दुव्र्यसनीविरुद्ध आमाहरु अभियान सुरु हुने

बागलुङ, फागुन ९ । बागलुङमा दुव्र्यसनीविरुद्ध आमाहरु अभियान सुरु हुने भएको छ । आदर्श सञ्चार सहकारी नामक गैरसरकारी संस्थाले लागुऔषध दुव्र्यसनका बारेमा सचेतना बढाउन यो अभियान सुरु गर्न लागेको हो । युवालाई दुव्र्यसनबाट जोगाउन र दुव्र्यसनीको पहिचान एव्म रोकथाममा टेवा पुग्ने लक्ष्य अभियानले लिइएको सहकारीका अध्यक्ष अमर थापाले बर्ताए ।

अध्यक्ष थापाका अनुसार यो वर्ष जिल्लाका २० स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ । ‘युवायुवती दुव्र्यसनमा लाग्दा त्यसको पीडा सबैभन्दा बढी उनीहरुको आमाले भोग्नुपर्ने हुन्छ’, अध्यक्ष थापाले भने– ‘आमाहरुलाई पहिले सचेत बनाउन सकेमा दुव्र्यसनी न्यूनीकरण गर्न सकिन्छ ।’ सहकारीले यसका लागि समुदायस्तरमा पुगेर आमाहरुसँग छलफल, अन्तक्र्रिया गर्ने गरेको छ ।

अभियान चलाउन जिल्ला प्रहरी कार्यालय, बागलुङसँग सहकार्य गरिएको छ । नगरपालिकाका ११ वटै वडा र सहकारीका बढी सदस्य भएका पाला, भीमापोखरा, धम्जा, रेश, सिगाना, तित्याङ र रायडाँडा गाविसमा यो अभियान सुरु गरिने योजना छ । लागुऔषधको प्रयोग, ओसारपसार र बिक्री वितरणबाट युवापुस्तालाई जोगाउन अभियान प्रभावकारी हुने दावी सहकारीको छ । समुदायस्तरमा दुव्र्यसनीविरुद्धको अभियान सुरु हुन थालेपछि गाउँका आमासमेत खुसी भएकी छिन् । बानपा–८ की सरस्वती किसानले यो अभियानले आफूलाई दुव्र्यसनबिरुद्ध सजग र सचेत बनाएकोमा खुसी व्यक्त गरे ।

‘यो अभियान हाम्रै लागि हो भन्ने लाग्छ, बालबच्चालाई दुव्र्यसनीबाट जोगाउन सबै सचेत हुनुपर्छ” किसानले भने— ‘लागुऔषध दुव्र्यसनीमा फसिसकेका व्यक्तिलाई निरुत्साहित गर्न पनि यसले ठूलो सहयोग गर्ने छ ।

सहकारीका सात सिद्धान्तमध्ये ‘समुदायप्रति चासो’ अन्तर्गत यो अभियान सुरु गरिएको हो । दुई वर्षअघि विद्यालयमा सहकारी शिक्षा अभियान चलाएको सहकारीले गत वर्षदेखि महिलाले महिनावारी हुँदा प्रयोग गर्ने घरेलु विधिको ‘प्याड’ बनाउने तालिम पनि चलाउँदै आएको अध्यक्ष थापाले बताए ।

खानेपानी विवादमा झगडा हुँदा एक युवकको ज्यान गयो

डडेल्धुरा, फागुन ८ । खानेपानीको विषय लिएर भएको झडपमा एक युवकको ज्यान गएको छ । डडेलधुरा न्वाघरमा भीम बहादुर भूल र शेरबहादुर साउदबीच खानेपानीको विषयलाई लिएर विवाद भएपछि विवादले उग्र रुप लिएको थियो । विवादले उग्र रुप लिएपछि स्थानीय ३७ वर्षिय शेरबहादुरमाथि भीम बहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका साउदको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरामा अमरगढी नगरपालिकासँग जोडिएको कोटली गाविसका धेरै वडाहरुमा खानेपानीको हाहाकार छ ।

