महोत्तरी, असोज १२ । जिल्लाको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।   मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । ‘आर्थिक कारोबारजस्तो संवेदनशील विषयमा मेयरले नियमविपरीत गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि मैले नमिल्ने जानकारी गराउँदा कुटपिट भयो,’ उनले भने । मेयरले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको उनको दाबी छ ।   मेयर साहले भने गत आर्थिक वर्षको हिसाब पटक-पटक माग गर्दा पनि लेखा अधिकृतले नदिएको बताए । उनले भने, ‘बुधबार दुईजना वडाध्यक्ष तथा केही उपभोक्ता समितिका पदाधिकारीसमेत राखी उहाँलाई गत आर्थिक वर्षका हिसाब पारदर्शी गर्न आग्रह गर्दा अपशब्द प्रयोग गर्नुभयो, अनि मैले दुई झापड हानेको हुँ ।’ उनकै कारणले नगरपालिकाको खातासमेत रोक्का रहेको मेयर साहको दाबी छ ।   यता निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले कर्मचारीलाई हातपात गर्ने मेयरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ । कारबाही प्रक्रिया अगाडि नबढे जिल्लाका सम्पूर्ण कार्यालयको आर्थिक प्रशासनसम्बन्धी कामकाज शुक्रबारदेखि बन्द गर्ने कर्मचारीहरूको चेतावनी छ ।   प्रजिअ उमेशकुमार ढकालले ट्रेड युनियनको ज्ञापनपत्र बुझेपछि नियमानुसार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् । ढकालले घटनाको सत्य–तथ्य पत्ता लगाई नियममा जे छ सोहीबमोजिम गर्न-गराउन निर्देशन दिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

बालिकालाई बलात्कार गर्ने खानेपानीका कर्मचारी पक्राउ

दोलखा, असोज १२ । जिल्लाको तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् ।   २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ । तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए ।   त्यस्तै, खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाई पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जजस्त हाजिर गर्दै आएका थिए । नयाँ पत्रिकामा खबर छ ।