देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका हुन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक : यस्ता छन् महत्वपूर्ण ८ निर्णय

काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रचण्डद्धारा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । साथै,बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै पार्टीलाई निर्वाचन केन्द्रित गर्ने भएको छ । हेनुहोस् यस्ता छन् निर्णय १.पार्टी र सरकारको तर्फबाट सहिद र वेपत्ता परिवार तथा घाइते अपांग योद्धालाई संगठित र व्यवस्थापन गर्न स्थानीय, प्रदेश र केन्द्रले आ–आफ्नो स्थानमा जिम्मेवारी लिने। २. तपसिल अनुसार प्रदेशस्तरिय कार्यक्रम सम्पन्न गर्ने (क) भाद्र ७ गते मधेस प्रदेश (ख)  भाद्र ९ गते गण्डकी प्रदेश (ग)   भाद्र १० गते प्रदेश न. १ (घ) भाद्र ११ गते लुम्बिनी प्रदेश (ङ)  भाद्र १२ गते वाग्मती प्रदेश (च) भाद्र १३ गते उपत्यका विशेष (छ) भाद्र १५ गते सम्पर्क समन्वय (ज) भाद्र १६ गते कर्णाली प्रदेश (झ) भाद्र १७ गते सुदुरपश्चिम प्रदेश ३. १७ सदस्यीय निर्वाचन घोषणा पत्र निर्माण समिति गठनः वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ। सदस्यहरुमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल,गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी रहेका छन्। ४.विद्यार्थी संगठनको समस्या समाधानको लागि कार्यदलले दिएको रिपोर्ट अनुसार नै पार्टीको तर्फबाट अध्यक्षले निर्देशन गरी समाधान गर्ने भएको छ । ५.पार्टीका केन्द्रीय विभागहरुका रिक्त प्रमुख र सदस्यहरुलाई विभाग प्रमुखहरुको आवश्यक परामर्शसहित कार्यालयले टुंगो लगाउने भएको छ । ६. आयोगका रिक्त सदस्य पूर्ती गर्न आयोगको सिफारिसमा केन्द्रीय कार्यालयले टुंगो लगाउने भएको छ । ७. केन्द्रीय समितिका सदस्यहरुले यथाशिघ्र सम्पत्ति विवरण फारम भरी केन्द्रीय कार्यालयमा पेश गर्ने भएको छ । ८.  संगठनः (क) पार्टी केन्द्रीय पदाधिकारीबारे : अध्यक्ष प्रचण्डले बैठकमा केन्द्रीय पदाधिकारी सम्बन्धि प्रस्ताव पेश गरेका थिए । बैठकले आवश्यक छलफल सहित उक्त प्रस्ताव पारित गर्‍यो । अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ उपाध्यक्ष :नारायणकाजी श्रेष्ठ  उपाध्यक्ष : कृष्णबहादुर महरा  महासचिव : देवप्रसाद गुरुङ उपमहासचिवहरु : गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव सचीवहरु : दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की कोषाध्यक्ष : श्रीराम ढकाल (ख) स्थायी समितिबारेः अध्यक्ष प्रचण्डद्वारा बैठकमा प्रस्तुत ४३ जनाको स्थायी समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यी नेताहरु हुन्  स्थायी समिति सदस्य १. पुष्पकमल दाहाल प्रचण्ड २. नारायणकाजी श्रेष्ठ ३. कृष्णबहादुर महरा ४. देवप्रसाद गुरुङ ५. वर्षमान पुन ६. गिरिराजमणि पोखेल ७. हरिबोल गजुरेल ८. जनार्दन शर्मा ९. शक्तिबहादुर बस्नेत १०. देवेन्द्र पौडेल ११. मात्रिकाप्रसाद यादव १२. पम्फा भुसाल १३. चक्रपाणि खनाल १४. लिलामणि पोखेल १५. गणेश शाह १६. दिनानाथ शर्मा १७. हितमान शाक्य १८. राम कार्की १९. हितराज पाण्डे २०. खगराज भट्ट २१. डिलाराम आचार्य २२. श्रीराम ढकाल २३. कालीबहादुर मल्ल २४. परशुराम तामाङ २५. उर्मिला अर्याल २६. जयपुरी घर्ती २७. ओनसरी घर्ती २८. शशी श्रेष्ठ २९. पूर्णकुमारी सुवेदी ३०. अञ्जना विसंखे ३१. यशोदा सुवेदी गुरुङ ३२. अमृता थापा ३३. कमला रोका ३४. रेखा शर्मा ३५. सीता पोखरेल ३६. नारायण दाहाल ३७. महेश्वर गहतराज ३८. हकिकुल्लाह खाँ ३९. कुलप्रसाद केसी ४०. गणेशमान पुन ४१. प्रल्हाद बुढाथोकी ४२. जोखबहादुर महरा ४३. विश्वनाथ साह (ग) पोलिटब्युरो गठनः अध्यक्षद्वारा बैठकमा पेश भएको १२५ पुर्ण र ७२ वैकल्पिक सहित १९७ जनाको पोलिटब्युरो गठन गरेको छ। (घ) केन्द्रीय समिति सदस्यः तपसिलका कमरेडहरुलाई केन्द्रीय समितिमा थप गरेको छ। जसपाबाट पार्टी प्रवेश गरेका पर्साका टेकबहादुर शाक्य र विरेन्द्र यादवलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। (ङ) वैकल्पिक केन्द्रीय समिति सदस्य : वैकल्पिक केन्द्रीय समिति सदस्यमा थप गरेको छ।  