करेन्ट लाग्दा मृत्यु

महोत्तरी, फागुन ८ । महोत्तरीको गौशालामा अवस्थित जल्पामाई मन्दिरमा करेन्ट लाग्दा सर्लाही श्रीनगरका ३७ वर्षीय सुशील साहको मृत्यु भएको छ । आज बिहान सो मन्दिरको परिसरमा रहेको पिपलको रुखमा चढेर पात काट्ने समयमा उहाँको ११ हजार भोल्टेजको बिजुलीको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

दशवर्षे जनयुद्धमा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनःनिर्माण हुँदै

गोरखा, फागुन ८ । दशवर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् । इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । रु ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गर्नुभएको हो । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ । रु एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोकको भवन पनि प्रनाम बमले उद्घाटन गर्नुभएको छ । रु दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गरे । प्रहरी प्रधान कार्यालयबाट नियमित कार्यक्रमतर्फ प्राप्त भएको बजेटले भवन निर्माण गरिएको हो । भवन निर्माण भएपछि हातहतियार सुरक्षित राख्न र डियुटी गर्न सहज भएको प्रहरी जवानले जनाएका छन् । स्थानीयवासीको सहयोगमा रु पाँच लाख लगानीमा निर्माणाधीन गाँखु प्रहरी चौकी भवन भत्केपछि प्रहरी डेढ वर्षदेखि त्रिपाल, टेण्टमा कष्टकर तवरले बस्दै आएका थिए । प्रहरी चौकीको नाउँमा जग्गा नहुँदा केहि स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना घट्दा तत्काल प्रहरी जान सक्ने अवस्था नरहेको बताए । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उनको आग्रह छ ।

३५ हजार घरधुरीमा परम्परागत चुलो

इलाम, फागुन ८ । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएपनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ।  जिल्ला विकास समितिको २१ औं जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो । जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५०२ घरधुरीमध्ये अझै पनि ३५ हजार ७०० घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् । जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिए । यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ । फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७७५ परिवारले एलपी ग्यास र ३५ हजार ७०० घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् । परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् ।

