नवलपरासीमा निर्वाचनका गतिविधि बढदै

नवलपरासी, चैत ६ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि व्यापक तयारी गर्दै जाँदा नवलपरासीमा पनि निर्वाचन कार्यालय निर्वाचनको कार्यमा व्यस्त रहेको देखिन्छ ।

हालसम्म मतदाता नामावलीको विवरणसहित मतदान केन्द्रको निर्धारणलगायतका काम पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्यायप्रसाद भण्डारीले बताउनुभयो ।

नवलपरासीमा करिब तीन लाख ७३ हजार ९९७ जना मतदाताको नामावली तयार भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये यस आर्थिक वर्षमात्र १६ हजार ८८३ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गत फागुन ९ गतेको समयावधिसम्म १८ वर्ष पूरा भएका सो सङ्ख्याका मतदाताहरु आगामी निर्वाचनका मतदातामा सूचीकृत भएका हुन् ।

कार्यालयका अनुसार निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रहरुको निरीक्षण र निर्वाचनमा खटिने कर्मचारीको विवरणसमेत सङ्कलन भइरहेको छ ।

जिल्लामा विभिन्न तहका शिक्षकहरु एक हजार ५०५ जना छन् भने संस्थानतर्फ १६१ र निजामतीतर्फ एक हजार ११४ जना कर्मचारी रहेका छन् । ती सबै कर्मचारी निर्वाचनमा खटिने छन् ।

मतदाता नामावली समावेश भएको सङ्ख्यामध्ये तेस्रोलिङ्गी समुदायको सङ्ख्या पनि आठजनाको रहेको छ । यसैगरी पुरुष मतदाताको सङ्ख्या एक लाख ८२ हजार ३६५ र महिला मतदाताको सङ्ख्या एक लाख ९१ हजार ५०५ रहेको छ ।

कार्यालयले फोटोसहितको मतदाता नामावली निर्वाचन आयोगमा पठाई जिल्लामा मतदान केन्द्रसमेत तोकिसकेको जानकारी दिएको छ । स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकामा गरी २३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब ५०० मतदान केन्द्र रहनेछन् ।

स्थानीय तहको निर्वाचन हुने सम्भावना बढ्दै गएपछि जिल्लाका चोक चौराहामा विभिन्न दलका नेता कार्यकर्ताबीच निर्वाचनबारेको छलफल सुरु भएको छ ।

निर्वाचनको पूर्वतयारीका लागि आवश्यक कार्य अघि बढाइएको र यसको व्यवस्थापनमा कार्यालय लागिपरेको र निर्वाचनका लागि नवलपरासीमा ३३ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङमा तीन सय छ मतदानस्थल कायम हुने

पथरी (मोरङ), चैत ६। स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए । पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच÷पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई÷दुई जहदा र कटहरी गाउँपालिका तीन÷तीन, ग्रामथान र कानेपोखरी गाउँपालिका एक÷एक त्यस्तै रतुवामाई नगरपालिका तीन, बेलबारी नगरपालिका चार, लेटाङ भोगटेनी नगरपालिका तीन, रङ्गेली नगरपालिका दुई, पथरी शनिश्चरे एक, मिक्लाजुङ गाउँपालिकामा एक मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिनुभयो । मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका, आठ गाउँपालिकासहित १७ स्थानीय तह छन् । नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक प्रमुख, एक उपप्रमुख तथा प्रत्येक वडाबाट एक अध्यक्ष र एक महिलासहित चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । रासस

चितवन पार्वतीपुरको वाइसियल वडा अध्यक्षमा अधिकारी निर्वाचित

चितवन, चैत ५ । योङ्ग कम्युनिस्ट लीग (वाइसियल) चितवन पार्वतीपुरको वडा अध्यक्षमा प्रकाश अधिकारीको अध्यक्षमा ४१ सदस्यीय कमिटि गठन गरेको छ । शनिबार चितवनको भरतपुर २१ , पार्वतीपुरमा भएको वडा भेलाले अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको हो । भेलाले पार्वतीपुर वाइसियलको ईन्चार्जमा सुजन बि.क, सह ईन्चार्जहरुमा धनराज गिरी , नारायण पौडेललाई चयन गरेको छ ।त्यस्तैगरी कार्यसमितिको उपाध्यक्षमा कृष्णराम बि.क. , सचिबमा नारायण चालिसे र कोषाध्यक्षमा अर्जुन पौडेल लगायतका चयन भएका छन् । नेकपा माओबादी केन्द्रका महाधिवेशन आयोजक समिती सदस्य एबम वडा ईन्चार्ज नारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा वाइसियल जिल्ला सहईन्चार्जहरु उत्तम गुरुङ , ईश्वर रेग्मी , राम गोदार , जिल्ला सह संयोजकहरु रोशन दाहाल , रामहरि सेढाई र सन्तोष शर्मा लगायतको उपस्थिति रहेको थियो । साबिक पार्बतीपुर वाइसियलका अध्यक्ष सुजन बिश्वकर्माको अध्यक्षतामा वडाभेला भएको हो ।

