हेटौँडामा दुई दुर्घटनामा तीनजनाको मृत्यु

हेटौँडा, कात्तिक २९ । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

गोकर्णेश्वरबाट हतियारसहित एकजना पक्राउ

काठमाडौं, कात्तिक २८ । गोकर्णेश्वर नगरपालिका–४बाट हतियार र गोलीसहित एक जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा–२ डाँडा गाउँ घर भई ललितपुर गोदाबरी बस्ने ३५ वर्षीय धिरेन श्रेष्ठलाई प्रहरीले चेकजाँचका क्रममा हतियारसहित फेला पारेपछि नियन्त्रणमा लिएको हो । उनको साथबाट एक थान कटुवा पेस्तोल, एसएलआरको गोली एक थान बरामद भएको बताइएको छ । गएराति १० बजे बा८८प ८२८४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा महानगरीय ट्राफिक प्रहरी बृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णबाट खटिएको संयुक्त टोलीले उनलाई हतियारसहित फेला पारेको हो । मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेकपाका जिल्ला नेता कटुवाल पक्राउ

उदयपुर, कात्तिक २६ । विप्लब नेतृत्वको नेपाल कम्युनिट पार्टीका उदयपुरका जिल्ला नेता पूर्णबहादुर कटुवाललाई पक्राउ गरेको छ। उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै घरमा कालोझण्डा राखेको अभियोग प्रहरीले नेकपाका जिल्ला नेता कटुवाललाई पक्राउ गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उदयपुर जिल्लाका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका ६ जना उम्मेदवारको घरमा कालो झण्डा राखेको छ । कटारी नगरपालिकाको मरुवाबाट घरमै बसिरहेको अवस्थामा कटुवाललाई आइतबार विहान प्रहरीले पक्राउ गरेको हो । नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनबाट उदयपुर १ की उम्मेदवार मञ्जु चौधरी, २ का उम्मेदवार सुरेशकुमार राई, प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की,रामकुमार खत्री, वाम गठबन्धनका उमेदवार नारायण बुर्जा मगर र प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका उम्मेददवार विष्णु राई दनुवारको घरमा कालो झण्डा राखेका छन्।

बस र ट्यांकर ठोकिँदा १५ जना घाइते

चितवन, कात्तिक २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२।१० बजे ठोकिएका हुन् । घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् ।

नगरपालिकामा अधिकृत नहुँदा सेवाग्राही मर्कामा

बर्दिया, कार्तिक २६ । बर्दियाको राजापुर नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृत नहुँदा नगरपालिकाको कामकाज प्रभावित हुँदै गएको छ। राजापुरमा रहेका विषयगत सरकारी कार्यालयको बजेट स्थानीय तहमार्फत निकासा हुने भएपछि नगरपालिकासहित अन्य कार्यालयका कामकाज समेत प्रभावित भएको हो । नगरपालिकामा कार्यकारी अधिकृत र लेखा अधिकृत नहुँदा प्रत्यक्ष समस्यामा रहेको राजापुरको पशुसेवा केन्द्रका प्रमुख सुमन दत्तले बताए। नगर परिषद्को वेलामा योजना बनाएर दिएका छौँ नगरपरिषदबाट पास पनि भएको छ तर बजेट निकासा नहुँदा सेवा प्रवाह गर्न नसकिरहेको सेवा केन्द्र प्रमुख दत्तको भनाइ छ। किसान आउँदा लाचारका साथ हातै जोडेर ‘माफ गर्नु होस् आजभोलि सेवा दिन सकिरहेका छैनौँ’ भन्ने गरेको बताए। राजापुरको पशु सेवा केन्द्रले यो क्षेत्रमा पशुमा कृत्रिम गर्भाधानको सेवा दिएर किसानलाई दूध र मासु उत्पादनमा सहयोग गर्ने गरेकोमा हाल बजेट नभएर नाइट्रोजन ग्यास नहुँदा सेवा बन्द रहेको, विभिन्न कृषक समूहलाई दिने घाँसको बीउ खरिद लगायतका रकम कार्यालयले पाएको छैन । राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले भने कार्यकारी अधिकृत र लेखा अधिकृतको व्यवस्था गर्न मन्त्रालयमा पटकपटक पहल गर्दा पनि अझैसम्म नपठाएको बताए। नगरपालिकाबाट पहल गरिरहेका छौँ केही दिनमा आउने प्रमुख चौधरीको भनार्इ छ।

प्रतिनिधि र प्रदेश सभाको मतदान गर्ने सहि तरिका (भिडियाेमै हेराैँ)

