मन्त्री पण्डित भन्छन्, ‘समायोजनमा नजाने कर्मचारी बर्खास्त हुन्छन्’
काठमाडौं, पुष २४ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्।
मन्त्री पण्डितले भने, ‘चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, कसैले जान्न भन्न पाउँदैन,’ जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ।’
स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापनः साझा जिम्मेवारी समृद्धिको पहिचा संघीयता, स्थानीय सरकार र प्रशासन विषयमा सञ्चारकर्मी र मन्त्री पण्डितबीच भएको अन्तक्रियामा उनले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्टसमेत पारे ।
मन्त्री पण्तिले भने, ‘२१ दिनको समय दिएका छौं, त्यो समयभित्र अनलाइनबाट अनिवार्य रुपमा फारम गर्नुपर्छ, समय एकदिन पनि लम्ब्याउन चाहदैनौं।’
उनले फारम नभर्ने कर्मचारीलाई पिआईएसमा भएको विवरणको आधारमा नागरिकताको प्रमाणपत्रको आधारमा खटाउने बताए। उनले अनुसाशनहिन र अराजक कर्मचारी देश नचाहिने बताए।
मन्त्री पण्डितले पुस मसान्तभित्र समायोजन सक्ने कुरा दोह्याएका छन्। उनले समायोजनका कर्मचारीको वृतिविकास ढाका खुला रहेको बताए।
प्रचण्ड भन्छन्, ‘ठुलै खिचातानी छ भन्ने नठान्नु, सबै दल मिलेर जाने सहमति भएको छ’
चितवन, पुस २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकमा बोल्दै विकास निर्माणमा सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उनले भने, “तपाईहरु के नठान्नुहोला भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।” प्रचण्डले भने, “राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।” जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उनले सुझाव दिए । अध्यक्ष प्रचण्डले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताए । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पुर्याउन लागिएको उनले बताए । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने प्राधिकरण प्रमुख ज्ञवालीले बताए । सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, रामलाल महतो, रीना गुरुङ्, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ति नगरपालिका प्रमुख प्रभा बराल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्, रत्ननगर नगरपालिका उपप्रमुख बिमला दुवाडी लगायतले बोलेका थिए ।
गाउँमा सडक पुगाउनका लागि सहयोग माग्दै मेयरलाई ज्ञापन पत्र
महेन्द्रनगर, पुष २४ । डडेल्धुराको परशुराम नगरपालिका–७ मलासका वासिन्दाले गाउँमा सडक पुगाउन सहयोगका लागि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई ज्ञापन बुझाएका छन् । मलासका युवा पदम बोहराको नेतृत्वमा स्थानीयले मटेनादेखि ताराकोटसम्म निर्माण भइ रहेको सडकलाई गैरीखान झिलमिला सडकसित जोड्न सहयोग मागेका छन् । नेपाल पत्रकार महासंघ डडेल्धुराका सचिव बोहराले सडक निर्माणले आवतजावत, कृषि प्रवद्र्धन हुने भएकाले सडक निर्माणका लागि सहयोग गर्न माग गरिएको बताए । ‘यो सडक निर्माणले धेरै फाइदा हुन्छ, त्यस कारण निर्माण क्रममा आउने वाधा अवरोध पन्छाउन नगर प्रमुखसित सहयोगको माग गरिएको हो’ उनले भने । धार्मिक, पर्यटकिय गन्तव्य चुनेपानीदेखि गैरीखान, मलास हुँदै झिलमिला ताराकोट खान जोडेर चक्रपथ बनाउने योजनाका साथ कार्य अघि सारिएको छ । नगर प्रमुख विष्टले दुबै स्थानीय तहलाई जोड्न सडक आवश्यक भएकाले आफूले सक्दो सहयोग गर्ने बताए । भीमदत्त र परशुराम नगरपालिकाबीच आपशी सहकार्यका लागि समभदारी यस अघि नै भई सकेको छ ।
विपक्षी पार्टीलाई भोट दिएको भन्दै महिलामाथि सामूहिक बलात्कार
