गुटबन्दी र अराजकताका कारण कांग्रेसको हार

धादिङवेशी, माघ ३/रासस

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पराजय भोग्नुपरेको बताउनुभयो ।

लामो इतिहास बोकेको पार्टीलाई गुटगत राजनीतिभन्दा बाहिर लैजान युवा वर्ग जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कमजोर नेतृत्वका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको बताउनुभयो । “काँग्रेसले गुटउपगुट र भागवण्डा छाड्नुपर्छ, उमेर पुगेका नेताहरू संरक्षक भएर बस्नुको विकल्प छैन” – नेता भण्डारीले भन्नुभयो ।

नेका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले काँग्रेसले पार्टी विधानलाई टेकेर संगठन निर्माणमा लाग्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

नेका धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतले पार्टीलाई सशक्त बनाउन नेविसंघबाट अभियान थाल्नुपर्ने बताउनुभयो ।

सम्पादक देवकोटालाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

काठमाडौं, माघ ३ । सम्पादक समाजले नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार बिहीबार प्रदान गरिने समाजले जनाएको छ । पुस २३ गते बसेको समाजको कार्यसमिति बैठकले सम्पादक देवकोटालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । वरिष्ठ उद्योगपति स्व। मोहनगोपाल खेतानको सहयोगमा यो पुरस्कार स्थापना गरिएको हो । सम्पादक समाजका अनुसार गोविन्द वियोगी पत्रकारिता पुरस्कारको राशि २५ हजार १ रुपैयाँ छ । यसैगरी समाजले नेपाल टेलिभिजनका पत्रकार अनिता विन्दुलाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि १५ हजार १ रुपियाँ छ । समाजले यसवर्ष नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, रेडियो नेपालका तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिश चन्द ९माइकल चन्द० र द टेलिग्राफका प्रधान सम्पादक नरेन्द्र उपाध्यायलाई सम्मान गर्ने भएको छ ।

सिटी र सिगे मनि ट्रान्सफरबीच सहकार्य सम्झौंता, नेपालीले युरोपभरबाट सहज रुपमा रकम पठाउन सक्ने

काठमाडौं, माघ ३। सिटी एक्सप्रेस मनि ट्रान्सफर र लण्डनको सिगे मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु भएको छ । रेमिटेन्स सेवा सम्बन्धी सम्झौंतामा सिगेका तर्फबाट प्रेसिडेन्ट जोसेफ अलिगर र सिटीका तर्फबाट प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेर यो सेवा सुरु भएको हो । सिगेको १ सय ३० भन्दा बढि देशमा सञ्जाल विस्तार छ भने ९० हजार भन्दा बढी एजेन्ट छन्। अब यूरोपभरबाट नेपालीले सिगेमार्फत सहजरुपमा रकम पठाउन सक्ने भएका छन् । सिटीले ११ वर्षदेखि निरन्तर रुपमा विदेशबाट पठाएको रकम पाँच हजार भन्दा बढी एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ । सिगेले सिटी एक्सप्रेससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