पदाधिकारीको पूर्णतासँगै माओवादी केन्द्र प्रदेश तर्फ केन्द्रित, यस्तो छ बैठक तालिका

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समितिको पदाधिकारी पूर्णता दिएसँगै निर्वाचन तिर केन्द्रीत भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले २१ सदस्यीय पदाधिकारी रहने गरी केन्द्रीय पदाधिकारीको टुंगो लगाएसँगै प्रदेश बैठकको तालिका सार्वजनिक गरेको छ । साथै, बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको लागि घोषणापत्र मस्यौदा समिति गठन समेत गरेको छ । साथै, बैठकले चुनावमा परिणाम निकाल्ने गरी केन्द्र, प्रदेश हुँदै गाउँतह र जनतासम्म पार्टीलाई केन्द्रीत गर्ने निर्णय गरेको छ । यस्तो छ प्रदेश बैठक तालिका १. भाद्र ७ गते मधेस प्रदेश २. भाद्र ९ गते गण्डकी प्रदेश ३. भाद्र १० गते प्रदेश न. १ ४. भाद्र ११ गते लुम्बिनी प्रदेश ५. भाद्र १२ गते वाग्मती प्रदेश ६. भाद्र १३ गते उपत्यका विशेष ७. भाद्र १५ गते सम्पर्क समन्वय ८. भाद्र १६ गते कर्णाली प्रदेश ९. भाद्र १७ गते सुदुरपश्चिम प्रदेश

प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रिय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका थिए । त्यस्तै उनले उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका थिए । बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ । स्थायी समिति बैठक सकिएको छ ।

माओवादी केन्द्रका पदाधिकारीहरूको नाम प्रस्ताव (नामसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन्। पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्। जसअनुसार महासचिवमा देव गुरुङ छन्। महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन हुने भएका हुन्। दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव छन्। यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ। कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको गरिएको छ। स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ।

प्रचण्डसँग राजदुतहरुले भने – नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी छौं

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्ड सहित अमेरिका, वेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (२०७९ भाद्र ४ गते) बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राजदुतहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए । भेटमा राजदुतहरुको प्रतिनिधिमण्डले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सकारात्मक सहयोग र सद्भाव रहने बताए । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको भन्दै उनीहरुले नेपालको यो शान्ति प्रक्रिया विश्वलाई पाठ भएको बताए । भेटको क्रममा उनीहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो समेत राखेका थिए । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा राजदुतहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि आभार व्यक्त गरे । विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनसिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।

