विप्लव नेतृत्वको नेकपाका २ जना केन्द्रीय सदस्य पक्राउ
रोल्पा, बैशाख ०७ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो । यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ । उज्यालोबाट साभार
विप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य राई भन्छनः ‘वार्ताको विकल्प छैन’
काठमाडौं बैशाख ०६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ ले सरकार र विद्रोही पक्षबीच वार्ताको तत्काल विकल्प नरहेको बताएका छन् । नेता राईले एउटा कम्युनिस्ट पार्टीले अर्कोलाई निषेध र प्रतिकार गर्ने कुराले अन्ततः कम्युनिस्ट पार्टी र आन्दोलनलाई नै समाप्त पार्ने धारणा राखे । पोलिटब्युरो सदस्य पदम राईसँग झिल्को डट कमले गरेको संक्षिप्त कुराकानी एउटा कम्युनिस्ट पार्टी सरकारमा छ अर्को यो राज्यसत्तालाई नै उल्ट्याउने भन्दै हतियारबन्द आन्दोलनमा छ । कस्तो अप्ठ्यारो स्थिति हो कि ? त्यही त । यो विडम्बनापूर्ण स्थिति हो । निषेध र प्रतिवादको राजनीतिले देश र जनताको हित गर्दैन । सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाएको छ । विप्लव नेतृत्वको पार्टीले पनि सशस्त्र संघर्षलाई तीब्र बनाएको छ । यसले कुन ठाउँमा पुर्याउला ? दुवै पक्षलाई कमजोर बनाउँछ । जनताले त विप्लव नेतृत्वको पार्टी पनि कम्युनिस्ट पार्टी र यो सरकारको नेतृत्व गरेको पार्टी पनि कम्युनिस्ट पार्टी नै भनेर बुझ्ने गरेका छन् । दुइटा कम्युनिस्ट पार्टी भिड्दा त कम्युनिस्ट भनेका त कस्ता नमिल्ने रहेछन भन्ने हुन्छ । देशमा कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार छ । देश र जनताको पक्षमा अझै जीवनलाई उत्सर्ग गर्नुपर्छ भने पनि गर्ने ऊर्जाशील शक्ति सडकमा प्रतिरोध संघर्षमा छ । किरणको नेतृत्वको पार्टी फरक ढंगले संघर्ष गरिरहेको छ । नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंहको नेतृत्वको पार्टी पनि संघर्ष गरिरहेको छ । स्थापनाकालदेखि कम्युनिस्ट पार्टीले गरेका प्रतिबद्धतालाई एक ठाउँमा बसेर समाधान गर्नका लागि पहल गर्नुपर्ने बेलामा निषेध र प्रतिकारको लडाईंले कहाँ पुर्याउँछ रु यसमा अब घोत्लिनु पर्दैन ? विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई अहिले सरकारले प्रतिबन्ध लगाएको छ । विप्लव पक्षले पनि कडा प्रतिरोध गरिरहेको बेलामा तपाईंले वार्ताको सम्भावना देख्नुहुन्छ ? यी दुईबीच वार्ताको विकल्प नै छैन । सरकारले ढोकामा बन्दुक राखेर, आतंककारी भनेर वार्तामा आइज भन्ने र विद्रोही पक्षले पनि वार्ताको निरपेक्ष विरोध गर्ने कुरा सही होइन । सरकार बढी जिम्मेवार हुनुपर्छ । कम्युनिस्ट नेतृत्वको सरकारले हिजो आफैंले उठाएका अजेण्डाको कार्यान्वयनका लागि लागेको अर्को कम्युनिस्ट पार्टीलाई सिध्याउँछु भनेर लाग्नु हुँदैन । विद्रोही पक्षले पनि आफ्ना अजेण्डालाई जनताका बीचमा लानुपर्छ । निरपेक्ष सशस्त्र संघर्षको नीतिलाई अङ्गालिराख्नु हुँदैन । यतिवेला देशमा द्वन्द्व भड्किदा धेरै ठूलो क्षति पुग्छ । २००६ सालमा स्थापना भएर निरन्तर ७० वर्ष लडेर नेपाली जनताको विश्वास प्राप्त गरेका कम्युनिस्टहरुले आफ्नो अजेण्डाको कार्यान्वयन गर्ने बेलामा आपसमा लडेर आफै सिद्धिने कार्य गर्नु हुँदैन । त्यसैले सरकार र विद्रोही पक्ष संयम र धैर्य भएर लाग्नुपर्छ । यसबारेमा पार्टीमा कुरा हुँदैन ? भई नै रहेको छ । सरकारले लड्न खोजेको हो भने देखाइदिने हो, आत्मसमर्पण गर्नुभन्दा बरु लडेर खरानी हुने हो, खरानीबाट फेरि अर्को विद्रोह जन्मन्छ भन्ने कतिपय साथीहरुको धारणा छ । मेरो भनाइ यसरी सोंच्नु भएन भन्ने हो । यसैमा छलफल भइरहेको छ । हामीले दश