काठमाडौं, पुस २४ । बंगलादेशको हालैको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको भन्दै एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित ७ जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गतहप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उम्मेद्वारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरेका हुन् । अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निष्कासित गरेको छ। पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबरजस्ती प्रवेश गरे । ती व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ती व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो । खबरहरुका अनुसार त्यस दिन ती महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिनलगायतले विपक्षी दलको उम्मेद्वारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ती महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो । जो मध्य राति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए । सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् । एजेन्सी
मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप मंगलबार सुरु
काठमाडौं, पुस २४ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो संस्करण धनगढीमा मंगलबार सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ र झापाको काँकडभिट्टा एएफसीबीच प्रतिस्पर्धा हुने छ । खेल धनगढी रंगशालमा दिउँसो साढे २ बजे सुरु हुने छ । नेपालसहित क्यामरुन र भारतका गरी १२ टोली सहभागी प्रतियोगिता माघ ५ गतेसम्म चल्ने छ । प्रतियोगिताको बिजेताले २१ तथा उप–विजेताले १० लाख रुपैयाँ हात पार्ने छन् । कान्तिपुरबाट
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त
काठमाडौं, पुस २४ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक रहेका थिए । उनले सोमबारकै दिन महाप्रबन्धक पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य मन्त्रालयले गत शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो । निगमको कार्यकारी निर्देशक छनौट तथा सिफारिश समितिले ५ जना मध्येबाट ३ जनाको नाम छनौट गरेर उद्योगमन्त्री मातृका यादवलाई पेश गरेको थियो । पौडेल चार्टर्ड एकाउन्टेन्ट पनि रहेका छन् । कान्तिपुरबाट
नेपालमा बाल याैन दुराचार गर्ने व्यक्ति क्यानाडामा पक्राऊ
बाल याैन दुराचारमा संलग्न भएको आरोपमा क्यानडामा ६२ वर्षीय पउल म्याकर्थीलाई पक्राउ गरिएको छ । उनी माथि क्यानडा बोर्डर सर्भिस एजेन्सीले अनुसन्धान गरिरहेको क्यानेडियन सञ्चार माध्यमले जनाएको छ । म्याकार्थी नेपालको एक बाल आश्रममा स्वयंमसेवकको रूपमा काम गरेर मध्य डिसेम्बरमा स्वदेश फर्केका थिए । याे समाचार कान्तिपुर दैनिकबाट लिइएको हाे ।क्यानेडियन प्रहरीले म्याकर्थीको यौन शोषणमा पर्नेहरू १६ वर्ष मुनिका ५ नेपाली बालक रहेको र उनीहरूको पहिचान खुलिसकेको समेत जनाएको छ । प्रहरीले शुक्रवार टोरन्टो पियर्सन ईन्टरनेशनल विमानस्थल हुँदै देश छोड्न लागेका म्याकर्थीलाई नियन्त्रणमा लिएको हो । शनिवार बिहान उनलाई ओट्वास्थित अदालतमा बयानका लागि उपस्थित गराइएको बताइएको छ । मङ्गलवार थप बयान लिइनेछ । उनको घरमा छापा मारेर बालबालिकाका नग्न तस्बिर र भिडियोहरू बरामद गरेको जनाइएको छ । क्यानेडियन सञ्चार माध्यमहरूले प्रहरी स्रोतलाई उद्धृत गर्दै उनले नेपालका १६ वर्षभन्दा मुनिका ५ बालकमाथि यौन दुराचार गरेको प्रमाणहरू भेटिएको जनाएको छ । म्याकर्थीमाथि