पौडेलले भने–देउवाबाट पार्टी चल्दैन, केन्द्रीय समिति बैठकबाट छिनोफानो गर्नुपर्छ

काठमाडौं, फागुन १५ । पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ ।
पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् ।

‘कांग्रेसमा देउवाजी सभापति भएको एक वर्ष भयो, तर एक वर्षमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन हुनै सकेको छैन । समयमा पार्टीका संरचना नबन्दा र नेता कार्यकर्तालाई जिम्मेवारी नदिँदा चुनाव लक्षित कार्यक्रम बनाउने र कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न गाह्रो हुँदै गएको छ,’ पौडेलले भने ,‘ पार्टीमा निर्णय पारदर्शी छैनन् । सरकार गठनका बेला कांग्रेसले १३ मन्त्रालय पाउने र हाम्रो पक्षलाई पाँच दिने भनियो, तर हामीलाई छलछाम गरी पछि १५ वटा कांग्रेसले लिएको देखियो । भ्रातृसंस्थामा पनि उहाँले उस्तै छलछामको राजनीतिक देखाउनुभएको छ । यी सबै विषय हेर्दा अब सभापति देउवाबाट पार्टी चल्दैन भन्ने हामी सबैले बुझ्नुपर्ने कुरा हो ।’

‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ ।

त्रिवि केन्द्रीय क्याम्पसमा तालाबन्दी, हारबाट डराएर चुनाव विथोल्न खोजेको क्रान्तिकारीको आरोप

काठमाडौं, फागुन १४ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी भएको छ । अखिल क्रान्तिकारीले एकलौटी हस्तक्षेप गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी लगाउने संगठनहरुमा एमाले निकटअनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, अखिल (क्रान्तिकारी) विप्लव, मधेसी विद्यार्थी फोरम लगायतका संगठन रहेका छन् । क्रान्तिकारीले अन्य संगठनलाई उपेक्षा गरि प्रशासनमा एकलौटी हस्तक्षेप गरेको, प्रशासनले मतदाता नामावली प्रकाशन गर्दा भर्ना भएका विद्यार्थीको नाम छुटाइएको जस्ता आन्दोलनकारी संगठनको आरोप छ । तर, अखिल क्रान्तिकारीले भने आफ्नो संगठनको लोकप्रियताबाट डराएर चुनाव विथोल्न खोजेको कुत्सित मानसिकता भनेको छ । त्रिविले कार्यतालिका मिचेको, केही संगठनले आचारसंहिता उल्लंघन गर्दा क्याम्पस प्रशासन मौन बसेकाले आन्दोलनमा उत्रनु परेको नयाँ शक्ति विद्यार्थी युनियनका नेता राजेन्द्र ओलीले बताए । अखिल क्रान्तिकारीका स्ववियु सभापतिका उम्मेदवार तिलकप्रसाद उपाध्यायले उक्त आरोप पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिए । ‘हामीले त्रिविमा कुनै त्यस्तो काम गरेका छैनौं, त्रिविमा हाम्रो संगठनको लोकप्रियता देखेर केही साथीहरु तललो स्तरमा उत्रिए ।’

ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड

काठमाडौँ, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आज आयोजित विशेष समारोहमा स्वर्ण सरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गरे । काठमाडौंको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका–५ थानकोटमा रहेको सो विद्यालयले वि.सं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएपछि करिब रु तीन करोडको लागतमा भवन निर्माण गरिएको हो । वि.सं २०२४ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयबाट विसं २०७२ सम्म दुई हजार ८०० छात्रछात्राले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । शिक्षा मन्त्रालयले सो विद्यालयलाई सामुदायिक विद्यालयबाट शतप्रतिशत प्रवेशिका परीक्षामा उत्तीर्ण गराए बापत प्रदान गर्ने नगद तथा प्रमाणपत्र विसं २०६० देखि निरन्तर रुपमा प्रदान गरिरहेको छ । करिब ११ रोपनी जग्गामा रहेको विद्यालयको सातवटा भवन आफ्नै रहेको छ । साथै आफ्नो १६ रोपनी जमिनमा स्याउ र नासपातिका बिरुवा रोपी आम्दानीको स्रोत बढाउन सुरुवात् गरेको छ । संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने गतिलो उदाहरण बनेको सो विद्यालयमा हाल एकहजार दुईसय छात्रछात्राले अध्ययन अध्यापन गरिरहेका छन् । राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै सहरी र ग्रामीण क्षेत्रमा विद्यमान शैक्षिक गुणस्तर र पहुँचका खाडललाई अन्त्य गर्नु पर्ने आवश्यकता औँल्याए । उनले दुर्गम क्षेत्रका बालबालिकाको अझै पनि शिक्षा लिनबाट वञ्चित एवम् बीचबाट अध्यययन छाड्नुपर्ने बाध्यता रहेको तर्फ सरकारले ध्यान दिन आग्रह गर्दै अभिभावक, शिक्षक, विद्यालयको समन्वयबाट मात्र शैक्षिक उन्नयन हुने धारणा राखे । राष्ट्रपति भण्डारीले विद्यालय तहमा आधुनिक सूचना प्रविधि सम्बन्धी शिक्षा विस्तार गर्नुपर्ने खाँचो औल्याउँदै उत्पादित जनशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरिनुुपर्छ भनेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विद्यालयका संस्थापक, प्रधानाध्यापक,संस्थापक शिक्षक, पहिलो समूहमा तथा विसं २०७० को सामुदायिक विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रा, भवन निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । यसरी सम्मानित हुने विद्यालयका संस्थापकमा नर्सिङ्ग श्रेष्ठ, मोहनमान श्रेष्ठ, चक्रबहादुर महर्जन, शङ्खलाल महर्जन, काजीलाल महर्जन, प्रेमबहादुर बस्नेत, रामबहादुर गिरी, केशवप्रसाद शर्मा, तीर्थराज सिग्देल, संस्थापक शिक्षकमा मोहनमान श्रेष्ठ, मञ्जु गिरी र श्यामबहादुर श्रेष्ठ रहेका छन् । कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले विद्यालयमा शिक्षक आवास भवन तथा प्राविधिक शिक्षालय बनाउन थप आर्थिक सहयोग गर्ने जानकारी दिँदै शैक्षिक उन्ननयका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । सांसद राजेन्द्र केसीले सामुदायिक विद्यालयका शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउँदै अबको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ भने । सो अवसरमा विद्यालयबाट प्रकाशित स्वर्ण स्मारिका सार्वजानिक गरिनुका साथै विद्यालयका छात्रछात्राले गीत÷सङ्गीत प्रतिभा प्रस्तुत गरेका थिए ।

देउवाको आरोप-‘एमालेले पहाडी र मधेशी जनताबीच झगडा गराउने षडयन्त्र गर्यो’

बुटवल, फागुन १४ । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले पहाडी र मधेशी जनताबीच झगडा गराउने षडयन्त्र गरेको आरोप लाएका छन् । बुटवलको दीपनगरमा निर्माण भएको वीपी कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन सभापति देउवाले एमालैकै गलत षडयन्त्रका कारण नेपाली–नेपालीबीच लडाउने अतिवादीहरु हावी भइरहेकोप्रति चिन्ता जनाए । देउवाले भने–‘जिम्मेवार दलहरुले नै नेपालको राष्ट्रिय एकता खल्बलाउने प्रयास गरिरहेका छन्, देशमा अतिवादीहरु हावी भैरहेका छन्,अतिबादले दुर्घटना गराउँछ ।’ मधेशी जनताको माग सम्बोधनको लागि संबिधान संशोधनको तयारी भैरहेको र नेपाली कांग्रेस सम्पूर्ण नेपालीलाई एक शुत्रमा बाँध्न लागिपरेको उनले बताए । सभापति देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालार्इ निर्देशन दिए । ‘आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने छ,यो वा त्यो बहानामा चुनावलाई कसैले पनि बिथोल्न हुँदैन,’ उनले भने । स्थानीय तहको निर्वाचनले जनतालाई सच्चा मालिकको अनुभूति गराउने उनको भनाइ छ । कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन कुनैपनि वाहनामा नरोकिने दावी गरे । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले देशमा अतिवादीले भ्रम छरिरहेको भन्दै दुवै प्रकारका अतिवादबाट देशलाइ जोगाएर काँग्रेस अगाडि बढ्ने बताए ।

स्ववियु चुनावमा कुन-कुन संगठनले गराउलान उम्मेदवारी दर्ता !

