पाल्पामा जबर्जस्ती करणी आरोपमा बावु पक्राउ
पाल्पा । पाल्पामा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् ।
बगनासकाली गाउँपालिकाका ३१ वर्षीय पुरुषले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
८ वर्षकी छोरीलाई जबर्जस्ती गरेको उजुरीका आधारमा बिहीबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जबर्जस्ती करणीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
अक्सिजन नपाएर बिहिबार राती पोखरामा ६ सुत्केरीको मृत्यु
पोखरा । अक्सिजनको अभाव भएपछि पोखरामा ६ जना सुत्केरीको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको हो । ृउच्च अक्सिजनमा उपचार गराइरहेको अवस्थामा अस्पतालले अक्सिजन समाप्त भएको बताएपछि आफन्तहरुमा रुवावासी चलेको थियो । उनीहरुले पोखराका बिभिन्न स्थानमा पहल गरेपनि अक्सिजन नपाउँदा प्रियजन गुमाउनु परेको हो । अनलाइन खबरमा प्रकाशित समाचार अनुसार, कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए । तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।
उपत्यकामा आजदेखि कडा लकडाउन, के खुल्छ, के खुल्दैन त ?
काठमाडौं । कोरानो संक्रमण रोक्न आजदेखि काठमाडौं उपत्यकामा लकडाउनमा कडाई गरिएको छ । यसअघि उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठकले आजदेखि निषेधाज्ञामा कडाई गर्ने निर्णय गरेको थियो । याे निषेधाज्ञा जेठ २० गतेसम्म रहने५ । आजदेखि काठमाडौं उपत्यकाका किराना पसलहरु समेत बन्द हुने भएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाईरसको मृत्युदर र संक्रमणदर सोचे अनुसार नियन्त्रणमा नआएपछि थप कडाई गरिएको हो । आजदेखि थप गरिएको निषेधाज्ञामा एकसाताका लागि खाद्यान्न पसल पूर्ण रूपमा बन्द गरिनेछन् । यसपालि निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ
बिहार पुग्यो यास चक्रवात, नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
भारतकाे उडिसाबामा ठाेक्किएकाे यास चक्रवात बिहिबार बिहार पुगेकाे छ । चक्रवातकाे असर नेपालमा पनि पर्ने भन्दै माैसम महाशाखाले सबैमा सतर्क रहन अपील गरेकाे छ । महाशाखाले शुक्रबार मौसम पूर्वानुमान गारेगर्दै चक्रवात पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने जनाएकाे हो । चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म रहने छ । शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित कतै हल्का र कतै मध्यम वर्षा । शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा साथै गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना । आज राति देशभर सामान्यदेखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी, अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना उच्च हिमाली, पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात, वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली, पहाडी भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना
आजबाट प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । यसअघि बिहिबारको इजलासबाट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई समेत संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधिशले वरिष्ठताका आधारमा आफुसहित ५ जना न्यायाधिश चयन गर्नेछन् । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । शुक्रवार बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।
के छ नागरिकतासम्बन्धी अध्यादेशमा?