धुर्मुस सुन्तलीलाई प्रवासी नेपालीको सहयोग

बर्दिवास, ५ चैत । महोत्तरी जिल्लाको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु तीन लाख तीन हजार छ सय सत्तरी रकम सहयोग स्वरुप हस्तान्तरण गरेको छ । नमुना बस्ती परियोजनास्थलमा आयोजित एक कार्यक्रमबीच स्पेनमा रहेका नेपालीबाट सङ्कलित सो रकम मञ्चका स्पेन शाखाका संस्थापक अध्यक्ष पुष्प तिमिल्सिना र कोषाध्यक्ष दिनेश रेग्मीले बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)लाई संयुक्तरुपमा हस्तान्तरण गरेका छन् । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तिमिल्सिनाले फाउन्डेसनले राष्ट्रिय एकता र आपसी सद्भाव वृद्धिसँगै गरिबको उत्थानका लागि गरेको प्रयत्न प्रशंसनीय भएको बताए । हास्यकलाकार धुर्मुसले संसारभरि छरिएर रहेका मनकारी नेपाली र अन्य सहयोगीको साथ पाएर नै आफू मुसहर बस्ती निर्माणमा जुटेको बताए । कार्यक्रममा बर्दिवास–१ का देवेन्द्र गौतमले बस्ती निर्माणमा आफ्नोतर्फबाट एक लाख २५ हजार १०१ फाउन्डेसनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गरेका थिए । गत पुस २५ गतेदेखि निर्माण थालिएको नमुना बस्ती निर्माणको अनुमानित लागत रु चार करोड ३८ लाख रहेको छ । बस्ती निर्माणको कार्य चैत मसान्तमा सकेर आउने नयाँ वर्षका दिन मुसहरहरुलाई हस्तान्तरण गरिने फाउन्डेसनले यसअघि नै घोषणा गरिसकेको छ । नमुना बस्तीमा ५० मुसहर परिवारका लागि बिजुली, खानेपानी, शौचालय, सडक सुविधासहितका अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधी घर बनेको धुर्मुसको भनाइ छ । घर निर्माणको कार्य लगभग ८० प्रतिशत सम्पन्न भएको फाउन्डेसनले जनाएको छ । रासस

सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता !

चरिकोट, चैत ५। दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ । सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले गत माघ १० गते सूचना प्रकाशन गरेको थियो । बोलपत्र आह्वान गरेको नगरपालिकाले फागुन १२ गते रितपूर्वक तीनवटा कम्पनीले बोलपत्र पेस गरेकामा सूर्य रोशनी इन्डस्ट्रियल प्रालि पुतलीसडक काठमाडौँलाई जडानका लागि छनोट गरेको थियो । बत्ती जडानका लागि सूर्य रोशनीलाई स्वीकृति दिइएको तर नगरपालिकाका केही कर्मचारीले रकम माग गरेपछि उसले कमिसन रकम दिन नसक्ने भनेसँगै जडान प्रक्रिया रद्द गरेको खुल्न आएको छ । नगरपालिकाले टेन्डर आह्वान गरेको प्रथम पटककोे प्रक्रियालाई रद्द गरी पुनः अर्को सूचना चैत ३ गतेको दोलखाको स्थानीय दैनिकमा प्रकाशन गरेको छ । स्रोतका अनुसार नयाँ प्रक्रिया थालेर नगरपालिकाका कर्मचारीले कमिसन खान अर्को सूचना निकालेको बुझिएको छ । सूचनामा पुनः अर्कोपटक सूचना प्रकाशन गर्दा पनि नगरपालिकाले दोस्रोपटक प्रकाशित भनेरसमेत उल्लेख गरेको छैन । यता, सौर्य बत्ती खरिद तथा जडान प्रक्रियाबारे भीमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत नरबहादुर विकलाई जिज्ञासा राख्दा कार्यालय भित्रकै कर्मचारीबीच विवाद र समन्वय नहुँदा टेन्डर प्रक्रिया रद्द गरेको बताए । उनले आफू कुनै कमिसन र आर्थिक चलखेलमा नलागेको दाबीसमेत गरेका छन् । विकले संस्थाभित्र समन्वय नभएकै कारण प्रक्रिया उल्ट्याएको स्वीकार गरे । माघ महिनामा निकालिएका सूचनामा रकम उल्लेख गरिएको छैन भने दोस्रो सूचनामा रु ९१ लाख २७ हजार १२३ को बोलपत्र आह्वान गरिएको छ । नगरपालिकाका स्थानीयवासी कमिसनको लोभमा कर्मचारीले पटकपटक सूचना निकालेर टेन्डर प्रक्रिया थाल्नु र रद्द गर्नुले नगरपालिकाको दुर्नियत रहेको बताउँछन् । एक स्थानीयवासी भन्छन् – यो सरासर नगरपालिकाको कमाउने धन्दा हो । उज्यालोबाट अँध्यारोमा धकेल्न नगरपालिकाका कर्मचारी उद्यत छन् ।