काठमाडौं, फागुन १४ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको आज उम्मेदवारी दर्ता गर्ने दिन रहेको छ । ०६५ सालदेखि हुन नसकेको निर्वाचन ८ वर्षपछि फागुन १८ गते हुँदैछ । त्रिवि स्ववियु निर्वाचन कार्यालयले निर्वाचनका लागि आज देशभर स्ववियु चुनावमा भाग लिने संगठनले उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ । त्यस्तै भोलि १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । र भोलि नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । भोलि नै ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३ सय भन्दा बढी, आंगिक ६० र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत ११ क्याम्पसमा निर्वाचन हुनेछ । स्ववियु निर्वाचनको लागि कडा सुरक्षा व्यवस्था मिलाईएको छ । विद्यार्थी भर्ना प्रक्रिया बन्द गरिएपनि अवैधानीक तरिकाले भर्ना गरेको भन्दै कतिपय क्याम्पसहरुमा तालाबन्दी अझै खुलेको छैन् । विवादका कारण राजधानीको त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्यस्तै मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । त्यहाँ पनि स्ववियु चुनाव अनिश्चितजस्तै भएको छ । त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् । त्यस्तै पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ । उक्त क्याम्पसहरुमा पनि तालाबन्दी अझै खुलेको छैन् । डोल्पाको डोल्पो क्याम्पसमा पनि तीन दिनदेखि तालाबन्दी छ । त्यहाँ पनि उम्मेदवारी दर्ता आज प्रभावित हुने देखिएको छ । त्यस्तै मधेशका ८ जिल्लामा पनि मधेश केन्द्रीत दलहरुले तालाबन्दी गरेका छन् ।

बर्डफ्लु देखियो पोखरामा, ८० घरका हाँस कुखुरा नष्ट गर्ने तयारी

पोखरा, फागुन १४ । पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ भन्दै नागरिक न्युजले लेखेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालका अनुसार फागुन ६ गते परियारले पालेको हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गरिएको थियो। परियारले २० वटा हाँस र ११ वटा स्थानीय कुृखुरा पाल्न थालेकी थिइन्। हाँस मरेपछि बर्डफ्लुको आशंकामा परीक्षण गर्दा एचफाईभ एनवान नामक भाइरस भेटिएको अर्यालले बताए। ‘परीक्षणका क्रममा बर्डफ्लुको पुष्टि भएको हो। संक्रमित क्षेत्रमा धमाधम हाँस र कुखुरा मार्न थालिएको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा चारकिल्ला तोकेर नियन्त्रण सुरु गरिएको छ।’ उनका अनुसार सुरुमा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला र दोश्रोपटक केन्द्रीय प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो। ‘संक्रमण थप फैलिन नदिनका लागि पुरै सचेत बनेका छौं। संक्रमित क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य बस्तुको ओसारपसारमा रोक लगाइएको छ,’ उनले भने। उनका अनुसार रोग नियन्त्रणका लागि केन्द्रबाट डा. अवधेश झा नेतृत्वमा प्राविधिक टोली खटिएको छ। ‘केन्द्र र स्थानीय तहको र्‍यापिड रेस्क्यु टिम खटिएको छ। रोग नियन्त्रणमा पुरै लागिपरेका छौं,’ उनले भने। अर्यालले खाल्टेमसिना क्षेत्रका सबै घरका हाँसकुखुरा नष्ट गरिने बताए। ‘घरमा जे–जति पंक्षी र पंक्षीजन्य बस्तु भेटिन्छन्, ती सबैलाई नष्ट गर्छौ,’ अर्यालले भने, ‘टोललाई नै पुरै नियन्त्रणमा लिन नसके फेरि फैलने जोखिम हुन्छ।’ खाल्टेमसिना क्षेत्रका करिब ८० घरमा हाँसकुखुरा पालेको उनको अनुमान छ।

निर्वाचन गराउन सरकार प्रतिवद्ध: मन्त्री गुरुङ

मोरङ, फागुन १४ । श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताए । विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको छ भने । मन्त्री गुुरुङले भने, “निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिवद्ध छ ।” लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँुदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुनेमा उनले जोड दिए ।

एमाले नेता नेपालले डा.भट्टराईलाई ‘संसद छाडेर भागेको भगौडा’ भनेपछि…

पर्वत, फागुन १४ । नेकपा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई संसद छाडेर भागेको भगौडाको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद छोडेर भागेको भगौडाले मधेसको जिम्मा लिन्छु भन्नु हास्यास्पद विषय भएको बताए । उनले चुनावअघि संविधान संशोधन कुनै हालतमा गर्न नहुने भन्दै मधेसी दलहरुलाई नेपालको माया भए जिद्दी त्याग्न आग्रह गरे । नेता नेपालले स्थानीय तहको चुनावसम्म प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए । स्थानीय तहको निर्वाचन अब कुनै शक्तिले रोक्न नसक्ने भन्दै उनले भने– ‘स्थानीय निर्वाचनसम्म गठबन्धन सरकारको कुर्सी धानिदिन्छौं,’ नेपालले भने, ‘त्यसपछिको जनादेशले फरक मोड लिन सक्छ । हामी पनि चुप लागेर बस्न सकिन्न ।’ उनले केही व्यक्ति चुनावमा सहभागी नहुँदैमा र कुनैले मतदान नगर्दैमा चुनाव नरोकिने स्पष्ट पारे । ‘अब चुनावविपरीत कुनै कदम चाल्दा त्यसको परिणाम के हुन्छ भन्ने राम्रोसँग बुझ्नुपर्छ,’ नेता नेपालले भने, ‘केही व्यक्तिहरुले मतदान नगर्दैमा चुनाव रोक्नु हुन्न ।’ नेपालले एमाले चुनावमा होमिएर देश दौडाहा अभियानमा लागेकोले अब कसैका कुरा नसुनी निर्वाचनको तयारीमा लाग्न र मुलुककै पहिलो शक्तिका रुपमा एमालेलाई स्थापित गराउन कार्यकर्तालाई आग्रह गरे ।

भूकम्पपीडितलाई दोस्रो किस्ता दिन प्रमाणीकरण सुरु

बनेपा, फागुन १४ । पुनःनिर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ । पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय, धुलिखेलले जनाएको छ । दोस्रो किस्ता रकम वितरणको निर्देशिका जिल्लामा आएपछि प्रमाणीकरणको काम सुरु गरेका छौँ अब केही दिनपछि वितरण हुन्छ सो कार्यालयका प्रमुख अष्टलाल सुवालले बताउनुभयो । उहाँले जिल्लामा अहिलेसम्म १४५ जना भूकम्पपीडितको प्रमाणीकरण भएको जानकारी दिँदै १२ जना भूकम्पपीडितले भूकम्प प्रतिरोधी भवन संहिताभन्दा बाहिर रहेर पुनःनिर्माण गरेकाले प्रमाणीकरण गर्न समस्या भएको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेश गरेका लाभग्राहीमध्ये एक हजार ११ जनाले आफैँले घर निर्माण गरेका छन् । भूकम्पबाट क्षति भएका घरमध्ये अहिलेसम्म दुई हजार ४७९ घर पुनःनिर्माणको काम सुरु भइसकेको छ । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि रु ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ । सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले छ हजार ६३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको रु ५० हजार पाउने क्रम जारी रहेको छ । रासस

