चार वर्ष जेल सजाय सुनाएका फरार सिइओ ज्ञवाली पक्राउ
काठमाडौं, असोज १९ । तत्कालिन किष्ट बैंकका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फेसला सुनाएको थियो । ज्ञवाली फरार रहेका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ परेको बताए ।
उनलाई पाटन उच्च अदालतको फैसलाले साँढे चार करोड जरिवाना र ४ बर्ष कैद सजायको फैसला गरेको थियो । तत्कालिन किष्ट बैंकका सिइओ रहेको बेला आर्थिक अपचलन गरेको अभियोगमा राष्ट्रबैंकले बैंकिङ कसुर अन्तर्गत उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।
पूर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति !
काठमाडौं, असोज १९ । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजा जाजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए । सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए । सो उदेश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उनले बताए । नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्र्तगत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको सचिव सिंहले जानकारी दिए । नागरिक दैनिकमा खबर छ ।
नेकपाको तल्लो तह एकीकरणः दशैंअघि नै टुंगो लगाउने गृहकार्य
काठमाडौं, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुंगो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले जिल्ला संयन्त्रमा तत्कालिन एमालेका तर्फबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालीन माओवादी केन्द्रबाट इञ्चार्ज, सहइञ्चार्ज र संयोजकसहित पाँच जना गरी १० जनाको संयन्त्र रहने व्यवस्था गरिएको बताए । महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकमा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्ने निर्णय पनि समितिले गरेको छ । पार्टीको विधान, नियमावली र पार्टीको निर्देशनबमोजिम तल्ला समितिको एकीकरण हुने उनले बताए । त्यस्तै, प्रदेश १ र २ मा पनि जिल्ला समितिको एकीकरण दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य भैरहेको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दशैंअघि तल्ला समितिको एकीकरण टुङ्गो लगाउने तयारी भइरहेको जानकारी दिए । गोरखापत्रमा खबर छापिएको छ ।
सरकारले २ महिनामै पौने ३ करोड बाँड्यो !
काठमाडौं, असोज १९ । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष ०७४र७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ । यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपैयाँ आर्थिक सहायताका लािग निकासा भइसकेको छ । नयाँ पत्रिकामा खबर छ । यो रकममध्ये (साउनमा) (गंगामाया अधिकारीः २० लाख (एमाले जिल्ला कार्यालय पर्साः २ लाख ३ हजार (पूर्वमन्त्री रामकृष्ण ताम्राकारः १५ लाख (राष्ट्रकवि माधव घिमिरेको उपचार खर्चः १४ लाख ९८ हजार (विभिन्न व्यक्तिका नाममाः ४६ लाख ५० हजार रुपैयाँ बाँडिएको छ । (भदौमा) नेता नरहरि आचार्यको उपचार खर्चः ३३ लाख ६१ हजार निर्वाचनमा घाइते २४ जनाको उपचारः २७ लाख ६० हजार दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ लः ३० लाख देशघरका विभिन्न व्यक्तिका नाममाः ८९ लाख रुपैयाँ बाँडिएको छ ।
घूस लिने चार प्रहरीविरुद्ध मुद्धा दर्ता
काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ । विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । तीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो । अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
जनकपुरमा गुड्यो भारतीय रेल
धनुषा, असोज १९ । जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदुत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे । जनकपुर रेलवे विस्तार तथा स्तरन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो । रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
आईजीपी खनाललाई हटाउन नेकपाभित्र गोप्य छलफल
काठमाडौं, असोज १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गोप्य छलफल अघि बढाएको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् । कारोबार दैनिकमा खबर छ । बर्खास्त गर्न तत्काल सम्भव नभए आइजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो ।
शंकाको घेरामा ऐनः गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर !
काठमाडौं, असोज १९ । सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरामा छ । संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गर्नुपर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार विधेयकमा गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि जनाएपछि उपप्रधानमन्त्री पोखरेलले हस्ताक्षर गरेको बताइएको छ । विधेयकमा असहमति व्यक्त नगर्ने शर्तमा मन्त्री थापा चुपचाप लागेको स्रोतको दावी छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले त्यसबारे आफुलाई जानकारी नभएको बताए । ‘गृहमन्त्रीले किन हस्ताक्षर गर्नु भएन भन्ने बुझनुपर्छ अहिले नै भन्न सकिएन’ प्रवक्ता सुबेदीले भने । संसद सचिवालयमा साउन २२ गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएर ६ दिनपछि संसदमा उक्त बिधेयक प्रस्तुत गरिएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।
मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाल साउथ एसियामै अगाडि
काठमाडाैं, असाेज १८ । क्षेत्रीय आइसिटी नीतिको भण्डार लर्न एसियाले गरेको एक अध्ययनले नेपालमा मोबाइल तथा इन्टरनेटको पहुँच र यसका प्रयोगकर्तासम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ । भर्खरै सम्पन्न ‘आफ्टर एक्सेस’ नामक सर्वेक्षणले नेपालमा अन्य छिमेकी मुलुकहरुको तुलनामा मोबाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले ई–कमर्शको सुचाङ्कमा भने सो अवस्था नरहेको बताएको छ । अध्ययन प्रतिवेदन अनुसार, १५–६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोवाइल फोन रहेको छ । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने स्मार्टफोन छन् । साथै ४६ प्रतिशत नेपाली इन्टरनेटको बारेमा जानाकार छन् । यो तथ्य एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाभन्दा उच्च हो । अध्ययन सार्वजनिक गर्दै लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपाया भनिन, ‘नेपालमा इ–कमर्श विकासको ठुलो संभावना छ । यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ–कमर्श वृद्धिका लागि सँगसँगै अघि बढ्नु पर्दछ ।’ अध्ययनमा केवल ३ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोबाइल प्रयोग गरेको पाइएको छ । त्यस्तै केवल १५– ६५ उमेर समुहका २५ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाकोबारेमा जानकार रहेको पाइएको छ । यस समूहको मात्र ४ प्रतिशतले तीनिहरु मध्ये कुनैको प्रयोग गरेको बताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्यन हो । इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धी चेतनाको कमी रहेको र बाँकी इन्टरनेत तथा मोबाइल प्रयोगमा भएको उपलब्धी अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गर्न लायक कार्य भएको निष्कर्ष निकालिएको छ । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ । मूख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले भनिन्, ‘मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सूचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुन्छ ।धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छेसँग प्रत्यक्ष कुरा गर्नु हो । यो नै आफ्टर ऐक्सेसको मुख्य चरित्र हो।’ आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रीय आइसिटि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्न एसियाले काठमाडा्रंमा आज (अक्टोबर ४, २०१८) मा लोकार्पण सार्वजनिकरण गरेको छ । उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । यो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलिजि ले संयुक्त रुपमा आयोजना गरेको थियो । सेन्टर फर ल एण्ड टेक्नोलोजी का कार्यकारी निर्देशक बाबुराम अर्यालले यो प्रतिवेदनले हाम्रो क्षेत्रको विकासको लागि आवशयक मूख्य बिषयको वारेमा प्रकाश पारेको बताए । उनले भने, ‘हामीले भविष्यका नीति निर्माण