वाग्मती नदीमा र्‍याफ्टिङमार्फत जल विहार

काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो । वागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले सोही कारण संरक्षणको आवाज मुखरित गर्न जल विहार गराइएको बताए । विभिन्न सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं शहरका साथै वागमती नदीको वातावरण पनि दूषित भएको भन्दै उनले सफाइ र सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताए ।

धर्म निरपेक्षता र गणतन्त्रमा एमालेभन्दा कांग्रेस इमानदार : चित्रबहादुर केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले विमतिका बावजुद नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । तर कम्युनिष्ट भएपनि नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन रहने उनले बताए । पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताए । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए । एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो ।’ यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । ‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन ।’ केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए । नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरे । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ? ’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए । यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने केसीले बताएका थिए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ ।’

फोहोर बोकेर २८७ पुगे बञ्चरेडाँडा, खबरदारी गरेकोमा मेयर बालेनले गरे आभार

काठमाडौं । राजधानी उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर बोकेर २८७ वटा गाडीहरु बञ्चरेडाँडामा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन । फोहोर व्यवस्थापनको दायित्वबाट पछि नहटने बताउँदै मेयर बालेनले चासो, अपनत्व र खबरदारी गरेकोमा सबैप्रति आभार समेत व्यक्त गरेका छन् । यस्ताे छ उनकाे स्टाटस आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ । अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन । काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ । यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।

हिन्दु सम्राट बनाउने र प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न सकिन्न- केसी

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी विमतिका बावजुद नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताएका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन रहने उनको आरोप थियो । पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको पनि उनले बताए । केसीले नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए । एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा राजमोले सत्ता गठबन्धनमा फरक मत राखेको पनि उनको भनाइ थियो । ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो,’ केसीले भने, ‘धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो ।’ यस्तै हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा लाग्न नसकेको उनले बताए । ‘२०७४ सालमा हामी वामपन्थी भनेरै लागेका थियौं, दुइ तिहाइ वामपन्थीको संसद पटकपटक हत्या गरियो,’ केसीले भने, ‘संविधानमा व्यवस्था नभएको विघटन रोज्ने, अध्यादेशबाट देश चलाउनेको अझै पनि केही भर छैन ।’ केसीले प्रतिगमनको अन्त्य नभएसम्म ५ दलीय गठबन्धन चाहिएको बताए । नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गरे । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उनको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले भने, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उनले आरोप लगाए । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उनले एमालेका नेताहरूमाथि कटाक्ष गरेका थिए । यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने केसीले बताएका थिए । ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ ।’ -कान्तिपुर अनलाइनबाट साभार गरिएकाे

समाजवादी फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई समाजवाद निर्माणको आधार तय गर्ने फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले विकास र समृद्धिको निम्ति आधार तय गर्ने गरि भुमिका खेल्न निर्देशन दिए । क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।    