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, आयोजनाले गति लिन थाल्यो

गोरखा, फागुन १४ । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छ । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण सुरु भएको छ । मुआब्जा समितिका संयोजक समेत रहनुभएका गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैंक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७२० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करिब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले रु चार करोड ७२ लाख ७२१ मुआब्जा रकम वितरण गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घ्याल्चोकको १९५२४ वर्गमिटर जग्गा र दर्बुङको १८,७५१.८३ वर्गमिटर जग्गाको मुआब्जा वितरण गरिएको हो । बिहीबार मुआब्जा पाएका प्रभावितले थोरैमा रु एक लाख र धेरैमा रु ८० लाखसम्म पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोज्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । अहिलेसम्म ९६ जनाको शून्य मौज्दातमा खाता खोलिएको शर्माले जानकारी दिनुभयो । घ्याल्चोकको सिउरेनीटारमा रहेको आयोजना विकास समितिको कार्यालयमा मुआब्जा लिने प्रयोजनका लागि निवेदन लिने काम भइरहेको छ । आयोजनाको विद्युत् गृह बन्ने स्थान अर्थात् तल्लो क्षेत्रका गाविसबाट डुबान पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । सरकारले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड निकासा गरिदिएपछि मुआब्जा वितरणले गति लिएको हो । गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा तोक्न बाँकी छ । गोरखा र धादिङका अन्य क्षेत्रको भने यसअघि नै मुआब्जा रकम तोकिएको थियो । प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने गरी मुआब्जा तोकिएको भए पनि प्रभावित क्षेत्रका बासिन्दाले उचित मुआब्जा नदिएको भन्दै गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकन गर्न निवेदन दिएपछि त्यसउपर सुनुवाइ भएको छैन । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष तथा प्रभावित क्षेत्रका बासिन्दा हरेराम ढकालले मुआब्जा पुनरावलोकनको माग सुनुवाइ नहुँदै मुआब्जा समितिले मुआब्जा वितरणमा हतार गरेको आरोप लगाउनुभयो । जग्गाको मुआब्जा दिएर मात्रै नपुग्ने भन्दै ढकालले घर, गोठ, रुख, फलफूललगायतको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग रहेको बताउनुभयो । रासस

गृहमन्त्रीको यस्तो खुलासा

काठमाडौं, फागुन १३ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचनमा दलीय आधारमा उम्मेदवार नदिने कि भन्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा हुनु अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारलाई साथ र समर्थन दिँदै आएको मधेसी मोर्चा एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबीचमा सो विषयले प्रवेश पाएको खुलासा भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले महेन्द्रनारायण निधिको ९५औं जन्मजयन्तीका अवसरका आयोजित पुरस्कार प्रदान कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ‘प्रमुख दलका शीर्ष नेताले स्थानीय तहको निर्वाचन दलीय आधारमा नलडौं भन्ने प्रस्ताव राख्नुभएको छ तर ठोस निष्कर्ष निस्केको छैन’–भने । सरकारले आफूलाई साथ र समर्थन दिँदै आएको मधेसी मोर्चा एवं प्रमुख प्रतिपक्षी दलको सल्लाहमा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा फागुन ९ गते गरेको थियो । ‘दलीय आधारमा चुनाव नलडी के आधारमा चुनाव भाग लिने त रु भन्ने प्रश्न आउन सक्छ, यसलाई विकासका कार्यसूची ९एजेन्डा०सँग जोड्न दलका नेताबीचमा कुराकानी भएको’ उनले जानकारी दिए । उपप्रधानमन्त्री निधिले आगामी बैठकमा यस विषयमा अझ गहिरोरुपमा छलफलसमेत हुने जानकारी दिए । गृहमन्त्री निधिले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक नआउँदैमा निर्वाचनलाई कुनै असर नपर्ने जिकिर गर्दै राजनीतिक दलसम्बन्धी पुरानै कानुनले निर्वाचन गराउन सकिने बताए । गृहमन्त्री निधिले निर्धारित् मितिमा निर्वाचन हुने र यसमा शंका नगर्न आग्रह गर्दै ‘तराई–मधेसको समस्या समाधान गर्न संविधान संशोधन हुनेछ’– भने । गृहमन्त्री निधिले ‘संविधान संशोधन गरी एक वर्षभित्र स्थानीय तह, प्रदेश र संसद गरी तीन तहको निर्वाचन सम्पन्न गराउन वर्तमान सरकार गठन भएको हो, यी कार्यभार पूरा गर्न नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ’–भने । संविधान जहाँको त्यहीँ रहनु दुःखद् स् पूर्वराष्ट्रपति यादव कार्यक्रममा पूर्वराष्ट्रपति डा। रामवरण यादवले ‘संविधानसभाबाट संविधान जारी भएको १८ महिना बितिसक्दा जहाँको त्यहीँ रहनु दुःखद् कुरा हो’–भने । उनले ‘लोकतन्त्रका प्राण भनेका प्रक्रिया र विधि हुन्, यसलाई कुनै एक दलले मेरो गोरुको बाह्रै टक्का भनी अड्काउने काम गर्नु नहुने’ विचार राख्दै ‘अब असन्तुष्ट पक्षका माग सम्बोधन गरी निर्वाचनमा जानुको अर्को विकल्प छैन’–भने । उनले भने–‘हिमाल, पहाड र तराईलाई जोड्नसक्ने तन्तु नै असली राष्ट्रवाद हो ।’ आफू कांग्रेसको कुल र मूलबाट प्रथम राष्ट्रपति हुने सौभाग्य पाउनु गौरव लागेको स्मरण गर्दै उनले जटिल र कठिन मोडमा आफ्नो भूमिकालाई निर्वाह गरेको बताए । सो अवसरमा पूर्वराष्ट्रपति डा। यादवले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार पन्नालाल गुप्ता (बाँके) र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा देवेन्द्रप्रसाद उपाध्याय (चितवन)लाई संयुक्तरुपमा प्रदान गरे । वरिष्ठ पत्रकार गुप्ताले वि.सं. २०१८ देखि अविछिन्नरुपमा बाँके कार्यक्षेत्र बनाइ पत्रकारितामा संलग्न हुँदै आएका छन् भने उपाध्यायले शिक्षक रही प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिँदै आएका छन् । सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी, प्रतिष्ठानद्वारा स्थापित यस वर्षको प्रेमसागरीदेवी निधि पुरस्कार समाजसेवीद्वय वृन्दा जोशी (बर्दिया) र रत्नाकुमारी श्रेष्ठ (बागलुङ) लाई संयुक्तरुपमा प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ५१ हजारसहित सम्मानपत्र रहेको छ । जोशीले मदिरा नियन्त्रण र महिला हिंसा अन्त्य गर्न र श्रेष्ठले मानवधिकारका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएका छन् । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले सत्य र अहिंसात्मक एवं प्रजातान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिको योगदान अतुलनीय रहेको स्मरण गरे । सो अवसरमा महिला नेत्री डा। डिला संग्रौला, दुर्गा घिमिरे, प्रा। कपिल श्रेष्ठ तथा पुरस्कृत व्यक्तित्वद्वय गुप्ता, उपाध्याय र श्रेष्ठले संविधान कार्यान्वयन गर्न निर्वाचनलाई सफल बनाउन आग्रह गरेका थिए ।

वैद्य र विप्लवको एउटै बोली– संशोधन र चुनाव दुबै गलत

काठमाडौं, फागुन १३ । सरकारले चुनावको घोषणा गरेको विषयलाई वैद्य माओवादीले बिरोध गरेको छ । वर्तमान अवस्थामा चुनावले आम नेपाली जनताका आधारभूत मागहरुको सम्बोधन नगर्ने भन्दै वैद्य माओवादीले बिरोध गरेको हो । यसअघि विप्लव माओवादीले पनि चुनाव घोषणाले संसदीय व्यवस्थालाई नै निरन्तरता दिने भन्दै बिरोध गरेको थियो । पार्टीले विज्ञप्ती जारी गर्दै वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्था अन्र्तगत गरिने संंविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन सक्तैन, भन्ने उल्लेख गरेको छ । विज्ञप्तीमा भनिरएको छ,“‘त्यसका निम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य रुपमा आवश्यक छ ।’ स्थानीय निर्वाचनको मिति घोषणा गरिएपनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरुका बिच पैदा हुँदै आएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जतिलताका कारण पनि निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको बैद्य माओवादीको ठहर छ । ‘संसदीय निर्वाचन बहिष्कार र उपयोग संबन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएको भन्दै यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायले ठोस निर्णय गर्ने भनिएको छ ।

सभापतिका प्रत्याशी उपाध्यायको प्रश्न– टियु मशानघाट हो कि डेटिङ थलो ?

काठमाडौं, फागनु १३ । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावले तातेको छ कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बलियो उपस्थिति जनाएको दावी गरेको छ अखिल क्रान्तिकारीले । विश्वविद्यालयलाई साँच्चिकै प्राज्ञिक थलो बनाउने प्रतिबद्धता छ संगठनको । देशकै जेठो र चर्चित क्याम्पस अहिले बिमार भएकोले यसलाई तन्दुरुस्त बनाउनु प्रमुख एजेण्डा रहेको सभापतिका प्रत्याशी तिलक प्रसाद उपाध्यायले बताए । “देशकै जेठो त्रिभुवन विश्वविद्यालय मशानघाट हो कि डेटिङ स्पट हो ?” तिलक प्रसाद उपाध्याय प्रश्न गर्छन्, “प्राज्ञिक थलो भनेपछि त्यही अनुरुपको वातावरण हुनुपर्दैन ? कि यो जसले जे गरेपनि हुने ठाउँ हो ?” नाकाबन्दीको चर्को मारमा रहेको बेला ग्यास र इन्धन नपाएर चाउचाउ खान बाध्य विद्यार्थीहरुका लागि २८ दिनसम्म अभियान सञ्चालन गर्यो क्रान्तिकारीले । यो सँगै अन्य मुद्दाहरुमा समेत निकै सक्रियता देखियो संगठनको । संगठनको सक्रियताकै कारण अन्य विद्यार्थीहरुभन्दा अगाडि नै क्रान्तिकारीले अध्यक्षको उम्मेद्वार समेत घोषणा गरेको छ । “हिजो भूकम्प र पछिल्लो पटक नाकाबन्दी हुँदा अरु हराएका थिए, हामी विद्यार्थीलाई राहत पुर्याउँदै थियौं । आज अरुले उम्मेदवार खोज्दै हिँडेका छन्, हामी उम्मेद्वार घोषणासहित विद्यार्थी माझ छौं ।” एभरेष्टदैनिकडटकमसँग उपाध्यायले भने । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस सबैभन्दा बढी चल अचल सम्पत्ति भएको क्याम्पस हो । सयौं रोपनी जग्गा छ क्याम्पसको । तर क्याम्पस कहाँबाट शुरु हुन्छ र कहाँ सकिन्छ भन्ने कुरा भने भन्न सकिने अवस्था छैन । कारण हो, क्याम्पसको व्यवस्थित संरचना नहुनु । जो गएपनि हुने, जे गरेपनि हुने अवस्था रहेको उपाध्याय बताउँछन् । “क्याम्पस भएपछि स्वच्छ वातावरणमा चौरमा, पार्कमा, लाइब्रेरिमा पढ्ने वातावरण हुनुपर्ने होइन र ?” उनी भन्छन्, “यहाँ बाहिर निस्किएर चौरमा बसे छेउमा कि लागु पदार्थ खानेहरु देखिन्छन् कि डेटिङ जोडीहरु, अनि कसरी बन्छ प्राज्ञिक थलो ?” उनको प्रश्न छ । आफूले जितेमा सबैभन्दा पहिला क्याम्पस परिसरमा पर्खाल लगाउने उनले बताए । त्रिभुवन विश्वविद्यालय परिसरभित्र ४ जनाको मृत्यु भएको प्रसंग उठाउँदै उपाध्यायले विश्वविद्यालयलाई साँच्चिकै अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाउनु यसको वातावरणदेखि भौतिक संरचनामा व्यापक सुधारको खाँचो भएको औंल्याए । “अरु संगठनलाई यसको मतलब छैन, तर हामीले उपेक्षा गर्न सक्दैनौं । विश्वविद्यालयलाई वास्तविक शैक्षिक, प्राज्ञिक थलो बनाउने हाम्रो कोशिस रहन्छ ।” भौतिक संरचनाको निर्माण गर्ने, डिजिटल अध्ययन केन्द्रदेखि अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आफूहरु लागि परेको उनको भनाई थियो । त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकार, विश्व बैंकलगायत थुप्रै सहयोग दिएपनि विद्यार्थीबाट भने चर्को शुल्क असुलिने परिपाटीले भ्रष्टाचार मौलाएको उपाध्यायले बताए । “विद्यार्थीले तिर्ने पैसा के मा खर्च हुन्छ ? जबकि अनुदान पाइएकै छ । सेमेष्टर सेमेष्टर जस्तो छैन । यो वार्षिक प्रणाली हो कि सेमेष्टर हो भन्ने छ्ट्टयाउन गारो पर्छ । यसको विरुद्धमा पनि मेरो उम्मेदवारी हो’ उनले भने, “सेमेष्टर प्रणाली खारेज गर्ने षडयन्त्र समेत चलेको छ । तर हामीले गुणस्तरीय शिक्षाका लागि यसलाई व्यवस्थित बनाएर लैजानुपर्छ भन्ने माग गर्दै आएका छौं ।’ विद्यार्थीहरुबाट उठाइएको शुल्क घटाउनुपर्ने माग क्रान्तिकारीले गरेको छ । आफूहरुले विद्यार्थी, विश्वविद्यालय र समग्र शैक्षिक प्रणालीसँग जोडिएका मुद्दाहरु उठाएको जित्ने कुरामा ढुक्क भएको उपाध्याय बताउँछन् । चौथो सेमेष्टरमा नै थेसिस सक्ने वातावरण मिलाउने, पार्ट टाइम जागिरको सुनिश्चितता र प्रमाणपत्रमा ऋणको सुनिश्चितताका लागि समेत आफूले उम्मेद्वारी दिएको उनले बताए । त्रिभुवन विश्वविद्यालयलाई मर्यादित बनाउन चानचुने प्रयासले नहुने उनको बुझाई छ । होस्टेलको व्यवस्थापनदेखि शैक्षिक र भौतिक संरचनामा आमूल सुधारको खाँचो रहेको उनी बताउँछन् । “यसका लागि जिम्मेवार र प्रतिबद्ध स्ववियू आवश्यक छ । लामो समयदेखि हामी यसकै लागि लडेकोले अन्य संगठनबाट यी कुराको आश गर्न सकिन्न ।’ उनले भने, “त्यसैले विद्यार्थीमाझ हामी लोकप्रिय छौं र जित्ने कुरामा ढुक्क छौं ।’

पाँच तस्वीरमा हेर्नुस् पशुपतिनाथमा महाशिवरात्री उत्सव (फोटो फिचर)

काठमाडौं, फागुन १३ । आज महाशिवरात्री । फागुन कृष्ण त्रयोदशीको दिन मनाइने पर्वका अवसरमा शुक्रबार पशुपतिनाथमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्न विहान सबेरैदेखि भक्तजनहरुको भीड लागेको थियो । पशुपतिनाथ मन्दिर दर्शनको लागि बिहान ३ः३० बजेदेखि मन्दिरको ढोकचा खुला गरिएको थियो । तर, बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।  सबै तस्वीर : रासस pashupati-mahasivaratri 2 pashupati-mahasivaratri pashupati-mahasivaratri 4 pashupati-mahasivaratri 1 pashupati-mahasivaratri 3  

अपडेट : शिव मन्दिरमा ग्यास सिलिन्डर पड्कीँदा एकको मृत्यु, ८ जना घाइते

सुनसरी, फागुन १३ । सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा ग्यास सिलिन्डर पड्किदा गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था अझै गम्भिर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा मोरङ कटारीका ३० वर्षका सोमराज माझी रहेका छन् । माझीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भिर घाइतेहरु मोरङ गछियाकी ३२ वर्षकी तारा मण्डल र नाम नखुलेका एक पुरुषको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका–६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साह प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताएका छन् । याे पनि पढ्नुस् https://everestdainik.com/2017/02/82869/      

यसरी मनाइयो नेपाली सेना दिवस (फोटो फिचर)

काठमाडौं, फाुगन १३ । नेपाली सेना दिवस तथा महाशिबरात्री पर्वको नेपाली सेनाले एक समारोहका बीच मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए । समारोहमा नेपाली सेनाले विभिन्न कार्यक्रमहरु प्रदर्शन गरेको थियो । यस्ता छन् समारोहका केही झलकहरु