मोहना पुलदेखि शहिदगेटसम्म यति घर सडकभित्र परेका छन्

कैलालीमा निर्माणधीन मोहना–अत्तरिया ६ सडक योजना अन्तर्गत मोहना पुलदेखि शहिद गेटसम्म १ सय २४ घर सडकभित्र परेका छन् । योजना कार्यालयले गरेको अनुगमनका क्रममा उक्त संख्यामा घर भत्किने भएका हुन् । तर हालसम्म उक्त घरमध्ये कमैमात्र भत्किएका छन् । अहिले ६ लेन सडकको सामान्य कार्य बाहेक अन्य काम अगाडी बढ्न नसकेको मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाका सव–इन्जिनीयर भुपेन्द्रसिंह बडालले बताए । यसैगरी सडक निर्माण कार्यमा अवरोध आएमा दुई वर्षभित्र ६ लेन सडक निर्माण कार्य सम्पन्न गर्न चूनौति रहेको सडक योजनाले जनाएले जनाएको छ । मोहना पुलदेखि शहिदगेट चटकपुरसम्मको सडकभित्र १ सय २४ घर भत्किने भनेर सडक योजनाले तथ्यांक समेत निकालेको समयमा सर्वोच्चले कार्य अगाडि नबढाउन निर्देशन दिएपछि अब योजना कार्यालय माघ ९ गतेको पर्खाइमा छ । केही दिनअघि सडकभित्र घर पर्ने १३ जना घर धनीले सर्वोच्चमा रिट दायर गर्दा सडक निर्माणको कामले गति लिन सकेको छैन । सर्वोच्च अदालतले सडकको निर्माण कार्य रोक्न निर्देशन दिएपछि निर्माण कार्य रोकिएको हो । सर्वोच्चमा रिट दायर हुनुअघि सडक योजनाले सडकभित्र पर्ने भौतिक संरचना हटाउन सुरु गरेको थियो । मोहना पुलदेखि शहिदगेट चटकपुरसम्मको सडकभित्र १ सय २४ घर भत्किने भनेर सडक योजनाले तथ्यांक समेत निकालेको समयमा सर्वोच्चले कार्य अगाडि नबढाउन निर्देशन दिएपछि अब योजना कार्यालय माघ ९ गतेको पर्खाइमा छ । चौराहा–चटकपुर क्षेत्रका १३ जना स्थानीयले हालेको मुद्दाको पेशी पुस २५ गते तोकिएको थियो । उक्त पेशी सरेर माघ २ गते सारिएको छ । मंगलबार दुवै पक्षका वकिलको बहस भएको र उजुरी दिने पक्षलाई उपस्थित गराउने गरि माघ ९ गते अर्को पेशी तोकिएको मोहना पुल धनगढी–अत्तरिया ६ लेन सडक योजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिए । सरकारले बि.सं २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने राजपत्रमा नै उल्लेख गरेको छ । तर, घरधनीले भने संरचना भत्काउन विभिन्न बहाना गरिरहेको योजना कार्यालयको आरोप छ । चौराहादेखि भन्सार रोडसम्म अधिकांश स्थानीयले सडक क्षेत्रमा बनाएका संरचना आफै हटाएर सहयोग गरेका भए पनि चौराहादेखि चटकपुरसम्म भने संरचना हटाउने कार्यमा स्थानीयले अवरोध गरेका छन् । जसका कारण अहिलेसम्म पाँच प्रतिशतमात्रै निर्माण कार्य भएको सडक योजना कार्यालयका सव–इन्जिनीयर बडालले बताए । सरकारले बि.सं २०३४ सालमा राजमार्गको चौडाई सडकको बीचको बिन्दुदेखि दायाँ–बायाँ २५–२५ मिटर कायम गर्ने राजपत्रमा नै उल्लेख गरेको छ । तर, घरधनीले भने संरचना भत्काउन विभिन्न बहाना गरिरहेको योजना कार्यालयको आरोप छ । तत्कालिन धनगढी नगरपालिकाले सडकको बीच भागदेखि दाँयाबाँया २३ दशमलव ७ मिटरभित्रै घर नक्सा पास गरेकोले नक्सा पास गरि बनाइएका संरचना हटाउन नहुने भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका छन् । बि.सं २०६१ सालमा सडक ७५ फिटको कायम हुने तत्कालिन नगरपालिकासँग सहमति भएको र उपमहानगरपालिकाले त्यस समयमा तोकेको सीमाना अनुसारकै संरचना बनाउनुपर्ने घर धनीहरुको माग छ । अदालतको आदेशपछि सडक क्षेत्र खाली गर्न नसक्दा आयोजनाको काम अझै ढिलाई हुने देखिएको छ । यो योजना डेढ अर्ब बराबरको लागतमा दुई बर्ष भित्र निर्माण गर्ने सम्झौता गरिएको छ । ६ लेन सडकको कुल लम्बाई १४ दशमलव २ किलोमिटर पुरै ६ लेन भने हुने छैन । भन्सार, बोराडाँडी ब्यारेक र गेटा जंगलमा गरि कुल ४ किलोमिटरमा भने ४ लेन मात्र बन्ने छ । ट्राफिक घनत्व कम भएका ठाउँमा करिब साढे १४ मिटर चौडाईको ४ लेन सडक रहने सडक योजनाले जनाएको छ ।