कर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सुचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा दुरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइ एस ओ सि नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, का प्रमुख कार्यकारी निर्देशक हेलानी गलपायाको सहभागिता रहेको थियो । साउथ एसिया संयोजक तथा कार्यक्रम सन्चालक उज्वल आचार्यले प्यानल छलफल मोडेट गरेका थिए । नेपालमा सात प्रदेशका १०० वडाहरुका २००० घरपरिवार तथा व्यक्तिहरुसम्म पुगेर यो सर्वेक्षण गरिएको थियो । नमुना संकलन विधि अपनाउदा १५–६५ उमेर समुहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानि ९५ प्रतिशत गोपनीयता र ३.३ प्रतिशत मात्र सिमान्त त्रुटी हुने सक्नेगरी नमूना संकलन गरिएको थियो । अध्ययनका लागि आडिआर, क्यानडा, संयुक्त राज्यको डिएफआईडि फोर्ड फाउनडेशन तथा स्वीडिस इन्टरनेशन डेभलपमन्ट कर्पोरेशन एजेन्सीले आर्थिक सहयोग गरेका थिए । नेपालमा प्रयोग गरिएको विधि अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका अठारबाटै सर्वेक्षण कार्य सम्पन गरिएका देशहरु सँग तुलना योग्य छ । त्यसैले आफ्टर एक्सेस डाटावेस मोवाइल फोन र इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धि ग्लोबल साउथको उत्कृष्ट तथा पुर्ण डाटावेश हो । यस तथ्याङ्कमा ३८,००० जना घरपरिवार तथा व्यक्तिहरु सँग प्रत्यक्ष अन्तरवार्ता गरि संकलित सूचनाहरु समाविष्ट छन् । यस तथ्याङ्कले विभिन्न लैङ्गिक, ग्रामिण वा शहरी वसाई र उमेर जस्ता पक्षहरुलाई समेटेको छ । यस्ता छन् प्रमुख नतिजा एसियाका अन्य सर्वेक्षण गरिएका मुलुकहरुको तुलनामा १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरु लामो समय सम्म अनलाईन वस्ने गरेको पाईयो । धेरै जस्तो अर्थात ७८% प्रयोगकर्ताहरु १ वर्ष भन्दा वढी समयदेखी अनलाईन रहेको देखियो । केवल २२% गत वर्षवाट मात्र अनलाइन भएको भेटियो । जहाँ कि सो सख्या भारतमा ३३%, पाकिस्तानमा ५३% र कम्वोडियामा ४३% पाइयो । इन्टरनेट प्रयोगमा पुरुष र महिला बिचको भिन्नता ३३% पाइयो । जुन एसियाली मुलुकको तुलनामा अझै राम्रो देखिन्छ भने सर्वेक्षणमा समावेश गरिएका थोरै जसो मुलुकहरुको आर्थिक स्तर समान रहेको पाईयो । १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्तामध्ये ४०% ले सो को अनुभव लिएको वताए तापनि २९% ले डाटा (data) को लागत मूल्य बढि हुने गरेको प्रष्ट पारे । ७७% इन्टरनेट चल्ने मोवाइल फोन भएका प्रयोगकर्ताले विभिन्न एप्सहरु प्रयोग गर्ने गरेको पाईयो । तिनिहरुमध्ये धेरैले म्यासेन्जिङ अथवा च्याट अथवा सामाजिक सञ्जाल चल्ने एप्सहरु वा सवै प्रयोग गर्ने गरेको वताए । सर्वेक्षण गरिएका मुलुकहरु मध्ये १५-६५ उमेर समुहको नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले न्यून अनलाईन ह्यारेसमेन्ट अनुभव गरेको बताए । केवल ४% ले मात्र यस्तो अनुभव गरेको पाईयो जुन कम्बोडियामा २६% रहेको छ । समाजिक सञ्जालमा संप्रेषित समाचारको सम्बन्धमा अध्ययन गर्दा नेपालमा १५-६५ उमेर समुहका ५८% मोवाइल प्रयोगकर्ताहरुले यस्ता समाचारको पुर्ण विश्वास गर्ने वताए । यो संख्या अन्य सर्वेक्षण गरिएका मुलुकको तुलनामा अति उच्च रहेको छ ।
चन्दा असुल्दै हिड्ने विप्लवका २ कार्यकर्ता पक्राउ
धनुषा । जनकपुरबाट चन्दा उठाउँदै हिड्ने विप्लव समूहका दुइजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका–२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१, भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की छन् । केहि व्यक्तिहरुले चन्दा उठाइरहेको जानकारी गराएपछि दुवैजनालाई बिहीबार दिउँसो साढे एक बजे जनकपुर उपमहानगरपालिका–७, बाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए । उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकलसहित चन्दा रसिदलगायतका सामान बरामद गरिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
मिसावट गर्नेलार्इ कडा कारवाही हुन्छ : राज्यमन्त्री चौधरी
काठमाडौं,असोज १८। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले यसपालिको चाडपर्वमा हरेक नेपालीले स्वस्थकर खाद्यपदार्थ खान पाउने वातावरण बनाउने बताएकी छन् । दुई वर्षभित्र हरेक खानेकुरालार्इ शुध्द, स्वस्थ र मिसावटरहित बनाउने सरकारको लक्ष्य रहेको हुँदा सोही अनुरुप काम भैरहेको उनले बताइन् । पशु सेवा बिभाग द्वारा पशु सेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्क्षी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खाद्यय पदार्थमा मिसावट नरोकिए कडा भन्दा कडा कार्वाही हुन सक्ने चेतावनी दिइन् । अहिले देश व्यापीरुपमा सरकारले खाद्य स्वच्छता अभियान संचालनमा ल्याएको बताउदै मासु जन्य पदार्थमा शुध्दता कायम गर्न अनुगमन र नियमन गर्न विभागलाई कडा निर्देशन दिएको बताइन् । रोगी पशु, पन्छि र अन्य खाद्यय पदार्थहरु बाहिरबाट भित्रन सक्ने कुरालाई गम्भीरतापूर्वक लिन उनले सम्बन्धित निकायलार्इ निर्देशनसमेत दिइन् । खाद्य स्वच्छताको लागि सबै शक्ति प्रयोग गरेर अखाद्य बस्तु नियन्त्रणमा लिंदै गलत गर्नेलाई तत्काल कारबाही गर्ने बताउँदै यो अभियान सफल पार्न सबैको साथ दिनुपर्ने बताइन् ।
काट्दै गरेको रुखले च्यापेर एकको मृत्यु
सर्लाही, असोज १८ । सर्लाहीको चक्रघट्टामा बिहीबार रुखले किचेर एक जना महिलाको ज्यान गएको छ । सडक छेउमा रहेको सिमलको रुख काट्दै गर्दा रुख एक्कासि मोटरसाइकलमाथि ढलेपछि गोडैता–६ की ६० वर्षीया बच्चीदेवी यादवको ज्यान गएको हो । रुख काटने चक्करघट्टा गाउँपालिका–१, का रामआश्रेय राय र दुखा कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
मिठाईमा झिंगा र साङ्ला भेटिएपछि गौशालाका २ मिठाई पसलमा शिलबन्दी !
काठमाडौं, असोज १८ । सरकारले आज पनि बजार अनुगमनलाई तिव्र पारेको छ । अनुगमनकै क्रममा काठमाडौंको गौशालामा रहेका दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहीबार मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालामा रहेको व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो । झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भीर नोक्सान पुर्याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । विभागले यसअघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाएपछि शिलबन्दी गरेको थियो । खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, बिक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कारबाही गर्ने चेतावनी दिए । विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको झण्डै १ सय २० केजी मिठाईलगायतका बस्तुहरु नष्ट पनि गरेको छ । दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ । खाद्य ऐन अनुसार गुणस्तरहीन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ । सरकारले दसैँ, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।
शिक्षक दरबन्दी थप गर्ने तयारीमा सरकार
काठमाडौँ, असोज १८ । प्रारम्भिक बालविकासका ३३ हजार सहजकर्तालाई प्राथमिक तहको दरबन्दीमा ल्याउन सरकारलाई सुझाव दिइएको छ । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले पेस गरेको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । सरकारका अनुसार त्यसरी दरबन्दी थप्दा करीब रु छ अर्ब बजेट चाहिने र रिक्त शिक्षकको दरबन्दी पूर्ति गर्न थप बजेट आवश्यक पर्ने जनाएको छ । उक्त बजेटका लागि अर्थ मन्त्रालय सकारात्मक भए पनि निर्णय दिइनसकेको जनाइएको छ । त्यसका साथै मुलुकभर कुल ५७ हजार शिक्षक दरबन्दी अपुग रहेको निष्कर्षसहित उक्त कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्ययोजना बनाउन थालेको छ । विद्यालय विद्यालय, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा कूल ५७ हजार ५६ शिक्षक अपुग दर्शाइको सो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलाई निर्देशन दिएपछि अध्ययन गरी योजना बनाउन मन्त्रालय जुटेको हो । नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गत