काठमाडौं, कात्तिक २६ । प्रतिनिधि र प्रदेश सभाको मतदान गर्ने सहि तरिका

कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र

कञ्चनपुर, २६ कात्तिक । भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् । कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताउनुभयो । नगरपालिकाले चालू आवका लागि पहिलो नगर सभाबाट पारित बजेटअनुसार विकास निर्माणका योजना बनाएको छ । तर कार्यकारी नभएर सम्झौता नहुँदा विकास निर्माणमा ढिलाइ हुने चिन्ता बढेको छ । भीमदत्त नगरपालिकाले चालू आवमा रु डेढ अर्ब बजेट नगर सभाबाट पारित गरेको छ । दुई महिनाअघि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रमेश गौतमलाई बैतडी जिल्ला समन्वय समितिमा सरुवा गरिएको थियो । उहाँको स्थानमा सरुवा गरिएका तर्कराज भट्ट नआएपछि नगरपालिका कार्यकारी प्रमुखविहीन भएको हो । स्थानीयवासीले चुनावी वाचाअनुसार विकास निर्माण अघि बढाउन दबाब दिन थालेका छन् ।

ढुंगा लागेर बालिकाको मृत्यु

  जाजरकोट, २६ कात्तिक । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ । घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

भीमदत्तनगर, कात्तिक २६ । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीलेलाई जानकारी दिए । उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।” उनले भने “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।” दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

दैलेखमा बस दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते

दैलेख, कात्तिक २५ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्वरको माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा चालक र सहचालकसहित १० जना घाइते भएका छन् । शुक्रबार राति भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका ३१ वर्षका पारस तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ । गाडीले च्यापेका कारण राति अबेर मात्र गाडी उठाइसकेपछि ज्यान गुमाउनेको पहिचान खुलेको हो । घाइतेको सुर्खेतको माया मेडिकल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री देउवा चुनावी आज तीन जिल्लाको सभालाई सम्बोधन गर्ने

ताप्लेजुङ, कात्तिक २५ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज ताप्लेजुङसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले बताए । तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने बताईएको छ । सभापति देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ । प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उम्मेदवार केशवकुमार दाहाल, प्रदेश सभा उम्मेदवारहरु लीला बोखिम, दीपेन्द्रकुमार सेन्दाङ, समानुपातिक उम्मेदवार प्रतापप्रकाश हाङगाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा यस्तो रिट

काठमाडाैं, कात्तिक २५ ।  अस्थायी शिक्षकलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शिक्ष ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित नमोबुद्ध नगरपालिका काभ्रेका शिवप्रसाद पाण्डेले रिट हालेका हुन् । रिटमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमतिपत्र लिई बसेका ७ लाख भन्दा बढी योग्य उम्मेदवारहरु वञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न माग गरिएको छ । संशोधनमा २०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा वञ्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको नेपाल समाचारपत्रमा खबर छ ।

मोटरसाईकल दुुर्घटनामा युुवकको मृत्युु

रौतहट, २४ कात्तिक । गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । मृत्युुु हुुनेमा मोटरसाइकल चालक बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय सञ्जयकुुमार साह रौनियार रहेको प्रहरीले जनाएको छ । चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट बिहीबार राति अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा गौरतर्फ गइरहेको ना५१प ९५५९ नंको मोटरसाइकल सखुुअवा चौकनजिक अनियन्त्रित भई दुुर्घटना भएको थियो । दुुर्घटनामा गम्भीर चोट लागेका रौनियारको गरुडास्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले बताउनुभयो । मोटरसाइकलमा पछाडि सवार रौतहट माधवनारायण नपा–३ का पवनकुुमार साहलाई सामान्य चोट लागेको र गरुडास्थित उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा अशुल गर्ने महिला पक्राउ

दाङ, कात्तिक २४ । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१५ जानकी टोल बस्ने २३ वर्षीया जानकी वली रहेकी छन् । दङ्गीशरण गाउँपालिका–७ की २० वर्षीया अनिता योगी र सोही ठाउँका २१ वर्षीय विजयराज विकबाट प्रतिव्यक्ति रु एक लाख ५० हजार लिई ठगी गरेको भन्ने प्रहरीमा जाहेरी आएपछि बिहीबार वलीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । वलीविरुद्ध ठगी मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