डडेल्धुरामा आक्रामक माओवादी, देउबाकै परिवारका सदस्य माओवादी केन्द्रमा प्रवेश

डडेल्धुरा, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको जिल्लामा माओवादी केन्द्रले आक्रामक संगठन बिस्तारको अभियान शुरु गरेको छ । संविधान सभाको पहिलो निर्वाचनमा झिनो मतका कारण पराजित माओवादी यसपटक भने सबै गाँउपालिका, वडा र नगरपालिकामा संगठन बिस्तारमा जुटेको हो । पार्टी फूटले कार्यकर्ता र जनतामा निराशा छाएको थियो, अहिले आक्रामक ढंगले अघि बढेका छौं ।” माओवादी केन्द्रका जिल्ला इन्चार्ज नन्द सार्कीले एभरेष्टदैनिकडटकमसँग भने, “जनतामाझ फेरी जोडिँदा बेग्लै उत्साह देखिएको छ ।” स्थानीय तह पुनर्संरचना अन्तर्गत डडेल्धुरामा दुईवटा नगरपालिका र ५ वटा गाउँपालिकाको माग गरिए अनुरुपको व्यवस्था भएपछि सबै तहमा संगठन बिस्तारमा माओवादी केन्द्र लागेको उनले बताए । संगठन बिस्तारका क्रममा पुराना कार्यकर्ताहरुको नवीकरण र नव प्रवेशीहरुलाई सदस्यता आवेदन माग गर्ने क्रम चलिरहेको उनले बताए । “चैतमा जिल्ला सम्मेलन गर्ने भनेका छौं, अहिले धेरै जसो वडामा कमिटि निर्माण गरेका छौं, केही बाँकी छन, छिट्टै सक्छौं ।” उनले भने । देउबाकै गढमा माओवादी केन्द्र डडेल्धुरामा अत्यन्तै प्रभाव राख्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको गृह गाउँमा समेत माओवादी केन्द्रले बलियो उपस्थिति बनाएको छ । असिग्राममा भएको कार्यक्रममा नेपाली कांग्रेसबाट दर्जनौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सभापति देउबाका काका तथा यसअघि उक्त क्षेत्रका क्षेत्रपाल भीम बहादुर देउबा, बिक्रम देउबालगायत दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेको सार्कीले बताए । हालसम्म १५ सय बढी कार्यकर्ताले नवीकरण गरेको र १ हजार भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएको सार्कीले बताए । “एमाले र कांग्रेसबाट प्रवेश गर्ने लहर बढेको छ । माओवादी जनताबाट टाढा नजाओस् भन्ने खोजेका छन् सबैले” उनले भने । माओवादी केन्द्रले जिल्लाका अजयमेर गाउँपालिकामा ४५ सदस्यीय समिति निर्माण गरेको छ । यसैगरी भाग्ेश्वरमा ३७ सदस्यीय समिति गठन भएको छ । हिजोका गाउँ विकास समितिलाई वडाका रुपमा लिँदै केन्द्रले गणेशपुर, असीग्राम (देउबाको गृह गाउँ), मष्टमाण्डौं, कैलपाल, भागेश्वरलगायतका गाउँपालिकामा सम्मेलन सम्पन्न गरिसकेको छ । १ नगर र ४ गाउँपालिकामा जित्ने दावी “यही स्पिरिटमा गए हामी एउटा नगरपालिका र ४ वटा गाउँपालिकामा जित्छौं” सार्कीले भने, “बगरकोट, नवदुर्गा, भागेश्वर गणापधुरा गाउँपालिका र पर्शुराम नगरपालिकामा हाम्रो जीत सुनिश्चित छ ।” भागेश्वोर गाउँ पालिकाको वार्ड न.२ को वार्ड सम्मेलनमा २५ जना नेपाली काङ्ग्रेस परित्याग गरि माओबादी केन्द्र मा प्रवेश पछि । विगतमा पार्टी टुटफुट हुँदा जनता र कार्यकर्तामा निराशा छाएपनि केन्द्रमा पार्टी एकता र चुनावको माहौल बन्दै जाँदा संगठनप्रति आशा र आकर्षण पलाएको उनले बताए । “इमान्दार कार्यकर्ता सबै हामीसँगै छन्, नेतृत्वले कार्यकर्ता र जनतालाई छोड्नु भएन, जनतालाई समेट्ने कार्यक्रम ल्याउनुपरयो । सरकारका तर्फबाट समेत आम जनताका, जिल्लाका विकासका कामहरुमा ध्यान दिनुपरयो भन्ने आम जनमत छ ।” उनले बताए । यतिखेर डडेल्धुरामा संगठन निर्माण गर्न केन्द्रीय देखि स्थानीय नेताहरु जुटिरहेका छन् । माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत क्षेत्रमा खटिरहेका छन् ।

एसएसपीको रेट एक लाख !

काठमाडाै, फागुन ८ । साढे ३३ किलो सुन तस्करी हुँदा विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीले हरेकपटक एक लाखका दरले पैसा बुझ्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार भन्सारका कर्मचारी श्रीनारायण यादवसँग मिलेर उनले पैसा लिने गरेका थिए । सिआइबीले २३ माघमा खत्रीलाई हिरासतमा राखी संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । लगेज चेकिङमा प्रहरीको कुनै भूमिका नहुने भए पनि तस्करीमा अप्रत्यक्ष रूपमा सहयोग गर्न खत्रीलाई सेटिङ मिलाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । भन्सारका कर्मचारी यादवकै बयानका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो । तर, खत्रीले भने तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् । सुन लिन भारत जाने भरियाहरूले डलर तथा दिरामसमेत तस्करी गर्दै आएका थिए । त्यसमा प्रहरीले सहयोग गरेको हुनसक्ने सिआइबीका अधिकारीको आशंका छ । तर, डलर तस्करीको तथ्य प्रहरीले फेला पार्न सकेको छैन । तस्करीको सुन पक्राउ परे पनि भरिया मात्र पक्राउ पर्ने र आफूहरूको संलग्नता नखुल्ने विश्वासमा एसएसपी र भन्सारका कर्मचारीले तस्करीमा सहयोग गर्दै आएका थिए । प्रहरीले विगतमा सुन बरामद गरेलगत्तै भन्सार र राजस्वमा बुझाउने गरेको थियो । तर, यसपटक प्रहरीले संगठित अपराध मुद्दामा उनीहरूमाथि अनुसन्धान गर्दा भन्सारका ६ कर्मचारी र एसएसपीको संलग्नता खुलेको हो । नयाँ पत्रिका दैनिकबाट

