माओवादी र एकीकृत समाजवादी एउटै घोषणापत्रमा चुनाव लड्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको चुनावी घोषणा पत्र एउटै हुने भएको छ । चुनावपछि पार्टी एकताका लागि संयोजन समिति बनाउन तयार भएका दुई दलले चुनावी घोषणापत्र एउटै बनाएर प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा जाने सहमति गरेका हुन् । दुई दलका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालका बीचमा आज छफल भएको थियो ।
छलफलमा माओवादीको निर्वाचन चिह्नबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमका विषयमा पनि कुराकानी भएको छ। गौतम नेकपा ब्युताउने वा समाजवादी केन्द्र बनाउने कुरामा सहमत भएको र भट्टराईको हकमा केही शर्त उनले राखेको विषयमा दुई नेताहरुका बीचमा छलफल भएको ती नेताले बताए।
दुई पार्टीबीचको एकताको तयारीका लागि नेकपा एकीकृत समाजवादीले भने यसअघि नै संयोजन समिति बनाइसकेको छ ।
एकीकृत पार्टीकै घोषणा निर्वाचनपछि हुने बताउँ छलफलमा सहभागि एक नेताले कुन मोडलमा एकता गर्ने भन्ने टुंगो लगाउन एकता संयोजनलाई जिम्मेवारी दिने बताए ।
छलफलमा पाँच दलीय गठबन्धन र सिट बाँडफाँटका विषयमा पनि कुरा भएको बताइएको छ। ११ सदस्यीय कार्यदलमा रहेका नेताहरुले कांग्रेसले धेरै सिट मागेको ब्रिफिङ गरेका थिए। यसमा कसरी जानेबारे छलफल भएको हमालले बताए। यसबाहेक मिलेर उम्मेदवारी तय गर्नेबारे सहमति बनाएर जानेबारे प्रचण्ड–माधव सहमत नजिक छन्। यसलाई अब बस्ने बैठकमा अन्तिम रुप दिने तयारी छ। छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।
कोरियाली संसदीय प्रतिनिधि मण्डलले सभामुख सापकोटासँग भन्याे– ‘काठमाडौंको फोहोर व्यवस्थापनबारे अध्यन गर्छौंं ‘
काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । सभामुख सापकोटालाई उनको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४८ बर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गर्दै नेपाली कामदारको कोरियामा प्रशंसा भएकोमा खुसी व्यक्त गरे। सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताउनु भयो । उनले भने,– ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको धारणा राखे । नेपाल र दक्षिण कोरियाबीच उच्चसमझदारी विकास गरेर जानु पर्ने उनको भनाई थियो । उनले उच्चस्तरीय भ्रमणबाट सम्बन्ध विस्तारमा सहयोग पुगेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन संसदीय मैत्री समुहलाई थप सक्रिय बनाउन सकिने बताए । भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरु दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई मायाँ गर्ने सांसदहरु रहेको बताए। कोरियामा कार्यरत नेपाली कामदारहरु मेहनती भएकोले रोजगारदाताले नेपाली कामदारहरुलाई मन पराउने गरेको उनको भनाई थियो । प्रतिनिधि मण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्केपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिए। वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधि मण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने जानकारी दिए । प्रतिनिधि मण्डलमा मैत्री समुहका अध्यक्ष लि स्याङ हेयोन सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलगायत सहभागी थिए ।
चितवनको भरतपुर महानगरपालिकामा भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितण
भरतपुर । चितवनको भरतपुर उपमहानगरपनलिकामा आज भूमिहिन सुमुम्वासीहरुलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी हुन् । भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिवद्धता अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्वासीहरुलाई लालपूर्जा वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले यहिवर्ष भित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्ष भित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटादै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि हालसम्म २०२१ सालयता नापि भएर पनि लालपूर्जा प्रप्त नगरेका ४९ हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेको भन्दै यही वर्षभित्र सबै गाउँब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने बताइन् । उनले यसअघिका आयोगहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न धेरै काम गरिसकेको भनेपनि काम केही पनि काम नभएको र धेरै पटक स्थानीय तहसँग तथ्याङ्क माग्दा प्राप्त गर्न नसकेको भन्दै अहिलेको सरकारले सम्पूर्ण काम प्रक्रियगत र नीतिगत रुपमा पुरागरी भूमिहिनको समस्या दिगो रुपमा नै समाधान हुने गरी लालपूर्जा वितरण गरिएकाले यसअघिका आयोगले दिएका लालपूर्जा जस्तो यो लालपूर्जा फिर्ता नहुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरिन् । मुक्त हलिया, कमैया कमलरी र हरवाचरवाको हक शुनिश्चित गर्न मन्त्रालयले काम शुरु गरिसकेको र अव कुनै पनि वाहानामा हरवाचरवा राखेको र ऋण मुक्त गरेको छैन भने त्यसलाई मुक्त गर्न निर्देशन जारी गरिसकेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरुमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरुको ऋण मोचन गर्ने अफू लागि परेको, भूउपयोग नियमावली ल्याई जग्गा वर्गिकरण गर्न लागिएको र स्थानीय तहहरु मार्फ काम भइरहेको भन्दै भूमिको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको पनि बताइन् ।
