चैत २३ पछि निर्वाचन आचारसंहिता

काठमाडौं। आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चितवन, तनहुँ र बाराका गरी तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ पछि आचारसंहिता लागू हुनेछ। निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको पदाधिकारी बैठकले निर्णय गरेपछि आचारसंहिता लागू हुने जानकारी दिए ।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाउने छैनन्।

माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लैजाने षड्यन्त्र भइरहेको छ : पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन्।माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको पौडेलको भनाइ छ। ‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ, यसको हामी प्रतिवाद गर्छौं।’२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएको बताउँदै त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे। ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोलिटकल’ भाषा हो, त्यसलाई अदालतमा लैजानु गम्भीर त्रूटि हो,’ उनले भने, ‘हामीले राजनीतिक, वैचारिक हिसाबले प्रतिवाद गर्छौं’ शान्तिप्रक्रिया टुंग्याउन माओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको उनले बताए।अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको बताउँदै उनले पूर्वमाओवादीहरु एक ढिक्का हुनुपर्ने बताए। ‘माओवादी आन्दोलनका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुट्टिँदा हाम्रा मुद्दा कमजोर भए, गम्भीर समिक्षा गरेर अघि बढ्छौं।’विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन्। ‘शान्ति प्रक्रियामा भूमिका नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्,’ उनले भने, ‘बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन।’माओवादी आन्दोलन र तत्कालीन ७ दलको सहमतिविपरीत केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको उनले बताए। पौडेलले हिजो भएका सहमति उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए। सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ गरेको बताउँदै सहमति भएका मुद्दा उल्टाएर देशलाई गृहयुद्धतिर धकेल्न खोजिएको बताए।‘द्वन्द्वकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने, ‘तिनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्वन्द्वमा धकेल्ने षड्यन्त्र गरिरहेका छन्। यसको प्रतिवादका लागि माओवादीहरु एकठाउँ हुन आवश्यक छ।’ वृहत् शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ।संक्रमणकालिन न्यायका मुद्दा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए। राजतन्त्र फर्काउन कहिले कञ्चनपुर, कहिले झापाबाट गम्भीर वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्दै राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए।‘न्यायपालिकालाई सम्मान गर्छौं, व्यक्ति र व्यक्तित्वले हमला दिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबैठाउँबाट सशक्त प्रतिवाद गर्छौं’, उनले भने। मंगलबार द्वन्द्वकालीन सम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि बृहत शान्ति सम्झौताभन्दा बाहिरबाट शान्ति प्रक्रिया अगाडी बढ्न नसक्ने आवाज उठ्न थालेका छन् । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्धन्द्धमा मारिएका नागरिकहरुबारे माओवादीलाई मात्रै दोष लगाउने काम भएको भन्दै पाँच हजारको जना माओवादी पक्षबाट मारिएको भएपनि बाँकि १२ नागरिक राज्यपक्षबाट मारिएको बताएका थिए । प्रचण्डको त्यही अभिव्यक्तिलाई लिएर कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका छन्।  

मुलुकलाई पुनःद्वन्दमा लैजाने स्वार्थको खेतिमा सर्वोच्च दुरुपयोग नहोस् : जनप्रगतिशील मञ्च कतार

काठमाडौं । बृहत शान्ति सम्झौता विपरित गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध रिट दर्ता गर्ने काम भएको भन्दै नेपाली जनप्रगतिशील मञ्च रास्ट्रिय समिति कतारले आफ्नो भम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला घटनाक्रममा मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरु सक्रिय भएको भन्दै त्यसप्रति अदालत सचेत हुनुपर्ने मञ्चले जनाएको छ । मञ्चले प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर मुद्धा दर्ता गर्नुले आशंका जन्माएको भन्दै उक्त कदमको विरोध जनाएको हो । तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको अवस्थामा पछिल्ला घटनाक्रमले गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । साथै, नेपाली जनताको चाहना र हाम्रो संविधानको भावना विपरित हुने घटनाहरु अगाडी बढेमा जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने मञ्चले चेतावनी दिएको छ । यस्तो छ विज्ञप्ति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वोच्व अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फ्युयाल को संयुक्त इजलासबाट रिट दर्ता गर्ने मिति २०७९–११–१९ को आदेश प्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० बर्षे महान जनयुद्द र २०६२–२०६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ। तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलका बिचमा बृहत शान्ती सम्झौता सम्पन्न भई मुलुक उक्त प्रकृयामा प्रवेश गरेको र बृस्तित शान्ति सम्झौता नेपालको अन्तरिम संबिधान २०६३ को अभिन्न अङ्ग बनिसकेको कुरा पनि स्पष्ट नै छ। द्वन्दकालिन अवस्थामा भएका घटनाहरुको छानबिन र निरुपणको लागी नेपालको संबिधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारबाही अगाडी बढेको कुरा पनि सार्वजनिक नै छ। यसका बाबजुद हालैको सर्वोच्वको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिईएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउदै गलत उदेश्यका साथ सम्मानित सर्वोच्व अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ। मुलुकमा शान्ती बहाल हुन नदिन, जनयुद्द र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुयात देखिनै बिभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागि परेको कुरा न्यायप्रेमी नेपाली जनताबाट लुकेको छैन। मुलुकलाई पुनः द्वन्दमा फसाएर आफ्नो अपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसंग सम्मानित सर्वोच्व अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं। कदाचित नेपाली जनताको चाहना र हाम्रो संबिधानको भावना बिपरित यस्ता घटनाहरु अगाडी बढेमा हाम्रो पार्टी र नेपाली जनताले जुनसुकै संस्था वा शक्ति भएपनि त्यसको कडा प्रतिवाद गर्ने र त्यस्ता अपराधिक तत्वको कुटिल चाल एवं दुषित मनसाय कुनै हालतमा पुरा हुन नदिने नेपाली जनतामा हामी प्रतिबद्दता व्यक्त गर्दछौं। अन्त्यमा मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि बिगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल नागरिक समाज, र न्यायप्रेमी जनसमुदाय लाई यस्ता शान्ति र संबिधान बिरोधी गतिबिधिहरुप्रती सचेत रहन र आवस्यकता अनुसार प्रतिबाद गर्न अपिल गर्दछौं। क्रान्तिकारी अभिवादन सहित !! बुद्धि प्रसाद भण्डारी अध्यक्ष तथा नेपाली जनप्रगतिशील मंच कतार परिवार।