असार ४ गते गठित नौ सदस्यीय कार्यदलले यही असोज २ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेदन दिएको थियो । कार्यदलले तह र जिल्लागत आधारमा शिक्षक अपुगको विवरण र पदपूर्तिका लागि विभिन्न विकल्पसहित सुझाव दिएको थियो । विद्यालय समायोजन प्रक्रियाबाट पनि दरबन्दी मिलानको समस्या समाधान हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । हाल खुला १२ हजार ७०० शिक्षक पूर्ति गर्न शिक्षक सेवा आयोगले लिखित परीक्षा लिइसकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार विद्यलायको सुधार र गुणस्तरवृद्धिको प्रतिबद्धताका साथ अघि बढेकाले शिक्षक दरबन्दी अपुगको समस्या र दरबन्दी मिलानको कार्यलाई एकमुष्ठरुपमा सङ्घीय सरकारले निर्णय गरी स्थानीय तहलाई शिक्षक पठाइने बताए । मन्त्री पोखरेलले कार्ययोजना तय भएपछि सम्बन्धित पक्षसँग परामर्श गरे कार्यान्वयन गरिने बताए । विद्यमान शिक्षा नियमावलीमा हिमाल पहाड र तराईमा क्रमशः ४०, ४५ र ५० का दरले शिक्षक विद्यार्थी अनुपात हुनुपर्ने भनिएकामा अधिकांश विद्यालयमा दरबन्दी अपुग छ भने कतिपयमा दरबन्दी बढी हुँदै आएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यार्थी सङ्ख्या, विषयगत आवश्यकता र भौगोलिक अवस्था समेतका आधारमा विद्यमान शिक्षक दरबन्दीको पुनर्वितरण गरिने उल्लेख छ । नयाँ शिक्षक दरबन्दी थप्न बजेट आवश्यकपर्ने बजेटबारे कार्यदलको प्रतिवेदन बन्नुपूर्व नै अर्थ मन्त्रालयलाई जानकारी दिइएकाले बजेटको समस्या नपर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए । यसैबीच नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले सङ्घीय शिक्षा ऐन ल्याएर शिक्षकका समस्या एकमुष्ठरुपमा समाधान गर्न आग्रह गरे । उनले कार्यदलको प्रतिवेदन बुझाएर वा सहमति गरेर अध्ययन मात्र गर्ने प्रवृत्ति नसुध्रिए आफूहरु पुनःआन्दोलनमा उत्रने चेतावनी दिए । सङ्घीयता र समाजवादउन्मुख मुलुकको भावी शिक्षाको नीति कोर्न उच्चस्तरीय शिक्षा आयोगले काम गरिरहेकाले शिक्षक व्यवस्थापनका विषयमा आयोगले थप मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । रासस
प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौँ, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपालको कुरा स्पष्ट ढङ्गले राखिएको बताएका छन् । बिहिबार संयुक्त राष्ट्र संघको ७३ औं महासभामा सहभागिता जनाएर बिहिबार स्वदेश फर्केपछि पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा प्रधानमन्त्रीकाले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्रीको कार्यशैलीबारे नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसदमा दिएको अभिव्यक्तिबारे पत्रकारहरूको जिज्ञासामा प्रधानमन्त्रीले कविमनले कवितात्मक ढङ्गले केही भनिहाले पनि त्यसैलाई सबै कुरा मानेर पछि पछि दौडिहाल्नु पर्ने केही नभएको बताएका छन् । साथै प्रधानमन्त्रीले पार्टी एकता पार्टीभित्र कुनै पनि समस्या नरहेको बताउँदै यो सरकार पाँच वर्ष टिक्ने र निर्वाचन गराएर अझ शक्तिशाली भएर आउने समेत दाबी गरे । प्रधानमन्त्री अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा,राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना,रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन गत असोज ६ गते अमेरिकाको न्यूयोर्क गएका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत अमेरिका गएका थिए ।
चितवनमा मालवाहक ट्रकमा आगजनी
चितवन, असोज १८ । पूर्वी चितवनको खैरहनी नगरपालिमा एक मालवाहक ट्रकमा आगजनी भएको छ । खैरहनी नगरपालिका वडा नं.८ पर्सा बजारको बाबा पेट्रोल पम्पनजिक एक पैदलयात्री महिलालाई ठक्कर दिई मुत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका हुन् । भण्डाराबाट नारायणगढतर्फ जादै गरेको ना.३.प ९८६१ नम्बर ट्रकको यतिबेला अगाडि भागमा आगो बलिरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ । हेर्नुहोस् भिडियो-