वर्ष सशस्त्र संघर्षको नेतृत्व गरेकै हो । हामीले के कमायौं के गुमायौं रु यसको समीक्षा नगरी सार्थक निश्कर्षमा पुग्न सम्भव छैन । भलै केही समय संघर्षलाई निरन्तरता दिउँला, राम्रै पनि बन्ला तर जित्ने अवस्था छैन । विगतको सशस्त्र संघर्षले धेरै प्राप्त गरेको होइन र ? राजनीतिक रुपमा केही उपलब्धि भएको हो । तर, आमजनताको जीवनमा हामीले कहाँ नेर सुधार ल्यायौं त रु यसबारेमा अलग्गै बहसमा जान सकिन्छ, मैले भने हामी नेपालमा क्रियाशील विभिन्न घटकका कम्युनिस्टहरुले जुन जुन बाटो लियौं त्यसका सकारात्मक, नकारात्मक पक्षहरु छन्, सबै बसेर समीक्षा गरेर देश र जनताको पक्षमा काम गरौं ! समाजवादी अवधारणालाई मान्ने कम्युनिष्ट वाहेकका पक्षलाई पनि सहकार्यका लागि हात बढाऔं ! विप्लव नेतृत्वको माओवादीलाई मूलधारको राजनीतिमा आउनका लागि सरकारले बोलाएकै छ त ? मिलेर जान सकिदैंन ? मूलधार केलाई भन्ने ? कम्युनिस्ट भनेको साम्यवाद होला । अहिलेको नेपालको प्रणाली भनेको संसदीय हो । यो कसरी कम्युनिस्टको मूलधार हुनसक्छ ? प्रचण्डसहितका एकथरि नेतालाई मूलधारमा ल्याइयो भनियो तर सबै खोईं आए ? विप्लव वाहिर छन् । किरण वाहिर नै छन् । भोलि विप्लवको नेतृत्वलाई अहिले भनिएको मूल धारमा ल्याइएला अर्का विप्लव खडा हुन्छन । यसको दीर्घकालीन हल खोजिनुपर्यो भन्ने मेरो कुरा हो । मैले अघि नै भने विभिन्न घटकहरु एक ठाउँमा बसौं, नेपाल र नेपालीलाई केन्द्रमा राखेर समग्र विश्व र नेपालको ७० वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढौं ! यसमा किरण, नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंह र यसमा डा। बाबुराम भट्टराईसहित हामी बसेर दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढौं ! हामीले सशस्त्र संघर्षको नेतृत्व गरेर आयौं दश वर्ष । बलिदानीपूर्ण संघर्ष गरे पनि हेर्नुस न आज एकथरि नेता अर्कै वर्गमा पुगेका छन् । साम्यवादमा पुग्ने लक्ष्य लिएर १७ हजारको बलिदान भएकोमा सहयोद्धालाई समेत न्याय दिन सकेका छैनौं । एकथरि नेता तथा कार्यकर्ताहरु नै आज चरम आर्थिक संकटमा छन् । आम जनतालाई न्याय दिने कुरा धेरै टाढाको कुरा । अनि संसदीय प्रक्रियाबाट मुक्ति दिने भन्ने नेताले पनि आमजनतालाई के गरे खोई ? कतिपय नेता तथा कार्यकर्ता गैरकानुनी घोटालामा परेको देखियो । नेपाली जनताले कम्युनिस्टलाई अगाध माया गरेका छन्, फरक फरक कोण र विश्लेषणमा हामी विभिन्न भङ्गालामा बाँडिएका छौं, सक्छौं एउटै धार बनाएर जाऔं नसके पनि एउटा योजना बनाएर देश र जनताको पक्षमा लागौं ! निषेध र प्रतिरोधको बाटोमा नलागौं १ ७० वर्ष लागेर निर्माण गरेको, जनताले अगाध विश्वास लिएको यो शक्ति हाम्रै पालामा तासको घर जस्तै ढल्नसक्छ । अहिले सरकारले हाम्रो पार्टीलाई निषेध गर्ने र हामीले पनि यसका विरुद्ध प्रतिवाद गर्ने कुराले अन्ततः कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्छ । तत्काल दुई पक्ष वार्तामा बस्नुपर्छ र देश र जनताको पक्षमा सहकार्य गरेर अगाडि बढ्नुको अहिले विकल्प छैन । झिल्कोबाट
विप्लवका बडिगार्ड भुजेललाई रिहा गर्न सर्वोच्चकाे अादेश
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता सुर्य बहादुर भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रबार बन्दिप्रत्यक्षिकरण आदेश जारी गरेको हो । भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो । भुजेलका तर्फबाट पितकुमारी भुजेलले बन्दिप्रत्यक्षिकरणको मुद्धा दर्ता गराएकी थिइन् । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो । भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए
फ्रान्ससँग दौत्य सम्बन्धको ७० वर्ष पुग्यो, दूतावासद्वारा भव्य कार्यक्रमको आयोजना गरिने
काठमाडौं । नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा दूतावासले कार्यक्रमको आयोजना गरेको छ । दूतावासका तर्फबाट प्रदान गरिएको जानकारी अनुसार, कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको विशेष उपस्थिति रहने छ । यसैगरी फ्रान्सका लागि सदभावना दूत रहेकी मिस नेपाल श्रृंखला खतिवडा समेत कार्यक्रममा सहभागी हुने दूतावासले जनाएको छ । राजधानीमा भोली शनिवार आयोजित कार्यक्रममा सेलिस्ट फ्रयान्क बर्नेडे, बिदुर राजकर्णिकार र सन्तोष भक्त श्रेष्ठको सांगितिक प्रस्तुती रहने छ । फ्रान्सले नेपालको मानवीय विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ । दुबै देशबीच २० अप्रिल २०४९ मा सम्बन्ध स्थापना भएको थियो । Photo: alliancefrancaise
सर्वोच्चमा ५ न्यायाधीश नियुक्त
काठमडौं, बैशाख ०६ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् । बिहीबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरलाई शुक्रबार राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् । न्यायाधीश नियुक्त हुनेमा प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा। मनोजकुमार शर्मा रहेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीश सिफारिस भएका थिए । यीमध्ये रेग्मी र फुँयाल प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेका छन् ।
राप्रपाका झण्डै ४ दर्जन नेता/कार्यकर्ता पक्राउ
काठमाडौं, बैशाख ०६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्र पुनःस्थापनालगायत २२ बुँदे माग पूरा गराउन दबाब दिन जारी शान्तिपूर्ण जनसंघर्ष अन्तर्गत आज देशैभर आयोजित धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौं र विभिन्न जिल्लामा भएको प्रशासनिक दमन, धरपकड र नेता कार्यकर्ताको गिरफ्तारीप्रति राप्रपाले निन्दा एवं भत्सर्ना गरेको पार्टीका प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए । ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको उपभोग गरिरहेको राजनीतिक शक्तिलाई घेराबन्दी गर्ने, अन्धाधुन्ध लाठीचार्ज गर्ने, पक्राउ गर्ने कार्य लोकतन्त्रमा लज्जाको विषय हो,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ९४% ओमकार परिवारको आस्था र राष्ट्रिय पहिचानको रक्षा गर्दै धर्म निरपेक्षताको खारेजीको माग समेत गर्न पाउने तथा निर्वाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको प्रमुख श्रेष्ठले बताए । आज देशभर भएको प्रदर्शनको क्रममा काठमाडौंमा राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानू नगरकोटी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिव जनक फडेरा, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, जयबीर राउत, आशिष राउत, सूर्य बुढा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, महासचिव गुणराज राजभण्डारी, भक्तपुरका उपाध्यक्ष राममणि न्यौपाने, सिन्धुपाल्चोकका राजेन्द्र ढुंगेल, शिवराम नेपाल, शम्भु खनाल, राजन अधिकारी पक्राउ परेका छन् । यस्तै राप्रपाले पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशका ७७ वटै जिल्लामा धर्म निरपेक्षको व्यानर र पोष्टर जलाउने कार्यक्रम सम्पन्न भएको जनाएको छ । प्रहरीको दमनबाट रुपन्देहीमा पार्टी अध्यक्ष सागरप्रताप राणा घाईते भएका छन्, यसै गरी बर्दियामा ४ जना, चितवनमा जगदिश अधिकारी घाईते भएका छन् । कपिलवस्तुमा अध्यक्ष नारायण बहादुर सिंह, प्रेमनाथ शुक्ल, रवि गुप्ता, बाग्लुङमा केदार कँडेल, विष्णु सापकोटा, सञ्जय खड्का सहित ९ जना, जुम्लामा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, अध्यक्ष बेद बहादुर शाही, भवानी प्रसाद न्यौपाने, श्रीकृष्ण बुढा, अंगतप्रसाद देवकोटा, रतिमान बिष्ट, कल्क बहादुर महत, भैरव सिंह कुँवर, दान बहादुर अधिकारी, पूर्ण बहादुर खत्री, लाल बहादुर रावत र राज गिरी, उदयपुरमा राम बहादुर कटुवाल, कास्कीमा जिल्ला अध्यक्ष डा।