पत्रकार गौतमलाई उपचारार्थ कलाकार ओलीको ५० हजार सहयोग

काठमाडौ, चैत्र ५ । दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार नेमिश गौतमलाई उपचारका लागि कलाकार सरोज ओलीले सहयोगार्थ ५० हजार रुपैयाँ प्रदान गरेका छन् । चलचित्र पत्रकार संघमार्फत ओलीले ५० हजार रुपैयाँ नगद दिएका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सन्दीप सापकोटालाई ओलीले ५० हजार नगद दिए । सञ्चार उद्यमीसमेत रहेका ओलीले यसअघि पनि कलाकारको उपचारका लागि सहयोग गरेका थिए । हाल वीर अस्पतालमा उपचाररत गौतमलाई कलाकार लक्ष्मी गिरीले १६ हजार रुपैयाँ, निर्माता सुशील पोखरेल, निर्देशक सोभित बस्नेत, निर्देशक सौरभ ढकाल, निर्माता देवीप्रसाद पाण्डे र निर्देशक मधुसुधन भट्टराई, पत्रकार कुमार आचार्यले १०–१० हजार रुपैयाँ तथा कलाकार उत्तम केसी र संगीतकार टंक बुढाथोकीले ५–५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

उपत्यकाका प्रमुख नदीबाट ३० मेट्रिक टन फोहर निकालियो

काठमाडौं, चैत ५ ।  उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २ सय १ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८ सय ५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गरेका थिए । सफाइ महाअभियानलाई शनिबारनै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गरेका थिए । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैंकका सञ्चालक समेत रहनुभएको वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए । शनिबारको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाउनुभएको थियो । वाग्मती सफाइ महाअभियानको २ सय २ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ । रुद्रमती सफाइको १ सय ६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । विष्णुमती सफाइको १ सय ३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा शनिबारको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८ सय अभियन्ताको सहभागिता थियो । तारकेश्वर नगरपालिकाको दियालो टोलमा शनिबार विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १ सय ६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ ।

छुरा हानाहान, एकको मृत्यु

धरान, चैत ५ । सुनसरीको धरान उपमहानगरपालिकामा युवाबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भिर घाइते भएका छन् । धरान नगरमहानगरपालिका १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको र त्यसक्रममा छुरा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् अर्का शुक्र राई भने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ भने घाइते शुक्र राईको प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

पोखरा, चैत ५ । कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ । स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा कार्यकारी अधिकृत खटिएसँगै स्थानीय तह कार्यान्वयनमा आएको हो । पोखरा –लेखनाथ महानगरपालिकाको कार्यकारी अधिकृतमा नवराज ढुङ्गाना तथा रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिकाको कार्यकारी अधिकृतमा क्रमशः भेषराज आचार्य, खेमराज देवकोटा, किरणप्रसाद कोइराला र नारायणप्रसाद अधिकारीसँगै अन्य कर्मचारी पनि कार्यक्षेत्रमा गइसकेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ । साविक पोखरा उपमहानगरपालिकाका, लेखनाथ नगरपालिका तथा कास्कीकोट, मौजा, चाँपाकोट, भदौरेतमागी तथा माझठाना र कालिका गाविसका केही वडालाई समेटेर ३३ वडा भएको पोखरा– लेखनाथ महानगरपालिका कायम गरिएको छ । त्यस्तै साविक गाविसमध्ये माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेललाई मिलाएर माछापुच्छ्रे गाउँपालिका बनाइएको छ । यस्तै ढिकुरपोखरी, सल्यान, दाङसिङ, लुम्ले, घान्दु्रक मिलाएर अन्नपूर्ण, पार्चे, नामार्जुङ, थुमाको डाँडा, कालिका, सिल्दुजुरे, मिजुरे, भाचोक, सैमराङ, माझठाना र हङ्सपुर मिलाएर मार्दी तथा थुम्की, सिद्ध, देउराली र रुपाकोट मिसाएर रुपा गाउँपालिका बनाइएको छ । रासस

