संसद्को म्याद थप्ने पक्षमा लाग्नु हुदैनः मन्त्री थापा

देउवाको घोषणाः सरकार नै चुनावका लागि गठन, कसले भन्यो चुनाव हुन्न ?

काठमाडौं, माघ २६ । निर्वाचन नहुने विषयमा फैलाइएका हल्लामा विश्वास नगर्न नेपाली कांग्रेसका सभापति देउवाले आग्रह गरेका छन् । वर्तमान सरकार चुनाव गराउनकै लागि गठन भएकाले निर्वाचन हुँदैन कि भन्ने शंका निरर्थक रहेको सभापति देउबाको जिकिर थियो । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको पहिलो स्मृति दिवसमा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले निर्वाचनका लागि आन्तरिक तयारीमा जुट्न समेत निर्देशन दिए । “निर्वाचन नचाहने केही तत्वले निर्वाचन हुँदैन भन्ने भ्रम सृजना गरेका छन् । त्यसका पछि नपरी चुनावको वातावरण बनाउन अघि बढौं” देउबाले भने, “चुनावको अग्रसरता कांग्रेसले लिनुपर्छ, सबै तयार बनौं ।” बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस मधेश हैन देश अभियान लिएर जनतामाझ जाने बताए । निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेकाले लचकता देखाउन एमाले र मधेसवादी दललाई उनको आग्रह थियो । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिहं, कृष्णप्रसाद सिटौलालगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनको आवश्यकता रहेकाले जसरी पनि निर्वाचन गर्नु पर्नेमा जोड दिए । उनीहरुले स्वर्गीय कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गरे कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको गत वर्ष माघ २६ गते निमोनियाका कारण निधन भएको थियो ।

एमालेलाई बाबुरामको प्रश्नः देशलाई मुठभेडमा लैजाने कि संविधान संशोधन गर्ने ?

हेटौंडा, माघ २६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले संविधान संशोधन नभई चुनावमा जान नसकिने बताएका छन् । निर्वाचन गराउन र संविधान कार्यान्वयनका लागि पहिलो शर्त नै संविधान संशोधन रहेको बताउँदै नेता भट्टराईले एमालेले चुनावको मात्रै अडान लिनु देशलाई मुठभेडतर्फ लैजान खोजेको बताए । नेपाल प्रेस सोसाइटीले बुधबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा।भने, “संविधान संशोधन नभई निर्वाचन हुनै सक्दैन ।’ उनले संविधान जारी गर्ने बेलामा नै त्रुटि भएकोले सो त्रुटि सच्याउनुपर्नेमा जोड दिएका छन् । सबैको अधिकतम् सहमतिमा संविधान संशोधन गरेर त्यो त्रुटि सच्याउनु पर्ने बताए । संविधान संशोधन विना चुनाव गराए देश द्वन्द्वमा फस्ने उनले बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जायज मागहरु सम्बोधन नभई मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । देशको एउटा हिस्साले संशोधन खोजिरहेको बेला चुनाव चुनाव मात्रै भनेर संविधानको कार्यान्वयन हुन नसक्ने उनको जिकिर थियो ।

