कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा सहकारीका म्यानेजर पक्राउ
बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।
मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जानकारी दिए । युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकफ थिइन्। बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ
माओवादी स्थायी समिति बैठक भाेली शुक्रबार साढे ८ बजे बस्ने
नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक भाेली शुक्रबार बिहान बस्ने भएकाे छ । यसअघि आज बिहान ८ बजेका लागि तय भएकाे बैठक बेलुकी ४ बजेका लागि सरकाे थियाे । तर प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक शुक्रबार बिहानका लागि सरेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ । माओवादीकाे स्थायी समिति बैठकले पारेटी पदाधिकारीकाे टुंगाे लगाउने छ। यसअघि हिजाे बसेकाे बैठकले रिक्त केन्द्रीय सदस्य र स्थायी समिति सदस्य चयन गरेकाे थियाे । माओवादीले महासचिव, उप महासचिव काेषाध्यक्ष लगायतका पदाधिकारी चयन गर्न बाँकी नै छ।
लगानी बोर्ड र भारतीय कम्पनीबीच बहुप्रतिक्षित पश्चिम सेती निर्माणका लागि सम्झाैता
काठमाडौं । बहुप्रतिक्षित पश्चिम सेती निर्माणका लागि नेपालकाे लगानी बाेर्ड र भारतीय सरकारी स्वामित्वकाे कम्पनी नेशनल हाइड्रोपावर कर्पाेरेशनबीच सम्झाैता सम्पन्न भएकाे छ । आज एक कार्यक्रमबीच प्रधानमन्त्री शेर ब देउबाको बिशेष उपस्थितिमा सम्झाैता सम्पन्न भएकाे छ । कार्यक्रममा संघीय मन्त्री जहरु, सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्रीलगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थित थियाे । बहुप्रतिक्षित परियोजना पश्चिम सेति ७५० मेगावाट र सेति नदि-६ (SR-6) ४५० मेगावाट परियोजना सम्झाैता गर्ने विषयमा सम्झाैता भएकाे हाे ।
मतदान केन्द्र स्थापनाका लागि आयाेगले दियाे ३ बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्र र स्थललाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक सहयोग र सहजीकरण गर्न भन्दै सरकारलाई ३ बुँदे निर्देशन दिएको हो । आयोगबाट कायम भएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा रहेका संरचना संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थनमा खानेपानी शौचालय, विद्युत्, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारबार तथा सञ्चारजस्ता सुविधाको आवश्यक व्यवस्था तथा मतदान केन्द्रलाई अपांग, अशक्त तथा लैंगिकमैत्री बनाउन आयोगले दिएको निर्देशनमा उल्लेख छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर, विद्युतीय सामान, सवारी साधनलगायत भौतिक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न आयोगले भनेको छ । आयोगले मंसिर ४ गते हुने आमनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामस्थित उपयुक्तस्थल र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँगसमेत समन्वय गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवन यकिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै, निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा सरकारी कार्यालय भवनको व्यवस्था गर्न र नभए भाडामा लिन पनि निर्देशन दिएको हो ।
एकैपटक ४ स्थानबाट नारायणी नदीमा तटबन्धन निर्माण हुने
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी तटबन्धनको कामलाई छिटो सम्पन्न गर्न चार वटा प्याकेजमा ठेक्का दिएको बताउनु भएको छ । गाँजीपुर टोल विकास संस्थाले आयोजना गरेको ट्रष्ट उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले अब छिट्टै चार ठाँउबाटै तटबन्धनको काम सुरु हुने उल्लेख गर्नुभयो । ‘एउटै प्याकेजमा काम गर्दा काम ढिलो हुन सक्छ,उहाँले भन्नुभयो,‘त्यही भएर ४ वटा प्याकेजमा ठेक्का दिएका हौँ । वर्षा रोकिन साथ काम सुरु हुन्छ ।’ नारायणी तटबन्धनको काम सम्पन्न भएसँगै तटिय क्षेत्रमा बासिन्दालाई सयौँ वर्षसम्म कुनै चिन्ता लिन नपर्ने मेयर दाहालको भनाइ छ । भरतपुरको विकास गर्ने हुटहुटीकै कारण दोस्रो कार्यकाल पनि मेयरमा निर्वाचित भएर आउने भन्दै मेयर दाहालले भरतपुरको समृद्धिका लागि कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नारायणी तटबन्धन अन्तरर्गत गोलाघाटदेखि नारायणघाटसम्म करिब २१ किलोमिटर तटबन्धन गर्न लागिएको छ । नारायणी तटबन्धन अन्तरगत सिसै–भगडी–बलुवा, बलुवा–गोलाघाट, गाँजीपुरदेखि–हिरापुर र रामघाट–शिवघाट–काभ्रेघाटलाई चार वटा प्याकेजमा छुट्याइएको छ । यो तटबन्धन निर्माण सम्पन्न भए भरतपुर महानगरको तटिय क्षेत्रमा पर्ने वस्तीहरुमा कटानको समस्या हट्ने छ । वर्षातको समयमा नारायणी वस्तीभित्र पस्ने समस्या छ । यसको दीर्घकालिन समधानका लागि उर्जा मन्त्रालयबाट पौन ५ अर्ब विनियोजन भइ ठेक्का सम्झौता भईसकेको छ ।