बेनी–जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् । यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उनले जानकारी दिए ।
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको हो । यसअघि, आइतबारको लागि तय गरिएको बैठक स्थगित गरेर सोमबारको लागि बोलाइएको हो । कांग्रेसका सांसद गिरीको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो । साथै सोमबार नै बस्ने राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सांसद गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
वाईसीएलमा ६१ जनाको पदाधिकारी : अध्यक्ष श्रीपाली,महासचिवमा शाही
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुबोधराज श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा र गणेश शाहीलाई महासचिव चयन गरेको हो । तेस्तै केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको कार्यविभाजन गरिएको छ । शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । यस्तै वाईईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका थिए । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा थिए ।
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयकहरूलाई प्रमाणीकरण गरेकी हुन् ।
गिरिको योगदान स्मरणीय रहने छ : सभामुख सापकोटा
काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् । आज दिउँसो सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका सभामुख सापकोटाले ट्वीट गर्दै सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल गिरिको योगदान सदा स्मरणीय रहने बताएका हुन् । सभामुख सापकोटाको ट्वीटमा भनिएको छ ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहने छ । ’
चिनियाँ नाका खोल्ने पहल गर्न सरकारसँग महासंघको आग्रह
काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । नेपालीहरूको महानपर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन् । दुई देशबीच लामो समदेखि सौहार्दपूर्ण व्यापारिक सम्बन्ध रहेकोमा केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरू देखिएका छन् । यतिबेला आयातित सामाग्रीहरू चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइको छ । चाडपर्व लक्षित सामान चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायी धराशायी हुने खतरा बढेको महासंघले चिन्ता व्यक्त गरेको छ । विदेशीमुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरूले निकै समस्या खेपिरहेका छन् । विविध समस्याका बावजुद चाडपर्व लक्षित सामाग्री अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुखद् भएको महासंघको ठहर छ ।
बुथमा निर्वाचन बिथोलिए सह्य नहुने आयुक्त थपलियाको चेतावनी
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा अभावमा कुनैपनि निर्वाचन क्षेत्र, बुथमा निर्वाचन बिथोलिए सह्य नहुने चेतावनी दिएका छन् । निर्वाचन आयोगले ललितपुरमा आइतबार गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले चुनावी मिति सिफारिसताका नै निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति खोजेको र सुरक्षाको पूर्ण जिम्मेवारी सरकारको भएको भन्दै निर्वाचन सुरक्षा बल नभई मनोबलले गर्ने विषय भएको जिकिर गरे। उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनैपनि निर्वाचन क्षेत्रमा पुनःमतदान गर्नुपर्ने अवस्था आउन नदिने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । ्चुनावमा उम्मेदवारले खर्चको विषयलाई अतिरञ्जित गरेर दलीय व्यवस्थाविरुद्ध भ्रम सृजना गर्ने काम भइरहेको जिकिर गर्दै यो लोकतन्त्रको निम्ति पाच्य नहुने टिप्पणी उनको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणा आकस्मिक नभई नियमित भएपनि तयारीको लागि पर्याप्त समय भने नपाएको गुनासो गरे । एक अर्को प्रसंगमा थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवार मनोनयन असोज २ गतेको अघिल्लो दिनसम्म मात्र वर्तमान सांसदहरुको पदावधी रहने स्पष्ट गरे। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको लागि आयोगले करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको बताए ।