अार्थिक संकलनबाटै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो

गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट रु छ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि सुन मागेको छ । मन्दिर पुनःनिर्माण गर्न बजेट अभाव भएपछि समितिले केही वर्षअघिदेखि निरन्तर स्वेच्छिक रुपमा भक्तजनबाट आर्थिक सहयोग लिँदै आइरहेको छ । “मन्दिरको छानामा जलप लगाउन सुन अभाव भयो । सुन किन्न पर्याप्त बजेट भएन”, मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भन्नुभयो, “सुन चढाउन चाहने भक्तजनलाई खुल्ला गरेका छौँ ।” मन्दिरमा चढाइएको भेटी तथा सुन मन्दिर जीर्णोद्धारमा लगानी गरिएको छैन । चढाइएको भेटी तथा सुनलगायत जिन्सी सामग्री पुजारीले लिन्छन् । “मन्दिरभित्र सुन चढाउनुभन्दा मन्दिर जीर्णोद्धार समितिलाई सुन उपलब्ध गराएमा मन्दिरको छानामा जलप लगाउन पाइन्छ भने अर्कोतिर भक्तजनको नाम पनि रहन्छ” संयोजक श्रेष्ठले भन्नुभयो । मन्दिर दर्शनका लागि नेपाल र भारतबाट भक्तजन आउँछन् । प्रायःगरी सुन ब्यापारीले भाकलस्वरुप मन्दिरमा सुन चढाउँछन् । मन्दिरको छानामा जलप लगाउन भक्तजनले सुन दिन थालेका छन् । “एकजना भक्तजनले दिएको २० ग्राम सुन उहाँकै आँखा अगाडि गाल्यौँ, पेस्ट बनाएर तामाको पातामा जलप लगाइदियौँ”, श्रेष्ठले भन्नुभयो । मन्दिरको छाना चार हजार वर्गफुट छ । एक तोला सुनले तीन वर्गफुटमा जलप लगाउन सकिने पुरातत्वको मापदण्ड छ । जलप लगाउन कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने जीर्णोद्धार समितिको अनुमान छ । काठमाडौँ निवासी सुन्दरकृष्ण शाहीले तामाको पाता र मन्दिर जीर्णोद्धारमा आवश्यक इँट्टा काठमाडौँकै हिराकाजी महर्जनले दान गरेका थिए । मन्दिर जीर्णोद्धारमा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । कम्तीमा रु १२ करोड खर्च गरेपछि मात्रै मन्दिर पुरानै स्वरुपमा फर्कनेछ । मन्दिर पुनःनिर्माण गर्न सरकारले भने जीर्णोद्धार समितिलाई रु चार करोड दिएको थियो ।

भक्तपुरमा व्यावसायीको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । आज बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरेको आशंका गरेको बताउँदै उहाँले मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान शुरु गरेको उहाँको भनाइ थियो ।

ट्रकले ठक्कर दिँदा भारतीय युवतीको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका १ सुरइनाका पुलमा गएराति ट्रकले मोेटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्ला थाना वलरामपुर शंखर गाउँ बस्ने २४ वर्षीय मुबसरा खातुनको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारत जिल्ला थाना बलरामपुर ढेरुवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएको प्रहरीले जनाएको छ । घाइते रहिमानको भारतमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राउत मृत फेला परे

इलाम । बुधबार बिहान इलाम नगरपालिका–५, बिब्ल्याँटेमा एक व्यक्ति मृत फेला परेका छन् । झापा अनारमनी घर भएका दीपक राउत मृतावस्थामा फेला परेका हुन् । बिब्ल्याँटेमा गोपाल राईको ग्यारेजमा काम गर्ने उनी सोही ग्यारेजको भुइँतलामा सुतेको जनाइएको छ । सुतेकै ठाउँमा मृतावस्थामा फेला पारेपछि उनका साथीले प्रहरीलाई खबर गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जानकारी दिएको छ ।