जनयुद्धको मोर्चामा प्रतिस्पर्धा गर्ने वाईसीएल अब समाजवादी क्रान्तिको आधार तय गर्न लाग्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको मोर्चामा जान प्रतिस्पर्धा गर्ने वाईसीएलले समाजवादी क्रान्तिको आधार निर्माणमा लाग्नुपर्ने बताएका छन् । वाइसिएलको नेतृत्वमा जनयुद्धका कमान्डरहरु रहेको बताए । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  वाइसिएल पार्टीको सहायक संगठन भएकोले पार्टीमा एकता र क्रान्तिकारी चरित्र स्थापित गर्न उदाहरण बन्नुपर्ने बताए । उनले वाइसिएल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन र परिर्वतनका उपलब्धिहरुको रक्षा र विकास तर्फ केन्द्रित हुनुपर्ने बताए । प्रचण्डले वाईसीएलले जनयुद्धमा खेलेको भुमिका जनसेना निर्माणमा पुर्याएको योगदानको चर्चा समेत गरे । वाईसीएल प्रतिगामीहरुको निम्ति आतंक र परिर्वतनकारीहरुको रक्षक भएको समेत बताए । देशमा प्रतिगमनको आन्दोलनमा वासिएलले खेलेको भुमिका अर्थपूर्ण र निर्णायक खेलेको बताएदै वाइसिएललाई सामान्य जनवर्गीय संगठनको रुपमा मात्रै नलिएको समेत बताए ।उनले पार्टीमा युवाहरुको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको बताए । युवाहरुको पार्टीको निर्णायक तहमा प्रतिनिधित्वले अब पार्टीमा नयाँ रक्त संचार गर्ने विश्वास व्यक्त गरे । युवाहरुको अन्तराष्ट्रिय गठन गरेर माक्स र ऐङ्गेल्सले युथ कम्युष्टिलाई दिएको महत्वलाई स्मरण गर्दै युवाहरुलाई माओवादी केन्द्रमा त्यहि किसिमले महत्व दिएको उनको भनाई थियो ।   गतवर्ष गरिएको सम्मेलनले नयाँ म्यासेज दिएर एकताबद्ध संगठन बनाउन खोजिए पनि त्यसो हुन नसकेको बताए । अध्यक्ष  प्रचण्डले हिजो लडाईको मोर्चामा एसल्टमा जान चाहानेको प्रतिस्पर्धा हुने गर्ने स्प्रिट भएको स्मरण गर्दै पछिल्लो समय पार्टीभित्रको पछिल्लो अनुभव नमिठो बन्दै गएको टिप्पणी गरे । जनयुद्धको बेलामा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले पद र सुविधाका लागि मात्र प्रतिस्पर्धा हुन थालेको प्रचण्डले बताए। ‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो।’ तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए। ‘अहिले पद र सुविधाको निम्ति मात्र प्रतिस्पर्धा हुन्छ, संघर्षको निम्ति प्रतिस्पर्धा हुँदैन। आज भोलिको अनुभव अलिकति नमिठो बन्दै गएको छ।’ पार्टीभित्र देखिएको यस्तो विचलनको संकेत लाई चिर्न र देशको राजनीतिलाई सहि बाटोमा लान युवाहरुको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताए। प्रचडले प्राकृतिक र मानविय संसाधनमा निकै अगाडि भएपनि नेपाल विकास र समृद्धिमा पछि पर्नु र्दुभाग्य भएको बताए ।  उनले विश्वका चर्चित विश्व विद्यालय र काममा नेपालीले उच्च क्षमता प्रर्दशन गर्ने गरेको भएपनि देशमै भने राजनीतिक नेतृत्वको इक्षा शक्तिको कमिका कारण युवाहरु निराश हुनुपरेको बताए । विकास निर्माण र सुसानको निम्ति निश्चित विचार सहित बलिदानीको कोटा चुक्ता गरेर आएको माओवादीलाई देशको नेतृत्वमा पुर्याए मात्रै जनताको भावना अनुसारको विकास समृद्धि र सुसासन हुने प्रचण्डको भनाई थियो  । देशलाई नयाँ गति दिन भुमिका खेल्न,परिर्वतनको संवाहकलाई नेतृत्वमा स्थापित गर्न युवाहरुलाई आग्रह गरे ।