गणतन्त्र रोक्न खोज्नेलाई निस्तेज पार्नुपर्छः प्रम दाहाल

चितवन, माघ २६ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कार्यान्वयन गर्न नसके देशमा ठूलो दुर्घटना हुने बताएको छ । नेकपा माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘अहिलेको परिवर्तन माओवादीकै कारण सम्भव भएको हो । यसलाई अपनत्व गर्ने र संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै काँधमा रहेको छ’ भन्नुभयो । माओवादी कमजोर होस् भनेर एउटा शक्ति लागिरहेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहालले हामी एक हुनसक्यौँं भने कसैले हामीलाई कमजोर बनाउन सक्दैन भन्नुभयो । उहाँले अब निर्वाचनतर्फ मुलुक केन्द्रित भएकाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आफूहरु मुद्दामा एक हुन नसक्दा पछि परेको भन्दै तेस्रो शक्तिको रुपमा रहेको माओवादी आउँदो निर्वाचनमा पहिलो हुने गरी जनस्तरबाट सङ्गठनलाई एकतावद्ध बनाएर लैजान पनि निर्देशन दिनुभयो । माओवादीले मात्रै राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सक्ने दाबी गर्दै उहाँले त्यसको प्रयत्नमा आफू जुटिरहेको बताउनुभयो । नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समय आएको भन्दै प्रधानमन्त्री दाहालले यसका लागि पार्टीलाई पुनर्ताजगी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘दक्षिणपन्थी अतिराष्ट्रवाद बामपन्थको नाममा अहिलेको परिवर्तनलाई उल्टाउने कोसिस भइरहेको छ, तर अहिले त्यो सम्भव छैन ।’ जातीय साम्प्रदायिक विखण्डनवादको प्रवृत्ति बढेर मुलुक द्वन्द्वमा फस्नसक्ने परिस्थिति बन्नसक्ने भन्दै उहाँले यसको रक्षाका लागि माओवादी लागिरहेको उल्लेख गर्नुभयो । संविधान सबैका लागि स्वीकार्यता बनाउन आवश्यक रहेको भन्दै त्यसकै पक्षमा अहिलेको सरकार लागिरहेको छ प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधान घोषणा हुँदा जुन आश्वासन हामीले दिएका थियौँं, त्यो पूरा गर्न हामी प्रतिबद्ध छौं ।’

सरकार निर्वाचनमा जान खुट्टा नकमाउः पूर्वमन्त्री पण्डित

भक्तपुर, २६ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले निर्वाचनमा जानबाट खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारले निर्वाचनमा जान डराइरहेको बताउँदै नेपालका मुख्य राजनीति शक्ति एक भएर निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो । संविधान कार्यान्वयन भएन भने देशले संवैधानिक, राजनीतिक सङ्कटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै उहाँले त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सरकारमा सहभागी दलहरु नै बन्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताउँदै सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हन्छ भन्नुभयो । भाषा तथा सम्पदाको मौलिकता जोगाउन माग भाषा तथा सम्पदा संरक्षण परिषद्ले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा भाषा तथा सम्पदा विज्ञ एवम् नागरिक अगुवाले नेपाली भाषा तथा सम्पदामाथि भएको बाह्य आक्रमण रोक्नुपर्ने र तिनको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका छन् । सो अवसरमा परिषद्का अध्यक्ष डा लक्ष्मीप्रसाद खतिवडाले बाहिरी दबाबमा देवनागरी लिपि परिवर्तन गर्न लागिएको बताउँदै यसले नेपाली भाषामा मात्र होइन, राष्ट्रियतामै चोट पुग्ने बताउनुभयो । उहाँले यस्तो अवस्थामा देवनागरिक लिपिलाई बचाएर नेपाली भाषा बचाउनुपर्ने र अन्तर्राष्ट्रियस्तरमा हाम्रो मौलिकतालाई जोगाउन आइएसओ एकाइ गठन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सांसद केदार सञ्जेलले भाषा तथा सम्पदामाथिको बाह्य अतिक्रमण गम्भीर भएको बताउँदै परिषद्को आवाजलाई राजनीतिक, कार्यपालिका र संसदीय तहमा पु¥याउन पहल गर्ने बताउनुभयो । कार्यक्रममा प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्याय, प्रगतिशील प्राध्यापक सङ्घका सभापति प्रा डा यादवप्रसाद लामिछाने, पूर्वसचिव रामेश्वर खनाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की परिषद्का महासचिव प्रा टेकबहादुर क्षेत्री, सदस्य सहप्राध्यापक मोहन पोखरेललगायतले नेपाली भाषा, संस्कृति सङ्कटमा रहेकाले तिनको संरक्षणको लागि सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिनुभयो । परिषद्ले यसअघि पूर्व सांसद मञ्चका पदाधिकारी तथा सदस्यसँग छलफल गरेको थियो ।

प्रधानमन्त्रीद्वारा १ सय ६० सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण (भिडियो)