राष्ट्रपति निर्वाचनबारे रास्वपाले भोलि नै निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

पर्यटन मन्त्रालय र मातहतका कर्मचारीले पशुपति सफाई गर्नुपर्ने

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले हरेक शनिबार दुई घन्टा पशुपतिनाथको सरसफाइ गर्नुपर्ने भएको छ । पशुपतिनाथको मन्दिर क्षेत्र फोहोर भएका कारण तीर्थयात्री घटेपछि मन्त्रालय सो निर्देशन दिएको हो । पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले मंगलबार कर्मचारीहरूलाई सरसफाइका लागि बाध्य बनाइएको मन्त्रालयले जनाएको छ । ‘आराध्यदेव पशुपतिनाथको मन्दिर रहेको पाशुपत क्षेत्रमा नियमित सरसफाइ हुने नगरेको छ, यसै कारणले पशुपति क्षेत्रमा भक्तजनहरुको आवतजावतमा कमी हुँदै आएकाले मन्त्रालय र हामी मातहत उपत्यकामा रहेका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सामूहिक सफाइमा पशुपति क्षेत्र विकास कोषले सफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनु पर्नेछ ।’ मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सहभागिताका लागि निर्देशन दिएको छ । अब हरेक शनिबार बिहान पशुपति सफाइमा पर्यटन विभाग, पूरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुनुपर्ने छ। त्यस्तै, पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्राहलय हेरचाह विकास समिति, पाटन दरबार संग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारी पनि सरसफाईमा सहभागी हुनुपर्ने मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री सुदन किरातीले मातहतका सबै निकायलाई सेवाग्राहीहरुको हितका लागि नियमित सरसफाइ गर्न यसअघि निर्देशिका जारी गरेका थिए ।

सांसदहरुलाई भोलिसम्म काठमाडौं आइपुग्न आठ दलको सर्कुलर

काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न सर्कुलर पठाएका छन् । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न भन्दै सर्कुलर पठाएका हुन् । बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ ।

तराईमा होली पर्व मनाइँदै

काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो ।

इमरान खानको भाषण प्रसारणमा प्रतिबन्ध

एजेन्सी । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्वप्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई खानका भनाइ प्रसारण गर्न रोक लगाएको हो । आइतबार पूर्वी शहर लाहोरमा गरेको सम्बोधनमा खानले गतवर्ष आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए । पूर्व क्रिकेटर समेत रहेभएका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खान सरकारप्रति थप आक्रामक बनेका छन्। खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आएका छन् । प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूलारठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।

वर्ल्ड एथलेट्स्का सदस्य अल हमदको प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बेलबारी राजवंशी धार्मिक स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनेछः मन्त्री आचार्य

मोरङ । प्रदेश–१ सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले मोरङ बेलबारी स्थित राजवंशी समुदायको धार्मिक स्थललाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । मोरङको बेलबारीमा राजबंशी समुदायहरूको धार्मिक पुजा(श्री ब्रहमाणी देवी) आरधना, मेला तथा सांस्कृतिक कार्यक्रमा बोल्ने क्रममा मन्त्री आचार्यले सो कुरा बताएका हुन् । राजवंशी समुदाय मोरङ्ग जिल्लाको आदिवासी जनजाति भएको बताउँदै राजवंशी धार्मिक स्थल सबैका लागि अध्यनको विषय बन्ने  बताए  । मन्त्री आचार्यले राजवंशी समुदायको भाषा, रहनसहन र संस्कृतिको संरक्षरणका साथै विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नेपाल सरकारले राजवंशीलाई सिमान्तकृतको रुपमा जातिको वर्गिकरण गरेर राखेको छ । राजवंशी जातिको छुट्टै आफ्नो भाषा हुन्छ । राजवंशी भाषालाई ताजपुरिया भाषा भनेर पनि चिनिन्छ ।