कार्यालय पुनःनिर्माणपछि सेवामा आत्मबल थपियो

इलाम । प्रदेश नं १ का प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी कार्यालय पुनःनिर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मबलसमेत थपिएको महसुश भएको बताउनुभएको छ । नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनःनिर्माण गरिएको इलाका भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अब कार्य क्षमतामा पनि सुधारको महसुश हुनेछ ।” उहाँले प्रहरीमा पनि प्रविधिअनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुश हुने धारणा राख्नुभयो । उपाध्यायले अपराधको स्वरुप बदलिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताउनुभयो । उहाँले अपराधको गहिराइमा पुगेर मात्र अपराधीको पहिचान गर्नाका साथै सामाजिक दबाबको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नु नहुने समेत बताउनुभयो । संघीय इकाई प्रहरी कार्यालय, चन्द्रगढी, झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले कर्तव्यपालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताउनुभयो । प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाको धारणा छ । २०६० साल चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन निर्माणका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोष सचिवालयबाट रु एक करोड ६४ लाख ३१ हजार ८४० प्राप्त भएकामा रु एक करोड ४३ लाख ४० हजार ८१९ मा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो । भवनको भुइँतलामा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्ष, गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यालय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष, सञ्चार कक्षलगायत १४ वटा कोठा रहेको उहाँले बताउनुभयो।

धुलो र धुवाँबाट मुक्तिको माग गर्दै महानगरपालिका अगाडि नेवि संघको धर्ना

काठमाडौं, पुस २८ । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो । सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचौं सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् । नेवि संघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौँका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताउनुभयो । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उहाँले भन्नुभयो । नेवि संघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौँ निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो । नेवि संघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पार्नुभयो । नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । उपप्रमुखलाई धुलो र मास्क बुझाइयो धर्नासँगै नेवि संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौँका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए । महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् । धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौँ उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौँ महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताउनुभयो । धर्नामा नेवि संघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो ।

वाइसिएलले तरार्इमा न्यानो बाढ्ने

काठमाडौं, पुस २८ । गएको दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण तराईको जनजीवन निकै कष्टकर बनेको छ । अत्यधिक चिसोको कारण अहिलेसम्म दर्जनौंको मृत्यु भइसकेको छ । चिसोले बालबालिका, बृद्धबृद्धा र असक्त विशेष रुपले प्रभावित भएका छन् । कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले ९वाइसिएल०ले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ’ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’ राहत संकलनका लागि वाइसीएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सहयोगका लागि आव्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र इच्छुक सबैलाई गच्छेअनुसारको राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले विनम्र आग्रह गरेको छ । यसअघि वाइसीएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण र उद्दारको काम अभियानको रुपमा गरेको थियो ।

वाइसिएलले चिसो र शीतलहर पीडितलाई न्यानो बाढ्ने

काठमाडौं, पुस २८ । गएको दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण तराईको जनजीवन निकै कष्टकर बनेको छ । अत्यधिक चिसोको कारण अहिलेसम्म दर्जनौंको मृत्यु भइसकेको छ । चिसोले बालबालिका, बृद्धबृद्धा र असक्त विशेष रुपले प्रभावित भएका छन् । कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ’ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’ राहत संकलनका लागि वाइसीएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सहयोगका लागि आव्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र इच्छुक सबैलाई गच्छेअनुसारको राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले विनम्र आग्रह गरेको छ । यसअघि वाइसीएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण र उद्दारको काम अभियानको रुपमा गरेको थियो ।

