थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सासंद (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ। पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ। १.डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २.डोल प्रसाद अर्याल (खस आर्य पुरूष) ३. असिम साह (मुस्लिम पुरुष) ४.मनिष झा (मधेसी पुरूष) ५. इन्दिरा राना मगर (आदिवासी महिला) ६. सुमना श्रेष्ठ (आदिवासी महिला) ७. अशोक चौधरी (थारु पुरुष) ८.तपेश्वर यादव (मधेशी पुरुष) ९. डा चन्दा कार्की (खस आर्य महिला) १०. निशा डांगी (खस आर्य महिला) ११. सन्तोष परियार (दलित पुरुष) १२. कल्पना रोक्का (दलित महिला) १३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)
फुटपाथ व्यवसायीलाई लखेटेपछि बालेनलाई बाबुरामको चेतावनी : विष्फोट हुन्छ
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूमाथि गरेको ज्यादतीको विरोध गरेका छन्। पूव्रप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले धनी र गरिबको विभेदीकरणको दिगो समाधान लाठीरबन्दुक नभएको बताएका हुन्। मेयर बालेन साहलाई संकेत गर्दै उनले शहरीकरण र गरिबीको दिगो समस्या समाधान नगरे विष्फोट हुने चेतावनी दिएका हुन्। ‘शहरीकरण, अनौपचारिक श्रमरअर्थतन्त्र, धनीगरीबको विभेदीकरण संक्रमणकालीन समाजरअर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठीरबन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ भट्टराईले भनेका छन्। काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटेपछि भट्टराईको यस्तो प्रतिक्रिया दिएका हुन्।
आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा
काठमाडौं । आठ हजारभन्दा बढी भारतीय विभिन्न देशका जेलमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ। तीमध्ये चार हजार ३८९ जना खाडी देशका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन्। ‘मन्त्रालयमा उपलब्ध तथ्याङ्कअनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ छ। जसमध्ये चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा छन्,’ उनले भने। यूएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए। ‘टीएसपी सम्झौताअन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको यूएई पठाइएको छ’, उनले भने। दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि यो विषय पुनः सार्वजनिक चासोको मुद्दा बनेको हो। डिसेम्बर १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीर रूपमा लिइरहेको बताएका छन्। प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिक रूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन्। राससरएएनआई
पाल्पाको तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडकखण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । सोही सडक खण्डको सिरूखर्क, माल्मुल क्षेत्रमा सडक चौडा बनाउनका लागि सडक बन्द गरिएको हो । आगामी पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ। सडक चौडा बनाउनु पर्ने भएकाले बाटो बन्द गरेर सडक निर्माण कार्य गरिने भएको हो । सडक निर्माणको समयमा बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने भएको छ । सडक बन्द भए पनि यो सडकखण्ड हुँदै गुल्मी, बागलुङ र अर्घाखाँची आउनेजाने साना सवारी साधन भने लुहुङ्ग–बतासेडाँडा भएर चल्न सक्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
मोरङमा मिक्सचरले ठक्कर दिँदा ओभरसियरको मृत्यु
विराटनगर । निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत मोरङको लेटाङ नगरपालिका–९ मा मिक्सचर मेसिनको ठक्करबाट शुक्रबार राति एक प्राविधिकको मृत्यु भएको छ। लेटाङ–९ स्थित तेली खोलाको पुल निर्माणमा प्रयोग गरिँदै आएको को १ ख ४०७७ नम्बरको मिक्सचरले ठक्कर दिँदा ओभरसियर सिरहाको लाहान नगरपालिका घर भएका २४ वर्षीय सुनील साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त निर्माणको जिम्मा पुल सूर्य एन्ड सन्स कन्सट्रक्सनले लिएको थियो। मृतक साह सोही कन्सट्रक्सनका प्राविधिक रहेको प्रहरीले जनाएको छ। ट्रकमा जडान गरेर प्रयोग गरिँदै आएको मिक्सचरले घोला ओसार्ने क्रममा ठक्कर दिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार घोला पुर्याएर पछाडि सार्ने क्रममा मिक्सचरले राति ९स्४५ बजेतिर ठक्कर दिँदा ओभरसियर साहको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनालगत्तै मिक्सचर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कालाबन्जरका ३५ वर्षीय शम्भु राजधामीलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए।
लुम्बिनी प्रदेशसका नयाँ सांसदले भालुवाङस्थित नयाँ भवनमै शपथ खाने
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका–३ लालमटिया, भालुवाङमा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । “पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, “अब अन्य सानातिना काम बाँकी छन् ।” प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए। त्यो काम पनि केही दिनमै सकिने उनको भनाइ छ । नवनिर्वाचित प्रदेशसभा सदस्यले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन् । विद्युत् जोड्ने काम पनि भएको छ । रङरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ । प्रदेशसभा भवन रु एक अर्ब २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् । मुख्यमन्त्री आएपछि आवश्यक संरचना निर्माणको काम अघि बढेका छन् । मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिवको निवास निर्माणको काम पनि सकिएको छ । अब अन्य मन्त्रालयकालागि संरचना तयार गर्ने काम अघि बढिरहेको छ । आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरी संरचना मर्मत गर्ने कार्य भइरहेको छ । अन्य मन्त्रालयको संरचनाका लािग भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । यसअघि ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए तर काम भने बुटवलबाट हुँदै आएको थियो । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दै आएको छ । अहिले राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्तान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । विसं २०५० मा स्थापना भएको शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहलसमेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताए । भालुवाङमै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो ।