एक महिनामै झन्डै २ अर्बको विद्युत भारत निर्यात, थप १११ मेगावाट निर्यात गर्न प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८०को पहिलो महिनामा झन्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो। विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरू गरेको थियो। ष्लखयतभअज सुरूमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। आइएक्समा २४ घन्टालाई १५ः१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक(फरक हुने गरेको छ। गत आव २०७८–७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत् विद्युत निर्यात भइरहेको छ। गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो। योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकाले भारतीय बजारमा प्रतिस्पर्धामार्फत् विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’ थप १११ मेगावाट निर्यात प्रस्ताव नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्रीको प्रस्ताव गरेको छ। प्राधिकरणले ४ जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो। केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरू हुने छ। प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४।२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेम विश्वास व्यक्त गरे। ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान(प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनीलगायत निकायहरूलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक भइरहेको छ’, उनले भने। भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे-अहेड मार्केट)मा विद्युत बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत् तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ। प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन)ले गर्छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।
गणतन्त्रप्रति समर्पित योद्धा गुमायौ :नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए । ‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भने, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रामा हिँडाएको बताए । त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले नेता गिरी ज्ञानको भण्डार रहेको बताएका छन् । सानेपामा श्रद्धाञ्जली दिँदै सभामुख सापकोटाले भने, ‘उहाँ ज्ञानको भण्डार नै हुनुहुन्थ्यो ।’ सभामुख सापकोटाले पञ्चायतकालमा सेन्ट्रल जेलमा रहँदा गिरिको अध्ययनशिलताबाट आफु प्रभावित भएको बताए । ‘अध्ययनशील र चिन्तनशील हुनुहुन्थ्यो । सबै राजनीतिक पार्टीका नेतासँग राम्रो सम्बन्ध हुन्थ्यो र सम्मानित हुनुहुन्थ्यो’, सभामुख सापकोटाले गिरिको स्मरण गरे ।
गिरिको निधनको शोकमा कांग्रेसले पार्टीको झण्डा तीन दिन आधा झुकाउने
काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरिको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ । १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरिको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।
गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भने,‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ ।’ प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अहिले उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’ गिरिको शनिबार राति उपचारका क्रममा मेडसिटी अस्पतालमा निधन भएको थियो ।
अस्ताएका निष्ठाका सतिसाल स्मरणमा सधै जीवन्त छन् , अलबिदा प्रदीप गिरी (तस्बिरहरू)
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, आफन्त तथा शुभचिन्तक अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेता । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर अस्पताल परिसरमा । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका पूर्वराष्ट्रपति रामवरण यादव र नेका नेता शेखर कोइराला ।
आन्दोलनरत कर्मचारीद्धारा सिंहदरबार गेटमा पर्चा वितरण (पर्चा सहित)
काठमाडौं । कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरुले आज सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा वितरण गरेका छन् । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी तयार गरिएको पर्चा सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरुलाई लक्षित गरी वितरण गरिएको छ। नेपाल नेजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले कर्मचारीहरु आन्दोलित हुनु परेको कारणबारे जानकारी दिन र कर्मचारी मैत्री ऐन जारी गर्न सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई पर्चा वितरणको कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेट अगाडि पर्चा वितरणको कार्यक्रम राखिएको हो । आज बिहान साढे ९ बजेदेखि सुरू भएको यो काम बिहान साढे १० बजेसम्म जारी रहने छ । यसैगरी भोलिदेखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालय अगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने कार्यक्रम तय गरिएको अधिकारीले बताए । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन ९निजामती०, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन र जसपा निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त ट्रेड युनियन सन्जालको ब्यानरमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सन्जालले ११ बुँदे माग अघि सार्दै यही भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार आज सिंहदरबारको गेट अगाडि पर्चा वितरण गर्ने र भोलि हातमा कालोपट्टी बाँधेर काम गर्न लागेकाे हो । संयुक्त ट्रेड युनियन सन्जालले सिंहदरबार गेट अगाडि बाँडेको पर्चा यस्तो छ–