द्वन्द्वकालमा क्षतिग्रस्त प्रहरी चौकी पुनःनिर्माण हुँदै

भच्चेक (गोरखा), फागुन ८ । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् । इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । रु ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गर्नुभएको हो । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ । रु एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोकको भवन पनि प्रनाम बमले उद्घाटन गर्नुभएको छ । रु दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गर्नुभयो । प्रहरी प्रधान कार्यालयबाट नियमित कार्यक्रमतर्फ प्राप्त भएको बजेटले भवन निर्माण गरिएको हो । भवन निर्माण भएपछि हातहतियार सुरक्षित राख्न र डियुटी गर्न सहज भएको प्रहरी जवानले जनाएका छन् । स्थानीयवासीको सहयोगमा रु पाँच लाख लगानीमा निर्माणाधीन गाँखु प्रहरी चौकी भवन भत्केपछि प्रहरी डेढ वर्षदेखि त्रिपाल, टेण्टमा कष्टकर तवरले बस्दै आएका थिए । प्रहरी चौकीको नाउँमा जग्गा नहुँदा केहि स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना घट्दा तत्काल प्रहरी जान सक्ने अवस्था नरहेको बताउनुभयो । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उहाँको आग्रह छ । रासस

१५ सय ट्याक्सीका लागि एक लाख ४९ हजारको आवेदन, चैत २६ मा गोलाप्रथा

काठमाडौं, फागुन ८ । भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । ‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,ड विभागका प्रवक्ता डा। टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’ ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको उनले बताए । १५ सय ट्याक्सीका लागि डेढ लाख आवेदन भूकम्पले धेरै क्षति पुर्‍याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् । आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाउने विभागको तयारी छ । ‘आवेदन दिएर पनि कसैको नाम छुटेमा जिल्लाबाटै दाबीविरोध गर्न पाइनेछ,’ डा। पाण्डेले भने, ‘थप रुजु गरेर टुंगो लगाएपछि गोलाप्रथाको काम हुनेछ ।’ आवेदन दिनेको नामावली विभागले वेबसाइटमा पनि राख्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुयाँलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले फागुनभित्रै आवेदकहरूको नामसहितको पुस्तक प्रकाशन गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ । भूकम्पपीडितहरूलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ । गोलाप्रथामा छनोट हुनेहरूले ट्याक्सी नम्बरमात्र पाउने हुन् । ट्याक्सी भने आफैँले किन्नुपर्ने हुन्छ । गोलाप्रथा जित्नेहरूले नयाँ ट्याक्सी किन्न पाउने डा. पाण्डेले बताए । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, काभ्रे, गोरखा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्लाका सर्वसाधारणका लागि ट्याक्सी दर्ताको सहुलियत दिन लागिएको हो । गोलाप्रथाका लागि विभागले एक लाख ४९ हजारकै टोकन बनाउने तयारी गरेको छ । त्यसबाट दृष्टिविहीन व्यक्तिलाई छान्न लगाएर गोलाप्रथा खोल्ने तयारी विभागको छ । ‘विगतमा पनि दृष्टिविहीन व्यक्तिमार्फत यस्ता गोलाप्रथा सार्वजनिक गर्थ्यौं,’ विभागका प्रवक्ता डा. पाण्डेले भने, ‘यसपटक पनि त्यही तयारी छ ।’ सरकारले २८ जेठ २०७२ मा यससम्बन्धी निर्णग गरेर त्यसको एक वर्षपछि मात्र आवेदन लिएको थियो । निर्णय गरेको करिब दुई वर्षपछि ट्याक्सी नम्बर वितरण हुन लागेको हो । –नयाँ पत्रिका दैनिकबाट