माओवादीले समानुपातिक सूची शनिबार टुंगो लगाउने
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समानुपातिक सूचीबारे कानुनविदहरुसँग छलफल गर्ने भएको छ। यस विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर समानुपातिक सूची शनिबार टुंगो लगाइने भएको हो। शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले शनिबार फेरि बैठक बसेर नाम चयनबारे निर्णय लिने निर्णय गरेको हो। उता एमालेले पनि शनिबार मात्रै नाम टुंगो गर्ने भएको छ। एमालेको शुक्रबारका लागि डाकिएको पदाधिकारी बैठक अन्तिम समयमा स्थगित भएको थियो। निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको अन्तिम सूची शनिबारसम्म बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ।
यस्ता छन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो । आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ । यदि दलले कानूनअनुसार सांसद बन्नेको नाम नपठाएमा निर्वाचन आयोगले थप २ दिन राजनीतिक दललाई सच्याएर पठाउने मौका दिनेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले ७ वटै दलबाट ११० सिटमा निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । प्रतिनिधिसभामा सातवटा दलले थ्रेसहोल्ड कटाएका छन् । एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् । समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएको छ । समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्नेछ । दलहरूले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ । एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला) एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ । खस आर्यबाट ११ जना रघुजी पन्त एकनाथ ढकाल कुमार दसौदी दयालबहादुर शाही (खस आर्य) खिमलाल पोखरेल मुक्तिप्रसाद पाठक मेनकाकुमारी पोखरेल सरिता भुसाल शोभा ज्ञवाली विजुला रायमाझी निर्मला कोइराला आदिवासी जनजातिबाट १० जना देवीप्रसाद भट्टचन हेमराज राई कालुराम राई भीमबहादुर खवास नैनकला थापामगर सुर्यकुमारी श्रेष्ठ उर्मिला थेवे इश्वरी घर्ति रणकुमारी बलम्पाकीमगर शान्ति श्रेष्ठ दलित ५ जना ईश्वरबहादुर रिजाल(विक) प्रभु हजारा दुसाध रुक्मणी राना बराइली हर्कमाया विश्वकर्मा इन्दिराकुमारी पन्थी मधेशी ५ जना गंगाप्रसाद यादव अमृतलाल राजवंशी वीना देवी अमृतादेवी अग्रहरी प्रतिक्षा तिवारी थारु २ जना सत्यनारायण चौधरी अस्माकुमारी चौधरी मुस्लिम १ जना रुही नाज काँग्रेसबाट ३२ जना (२९ जना महिला) नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ । खस आर्यबाट १० जना प्रकाशशरण महत अम्बिका बस्नेत सरिता प्रसाई आरजु राणा ईश्वरी न्यौपाने प्रतिमा गौतम मञ्जु खाण रमा कोइराला कान्तिका सेजुवाल मैना रावल (पिछडिएको क्षेत्र) आदिवासी जनजातिबाट ९ जना गोपालमान श्रेष्ठ सरस्वती वजियम लिलादेवी वोखिम सिताकुमारी राना सुशिला तामाङ सपना राजभण्डारी माया राई कुसुम थापामगर मनोरमा शेरचन दलित ५ जना शान्ती विक रुपा विक सीता मिजार आशा विक विष्णुमाया परियार मधेशी ५ जना बिमलेन्द्र निधी नागिना यादव मुक्ताकुमारी यादव चन्दा चौधरी संगीता मण्डल थारु २ जना कल्पना चौधरी विनाकुमारी थनेत मुस्लिम १ जना जावेदा खातुन माओवादीबाट १४ जना (१२ जना महिला) नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ । खस आर्य ४ जना हितराज पाण्डे पेशल खतिवडा ज्ञानु बस्नेत बिमला सुवेदी आदिवासी जनजाति ४ जना दुर्गा राई मिना तामाङ उर्मिला माझी छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र) दलित २ जना सुशिला श्रीपाईली पार्वती विक मधेशी २ जना मिना यादव उमरावतीदेवी यादव थारु १ जना रुपासोसी चौधरी मुस्लिम १ जना कल्पना मियाँ रास्वपाबाट १३ जना (४ जना महिला) पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २र२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १र१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ । खस आर्य ४ जना डोलप्रसाद अर्याल गणेश कार्की दिपक बोहोरा डा.चन्दा कार्की आदिवासी जनजाति ३ जना इन्दिरा रानामगर डा।ढाकाकुमार श्रेष्ठ मेघबहादुर आले दलित २ जना सन्तोष परियार कल्पना रोक्का मधेशी २ जना मनिष झा लक्ष्मी तिवारी मुस्लिम १ जना असिम साह थारु १ जना अशोक चौधरी पिछडिएको क्षेत्र १ जन विनिता कठायत राप्रपाबाट ७ जना (५ जना महिला) थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन । खस आर्य २ जना पशुपति शम्शेर जबरा प्रकाशचन्द्र लोहनी आदिवासी जनजाति २ जना विना लामा विनिता मगैया दलित १ जना अनिसा नेपाली मधेशी १ जना विना जयसवाल मुस्लिम १ जना नाजीया खातुन जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला) जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन । खस आर्य १ जना प्रकाश अधिकारी आदिवासी जनजाति १ जना सुशिला श्रेष्ठ दलित १ जना सावित्रा विक मधेशी १ जना रञ्जुकुमारी झा मुस्लिम १ जना शहनाज रममान जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला) थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन । खस आर्य १ जना धनबहादुर बोहोरा आदिवासी जनजाति १ जना दयाराम प्रजापती दलित १ जना राजेशकुमार मण्डल मधेशी १ जना अनितादेवी शाह मुस्लिम १ जना जलेखा विवि
