निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका पाँच जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले नियम पालना नगर्ने निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको निर्देशन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई पालना नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने हुन्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए ।

‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

पोखरा,१० माघ । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गरेको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताएका छन् । पौडेलको निधन भएको आइतबार आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश कास्की शाखा र पोखरा महानगर कमिटीले संयुक्त रुपमा आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गरेको योगदान बारे चर्चा गरियो । पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य थिए । प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति(रासस)का पूर्व अध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताए । विशेषगरी गण्डकी प्रदेशमा जनपक्षिय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताए । बरालले भने,“पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सँधै स्मरण हुने काम गरेर जानुभएको छ ।” पौडेलले कक्षा १० मा पढ्दा देखीनै पत्रकारिता क्षेत्रमा रुची राख्थे र मेहनत गरेर स्थापित बनेको बरालको स्मरण छ । स्व.पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव थिए । सोही बेलानै महासङ्घको सुविधासम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमानै प्रदेश समितिको पक्की कार्यालय भवन बनाए । प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा समेत स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताए । उनले त्रिभुवनको मृत्युले प्रेस सेन्टर सहित समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको बताए । महासचिव पौडेलले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिए । प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पौडेल भौतिक रुपमा नरहेकाले उनका सपनाहरु पूरा गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए । पौडेलप्रति शोक व्यक्त गर्न र परिवारमा समवेदनाका लागि प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, सुरेशचन्द्र अधिकारी, दयानिधि भट्ट, केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ, सचिव माधव पनेरु, शान्ता अधिकारी, प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्म लिएका पौडेलको बाल्यकाल पोखरा मानै व्यतित भएको थियो । पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उनी स्वाभिमान साप्ताहिक पत्रिका मार्फत सानो उमेरमानै पत्रकारितामा प्रवेश गरेका थिए । काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोँचमा दुर्घटना हुँदा पत्रकार पौडेल सहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैनन् ।

आजबाट हिउँदे वर्षाको सम्भावना , तीनवटा प्रदेशमा हिमपात,सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । चारवटा प्रदेशका पहाडी भू–भाग वर्षाको सम्भावना रहेको र तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । नेपाल पश्चिमी भू–भागमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको विभागको भनाइ छ ।

गल्याङका पूर्वमेयर सहित ७ कर्मचारीविरुद्ध मुद्दा, २ करोड भ्रष्टाचार ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङका तत्कालीन मेयर भुपराज अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदुवाको बीउ खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, बाली विकाश अधिकृत अरविन्द मणी त्रिपाटी, लेखापाल राजेन्द्र रेग्मी, खरिददार सन्तोष कोइराला, बीउ आपूतिकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । स्पेसिफिकेसनमा उल्लेखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । अनियमितता गर्ने नियतले अस्वभाविक दररेट कायम गरेर अदुवा खरिद गरेको र नगरपालिकालाई १३ लाख अतिरिक्त आर्थिक भार पुर्याएको भन्दै मेयर अधिकारीविरुद्ध अभियोग लगाइएको छ । यस्तो खरिद गरिद गरिएको अदुवा विउ गुणस्तरहीन रहेको भन्दै नगरपालिकाका मेयरसहित ४ कर्मचारी गरेर ५ जनाविरुद्ध एक करोड ९७ लाख ७० हजार ४९९ सय रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गर्दा बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरेको थियो । स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान गरेको पाइएको अख्तियारले जनाएको छ । अदुवाको बीउ आपुर्तीकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि न्यौपानेविरुद्ध २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ । अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्धा दायर गरेको छ । गुणस्तरहीन अदुवाको बीउ बिक्री गरेर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगले न्यौपानेलेसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग दाबी गरेको छ । नगरप्रमुख अधिकारी नेकपा एमालेबाट निर्वाचित भएका थिए । स्याङजाका नेकपा एमाले जिल्ला कमिटि सदस्यसमेत रहेका अधिकारीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीको कुनै पनि जिम्मेवारी नरहनेगरी पार्टीले कारवाही गरेको थियो ।  