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला नागरिकतासम्बन्धी अध्यादेश जारी भएको हो । यद्यपि कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले भने संविधान र सर्वोच्च अदालतको आदेशअनुसार नै अध्यादेश आएको दाबी गरे । उनका अनुसार अध्यादेशले नागरिकतासम्बन्धी दुईवटा गाँठो फुकाएको छ । पहिलो, ३ असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरूको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने । दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने । तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गर्ने । मन्त्री श्रेष्ठका अनुसार संविधानको व्यवस्था पनि यही छ । तर नागरिकतासम्बन्धी ऐन संसदबाट पास नभएका कारण करिव ३५ हजार नागरिकताका लागि परेको निवेदनउपर कारबाही हुन सकेको थिएन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरूषसँग विवाह गरी आएकी विदेशी महिलालाई ७ वर्षपछि नेपाली नगारिकता दिने गरी प्रावधान राखेको थियो । त्यसविषय अध्यादेशमा उल्लेख छैन । सरकारले २२ साउन २०७५ मा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । अध्यादेश :
संसद् विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा २५ रिट पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट पेस भएका छन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार प्रतिनिधिसभा विघटनविरुद्धमा आइतबार २५ रिट आएको हो । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा २५ रिट पेस भएका छन् । दर्ता हुने नहुने भन्ने निर्णय भोलि हुन्छ,’ उनले भने । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन दोस्रो पटक भएको हो । यसअघि पुस ५ गते प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत फागुन ११ गते निर्णय सुनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।
महोत्तरीमा अदालतबाटै थुनुवा फरार
महोत्तरी । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका-४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाबाट म्याद थपका लागि गएका कमलेशले प्रहरीलाई शौचालय जाने भन्दै शौचालय पुगेपछि शौचालयको पर्खाल नाघेर भागेको जनाइएको छ । उनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागू औषधसहित पक्राउ परेका थिए । उनको खोजतलाशमा अहिले ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरी उनको खोजतलाश भइरहेको जनाइएको छ ।
राष्ट्रपतिले जारी गरिन् जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । अध्यादेशअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । जसपा (महन्त ठाकुर र उपेन्द्र महतो पक्ष)सँगको सम्बन्ध थप मजबुम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका हुन् ।
काठमाडौं उपत्यकाका २,८२१ जनामा संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप २,८२१ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १,७६१ जना, ललितपुरमा ६९४ जना र भक्तपुरमा ३६६ गरी कुल २,८२१ जना कोरोना पुष्टि भएको हो । आज देशभर ७९१४ संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्युको मृत्यु भएको छ ।
७९१४ संक्रमित थपिए, १९३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये १,०८,०० भन्दा केही बढी घरमै छन् भँने ७,३४९ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ । आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन् ।
संसद् विघटनविरुद्ध तयार भयो रिट, भोलि सर्वोच्चमा दर्ता गरिने
काठमाडौं । विपक्षी दलले संसद् विघटनविरुद्ध दायर गर्ने रिटको मस्यौदा तयार गरेका छन् । रिटको मस्यौदा तयार भएको र रिट दर्ता गर्न विपक्षी दल भोलि सर्वोच्च अदालत जाने भएका छन् । संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयार गरेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा आई रिटमा सांसदहरुले हस्ताक्षर गरेका थिए । रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए । रिटमा के छ ? प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेकी थिइन् । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेकोले देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ । त्यस्तै, रिटमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको छ । यसपटक भीम रावल र रमेश लेखकले पनि सर्वोच्चमा बहस गर्ने
आज १५० जनाले गरे सगरमाथाको आरोहण
काठमाडौं । आइतबार एक पटकमा करिव १५० जना भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरेको छ । बिहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमस डेड सय बढीले आरोहण सम्पन्न गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेका कारण आरोहणमा ढिलाइ भएको थियो । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च हो । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ । १० दिन अघि वहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो ।
घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु, अर्को कोठामा रहेको ४ छोरी सकुशल
प्यूठान । घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौताराका ४० वर्षीय वोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र तीन वर्षीय छोरा शिशिर मल्ल रहेका छन् । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति भत्किँदा उनीहरूको मृत्यु भएको प्यूठान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । चार छोरीहरु भने अर्को कोठामा रहेकाले सकुशल छन् ।
जङ्गली च्याउ खाँदा एकै घरका ९ बिरामी
सङ्खुवासभा । सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए । त्यस्तै बिरामी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए । च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए ।
कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले सही गन्तव्यमा पुर्याउँदैन, संवाद गरौंः भट्टराई
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सबैले आफ्नो बिगतलाई हेर्दै संवाद गर्नुपर्ने बताए । एमाले फुटको संघारमा पुगेका बेला भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तब्यमा नपुर्याउने बताएका छन् । त्यसकारण सबैले आफ्नो विगतलाई हेरेर धैर्य गर्नुपर्ने र संवाद गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । पछिलो पटक संसद् विटनपछि मन्त्रीबाट राजीनामा दिएर एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेका भट्टराई पछिल्लो समय अध्यक्ष केपी ओली पक्षमा लागेको बताइएको छ । तर, उनले त्यसबारे स्पष्ट खुलाएका छैनन् । उता, नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरिसकेको छ । सम्बन्धित समाचारः नेकपा एकीकृत पार्टी दर्ता, माधव नेपाल निकट राई अध्यक्ष माधव नेपाल समूहद्वारा अर्को पार्टी खोल्ने निर्णय