डेेंगु संक्रमण रोक्न बुटवलमा विशेष अभियान सुरु

बुटवल, कात्तिक २४ ।  बुटवलमा डेेंगुका बिरामी ह्वात्तै बढेपछि डेंगुको संक्रमणविरुद्ध विशेष अभियान संञ्चालन गरिएको छ । विहिवार बिहानसम्म ५ सय ३५ जनामा डेगु संक्रमण भएको पाइएको भन्दै अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले यसविरुद्धको अभियानलाई तिव्रता दिएको बताए । उनका अनुसार, बिहिवारबाट अस्पतालमा औषधि टिट्ने काम थालिएको छ भने टोल टोल मा डे.गु सार्ने लामखुट्टेको खोज ीगर्ने र नष्ट गर्ने अभियान लाई तीव्रता दिइएको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान विगत दिनदेखि सञ्चालनमा रहेको भएपनि अझ बढी प्रभावकारी बनाइएको छ । डेगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाउनेदेखि थप उपायहरु खोजि गर्दै अभियानलाई तीव्रता दिन थालिएको छ । रेग्मीका अनुसार, सक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका छन् । त्यसमा पनि ७५ प्रतिशत बुटवलकै बासिन्दा छन् । बुटवलबाट मंगलवार ३७ वटा नमुना परिक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मी गरी १२ जनामा डेगुको स.क्रमण भएको रेग्मीले बताए । पछिल्ला दिनहरुमा दिनप्रतिदिन संक्रमण बढेपछि केही दिन अगाडी जनस्वथ्यको केन्द्रको टोलि पनि बुटवलमा आएर अध्यान थालेको थियो । जनस्थ्य अधिकृतहरुको टोलि बुटवलमा आइपुगेको हो । यसै क्रममा लुम्बिनी अञ्चल अस्पतालमा बुधवार स्वास्थ्य मन्त्रालयको टोलि समेत आएको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीसहितको टोलिले अस्पतालमा छलफल समेत गरेको थियो । डाक्टर रेग्मीले डेंगुको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर रुपले लागेको बताईन् । चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले बुटवल क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणका लागि पहिलो जनता आफै सचेत हुनुपर्ने र सरकार, सामाजिक संघसंस्थाको सहकार्यमा सचेतना जगाउनु पर्ने बताए । कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डा. कृष्ण खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारलगायतले डेगु संक्रमणको अवस्था र नियन्त्रणका प्रयासबारेमा चर्चा गरेका थिए । डेगु नियन्त्रणमा के गर्दै छ प्रकोप व्यवस्थापन समिति ? डेगुको प्रकोप बढेपछि स्थानिय तहमा डेगु नियन्त्रलाई प्रभावकारी बनाउन प्रकोप ब्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ । समितिले कार्यक्रम प्रभावकारी बनाउने निणय गरेको छ । रेग्मीका अनुसार, प्रहरी, स्वस्थयकर्मी, जनप्रतिनिधि, महिला स्वयमसेविकासहितको टोलि ब्यापक परिचालन गर्ने निणर्य भएको थियो र सोही अनुसार कार्यक्रम भइरहेका छन । त्यस्तै डेगु नियन्त्रणका लागि टायरहरु बढी चुनौतीका रुपमा पाइएको भन्दै टायरको ब्यवस्थापनमा लाग्ने पनि निर्णय गरिएको छ । त्यस्तै प्रभावित क्षेत्रमा झुल वितरणका बारेमा पनि छलफल भएको बताइएको छ । बैठकमा अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्ण खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य लगायतले डेगु नियन्त्रणका बाारेमा चर्चा गरेका थिए । यस आर्थिक वर्षको साउन यता असोज १५ सम्ममा जम्मा २५ जनामा संक्रमण भएको पाइएकोमा पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढ्दो रहेको छ ।

लमजुङमा प्याब्सनको ‘स्पोर्ट मिट २०७४’ सञ्चालन हुने

काठमाडौं, कात्तिक २४ । निजि तथा आवासीय विद्यालय अर्गनाईजेसनद्धारा लमजुङमा प्याब्सन स्पोर्ट मिट २०७४ सञ्चालन हुने भएको छ । २८ औ प्याब्सन डेको अवसरमा प्याब्सन स्पोर्ट मिट २०७४ आयोजना गरीएको हो । विहीबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको हो । जिल्लामा रहेका प्याब्सनमा आवद्ध निजि विद्यालयका विद्यार्थीहरुलाई खेलको माध्यमबाट विकास गराउने गराउने उदेश्यले प्याब्सन स्पोर्ट मिट २०७४ आयोजना गरीएको प्याब्सन लमजुङका अध्यक्ष तारानाथ घिमीरेले बताए । जिल्लामा कात्तिक २४ गते देखी २७ गते सम्म प्याव्सन स्पोर्ट मिट सञ्चालन हुने भएको छ । जिल्लाका २२ वटा निजि विद्यालयका विद्यार्थी सहभागीता हुने स्पोर्टमा करिव एक हजार भन्दा वढी विद्यार्थीले सहभागीता जनाउने भएका छन् । २०५३ सालमा जिल्लामा स्थापना गरिएको प्याब्सन लमजुङले सुरुवाती समयदेखी नै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अतिरिक्त क्रियाकलापमा समावेश गदै विद्यालर्थीलाई विभीन्न खेल खेलाउँदै आएको अध्यक्ष तारानाथ घिमिरेले बताए । जिल्लामा ३८ वटा निजी विद्यालयहरु सञ्चालनमा रहेतापनी २२ वटा विद्यालयका विद्यार्थीहरुले खेलकुद प्रतियोगीता प्याब्सन स्पोर्ट मिट २०७४ मा सहभागीता जनाउने भएका छन् । २२ वटा निजि विद्यालयका विद्यार्थीले १४ खेलमा सहभागीता जनाउँन पाउने प्याब्सन लमजुङका सचिव मेन घलेले बताए । प्रतियोगीतामा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पौष २४ गते प्याव्सन डे को अवसरमा पुरस्कार वितरण गरिने प्याब्सनका सहसचवि ज्ञानेन्द्र शर्माले बताए ।