कोरोनाको आडमा साइबर अपराधी सक्रिय, इन्टरपोलले जारी गर्यो यस्तो चेतावनी
काठमाडौंः अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि पुलिस संगठन इन्टरपोलले कोरोना भाइरस संक्रमणको आडमा साइबर अपराधीहरु सक्रिय भएको बताएको छ ।
संक्रमणको बेला साइबर अपराधिहरुले बिभिन्न बहाना बनाएर ठग्न सक्ने भन्दै इन्टरपोलले सर्जिकल मास्क, सेनेटाइजर जस्ता मेडिकल सप्लाई किन्ने विषयमा विशेष सावधानी अपनाउन समेत चेताएको छ ।
साइबर अपराधिहरुले वित्तिय जालसाजी गर्ने क्रम बढेको भन्दै संगठनका महानिर्देशक जर्गन स्कटले अहिलेको अनिश्चितताको परिस्थितिबाट फाइदा उठाएर साइबर अपराधिहरुले आम मानिसलाई निशाना बनाएको बताए ।
कुनै पनि व्यक्तिले अनलाईनको माध्यमबाट मेडिकल सप्लाई या अन्य कुरा किन्ने हो भने उक्त व्यक्ति या अनलाई पसलको आइडी, विश्वसनियता आदि राम्रोसँग जाँच गरेर मात्र अर्डर दिन उनले अनुरोध गरेका छन् । अहिले हजारौं लरका जालसाजी भएका घटना सार्वजनिक भएको समेत उनले जानकारी दिए ।
नेपाल प्रहरीका ३०३ असई सईमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौंः नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकलाई बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय ३ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएका प्रहरी नायब निरीक्षकको सूची
बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुवाको स्वागत
काठमाडौंः १२ दिन लामो अस्पताल बसाइबाट बालुवाटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन्। फागुन १९ गते महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण भएको थियो । शुक्रबार साँझ डिस्चार्ज भएका ओलीलाई सिधै सरकारी निवास वालुवाटार लगिएको थियो। बालुवाटारमा निवासमा ओलीलाई उनका पिताले स्वागत गरेपछि अोलीले शिर झुकाएपछि मोहनप्रसादले आर्शिवाद दिएका छन्। पहिलो पटक २०६४ सालमा भारतमा मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते मृगौला प्रत्यारोपण गराएका हुन्।
पुण्य गौतमलाई लछारपछार गर्ने ३ युट्युवर पक्राउ
काठमाडौंः कुटपिटमा संलग्न ३ जना युट्युवरलाई नियन्त्रणमा लिइएको छ । पुण्य गौतमलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा महानगरीय प्रहरी बृत्त गौशालाले उनीहरुलाई अनुसन्धानका नियन्त्रणमा लिइएको हो । गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहका अनुसार कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ । केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतमलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामूहिक रुपमा युट्युवर किन यसरी कुटपिटमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
कोरोनाविरुद्ध सबै संयन्त्र प्रयोग गर्ने भीमदत्त नगर कार्यपालिकाको निर्णय
महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्र प्रयोग गर्ने भएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शुक्रबार बसेको ४४ औं बैठकले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्रण परिचालन गर्ने निर्णय गरेको हो । भीमदत्त नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हिमाल चन्दले कार्यपालिका बैठकले कोरोना संक्रमण विरुद्ध नगरपालिकाका सबै संयन्त्र तयारी अवस्थामा राखिने निर्णय गरिएको जानकारी दिए । ‘बैठकमा अहिलेको विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणविरुद्ध नगरपालिका हरेक किसिमले तयार हुने र हरेक संयन्त्र तयारी अवस्थाम बस्ने निर्णय गरिएको छ’ प्रवक्ता चन्दले भने,‘कोरोना विरुद्ध नगरपालिका, जनप्रतिनिधि, नगर वासी सबै क्षेत्र र समुदायलाई एकजुट भएर जानु अनुरोध गरिएको छ ।’ भीमदत्त नगरपालिकामा नेपाल प्रवेशको पश्चिमी सीमा नाका गड्डाचौकी समेत पर्ने भएकाले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणलाई प्राथमिकता दिएर कार्यपालिका बैठकमा छलफल गराएको प्रवक्ता चन्दले बताए । प्रवक्ता चन्दले सीमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालन, स्वास्थ्यकर्मी परिचालन, नगरपालिकाको स्टोरमा औषधि व्यवस्थापन, नगर वासिन्दालाई कोरोना विरुद्ध सचेत गराउने लगायतका कार्य गरिने जानकारी दिए । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको हो । बैठकले नगर प्रवक्ता र साधन परिचालन समितिको जिम्मेवारी हेरफेर गरेको छ । भीमदत्त नगरपालिका–१७ का अध्यक्ष हिमाल चन्दलाई नगर प्रवक्ता र १० का अध्यक्ष प्रमानन्द जोशीलाई साधन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको हो । भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकले जनप्रतिनिधि र कर्मचारीहरुको आचार सँहिता अनुगमनका लागि समेत समिति बनाएको छ । समितिमा नगर प्रवक्ता चन्द, भीनपा –१५ का अध्यक्ष भीम बहादुर शाहु र भीमदत्त नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिह धामी छन् । कार्यपालिका बैठकले राजश्वको सफ्टवेयर परिवर्तन र नगरपालिका विभिन्न वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय समेत गरेको छ । भीमदत्त नगरपालिकाका २, ३,४, ५,६, ८, ११, १२, १३, १४, १५, १८ र १९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएका हुने । तीमध्ये वडा नं. २, ४ र ६ मा बर्थिङ्ग सेन्टर सहितको सेवा केन्द्र सञ्चालन गर्न लागिएका हुन् ।
लोक गायक कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौंः जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । कटुवालमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै गत फागुन ५ गते उजुरी परेको थियो । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । गायक कटुवालमाथि लालकाजीकी छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको थियो । ५ फागुनमा परिवारसँग पोखरा घुम्न गएका कटुवाल डुम्रेस्थित लालकाजीको होटल अगाडि गाडी पार्किङ गरेका थिए । त्यतिबेला कटुवाल पत्नीले वान्ता गरेपछि होटल सञ्चालक र कटुवालबीच भनाभन भएको थियो । होटल व्यवसायी गुरुङलाई कटुवालले पख्लास् भन्दै थर्काएको र सोही साँझ अपरिचित समूहले गुरुङको टाउकोमा रडले हानेर भागेको जनाइएको छ । घटनापछि गुरुङकी सोनिकाले प्रहरीमा उजुरी दिएकी थिइन् । गायक कटुवालले ‘मोही खाउँला बोट्कामा’, ‘फूल फुल्यो केसरी’, ‘तोरी बोटैमा’ लगायका गीत गाएका छन् ।
१७ लाख घुस लिँदा लिँदै नापीका ५ कर्मचारी पक्राउ
बुटवलः घुस लिँदा दिँदै नापी कार्यालयका पाँच कर्मचारी पक्राउ परेका छन् । जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा १७ लाख घुससहित अख्तियारको टोलीले उनीहरुलाई भैरहवाबाट पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।
लिएको घुस फिर्ता गर्ने इन्जिनियर र सव–इन्जिनियरविरुद्व पनि भ्रष्टाचार मुद्दा !
म्याग्दीः जिल्ला शिक्षा कार्यालयका इन्जिनियर श्रीकृष्ण खनाल र सव–इन्जिनियर प्रमोदकुमार उप्रेतीविरुद्व ७० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियारले शुक्रबार विशेष अदालतमा उनीहरूविरुद्व मुद्दा दर्ता गरेको हो । उनीहरूले धवलागिरी गाउँपालिका–३ मा रहेको सुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा अनुचित तरिकाले पैसा असुली गरेको अख्तियारले मुद्दा दर्ता गरेको हो । घुस लिएको उजुरी परेपछि उनीहरूले ७० हजार रुपैयाँ फिर्ता गरेका थिए । तर, पहिले लिइसकेको रकम पछि कारवाहीबाट बच्न सक्ने भन्दै फिर्ता गरेको देखिंदा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दर्ता गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
४ महिनाभित्र जनकपुर-जयनगर रेल सञ्चालन हुन्छः मन्त्री नेम्वाङ
जनकपुरः भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले यहीँ आर्थिक वर्षभित्र नै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार नेपाल रेल्वेको निरीक्षण गर्न जनकपुर आएका मन्त्री नेम्वाङ्गले आगामी ३–४ महिनाभित्र रेल सञ्चालनमा ल्याएरै छोड्ने बताएका हुन् । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दावी गरे । उनले भने, ‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्ने छ ।’ मन्त्री नेम्वाङकाअनुसार रेल गुडाउन ५–७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ । ‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछन् । अन्य कर्मचारी नेपाली नै रहनेछन्’ कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने समेत उनको जिकिर छ ।
भारतबाट भागेर अत्तरिया पुगेका तीनजनामा कोरोनाको आशंका
धनगढीः भारतको सुरतबाट अत्तरिया पुगेका शंकास्पद तीन जनालाई सेती अस्पताल ल्याइएको छ । भारतमा कोरोना आशंका गरिएका एक महिलासहित तीन जनालाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष शर्मानन्द भट्टका अनुसार तीन जनालाई मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पतालमा राखिएको हो । गोदावरी नगरपालिकाका अनुसार वडा नम्वर १२ का अध्यक्षलाई भारतबाट एक जनाले फोन गर्दै ती महिलामा कोरोनाको आशंका गरिएको र भागेर अत्तरिया आएको खवर गरेपछि उनीहरुको स्वास्थ्य परिक्षणका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए । सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले स्वास्थ्य परिक्षणपछि मात्रै विस्तृत जानकारी हुने बताए । उनीहरु कैलालीको गोदावरी नगरपालिकाको ओलानीका बासिन्दा भएको खुलेको छ ।
दोलखाबाट घुस लिएर काठमाडौं आउँदै गरेकी वन अधिकृत पक्राउ
काठमाडौंः डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठ घुससहित पक्राउ परेकी छन् । उनी काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस रकम उठाएर सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउदैं गरेको अवस्थामा दुई लाख तीन हजार पाँच सय रुपैयाँसहित पक्राउ परेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले श्रेष्ठकोलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोकबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
हात धुने स्यानिटाइजर बनाउन सिकाउँदै नाष्ट
ललितपुरः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवर्द्धक तालिम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो । नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालिम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् । यदी मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ । तालिममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, ‘हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ ।’ नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले बताए । मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उनले भने, ‘अब हामी छिट्टै तालिम सञ्चालन गर्छौँ । तालीममा स्थानीय रक्सी (तीनपाने रक्सी)लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छ देखि आठ सेकेण्डमा यसले काम गर्छ ।’ ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाको मत छ ।
किशोरकिशोरी खुलेर गर्छन् यौनका कुरा !
लमजुङः सन्देषी दीक्षित लमजुङको बेंसीसहर नगरपालिका ७, चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छन् । १६ बर्षीया उनी २ बर्षअघि महिनावारी भइन् । विस्तारै उनको शारीरिक परिवर्तन हुँदै गयो । अंग, उचाई बढ्दै जाँदा उनलाई डर लाग्यो । विद्यालयमा यौन तथा शारीरिक शिक्षा सम्बन्धी पाठ पढाइँदै थियो । किताबमा लेखिएका कुरा र शिक्षकले भनेका कुराबाट उनलाई थाहा भयो कि, यो सामान्य कुरा रहेछ । अहिले केही कुरा मनमा आउने वित्तिकै शिक्षक र बुवाआमालाई भन्ने गर्छन् । ‘जब महिनावारी भएँ । स्तन बढ्न थाल्यो । उचाई बढ्न थाल्यो । कसलाई भन्ने र के गर्ने भयो । मनमा एकखाले डर पलायोे’ उनले भनिन्, ‘कक्षमा पढ्न थालेँ । यस्तो कुरा बारे साथीसङ्गी, शिक्षकका साथै अभिभावकसँग सोधपुछ गरेँ । कुरा बुझ्न थालेपछि खासै नौलो लागेन ।’ विद्यार्थीले यौन सचेतनाका कुरालाई सकरात्मक रुपमा लिँदै आएका छन् । कक्षा १० मै अध्ययनरत सुस्मिता घिमिरेलाई पनि किन रजस्वला हुन्छ, किन अंग बढ्छ भन्ने जिज्ञासा आइरहन्थ्यो । अभिभावकलाई भन्न नसकेपनि साथीभाइ र शिक्षकसँग सोध्न थालिन् । उनले भनिन्, ‘यौन शिक्षाको महत्व बुझ्न थालेका छौं । यौन शिक्षाको अभावमा कतिको उमेर नपुगी विवाह भएको छ । धेरै जनासँग यौनजन्य क्रियाकलापले रोग लागेको छ । कतिले आफ्नो जीवन बर्बाद पारेका छन् । यस्ता विषयमा म जानकार भएको छु । साथीहरुलाई पनि यौन शिक्षाका बारेमा जानकारी गराउने गरेको छु ।’ कक्षा १० मा अध्ययरनत सौरभ दुलालले शिक्षकलाई खुलेर यौन जिज्ञासा गर्छन् । ‘मेरो बुवाआमाले पढ्नुभएको छैन । उहाँलाई केही साध्न थाले भने थाहा छैन भन्नुहुन्छ । विद्यालय आउँदा सरहरुसँग सोध्न थालें’ उनले भने, ‘विद्यालयमा पढ्दै गर्दा कुन उमेर कस्तो परिवर्तन हुन्छ र कुन उमेरमा यौन सम्पर्क गर्न उपयुक्त हुन्छ अनि कुन उमेरमा विवाह गर्न हुन्छ र कुन उमेरमा बच्चा जन्माउन हुन्छ भनेर बुझेको छु ।’ जन विकास माध्यमिक विद्यालय चण्डीडाँडाका स्वास्थ्य शिक्षक श्रीकृष्ण घिमिरेका अनुसार विद्यालयमा कक्षा ८, ९, १०, ११ र १२ कक्षामा स्वास्थ्य शिक्षा पढाउने गरिन्छ । उनीहरुलाई सामाजिक विषय र स्वास्थ्यको विषयमा जानकारी गराउने गरेपनि विद्यार्थीले शारीरिक र स्वास्थ्यको बारेमा चासो दिने गरेका छन् । यौन शिक्षाबारे खुलेर प्रश्न गर्ने गरेका छन् । ‘पाठ्यपुस्तकमा भए अनुसार यौन शिक्षाबारे बुझाउँछौं । छात्र र छात्रा दुवै खुलेर सोध्ने गर्छन् । चासो दिएर कक्षामा बस्ने गर्छन्’ उनले भने, ‘कुन उमेरमा यौन सम्पर्क गर्ने, असुरक्षित यौन सम्पर्क गर्दा के हुन्छ भनेर सोध्छन् । उनीहरुले बुझ्ने तरिकाले जवाफ दिने गरेका छौं । यसबाट विद्यार्थीले के गर्दा, के हुन्छ, के गर्दा आफ्नो जीवन बर्बाद हुन्छ भनेर बुझेका छन् ।’ गोरखापत्र
मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताइन् । संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उनको धारणा थियो । संघीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राखेकी थिइन् । उनले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन् । भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । ‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ,’ मुख्यमन्त्री राईले भने । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताए ।
भारतमा दुर्घटनामा परेर दुई जनाको मृत्यु
अछामः भारतमा सडक दुर्घटनामा परेर अछामका दुई जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्यको रायपुरमा सडक दुर्घटनामा परेर बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका र वडा नम्बर २ जनालीकोट घर भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुने बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका २७ बर्षका बल बहादुर साउँद र वडा नम्बर २ जनालीकोटका अन्दाजी ४५ बर्षका अमर साउँद रहेका छन । बुधबार राती करिव सवा ९ बजे रायपुर बजारमा मोटरसाइकलमा सवार रहेको उनीहरुलाई बसले ठक्कर दिदा दुवै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको भारतमै दाह सस्कार गरिएको छ । दुर्घटनामा परेर वडा नम्बर ५ कालिकाका भुपाल साउँद घाइते भएका छन ।
नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशमा कोरोना महामारी घोषणा
काठमाडौंः नेपालसँग सिमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना महामारी घोषणा गरिएको छ । शुक्रवार मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशलाई महामारी घोषणा गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथका अनुसार मार्च २२ सम्म सबै स्कुल बन्द रहनेछन् भने परीक्षा जारी रहनेछन् । उनले सबै ७५ जिल्लामा आइसोलेसन वार्ड बनाउने घोषणा गरे । उनका अनुसार उत्तर प्रदेशमा ११ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