अब नक्सा पास गर्न नयाँ नियम

काठमाडौं, फागुन ७। काठमाडौं महानगरपालिकाले अब नक्सा पासका लागि नयाँ नियम ल्याएको छ । कर्मचारीकै मिलेमतोमा जथाभावी नक्सापास गर्ने र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिने क्रम बढेपछि भएपछि महानगरपालिकाले नक्सा पास गर्दा जग्गाधनी अनिवार्य उपस्थिति हुनुपर्ने नयाँ कार्यविधि ल्याएको हो । सो नियमलाई भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण संक्षिप्त कार्यविधि–२०७३’ नाम दिइएको छ । अब नक्सापास गर्दा घररजग्गा धनी आफैं उपस्थित हुन नसक्ने भए मनासिब कारणसहितको निवेदन परेमा वारेश राख्न पाइने काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । विदेशमा रहेका जग्गा धनीको हकमा भने राजदूतावासबाट प्राप्त अधिकृत वारेशनामा र अन्यको हकमा वारेशनामा लेख्दा महानगरपालिकाको कानुन महाशाखा वा सम्बन्धित वडा प्रशासकीय प्रमुखको रोहबरमा गर्नुपर्ने नियम ल्याइएको छ ।

मेलम्चीको पानी काठमाडौं ल्याउन ५ सय ३३ किलोमिटर पाइप बिछ्याइयो

काठमाडौं, फागुन ७ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६ सय ७० किमी वितरण सञ्जालमध्ये ५ सय ३३ किमीको काम सम्पन्न भएको छ । उपत्यकामा भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्‍याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा मेलम्चीको पानी उपत्यकामा आउनु अघि नै पाइप बिछ्याउने कामसक्न ४० स्थानमा पाइप राख्ने काम भइरहेको जानकारी गराइयो । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइप बिछ्याउने क्रममा सडक खन्दा निस्कने धुलोलाई व्यवस्थापन गर्न वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय (सेफ गार्ड) नीति बमोजिम काम भइरहेको बताए । ‘दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको छ, राति काम गरी बिहानै सडक पुनःस्थापना गरिन्छ, सडक खन्ने स्थानमा हरियो नेट स्थापना गरी माटो त्यहीँ पर्ने व्यवस्था मिलाइएको छ’ उनले भने । निर्माण सकिनासाथ सडक पुनःस्थापना र कालोपत्र गर्ने गरिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने योजना छ, त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुनेछ उनले भने । खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले पानी वितरण सञ्जाल निर्माण गर्दा धुलो कम गर्न सरकार प्रतिबद्ध रहेको बताए । एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोयामाले वातावरणीय सन्तुलन नबिगारी काम गर्न तयार रहेको उल्लेख गरे । मेलम्ची आयोजना दुईको २६ अर्ब रुपैयाँ बजेटमध्ये हालसम्म १२ अर्ब खर्च भइसकेको बताइएको छ।

नेपाल निजामती कर्मचारी सघंमा संक्रमण अन्त्यका लागि चुनाव

झापा, फागुन ७ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताएको छ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उनले भने– “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” । नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गरे । स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने– “आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई बिर्सनु हुँदैन ।” सो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन (सङ्घ) झापाको अध्यक्षमा कवीन्द्रविक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ ।