महेन्द्र बहादुर कार्की, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सहसचिव अशिल कुमार शाही, केन्द्रीय सदस्य सिता खड्का, जिल्ला सदस्यहरु आत्मराम सुवेदी, कृष्ण कुमार तिवारी, अक्कलबहादुर भुजेल, नुर महमद, लेख बहादुर गुरुङलगायतका पार्टी सदस्यहरु अझैं प्रहरीको नियन्त्रणमा रहेका छन् । विज्ञप्तिको अन्त्यमा लेखिएको छ – शान्तिपूर्ण प्रदर्शनमा प्रशासनको धरपकडबाट गिरफ्तारीमा परेका राप्रपाका नेता, कार्यकर्तालाई अबिलम्व रिहाइ गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ । रातोपाटीबाट
घटना शंकास्पद भएपछि प्रहरीद्वारा घाटबाटै शव नियन्त्रण !
जलाउन घाट पु-याएको शव प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणबारे अनुसन्धान थालेकाे छ । अाज वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो । अन्जुका पति पन्नालाल फरार छन् । परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए । उनले शव जलाउन गैया घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको बताए । प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धान भइरहेको भन्दै कसैलाई पनि नियन्त्रणमा नलिएको दावी गरेको छ । अन्जुको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट
सरकार विरुद्ध आन्दोलन चर्काउछाैं : देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,” उनले भने । सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ । कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । “नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,” उनले भने । काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,” उनले भने । काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए । नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसङ्घ उत्रनुपर्ने बेला आएको उल्लेख गरे । नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे । रासस
सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष
काठमाडौं, वैशाख ६ । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौँ) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ। प्रतियोगीले देशैभरिका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनैपनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कला लगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान छ । गत जानवरी १ देखि शुरु भएको प्रतियोगिता ३१ मे २०१९ सम्म चल्नेछ । देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले काठमाडौँ, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी सातै प्रदेशका १६ ठाउँमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रमको आयोजनासमेत गरिसकेको छ । राष्ट्रियसभाका सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीइओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा हस्तान्तरण गरेका हुन् । सो अवसरमा सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समय सापेक्ष रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न सबैमा अपिल गरे । भ्रमण वर्ष २०२० का