बालबालिकाको अश्लील तस्बिर र भिडियो सङ्कलन गरेको आरोप समेत लागेको छ । प्रहरीले उनीमाथि विस्तृत अनुसन्धान गरिरहेको र थप अभियोगहरू लाग्ने सम्भावना रहेको जनाएको छ । क्यानडाको सिबिसी न्युजका अनुसार म्याकर्थी चाईल्ड हेभन ईन्टरनेशनल नामक गैरसरकारी संस्थाका दाता मध्येका एक हुन् । उक्त संस्थाले नेपाल, बङ्गलादेश, भारत र तिब्बतमा बालबालिकाका निम्ति आश्रयस्थल सञ्चालनमा ल्याएको छ । संस्थाको वेबसाइटमा संस्थाले सन् २००२ देखि नेपालमा काम गर्न थालेको र आश्रयमा दुई सय ३ बालबालिका र २२ महिला आश्रित रहेको जनाएको छ । यो संस्थाले ग्रिन तारा चाईल्ड हेभन स्कुलसमेत सञ्चालन गरेको संस्थाको वेबसाइटमा उल्लेख छ । बाल यौन दुराचारको आरोपमा क्यानडामा पक्राउ परेका पउल म्याकर्थी । तस्बिर : म्याकर्थीकै फेसबुक वालबाट । लामो समयदेखि म्याकर्थी अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्थामा कार्यरत थिए । केयर क्यानडा, वर्ल्ड युर्निभर्सिटी सर्भिस अफ क्यानडा र वर्ल्ड बैङ्क जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थामा काम गरेका पउलका पछिल्ला भ्रमणहरू भने नेपाल केन्द्रित देखिन्छ । क्यानेडियन प्रहरीका अनुसार म्याकर्थी अक्सर नेपाल आएका बेला चाईल्ड हेभनकै सेल्टरमा रहन्थे । तर प्रहरीले उनीबाट यौन दुराचार खेपेकाहरू सोही सेल्टरमा आश्रय लिइरहेका बालबालिका हुन कि होइनन् भन्नेबारे खुलाएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन स्रोतका अनुसार २०१७ मार्च यता मात्र म्याकर्थी चार पटक नेपाल आएर फर्केका छन् । २०१७ मार्च १२ मा नेपाल आएका म्याकर्थी तीन महिना बसेर जुन १३ मा फर्केको देखिन्छ । त्यस लगत्तै उनी सेप्टेम्बर २७ मा आएर ९४ दिन बसेर डिसेम्बर २९ मा फर्केमा थिए । सन् २०१८ को जनवरी १ मा नेपाल आएका म्याकर्थी ६ दिन बसेर जनवरी ८ मा फर्के । पछिल्लो पटक उनी मध्य डिसेम्बरमा फर्केका हुन् । क्यानडाको सिबिसी न्युजलाई चाईल्ड हेभन ईन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक बोनी क्याप्पसिजनले म्याकर्थी लामो समयदेखि संस्थाको दाता रहेको पुष्टि गरेका छन् । उनले सिबिसीसंग भनेका छन्, ‘हामीसँग रहँदा उनीमा कहिल्यै बाल यौन दुराचारीको जस्तो न व्यवहार देख्यौँ न त्यसको कुनै सङ्केत नै पायौँ । उनी त्यस्ता मान्छे होईनन कि भन्ने लाग्छ । म आशा गर्छु यो आरोप झुटो होस ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पछिल्ला वर्षहरूमा विदेशीबाट नेपालमा बाल यौन दुराचार भएका घट्नाहरु बढ्दै गएको छ । पछिल्ला दश महिनामा मात्रै ब्युरोले बाल यौन दुराचारको आरोपमा पाँच विदेशीलाई पक्राउ गरेको छ । ब्युरोले दायर गरेको मुद्दाकै आधारमा जिल्ला अदालत काठमाडौँले १९ मङ्सिरमा बाल यौन दुराचारको आरोपमा डच नागरिक पिट ह्यान भान तेरविस्गालाई सात वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो । ब्युरोले पक्राउ गरेका दुई फ्रेन्च, एक क्यानेडियन र एक जर्मन नागरिकको मुद्दा अदालतमा विचाराधीन छ ।
वडा सदस्यकै घर डाेजर लगाएर भत्काएपछि…
पोखरा, पुस २३ । पोखरा महानगरपालिकाले पोखरामा अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाइएका पोखरा महानगरपालिका वडा नम्बर–४ की वडासदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर–५, धारापानीका भरत लिगल र वडा नम्बर–५ मै पर्ने बुलौंदीखोलाको मापदन्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालै ढलान गरेको वडासदस्य परियारको एकतले घरको पिलरसहित घरको संरचना भत्काएको हो । डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ । परियारले डोजरको ‘बकेट’मासमेत बसेर घर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास सफल भएको थिएन ।
बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध
सिन्धुपाल्चोक, पुष २३ । सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ । इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँस्थित छापा मारेलगत्तै जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आश्रमस्थलभन्दा ३ सय मिटर पर गरेको उत्खननस्थल । शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सी विज्ञ सहितको प्रहरी टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा १५ फिट गहिरो शंकास्पद स्थान उत्खनन् गर्दा आठ वटा नुनको खोल र कोइलाको अवशेष बरामद गरेको थियो । शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सिक विज्ञसहितको टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा शंकास्पद स्थान उत्खनन गर्दा आठवटा नुनको खोल बरामद गरेको थियो। ‘त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ,’ इन्द्रावती गाउँपालिका बाडेगाउँका लक्ष्मण थापाले भने। पहिले पनि आश्रममा संघका सदस्य या अनुयायीबाहेक अरूलाई जान दिइएको थिएन। त्यहाँको गतिविधिबारे ध्यानमा बिघ्न पर्ने भन्दै जानकारी दिइन्थ्यो। बीचमा प्रहरीले अनुसन्धानमा राखेपछि आश्रमबाट कसैलाई आउन रोक लगाएको छ। तीनदिने अनुसन्धान सकेर पाएको नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ। ‘१५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला पर्यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने। फोरेन्सिक विज्ञले २० पाकेट नुन हालेर गलाइएको परीक्षणमा पुष्टि भए पनि मानवीय अवेशषचाहिँ फेला पार्न सकेको छैन। छापा मारेलगत्तै जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानलाई तीव्र पारेको उनले सुनाए। प्रहरीले दिनहुँ अनुयायीहरूसँग त्यसबेला भएका घटनाबारे सोधपुछ गरिरहेको छ। ३५ जनाबाट १४ जनामा सीमित टोडेबारी जंगलबीचको ८० रोपनी क्षेत्रफलमा आश्रमका नाममा ८ वटा टहरा छन्। त्यहाँ आहिले १४ अनुयायीमात्रै बस्छन्। ०७१ असोज ६ गते पहिलोपटक तपस्वी बम्जन सिन्धुपाल्चोक आएर भक्तहरूलाई भेटे। इन्द्रावती गापा ५ का केही भक्तले उनी बस्ने आश्रमका लागि ३० रोपनी जमिनको व्यवस्था गरे। इन्द्रावती गाउँपालिका बाडेगाउँस्थित टोडेबारीको ३० रोपनी क्षेत्रफलको उक्त आश्रम तपस्वी बम्जनकी श्रीमती दीपशिखाको नाममा छ। बोधी संघका केवल लामा, मणिक लामादेखि कमानसिंह लामालगायत ५ जनाले बम्जनको खानपान व्यवस्था गर्थे। हात्ती, घोडा, कुकुर, बिरालोजस्ता सबै जनावर आश्रमभित्र राखेर विभिन्न मैत्री पूजा हुने गरेको थियो। बीचमा भएको मैत्रीसंघ पूजापछि क्रमशः शिष्य हराउँदै जान थालेका थिए। ‘सुरुमा १ सय ५० ले बोधी तालिम लिएका थिए, ५० जना आश्रममा ध्यानरत रहन्थे। अहिले १४ जनामात्रै छन्,’ स्थानीय एक व्यक्तिले भने। स्थानीय स्रोतका अनुसार यहाँ मैत्री पूजा भएलगत्तै केही घटना घटेपछि पुराना आनी र अनुयायी भागेका हुन्। ‘त्यसैबेलाका पुराना अनुयायी सबै भागिसकेका छन्। यहाँ भूकम्पपछि आएका मात्रै छन्,’ एक स्थानीयले भने। छतमा ढुंगामुढा तपस्वी बम्जनको आश्रम व्यवस्थापन गरिरहेको बोधी श्रवण धर्म मैत्री संघका महात्मा गुरु गणेश लामाले शनिबारदेखि छतमा ढुंगामुढा हुन थालेको बताए। ‘रातमा त्रास देखाउने हिसाबमा जताततै टर्च बालेर छानामा जथाभावी ढुंगा प्रहार हुन्छ, रात परेलगत्तै हामी त्रसित बन्ने गर्छौं,’ उनले भने। उनले प्रहरी टोली गएलगत्तै छानामा ठूलो आवाज आउने गरी ढुंगाले हान्न थालेपछि त्रासदीपूर्ण वातावरण बनिरहेको प्रस्ट्याए। ‘यसबारे प्रहरीमा सूचना दिँदैछु, आखिर कसले गर्छ यस्तो ?’ उनले भने। कान्तिपुर दैनिकबाट
मन्त्रिपरिषद् बैठकः गुप्तचर विभागका प्रमुख रेग्मी बर्खास्त, नयाँ प्रमुखमा अधिकारी
काठमाडौं, पुष २३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई गुप्तचर विभागको प्रमुखबाट बर्खास्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा सरकारले रेग्मीलाई बर्खास्त गरेपछि नयाँ प्रमुखमा वरिष्ठ एआईजी गणेशराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार साँझै बरफबागस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । रेग्मी २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनेका थिए । बर्खास्त भएका रेग्मीको कार्यकाल अझै ५ महिना बाँकी थियो । यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि अधिकारीलाई गुप्तचर प्रमुख बनाउन खोजेका थिए । तर २०४४ सालमा सेवा प्रवेश गरेका वरिष्ठ एआईजी देवराज भट्टलाई पछि पार्दै २०४६ का ‘बेसिक’ रेग्मी प्रमुखमा बढुवा भएका थिए । यता नयाँ प्रमुख बनेका अधिकारीले एआईजीबाट अवकाश पाउन एक महिना मात्रै बाँकी थियो । सरकारले राष्ट्रिय अनुसन्धान विभागको तीन वर्षे सांगठानिक तथा व्यवस्थापन प्रतिवेदन पनि सोमबारकै मन्त्रिपरिषद्बाट पास गरेको छ ।
नेकपा अध्यक्ष प्रचण्ड भोलि चितवन जाँदै, यस्तो छ कार्य तालिका
काठमाडौं, पुष २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड भोलि चितवन जाने भएका छन् । आयोजना उद्घाटन एवं विभिन्न कार्यक्रममा सहभागिका लागि उनी चितवन जाने भएका हुन् । प्रचण्डको सचिवालयका अनुसार भोलि बिहान १०ः३० बजे उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाको जिल्लाको पुर्ननिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि हुने छन् । यस्तै, प्रचण्डले भोलि नै बिहान ११ बजे १२औं चितवन महोत्सवको उद्घाटन र दिउँसो १ बजे श्री किरण अमर जङ्ग गुरुङ मा. बि. को स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । कार्य तालिका १) जिल्लाको पुनःनिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि समय र स्थानः १०ः३० बजे, होटल रोयल सेन्चुरि नारायणगढ २) १२औं चितवन महोत्सवको उद्घाटन समय र स्थानः बिहान ११ बजे, नारायणी नदी किनार । ३) श्री किरण अमर जङ्ग गुरुङ मा. बि.को स्वर्ण महोत्सव उद्घाटन समय र स्थानः दिउँसो १ः३० बजे, किरणङ्गज ,भरतपुर- १९
रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौं, पुष २३ । टीकापुर हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । आज सर्वोच्च अदालतले चौधरीलाई थुनामै राख्ने गरी आदेश दिएको हो । २०७४ चैत १२ गते उच्च अदालत दिपायलको उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले आज आदेश दिएको हो । ‘उच्च अदालत दिपायलको मिति २०७४-१२-१२ को आदेश मनाशिव नै देखिएको हुँदा सो आदेशलाई पुनः परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतले दिएको आदेश सदर गर्दै दिपायल उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । थुनामै रहेका सांसद रेशम चौधरी सांसदको हैसियतमा रहने वा नरहने भन्ने अन्योलका बीच सर्वोच्चले यस्तो आदेश दिएको हो ।
जापान निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक होः परराष्ट्रमन्त्री
काठमाडौं, पुस २३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए । नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् । नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने अर्को महत्वपूर्ण परियोजना हो । कृषि तथा मत्स्यपालनमा पनि जापानले नेपाललाई सघाउ पुर्याउँदै आएको छ । मन्त्री ज्ञवालीले भने, “भ्रमण समयमा दुवै देशका लगानीकर्तासँग भएको छलफलमा नेपाल राजनीतिक स्थायित्व कायम भई लगानीको चरणमा प्रवेश गरेको र लगानीको वातावरण बनिरहेका बारेमा जानकारी गराएको छु ।” सन् १९८३ पछि अमेरिकी सरकारको निमन्त्रणामा विदेशमन्त्रीको हैसियतले भ्रमणका अवसर पाउनुलाई सुखद् क्षणका रुपमा लिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँ भएका विभिन्न भेटघाटमा अन्तरराष्ट्रिय, क्षेत्रीय र द्विपक्षीय हित र चासोका विषयमा गहन विचारविमर्श भएको जानकारी दिए । विगतमा नेपालबाट औलो उन्मूलन गर्ने कार्यमा विशेष योगदान पु¥याएको अमेरिकाले सहस्राब्दी विकास लक्ष्य पूरा गर्न सहयोग पुर्याउने सन्दर्भमा नेपालमा विद्युत् प्रसारण लाइन विस्तार र सडक पूर्वाधार निर्माणका लागि पाँच वर्ष अवधिमा खर्च गरिसक्ने गरी ५० करोड डलर सहयोगको घोषणा गरिसकेको छ । नेपालमा उत्पादित ७७ प्रकारका उत्पादनलाई अमेरिकाले पैठारी भन्सार छुटको व्यवस्था गर्दै आएको छ । ‘अमेरिकालगायत मुलुकका लगानीकर्तामा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ, यसलाई आर्थिक विकासमा कसरी लगाउन सकिन्छ भन्नेमा हामीबीच छलफल हुन आवश्यक छ”, मन्त्री ज्ञवालीले भने । पछिल्लो समय अमेरिका र नेपालबीच पर्यटक प्रवेशाज्ञामा आवतजावत गर्न नागरिका लागि प्रवेशाज्ञा शुल्कमा एकरुपता कायम गर्ने समझदारी भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको विद्युत् ग्रीड प्रयोग गरेर अन्य मुलुकमा पठाउन सकिने व्यवस्थाले दुई देशबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । पूर्ववर्ती सरकारले नियुक्त गरेकै कारण राजनीतिक आधारमा नभई कार्य जिम्मेवारी मूल्याङ्कनका आधारमा राजदूत फिर्ता बोलाउने निर्णय गरिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राजदूतको मुख्य जिम्मेवारी र प्राथमिकता भनेको लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार वृद्धि हो, त्यसका लागि आर्थिक कूटनीति हाम्रो प्राथमिकता हो भन्ने पक्षलाई राजदूतले बुझ्न आवश्यक छ ।” कूटनीतिक मर्यादा कायम गर्ने सन्दर्भमा विदेशीलाई बढ्ता पहुँच भएको हो कि भन्ने पाटोलाई हेक्का राखेर भेटघाटलाई व्यवस्थित तुल्याउन र कूटनीतिक मर्यादाभित्र रहेर मात्र भेटघाट हुनुपर्छ भन्ने मान्यता अघि बढाउने अभ्यास गर्न लागिएको उनले बताए । समितिले कूटनीतिक सम्बन्ध र राजदूत नियुक्तिका सम्बन्धमा मन्त्री ज्ञवालीसँग जानकारी लिएको थियो । रासस
भरतपुर महानगरमा पाकिस्तानी राजदूत, मेयर रेणु दाहालले गरिन् भव्य स्वागत
चितवन, पौष २३ । नेपालका लागि पाकिस्तानी राजदुत डा. मजर जाबेद लगायतको प्रतिनिधि मण्डललाई भरतपुर महानगरपालिकामा सोमबार स्वागत गरिएको छ । महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रदेश सांसद गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले प्रतिनिधि मण्डललाई स्वागत गरेका हुन् । कार्यक्रममा महानगर प्रमुख दाहालले नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदुत डा. मजर जाबेदलाई भरतपुर महानरपालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । नेपाल र पाकिस्तानकाबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र साँस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग आइरहेको जानकारी गराउँदै उनले आगामी दिनहरूमा पनि निरन्तरताको अपेक्षा रहेको बताए । आफ्नो सहयोगलाई निरन्तरता दिंदै पाकिस्तानी दुतावासले भरतपुर महानगरपालिकाभित्र रहेका नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरलाई सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापनार्थ सहयोग गरेकोमा राजदुत जाबेदलाई धन्यवाद व्यक्त गरिन् । उनले यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरको अधिकतम उपयोग गरी ज्ञान र सीप हासिल गर्न आग्रह गरिन् । महानगर प्रमुख दाहालले यस्ताखाले सहयोगले नेपाल र पाकिस्तानबीच कायम रहेको सुमधुर सम्बन्धलाई अझै जनस्तरमा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले पाकिस्तान सरकारको सहयोगमा भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेको भरतपुर आँखा अस्पताल देशकै नमुना अस्पतालको रूपमा संचालनमा रहेको बताइन् । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले यसको समुचित विकासको लागि योजनावद्ध ढंगले कार्यक्रमहरु अगाडि बढाइरहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका कामहरु भइरहेको बताइन् । पाकिस्तानी राजदुत डा. जाबेदले पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध कायम गर्न गर्नु भएको प्रस्तावले आफूलाई उत्साहित बनाएको महानगर प्रमुख दाहालले बताए । प्रमुख दाहालले मैत्री सम्बन्ध कायम गर्ने प्रकृयालाई अगाडि बढाउने बताइन् । प्रदेश सांसद गीता वाग्लेले राजदूतलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पाकिस्तानले नेपाललाई विगतदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । सो अवसरमा राजदुत लगायतको प्रतिधि मण्डललाई भरतपुर महानगरपालिकाको वर्तमान अवस्था र यसका सम्भावनाहरूको बारेमा जानकारी गराइएको थियो । राजदुत डा. मजर जाबेदले आफू र आफ्नो प्रतिनिधि मण्डललाई न्यानो आतिथ्यता दिएकोमा धन्यवाद दिँदै नेपाल पाकिस्तानको असल मित्र भएको बताए । डा. जाबेदले नेपाल र पाकिस्तानबीच मैत्री सम्बन्ध कायम भएसँगै पाकिस्तानी जनता र नेपाली जनताबीच अत्यन्तै हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए । डा. जाबेदले पाकिस्तान सरकारले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधि आदानप्रदानका कार्यक्रम अगाडि बढाउन लागेको बताउँदै यसले दुई देशको आपसी हितमा सहयोग गर्ने बताए । राजदुत जाबेदले नेपाल र पाकिस्तानको भौगोलिक अवस्था समेत मिल्दोजुल्दो रहेको बताउँदै नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरे । यसका लागि आफूले प्राथमिकताका आधारमा प्रकृया अगाडि बढाउने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य राखेकी थिइन् ।
बिप्लपका बाँके युवा संयोजक डोल्पामा पक्राउ
डोल्पा, पुष २३ । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् । बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडी जवरजस्ती चन्दा माग्दै हिडिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई शुलिगार्डस्थित शे फोक्सुण्डो राष्टिय निकुन्ज कार्यालयमा कर्मचारीलाई धम्क्याउदै चन्दा मागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बाँके कोहलपुर नगरपालिका ७ पिपेरीका १८ वर्षीय पहाडीलाई धम्की दिएको र एक सात दिनभित्र नेकपा (बिप्लब) को जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनी सहतिको पर्चा टास्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए। बिना कारण सरकारी कर्मचारी माथि डर, धाक र धम्कीदिने गरेको र प्रमाणसहित फेलापारेपछि पहाडीलाई सार्वजानिक कुसर ऐनअनुसार मुद्धा दर्ता गरिएको डिएसपी बिष्टले जानकारी दिए। उता शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतहरुले जडिबुटीको ब्यापारीहरुबाट कमिसन लिने गरेको प्रमाणहरु र पिडितको गुणासो आफू कहाँ आएका ले कारवाही गर्न पार्टी कार्यालय बोलाउन गएको अवस्थामा पहाडी पक्राउ गरिएको दाबी नेकपा (बिप्लब) का डोल्पा इन्चार्ज इन्द्र रोकायाले जानकारी दिए।
पैसा लिएर उत्तर पुस्तिका जाँच्ने २ लेक्चरर प्रहरीको फन्दामा
काठमाडौं, पुस २३ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ब्याचलर इन पब्लिक हेल्थको स्नातक तहको चौथो सेमेस्टरको उत्तर पुस्तिका आर्थिक लेनदेनका आधारमा जाचिएको तथ्य खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उत्तर पुस्तिका जाँच्ने लेक्चरर खेमराज शाहीले अर्का लेक्चरर अर्जुन भाटले विद्यार्थीसँग पैसा उठाएर कपी जाँचेको भन्दै पक्राउ गरेको छ । परिसरले आर्थिक लेनदेनका आधारमा नम्बर तय गरिएको यो मुद्दामाथि थप छानविन गर्न अनुसन्धानको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको छ। कीर्तिपुर नेशनल आर्युवेद रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा विशेषज्ञको हैसियतमा कार्यरत शाही काठमाडौं लिटिल एन्जल्स कलेज, भ्याली कलेज र एसियन कलेजको व्यवस्थापन संकायमा क्वान्टिटेटिभ टेक्निक्स पनि पढाउँथे। पूर्वाञ्चल विश्वविद्यालयसम्बद्ध कलेजहरुमा पढाउने भएका कारण उनले पब्लिक हेल्थको २ सय ९२ थान उत्तर पुस्तिका जाँच गर्ने जिम्मा पाएका थिए। शाहीले पूर्वाञ्चल विश्वविद्यालय सम्बद्ध कलेजहरुमा पढाउने साथी अर्जुन भाटलाई आफूले ल्याएका उत्तर पुस्तिका दिएर ती उत्तर पुस्तिका विद्यार्थी खोज्ने जिम्मा दिएका थिए। प्रहरीका अनुसार यी दुवैले मिलेमतोमा विद्यार्थी पहिचान गर्ने, उनीहरुसँग पैसाको बार्गेनिङ गर्ने र पैसा पाएपछि उत्तर पुस्तिकाको खाली भागमा उत्तरहरु थपेर विद्यार्थीलाई पास गराइदिने काम गर्थे। अनुसन्धानका क्रममा भाटले कपीको फोटो खिचेर विद्यार्थीहरुको पहिचान गर्दै भाइबारबाट पठाउँथे। अक्षर चिनेर विद्यार्थीहरुले आफ्नो कपी पहिचान गर्थे। त्यसपछि मात्रै उनीहरुबिच बार्गेनिङ सुरु हुन्थ्यो। अनुसन्धानका क्रममा प्रहरीले शाही र भाट दुवैको मोबाइल जफत गरेर मोबाइलमा भएका तस्बिर र सन्देशहरु जाँच गरेको थियो। उनीहरु दुवैको कल डिटेल हेर्दा विद्यार्थीसँग बारम्बार सम्पर्क भएको देखिन्छ। पैसा लिएर जाँचिएको कपी दुई साता भन्दा अघि नै जाँचेर पूर्वाञ्चल विश्वविद्यालय पठाइसकिएको थियो। प्रहरीले विश्वविद्यालयसँग समन्वय गरेर सिलबन्दी रहेका कपी झिकाएको थियो। प्रहरीले कपीका हेन्डराइटिङ जाँच गर्न प्रहरी प्रधान कार्यालयको फरेन्सिक डिर्पाटमेन्टमा पठाएको थियो। फरेन्सिक जाँचमा विधार्थीको सक्कली लेखन र उत्तर पुस्तिकाको पछिल्ला पानामा रहेको अक्षर फरक रहेको र ती अक्षरहरु फरक–फरक समयमा लेखिएको देखियो। प्रहरीका अनुसार पैसाको सोझो डिल गर्ने जिम्मा भाटले लिएका थिए। सुरुवाती अनुसन्धानका क्रममा उनीहरुकरिब २५ जना विद्यार्थीसँग रकम उठाएको देखिन्छ। अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार अघिल्लो वर्ष पनि उनीहरुले यसैगरी विद्यार्थीबाट पैसा लिएर नम्बर चढाएका थिए। प्रहरीले किर्तीपुरस्थित निवासबाट शाहीलाई नियन्त्रणमा लिएको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बयानका क्रममा शाहीले आरोप स्वीकार गरेको बताएका छन्। बोगटीले भने, ‘यो अख्तियारको अनुसन्धानको कार्यक्षेत्र भएकाले थप अनुसन्धानका निम्ती फाइल बुझाएका छौं।’ कान्तिपुर दैनिकबाट