चितवन, माघ २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा रहेका सुकुम्बासी जनतालाई जग्गाको स्वामित्व पत्र लालपुर्जा हस्तान्तरण गरेका छन् । बिभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउनु भएका प्रधानमन्त्री प्रचण्डले चितवनको मंगलपुरमा रहेको लालबस्तीका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेका हुन । प्रधानमन्त्री प्रचण्डले लालबस्तीका १ सय ६० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका थिए । विगत लामो समयदेखि जग्गाको स्वामित्वका लागि संघर्षमा रहेका लालबस्तीका जनताले लालपुर्जा पाएपछि प्रचण्डप्रति धन्यवाद व्यक्त गरेका थिए । लालपुर्जा वितरणका लागि प्रधानमन्त्री प्रचण्ड सुकुम्बासी बस्ती पुगेका थिए । सोही स्थानमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले  सरकारको नेतृत्वमा आएको दिन नै “गरीबका लागि सरकार” को नारा अघि सारिएको स्मरण गराउँदै सरकारले गरीब जनताले अनुभूति हुने किसिमका कामहरु गरिरहेको बताए ।

एमाले परित्याग गर्दै पुरै वडा कमिटि माओवादीमा, प्रचण्डले गरे नव प्रवेशीलाई स्वागत (फोटो फिचर)

चितवन, माघ २६ । नेकपा एमालेको सिंगो वडा कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । भरतपुर नगरपालिकाको वडा नं. १८ मंगलपुरको एमाले वडा कमिटिका सबै पदाधिकारीले राजीनामा गरी सामूहिकरुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एक समारोहबीच स्वागत गरेका छन् । नेकपा एमालेले जनतालाई भ्रम छर्दै जनआन्दोलनका उपलब्धिहरुलाई खतरामा पार्न खोजेका भन्दै हिराबहादुर थापामगरको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशी हिराबहादुर थापा मंगलपुर क्षेत्रका प्रभावशाली नेता हुन । prachand mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur Prachand Mangalpur PRachand Mangalpur Prachand Mangalpur सरकारी कामको अनगुमन तथा पार्टी प्रशिक्षणका क्रममा चितवन पुगेका प्रधानमन्त्रीले मंगलपुरको लालबस्तीमा रहेका सुकुम्बासीलाई लालपुर्जा समेत वितरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले लालबस्तीका १ सय ६० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेका थिए । हेर्नुस भिडियाे

एमालेलाई प्रचण्डको प्रश्न– निर्वाचनको घोषणा होइन, प्रक्रिया नै अघि बढिसक्यो, अझै कति भ्रम छर्ने ?

चितवन, माघ २६ । प्रधानमन्त्री प्रचण्डले चुनाव हुने कुरामा कसैले पनि शंका गर्न नहुने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगलाई चुनावको तयारी गर्नुहोस् भनेर मन्त्रीपरिषदले भनिसकेपछि चुनाव हुन्छ या हुँदैन भन्नुको अर्थ नभएको बताए । “तयारी थाल्नुस् भनेर भनिसकेका छौं, यो भनेको मिति तोके बराबर हो ।” उनले भने, “चुनाव जसरी पनि हुन्छ, हुनैपर्छ ।” सामान्य प्राविधिक कठिनाईका कारण मिति नै घोषणा गर्न नसकिएको उनको जिकिर थियो । खासगरी मधेसी मोर्चासँग यसबारेमा छलफल चलिरहेको र निर्वाचन आयोगको समेत राय लिएर तत्काल नै मिति समेत घोषणा गरिने उनको भनाई थियो । संविधान कार्यान्वयनका लागि संविधानको अधिकतम स्वीकार्यताका लागि मधेसी मोर्चालगायतलाई सहमतिमा ल्याएर निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो । चुनावको तयारीसँगै संविधान संशोधनको प्रक्रिया समेत अघि बढ्छ । एमालेले बिरोध गरेपनि प्रक्रियाबाट भएपनि यसलाई टुंग्याउने उनको भनाई थियो । विद्युतीय भोटिङ मेशिनको प्रयोग गरिने विगतका दिनहरुमा निर्वाचनमा धाँधलीको आरोप लाग्दै आएकोमा सरकारले अधिकतम् स्थानमा विद्युतीय भोटिङको प्रयोग गर्ने प्रधानमन्त्रीले बताए । “निर्वाचनलाई धाधली रहित, निष्पक्ष, मितब्यायी बनाउन भोटिङ्ग मेसिनको प्रयोग गर्न सरकारले तयारी थालेको छ’ उनले भने । एमालेले चुनावका बारेमा भ्रममात्रै छर्न खोजेकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले भने, “एमालेलाई निर्वाचनको घोषणा र प्रतिबद्धतामात्र होईन प्रक्रिया अघि बढिसकेको जनाकारी गराउाछु ।