संयोजक वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यो अभियानसँग जोडिएकाले यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वि विल राइज फाउन्डेसनका अप्रेशन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउँको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभगिताले आफूहरु उत्साहित भएको बताए । सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ आँैं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले रु एक लाख नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले रु ५० हजार र तेस्रो हुनेले २५ हजारको पुरस्कारको पाउने छन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि रु एक लाखकै पुरस्कार पाउने आयोजकले जनाएको छ । साथै, उत्कृष्ट सम्पादन र लेखनले पनि रु २५र२५ हजारको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट रु दुई लाखको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् । कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका लागि फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत अनलाइन फारम भर्नुपर्ने हुन्छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत सङ्कलन गर्न सकिने छ । रासस
भीमदत्तले झिलमिला तालको गुरु योजना बनाउँदै
महेन्द्रनगर, बैशाख ६ । भीमदत्त नगरपालिकाले झिलमिला तालको व्यवस्थित पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा गुरुस योजना बनाउने भएको छ । गुरु योजना निर्माणका लागि यसवर्ष १५ लाख बजेट विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका वडा नं.९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मान्ने गरिएको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले तालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउन लागेका हुन् । नगर प्रमुख विष्टले तालको व्यवस्थित र योजनाबद्ध पर्यटन विकासका लागि गुरु योजना बनाउन लागिएको बताए । ‘तालको व्यवस्थित र योजनाबद्ध विकास तथा पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘यसवर्ष गुरुयोजना बनाउँछौ ।’ अव्यवस्थित पूर्वाधार निर्माणले तालको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वलाई आँच आउने भएकाले योजनाबद्ध विकासका लागि गुरु योजना आवश्यक भएको उनले जनाए । ‘ताल क्षेत्र वरिपरि पूर्वाधार नबनाउँदा राम्रो छ, तल ताराकोट वा आशपास क्षेत्रमा संरचना बनाएर जानु पर्छ’ उनले भने, ‘कुन संरचना कहाँ बनाउने हो, कुन ठाउँमा पूर्वाधार बनाउने हो, सबै कुराको यकिन गुरु योजनामा हुन्छ’ उनले भने । भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिएका छन् । भ्रमण वर्षलाई मध्यनजर गरी गत महिना शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । अहिले सवारीबाट झिलमिला तालसम्म पुग्ने गरी बाटो निर्माण गरिएको छ । मटेनाबाट ताराकोटसम्म सवारी प्रयोग गरी पुग्न सकिन्छ । ताराकोटबाट पदमार्ग भएर ९ मिटर दुरी पार गरी तालमा पुग्न सकिन्छ । मटेनाबाट चार किलोमिटर पक्की र बाँकी सडकको ट्रयाक खोलिएको छ । नगर प्रमुख विष्टले आगामी वर्षमा ताराकोटसम्म पक्की बाटो पुग्ने बताए । तारकोटसम्म सडक निर्माण भएपछि दैनिकरुपमा एक सय हाराहारीमा दर्शनार्थी पर्यटक ताल क्षेत्रमा पुग्ने गरेको भीनपा वडा नं.९ का अध्यक्ष राम नाथले बताए । १८ मिटर गहिरो तालको दैनिक रङ्ग फेरिने, चारैतिर घना जङ्गल भएर पनि तालमा पात नदेखिने, पानी सधैं एक नाशको रहने तथा माछाको । स्थिर आकारका कारण अचम्मको मान्ने गरिएको छ । ब्रह्मदेबबाट झिलमिलातालसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिनाअघि पूर्व उद्योगमन्त्री कर्ण थापाले नेताहरु सहित तालको अवलोकन भ्रमण गरेका थिए ।