नागरिकता विधेयक जस्ताकाे तस्तै पारित, पक्षमा १३५ मत
काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताकाे तस्तै पारित भएपछि अब याे पुनः प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । आजकाे मतदानमा प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे । यस अघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गर्नुभयो । गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरेका थिए । संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए। तर ,राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम १५ बुँदे सन्देशसहित साउन २९ गते साँझ प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्। त्यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेस भएको थियो
सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको छलफल
काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राससलाई जानकारी दिए। नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताए । उनले भने–, “मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ ।” नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताए । “प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्यौँ । विशेषगरी नागरिकताका विषयमा कुराकानी ग¥यौँ । विधेयकलाई प्रक्रिया पु¥याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ”, उनले भने । नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरू सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डामा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरू सहभागी भएका थिए। रासस
एमालेले नागरिकता विधेयकमा राजनीति गर्यो : वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न एमालेलाई उनको आग्रह थियो । ‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यकताको लागि ल्याइएको भन्नुभएको छ । खासगरी यसमा लाखौँ नेपाली नागरिकहरू जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरूका छोराछोरीहरू अथवा त्यस्ता नागरिकका छोराहरूले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्यसामान्य दैनिक जिवनका कुराहरू, अप्ठ्याराहरू भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ,’ पुनले भने । बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने बताए । ‘आगामी दिनमा राष्ट्रिय सहमति बनाएर बाँकी विषयहरू खासगरी वैवाहिक अंगीकृतलगायतका विषयमा फेरि प्रस्तुत हुन्छ सरकार भनिएको छ । यो कुरालाई आत्मासात गर्दै, मनन् गर्दै अगाडि बढनुपर्छ भन्ने मलाई लाग्छ,’ पुनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔँ । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’
नेकपा एसबाट उम्मेदवार बन्न यस्तो छ प्रक्रिया र मापदण्ड तय (विज्ञप्तिसहित)
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो। बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ। त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय समन्वय कमिटीले गरेको सिफारिस गरेका चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउनुपर्नेछ। प्रदेश कमिटीले तीन जनाप्रति आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले तल्लो कमिटीबाट सिफारिस भएका मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ। यस्तै,प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । जिल्ला कमिटीले उक्त चार जनामध्येबाट कम्तिमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले उक्त तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले सिफारिस भएर आएका तीन मध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउन निर्णय गर्नेछ। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्ने छ। यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र उक्त कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्नपनि सो पार्टीले निर्देशन दिएको छ। पार्टीका विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरेको महासचिव डा।बेदुराम भुसालले जानकारी दिए। केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएर आएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्द सूची तयार गर्नेछ उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गरिने उल्लेख छ। कुनै निर्णय विवादित भए एक तह माथिल्लो कमिटीले छानविन गरी फैसला गर्ने अधिकार प्रत्यायोजन गरिएको सो पार्टीले जनाएको छ। साथै नेकपा एकीकृत समाजवादीले उम्मेदवार सिफारिसका लागि समय तालिका समेत सार्वजनिक गरेको छ। समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्नुपर्नेछ भने जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्नुपर्ने र प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्नेछ। केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र उम्मेदवार छनोटको निर्णय गरिसक्नेछ। सो पार्टीले उम्मेदवारका ८ मापदण्ड तोकेको छ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरू कस्ले के बोले ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गरेकी हुन् । उनले राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल निवार्चन गर्न समेत माग गरिन् । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताइन् । सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भिर नहुँदा लाखौं नागरिक नागरिकता विहीन भएको बताइन् । सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताइन्। उनले राष्ट्रपतिले जनताको संवेनशिलता भन्दा पनि राजनीतिक दल भन्दा माथि उठ्न नसकेको आरोप लगाइन् । सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताए। उनले सरकारले संघीय निजामति ऐन तत्काल ल्याउन समेत माग गरे। सांसद कुमारीतुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणिकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन्। सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटी सच्याउनुपर्ने बताए । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गरे । त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्ति भन्दापनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताए । उनले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्नपनि माग गरे । सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताए । उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईबीच दोहोरी चलेको देखिएको बताए । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उनको छ । उनले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताए। सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाए। सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्ता स्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गरे । उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताए । उनले अफ्ठ्यारा कामहरु राति नै फत्ते हुने बताए। उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताए । त्यस्तै सांसद घनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारीपन देखाएको बताए। उनले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्त लगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताए । उनले मंसिर ४ गते भन्दा अगाडि नै सरकार छोड्नुपर्ने बताए ।
रौतहटमा अटोलाई बसले ठक्कर दियो, ३ जनाको मृत्यु, १ घाइते
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर(२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो। काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अर्बिन्द कुमारले सेतोपाटीलाई जानकारी दिए। मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्। दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको प्रहरी निरीक्षक कुमारले बताए। प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ
कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक
काठमाडौं । सिट बाँडफाँटका लागि गठित ५ दलीय सत्ता गठबन्धन कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु रहेका छन् । बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । साथै राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन लगायतमा छलफल हुनेछ । सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलमा बाँडफाँटको मोडालिटीमा सहमति जुट्न नसक्दा प्रतिवेदन तयार पार्न सकेको छैन ।
नेताहरु आत्मकेन्द्रित र व्यक्तिवादी बन्न थाले : प्रचण्ड
