विभूषण अब वर्षमा ९५ जनाले मात्र पाउने
काठमाडौंः सरकारले विभूषणसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ । संख्या तोकेर र छनोट कार्य पारदर्शी बनाई विभूषणलाई ओजपूर्ण बनाउने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको हो ।
गृह मन्त्रालय र कानुन आयोगले बनाएको नयाँ ऐनको मस्यौदामा छलफल अघि बढाइएको छ । ऐनको मस्यौदामा बुधबार सरोकारवालासँग छलफल गरिएको छ । पहिलोपटक ऐनमा विभूषणको संख्या तोक्न लागिएको हो । एक वर्षमा बढीमा ९५ जनालाई विभूषण दिन सकिने मस्यौदामा उल्लेख छ ।
मानपदवी २०, अलंकार २७, पदक ४८ जनासम्मलाई दिन सकिने उल्लेख छ । यसअघि जतिलाई पनि दिन सकिने भएकाले विकृति बढेको र विभूषणको ओज घटेको भन्दै संख्या नै तोक्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यस वर्ष सरकारले ६ सय ३३ जनालाई विभूषण दिने निर्णय गरेको थियो ।
बुधबारको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभूषण वितरणमा विगतका त्रुटि सच्याएर यसलाई अब ओजपूर्ण बनाउन विधेयक ल्याउन लागिएको बताए ।
‘विगतमा विभूषण अस्वीकार गर्ने घटना देखिएका छन्,’ उनले भने, ‘यसको ओजलाई कायम राख्न वास्तविक पात्रहरू सम्मानित हुने अवस्थाका लागि यो विधेयकले सहयोग गर्नेछ ।’ सेवा र योगदानलाई नै विभूषणको आधार बनाइने उनले बताए । विगतमा पदलाई विभूषण दिइएको र अब योगदानको आधारमा दिइने उनको भनाइ छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
प्रहरी नायब निरीक्षककै प्रमाणपत्र नक्कली
काठमाडौंः नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ । उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बी.कम. उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्र प्रमाणीकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएपछि सई कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । शान्ति विद्यागृह मावि लैनचौर काठमाडौंमा कार्यरत माध्यमिक शिक्षक तृतीय (शिक्षक) दिपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी स्थायी शिक्षक सेवामा रहेको भन्दै मुद्दा दायर गरेको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
नेपाल–भारत समन्वय समिति बैठकमा ७ बुँदे सहमति
बैतडीः नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा आज सम्पन्न भएको छ । दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणमा सहमति भएको हो । यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सन गरेर सात बुँदामा सहमति भएको हो । सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमा रहेका हेल्थ डेस्कमा जाँच गर्ने, उपकरणमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुने सडक निर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरी निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल भारत सिमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गर्ने सहमति भएको हो । यसका साथै समन्वय समितिको बैठक हरेक तीन÷तीन महिनामा बस्ने पनि निर्णय भएको प्रजिअ पौडेलले बताए । बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्ट्रिक म्याजिस्टेट (डीएम) डा विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता थियो । जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न बैठकमा पिथौरागढ, बैतडी, दार्चुलामा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको छ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो ।
मध्यपुरथिमीको राधेराधे छेउमा मानव कङ्काल भेटियो
भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा आज मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको टुक्रा भेटिएको र कसको कङ्काल हो भन्ने पहिचान हुन नसकेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काल साँझ ६ः३० बजे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
कालोबजारीलाई कारबाही गर्दै सरकार, विदेशबाट मेसिन ल्याउने तयारी
