महाराष्ट्रमा कार दुर्घटना: विधायकका छोरासहित ७ विद्यार्थीको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरा सहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ ।
सोमबार राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो । दुर्घटना वर्धा नजिकै तुलजापुर राष्ट्रिय राजमार्गको सेलसुरा शिवरमा भएको हो ।
भारतीय संचारमाध्यमका अनुसार सेलसुरा शिवर हुँदै जाँदा कारले जङ्गली जनावरलाई बचाउने क्रममा कार अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मृत्यु हुने सातै जना सवांगी मेघे मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।
मृत्यु हुनेमा तिरोडा विधानसभा क्षेत्रका भाजपा विधायक विजय रहांगडाका छोरा अविष्कार रहांगडा पनि थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक संजाल ट्वीटर मार्फत दुर्घटनामा परी मृत्यु भएकाका मृतकका परिवाररलाई २/२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गर्नु भएको छ ।
रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई तत्काल युक्रेन छोड्न निर्देशन
अमेरिकाद्वारा युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई तत्काल युक्रेन छोड्न निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले एक निर्देशन जारी गर्दै युक्रेनको दुतावासमा कार्यरत कर्मचारीका सबै परिवारलाई तनाव चुलिने भएकोले तत्काल अमेरिका फर्किन निर्देशन दिएको हो । रुसले निकै ठूलो सैन्य आक्रमण गर्न गइरहेको सूचना प्राप्त भएको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित हुने चेतावानी दिएको छ । अमेरिकी नागरिकहरु प्रताडित हुन सक्ने अवस्था भएकोले घर फर्किन अनुरोध गरिएको अमेरिकाले जनाएको छ । सिएनएनले जनाए अनुसार, दूतावास भने खुला नै रहनेछ । तर कुनै पनि बेला रुसले आक्रमण गर्नसक्ने सूचना भने बारम्बार दिइएको छ । यदि रुसले आक्रमण गरेको खण्डमा दूतावासका कर्मचारी र तिनका परिवारको उद्धार गर्न नसकिने भएकोले समयमा नै घर फर्किन सूचना दिइएको हो । अमेरिका र उसका सहयोगीहरुले रुसले १० हजार बढी सैनिकहरु युक्रेनको सीमामा परिचालन गरेको र कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । यद्यपी रुसले भने युक्रेनका माध्यमबाट आफूलाई घेराबन्दी गर्न खोजेको भन्दै बिरोध गर्दै आएको छ ।
कोरोनाले रोकियो प्रधानमन्त्रीको विवाह
वेलिङ्टन, कोरोना महामारीका कारण प्रतिबन्ध लागेपछि प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको छ । लामो समयदेखि सँगै बस्दै आएका उनीहरूले गत वर्ष छोरी जन्माएका थिए । न्यूजिल्याण्डमा ओमिक्रोन भेरिएन्ट तीव्र रूपमा फैलिएपछि सार्वजनिक यातायात, पसल, रेस्टुराँलगायतमा कोभिडविरुद्धको खोप लगाएका बढीमा सय जनालाई प्रवेश दिइएको छ । प्रधानमन्त्री आर्डनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रेमी क्लार्क गेफर्डसँगको विवाहको कार्यक्रम रोकेको बताएकी हुन् । आफू पनि आम नागरिकजस्तै भएकोले प्रतिबन्ध उल्लंघन गर्न नसक्ने उनले बताइन । न्युजिल्यान्डमा कोभिड–१९ का कारण हालसम्म १५ हजार १ सय ४ जना संक्रमित हुनुका साथै ५२ जनाको मृत्यु भइसकेको छ । न्युजिल्यान्डमा ९ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि आइतबारदेखि प्रतिबन्धात्मक नियमहरू जारी गरिएको हो । नयाँ नियमअनुसार कुनै पनि समारोहमा खोप लगाएका सय जना वा खोप पास नभएका २५ जनालाई मात्र प्रवेश अनुमति दिइएको छ । यो नियम व्यायामशाला तथा विवाह समारोहमा पनि लागू गरिएको छ । त्यस्तै, कक्षा ४ वा सोभन्दा माथिका विद्यार्थीलाई पनि विद्यालयमा मास्क