‘सेनाभित्र बढ्दो सदाचारको क्षयीकरणले सेनामा ‘माइक्रो–म्यानेज्ड’को अवस्था सिर्जना हुनसक्छ’: प्रधानसेनापति
काठमाडौं, वैशाख ६ । नेपाली सेनाका प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापाले सेनाभित्र बढ्दो आचारसंहिता क्षयीकरणले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप बढ्न गई ‘माइक्रो म्यानेज्ड’ हुनसक्ने अवस्था सिर्जना हुनेतर्फ इङ्गित गरेका छन् । ‘सेनाभित्र अनुशासन र आचरण सम्बन्धि विषयले छुट हुने अवस्थाका कारण संस्थाको छवि क्रमश क्षयीकरण हुँदै जाने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने बारे हामी सबै सजग हुने पर्छ । यसले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप एवम् ‘माइक्रो–म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुन सक्छ’ उनले भने । प्रधानसेनापति थापाले ‘सैनिक आचरण संहिता संग्रह–२०७६ जारी गर्दै जंगी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् । ‘हामी चेन अफ कमाण्डको मूल्य मान्यता र दायरभित्र बसेका छौं वा छौनौं आफैले आफैलाई मुल्यांकन गरौं । अब म त्यो दायरमा नबस्नेलाई छुट दिने मुडमा छैन । नेपाली सेनाका सकल दर्जाले आफ्नो जिम्मेवारी र आचरणप्रति सतर्क, सजक रहनुपर्ने छ । अन्यथा जो कोही कडा कारवाहीको दायराभित्र आउनु पर्न सक्छ’– उनले भने । ‘साँच्चै भन्ने हो भने आचारसंहिता मनाउनुपर्ने संस्था नेपाली सेना हो या होइन, नेपाली सेना आफैले सैनिक आचार संहिता मनाउनु पर्ने विषयलाई म विडम्बनापूर्ण र गम्भीर रुपमा समेत मैले लिएको छु । विगतमा राम्रो आचारसंहिता पालन गर्न सकेनौं । त्यसैले आज हामी आचार संहिता दिवस मनाउन यहाँ उपस्थित भएका छौँ । हामीले अहिले आफैले आफैलाई सुधार गर्नु पर्ने बेला आएको छ भन्ने समेत यसले अंकित गर्दछ। अहिले हामीले सुधार गरेनौं भने कहिल्यौ सुधार हुने छैनौं । मैले भन्न खोजेको कुरा र संकेत तपाईंहरुले बुझ्नुभयो होला भन्ने मैले विश्वास लिएको छु’– प्रधानसेनापति थापाले भने । ‘नेपाली सेना जस्तो संगठनमा अब ‘माथिको आदेश र माथिलाई बुझाउनुपर्छ’ भनेर रकम उठाउने छुट कसैलाई हुँदै र हुनेछैन । माथि बुझाउनुपर्छ भनेर बुझ्ने र बुझाउनेहरुलाई पनि अब कारवाही हुन्छ म त्यस्ताहरुका लागि पनि केही प्रमाण खोज्दै छु र प्रयास गर्दै छु । तर म एक्लैले प्रमाण जुटाउन सक्दिन त्यसमा तपाईंहरुको साथ, सहयोग र लगनशिलता आवश्यक छ’– उनले भने । उत्कृष्ट सैनिक अनुशासन र आचरणसहितको सैनिक आचरणको विकास गर्नका लागि यसै वर्षबाट प्रत्येक वर्षको पहिलो महिनाको पहिलो हप्तालाई आचारसंहिता सप्ताहको रुपमा सचेतना अभियान संचलान गरिने बताइएको छ । यस संहिता स्वदेश तथा विदेश र नेपालस्थित सबै युनिट फोर्मेसनहरुमा शुक्रबारबाटै लागू हुने छ ।
सरकारले काम गर्न सकेनः सभापति देउवा
काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौंले शुक्रबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,’ उनले भने । सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ । कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले कुरामात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए । ‘नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ उनले भने । काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,’ उनले भने । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्रभागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए । नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसंघ उत्रनुपर्ने बेला आएको उल्लेख गरे । नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे । रासस
७ वर्षमा यी ४ एयरलाइन्सको हालत विजय माल्याको किङफिशरजस्तै भयो
काठमाडौं, बैशाख ०४ । आर्थिक संकटसँग जुधिरहेको एयरलाइन्स जेट एयरवेजको सबै विमान सेवा अस्थायी रुपमा बन्द भएको छ । जेट एयरवेजको यस्तो अवस्था देखेर सबैलाई विजय माल्याको एयरलाइन्स किङफिशरको याद आइरहेको छ । सात वर्षअघि सन् २०१२ अक्टोबरमा ऋणमा डुबेको किङफिशरले पनि सबै विमान सेवा बन्द गरेको थियो । यस्तो अवस्थामा जेट एयरवेजको हालत पनि किङफिशरको जस्तै भएको बताइएको छ । यद्यपि किङफिशरबाहेक बितेको सात वर्षमा अन्य ४ वटा एयरलाइन्स कम्पनी पनि बन्द भइसकेका छन् । किङ्गफिशर भारतीय व्यापारी विजय माल्याको किङफिशरले सन् २०१२ मा आफ्नो कारोबार बन्द गरेको थियो । बन्द हुनुभन्दा झण्डै १० वर्षअघि सुरु भएको किङफिशर एयरलाइन्स लगातार कर्जा डुबिरहेको थियो । माल्यामाथि बैंकको ९ हजार करोड रुपैयाँ बक्यौता बाँकी छ । माल्या अहिले भागिरहेका छन् । जूम एयर घरेलु एयरलाइन्स जूम एयरको अस्तित्व सन् २०१३ मा देखिएको भए पनि यसले सन् २०१७ मा मात्रै पहिलो उडान भरेको थियो । जूम एयरले सुरुमा दिल्ली, कोलकत्ता, मुम्बई र हैदराबादजस्ता राजधानीमा सेवा दिने बताएको थियो । तर केही दिनमा नै नगर विमानन नियामक (डीजीसीए) ले जूम एयरलाई सुरक्षाको नियम उल्लंघन गरेको दोषी ठहर गरेको थियो । एयर कार्निभल सीएमसी समूहको एयरलाइन्स एयर कार्निभलले पहिलो उडान सन् २०१६ मा गरेको थियो । सुरुवाती महिनामा यो एयरलाइन्सले दक्षिण भारतमा आफ्नो सेवा विस्तार गरेको थियो । पछि कर्जामा डुबेपछि सन् २०१७ मा यो एयरलाइन्स पनि बन्द भयो । एयर कोस्टा क्षेत्रीय एयरलाइन्स कम्पनी एयर कोस्टाले दक्षिण भारतीय क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको थियो । सन् २०१३ मा मात्रै आफ्नो सेवा विस्तार गरेको एयरलाइन्सले भारतीय कारोबार कम्पनी एलईपीएल समूहको नियन्त्रणमा थियो । वित्तीय संकट उत्पन्न भए पछि कम्पनी आफ्नो कारोबार मात्र समेट्न बाध्य भयो । एयर पेगसास बेंग्लोरको एयरलाइन्स एयर पेगसासले सन् २०१५ अप्रिलबाट हवाई सेवा सुरु गरेको थियो । तर सञ्चालनमा आएको एक वर्षमा नै यो एयरलाइन्स दौडबाट बाहिरियो । डेकोर एभिएशनको सब्डरी कम्पनीबाट सञ्चालनमा आएको यो एयरलाइन्स पछि कर्जामा डुब्यो । यो खबर उज्यालो अनलाइनबाट लिइएको हो ।
१० वटा भरुवा बन्दुक बरामद
ताप्लेजुङ, बैशाख ०५ । प्रहरीले एकैदिन ताप्लेजुङमा १० वटा भरुवा बन्दुक वरामद गरेको छ। बुधवार जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीवाट खटिएको प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो। प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाका अनुसार प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका १ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ वटा, प्रहरीचौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका १ जंगलमा लुकाई राखेको १ थान, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फुलवारीस्थित ओडारे जंगलबाट २ थान, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले श्रीजंगा गाउँपालिका ३ कुन्जरीमा लुकाई राखेको ३ थान भरुवा बन्दुक वरामद गरेको हो। यस्तै श्रीजंगा गाउँपालिका सिकैचा बस्ने ४० वर्षीय तुलाराम काङबाङले १ थान लाइसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको डिएसपी थापाले जनाए। चैत्र १ गतेबाट सुरु गरेको अवैध हातहतियार