भारतमा नेपालीले नेपालीको गरे हत्या

भारत, चैत ५ ।  महाराष्ट्रको बदालापुरमा मंगलबार राती आफ्नै कोठामै बोलाएर दैलेख सात्खम्मका वर्ष २६ का जगत शाहीलाई टाउको काटेर प्लास्टिकमा प्याक गरी बाहिर फालेको जानकारी आएको छ । हत्यारा यज्ञ बहादुर पोखरेल २९ बर्ष दैलेख दुल्लु नगरपालिका रिजु पोखराका बताएको छ । हत्या गरेर फरार यज्ञ बहादुर पोखरेल लाई भुसावलदेखि पुलिसले पक्राउ गरेको छ। हत्यारा यज्ञबहादुर पोखरेल पुलिसले अहिले प्रशासनिक कारबाही गरिरहेकोले कुनै पनि नेपाली सङ्ग हत्याराले कुराकानी गर्न नपाइने भन्दै प्रतिबन्ध गरेको छ । नजिकका नेपाली साथीहरूका अनुसार महिलाको कारण यो घटना घटेको शङ्का गरेका छन । वास्तविक रिपोर्ट अझै बाँकी छ। छानबिन र कारबाही जारि रहेको छ । अफ सहयोगी चित्रबहादुर थापा (मुम्बईबासी सम्पुर्ण नेपाली दाजु भाइहरुको समग्रमा उपस्थिति रहेर मुम्बै जेजे हस्पिटलस्थित दाहसस्कार गरियो ।

बेलायतमा पुस्तक प्रदर्शनी

काठमाडौँ, चैत ५ । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताउनुभयो । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गर्नुभयो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गर्नुभयो । बेलायतका लागि नेपाली राजदूत डा दुवसु क्षेत्रीले साझा प्रकाशन र नेपालका साहियित्क कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताउनुभयो । कार्यक्रमा डा क्षेत्रीको सम्पादनमा प्रकाशित “बेलायतमा नेपाली कवि र कविता” पुस्तकको विमोचन पनि गरिएको थियो ।

प्रमुख नदीबाट तीस मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ, चैत ५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको बागमती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो। सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो । सफाइ महाअभियानलाई आजै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गर्नुभयो । बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ। टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैङ्कका सञ्चालक समेत रहनुभएको वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताउनुभयो । आजको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाउनुभएको थियो । वाग्मती सफाइ महाअभियानको २०२ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ । रुद्रमती सफाइको १६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । पूर्वसचिव किशोर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइको नेतृत्व गर्नुभएको थियो । सफाइमा ३५० व्यक्तिको सक्रिय सहभागिता थियो । विष्णुमती सफाइको १३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिनुभयो । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा आजको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८०० अभियन्ताको सहभागिता थियो । तारकेश्वर नगरपालिकाको दियालो टोलमा आज विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ ।

भारतको बिहार र दरभंगा पुर्याइएका ३३ बालबालिका उद्धार गरी नेपाल ल्याइयो

काठमाडौं, चैत ५ । केन्द्रीय बालकल्याण समितिले भारतको बिहार र दरभंगामा मजदुरी गर्दै आएका ३३ जना नेपाली बालबालिकाको उद्धार गरेको छ । समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्दार गरिएका बालबालिकालाई सार्वजनिक गरेको हो । बालमजदुरको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतको सेवा संकल्प र निर्देश बालगृहको सहयोगमा उद्धार गरिएको हो । खुला सिमानाका कारण घरेलु कामदारमा लगाउन ललाईफकाई बालबालिका भारत पु¥याइने गरेको बालकल्याण समितिले जनाएको छ । समितिले भारतका विभिन्न शहरमा नेपाली बालबालिका मजदुरको रुपमा काम गरिरहेको जानकारी पाएपछि अनुसन्धान गरेको थियो । उद्धार गरिएका बालबालिकामा रौतहट, काभ्रे, बाँके, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, कञ्चनपुर, बारा, सिरहा, सर्लाही, धनुषालगायतका जिल्लाका हुन् । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बालकल्याण समितिले जनाएको छ ।

जङ्गलको पहरामा दाहाल मृत अवस्थामा फेला

इलाम, चैत ५ । इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन् । शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो । घाँस काटेर घर नफर्किएपछि आफन्त र घरपरिवारले खोजी गर्दा आज बिहान जङ्गलको पहरामा उनलाई मृत अवस्थामा फेला पारेका थियो । उनको शव स्वास्थ्य परीक्षणका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यान्त्रिक पुलमा तालाबन्दी: पाँच मिनेटको दूरीमा दैनिक डेढ घण्टा लाग्ने

पर्वत, चैत ५ । एक सातादेखि पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि भएकाे हुँदा स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि त्यहाँ अावतजावत ठप्प भएको छ । यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन् । कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ । यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो । स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडा वृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताउनुभयो । मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उहाँले जानकारी दिनुभयो । यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पुर्याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पुर्याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताउनुभयो । पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिनुभयो ।  

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

विराटनगर, चैत ५ । मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको धरानस्थित बिपी कोDeathइराला प्रतिष्ठानमा उपचारको क्रममा राति मृत्यु भएको गछिया प्रहरी चौकीलाई उद्धुत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।