डिसहोमका च्यानलहरु लोकप्रिय हुँदै

काठमाडौं, पुस २८ । डिसहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ । २०७४ असोज ४ गते दरबार मार्गस्थित होटल अन्नपुर्णमा आयोजित रमाइलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सम्मानीय सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिसहोमले “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको थियो । डिसहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् । यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका बिभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि बिभिन्न कार्यक्रमहरु प्रशारण भइरहेका छन् । पूर्णरुपमा खेलकुद प्रति समर्पित यस च्यानल मार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुगेको खेलकर्मी र खेलप्रेमीहरु बताउँछन् । एक्सन स्पोटर््समा अब रिंग रेस्लिङ्ग समेत प्रशारण हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र इटहरीको ठुलो जनता मा.वि.मा कात्र्तिक २७ गते भएको ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ्ग प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ्ग खेलाडीको सहभागिता थियो । यो प्रतियागिता एक्सन स्पोटर््समा प्रत्यक्ष्य प्रशारण भएको थियो । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्टेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता थियो । उक्त रोमाञ्चक प्रतिस्पर्धाका झलकहरु सहित हरेक हप्ता शुक्रबार र शनिबार नियमित डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुने भएको छ । यसका साथै हाल धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण पनि भइरहेको छ ।

ठूलाे परिणामकाे ब्राउनसुगर र खैरो हिरोइन सात पक्राउ

झापा, पुस २८ । एकैदिन लागुऔषध (ब्राउनसुगर र खैरो हिरोइन) सहित सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका–१० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड नगरपालिका–६ निवासी २४ वर्षीय अनिष भण्डारी, पाँचथरको फिदिम नगरपालिका–१ घर भई हाल बिर्तामोड–५ बस्दै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका–६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका–३ निवासी ४८ वर्षीय प्रेम खड्का र मेची नगरपालिका–२ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई पूर्वी नाका काँकडभिट्टास्थित मेची नगरपालिका–६ र १० बाट पक्राउ गरिएका उनीहरुको साथबाट ब्राउनसुगर, खैरो हिरोइनसहित डाइजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका सातैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

चिसोले सप्तरी र रौतहटमा २२ जनाको मृत्यु

काठमाडौं, पुस २८ । दुई सातादेखि लगातार बढेको चिसो र शीतलहरका कारण तराईको जनजीवन निकै कष्टकर बन्दै गएको छ । भने कैयौंका मृत्यु भइसकेको छ । अत्यधिक चिसोका कारण पूरै तराई प्रभावित भएपनि मानवीय क्षतीका हिसावले सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा चिसोको असर बढी देखिएको छ । सिरहा, सप्तरी र धनुषालगायतका जिल्लामा अहिलेसम्म २२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यसरी मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा रहेका छन्। शीतलहर शुरु भएदेखि शुक्रबार बिहानसम्म सप्तरीमा १० जना र रौतहटमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले बताए। तराईमा चलेको शीतलहरमा सरकारले प्रभावकारी रुपमा काम गरिररहेक दुवाडीको दाबी छ। उनले भने, ‘सरकारले व्यापक रुपमा काम गरिररहेको छ। नयाँ कपडादेखि नगद राहतसमेत वितरण गरिरहेका छौं ।’ तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, दाङ, कैलाली लगायतका २२ जिल्लामा कम्बल तथा दाउरा किन्नको लागि विपद् व्यवस्थापन समितिमार्फत प्रत्येक जिल्लामा १० लाख रुपैयाँ दिइसकेको उनले जानकारी दिए।

नेपालकाे पहिलाे अाठ लेनकाे कलंकी–कोटेश्वर सडकखण्ड पूरा हुँदै

ललितपुर, पुस २८ । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट मुक्ति पाउनु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ । यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ । कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उहाँले भन्नुभयो, “तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।” चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, इञ्जिनियर अर्यालले भन्नुभयो, “अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।” यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्, उहाँले भन्नुभयो, “हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौँ ।” पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।” मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ । यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्नेछ, उहाँले भन्नुभयो, “यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ ।” यो सडकको रु एक अर्ब लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ ।