प्रदेशसभाको सपथ लिन गएका दीपक मनाङे फर्काइए
काठमाडौं, पुस २२ । मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रतिनिधिसभाको सपथ लिन नपाउने भएका छन् ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार शपथ गराउन नमिल्ने निष्कर्ष निकाले पछि उनको शपथ रोकिएको हो ।
आइतबार प्रदेशसभा सदस्यको सपथ लिन हेटौंडा पुगेका गुरुङ प्रदेशसभामा छिर्न पाएनन ।
सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले गुरुङलाई शपथ नराउने निर्णय गरिएको जानकारी दिए । राजीवलाई शपथ खुवाउने वा नखुवाउने भन्ने विषयमा सांसदहरुको फरकफरक मत छ ।
सभामुख अधिकारीले यसअघि शपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक डाकेका थिए । आइतबार बसेको बैठकमा पनि शपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।
सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।
मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।
यसअघि प्रतिनिधि सांसद रेशम चौथरीको शपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउने अनुमान धेरैको थियो । तर, सभामुख अधिकारीले गुरुङलाई शपथ नगराउने निष्कर्ष निकालेका हुन् ।
मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै राजीवले सर्वोच्चबाट थुनामुक्त हुने आदेश पाएका थिए ।
यसअघि उनलाई आजै प्रदेशसभा सदस्यको शपथ गराउने भनिएको थियो । सौर्यदैनिकबाट
राष्ट्रपतिले गल्ती गर्दैन, राष्ट्रपतिले गरेको काम मैले गरेको हुँ- प्रधानमन्त्री ओली
काठमाडौँ, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भन्ने संस्था सीमित अधिकारहरूको मात्र उपयोग गर्ने भएकाले राष्ट्रपतिले कुनै पनि कार्यकारी काम नगर्ने र यस्ता सबै काम सरकारले गरेको बुझिदिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा आफ्नो विशेष सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्रीले यस्तै प्रतिक्रिया अहिलेको प्रतिपक्ष सत्तामा रहँदा पूर्व राष्ट्रपतिको बारेमा समेत गर्ने गरेको स्मरण गर्दै यसो भनेका हुन् । प्रधानमन्त्रीले सरकारको काम कर्तव्य सम्बन्धी जानकारीमूलक वक्तव्यका क्रममा अब नेपालका राजमार्गहरू पहाडका टुप्पा-टुप्पाबाट नगई सिधै सुरुङ्गमार्गबाट जाने युगमा प्रवेश गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले यसो भनेका हुन् । बिहिबारको विशेष सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्नु रहेको बताए । अहिले देश ठुलो परिवर्तनपछिको नयाँब अवस्थामा रहेकाले यस वर्षलाई सरकारले राज्यको संरचना व्यवस्थापनको वर्षको रूपमा लिएको समेत बताए । संगीयाताको कार्यान्वयनकै लागि १६५ कानुन अध्यावधिक गरिएका र संघियता सम्बधी ५६ विधेयक र १०९ आइन् संशोधन गर्न बनेको केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयक समेत सदनमा पेस भएको प्रधानमन्त्रीले बताए । प्रतिपक्षीले सरकारलाई ‘रङ्गी-विरङ्गी’ प्रश्नहरू सोध्ने गरेको तर आफूलाई तर्क र बहसमा भन्दा पनि मुलुकको विकास र रुपान्तरणमा रुची रहेको प्रधन्मंत्रीकोजिकिर थियो । पानी जहाजको टिकट कहाँ पाउँछ भनेर सामाजिक संजालमा सोधिने गरेको व्यंगात्मक प्रश्नको ठट्यौलो पारामा जवाफ दिंदै प्रधानमन्त्रीले भने “कमसे कम साथीहरूले पत्याउन थाल्नु भएछ र टिकट काउन्टर खोज्न थाल्नु भएछ ।” प्रधानमन्त्रीले छिटै नेपाल पानीजहाज रजिष्ट्रार कार्यालय खुल्ने समेत बताए । त्यस्तै प्रधानमन्त्रीले गणतन्त्रका आधारभूत संस्थाहरूमा भैरहेका नियोजित आक्रमणहरू बारे सबैले सचेत हुनुपर्ने समेत बताए । राष्ट्रपतिमाथि गरिने आक्रमण गणतन्त्रमाथिकै हमलाको रूपमा आफूले बुझेको प्रधानमन्त्रीले बताए । उनले अहिलेको प्रतिपक्ष सत्तामा छँदा राष्ट्रपतिको बारेमा गर्नेगरेको कुरा नै आफूले दोहोर्याएको बताए । प्रहरी तालिम केन्द्र सार्ने निर्णय राजतन्त्रकै समयमा भैसकेको बताउँदै प्रधानमन्त्रीले त्यसबारे राष्ट्रपति कार्यालयलाई जोडेर हेर्नु संस्थाकै गरिमामाथिको आक्रमण रहेको समेत प्रधानमन्त्रीको भनाइ रहेको थियो । कुनै समय रक्तअल्पताको औषधि खाने सांसदलाई सुत्केरीको औषधि खाएको भन्ने हल्ला चलाइएको र त्यसै हल्लाकापछि लागेर माघ १९ जस्ता घटना आएको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्रीले सिंगो प्रणालीमाथि नै दोषारोपण हुने काम कसैले गर्न नहुने समेत बताए । प्रधानमन्त्रीले भने, “व्यक्ति आउने जाने हुन्छ, प्रणाली स्थायी हुन्छ ।”
जनताले अनुभूति गर्ने गाउँमुखि विकास हाम्राे लक्ष: मेयर रेणु दाहाल
चितवन, पुष २२ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको विकास गाउँ केन्द्रित हुनुपर्ने बताएकी छन् । पटिहानी आयुर्वेद औषधालय भवन शिलान्यास समारोहलाई आज आइतबार भरतपुर महानगरपालिका २२ मधुपुरीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेल लगायतका क्षेत्रमा विकासलाई प्रथमिकता दिएको बताउँदै महानगर प्रमुख दाहालले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गरिन् । उनले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र वडाध्यक्षहरु समेत खुशी भएकोमा धन्यवाद व्यक्त गरिन् । उनले आफू पनि गाउँकै भएकोले गाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गरिन् । साइड इफेक्ट नहुने स्वास्थ्य पद्धति आयुर्वेदको सेवा प्रवाह भरपर्दो भएकोले यसप्रति जनताको विश्वास बढेको उनको भनाइ थियो । ‘भरतपुर मेडिकल हब बनेको छ’ उनले भनिन्, ‘भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा पर्न सफल भएको छ । क्यान्सर अस्पतालले दक्षिण एसियास्तरीय सेवा दिएको छ । यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइने छ ।’ महानगर प्रमुख दाहालले रिङरोड, सडक, महिला महाविद्यालय, इन्जिनियरिङ कलेज, प्रहरी स्कुल, क्रिकेट रङ्गशाला, सिटी हल आदि योजनाले शहरलाई व्यवस्थित र गाउँलाई थप विकसित बनाउँदै लगेको बताइन् । भनपा २२, पटिहानी पदमपोखरीमा पटिहानी आयुर्वेदिक औषधालयको सुविधा सम्पन्न आयुर्वेदिक भवन नेपाल सरकारको एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ । आयुर्वेेदिक अस्पताल निर्माण कार्य सम्पन्न भएसंगै यस भेगका जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउने महानगरपालिका प्रमुख दाहालले विश्वास व्यक्त गरिन् । आफूले सिटी हल पश्चिम चितवनमा बनाउन कोशिस गरेको तर सिटीहल गाउँमा दैनिक कार्य सञ्चालनमा नहुने र आयसँग नजोडिने भएकोले शहरमा निर्माण गर्न लागिएको उनले बताए । भरतपुर महानगरपालिका देशकै केन्द्रीय भागमा भएकोले पनि यहाँ मेडिकल हब र शैक्षिक हब बनाउन लागिएको महानगर प्रमुख दाहालको भनाइ छ । स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार तयार गरिँदै लगिएको महानगर प्रमुख दाहालले बताइन् । उनले पश्चिम चितवनमै क्रिकेट रङ्गशाला, महिला प्राविधिक शिक्षालय, प्रहरी विद्यालय निर्माण गर्न लागिएको जानकारी गराइन् । पटिहानी आयुर्वेदिक औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी र वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले शुभकामना गरे ।
जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा
बागलुङ, पुष २२ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उहाँको प्राथमिक उपचार गरेको थियो । पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए । उनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ । पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौं आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् । नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने उनको सोच छ । जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उहाँले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए । ‘गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौं ।’ रासस
धुर्मुस–सुन्तलीको सल्लाहः रक्सी खाने पैसाले बीमा गर्नुस्
डोटी, पुष २२ । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गरे। ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भने, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरे । दोस्रो पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् । रासस
प्रतिबन्धित नोट साटिदिन भारतसँग आग्रह
नयाँदिल्ली, पुस २२ । सयभन्दा बढी दरका भारु नोटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको महिना दिन पनि नबित्दै त्यस्ता नोट सटही र प्रयोगका लागि सहज व्यवस्था गरिदिन नेपाल सरकारले भारतसमक्ष अनुरोध गरेको छ । २५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारु दुई सय,पाँच सय र दुई हजारका नोटको कारोबार नगर्न र नबोक्न सर्वसाधारणका नाममा सूचना जारी गर्ने निर्णयगरेको थियो । सरकारले नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोटहरूका लागि सटही, बोक्ने र पछि थुप्रिएको खण्डमा बुझाउन पाउने सुविधासहितको व्यवस्था गरिदिन भारतको रिर्जभ बैंक इन्डिया (आरबीआई) लाई अनुरोध गरेको हो । त्यसैगरी दुई वर्षअघि भारतले लगाएको नोटबन्दीका कारण प्रयोगविहीन बन्न पुगेका पुराना पाँच सय र एक हजार दरका भारु नोट साटिदिन पनि भारतलाई आग्रहगरिएको छ । यस सम्बन्धमा शुक्रबार नेपाल राष्ट्र बैंकले आरबीआईलाई औपचारिक पत्र पठाएको छ । राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले त्यसको पुष्टि गर्दै भने, ‘अर्थ मन्त्रालयको सल्लाहबमोजिम आरबीआईलाई प्रतिबन्धित पुराना भारु नोट र नयाँ नोटका सम्बन्धमा पत्राचार गरिएको छ ।’ भारत सरकारले दुई वर्षअघि लिएको नोटबन्दीको निर्णयका कारण नेपालमा वित्तीय क्षेत्र र सर्वसाधारणसँग रहेको ठूलो परिणामको भारु प्रयोगविहीन भएको थियो । नेपालीहरूसँग रहेको प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोटहरूको परिणाम यकिन नभए पनि नेपालको वित्तीय क्षेत्रसँग करिब पाँच करोड भारु रहेको राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ । अनौपचारिक रूपमा नेपालमा करिब दस अर्ब भारु मूल्य बराबर प्रतिबन्धित भारु नोट रहेको अनुमान छ । नोटबन्दीको दुई वर्ष बितिसक्दा समेत भारतले नेपाल सरकारको ढुकुटीमा रहेको भारुसमेत साट्न चासो देखाएको छैन । नेपाली पक्षले भारु सटहीका विषय सरकारी अधिकारीहरूदेखि उच्च राजनीतिक तहको भेटसम्ममा उठाउँदै आए पनि त्यसले अहिलेसम्म कुनै पनि निकास पाएको छैन । जबकि नोटबन्दीलगत्तै भारतले नेपालमा रहेको भारु साटिदिने प्रतिबद्धता जनाएको थियो । भारतले भुटानसँग भएको प्रतिबन्धित भारु भने साटिसकेको छ । सन् २०१६ मा नोटबन्दी लागू हुनुअघिसम्म नेपालमा पाँच सय र हजार दरका भारु नोटहरू पनि प्रयोगमा थिए । नोटबन्दीपछि ती नोटहरूमाथि प्रतिबन्ध लाग्यो भने नयाँ छापिएका नोटहरूका सम्बन्धमा भारतले नयाँ व्यवस्था गरेन । जबकि नयाँ भारु नोटका सम्बन्धमाा फरेन एक्सेचेन्ज म्यानेजमेन्ट एक्ट (फिमा) अन्तर्गत नयाँ सूचना (नोटिफिकेसन) जारी गर्नुपर्ने थियो । भारतले जारी गर्ने त्यही सूचनाकै आधारमा राष्ट्र बैंकले सर्कुलर जारी गर्ने गर्छ । आरबीआईले त्यस्तो सूचना जारी नगरेका कारण सयभन्दा बढी दरका भारु नोटलाई नेपाल राष्ट्र बैंकले मान्यता दिएको थिएन । जसले गर्दा ठूला दरको प्रयोग अवैध बन्न पुगेको थियो र त्यसको जानकारी नहुँदा भारतमा रोजगारीबाट नेपाल फर्केका र नेपाल घुम्न गएका भारतीय नागरिकहरूसमेत प्रहरीको कारबाहीमा परेका थिए । ‘भारतले फिमा नोटिफिकेसन जारी नगरे पछि राष्ट्र बैंकले पनि कुनै सर्कुलर जारी गरेन,’ ढुंगानाले भने । भारु सम्बन्धमा आम सर्वसाधारणमा अन्योल देखिएपछि नेपाल सरकारले सूचना जारी गर्ने निर्णयमा पुगेको हो । सरकारको उक्त निर्णयलाई लिएर नेपालको निजी क्षेत्रले चासो राख्दै आएका थिए । भारतमा समेत यससम्बन्धमा विशेष चासो व्यक्त गरिएको छ । नेपालको निर्णयबारे भारतको संसद्मा समेत चर्चा भएको थियो । बुधबार मात्रै भारतको माथिल्लो संसद् राज्य सभामा समाजवादी दलका सांसदद्वय रवि प्रमाश बर्मा र निरश शेखरले नेपाल सरकारको भारुमाथि प्रतिबन्ध लगाउने निर्णयका सम्बन्धमा भारत सरकारको धारणा मागेका थिए । उनीहरूले नेपाल सरकारले भारु प्रतिबन्ध लगाउनुको कारण र यससम्बन्धभारतको विदेश मन्त्रालयले गरेको पहलबारे प्रस्ट जवाफ दिन मागगरेका थिए । सांसदहरूको प्रश्नको जवाफ दिँदै भारतीय विदेश राज्यमन्त्री बीके सिंहले नोटबन्दीको निर्णयपछि भने राष्ट्र बैंकले पुराना पाँच सय र हजार दरका भारु नोटको प्रयोगमा प्रतिबन्ध लगाएको तर नेपाल सरकारको पछिल्लो निर्णयका सम्बन्धमा कुनै छलफल नभएको बताएका थिए । कान्तिपुरबाट
सरकारको काम गतिलो नभएको भन्दै उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडौं, पुस २२ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारको दृश्य हेर्न लायक थियो । हुन त त्यो दृश्यमा देखिएका पात्रहरूको अनुहार बिर्सिदिने हो भने त्यो प्रधानमन्त्री निवासको आम दृश्य नै हो, कुनै एक समूह सरकारसँग केही माग लिएर आउँछ र आफ्नो ज्ञापनपत्र बुझाउँछ । तर यो दृश विशेष हुनुमा ज्ञापनपत्र बुझ्ने र बुझाउने पात्रहरूले गर्दा हो । सरकारकै उपप्रधानमन्त्री प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको यस दृश्यले सबैको ध्यान आकृष्ट गर्नु स्वाभाविक नै थियो । ज्ञापनपत्र पनि अरु केही नभएर सरकारको काम गतिलो नभएको भन्दै ! शनिबार दलबलसहित प्रधानमन्त्री निवास पुगेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीसँग कुनै विषयविशेषमा परामर्श गरेनन् बरू आफ्ना पार्टीको तर्फबाट ‘सरकारको काम गतिलो नभएको’ भन्दै भन्दै ११ बुँदे ज्ञापनपत्र नै बुझाए । फोरमले संविधान संशोधनलगायत विगतमा भएका सहमति कार्यान्वयनको माग दोहोर्याएको छ । ज्ञापनपत्रमा भने फोरम अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भने छैन । महासचिव रामसहायकप्रसाद यादवले हस्ताक्षर गरेका छन् । दुई बुँदे सहमति गर्दै फोरम ओली नेतृत्वको सरकारमा सामेल भएको थियो । त्यसैअनुसार फोरम अध्यक्ष यादव ते श्रो वरियतासहित उपप्रधान तथा स्वास्थ्यमन्त्री बने । उनकै पार्टीका नेता इस्तियाक राई सहरी विकास र अर्का नेता डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री छन् । आफैं सरकारमा हुँदाहुँदै फोरमले सरकारको काम प्रभावकारी नभएकाले समीक्षा गर्नुपर्ने माग राखेको छ । फोरम नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यशैलीसँग प्रधानमन्त्री असन्तुष्ट छन् । त्यसैले संघीय सरकारमा भएपनि नेकपा-फोरम सम्बन्ध सुमधुर हुन सकेको छैन । फोरमले ज्ञापनपत्र बुझाउँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा र नेकपा महासचिव विष्णु पौडेल पनि उपस्थित थिए । फोरमका तर्फबाट भने अशोक राई, राजेन्द्र श्रेष्ठ, रामसहायकप्रसाद यादव, हेमराज राई र प्रकाश अधिकारी बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा फोरमले सहमतिअनुसार संविधान संशोधनका लागि ध्यानाकर्षण गराएको छ । आवश्यक गृहकार्य गर्न संयुक्त कार्यदल बनाउन, संसद्को जारी अधिवेसनबाटै संविधान संशोधनको प्रक्रिया अघि बढाई पारित गराउन पनि सरकारलाई आग्रह गरेको छ । प्रदेश दुई नम्बरको सरकारलाई केन्द्रले आवश्यक सहयोग नगरेको आरोप पनि फोरमले लगाएको छ । विकासका दृष्टिले पछाडि परेका प्रदेश २ र कर्णाली प्रदेशलाई विकास निर्माणका लागि स्पेशल प्याकेज घोषणा गर्ने माग राखेको छ । ‘हामीसँगको सहमतिअनुसार संविधान संशोधनमा ढिलाइ हुन थालेपछि सरकारलाई झक्झक्याएका हौं,’ महासचिव यादवले अन्नपूर्णसँग भने । फोरमलाई सरकारमा सहभागी गराउने बेला नेकपाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको सहमति गरेको थियो । प्रधानमन्त्रीले फोरम नेतासँग सहमति अनुसार छिट्टै सरकारले संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए । ‘तराई-मधेशको माग आवश्यकताका आधारमा सम्बोधन गर्ने प्रक्रियामै सरकार छ । राजपासँग पनि छलफल चलिरहेको छ । उहाँहरु (राजपा)का माग अनुसार रेशम चौधरीको सपथ ग्रहण पनि सरकारले गरेको छ । सबै विषयलाई प्याकेजमै सम्बोधन गर्ने सरकारको तयारी छ,’ प्रधानमन्त्रीको भनाइ उदधृत गदै ज्ञापनपत्र बुझाउन पुगेका फोरमका एक नेताले बताए । राजपाको मागअनुसार सरकारकै बिहीबार टीकापुर काण्डका आरोपित रेशम चौधरीलाई सांसदको सपथ गराएको थियो । यसै मेसोमा संविधान संशोधन गराउन सकिने आकलनका साथ फोरमले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । अन्नपूर्णपोस्टबाट
म्याग्दीको तातोपानीमा ‘बाथ टब’को निर्माण : तातोपानीमा नुहाएमा सबै रोग मुक्त
गलेश्वर, पुस २२ । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट व्यक्ति कुण्डमा नुहाउन आउने क्रम बढेपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो । यही क्रममा कुण्ड बाहिर रहेका तातोपानीका धाराहरु नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी ‘बाथ टब’ को निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । अध्यक्ष शाक्यका अनुसार नयाँ निर्माण गरिएका कुण्ड (पोखरी)हरुलाई रिजर्भ गरेर समेत नुहाउन सकिने व्यवस्था गरिएको छ । नयाँ कुण्डमा एक पटकमा २५ जनासम्मले नुहाउन सक्ने छन् । परिवार र साथीभाइसँग आउने व्यक्तिले कुण्ड रिजर्भ गरेर नुहाउन सक्ने उनको भनाइ रहेको छ । बाथ टबमा प्रतिघण्टा प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । अक्षयकोषका लागि एक करोड १६ लाख सङ्कलन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको रु एक करोड ५० लाखको अक्षयकोषका लागि अहिलेसम्म रु एक करोड १६ लाख सङ्कलन भएको छ । आर्थिक अभावमा कसैलाई पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ओमकुमारी शान्ति कोषले अक्षयकोष स्थापना गर्न लागेको हो । हालसम्म अक्षयकोषमा रु एक करोड १६ लाख सङ्कलन भइसकेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । ओमकुमारी शान्ति कोष विसं २०७० मा स्थापना भएको हो । बेनी नगरपालिका–४ की ओमकुमारी (शान्ति) पुन हाइपोप्लाष्टिक एनिमिया रोगबाट पीडित भएपछि उनको उपचारमा सहयोग जुटाउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । उपचारकै क्रममा पुनको निधन भएको थियो । पुनको निधनपछि बचत भएको रकमबाट डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले बताए । रासस
प्रदेशसभा सदस्य पहारीको तलबभत्ता संघसंस्थालाई
कास्की, पुस २२ । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गरेका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यस बेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न संघसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताए । उहाँले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि रु ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति–६ लाई रु ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु १० हजार, विभिन्न आमा समूहलाई रु ४० हजार र कास्की खेलाडी सङ्घलाई रु २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए । पहारीले आफ्नो निर्वाचन क्षेत्रका सिद्ध आधारभूत विद्यालय लुम्ले, ज्ञानोदय आधारभूत विद्यालय अन्नपूर्ण–६, जनसिद्ध आधारभूत हर्पन, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड प्रदान गर्नुभएको छ । आगामी दिनमा पनि तलबभत्ता सामाजिक कार्यमै खर्चिने पहारीले बताए । रासस
पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने
काठमाडौँ, पुस २२ । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए । पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधामलगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए । उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिए । कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे । विसं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारीलगायत आर्थिक सहयोग गर्ने दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए । रासस
सहकारी संस्था समृद्धीका आधार हुन्ः नगरप्रमुख वड
धनगढी, पुस २२ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुको सही व्यवस्थापनबाट नै समृद्धिको आधार तय हुने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यसका लागि सहकारीमा सबैंको पहुँच वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले भने– ‘ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हँुदैन, त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले व्यावसायिक कृषि क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने– ‘जे गरेर जनताको जीवनस्तरमाथि उठ्न सक्छ त्यसमा लगानी केन्द्रित गर्नुहोस् । नगरप्रमुख वडले शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी शिक्षा आवश्यक भएको बताए । धनगढी उपमहानगरपालिका ८ का अध्यक्ष नारायण बरालले सहकारी सम्वन्धी नयाँ ऐन आइसकेकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । फोटो क्याप्सन ः कैलालीको धनगढी उपमहानगरपालिका ८ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वड ।
मानव कल्याण समाजलाई सांसद बस्नेतद्वारा सहयोग
भक्तपुर, २२ पुस (रासस) ः प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानवीय सेवामा समर्पित चाँगुनारायण– ७ यातु महादेवमा सञ्चालित मानव कल्याण समाज सेवाघरलाई नगद रु ५० हजार र एक हजार थान पुस्तक प्रदान गर्नुभएको छ । सांसद बस्नेतले सेवा घरकी अध्यक्ष सुमित्रा चौलागार्इंलाई नगदसहित प्रतिपुस्तक रु ६५० मूल्य पर्ने रु छ लाख ५० हजार मूल्य बराबरको उहाँ आफँैले लेख्नुभएको ‘म महेश’ नामक एक हजार थान पुस्तक प्रदान गर्नुभएको हो । मानवीय आस्था नेपालका संस्थापक एवं संरक्षक सांसद बस्नेतले मानवीय आस्था नेपालको तर्फबाट रु ५० हजार र व्यक्तिगत तर्फबाट पुस्तक प्रदान गर्नुभएको हो । बस्नेतले नगद तथा पुस्तक प्रदान गर्दै स्वच्छ रूपमा मानवीय सेवामा समर्पित संस्था सञ्चालनमा आर्थिक अभावले नरोकिने बताउँदै मानवीय सेवाको भावना विस्तार गर्दै जानुपर्ने बताउनुभयो । उहाँले कुनै पनि नागरिक परिवारविहीन अवस्थामा पुग्न नहुने र त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै अनाथ, असहायको आश्रय बनेको सेवाघरलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पुस्तक बिक्रीबाट आउने रकम सेवाघरमै खर्च गर्ने गरी प्रदान गर्नुभएको सेवाघरकी अध्यक्ष चौलागार्इंले बताउनुभयो । –––
वाइडबडी प्रकरणमा सचिव राईलाई जोगाउन चलखेल भएकाे कान्तिपुर दैनिककाे दावी
काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने’ खेल सुरु भएको कमन्तिपुर दैनिकले दावी गरेकाे छ । दैनिककाे अाज प्रकाशित समाचारमा राईकाे नाम प्रतिवेदनबाट हटाउन लेखा समितिकै सदस्यहरुले दबाब दिएकाे उल्लेख छ । पढ्नुस पूरा समाचार संघीय संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको छ । निगम, कर्मचारी सञ्चय कोष तथा अख्तियार स्रोतबाट प्राप्त कागजात अध्ययन गर्दा विमान खरिद प्रक्रियामा राईसमेत सहभागी रहेको विवरण देखिन्छ । नागरिक उड्डयन मन्त्रालयको सचिवको हैसियतले राई २०७२ माघ १८ देखि २०७३ भदौ २७ सम्म निगमको सञ्चालक समिति अध्यक्ष थिए । २०७३ वैशाख २ गते राईको संयोजकत्वमा बसेको सञ्चालक समिति बैठकले ‘विमान खरिदका लागि कार्य अघि बढाउने र उपसमिति गठन गर्ने’ निर्णय गरेको थियो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेको एक पत्राचारमा आफ्नै संयोजकत्वमा गठित उपसमितिले ‘एक हजार घण्टासम्म चलिसकेको पुरानो विमान खरिद’ खरिद गर्न सकिने निर्णयसहित सिफारिस गरिएको थियो । कंसाकारले लेखा समितिलाई समेत यही विवरणसँग मेल खाने गरी जवाफ लेखेका छन्, ‘निगमको विनियमावली २०६५ विनियम २६५ को उपविनियम २ अनुसार एक हजार घण्टासम्म चलिसकेको विमान खरिदका लागि प्रक्रिया सुरु गरेको व्यहोरा अनुरोध छ ।’ निगमको आर्थिक विनियमावलीको विनियम २३६ मा विमान खरिदको कार्यविधि उल्लेख छ । त्यसको उपविनियम १ मा नयाँ विमान खरिद र २ मा पुरानो विमान खरिद प्रक्रियाका सर्त खुलाइएका छन् । नयाँ किन्दा सोझै उत्पादक कम्पनीसँग किन्नुपर्ने व्यवस्था छ । तर, निगमको तत्कालीन सञ्चालक समितिले उपविनियम २ अनुसार पुरानो विमान खरिद प्रक्रिया अघि बढाएको कंसाकारले लेखा समितिमा पठाएको जवाफमा उल्लेख छ । उनले जवाफकै क्रममा आफ्नो संयोजकत्वमा २०७२ माघ १० गते गठित अध्ययन उपसमितिको प्रतिवेदन र बोलपत्रको मस्यौदालाई आधार मानी विश्लेषण गरेर अध्ययन प्रक्रिया अघि बढाउनु नै २०७३ वैशाख २ गते सूर्यप्रसाद आचार्य संयोजकत्वको उपसमितिको मुख्य जिम्मेवारी रहेको बताए । कंसाकारले यसबारे कान्तिपुरलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो संयोजकत्वको टोलीले २०७२ चैत २४ गते प्रतिवेदन तयार पारेको बताए । उनले भने, ‘त्यही प्रतिवेदनमा हामीले १ हजार घण्टासम्म चलिसकेको पुरानो विमान खरिद गर्ने भनेर प्रस्ताव पेस गरेका छौं । त्यसमा अन्य विस्तृत योजना पनि समावेश छन् ।’ कंसाकारको जवाफलाई आधार मान्दा उनकै नेतृत्वमा गठित टोलीले एक हजार घण्टासम्म चलिसकेको विमान खरिद प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनमा आधारित भएर राईले आचार्यको संयोजकत्वमा ४ सदस्यीय ‘वाइडबडी विमान खरिद उपसमिति’ गठन गरेका थिए । ‘पुरानो विमान खरिद गर्नुपर्ने भनी दिइएको प्रतिवेदन स्वीकार गर्ने अनि त्यही प्रतिवेदनलाई आधार मानेर उपसमिति गठन गर्ने सञ्चालक समितिका संयोजक राईको कुनै भूमिकै थिएन भनेर व्याख्या गर्नु गलत हुन्छ,’ निगम स्रोतले भन्यो, ‘एक हजार घण्टासम्म चलिसकेको विमान खरिद गर्ने भनी निर्णय गरिएकाले सञ्चालक समितिले नयाँ विमान खरिद गर्न चाहेको थिएन भन्ने स्पष्टै देखिन्छ ।’ लेखा समिति सदस्य राजन केसी संयोजकत्वको उपसमितिले सञ्चालक समितिका पूर्वअध्यक्षहरू राई, शंकर अधिकारी र हालका सचिव कृष्णप्रसाद देवकोटा तथा महाप्रबन्धक कंसाकारलाई दोषी ठहर्याई ‘तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अघि बढाउन नेपाल सरकार र अख्तियारलाई निर्देशन दिन’ सिफारिस गरेको थियो । हाल गृहसचिव रहेका राई प्रधानमन्त्री केपी ओलीका नजिकका विश्वासपात्र मानिन्छन् । भावी मुख्य सचिवका साथै अख्तियारको रिक्त आयुक्तमा समेत उनको नाम चर्चामा छ । लेखा समिति बैठकमा सत्तारूढ सांसदले आपत्ति जनाएपछि उपसमिति संयोजक केसीले अनियमिततामा राईलाई पनि जोड्नुको कारणबारे व्याख्या गरेका थिए । उनका अनुसार कंसाकार संयोजकत्वको समितिले एक हजार घण्टासम्म चलिसकेको विमान खरिद गर्ने भनेर प्रतिवेदन दिएपछि त्यसमै आधारित भएर अघि बढा बोर्ड अध्यक्ष राईको भूमिकामा प्रश्न गरेको हो । ‘सरकार जमानत बस्ने भनेपछि प्रक्रिया अघि बढेको छ । जमानत ऐनअनुसार पुरानो विमान खरिद गर्न पाइँदैन,’ संयोजक केसीले भने, ‘सञ्चालक समिति पुरानो विमान खरिद प्रक्रियामा अघि बढेको देखिएकाले त्यसको नेतृत्व गर्ने राईलाई कारबाही सिफारिस गर्नुपरेको हो ।’ सचिव राईले भने आफ्नो नेतृत्वमा एकपटक मात्रै सञ्चालक समिति बैठक बसेको र कुनै विवादास्पद निर्णय नगरेको प्रतिक्रिया दिए । ‘महाप्रवन्धक कंसाकारको टोलीले प्रतिवेदन दिएको थियो । त्यो प्रतिवेदन हेरेर थप योजना अघि बढाउनुहोस् भनेर अर्को टोली बनाउदा कसरी अनियमितता हुन्छ ?’ उनले भने, ‘उपसमितीलाई यो निर्णय गर भनेर बाध्यकारी निर्देशन दिइएको छैन । विकल्पहरु देउ भनिएको छ । सुझाव पेश गर्न अध्ययन समिती गठन गर्दैमा अनियमितता देख्यो, उपसमितीको निर्णयले अचम्म लागेको छ ।’ शुक्रबारको बैठकमा अधिकांश सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीका साथै गृहसचिव राईको नाम मुछिएको भन्दै आपत्ति जनाएका थिए । सांसद विशाल भट्टराई, सूर्य पाठक, हृदयेश त्रिपाठीलगायतले राईको नाम प्रतिवेदनबाट हटाउनुपर्ने अडान राखेका थिए । उनीहरूले बैठक सकिएपछि समेत सचिवालयमा पुगेर राई वाइडबडी खरिद प्रकरणमा नमुछिएको भन्दै उनको नाम हटाउन दबाब दिएका थिए । सञ्चय कोषमा समेत निगम मात्रै नभएर कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षका हैसियतले समेत सचिव राईले ऋण स्वीकृतिमा हस्ताक्षर गरेका थिए । त्यति बेला कोषले विश्वसनीयताका लागि आवश्यक कागजात र प्रमाण खोजिरहँदा सञ्चालक समितिबाट एकाएक निगमलाई ऋण स्वीकृत गरेको थियो । पर्यटनबाट सरुवा भएर वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएका बेला सरकारले राईलाई कोष सञ्चालक समिति बनाएको थियो । २०७४ वैशाख ७ गते मन्त्रिपरिषद् बैठकले निगमका दुईवटा वाइडबडी विमान खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको थियो । त्यसपछि सञ्चय कोष बोर्डले कागजात हेर्दा निगमको खरिद प्रक्रियामा केही गम्भीर आशंका देखियो । ‘निगमले वाइडबडी विमान खरिद गरिरहेको सवालमा सञ्चय कोषले केही गम्भीर आशंकासहित प्रश्न सोधेर तिनको जवाफपछि मात्रै प्रक्रिया अघि बढाउने योजना बनाएको थियो,’ स्रोतले भन्यो, ‘तर एकाएक राईले नेतृत्व गरेको सञ्चालक समितिले कुनै पनि प्रश्नको चित्तबुझदो जवाफ नआई ऋण स्वीकृत गरिदियो ।’ कोषले ऋण सम्झौताको सर्तका रूपमा विमानको बुकिङ सुनिश्चितता गरिएको कागजात पेस हुनुपर्ने सर्त राखेको थियो । त्यो पूरा नगरी पछि कोषले ऋण उपलब्ध गरायो । नागरिक लगानी कोषको स्रोतले भन्यो, ‘सञ्चय कोष र नागरिक लगानी कोषबाट लगेको ऋणबाट यिनीहरूले एयरबसमा विमान खरिदका लागि बुकिङ गरेका छन् ।’ सञ्चय कोषको २०७४ जेठ १७ को सञ्चालक समिति बैठकले चारवटा विषयमा स्पष्टता नदेखिएको भन्दै निगमलाई पत्र पठाउने निर्णय गरेको थियो । सञ्चय कोष बोर्डले सुरुमा हाई–फ्लाई ट्रान्सपोर्ट एरोजका नाममा रकम पठाएपछि ‘किन पछि एस्क्रो एजेन्ट खडा गरेर भुक्तानी गरेको’ भनी प्रश्न गरेको थियो । उसले हाई–फ्लाई एक्ससँगको सम्झौता शंकास्पद भन्दै त्यसको वैधता पुष्टि गर्न निगमलाई आग्रह गरेको थियो । उसले एयरबस र हाई–फ्लाई–एक्सबीचको खरिदबिक्री सम्झौतालाई सम्बन्धित मुलुकको नोटरी प्रमाणित गरेर पठाउनसमेत भनेको थियो । जवाफमा निगमका महाप्रबन्धक कंसाकारले भोलिपल्टै पत्र लेखे पनि एयरबससँग भएको सम्झौता उपलब्ध गराएनन् । उनले प्राप्त हुनासाथ उपलब्ध गराउने भनी उत्तर दिएका थिए । फेरि एक सातापछि जेठ २५ गते सञ्चालक समितिले निर्णय गरी १३ बुँदे जवाफ लेखेको थियो । निगम व्यवस्थापनले सम्झौताको कागजात पठाए पनि मूल्य विवरण भने लुकाएको स्रोतले बतायो । ‘निगमको खरिद प्रक्रियामा पर्याप्त प्रश्न कायमै भएको अवस्थामा हतारहतार ऋण स्वीकृति दिनु गलत हो । यसले लाखौं सञ्चयकर्ताको बचत जोखिममा पारेको छ,’ सञ्चय कोष स्रोतले भन्यो । सचिव राईले सञ्चय कोषबाट आफ्नै नेतृत्वमा ऋण योजना स्विकृत भई फाइल अघि बढेको स्विकारे । निगमले मागअनुसार कागजात पेस गरेपछि मात्रै ऋण स्विकृत भएको उनको दाबी छ । खरिद सम्झौताको कागजात पेस भएको थियो त भन्ने प्रश्नमा उनले भने, ‘सरकार नै जमानी बस्ने निर्णय गरेपछि अरू थप कुरा किन चाहियो र ? तैपनि कुनै प्रक्रिया मिचेर काम भएको छैन । जे जे हो, उनीहरु नै जानून ।’
पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्छः मेयर दाहाल
चितवन, पुष २१ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्ने बताएकी छन् । ‘प्रथम ठोरी महोत्सव’ को ९औं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ठोरी र भरतपुरलाई हुलाकी सडकमार्फत जोडेर आन्तरिक तथा बह्य पर्यटकलाई सहज आवगमन गराउन सकिने बताइन् । ठोरी गाँउपालिका प्राकृतिक रुपमा सुन्दर भएपनि पुर्वधार विकासमा अघि बढेको छैन, मेयर दाहालले भनिन्, ‘ठोरीलाई पर्यटकीय गन्तव्यको यहाँका बासिन्दाले चासो दिनुपर्छ । गन्तव्य निर्माणमा भरतपुर महानगरपालिकाले पनि सहयोग गर्छ ।’ भरतपुर र ठोरी ७२ किमिको दुरीमा रहेपनि निकुञ्ज, कच्ची सडकले गर्दा आवत –जावतमा समस्या छ । ठोरी–माडी हुलाकी सडक पक्की भएमा ठोरी पुग्न २ घण्टा समय पनि लाग्दैन् । ठोरी भारतसँग जोडिएको वस्ती हो । निकुञ्ज ऐन बाधक भएकाले यो सडक लामो समयदेखि स्तरोन्ती गर्न सकिएको छैन । कार्यक्रममा बोल्दै ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले मेयर दाहाललाई ठोरीको प्रमुख समस्याको बारेमा जानकारी गराएका थिए । नदी कटान, सुलभ यातायात, जंगली वन्यजन्तुको त्रास यहाँको समस्या हुन् । अध्यक्ष श्रेष्ठले भने,‘ ठोरीलाई प्रथामिकतामा राखेर पुर्वधारको विकास गर्न सके समग्र देशलाई फाईदा पुग्छ । ठोरीलाई नाकाको रुपमा विकास गर्न केन्द्रले चासो दिनुपर्यो ।’ प्रदेश नम्बर ३ मा ठोरी गाभ्नुपर्ने माग राख्दै ठोरीवासीले लामो समयदेखि अन्दोलन गरिरहेका छन् । ठोरी अहिलेपनि प्रदेश नम्बर २, मा पर्छ । राष्ट्रिय गौरवको आयोजना ठोरी केरुङलोक मार्ग, माडी–ठोरी हुलाकी सडकखण्ड निर्माण भए ठोरीको विकासले फड्को मार्ने देखिन्छ । ९ औ दिनसम्म करिब ५५ हजारले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव पुष २३ सम्म चल्ने छ ।
वाइडबडी प्रकरणमा संलग्न जोसुकै भए पनि कांग्रेसले छाड्दैनः देउवा
उर्लाबारी, पुष २१ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए । उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए। सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताए । कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिएका थिए । रासस
पूर्वराष्ट्रपति डा. यादव चिकित्सा सेवामा फर्किने
काठमाडौं, पुष २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए । यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