अनिवार्य गरिएको छ । कोभिड–१९ को प्रकोप देखिएसँगै थप फैलन नदिन न्युजिल्यान्ड सरकारले कडा प्रतिबन्धात्मक नियम जारी गर्दै आएको छ । तर डेल्टा भेरिएन्ट देखिएसँगै प्रधानमन्त्री आर्डनले नियम कडा पार्नुभन्दा खोप अभियानलाई तीव्र पारेकी छन् । आर्डनले संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि चर्चामा आएकी थिइन् । उनले संसारभरका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै निकै प्रशंसा भएको थियो । आर्डन र गेफर्डबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको थियो । ४१ वर्षीया आर्डन २८ वर्षको उमेरमा नै सांसद बनेकी थिइन् ।
क्यामरुन नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रि क्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ। क्यामरूनले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतसबाजीका कारण उक्त दुःखद घटना भएको हो। घटनाबारे सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासी आगलागी’ भएपछि १६ जनाको मृत्यु भएको र आठ गम्भीर घाइते भएको देखिएको छ।” यस आगलागीमा राजधानीको माथिल्लो क्षेत्रमा रहेको राजदूतावास र कुटनीतिज्ञ निवास रहेको भवनमा सञ्चालित लिभ्स नाइट क्लबको मुख्य कोठामा क्षति पुगेको छ। मन्त्रालयले भनेको छ, “यी स्थानहरूमा प्रायः प्रयोग गरिने आतसबाजीबाट भएको विस्फोटनको कारण पहिलो भवनको छत जलेको थियो भने पछि दुईवटा ठूलो विस्फोट भई धेरै व्यक्तिको ज्यान गुमेको छ। अग्नि नियन्त्रकहरूका एक अधिकारीले एएफपीलाई आफ्नो परिचय नबताउने शर्तमा भने, “ उद्धारका लागि हामी आइपुग्दा यहाँ आगलागीका कारण मानिसहरू आतंकित भेटिएका थिए भने आगोको ज्वालासँगै सतहदेखि धेरैमाथिसम्म धुवाँको मुस्लो देखिन्थ्यो।” एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको समूहले १६ जनाको मृत्यु र पाँच जना घाइते भएको पुष्टि गरेको छ। क्यामरुनले देशको पश्चिममा नियमित हिंसाको बावजुद एएफकोन टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ। यसै खुशियालीमा आतसबाजी गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
चिनियाँ राष्ट्रपतिको चेतावनीः पश्चिमी राष्ट्रहरुको व्यवहारले गम्भीर परिणाम ल्याउन सक्छ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार डाभोस विश्व आर्थिक मञ्चको बैठकमा विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । कोरोना महामारीका कारण विश्व आर्थिक मञ्चको यो बैठक भर्चुअल हुँदैछ । राष्ट्रपति सी चिनफिङले द्वन्द्वले समस्या समाधान नहुने कुरा इतिहास साक्षी रहेको दाबी गरेका छन्। उनले कोरोना महामारीको प्रभावसँग जुध्न साझा पहल गर्नुपर्ने बताए। उनले विश्व अर्थतन्त्रलाई थप खस्किन नदिन आर्थिक नीतिको राम्रो समन्वय गर्न पनि आग्रह गरेका छन् । चीनको सफलता सी जिनपिङको भाषणको स्वर पछिल्लो पटकको जस्तै थियो। उनले कोरोना महामारीसँग लड्न चीनको सफलताको उल्लेख गरे । उनले विश्वको एक मात्र अर्थतन्त्र चीन हो जसले बलियो नतिजा दिइरहेको बताए । विश्वका ठूला शक्तिहरुबीचको सम्बन्धमा कमजोरी रहेको औंल्याउदै उनले भविष्यका लागि सचेत गराए । उनले सबैलाई साथमा लैजाने नीतिमा चीन विश्वास राखेको बताए। विकासोन्मुख देशहरूले आफ्ना गतिविधिबाट पीडित देशहरू पीडित हुन नपरोस् भन्नका लागि देशहरूबीच ठोस समन्वय कायम गर्नुपर्ने र समृद्ध राष्ट्रहरूले जिम्मेवार आर्थिक नीतिहरू अवलम्बन गर्नुपर्ने उनले चेतावानी दिए। चीनको कोभिड नीति शून्य कोरोना महामारी सुरु भएदेखि नै चीनले शून्य कोभिड नीति अवलम्बन गर्दै आएको छ । यसको सिमानाहरू बाहिरीहरूका लागि बन्द छन्, तर सम्पूर्ण महामारीको समयमा, यो सम्पूर्ण विश्वको लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ। विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै सी चिनफिङले शताब्दीमा एक पटक आउने महामारीसँग विश्वले निकै कठिन लडाइँ लडेको बताए। तर, यो महामारी लामो समयसम्म रहने पनि उनले बताए । भाइरसका नयाँ संस्करणहरू पहिलेको तुलनामा द्रुत रूपमा फैलिरहेका छन् र यसले विश्वव्यापी अर्थतन्त्रको सामना गर्ने चुनौतीलाई गहिरो बनाएको छ। सी जिनपिङले चेतावनी दिँदै भने, ‘उद्योगहरूको लागि विश्वव्यापी आपूर्ति श्रृंखला अवरुद्ध भएको छ। चीजहरूको मूल्य द्रुत रूपमा बढिरहेको छ। ऊर्जा आपूर्ति प्रभावित भएको छ। संरक्षणवाद र स्वेच्छाचारी कार्यले कसैको हित गर्दैन, यसले अन्ततः आफूलाई पनि हानि पु¥याउने छ । द्वन्द्वविना वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।’ चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक तनावको बीचमा राष्ट्रपति सी जिनपिङको भनाइ आएको हो। हरेक वर्ष जनवरीमा स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा विश्वभरका व्यापारी र राजनीतिक व्यक्तित्वहरू एकअर्काको काँधमा काँधमा काँध मिलाएर सहभागी हुने गरेका छन् । तर, कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोपका कारण विश्व आर्थिक मञ्चको भर्चुअल सम्मेलन लगातार दोस्रो पटक हुन लागेको हो ।
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २६ जनाको मृत्यु
अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी पाँच महिला र चार जना बालबालिकाकाे मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन्। भएकाे हाे । यसैगरी ७०० भन्दा बढी घर भत्किएका छन् भने दर्जनौं व्यक्ति घाइते भएका छन्। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु थियो। मापन केन्द्रका अनुसार २ घन्टाको अन्तरमा दुई पटक भूकम्प गएको थियो। दोस्रो पटक ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो। बडघिस प्रान्तका संस्कृति एवं सूचना विभाग प्रमुख बास मोहम्मद सरवरीका अनुसार भुकम्पका कारण सयौं घर ढलेका छन्। प्रान्तको दक्षिणी भागमा रहेको क्वादिस जिल्लामा भूकम्पले ठूलो क्षति पुर्याएको छ। बडघिसका गभर्नर मोहम्मद सालेहले क्वादिस जिल्लाका केही व्यक्तिले घरको छत खसेर ज्यान गुमाएको जानकारी दिए। पेशावर, मानशेरा, बालाकोट र चारसादासहित खैबर-पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो। अफगानिस्तान बारम्बार भूकम्पको चपेटामा पर्दै आइरहेको छ। सन् २०१५ मा ७.५ रेक्टरको भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए।
आबुधाबी विमानस्थालमा भएको विष्फोटमा २ भारतीयको मृत्यु भएको पुष्टि
नयाँ दिल्ली । आबुधाबी विमानस्थलमा आज भएको ड्रोन आक्रमणमा दुई जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ । संयुक्त अरब अमिरातमा भारतीय दूतावासले मुसाफाहमा रहेको तेल भण्डारमा भएको विष्फोटमा दुई जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । आज दिउँसो आबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुईवटा विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको र ६ जना घाइते भएको पछिल्लो समाचार छ । अमिरातको सरकारले मृतक तेश्रो नागरिक पाकिस्तानको भएको पुष्टि गरेको छ । घटनाको यमनका हुति विद्रोही समूहले जिम्मा लिएको छ ।
युएईको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण
आबुधाबी । यूनाइटेड अरब इमिरातको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण भएको छ । यमनको हुती विद्रोही समूहले हमलाको जिम्मेवारी लिएको छ । ड्रो विष्फोटपछि सबै उडान रद्द गरिएका छन् । अबुधाबी प्रहरीका अनुसार मुसाफा इण्डस्ट्रियल क्षेत्रमा ३ वटा तेलका ट्यांकरमा विष्फोट भएको थियो । त्यसलगत्तै आबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण साइटमा पनि आगो लागेको छ । यसअघि ती क्षेत्रमा केही ड्रोन देखिएका थिए । साउदी अरब र युइएले हुती विद्रोहीहरुविरुद्ध सैन्य गठबन्धनमार्फत हस्तक्षेप गरेको बिरोधमा हुती विद्रोहीहरुले आक्रमण गरेको बताइन्छ । यमन
काइली जेनर बनिन इन्स्टाग्राममा ३० करोड बढी फलोअर हुने रोनाल्डापछिको सेलेब्रेटी
काठमाडौं । चर्चित सेलेब्रेटी काइली जेनर इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने सूचिमा परेकी छिन् । विश्वका कैयन सेलेब्रेटीलाई उछिन्दै काइली जेनरले ३२ करोड भन्दा बढी फलोअर बनाउन सफल भएकी छिन् । उनले पप स्टार एरिएना ग्रान्डीको रेकर्ड तोडेकी छिन् । २४ वर्षी काइलेी जेनर पेशाले मोडेल, रियालिटी टिभी स्टार, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय सेलेब्रेटी हुन । उनीभन्दा माथि इन्स्टाग्राममा फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो सबैभन्दा बढी फलो गरिएका व्यक्तिमा परेका छन् । रोनाल्डोसँग अहिले २९ करोड फलोअर छन् ।
भारतमा कोरोना विष्फोटः एकैदिन थपिए २ लाख ५८ हजार कोरोना संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । कैयन राज्य र केन्द्र सरकारले कोरोना प्रसार रोक्न प्रयास गरेपनि कोरोना ंसंक्रमितको संख्यामा भने हरेक दिन हजारौंले बृद्धि भइरहेको छ । आइतबार मात्रै भारतमा २ लाख ५८ हजार ०८९ संक्रमित थपिएका छन् । यो अवधिमा १ लाख ५१ हजार ४४५ जना संक्रमित निको भएका छन् भने ३८३ जनाको मृत्यु भएको छ । कोरोनाकै बीच भारतका कतिपय राज्यमा विधानसभाको निर्वाचन समेत हुन गइरहेको छ । कोरोनाको त्रासले शहरबाट गाउँ फर्किनेको लर्को लागेको छ । ओमिक्रोनका लक्षण भने ८ हजार जनामा देखिएको भारतीय मिडियाले जनाएका छन् । पहिलो र दोश्रो लहरको जस्तो मृत्यु दर नदेखिएपनि संक्रमण अझै बढने र मृत्युको संख्यामा समेत बृद्धि हुने आँकलन कतिपयले गरेका छन् । भारतका नयाँ दिल्ली, महाराष्ट्र, गुजरात, उत्तर प्रदेशलगायतका कतिपय राज्यले कोरोना रोकथामका लागि कडा उपाय अपनाएका छन् । तर यही गतिमा कोरोना बढदै जाने हो भने पहिलाजस्तै कडा लकडाउन लाग्ने आशंकामा मानिसहरु झनै आशंकित बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उत्तर कोरियाद्वारा आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन् । जापान र दक्षिण कोरिया दुवैले प्रक्षेपणबारे यो भन्दा बढी बताएका छैनन् । अंग्रेजी नयाँ वर्ष सुरु भएलगत्तै उत्तर कोरियाले श्रंखलावद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको छ । गत शुक्रबार मात्रै दुई वटा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको छ ।
भारतमा एकैदिन २ लाख ६२ हजार कोरोना संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयानक रुप लिएको छ । कोरोना भाइरसको तेश्रो लहरमा बिहिबार भारतमा २ लाख ६२ हजार २२ जनामा संक्रमण देखिएको हो । पछिल्लो दुई दिनमा भारतमा दुई लाख भन्दा बढी संक्रमित देखिएका हुन । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, यो अवधिमा एक लाख ८ हजार ७ सय ८ जना संक्रमित निको समेत भएका छन् । यो अवधिमा ३१४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ करोड ६५ करोड मानिस संक्रमित भइसकेका छन् भने ३ करोड ४८ लाख मानिस निको भइसकेका छन् । कोरोनाकै कारण भारतमा ४ लाख ८५ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणकै बीच भारतका कतिपय राज्यमा निर्वाचनको समेत घोषणा गरिएको छ ।