उपसभामुख रानाले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख चुँडाल घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। ‘विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेका छौँ’, उनले भने, ‘उक्त रकम घुस हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। बरामद रकमबारे विस्तृत जानकारी दिनेछौँ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेललाई प्रधानमन्त्रीले आफनो प्रमुख राजनीतिक सलालहकार नियुक्त गरेका हुन् ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले लिए सपथ

काठमाडौं ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उपाध्यक्ष श्रेष्ठलाई सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्। श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए।

गण्डकी प्रदेशमा ७ मन्त्रालय रहने (सूचीसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन । सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ । बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।

नेपाली कांग्रेसको पत्रकार सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।

विभागीय मन्त्रीले अनुगमन गरेकै दिन यातायात कार्यालयबाट सात जना पक्राउ

काठमाडौं। यातायात कार्यालयमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने सात जनालाई प्रहरीले नियन्त्रमा लिएको छ। पाँच जना विचौलिया र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई जनालाई विभिन्न कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार कठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ठूलोभर्‍याङ र चाबहिलबाट पाँच जना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान सुरु भएको कठमाडौं उपत्यका प्रहरी कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सेवाग्राहीको चाप रहने यातायात कार्यालय, एकान्तकुनामा पुगेर मंगलबार अनुगमन गर्नुभएको थियो। उहाँले अनुगमन गर्नुभए लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

‘भरतपुर लागनी सम्मेलन’को तयारी भईरहेको छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा मंगलबार भरतपुरमा जारी होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले यही वर्षभित्र लगानी सम्मेलन गर्ने गरी महानगरपालिका अगाडि बढेको बताइन् । मेयर दाहालले लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने उल्लेख गरिन्। लगानी सम्मेलनपछि भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाई थियो । मेयर दाहालले भरतपुरमा निर्माणधिन भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै पर्यटकीय गतिविधि वृद्धि हुने दाबी समेत गरिन् । भरतपुर महानगरपालिका दुई ठूला नदीले घेरिएको जल, जमिन र जंगलको अनुपम स्थल भएकाले हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको मेयर दाहालको भनाई छ । भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले सन्२०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन् । ‘भरतपुर लगानीकर्ताको आर्कषणको केन्द्र बनेको छ, उनले भनिन्,‘यहाँ तारे होटल खुलेका छन्, सुविधा सम्पन्न होटल र रिसोर्ट खुल्ने क्रम पनि जारी छ । पर्यटन गतिविधिका साथै राजगारी पनि सिर्जना भएका छन् ।’ मेयर दाहालले स्थानीय सरकारको हैसियतले पर्यटन तथा होटल व्यवसायीसँग समवन्य गर्दै अघि बढ्ने अभ्यास महानगरपालिकाले गर्दै आएको र भावी दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । भरतपुरको दिगो ढङ्गबाट पर्यटन प्रर्वद्धन गर्न महानगरपालिका सधै सबै क्षेत्रसँग समवन्य, सहकार्य र छलफल गरी अघि बढ्ने पनि उद्घोष गरिन् ।

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालत पुगेका छन्। मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो। आयोगले उनलाई ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएको बताएका छन्। आयोगले खर्च विवरण नबुझाउने र समयमा नबुझाउने उनीसहित थुप्रै उम्मेदवारहरूलाई जरिवाना गरेको थियो। आफू लगायत आयोगको निर्णयले अन्याय भएको भन्दै उनले निवेदन दिएका हुन्।

सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द

काठमाडौं । राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन् । अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ । हेर्नुहोस राहदानी विभागको विज्ञप्ति

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले यही पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए । लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । सैनिक प्रवक्ता कृष्ण भण्डारीले उपरथी शाही सैनिक प्रहरीको अनुसन्धानमा रहेको बताए । भण्डारीका अनुसार शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । ‘स्वास्थ्य परिक्षणपछि उपरथी शाहीलाई अस्पतालमै राखेर वा सैनिक मुख्यालय ल्याएर अनुसन्धान सुरु गर्ने भन्ने विषय चिकित्सकको सल्लाह अनुसार हुन्छ,’ उनले भने । प्रवक्ता भण्डारीले उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने बताए ।

कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

धनगढी । मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो । कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको हो । बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।