नागरिकता विधयेकबारे राष्ट्रपतिद्धारा कानूनविद्हरुसँग छलफल, कस्ले के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन्। छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा. विपिन अधिकारी, अधिकारकर्मी सुबोध प्याकुरेल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उपस्थिति थियो । छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीर रुपमा नलिएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरित सरकार अघि बढेको बताएका छन् । छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रप्रमुखले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा भने दुर्भाग्यपूर्ण अवस्था देखियो बताए। उनले संसदमा छलफल गर्नुभन्दा अगाडी संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गरेको बताए। त्यस्तै अर्का संविधानविद् डा। विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्यक विषयमा छलफल नै नभएको बताए । अधिकारीले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिए । त्यस्तै संविधानविद् डा. भीमार्जुन आचार्यले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ठ प्रयोग भएको बताए। आचार्यले सम्य समाजले कल्पना गर्नपनि नसक्ने कार्य सरकारबाट भएको भन्दै संविधानको सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिए। उनले लोकतन्त्र निजी लोकतन्त्र जस्तो भएको टिप्पणी गर्दे सरकारमा हदैसम्म को अहंकार देखिएको बताए । उनले चुनाव घोषणा भएपछिको सरकारले दीर्घकालसम्म असर पर्ने कार्य गर्न नहुने संवैधानिक मान्यतालाई लत्याएको उल्लेख गर्दे संसद भित्रको गतिविधि पनि आपत्तिजनक रहेको बताए। त्यस्तै अधिकारकर्मी सुबोध प्याकुरेलले उग्र अराजकताका कारण मुलुक ज्वालामुखी माथि उभिएको अवस्थामा रहेको टिप्पणी गए । उनले अति कानूनका कारण देश बिग्रिएको भन्दै उनले मुलकमा खास राजनीतिक संक्रमण सुरु भएको बताए। अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरी अधिकारीले हतारमा गरेको विधेयक पासले मुलुक संवैधानिक मुठभेडतर्फ उन्मुख हुने हो कि भन्ने आशंका उब्जिएको बताए। अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि नागरिकता जस्तो विषयलाई संसदको दुई तिहाईबाट टुंग्याउनु पर्ने विषय भएपनि संविधान निर्माणका क्रममा नै त्रुटी भएको बताए। उनले सरकार र संसद संवैधानिक दायित्वबाट पन्छिएको बताए। अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सरकारले देशमा अराजकता उत्पन्न गराउन खोजेको बताउँदै गम्भीर विषयमा पनि संसद र सरकारले ख्यालख्याल गरेको बताए । नागरिकता बाट कुनैपनि नेपाली वञ्चित हुन नहुने तर विदेशी नागरिकको हकमा भने राज्य कडा नै रुपमा प्रस्तुत हुनुपर्ने बताए । पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सीनाले संसद सिमित नेताहरुको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दे अबको १५ दिन भित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरुसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिए। विज्ञहरुले दिएको सुझावपछि राष्ट्रपति भण्डारीले नागरिकताको समस्या लामो समयदेखि रहेको र त्यसलाई सल्टाउनुपर्ने तर राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राख्नुपर्ने बताइन् । आफूले संवैधानिक क्षेत्रधिकार भित्र रहेर सुझाव दिएको उल्लेख गर्दै उनले दिएका सुझावहरुमाथि भ्रम छर्ने प्रयास भएको गुनासो गरिन । प्रतिनिधिसभा बाट बिहीवार नागरिकता विधेयक पुनः बहुमतले पारित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेस गरिएको सो प्रश्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रश्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरेका थिए ।

बैतडीमा किशोर-किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । बैतडीमा किशोर किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । सिगास गाउँपालिका ५ रातापोडका अन्ताजी २२ वर्षीय केशव दमाइ र अन्ताजी १८ वर्षीया किशोरी रमिता विक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । अन्नपूर्ण पोष्टका अनुसार, दुवैजनाको शव पोष्टमाटमको लागि पाटन ल्याइँदैछ। दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् । स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्र स्थायी समिति बैठक भोली फेरी बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्नेगरी स्थगित भएको छ । आजको बैठकमा पार्टीको आगामी कार्ययोजना तथा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बैठकमा पदाधिकारी र कार्यक्रम तथा कार्ययोजनाबारे सकारात्मक छलफल भएको महराले बता । तर पदाधिकारीको टुंगो भने भोली मात्रै लाग्ने प्रवक्ता कृष्णबहादुर महराले बताए । शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उनले बताए ।