महाबीर पुनले भेटे अर्थमन्त्रीलाई, कृषि औजार कारखाना सञ्चालनमा ल्याउने विषयमा छलफल

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।

आज सिंहदरबारमा भएको भेटका क्रममा हाल बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । अर्थमन्त्री शर्माले सरकारले उक्त लाई सञ्चालनमा ल्याउन खोजेको बताएका थिए ।

सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययनका लागि समेत प्रस्ताव गरे । उनले कारखानालाई औजार उतपादन मात्र नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

भेटमा उक्त कारखानाबाट नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार समेत गर्न सकिने बताएका छन् । कारखानालाई पुनर्जीवन दिएर उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनामा आफ्नो समर्थन रहने उनले जानकारी गराए ।

२०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा कारखाना रहेको छ ।

फोहोर फाल्न बञ्चरेडाँडामा दुई सय प्रहरी परिचालन, स्थानीयले हाने गुलेली

काठमाडौं । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् । स्थानीयबासिन्दाको अवरोध खुलाउन दुई जनाको संख्यामा प्रहरी परिचालन गरिएको थियो । फोहोर बोका गाडिको सुरक्षाका लागि पुगेका पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् । ‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् । ५० ट्रकजति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ’, एक जना स्थानीयबासिन्दाले भने । नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठुलो रुपमा लिन्छ,’ उनले भने । नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एकनम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासीमाथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनु पर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै छन् ।   महानगरले नेपाल ट्रिप्पर व्यवसायी संघसँग डिजेल र चालक भत्ता दिनेगरी २ सय ५० टिपरलाई भाडामा लिएर फोहोर पठाएको  छ ।

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले संसदलाई पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् । हेर्नुहोस् राष्ट्रपतिको सन्देशको पूर्णपाठ      

देशको स्थाइत्व र समृद्धिको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ : प्रचण्ड

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको स्थाइत्व र समृद्धिको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युग सुहाउँदो विकास गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताए । नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उनले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनुपर्नेमा जोड दिए । कतियपय देश भौतिक रुपमा विकसित भएपनि जनतामा निरासा र डिप्रेसन रहेको उल्लेख गर्दै नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्ने बताए । नेपाल कला, साहित्य , संस्कृति , आध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष प्रचण्डले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटिर देशकाे विकास गर्नुपर्ने आवश्यकता औल्याए । उनले आफुलाई कला र संस्कृतिप्रति  रुचि राख्ने व्यक्तिको रुपमा बुझ्न  आग्रह गर्दै  कवि, कलाकार, साहित्कार पत्रकारहरुप्रति अनुराग रहेको समेत बताए ।

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल,सचिव पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बैठक सम्पन्न भएको छ । बैठकले मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनैतीबारे छलफल गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको व्यवस्थापन कसरी गर्ने, तयारी कसरी अगाडि बढाउने, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनका विषयमा बैठकमा छलफल भएको बताए। उनका अनुसार निर्वाचनका लागि के के विषय चुनौति हुन सक्छन् र ती विषयको समाधान कसरी गर्ने भन्नेबारे छलफल भएको हो । बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाएको छ । त्यस्तै, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय गरेको छ । साथै, पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ ।   यसैगरी, प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइने भएको छ । त्यस्तै प्रदेश स्तरमा कमाण्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएका छ । बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि भएको छ । बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक बसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव बसन्त भट्टराईलगायत सहभागी भएका थिए ।

गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावमा खट्न काँग्रेसका जनप्रतिनिधिलाई देउवाको निर्देशन

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै देउवाले सोही अनुसार लागिपर्न आग्रह गरेका हुन् ।   गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताए । ‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ’, सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा देउवाले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’ देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् । एमसीसीबारे व्यापक भ्रम सिर्जना गर्ने काम भएको भन्दै त्यसलाई चिर्ने गरी लागि पर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

प्रचण्डले गरे राज्यद्धारा पिडितका प्रतिनिधिसँग संक्रमणकालिन न्यायबारे छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राज्यद्वारा वेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितका प्रतिनिधिहरुसँग संक्रमणकालिन न्यायका विषयमा छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेता नारायणकाजि श्रेष्ठ र वर्षमान पुन पनि सहभागी थिए । छलफलमा संक्रमणकालिन न्यायका विषयमा राज्यद्वारा वेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितहरुको चाहना र न्याय निरोपणको लागि गरिएका प्रयासबारे कुराकानी भएको सहभागीले बताए । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ मा क्षमादानको सहमति, परिपूरण, द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटना हेर्नका लागि विशेष अदालत गठन लगायतका व्यवस्था राखिएका छन् । जसमा मानव अधिकार आयोगले केहि प्रावधान परिर्वतन गर्न सुझाव दिएको छ ।  

कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना स्थानीय तहका जनप्रतिनिधिहरूलाई आज सोमबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख –उपप्रमुख, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखरउपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरूलाई दुई दिने प्रशिक्षण आयोजना गरेको हो । सोमबार दिउँसो ११ बजे पार्टी सभापति एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको एक नेताले जानकारी दिए।

राष्ट्रपतिद्धारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो । संघीय संसद्‌बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । हेर्नुस् विज्ञप्ति

माओवादीको चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्दै गौतम र डा. भट्टराई

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेब गौतमले छुट्टाछुट्टै भेटबार्ता गरेका छन् । आइतबार बिहान पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको टोलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको थियो । आज नै बामदेव गौतमले पनि माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेटेका हुन् । भट्टराई र यादव नेतृत्वको नेसपा तथा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी मंसिर ४ को प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने तयारी गरीरहेको अवस्थामा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । डा. बाबुरामले एउटै चिह्न, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी दुई पार्टीका बीचमा सहमति जुटिसकेको भए पनि यसलार्य औपचारीकता दिन भने बाँकी रहेको नेताहरुले बताएका छन् । निर्वाचन अगाडी नै समाजवादी केन्द्र बनाउने रणनीतिमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई देखि बामदेव गौतमसम्म छलफल गरेपनि निश्कर्षमा भने नपुगिसकेको कारण चुनावमा एउटै चुनावचिन्ह र एउटै घोषणापत्रमा चुनाव लड्नका लागि गृहकार्यमा जुटेका हुन् । चुनाव पछि समाजवादी केन्द्र बनाउने गरी अन्य दलहरुलाई माओवादीकै चुनाव चिन्ह्रमा चुनाव लडाउने गरी माओवादी अगाडी बढेको छ । यस विषयमा बाबुराम र बामदेवको पार्टीसँगको छलफल भने निक्कै अगाडी बढेको र यी दुई दल एउटै चुनाव चिन्हमा चुनाव लड्न तयार भए पनि औपचारीकता पाउन भने बाँकी रहेको वार्तामा संलग्न एक नेताले बताए । बामदेवको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको त केन्द्रीय समिति बैठकलाई नै प्रचण्डले टेलिफोनमा सम्बोधन गरेर टुक्रिएर नहुने र एकतामै बल हुने भएकोले समाजवादी केन्द्र निर्माणमा लाग्नुपर्ने बताएका थिए । प्रचण्डको यो कुरासँग गौतम भने सहमत भएका छन् । भोलि सम्म एउटै चिन्ह्र, एउटै घोषणापत्रमा चुनाव लड्ने गरी टुग्गो लगाएर निर्वाचन आयोगमा दल दर्ताका लागि जाने समझदारी जुटाउने प्रयास जारी रहेको माओवादीका एक प्रभावशाली नेताले बताएका छन् । गौतमसँगको यो छलफल पछि माओवादीले पार्टी स्थायी समिति बैठक बोलाएर यसबारेमा औपचारिक निर्णय लिएर पार्टी निर्वाचन आयोगमा दल दर्ताको तयारीमा जाने माओवादीले जनाउको छ । दल दर्ताका लागि निर्वाचन आयोगले मंगलबार सम्मको समय दिएको छ ।

१२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड ९अमेरिकी डलर १०० मिलियन० सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख ९जापानी येन दुई हजार २५६ मिलियन० अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए। यसैगरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७९–८० का लागि राजपत्राङ्कित श्रेणीका ५१ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ। चालु आवका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका ५८ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २० पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ। बैठकले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि गरेको छ। सरकारले यसअघि नसीम राईनको प्रमाणपत्र नं १५–०१–७१–०५७४० विसं २०७१ मङ्सिर ७ गते जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ। सरकारले सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। यस्तै पर्वतको कुस्मा नगरपालिका–५ स्थित १३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समितिले भोगचलन गरेको छ रोपनी छ आना दुई पैसा एक दाम जग्गाबाट दुई रोपनी नौ आना तीन पैसा तीन दाम जग्गा कुस्मा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ। सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका तीनसय ५५ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका १५ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गरेको छ। सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने भएको छ। अमेरिकी ऊर्जा विभागको आयोजनामा आगामी नोभेम्बर १४ देखि १८ सम्म आयोजना हुने कार्यक्रममा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृति दिएको छ। रोमानियाको बुखारेष्टमा आगामी असोज १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ हेरफेर गर्ने र सो को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।–रासस

प्रहरी समायोजनको माग गर्दै संघ सरकारविरुद्ध मधेसका मन्त्रीहरू धर्नामा

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू संघ सरकारको विरुद्ध धर्नामा बसेका छन्। प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्रांगणमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन्। पूर्वघोषणाअनुसार आइतबारदेखि एक हप्तासम्म ११ बजेदेखि १ बजेसम्म प्रदेश सरकारका मन्त्रीहरू, सांसद तथा नागरिक समाजका अगुवाहरूले धर्ना दिने कार्यक्रम थियो । धर्नामा बसेका मुख्यमन्त्री राउतले प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई माौखिक तथा लिखित रूपमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएकाले धर्नामा बस्न बाध्य भएको बताए। संविधानको अनुसूची ६ को (१) मा प्रदेश प्रहरी गठन तथा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले गर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयमा संघीय सरकारले चासो नलिँदा दबाब दिन धर्ना दिइएको मुख्यमन्त्री राउतले बताए। चुनावलाई लक्षित गरेर यो आन्दोलन नगरिएको पनि उनले प्रस्ट पारेका छन्।

प्रतिनिधिसभाले पारित गर्यो बीमा विधेयक

काठमाडौं। प्रतिनिधिसभा बैठकले बीमा विधेयक, २०७९ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।जारी प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा बैठक : सांसदद्धारा फोहोर देखि निहारिकाको विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरुले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न संसदीय समिति गठन गरी सिडोलबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी बैठकमा बलात्कार पीडित निहारिकालाई तत्काल न्याय दिनुपर्ने, आगामी मंसिर ४ मा हुने निर्वाचनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित गरिनुपर्ने, नुवाकोटका विभिन्न स्थानमा बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरुले रेडियो नेपालले मैथिली भोजपुरीलगायतका भाषामा केन्द्रीय प्रसारणबाटै समाचार तथा कार्यक्रम प्रसारण गर्नुपर्नेमा जोड पनि दिए।

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गरेका छन् । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुगेका उपराष्ट्रपति पुनलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गरेका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए । तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पु¥याइन्छ । उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गरे । सोही अवसरमा उनलाई नगर प्रमुख श्रेष्ठले भैरव नाचको तस्वीर र नाच गुरु अर्जुन श्रेष्ठले भैरवको मुखुण्डो प्रदान गरे । भैरव दुई, दायगी दुई, ज्यापुगचा एक गरी पाँच देवगण हुने नाच गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि चार रात यही साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुनले जानकारी दिए। पैतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहल र नगरपालिका तथा दाताहरूको सहयोगमा यहाँका युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने पुनः सञ्चालन गरिएको हो । भैलः दुई, दाःगिं दुई र ज्यापूंगःचा एक गरी पाँच देवगण सहभागी हुने नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाच्नुभएको छ । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुंगःचाले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको विभिन्न तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ । नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुंगःचाले हानेर शान्त बनाइन्छ भने नाचको लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाउने गरिन्छ । नाचको क्रममा भैरव र कुमारीले बेला–बेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्याः, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिए । धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरूमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ । शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरूको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको गुरु श्रेष्ठको भनाइ छ । उनीहरूलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि कोष खडा गरी आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् । प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लायकूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग छलफल गरी स्थानीय मानिसहरूमा तान्त्रिक विद्यामार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोल–टोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती रहेको यहाँका अन्य बासिन्दाले जनाएका छन् ।

म बिरामी भएँ भने उपचार गर्न राज्यले सहयोग गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति दान गरिसकेको बताएका छन्। आइतबार बिहान काठमाडौंमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो निजी सम्पत्ति नभएको बताएका हुन्। सबै सम्पत्ति राज्यको नाममा गरिसकेकाले आफू बिरामी हुँदा घर बेचेर खर्च गर्न नसक्ने बताए। ‘म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, तर बन्धक राख्न सक्दिनँ, बिरामी हुँदा उपचार खर्चका लागि बेच्न पनि सक्दिनँ’, उनले भने। आफू बिरामी हुँदा उनले राज्य वा कसैले सहयोग गरे मात्र आफ्नो उपचार सम्भव हुने बताए।