‘प्रहरी हौं’ भन्दै अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
बुटवल । ‘सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै अभद्र व्यवहार गर्ने दुईजनालाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका वडा नं.६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं। ५ बागीका २० वर्षीय दीपक केसी रहेका प्रहरीले जनाएको छ । उनीहरुले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा “हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ” भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगायतमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिहरुलाई डर, त्रासमा पारी गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले प्रहरीमाथि नै हातपात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।
चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्धान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनको दाबी छ । अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथभ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको व्यवहार गर्ने, आफ्नो सर्वहारा वर्गीय धर्मबाट च्यूत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको उनले बताए । संसद्वाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु सबै नेपालबाट नामेट भएर जानेसमेत उनले बताए । नेपाल र नेपालीको हित चाहने हो भने नेपालका सम्पूर्ण कम्युनिष्टहरुको एकता र ध्रुवीकरण जरुरी भएको उनको भनाइ छ । नेपालका कम्युनिष्ट भन्ने पार्टीहरु प्राय साम्राज्यवादी र बिस्तारवादीहरुको चाटुकार बन्ने गरेका कारण जनतामा कम्युनिष्टप्रति वितृष्णा जागेको भन्दै कञ्चनले नेपालमा मात्र नभएर विश्वभर नै क्रान्तिकारीहरुका लागि परिस्थितिप्रतिकूल बन्दै गइरहेकाले सबै कम्युनिष्टहरुलाई एकीकृत र ध्रुवीकृत बन्न आग्रह गरे ।
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो
काठमाडौं । छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार दुई थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासंघले जनाएको छ। रासस
बैतडीमा जीप दुर्घटना, चालकको मृत्यु
बैतडी । बैतडीको पाटन १० मा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राती १० बजे पाटन १० डैसीली भन्ने स्थानमा से १ ज ८१६ नं को जीप दुर्घटना भएको हो। दुर्घटनामा जीपका चालक डडेल्धुराका नवदुर्गा गाउँपालिका ५ उकल्लीका ३६ वर्षीय तेजबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
लुम्बिनी प्रदेशको लोकसेवा आयोगले माग्यो कर्मचारी
बुटवल । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले दरखास्त आह्वान गरेको हो । प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको हो । पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो
भैरहवा । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो। रुपन्देही प्रहरीले भैरहवा बसपार्क नजिकै जाँचका क्रममा शङ्का आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘यूपी ५६ टि २७८५’लाई रोकेको थियो। ट्रकमा कुनै पनि प्रकारको लेबल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको वस्तु ९डीएपी मलजस्तै देखिने० वस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी बेद पौडेलले जानकारी दिए। ट्रकमा‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ। मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्री(वितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो। ‘कमसल खालकोमल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो’, पौडेलले भने, ‘बरामद सामान शङ्कास्पद मल जस्तै देखिएको छ।’ उनले बरामद भएको वस्तुको नमुना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको जानकारी दिए। ‘हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ’, उनले भने, ‘प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ।’ केही नलेखिएका सेतो रङका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन’, उनले भने, ‘आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो।’ प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त वस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो। नेपालमा ओम गङ्गा ट्रेडर्स एन्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ। प्रतिबोरा रु एक सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ। भैरहवा भन्सार कार्यालयले उक्त वस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रिन च्यानलबाट जाँचपास गरेको छ। भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ। ग्रिन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए। ‘ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ’, ढुङ्गानाले भने, ‘यस्तो अवस्थामा ट्रकमा के सामग्री छ रु र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नु पर्दैन।’ भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको दाबी छ। उनले प्रहरीले रोके पनि त्यसलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान वा भन्सार कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि प्रहरी आफैँ अनुसन्धान गरेको जिकिर गरे। रासस
काठमाडौं वासीको घरमा आजदेखि मेलम्चीको पानी
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । “अहिले ट्यांकीमा पानी आइरहेको छ । आज बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भने । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ । केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्याएको थियो । २२ वर्षको प्रतीक्षापछि पहिलोपटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।