तेह्रथुम र रोल्पामा राप्रपाको नेतृत्व विवाद

तेह्रथुम, माघ २६ । एकताको अधिवेशन भनिए पनि नेतृत्वमा विवाद भएपछि तेह्रथुममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईवटा समिति गठन भएका छन् । गत मंसिर ६ गते राप्रपा र राप्रपा नेपाल दुई पार्टी मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राख्दै एकताको अधिवेशन तोकिएको थियो । मङ्गलबार देशैभरि एकताको जिल्ला अधिवेशनका क्रममा नेतृत्वमा विवाद हुँदा तेह्रथुममा भने पार्टी एक भएर अघि बढ्न नसकेको नेताले बताएका छन् । तत्कालीन राप्रपाका कार्यबाहक अध्यक्ष रहेका नेता शुभभगत प्रधानाङ्गको अध्यक्षतामा १९ सदस्यीय समिति बनेको छ भने तत्कालीन राप्रपाका अध्यक्ष र एकतापछि पनि अध्यक्ष नै रहेका नेता ललितबहादुर सोदेम्बाको अध्यक्षतामा अर्को समिति घोषणा भएको छ । प्रधानाङ्गले आफ्नो पक्षमा आधाभन्दा बढी कार्यकर्ता रहेको दाबी गरेका छन् । उनलाई तत्कालीन राप्रपा नेपालका जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फे, गौरी कन्दङवालगायतको समर्थन छ । यता सोदेम्बाले भने केन्द्रीय सदस्य भूमिका तुम्बाहाम्फे र होमभक्त कुरुम्बाङको उपस्थितिमा आफूलाई अध्यक्ष घोषणा गरेका छन् । उनलाई तत्कालीन राप्रपा नेपालका सचिव केशव ढुङ्गानासहितका केही कार्यकर्ताको समर्थन छ भने उनले टङ्क अधिकारीलाई सदस्यमा चयन गरेको र बाँकी आज मात्रै चयन गर्ने बताएका छन् । पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्न यसअघि नै निर्वाचन समिति बनाएको थियो । तर मङ्गलबार अधिवेशनको क्रममा नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न प्रयत्न भए पनि सहमति नजुटेको र निर्वाचन प्रक्रियामा समेत नेता ललितबहादुर सोदेम्बाको समूह सहभागी नभएपछि प्रधानाङ्गको अध्यक्षतामा रहेको समिति घोषणा गरिएको निर्वाचन समितिका संयोजक इन्द्र भण्डारीले बताउनुभयो । प्रधानाङ्ग अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा नरेन्द्र सापकोटा, डिल्ली उप्रेती, सचिवमा गौरीप्रसाद कन्दङ्वा, सहसचिवमा दीपक सोदेम्बा, कोषाध्यक्षमा ईन्द्रप्रसाद कोइराला, सदस्यमा रमा प्रधान, युवराज गौतम, गुमानसिंह कार्की, फत्तेबहादुर बस्नेत, धनराज कन्दङवा, रेजिना आँपगाई, चक्रहाङ सेन्दाङ, याम मैनाली, जनार्दन पौडेल, राधिका खड्का, यमुना ठकुरी र पुष्प खड्का रहेका छन् । “कार्यकर्ताको माझमा गएर वा सहमति गरेर नेतृत्व चयन गरौँ भनी मैले दुवै बाटो खुला गरेको थिएँ,” अध्यक्ष प्रधानाङ्गले भन्नुभयो, “तर कार्यकर्ताको भावना विपरीत म पनि जान सकिनँ, निर्वाचनमा जाऔँभन्दा उहाँहरु मान्नुभएन ।” रोल्पा– यसैगरी, एकताको अधिवेशन गर्ने भनिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पामा पनि दुई समानान्तर समिति गठन भएका छन् । माघ २५ गते देशभर एकै पटक जिल्ला अधिवेशन गरी एकताको सन्देश दिन खोजेको भएपनि राप्रपा रोल्पाले भने त्यस्तो सन्देश दिन असमर्थ भएको छ । लामो समयसम्म सहमतिका लागि प्रयास गरिएपनि एक पक्षको उम्मेदवार अर्को पक्षले स्वीकार गर्न नसकेका कारण अन्तिममा छुट्टाछुट्टै भेला गरी दुईवटा जिल्ला कार्य समिति गठन गरेका दुवै समूहले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । रोल्पा उद्योग वाणिज्य सङ्घको हलमा आयोजित पूर्व राप्रपा सम्मिलित प्रतिनिधिले अमरबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे । यसैगरी, केन्द्रीय सदस्य दलवीर पुनः निवासमा पूर्व राप्रपा नेपाल पक्षधरले टीकाबहादुर ओली अध्यक्ष रहेको १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । पूर्व राप्रपा पक्षधरको भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालाराम घर्ती र केन्द्रीय सदस्य वीरसिं ठकुुरीको उपस्थिति रहेको थियो भने पूर्व राप्रपा नेपाल पक्षधरको भेलामा केन्द्रीय सदस्य दलवीर पुनको उपस्थिति रहेको थियो । दुवै पक्षले आफ्नो समूह आधिकारिक भएको दाबी गरेका छन् ।

