दुर्गा पक्षको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक मान्यता
काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।
पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु, मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् । ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।
सुनको मूल्य तोलामा एक हजार ३०० बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजाबी सुन तोलामा १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख एक लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजाबी सुन तोलामा १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
झुलाघाट नाका पूर्ण रुपमा खुल्यो
बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ गतेदेखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियो । पूर्णरूपमा नाका सुचारू भएसंगै अब बिहान ६ बजेदेखि साँझ सात बजेसम्म आवागमन हुनेछ । झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको छ । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । झुलाघाट नाकामा करीब दुई सय वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ । पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो । पुल मर्मतका लागि नाका बेलाबेलामा बन्द गर्ने गरिएको छ ।
जंगी अड्डामा आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै
काठमाडौं । नेपाली सेनाले आज सैनिक मुख्यालय जंगी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाउँदैछ। राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भए पनि त्यस दिन यो वर्ष नेपालमा दसैँ पर्व परेकाले आज नै ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘यूएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, साँस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसंघका अंग हुन्। नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ। यो अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार ६२३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन्।
किरण राउत सर्वोकृष्ट प्रहरी, आचार्यलाई ट्राफिक व्यवस्थापक पुरस्कार
मकवानपुर । प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरेको हो । ६८ औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरिएको हो । उनले गत चैत्र ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यस्तै प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत सर्वोकृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट विधा तर्फ उत्कृष्ट व्यवस्थापकका रूपमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, उत्कृष्ट अनुसन्धानकर्ता इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका प्रहरी निरीक्षक विक्रम लामा, उत्कृष्ट विपद् व्यवस्थापक बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाका प्रहरी सहायक हवल्दार सुमन रायमाझी, उत्कृष्ट बाह्य प्रशिक्षक बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीकी प्रहरी जवान लक्ष्मी कुमारी थारू, उत्कृष्ट प्राविधिक प्रहरी जवान सविन कुमार, उत्कृष्ट प्रहरी कार्यालय सहयोगी बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी कार्यालय सहयोगी सन्तोष राना मगर पुरस्कृत भएका छन् भने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललाई प्रशंसा पत्रले सम्मानित गरिएको छ ।
अरुण तेश्रो समयमै सक्न्न चुस्त ढंगले काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मिति २०८० असोज ३० मा सम्पन्न लगानी बोर्डको ५६ औं बैठकले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी (दिदिङ्ग ०-२४ किमि) सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६।३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५५औं बोर्ड बैठकको निर्णयहरुको कार्यान्वयन अवस्था र ५६ औं बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण गर्नुका साथै परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिंगो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे । बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकुल वातावरण रहेको सन्देश प्रवाहित हुने भएकाले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढंगले काम गर्न निर्देशन दिए। बोर्ड बैठकमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री शक्तिबहादुर बस्नेत, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजाल, माननीय वन तथा वातावरण मन्त्री श्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्यहरू श्री भवानी राणा, श्री हरिभक्त शर्मा र श्री राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
इजरायलबाट थप १८ नेपाली दिल्ली आइपुगे
काठमाडौं । इजरायल–हमास युद्धका कारण इजरायलमा समस्यामा परेका थप १८ नेपाली भारत आइपुगेका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जानकारी दिए । इजरायल–हमास युद्धका कारण समस्यामा परेका आफ्ना नागरिक ल्याउने क्रममा भारतले आज बिहान १८ नेपालीलाई पनि ल्याइदिएको हो । राजदूत डा. शर्माले इजरायलमा समस्यामा परेका नेपालीलाई उद्धार गरि ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । उनले नेपालीहरूलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जानका लागि यातायातको व्यवस्था गरिएको समेत जनाएका छन् । यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल गएका थिए ।
आज बडा दशैंको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आरधना गरिँदै
काठमाडौं । बडा दशैको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा आरधना गरिंदैछ ।यो दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गर्ने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डा देवीलाइ उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ। यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। माता दुर्गाका नौवटा रुपलाई नवदुर्गा भन्ने गरिन्छ । घटस्थापनाका दिनदेखि बडादशैं शुरु हुन्छ । घटस्थापनादेखि नवमीको दिनसम्मलाई नवरात्र पनि भन्ने गरिएको छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपहरूको पूजा गर्ने परम्परा छ । घटस्थापनाको दिनदेखि बडादशै शुरु भएको मानिन्छ । घटस्थापनादेखि बिजया दशमीको अघिल्लो दिनसम्मको नौ दिनलाई नवरात्र भन्ने चलन पनि छ । नौ दिनमा नवदुर्गाको बिभिन्न रुप अन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
साउन र भदौमा अर्थतन्त्रका सबै सूचक सकारात्मक
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यी दुई महिनामा चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष यही समयमा चालू खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब रुपैयाँले धनात्मक छ। अघिल्लो वर्षको दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। यस्तै, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो। यस्तै, गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३.९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब एक करोड डलर पुगेको छ।
