आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने

हेटौँडा, असोज १४ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताएका छन् ।

उक्त प्रदेशको नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’ शुभारम्भ गर्दै उनले विगतको समयमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुपको भूगोल, व्यवहारिक, दिगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वय गरिने जानकारी दिए ।

उनले आवधिक योजनालाई जनप्रतिनिधिको सुझाव अनुरुप छनोट गरी जनताको घरदैलोमा पुर्याउन व्यावहारिक दक्ष जनशक्ति उपलब्ध गराउँदै अब प्रदेश सरकारले वृहत् योजनालाई बंैकिङको स्वरूप दिने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजाने सुझाव दिए ।

प्रदेशस्तरीय नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अब वैज्ञानिक सोच र चिन्तनद्वारा आवधिक योजनालाई समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्नका लागि आवश्यक नीति योजना र अनुगमन गर्न प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए ।

भोलिसम्म सञ्चालन हुने सो गोष्ठीमा उक्त प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरू प्रदेशस्तरीय नीति योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवापुर जिल्लाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो । रासस

४० आना जग्गा ठगी प्रकरण : मालपोतका प्रमुखसहित ४ जना पक्राउ

काठमाडौं, असोज १४ । बुढानिलकण्ठको ४० आना जग्गा ठगी प्रकरणमा महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत कार्यालयका प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ। चावहिल मालपोत कार्यालयका प्रमुख उपसचिव कमलप्रसाद तिमल्सिना, नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ, मुकुन्द धिताल र कार्यालय सहयोगी रमेशकुमार महर्जन पक्राउ परेका हुन् । चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ६० करोड बराबरीको ४० आना जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते कागजात खडा गरी पास गरेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढानीलकण्ठको उक्त जग्गा कृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो। देवकोटा र भट्टराईलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । उक्त जग्गा भदौ १८ मा ६ करोडमा किनबेच भएको छ ।

ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा २ को मृत्यु

उर्लाबारी, असोज १४ । विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका– ९ का २३ वर्षीय रोशन शेर्पा र विराटनगर–४ का १९ वर्षीय अनिश राजवंशीको मृत्यु भएको हो । शेर्पाको घटनास्थलमै र राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

१३ लाख नगदसहित दोहाका नागरिक विमानस्थलमै पक्राउ

काठमाडौं, असोज १४ । नेपालबाट विदेशी मुद्रा तस्करी हुनु नौलो रहेन । तर शनिबार एकजना कतारका नागरिक नेपाली रूपैयाँ तस्करी गरिरहेको अवस्थामा विमानस्थलमा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपरान्ह १६ लाख २५ हजार नेपाली रुपैयाँ सहित एकजना कतारका नागरिक पक्राउ परेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानमा दोहा जान लागेका कतारका नागरिक वर्ष ३९ का मोहमद इसा मट सकुर्तीको साथबाट नेपाली रुपैयाँ बरामद भएको हो । कतारको राहदानी नम्बर ०१४३५८९३ रहेका सकुर्तीको साथमा रहेको कालो हेन्ड व्यागको चेकजाँचमा रकम बरामद भएको हो । प्रहरीका अनुसार होल्ड व्यागेज एक्सरे चेकिङमा रकम नगद परेपछि उनलाई विमानस्थल सुरक्षा गार्ड कार्यालयमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खानेपानी मन्त्री अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली प्रस्थान

काठमाडौं, असोज १२ । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली गएकी छन् । महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री मगर दिल्ली गएकी हुन् । लनमा खानेपानी मन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दाससमेत सहभागी छन् । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् । सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन भोलि शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

दशै‌मा घर जानेहरुका लागि यातायात विभागको यस्तो छ अाग्रह !

काठमाडौं, असोज १२ । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दशैंमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दशैंमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपाती पछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् । ‘फुर्सद हुनेहरू पहिले गइदियो भने पछिलाई चाप कम हुन्छ, सहजरूपमा जान पनि पाउन सकिन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ ।’ यो वर्ष दशैंका लागि नयाँ बस नथपिने उनले बताए । सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन् । यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भएपनि यात्रुलाई सुविधा दिने बताएको थियो । तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए । अहिले अब नयाँ गाडी थप्न सक्ने अवस्था छैन । तर, हामी भएकै गाडी चलाएर यात्रु ओसार्छौँ । दिउँसो यात्रु बोकेर गएका गाडी राति नै फर्किन्छन् र भोलिपल्ट फेरि यात्रु बोकेर जान्छन् । राति यात्रु लिएर छुटेका बस पनि दिउँसो नै फर्किन्छन् र फेरि बोक्छन् । नयाँपत्रिकाबाट

पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय मन्त्री आइपुगे काठमाडौंमा

काठमाडौं, असोज १२ । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधान शुक्रबार पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न काठमाडौं आइपुगेका छन् । पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्र्ता स्थगित भएको तेस्रो दिन उनी काठमाडौं आइपुगेका हुन् । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधान सहित भारतीय टोली शुक्रबार ९ बजे नेपाल आइपुगेको हो । भारतीय मन्त्रीले शुक्रबारै ग्यास, पेट्रोलियमसम्बन्धी विषयमा नेपाली पक्षसँग भेटवार्ता गर्नेछन् । उनी अमलेखन्ज जाने कार्यक्रम पनि छ। अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे उनले नेपाली पक्षसँग छलफल गर्नेछन्। ग्यास र पेट्रोलियम आपूर्तिको विषय पनि उनको छलफल एजेन्डामा राखिएको छ । बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा अकस्मात रोकेको थियो । भारतीय टोली काठमाडौं आइसकेपछि मन्त्रिपरिषदबाट स्वीकृत नलिएको भन्दै भारतीय पक्ष वार्तामा बस्न अस्वीकार गरेको थियो। नेपालखबरबाट

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्न सक्छ : प्रधानमन्त्री

न्यूयोर्क, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए । उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए । प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । उनले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताए । प्रधानमन्त्री ओलीले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको बताए । उनले शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व यस संविधानको प्रमुख विशेषता भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताए । उनले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गरे । प्रधानमन्त्री ओलीले निर्वाचनले बलियो सरकार दिएको, आफूले नेतृत्व गरेको सरकारसँग संसदमा तीन चौथाई समर्थन प्राप्त भएको र प्रान्तका सरकारहरुले पनि बलियो बहुमतको समर्थन प्राप्त गरेको उल्लेख गरे । उनले नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता प्रकट गरे । प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिले सबैसँग मैत्री भावना कायम राख्ने र कसैसँग शत्रुता नराख्ने बताए । साथै उहाँले क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रुपमा पुनः सबल भएको देख्न चाहेको बताए । प्रधानमन्त्री ओलीले वर्तमान विश्व विनाश तथा बचनबद्धताको मौलिक विरोधाभाषसँगै महत्वपूर्ण सङ्घारमा उभिएको र गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, बलपूर्वक विस्थापन तथा प्राकृतिक प्रकोपदेखि हतियारको प्रतिस्पर्धासम्मका चुनौतीहरु विश्वसमुदायले भोगिरहेका उल्लेख गरे। उनले सभाध्यक्षले यसै साता सभालाई सम्बोधन गर्दा रेखाङ्कित गरेको ७ वटा प्राथमिकताका क्षेत्रलाई नेपालले समर्थन गर्ने बताए । आरम्भमा प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको शताब्दीयौँ जन्मदिवसका अवसरमा उनी र उनले सङ्घर्ष गरेका स्मरण गर्दै सम्मान व्यक्त गर् । महाधिवेशनको यस सत्रको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट शुभकामना ल्याएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । रासस

अध्यक्ष प्रचण्डको घोषणा पूरा हुँदै, शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, असोज १२ । सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई संकलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।   सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताए । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।   सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताए । सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताए ।   युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उनले बताए । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताए ।   ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताए । -रासस

सांसदलाई मेयर वडको आग्रह- देश टुक्राउछु भन्नेलाई कारवाही गरेर देखाउ

धनगढी, असोज १२ । कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफू बिरुद्ध कार्वाहीका लागि प्रशासन गुहार्ने प्रदेश सांसदलाई संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।   प्रदेश नं ७ का २२ जना सांसदरुले बिहीबार उनि बिरुद्ध कार्वाहीका लागि उजुरी दिएपछि प्रतिकृया दिदै नगरप्रमुख वडले नगरवासीको अधिकारका लागि कार्वाही सहन त के ज्यान समेत दिन तयार भएको बताए।   संविधान दिवसको दिन संविधान जलाउने र मधेश प्रदेश नेपाल होइन भन्नेलाई पक्राउसम्म गर्न नसक्ने सरकार आफू बिरुद्ध खनिएको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७ का सांसदले दशैको मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको पनि आरोप लगाए ।   नगरप्रमुख बिरुद्ध प्रदेश सांसदले मुद्धा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसँग अनुरोध पनि गरे । उनले शाही कुपछि राजाले आयोग बनाएर जनप्रतिनिधीलाई जेल हालेको बताउदै कम्युनिस्ट अहिले यही बाटोमा अघि बढीरहेको बताए । उनले भने,‘कम्यूनिस्ट सरकारका बिरुद्ध बोल्न पाउदैन, हाँस्नपाउदैन भनेको यही हो ।’ बुधवारको बिरोध प्रदर्शनमा नगरप्रमुख वडले धनगढी स्थायी राजधानी नभए चौबिस घण्टा भित्र धनगढी छोड्न सांसदहरुलाई चुनौती दिएका थिए । यो पनि पढ्नुस्- विचरा मेयरः पद ठूलो भएर के गर्नु, चित्त सानो भएपछि……..

दश रुपैयाँको लोभ देखाएर श्रीयाको बलात्कार !

कास्की, असोज १२ । पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हतया भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए ।   श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए । विस्कुट किन्न भनी ५ रुपैयाँ लिएर पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् ।  रातिसम्म नै स्थानीयले उनको खोजी गरे पनि भेटेनन् ।   मंगलबार विहान कोदीमा नै बरालहरुको कुल मन्दिरको पुर्वी भागको भिरालो जमिनमा उनी मृतावस्थामा फेला परेकी थिइन् ।  बलत्कार गरी हत्या गर्ने पौडेल श्रीयाको श्रीयाको छिमेकी हुन् ।   उनले स्थानीय भट्टीमा रक्सी पिए ।  त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुगे र पिउन थाले ।  त्यहाँबाट उनी चुरोट किन्न पसलतर्फ लागे । सोही समयमा श्रीया एक्लै तल झर्दै गरेको उनले देखे ।   पौडेलले बालिकालाइ चकलेछ खाउ भनि पाँच रुपैयाँ दिए । मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानीट्याँकी बीचमा पौडेलले श्रीयालाई बोलाएर १० रुपैयाँ दिर्य जर्बजस्ती गर्न खोजे । बालिकाले प्रतिकार गर्न खोजेपछि पानीट्याँकीमुनिको झाडीमा फालिदिए । आजको नागरिक दैनिकमा खबर छ ।

रेशम चौधरीको रिहाई माग गर्दै थारु कल्याणकारीद्वारा २१ बुँदे घोषणापत्र जारी (पूर्ण पाठ)

काठमाडौं । थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशनले सांसद रेशम चौधरीको रिहाईको माग गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई मागसहित २१ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । काठमाडौं घोषणापत्रका नाममा जारी विज्ञप्तीमा शहादत प्राप्त व्यक्तिहरुको सम्झनामा थारु शहीद प्रतिष्ठान गठन गर्ने समेत निर्णय गरिएको छ । पढ्नुस पूर्ण पाठ आदिवासी थारु समुदायको गौरवशाली राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २२ औं राष्ट्रिय महाधिवेशन यहि मिति असोज ७, ८ र ९ गते काठमाण्डौमा भव्यरुपमा सम्पन्न भएको छ । “थारु समुदायको आह्वान, आत्मनिर्णयको अधिकारसहित थरुहट स्वायत्त प्रदेशको निर्माण” मूल नाराका साथ शिवदर्शन पार्टी प्यालेसमा सम्पन्न भएको तीन दिने राष्ट्रिय महाधिवेशनले सभाको नयाँ नेतृत्व चयन गर्नुको साथै नीति, योजना तथा विभिन्न कार्यक्रमहरु पारित गरेको छ । महाधिवेशन बाट पारित गरिएका निर्णहरु १। थारु कल्याणकारिणी सभाको २२औं राष्ट्रिय महधिवेशनका गरिमामय बन्द सत्रबाट धनिराम चौधरीको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा केन्द्रीय सदस्यहरुमा कन्नुलाल चौधरी मोरङ०, जयराम पंजियार उदयपुर, प्रेमीलाल चौधरी काठमाण्डौ, मिनराज चौधरी बर्दिया, उत्तम चौधरी धनुषा, बिरेन्द्र चौधरी सिरहा, जंजिर प्रसाद चौधरी कपिलबस्तु, साबित्री चौधरी सप्तरी, धर्मलाल चौधरी काठमाण्डौ, अधिकलाल चौधरी रौतहट, देवी प्रसाद चौधरी रुपन्देही, कृष्ण बहादुर थारु सुर्खेत, बृजमोहन चौधरी पर्सा, चन्द्रनारायण सिंह थारु महोत्तरी, आश नारायण थारु सर्लाही, बिरेन्द्र चौधरी नवलपुर, जानकी चौधरी मकवानपुर, नरेस चौधरी परासी, हरिनारायण चौधरी झापा, नेम नारायाण सिंह थारु बाँके, राजेन्द्र प्रसाद चौधरी चितवन, रामचरण चौधरी कैलाली, चूर्ण बहादुर चौधरी दाङ, पुनित लाल चौधरी सुनसरी, ह्दय नारायण चौधरी बारा, भागरथी राना थारु कन्चनपुर, दिल कुमारी चौधरी सप्तरी, कृष्णमाया चौधरी झापा, बिष्णु कुमारी चौधरी चितवन, सरस्वती चौधरी काठमाण्डौ, उर्मिला देवी चौधरी सुनसरी, लक्ष्मी चौधरी मोरङ, यशोदा चौधरी दाङ, सुमित्रा चौधरी कपिलबस्तु र इन्दु चौधरी कैलाली निर्वाचित हुनु भएका छन् । २। थरुहट९थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा रहस्यमय एवं सुनियोजित दुःखद् टीकापुर घटनापछि अध्यक्ष धनीराम चौधरी लगायत दर्जनौ थारु नेता कार्यकर्ताहरुमाथि लगाइएको सर्वस्वहरुण सहित जन्मकैदको झुठा मुद्दा फिर्ता र जेलबन्दीहरुको निस्शर्त रिहाई तथा शहीद परिवारको रोजगारी, घाइतेहरुको औषधी उपचार, बिस्थापितहरुलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउनको लागि प्रधानमन्त्री, सभामुख, विपक्षि दलका प्रमुख नेताहरुलाई अल्टीमेटमसहित ज्ञापन पत्र बुझाउने । ३। थरुहट९थारुवान संयुक्त संघर्ष समितिसंग सरकारले गरेका सहमती सम्झौतालाई कार्यान्वयन गर्नका लागि सशक्त दबाब सृजना गर्ने । ४। २०७२ सालमा जारी गरिएको संघीय नयाँ नेपालको संविधानले आदिवासी थारु, जनजाति, मेधसी, दलित, मुस्लिम, आदिका माग मुद्धाहरु समुचित हिसावले सम्बोधन नगरेको हुनाले अविलम्ब संविधान संशोधन गरी माग र मुद्धाहरु पुरा गरियोस । ५। कैलाली क्षेत्र नं। १ बाट अत्याधिक जनमत प्राप्त गरी प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थरुहट आन्दोलनकर्मी रेशम चौधरीलाई निस्शर्त अविलम्ब रिहाई गरी शपत ग्रहण गराइयोस । ६। थरुहट आन्दोलनको क्रममा रहस्मय टीकापुर घटना पश्चात छानबिनका लागि बनेको देवीराम शर्मा, गृशचन्द्र लाल दासको संयोजकत्वमा गठित उच्चस्तरिय छानबिन समितिको प्रतिवेदन लगायत सम्पूर्ण जाँचबुझ सम्बन्धी आयोगका प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न जोरदार माग गर्दछौं । ७। थरुहट आन्दोलनलाई सशक्त बनाउनको लागि थारु समुदायको आह्वान आत्मनिर्णयको अधिकारसहित थरुहट स्वायत्त प्रदेशको निर्माण” मूल नाराका साथ माग मुद्दा मिल्नेहरु पहिचानवादी संघ संस्थाहरुसंग संवाद, सम्वन्य, सहकार्य गर्दै दशै तिहार पछाडी मेची – महाकाली थरुहट जागरण अभियान सशक्त रुपमा गर्ने । ८। थरुहट आन्दोलनका क्रममा ज्यानको आहुती बलिदानी गर्नुहुर्ने थरुहट शहीदहरुको उच्च सम्मान गर्दै “थरुहट शहीद प्रतिष्ठान” स्थापना गरी थारु समुदायको विभिन्न पक्षमा विकासका कार्य गर्ने । ९। थारु कल्याणकारिणी सभाको काठमाडौंमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्नका लागि “थारु कल्याणकारिणी सभा भवन निर्माण अभियान” सुचारु गरी छ वर्षमा भवन निर्माण सम्पन्न गरी प्रविधियुक्त एवं व्यवस्थित गर्ने । १०। थारु यूवाहरुको रोजगारी एवं विद्यार्थीहरुको लागि शिक्षण संस्थाहरुमा भर्ना, छात्रबास, छात्रबृत्ति एवं विभिन्न अवसरहरुका लागि विशेष योजना बनाई पहल गर्ने । ११। थारु किसानहरुको हक हित एवं आधुनिक कृषि प्रविधिमा जोड, मलखाद, उन्नत बिऊ बिजन, प्रविधि यान्त्रिकरणमा सहुलियसहित समुचित बजार मूल्य निर्धारणका लागि सम्बन्धित निकायहरुमा पहल गर्ने । १२। थारु जाति समुदायको संस्कृति संरक्षण संवद्र्धनको अभियान चलाउदै संस्कृति, धर्म, लोक कला, साहित्य, शिक्षा, आदि सहित बिस्तृतरुपमा “थारु प्रोफाइल” बनाउने । १३। थारु कल्याणकारिणी सभाको “आजीवन सदस्य वितरण अभियान” को रुपमा देशैभरी संचालन गरी कम्तिमा एक लाख सदस्यता वितरण गर्ने । १४। सभालाई अझै सशक्त एवं प्रभावकारी संगठन बनाउनको लागि “हाम्रो थाकस, हाम्रो गौरव” स्लोगनका साथ स्वदेश तथा विदेशमा रहेका थारु समुदायका संघ संस्थाहरुलाई सभामा आवद्ध गरी सहकार्य एवं समन्वय गर्दै उद्देश्य प्राप्तिका लागि सहकार्य गर्ने । १५। थरुहट९थारुवान संयुक्त संघर्ष समितिले उठाएको १३ बुँदे लगायतका मागहरु हालसम्म पनि पुरा नभएको हुनाले यस वर्षको दशै तिहारलाई आन्दोलनको रुपमा मनाउने । १६। थारु समुदायको सांस्कृतिक पर्वहरु माघी, जितीया, समाचकेवा, फगुवा ९होरी०, अट्वारी आदि पर्वमा सरकारले सार्वजनिक बिदा दियोस । १७। केन्द्र, प्रदेश तथा स्थानीय सरकार लगायत हरेक तहमा अर्थपूर्ण सहभागिता, राजनीतिक नियुक्ति एवं अवसरमा थारु समुदायको जातीय जनसंख्यको आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरियोस् । १८। नेपाल सरकारद्धारा प्रतिवद्धता तथा सहमती जनाएका आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, आइएलओ महासन्धी १६९, सिबिडि कन्भेन्सन आदि अन्तर्राष्ट्रिय सन्धी सम्झौता अक्षरस कार्यान्वयन गरियोस । १९। सिकलसेल एनिमियाबाट प्रताडित थारु समुदायको औषधी उपचारको लागि सरकारले हाल उपलब्ध गराउदै आएको सहयोग रकम न्यून तथा अपुग भएको एवं उपचार प्रक्रिया प्रभावकारी नभएको हुनाले सरकारले उनीहरुको जीवन रक्षाका लागि यथोचित रकम वृद्धि गरी उपचार सुलभ, सहज तथा प्रभावकारी बनाउन माग गर्दछौं । २०। थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको दोस्रो बैठक कार्तिकको १६ र १७ गते काठमाण्डौमा बस्ने । २१। महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न गराउनको लागि सहयोग गर्नुहुने महाधिवेशन मूल आयोजक समिति, केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु, संरक्षकज्यू, सल्लाहकारज्यू, प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन मण्डल, सभाका जिल्ला लगायत सबै तहका पदाधिकारी एवं सदस्यहरु, स्वंसेवक, नेतागण, पत्रकार, बुद्धिजिवी, समाजसेवी, पेशाकर्मी, महिला, यूवा विद्यार्थी, किसान, उद्योगी व्यापारी सुरक्षाकर्मी लगायत प्रत्यक्ष परोक्ष सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

सरकारसँग वार्ताको औचित्य छैन– विप्लव

काठमाडौं, सरकारले असन्तुष्ट बिभिन्न राजनीतिक तथा अन्य समूहसँग वार्ता गर्न औपचारिक समिति गठन गरेपनि नेत बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने वार्ता अर्थहीन रहेको टिप्पणी गरेको छ । विप्लवका प्रवक्ता प्रकाण्डले सरकार दमनमा उत्रेको भन्दै वार्ताको औचित्य नभएको बताएका हुन । सरकारले तराईका सशस्त्र समूहलगायत विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समिति गठनसँगै विप्लव समूहका प्रवक्ता प्रकाण्ड रिहा भएका थिए । विविसीमा प्रकाशित समाचारमा उक्त पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले भनेका छन– ‘हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधका आरोपमा समातिरहेको छ। त्यसकारण बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन’ ओलीले अगाडि भनेका छन, ‘उहाँहरू कसरी नमिल्ने र द्वन्द्व चर्काउने भन्नेतिर अगाडि बढिरहेनु भएको छ। हामीले सबै हिसाब गरिरहेका छौं। जस्तै हाम्रा प्रवक्तालाई कहिले काठमाण्डौं कहिले काभ्रेपलाञ्चोक त कहिले नुवाकोट लगेको छ। हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधका आरोपमा समातिरहेको छ। त्यसकारण बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन।” सरकारले गठन गरेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे रहेका छन् । उक्त टोलीले असन्तुष्ट पक्षको पहिचान गरी सबैलाई औपचारिकरुपमा नै वार्तामा बोलाउन खोजेको बताएको छ । अहिले पनि विप्लवलगायत कतिपय समूहहरु बिभिन्न उद्दे्रश्यका साथ संघर्षमा छन् । यद्यपी विप्लवले भने अहिले नै हतियारबद्ध संघर्षको उठान गरेको छैन । तराईमा भने बिभिन्न उद्देश्य नखुलेका कतिपय समूहहरु सक्रिय रहेको पाइन्छ ।

‘६० दिनभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्छ’

–कालिका खड्का काठमाडौँ, असोज ११ । काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए । कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको छ । पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ । काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके । सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो । काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन् । दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ’, आयोजनका प्रमुख कँडेलले भने, ‘पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ ।’ सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले सो कुरा बताएका हुन् । बैठकमा सांसद खिमलाल भट्टराई, धन खतिवडा, रामप्रीत पासवान, कोमल ओलीलगायतले मेलम्चीको पानी काठमाडौँ कहिले आउँछ र उपत्यकावासीले सहज रुपमा खानेपानी खान कहिले पाउँछन् भन्ने प्रश्न सोधेका थिए । समितिका सभापति दिलकुमारी रावल थापाले समयमै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर उपत्यकावासीले खानेपानी सहजरुपमा पाउन भन्ने उद्देश्यले सो बैठक राखिएको जानकारी दिइन् । सो समितिले यही असोज १४ गते उक्त खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ । दशैँभित्र मेचम्चीको खानेपानी आउने आशामा बसेका नागरिकलाई जतिसक्दो छिटो आयोजना सम्पन्न गरी उपत्यकामा पानी ल्याउन निर्देशनसमेत दिएको छ । रासस

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, असोज ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भने, “शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक हो, तपाईहरु निश्चिन्त रहनुस्, सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत गर्दछ।” स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवास जनताको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्ने कानून संसद्ले पारित गरेको प्रसंग उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नेपाली जनतालाई शान्ति, समृद्धि र सुख दिलाउन सरकार निरन्तर खटिरहेको बताएका छन् । मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताए । उनले भने, “आपराधिक मानसिकता र कानूनबीच संयोजन हुन सक्दैन, सधैँ विद्रोही बनेर पनि केही पाइन्नँ ।” उनले भने, “विकास र समृद्धिका लागि पनि रातारात केही हुन्न, यसका लागि सरकारको तीव्र कोशिश जारी छ ।” मन्त्री बाँस्कोटाले नागरिक इमान्दार र सच्चा भए स्वतः नराम्रा घटनाको अन्त्य हुने उल्लेख गर्दै सच्चा नागरिक भए भ्रष्टाचार पनि शून्य हुने बताए । कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्यचौकीको भवन निर्माण भएपछि यहाँका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा स्वास्थ्यचौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय समजसेवीलाई सम्मान गरियो । कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा ज्याम्दीमा ११ कोठे स्वास्थ्यचौकी र एउटा आवास भवन निर्माण गरिएको हो । रासस

भारतमा व्यभिचार अपराध रहेन, ब्रिटिशकालीन कानुनको महत्वपूर्ण धारा खारेज

नयाँ दिल्ली, असोज ११ । भारतमा अब ‘व्यभिचार’ अपराध नरहने भएको छ । भारतको सर्वोच्च अदालतले बिहिबार एक सय ५८ वर्ष पुरानो भारतीय दण्ड विधानको व्यभिचारसँग जोडिएको धारा ४९७ लाई खारेज गरेपछि यस्तो हुने भएको हो । अदालतले व्यभिचारलाई अपराध मान्न नसकिने जनाएको छ तर यो सम्बन्ध-विच्छेदको अधार भने बन्न सक्नेछ । यसका साथै पाँच जना न्यायाधीश सम्मिलित संवैधानिक पीठले पत्नी पतिको सम्पत्ति नरहेको समेत स्पष्ट पारेको छ । अदालतका अनुसार महिला आफ्नो निर्णय आफैँ गर्न स्वतन्त्र छिन् र समाजले आफू अनुरुप महिलाले सोच्न बाध्य गराउन पाउने छैन । तर व्यभिचारलाई सामाजिक विकृति भने मान्न सकिने छ । यससम्बन्धी सार्वजनिक महत्वको विषयमा निर्णय सुनाउँदै भारतीय सर्वोच्च न्यायालयले व्यभिचार सम्बन्धी धारा ४९७ ले समानतासम्बन्धी अधिकारलाई उल्लङ्घन गर्ने भएकाले यसलाई अतार्किक भनेको छ । आफ्नोबारेमा आफैँ निर्णय गर्नसक्ने अधिकार गरिमामय मानव अस्तित्वसँग जोडिएको समेत उक्त फैसलामा जनाइएको छ । उक्त फैसलामा धारा ४९७ अतीतको निसानीको रूपमा रहेको र यसले महिलाहरूलाई स्वयम् आफ्नाबारेमा निर्णय लिनबाट रोक्ने गरेको समेत फैसलामा उल्लेख छ । फैसलामा अगाडि भनिएको छ, “व्यभिचारसँगै यदि कुनै अपराध भएको छैन भने यसलाई अपराध मानिनु हुँदैन । तर अझ पनि यसलाई सम्बन्ध-विच्छेदको आधार भने मान्न सकिने छ ।” महिलासँग असमानताको व्यवहार गर्ने व्यवहार असंवैधानिक रहेको भन्दै उक्त धारा महिलालाई आफूखुसी यौन सम्बन्ध स्थापित गर्न रोक्ने भएकाले यो असंवैधानिक रहेको जिकिर फैसलामा गरिएको छ । उक्त फैसलामा महिलालाई आफ्नो इच्छाअनुरूप यौन सम्बन्ध राख्नबाट वंचित गर्न नहुने भनिएको छ । चीन, जापान और अस्ट्रेलिया जस्ता देशहरूमा व्यभिचार अपराध मानिदैन । ब्रिटिशकालमा निर्मित भारतीय दण्ड विधानको धारा ४९७ अनुसार कसैकी पत्नीसँग निजका पतिको स्वीकृति बेगर यौनसम्बन्ध राख्नु व्यभिचार मानिएको छ । यसमा अधिकतम पाँच वर्षसम्मको सजायको व्यवस्था रहेको थियो । यस धारा अन्तर्गत पतिले मुद्दा दायर गर्न सक्दथे र धारामा पत्नीलाई पतिको निजी सम्पर्री सरह व्याख्या गरिएको थियो । उक्त विषयमा परेको रिटमा व्यभिचारसम्बन्धी मुद्दामा पुरुषलाई मात्र सजाय मिल्ने हुँदा यो भेदभाव रहेको र भारतीय संविधानको अनुच्छेद १४, १५ र २१ को ठाडो उल्लङ्घन भएको दाबी पेस गरिएको थियो । उक्त रिटमा शारीरिक सम्बन्ध आपसी समझदारीमा भए त्यसमा कुनै एक पक्षलाई जिम्मेवारीमुक्त राख्नु न्यायसंगत नरहेको जिकिर गरिएको थियो ।