साँखु बन्द गर्द स्थानिय नै उत्रिए सडकमा, १२ जना पक्राउ

काठमाडौं, माघ २६  ।  शंखरापुर नगरपालिदकालाई कागेश्वर –मनोहरा नगरपालिकामा गाभेको भन्दै  स्थानीयबासीले  साँखु क्षेत्र  बन्द गराएका छन् । बुधबार बिहानैदेखि स्थानीयले  यातायात,कलकारखाना लगायत सञ्चालन बन्द गराएका छन् । ऐतिहासिक महत्व बोकेको शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने माग गर्दै बन्दकर्ताले कालो झन्डासहित नाराबाजी, जुलुस  निकालेका छन् । प्रहरीले बन्द गराउँदै हिड्ने एक दर्जन भन्दा बढी बन्दकर्तालाई पक्राउ गरेको छ । स्थानीयले केही दिनदेखि वडा कार्यालय, मालपोत कार्यालय लगायतमा तालाबन्दी, धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै  माग पुरा गर्न दवाव दिएका छन् । त्यस्तै, शंखरापुर नगरपालिका नै कायम गर्नुपर्ने मागसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दललाई उनीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

काठमाडौँ, माघ २६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । समितिमा पुरातत्व विभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद् रोशन रञ्जितकार, सन्तोष श्रेष्ठ र रवीन्द्र पुरी सदस्य हुनुहुन्छ । समितिले यथाशीघ्र सिंहदरबारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनःनिर्माणको काम अघि बढाउनेछ । उक्त समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा पुरातत्वविद्, संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई गोरखा भूकम्पले क्षति पु¥याएको थियो । रासस

‘राजनीति गर्ने शिक्षक जिम्मेवारीबाट मुक्त हुनुपर्छ’–शिक्षामन्त्री पौडेल

दमक, मङ्सिर २५ । शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ । झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब विद्यालयमा काम नभएको उल्लेख गर्दै राजनीति गर्ने शिक्षकले काम छाड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति गर्ने हो भने शिक्षकको जिम्मेवारीबाट मुक्त हुनुपर्छ ।” मन्त्री पौडेलले कुनै दलको कार्यकारी पदमा नबसी भातृ सङ्गठनमा बस्न भने पाइने सुझाव दिनुभयो । मन्त्री पौड्यालले नेपालको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालको शिक्षालाई आठौँ संशोधनले प्राविधिक र व्यावसायिक बनाएको छ अब शैक्षिक बेरोजगारको सङ्ख्या घट्छ ।” शिक्षामन्त्री पौडेलले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिकामैत्री रहेको दाबी गर्दै भन्नुभयो, “आठौँ शिक्षा ऐन बालबालिका मैत्री छ, यसको कार्यान्वयन गर्न सबैको साथ आवश्यकता छ ।” यही माघ २९ गतेसम्म चल्ने महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बालगायन, वतृत्वकला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचनार प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताउनुभयो । रासस फाइल तस्वीर