संकलन अभियान अन्तर्गत एक महिनामा नै ५० वटा भन्दा वढी हतियार प्रहरीले संकलन गरेको छ। अभियान वैशाख ६ गते शनिबार सकिँदैछ। संकलन गरिएका हतियारमा अधिकांश अवैध रहेको प्रहरीको भनाई छ। केहीले भने स्वतः स्पूर्त रुपमा इजाजत लिएका हतियार पनि बुझाएका छन्। शुक्रबार राति १२ बजेसम्म कसैले अवैध रुपमा राखेको हतियार बुझाए कानुनी कारवाही नगरिने थापाको भनाई छ। बैशाख ६ गते राति १२ वजेदेखि अभियान सकिँदैछ। त्यतिन्जेलसम्म कसैले अवैध हतियार बुझाए कानुनी कारवाही हुँदैन। डिएसपी थापाले भने, यदि त्यो भन्दापछि अवैध रुपमा राखेको भेटिए कानुन वमोजिम कारवाही हुन्छ। जिल्लामा अवैध हतियारका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जाने गरेको घटना बाहिर आउन थालेपछि माघमा बसेको सर्वपक्षीय बैठकले गाउँघरमा भएका हतियारहरू संकलन गर्ने निर्णय गरेको थियो। हतियार संकलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार संकलन अभियानमा सहयोग गर्न आग्रह गरिएको थियो। स्थानीय तहसँग समन्वय र सहकार्य गरेर बन्दुकसहितका अवैध घरेलु हतियार संकलन अभियानलाई तीब्रता दिएको प्रहरी प्रमुख थापाको भनाई छ। यो समाचार थाहा खबरबाट लिइएको हो ।
विप्लव समूहको बन्दका कारण सुदूरपश्चिम ठप्प,कैलालीमा पाँच स्थानमा बम फेला
काठमाडौं, बैशाख ०५ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वानसंगै कैलालीका बिभिन्न स्थानमा शंकास्पद वस्तु राखेको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ । कैलालीको अत्तरीया, चौमाला, र राजीपुर, बौनिया, लम्की लगायतका ठाउमा बम राखिएको पाईएको प्रहरीले जनाएको छ । अत्तरीयाको गोदावरी रोडमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय गर्न सेनाको टोली घट्नास्थल तर्फगएको छ । त्यस्तै कैलालीको मसुरीया र लम्कीमा बम राखिएको स्थानमा समेत सेना परिचालन भएको छ । बिप्लव समूहको बन्दका कारण सुदूर पश्चिमको जनजीवन प्रभावित भएको छ । नौ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधनहरु चल्न सकेकाछैनन । बजारहरु पनिपूर्ण रुपमा बन्द छन् । बन्द आह्वानको प्रभाव शैक्षिक संस्थाहरुमा समेत परेको छ । कलकारखाना, उद्योगधन्दा पनि बन्द आह्वानबाट प्रभावित भएका छन् ।
कसले दियो वाइसिएल इन्चार्ज दीपशिखालाई ज्यान मार्ने धम्की ?
काठमाडाैं । युवा कम्युनिष्ट लिगका अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की दिइएको छ । साउदी अरबको एउटा नम्बरबाट बारम्बार फोन गरेर ज्यान मार्ने धम्की दिएको दिपशिखाले फेसबुकमार्फत उल्लेख गरेका छन् । बाट इमोमा फोन गरेर आफू रवि लामिछानेको समर्थक भएको भन्दै वाइसिएल अध्यक्ष दिपशिखालाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की आउने गरेको वाइसिएल महासचिव सुबोध सेर्पालीले जनाएका छन् । साउदी अरबबाट फोन गरेर दिपशिखालाई सागर हिन्दु नाम बताउने एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि वाइसिएलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । फेसबुकमा स्ट्याटस लेख्दै महासचिव सेर्पालीले संगठनको ध्यानाकर्षण भएको भन्दै हिम्मत भए खुला स्थानमा आउन समेत चेतावनी दिएका छन् । इमोमा रवि लामिछानेको फोटो र उनले चलाउने कार्यक्रमको फोटो राखेर धम्की आउन थालेपछि वाइसिएलले कारबाही गर्ने जनाएको छ । दिपशिखाको स्टाटस यस्तो छः यो +96650131833 नम्बरको इमोबाट १ जनाले मलाई बारम्बार मार्ने धम्की दिईरहेको छ । उसले आफु पत्रकार रवि लामिछानेको समर्थक भएको बताउने गरेको छ भने आफुलाई सागर हिन्दु नाम बताउने गरेको छ । कोही साथिहरुलाई यो नम्बर बारे जानकारी भए पाउँ ।