विचलन हुँदा हुँदै पनि माओवादी केन्द्र नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।’ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पछिल्लो समय नेताहरू व्यक्तिवादी र आत्मकेन्द्रित बन्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेताहरूको भनाइ र गराइमा ठूलो अन्तर आएको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अलिकति बिग्रेका छौँ । हामी हिजो जस्तो छैनौँ । हामी व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ, स्वार्थी भएका छौँ ।’ क्रान्ति, समाज र राष्ट्रका निम्ति त्याग गर्नेतिर भन्दा पनि नेताहरू आफ्नै निम्ति कसरी गर्ने भनेर उद्धत हुन थालेको उनको भनाइ थियो ।’ ‘हामी सामूहिक भावना र टिम स्प्रीटबाट जानेभन्दा पनि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौँ,’ उनले थपे, ‘यसले पार्टीको वर्ग चरित्र र क्रान्तिकारी स्प्रीटमा नराम्रो स्खलन आएको छ । हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेर फेरि क्रान्तिकारी पार्टी नै बनाउने संश्लेषण त गरेका छौँ तर हामी विचारमा, किताबमा, दस्तावेजमा र मुखमा क्रान्तिकारी नै भए पनि हाम्रो व्यवहार हाम्रो आचरण दैनिकी त्योसँग मिल्दैन । हाम्रो भनाइ र गराइमा ठूलो अन्तर आइसकेको महसुस हुन्छ ।’ अध्यक्ष प्रचण्डले यो समस्यालाई हल गर्न सकिएन भने आफूहरू ‘क्रान्तिकारी हौँ’ भन्ने औचित्य समाप्त हुने बताए । उनले अब आफैतिर फर्केर चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याए । यसका बाबजुद पनि नेकपा माओवादी केन्द्र नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी भएको उनले दाबी गरे । ‘फेरि पनि देशमा भएका पार्टीहरू मध्ये हाम्रो पार्टीमात्र हो विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकतामा राखेर सामाजिक र सांस्कृतिक रूपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर समाजवादको यात्रा गर्नुपर्छ इमानदारिता साथ भन्ने । विचलन हुँदा हुँदै पनि यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना रहेको पार्टी हो ।’ उनले लेनिन र माओले क्रान्ति गर्दाको जस्तो आजको अवस्था नभएको पनि जिकिर गरे । उनले वर्ग संघर्षको अवस्थामा र पुँजीवादको विकासको चरणमा धेरै फरक आइसकेको बताउँदै मार्क्सवादलाई विकसित गरेर आजको आवश्यकता अनुसार परिमार्जन गर्न चुनौती रहेको बताए । उनले भने, ‘यो सजिलै समाधान हुने खालको छैन । विचारको विकास नगरी अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन सकिँदैन ।’ फरक प्रसङ्गमा उनले नेपालमा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुवीकृत गर्ने प्रयास भइरहेको जानकारी दिए । ‘सच्चा वामपन्थीबीच एकता होस् भनेर हामीले प्रयास गरिरहेका छौँ । केही दिन यता सकारात्मक समाचारहरू आइरहेका छन् । चाहे त्यो साथीहरूले हँसिया हथौडामा चुनाव लड्ने निर्णय होस् या एकीकृत समाजवादी पार्टीले पार्टी एकता संयोजन समिति बनाएर ध्रुवीकृत गर्ने कुरा होस् । समाजवादी क्रान्तिलाई अघि बढाउन हाम्रो जोड छ ।’
माओवादी केन्द्रकाे स्थायी समिति बैठक बेलुकी ४ बजे बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक बेलुकीका लागि सरेकाे छ । हिजाे बसेकाे बैठक आज बिहान नाै बजे पुनः बस्ने तालिका थियाे । आजकाे बैठकले रिक्त पदाधिकारी टुंगाे लगाउने निर्णय भएकाे थियाे । सत्तारुढ दफका शीर्ष नेताहरुकाे बैठक अहिले १० बजेदेखि बालुवाटारमा बस्ने भएकाेले तयारी र छलफलका लागि स्थायी समिति बैठक सारिएकाे बताइएकाे छ ।
सत्तारूढ गठबन्धनकाे बैठक बस्दै, सीट बाँडफाँडबारे छलफल हुने
काठमाडौं । आगामी निर्वाचनमा तालमेलका बारेमा थप छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहीबार बस्दैछ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुनेछ । सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन । सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको बुधबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउनु बताइएकाे छ । गत साउन २० गते बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो ।
“सय दिनमा के गरिस ? भन्नेलाई मेराे जवाफ” भन्दै हर्क साम्पाङले सार्वजनिक गरे विवरण
धरान, धरानका मेयर हर्क साम्पाङले सय दिने कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सय दिनमा के गरिस् भन्नेहरुलाई जवाफ दिएको बताएका छन् । यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण १। नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें १ २। ४ ठाउँबाट खानेपानीको मुहान थपे १ ३। व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए १ ४। ६ लाख विरुवा रोपे १ ५। सरसफाइमा देखिने सुधार ल्याएँ १ ६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ १ ७। जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें १ ८। बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन १ ९। लागु औषध विरुद्धको अभियान शुरु गरें १ १०। योजनाहरुका लागि बजेटको जोहो गराएँ १ ११। पारदर्शी हिसाब किताब सार्बजनिक गरें १ १२। पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ १ १३। शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ १