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

काठमाडौँ, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ६७ अौँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा आज बसेको समितिको बैठकले देशभर र विदेशस्थित नेपाली नियोगमा समेत फागुन ६, ७ र ८ गते भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । फागुन ६ गते काठमाडौँ उपत्यकाकाभित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् व्यानर सजाई नगरको सरसफाइ तथा सजावट गर्ने र प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने तथा रेडियो नेपालबाट परिसंवाद चलाउने गृहमन्त्रालयको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ । फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बिहान सैनिक मञ्च टुँडिखेलमा मूल समारोहको आयोजना हुनेछ । सोही दिन बिहान सेनाले विगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने तथा सहिदको आत्माको चीरशान्तिको कामनाका साथ पूजापाठ र प्राथनाको कार्यक्रम गरिनेछ । टुँडिखेलमा आयोजना हुने ६७ आँै राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मूल समारोहमा समितिका एवम् प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीहरु, संवैधासनियक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीहरुलगायतको उपस्थिति रहनेछ । राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, जङ्गी, संस्थानका कर्मचारी उद्योगी, व्यवसायी र सर्वसाधारणको उपस्थितिमा भव्यरुपमा कार्यक्रम मनाउने बैठकले निर्णय गरेको छ । बैठकले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ । बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रजातन्त्र दिवसलाई सफल तुल्याउन गठन गरिएको समिति र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । १०४ वर्षे जहानिया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन २००७ फागुन ७ गतेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । बिदा र दिवस घटाउन आवश्यक प्रधानमन्त्री प्रचण्डले नेपालमा बिदा र दिवस धेरै भएको भन्दै यसलाई घटाउनुपर्ने सुझाव दिनुभएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक विकासमा पछि तर बिदामा सबैभन्दा अघि हुने स्थिति आउनु बेठीक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ क्रान्ति पनि धेरै नै भए । २००७ साल, २०२८ साल, २०४६ साल, २०५२ साल, २०६३ सालमा क्रान्ति भएको छ । सबै जातजाति भाषा संस्कति पनि हाम्रा धेरै भए । तिनलाई पनि बिदा दिनुपर्ने अवस्था रहेकाले यस विषयमा गम्भीररुपमा समीक्षा गर्ने बेला आयो ।’’ उहाँले सबैका लागि कुनै निश्चित दिनलाई साङ्केतिक दिनमा आफ्नो पर्व मनाउने भन्ने बारेमा सबैलाई सोच्न आग्रह गर्नुभयो । बिदा र दिवस बढी हुँदा कार्य दिन घटेर आएकामा प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार यस्तो भएको छ कि जस्ले आएर जोडबल गरेर दिवस दिन प¥यो भन्यो त्यसलाई दिवस र बिदा दिने ।” प्रधानमन्त्रीले प्रजातन्त्र दिवस निरस र औपचारिक जस्तो मात्रै नभई जनताको जीवन्त सहभागिता हुन आवश्यक रहेको बताउनुभएको छ । दिवसको दिन जनसहभागिता बढाउन आवश्यक पहल गर्न स्थानीय विकास मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन समेत दिनुभयो । निर्वाचन आयोगको निर्वाचन दिवससमेत फागुन ७ गते नै परेकाले दुबैलाई समानान्तररुपमा होइन, प्रजातन्त्र दिवसको पुरकको रुपमा मनाउन उहाँले सुझाव दिनुभयो । रासस

सहमतिमा करेक्सन हुनसक्छ : प्रधानमन्त्री

काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमति भएका पठाएका स्थानीय तह यताउता नहुने भन्दै यदि त्यसतो कुनै नमिलेको ठाउँ भए करेक्सन गर्न सकिने बताएका छन् । रुकुमको पुठा गाउँपालिका सरोकार समितिसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ निगाहले चल्नेवाला छैन । तर, सर्वदलीय सहमति आयोगको पनि टिओआरभित्र पर्ने भएकोले सर्वदलीय सहमति भएका तहको सन्दर्भमा करेक्सन हुनसक्छ ।’ उनले थपे, ‘मेरो पनि रुकुमको सन्दर्भमा हुनुप¥यो भन्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले धेरै थपघट गर्न नसकिने भएपनि जहाँ नमिलेको छ त्यहाँ मिलाउन सकिने बताएका छन् । यस विषयमा संविधानविद र कानुनविदसंग पनि सल्लाह लिएर जहाँ नमिलेको छ त्यहाँ मिलाउनु पर्ने उनले बताएका छन् । रुकुममा पुठा गाउँपालिका सहित १० स्थानीय तह बनाउने सर्वदलीय सहमति भएपनि जिल्लाबाट पठाएको विवरण आयोगले परिवर्तन गरी पुठा गाउँपालिकालाई हटाएको भन्दै स्थानीयले बिरोध गरेका छन् । रन्मामैकोट, हुकाम र जाङ्ग ८ र ९ मिलाएर पुठा गाविस नभएमा गाउँपालिकामा जनताले दुःख पाउने सरोकार समितिका संयोजक केशरमान रोकायाले बताए ।