काठमाडौंः सरकारले मास्क अभाव हुन नदिन विदेशबाट मेसिन नै ल्याएर उत्पादन गर्ने तयारी गरेको छ । साथै बजार अनुगमन तीब्र पार्दै कालाबजारी गर्ने माथि कारबाही शुरू गरेको छ । कोरोना भाइरसको संक्रमण हुने खतरालाई मध्यनजर गर्दै भारतबाट मेसिन ल्याएर उत्पादन गर्ने बिषयमा नेपाल चेम्बर अफ कमर्ससँग छलफल अगाडि बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । नेपालमा मास्क उत्पादन गर्दै आएका उद्योगीसँग पनि छलफल चलिरहेको उनले जानकारी दिए । साथै भारतको कोलकाटामा रोकिएका मास्क नेपालमा ल्याउने विषयमा पनि छलफल भईरहेको महानिर्देशक सुवेदीले बताए । बजारमा भएको मास्कलाई कालोबजारी हुन नदिन बिभागले तीव्र रुपमा अनुगमन प्रभावकारी रुपमा गरिरहेको सुवेदीले जानकारी दिए । बजार अनुगमनको क्रममा हिजो मात्रै मास्क लुकाएर राखेका केही पसललाई कारवाही गरेको समेत उनले बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा मास्क अभाव हुन नदिन वाहिरबाट मेसिन खरिद गरेर ल्याएर मास्क उत्पादन गर्ने विषयमा सरकार सँग छलफल भएको बताए । मेसिन ल्याउने विषयमा विभिन्न देशहरुसँग कुरा चलिरहेको जानकारी दिँदै छिट्टै मेसिन ल्याउने स्पष्ट पारे । यता नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले नेपालमा भएका मास्क चीनतर्फ निर्यात भएको कारण नेपालमा मास्क अभाव हुन थालेको बताए । नेपालमा भएका मास्क व्यापारीले लुकाएर राख्ने गरेको कारण अभाव जस्तो देखिन थालेको अध्यक्ष श्रेष्ठ बताउँछन् । मास्क अभाव हुन नदिने विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिँदै व्यवसायीले मेसिन ल्याएर मास्क उत्पादन गर्ने विषयमा पनि छलफल भईरहेको उनले जानकारी दिए । गाेरखापत्र दैनिकबाट
दोलखा केन्द्र भएर भूकम्पको धक्का
काठमाडौंः बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प धक्का महसुस गरिएको छ । आज साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४. म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।
नन्द–भाउजू वेपत्ता
कैलालीः धनगढीबाट दुई महिला वेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलकी २० वर्षीया शान्ति पौडेल र मधु तिवारी वेपत्ता भएकी हुन् । फागुन १६ गतेबाट हराएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वेपत्ता शान्ति र मधु भाउजु नन्द हुन् । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै आएकी थिइन् । उनले तीन महिनाको बच्चालाई छोडेर गएको परिवारले जनाएको छ । एसटीएस सिनेमा हलमा मःमः व्यापार गर्दै आएका भीम कुँवरले दुवै जनालाई लगेको परिवारको आरोप छ । गत शुक्रबार साँझ भीमले नै उनीहरुलाई मोटरसाइकलमा बसाएर लग्दै गरेको स्थानीयले देखेका मधुका बुबा एवम् शान्तिका ससुरा कृष्ण तिवारीले बताएका छन् । दुवै जना हराएको दिनदेखि भीम पनि वेपत्ता रहेको परिवारको भनाइ छ । भीमका पनि घरमा श्रीमती र दुई सन्तान रहेको तिवारी परिवारको भनाइ छ । छ दिनदेखि आमा वेपत्ता भएपछि तीन महिनाको बच्चालाई बचाउन गाह्रो भएको जनाएका छन् । अहिलेसम्म छिमेकका महिलाले दूध खुवाइ दिएका कारण बच्चा बाँचेको परिवारको भनाइ छ । हराएका दुवै जनालाई खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन परेको छ । निवेदन परेपछि खोजीकार्य जारी राखेको तर अहिलेसम्म फेला नपरेको महिला बालबालिका सेलका खेमराज पन्तले बताए । पश्चिम टुडेबाट
बलात्कारपछि फरार पूर्वडीएसपी खिउजू पक्राउ
काठमाडौंः यौनहिंसाको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजूलाई पक्राउ गरिएको छ । उनलाई महानगरिय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार पूर्वडिएसपी खिउजूलाई आज बेलुकी ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिइएको हो । ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पूर्जी जारी गरेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप छ। २०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए। सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन् । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् । त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ ।
बलात्कार प्रयास गरेको आरोपमा नेकपा सांसद पक्राउ
धनगढीः बलात्कार प्रयास गरेको आरोपमा नेकपा एक सांसद पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाउँदै फागुन १४ गते रावलविरुद्व उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे । रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बाचित नेकपाका सांसदका साथै संसदीय दलका सचेतक हुन् । रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको र आफूलाई फसाइएको जिकिर गरेका छन् । यसअघि नेकपाबाट निर्बाचित सांसद तथा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासंगको अनैतिक सम्बन्धका कारण मन्त्रीबाट बर्खास्त भएका थिए ।
कारोनाः कांग्रेसका सम्पूर्ण कार्यक्रम स्थगित
काठमाडौंः विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोबिड १९)लाई दृष्टिगत गरेर नेपाली कांग्रेसले सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । कांग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम बुधबारदेखि स्थगित गरिएको जानकारी दिए । कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले कोरोना जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न अपिल गरेको छ । साथै, त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र स्थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।
हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे
खलङ्गाः कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि खटाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्लाको अवस्थाको वारेमा वुझ्नका टोली खटाएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्ने सूचना पाएपछि चिकित्सकीय टोली खटाईएको निर्देशक रावलले बताए । उनका अनुसार प्रतिष्ठानका डा. अशोक गौतम सहितको तीन जनाको टोली खटाईएको छ । चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट गाउँपालिका ३ लिमाटाङ्का एक लामा थरका व्यक्तिलाई कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि प्रतिष्ठानले त्यहाँ चिकित्सक टोली खटाएको हो । यसैगरी कर्णाली प्रदेश सरकारले भिन्नै कोरोना रोगथाम डेक्स राख्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको अवस्था के छ ? अस्पतालले जारी गर्यो विज्ञप्ति
काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रत्यारोपण गरिएको मिगौलाले समेत काम गन लागेको जानकारी दिएका छन् । सम्बन्धित समाचारः प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो प्रधानमन्त्रीको होस खुल्यो, आईसियूमा राखियो
प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् । ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको छ । प्रधानमन्त्रीले पिशाव पनि फेरेका छन् । नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ । शल्यक्रियामा संलग्न चिकित्सकहरूका अनुसार अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिनेछ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने चिकित्सकहरू बताउँछन् । यसबारेमा त्रिवि शिक्षण अस्पतालले साढे चार बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने जनाएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । त्यसका लागि उनको देव्रे मिर्गौला निकालिएको थियो । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली, युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले गरेको हो । त्यसमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी छन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वकृति लिएका थिए । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । त्यसका लागि उनको देव्रे मिर्गौला निकालिएको थियो । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली, युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले गरेको हो । त्यसमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी छन् । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वकृति लिएका थिए । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
काभ्रेमा बस दुर्घटना हुँदा ३० घाइते
काभ्रेः कोसीपारिमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउराली गाउँपालिका–९ गोठपानीमा दुर्घटना भएको हो । रामेछापबाट बनेपातर्फ आउने क्रममा चौरीदेउराली गाउँपालिकाको गोठपानीमा अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमारविक्रम थापाले जानकारी दिए । धुलिखेल अस्पताल ल्याइएको छ ।
सुर्खेतमा जिप दुुर्घटनाः तीनको मृत्युु, चार गम्भीर घाइते
सुर्खेतः सुुर्खेतमा यात्रु वाहक जिप दुुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको छ । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना हुुँदा तीन जनाको मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचारका लागि वीरेन्द्रनगर ल्याएको प्रहरीले जनाएको छ । जिपमा सात जना सवार रहेका थिए । कार्यालयका डिएसपी रबि रावलले जिप सडकबाट करिब चारसय मिटर तल खसेको जानकारी दिए । जिप अनियन्त्रित भइ दुुर्घटना भएको हो । अहिलेसम्म मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । फाइल फोटो