अख्तियारको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औं स्थापना दिवस मनाउँदै छ। मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौं हातेमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाइरहेको हो । आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, कुन प्रदेशको मौसम कस्तो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं.१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। एकदुई स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोलि आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

भरतपुर देशकै नमुना बन्छ : मेयर रेनु दाहाल

भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उहाँले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताइन् । उनका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ । मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको जानकारी दिइन् । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताइन् । मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताइन् । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिइन् । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताउनुभयो । यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन् । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जानकारी दिइन् । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन् । भरतपुर महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताइन् । मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताइन् । महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन् । महानगर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी दिइन् । भरतपुर । भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उनले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ । थप २४ वटा नयाँ कार्यक्रम तथा शिर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ । यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ । पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भन्नुभयो, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ । चितवन । भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ । शुक्रबार बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ । भरतपुर महानगरपालिकाले शिक्षा ऐन, २०७५ (तेस्रो संशोधन) र भरतपुर महानगरपालिका सहकारी ऐन, २०७५ (तेस्रो संशोधन) लाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । यस्तै मेलमिलापकर्ताहरुको सूचीकरण गर्ने प्रस्ताव पनि सर्वसम्मत अनुमोदन भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासको लागि पार्टीभन्दा माथि उठेर विगतको कार्यकालमा काम गरेको र यो कार्यकालमा पनि निश्पक्ष रुपमा काम गर्ने बताइन् । मेयर दाहालले भरतपुरको समृद्धिको लागि कुनै पनि योजनालाई अगाडि बढाउन तयार रहेको प्रष्ट पार्नुभयो । भरतपुरमा भईरहेको सन्तुलित विकासलाई निरन्रता दिन अहोरात्रा खट्ने गरेको उनको भनाई थियो भरतपुरलाई एउटा उचाईसम्म पुराएर यो अन्तिम कार्यकाल पुरा गर्ने उद्देश्यका साथ दीर्घकालिन महत्वका विकासका पूर्वाधारलाई प्राथामिकतामा परेको बताइन् । मेयर दाहालले करको दर नभई करको दायारा फराकिलो बनाई भरतपुरको अन्तरिक आम्दानीलाई बलियो बनाउन सबै जनप्रतिनिधिहरुले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।    

१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौं : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन् ।   मन्त्री किराँतीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रवन्धक ठाकुरले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै थाई एयरवेजसँग करोडौं घुस लिने गरेकाले निलम्वन गरिएको बताए । यस्तै उनले आफूले कसैको एक पैसा पनि नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।   ‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन । यो मन्त्रीले पैसा खाँदैन । मन्त्रीलाई पैसा मन पर्दैन । ढुक्कसँग काम गनुस् । सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनुपर्‍यो । विमानस्थलको निर्देशकलाई भर्खरै निलम्वन गरेर आएँ । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछन् । करोडौं रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ । मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो रु क–कसलाई बुझाइयो रु त्यो स्पष्ट हुनुपर्छ । पैसा खानको निम्ति मन्त्री आएको हो भने जनताले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाइँहरूले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् । सञ्चालक समितिका साथीहरु नीतिमा काम गर्नुस् । कर्मचारी जस्तो नहुनुस् । तपाइँहरूलाई नीति बनाउन पठाएको हो,’ मन्त्री किराँतीले भने । पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने मन्त्री किराँतीको भनाइ छ । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही पनि चल्न नसक्ने बताएका थिए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो । यस्तै पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको पनि उनले बताए । प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किराँतीले बताए । उनले भने, ‘पर्यटन व्यवसायीहरु समस्यामा छन् । पर्यटन व्यवसायीहरु ऋणको पासोमा छन् । उनीहरुको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्योलता कसरी हुँदैछ रु अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ । प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन र सचिवहरुलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दैछ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौं ।ु यस क्रममा मन्त्री किराँतीले २० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन पनि पर्यटन बोर्डलाई निर्देशन दिएका थिए ।  

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए सपथ

काठमाडौं।नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले पद तथा गोपनीयताको सपथ लिएका छन् । दशौदीले शुक्रबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

भारतीय विदेश सचिव क्वात्रा अर्को साता नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा अर्को साता नेपालको तीनदिने भ्रमणमा आउने भएका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणमा उनी फागुन १ गते काठमाडौं आउन लागेका हुन् । उनी ३ गतेसम्म यहाँ रहनेछन् । विदेश सचिवको कार्यभार सम्हालेपछि उनी पहिलोपल्ट नेपाल आउन लागेका हुन् । भारतले ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाललाई प्राथमिकतामा राखेको बताइएको छ ।