गच्छदारको प्रस्ताव: जेठको पन्ध्रसम्म स्थानीय, मंसिरमा केन्द्रीय चुनाव

विराटनगर, माघ २५ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अवस्था आउने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकार भेटघाटमा उनले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र मङ्सिरको पहिलो सातासम्ममा संसद्को निर्वाचन गराउनुपर्नेमा जोड दिए । संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर मात्रै नहुने भएकाले परिमार्जनसहितको प्रस्ताव पारित गर्न एमाले पार्टीको पनि सहमति आवश्यकरहेको उनले बताए । संविधानको रक्षाका लागि प्रमुख तीन दलबीच सहमति आवश्यक छ भन्दै अध्यक्ष गच्छदारले स्थानीय निकायको निर्वाचन हुन सकेन भने सोझै संसद्को निर्वाचनतर्फ अग्रसर हुनुपर्ने सुझाव दिए । उनले निर्धारित समयमा निर्वाचन हुन सकेन र परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित भएन भने सरकारलाई दिएको समर्थनको औंचित्य समाप्त हुने बताए ।

मुसहर बस्ती निर्माणमा छलाङ, १ महिनामै ३० प्रतिशत घर बने

बर्दीवास, माघ २५ । धुर्मुस– सुन्तली फाउण्डेसनले बर्दीवासमा रहेको मुसहर बस्तीमा निर्माण गरिरहेको एकीकृत नमूना बस्तीमा ३० प्रतिशत घर बनेका छन् । १ महिना अघि नेपालका चर्चित हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा शिलान्यास गरिएको बर्दिबास स्थित नमुना मुसहर बस्तीमा तीस प्रतिशत भन्दा बढि घर निर्माणको काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् । ‘१ महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ, न्यौपानेले भने–‘ यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ ।’ १५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको उनले बताए । मुसहर बासीहरुले पनि बस्ती निर्माणमा साथ दिईरहेका छन् । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ’ । एकीकृत नमु्ना मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मंगलबार नेपाल फर्कदैँ छन् । अष्ट्रेलियाका विभिन्न शहरमा आयोजित कार्यक्रमबाट ५६ लाख संकलन गरेर उनीहरु नेपाल फर्कदैँ छन् । अष्ट्रेलियामा ‘गज्जबको ईभेन्ट्स’द्वारा आयोजना गरिएको ‘धुर्मुस– सुन्तली’ सांझ र अन्य सहयोगी मनहरुबाट उनीहरुले उक्त रकम संकलन गरेका हुन् । गज्जबको इभेन्ट्सका आयोजक प्रदिप चापागांईले जानकारी दिए अनुसार अष्ट्रेलियाको पहिलो कार्यक्रम धुर्मुस सुन्तली सांझबाट २५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ भने एडिलेटबाट १५ हजार, मेलवर्नबाट २३ हजार, ब्रिसबेनबाट १९ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ । अष्ट्रेलियाका बिभिन्न कार्यक्रमहरुबाट जम्मा ६५ लाख नेपाली सहयोग रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए । फाउण्डेसनका लेखा अधिकृत सरोज खत्रीका अनुसार अहिलेसम्म धुर्मुस सुन्तली फाउण्डेसनको बैंक अफ काठमाडौँको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको जानकारी दिए । त्यस्तै कृषि विकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढि रकम जम्मा भएको जानकारी दिए । फाउण्डेसनलाई अहिले सम्म १ करोड बराबारको सहयोग प्रतिवद्धता प्राप्त भएको खत्रीले बताए । गिराञ्चौर परियोजनाबाट वाँकी बसेको १ करोड बराबारको रकम सहित फाउण्डेसनको खातामा ३ करोड बराबरको रकम संकलन भएको छ । एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान गरिएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागी ७० लाखको हाराहारीमा खर्च गरेको खत्रीले जानकारी दिए ।