फ्रान्समा ८० प्रतिशत शिक्षकद्वारा राष्ट्रव्यापी हडताल
पेरिस — कोरोना भाइरससम्बन्धी सरकारी नियमहरूको विरोध गर्दै फ्रान्सका शैक्षिक युनियनहरूले बिहीबार राष्ट्रव्यापी हडताल गरेका छन् । विद्यालयमा हजारौं विद्यार्थीहरू कोरोनाबाट बिरामी परेको भन्दै शिक्षकहरूले विपत्तिजनक अवस्थामा पनि सरकारले नियमहरू मात्रै बदल्ने गरेको आरोप लगाएका छन् फ्रान्सको सबैभन्दा ठूलो शैक्षिक युनियन स्नुइपसुलेले लगभग ८० प्रतिशत कर्मचारीहरू हडतालमा गएको दाबी गरेको छ । तर फ्रान्सको शिक्षा मन्त्रालयले हडताल गर्नेहरूको संख्या राष्ट्रिय स्तरमा कुल २७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । प्राथमिक विद्यालयहरूमा भने करिब ४० प्रतिशत कर्मचारीहरू हडतालमा उत्रिएको बताएको छ । हडतालका कारणले कम्तीमा आधा विद्यालयहरू बन्द भएको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शैक्षिक युनियनहरूले यसलाई ऐतिहासिक गतिशीलता भनेका छन् । उनीहरुले यो भाइरसविरुद्धको हडताल नभएर ‘विद्यालयहरूमा बढ्दो आक्रोशको प्रतिबिम्ब’ भनेका छन् । हडतालमा उत्रिएका धेरै शिक्षकहरूले ‘हामीहरू संकटमा छौं’, ‘प्रोटोकलको अविश्वाश = अव्यवस्थित विद्यालय= शिक्षक र विद्यार्थी संकटमा’ लेखिएको प्लेकार्ड बोकेका थिए । ‘हडताल ऐतिहासिक छ । स्कुलहरूमा धेरै लामो समयदेखि यति धेरै हडलकर्ताहरू कहिल्यै थिएनन्,’ सबैभन्दा ठूलो शिक्षक युनियनको रोन क्षेत्रका सह-सचिव बेन्जामिन ग्रान्डनरले पत्रकार सम्मेलनमा भनेका छन् । विद्यालयहरू कागजमा खुला भए पनि वास्तवमा शिक्षकहरुले विद्यार्थीहरूलाई सिकाउन असक्षम रहेको भनाइ शिक्षकहरूको छ । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षकहरुले तीन पटक प्रोटोकल परिवर्तन गरिसकेको, हरेक हप्ता, हरेक दिन अभिभावकहरूलाई फरक-फरक जानकारी दिने गरेकोले अभिभावक, शिक्षक र विद्यार्थी सबै हैरान परेको शिक्षकहरुको भनाइ छ । शिक्षकहरूले सरकारमाथि कोरोना महामारीलाई राम्रोसित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । कतिपय शिक्षकले आफ्नो स्कुलमा अघिल्लो हप्ताभरिमा ३० जना संक्रमित भएकोमा हाल एकै दिन ५२ विद्यार्थीहरुमा कोरोना लागेको तर त्यसमा कुनै परिवर्तन नभएको गुनासो गरेका छन् । स्कुलका शिक्षक र विद्यार्थीहरूलाई सुरक्षित बनाउन लामो समयदेखि मास्क मागिरहेको, कतिपय स्कुलमा एक वर्ष अघि किनिएको मास्क लगाउन बाध्य भएको र मन्त्रालयले शिक्षकलाई सर्जिकल मास्क वा एफएफपी-२ मास्क आपूर्ति नगरेको आरोपसमेत शिक्षकहरुको छ स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरू सबैभन्दा धेरै तनावमा रहेको शिक्षकहरूले बताएका छन् । ती विद्यार्थीले मार्चमा विशेष परीक्षा दिनुपर्ने तर तिनका सबै कक्षाहरू छुटेकाले उनीहरु तनावमा रहेको भनाइ तिनको छ । सबै विद्यार्थीहरुलाई भर्चुअल माध्यमको पहुँच नभएको, सबै शिक्षकले त्यो प्रविधि नजानेको भन्दै सरकारले भर्चुवल शिक्षा भनेर व्यवहारिकता नहेरी लाद्ने काम गरेको आरोप युनियनहरुले लगाएका छन् । कसैलाई कोभिड-१९ भएको छ भने कक्षाका सबै विद्यार्थीहरूले हप्तामा तीन पटक कोरोना परीक्षण गर्नुपर्ने, अन्यथा कक्षा बन्द गर्नुपर्ने सरकारले गत साता सर्कुलर गरेको भन्दै शिक्षकहरु थप आक्रोशित बनेका हुन् । शिक्षकहरूले देशव्यापी हडताल गरेकै दिन प्रधानमन्त्री जँ कास्टेक्स र शिक्षक प्रतिनिधिहरूबीच विहिवार साँझ ढिलोसम्म वार्ता भएको थियो ।