सरकारी निकाय राजस्वमा मख्ख, नदीले धार फेरेर गाउँनै खतरामा

म्याग्दी, फागुन ७ । कालीगण्डकी र म्याग्दी नदीका बगरबाट अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् । नदी छेउका बगरमा डोजर लगाएर ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुप नै परिर्वतन आउन थालेका छन् । अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीका छेउछाउका गाउँसमेत खतरामा परेका छन् । बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि म्याग्दी र कालीगण्डकीका बगर धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा उत्पन्न भएको स्थानीयको गुनासोे छ । “जथाभावी रुपमा नदीबाट ढुङ्गा र बालुवा निकालिँदै छ, नियमन निकाय मौन भएर बसेका छन्, नदीले धार परिवर्तन गर्दा नदीको सौन्दर्य नै लोप हुन थालेका छन्,” बेनी नगरपालिका–४ का कृष्णवहादुर किसानले बताए । सरकारी स्वामित्वमा रहेका खोला नदी केही व्यक्तिका लागि दुहुनो गाई झैं बनेको छ भने जिल्ला विकास समिति र सम्बन्धित गाविसले पनि त्यसबाट प्राप्त हुने रोयल्टीमा नै मक्ख परेका छन् । यसबाट नदीको बगर अतिक्रमण हुनुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको गुनासो छ । रासस  

स्वास्थ्य चौकीलाई जग्गादान

बैतडी, फागुन ७ । श्रीमतीको सम्झनामा एक व्यक्तिले बैतडीको सित्तड स्वास्थ्य चौकीलाई दुई रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको छ । जग्गा प्रदान गर्नेमा सित्तड–९ घमालीका रामसिंह कार्की रहेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैनसिंह गोयलाले जानकारी दिनुभयो । श्रीमती पार्वती कार्कीको सम्झनामा उहाँले स्वास्थ्य चौकीका लागि सो जग्गा प्रदान गर्नुभएको हो । पावर्तीको ५४ वर्षको उमेरमा छ महिना अगाडि मृत्यु भएको जनाएको छ । प्रदान गरिएको उक्त जग्गामा पार्वतीको नाममा बर्थिङ सेन्टर निर्माण गरिने प्रमुख गोयलाले बताए ।

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, तीन गम्भीर घाइते

पर्सा, फागुन ७ । वीरगन्जको आदर्श नगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो । सो घटनामा रौतहटकै रमौली–४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर–१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । एसियाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत वीरगन्जको आर्दशनरमा निर्माण भइरहेको ढल तथा नालाको निर्माण कार्य भइरहेको बेला गुप्ताको घरको पर्खाल भत्किँदा चारै जना मजदुर च्यापिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए ।

चिनी उद्योगले निकालेको प्रदूषणले १० गाविसका सर्वसाधारण मारमा

नवलपरासी, फागुन ७ । नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन् । जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट सर्वसाधारण मारमा परेका हुन् । चिनी उद्योगको प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै स्थानीय यसअगावै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । यद्यपि स्थानीयवासीले उद्योगहरुले आफ्नो उद्योगबाट निस्कने प्रदूषणबाट नियन्यण गर्न माग गरेपनि स्थानीय प्रशासन मौन छ । विशेष गरी सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगका कारण सुनवलसहित आसपासका क्षेत्र र प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगको प्रदूषणले दक्षिण भेगका १० गाविसका स्थानीय प्रभावित हुँदै आएका छन् । उद्योगको प्रदूषणले मलेरिया रोगको सङ्क्रमण फैलिन थालेको भन्दै नियन्त्रणको माग स्थानीयले गरेका छन् । स्थानीयले उद्योगकै कारण निस्केर प्रदूषणले आफ्नो स्वास्थ्यमा प्रतिकूल असर परेको जनाएका छन् । अझ सबैभन्दा बढी प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्केको प्रदूषणले गुठीप्रसौसौनी, कुडिया, नर्सही, पक्लिहवा, प्रतापपुरलगायतका १० गाविस प्रभावित बनेका छन् । चिनी उत्पादनको समयपछि उद्योग बन्द भएपनि सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योगले स्प्रिट प्लान्टबाट सञ्चालन भएकाले त्यसको फोहर खोलामा बगाउँदा झन मानव जीवनको स्वास्थ्यमा प्रतिकूल असर परेको पाइन्छ । जसका कारण स्वास्थ्यदेखि पशुचौपायसमेत प्रभावित बनेका छन् ।