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
बेइजिङ (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेएका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ¬स्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको समृद्धिका लागि आर्थिक कूटनीति महत्वपूर्ण रहेको बताए । “नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ”, उनले भने, “यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।” दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठद्धारा बेइजिङ स्थित नेपाली दूतावासको अवलोकन स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलनका आधारमा अगाडि बढाउने काममा वर्तमान सरकार तुलनात्मक रुपले सफल भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए। “नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध बजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ”, उनले भने। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ दूतावासमा आयोजित दिवाभोजमा सहभागी थिए। कार्यक्रममा दूतावासका कर्मचारीलगायतको उपस्थिति थियो ।नवीन पौडेल/रासस
दलाल पुँजीवादी वादी व्यवस्थाले समस्या सिर्जना भइरहेको छ : झलनाथ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दलाल पुँजीवादी वादी व्यवस्थाले गर्दा समस्या सिर्जना भइरहेको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल सम्वतको अवसरमा उनले दलाल पुँजीवादी वादी व्यवस्थाका कारण भिडियो सन्देश दिँदै देशमा राजनीतिक, सामाजिक संकट रहेको बताएका हुन् । “देशको दलाल पुजिँवादी व्यवस्थाले गर्दा सिर्जना भइरहेका विकृति हटाउनका लागि तपाईं हामीले एउटा सुन्दर समाजको निर्माण गर्नुपर्छ । समाजवादी समाजको निर्माण गर्नुपर्दछ,” उनी भन्छन् । “देश विभिन्न कारणले अनेक खालका संकटहरूबाट अघि बढिरहेको छ,” खनालले भने, “राजनीतिक, आर्थिक, समाजिक सांस्कृतिक संकट, राष्ट्रियताको संकट बढिरहेको छ ।” उनले महँगीका कारण कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने बताए । “देशमा मूल्यवृद्धि भएको छ । महँगी बढिरहेको छ । यस्तो अवस्थामा समुदायका लागि चाडपर्वहरू कसरी मनाउने होला भन्ने सामना गर्नुपर्ने परिस्थिति बनिरहेको छ,” उनले भनेका छन्, “जुनसुकै अवस्थामा भए पनि आइरहेको चाडपर्व वास्तवमा खुसीयाली पर्व हो । खुसी साटासाट गर्दै मनाउनुपर्छ ।” जनता अघि बढ्दै गरेकाले एकदिन सभ्य, सुन्दर समाज बन्न सक्ने विश्वास पनि उनले व्यक्त गरे ।
अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान
काठमाडौं । अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा ‘साहित्य सम्मान-२०८०’ बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो। पावर इनटरनेशनल मिडिया नेपाल ९पीम नेपाल० को चौथो वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पीम नेपाल ‘साहित्य सम्मान-२०८०’ प्रदान गरिएको थियो भने त्यसैगरी म्युजिक खबर पाक्षिकको ७ औं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रमको अवसरमा म्युजिक खबर साहित्य सम्मान-२०८० मार्फत सम्मानित गरिएको छ। अनु शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । उनले अमेरिकाको नर्थ ईस्टर्न विश्वविद्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् । सानैदेखि कला साहित्य क्षेत्रमा प्रवेश गरेकी प्रख्यात स्रष्टा अनु शाहको दुई सयभन्दा बेसी गीतहरू रेकर्ड भइसकेका छन् भने दुई दर्जन गीतका म्युजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन्। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र चलचित्र निर्माण पक्षमा समेत उत्तिकै सशक्त भएर नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।
सन्तोष अधिकारीको ‘चित्रा’को छायांकन ३० दिनमा सकियो
काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ । यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएकोछ । फिल्मलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए । फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ । यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् । फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्)ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)
काठमाडौं । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो । भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । “१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,” उनले भने । उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेको मन्त्रालयले जनाएको छ । उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर पठाउने मन्त्री साउदले जानकारी दिए । मन्त्रालयका अनुसार उनीहरू गौरीफन्टा नाका भएर कैलाली आइपुग्नेछन् । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । उनीहरू मंगलबार बेलुका ६–७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने बताइएको छ । इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो । उद्धार गरिएका १९ नेपाली– नन्दसिंह भुल सुजेन्द्र खड्का प्रतिभा रौनियार अनुमा डंगोल हिना खाँण आतिस गुरुङ जुनु गुरुङ मौसमी पाख्रिन प्रतिमा तिम्सिना राजकुमार मानन्धर संगीता दुलाल उर्मिला रावल ममता थापा दिलकुमारी अधिकारी कार्की निश्चल श्रेष्ठ समिता बस्नेत अम्बिका सुवेदी सिरता गुरुङ उर्मिला श्रेष्ठ
सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए । उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए । ‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’ उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे । उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे । युवा र महिलालाई सशक्त बनाउँदै अघि बढ्दा एनआरएनए अभियानलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको बताए ।
सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताएका छन् । मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको जानकारी दिए । उनले एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए । ‘एनआरएनएको माग र मुद्दा सम्बोधन गर्न सरकारले छुट्टै महाशाखाको व्यवस्था गरेको छ’, उनले भने, ‘सरकारले एनआरएनएलाई प्रोत्साहन गर्न नीतिगत पहल र प्रयत्न गर्दै आएको छ । यस विषयलाई थप गतिशील सार्थक बनाउन सरकार प्रयासरत छ भने नेपाल सरकार एनआरएनएसँग थप हातेमालो गर्न चाहन्छ ।’ उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे । उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे । युवा र महिलालाई सशक्त बनाउँदै अघि बढ्दा एनआरएनए अभियानलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको बताए ।