भारतमा भयानक बन्यो कोरोना, एकैदिन २ लाख ४५ हजारभन्दा बढी संक्रमित, ३७९ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयानक रुप लिएको छ । बुधबार मात्रै भारतमा २ लाख ४५ हजार ५२५ कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा कोरोनाबाट ३७९ जनाको निधन भएको छ । दैनिक भास्करका अनुसार, भारतमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या ११ लाख ११ हजार रहेको छ । यसअघि मंगलबारका दिन भारतमा १ लाख ९३ हजारमा संक्रमण देखिएको थियो । भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण चुलिएपछि आज प्रधानमन्त्री मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो छलफल गर्ने भएका छन् । कोरोनाले महाराष्ट्र, दिल्ली, पञ्जाब, गुजरात, हरियाणालगायतका राज्य निकै प्रभावित बनेका छन् । कोरोना संक्रमण बढन थालेपछि सहरहरुबाट गाउँ फर्किने कामदारको लर्को बसअड्डा र रेल्वे स्टेशनहरुमा देखिएको छ । रोजगारी गुमाउने त्रासबीच घर फर्किनेहरुका कारण गाउँमा समेत कोरोना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्लीलगायतका कैयन राज्यमा लकडाउन लागेको भएपनि तेश्रो लहरले जनजीवन आक्रान्त पारेको छ ।
अमेरिकी चिकित्सकले रचे इतिहासः पहिलोपटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण
आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्। चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन। “प्रत्यारोपण गर वा मरको अवस्था थियो,” ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए। “मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।” युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ। शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई “अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने” बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ। त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ। अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन् माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ। सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो। यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन। अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्। शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो। “निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु,” उनले गत बिहीवार भनेका थिए। अब के हुनेछ भन्ने ठ्याक्कै स्पष्ट छैन। प्रत्यारोपणमा प्रयोग गरिएको सुँगुरलाई आनुवंशिक रूपमा परिवर्तन गरिएको थियो। ग्रिफिथले उनहरूले “सावधानीपूर्वक उक्त प्रक्रिया” चालेको र बेनेटलाई पनि अनुगमन गरिरहेको बताए। -bbc बाट
भारतमा एकैदिन १ लाख ६० हजार कोरोना संक्रमित
नयाँ दिल्ली । कोरोनाको तेश्रो लहरमा भारतमा पहिलोपटक एकैदिन १ लाख ६० हजारमा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका १ लाख ५९ हजार ४२४ घटना फेला परेको दैनिक भास्करले जनाएको छ । ुसमाचार अनुसार, सबैभन्दा धेरै संक्रमण महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा देखिएो छ । यसअघि शुक्रबार १ लाख ४१ हजारमा कोरोना देखिएको थियो । भारतमा कोरोनाले कैयन राज्यका मुख्यमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीश तथा चिकित्सकहरु संक्रमित बनेका छन् । संसद भवनका एक सय बढी स्टाफमा समेत कोरोना देखिएको छ । कोरोना रोकथामका लागि दिल्ली, महाराष्ट्रलगायतका राज्यले लकडाउनको घोषणा गरेका छन् । अन्य कतिपय राज्यमा शैक्षिक संस्था बन्द गरिएका छन् ।

