कसले दियो वाइसिएल इन्चार्ज दीपशिखालाई ज्यान मार्ने धम्की ?

काठमाडाैं । युवा कम्युनिष्ट लिगका अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की दिइएको छ । साउदी अरबको एउटा नम्बरबाट बारम्बार फोन गरेर ज्यान मार्ने धम्की दिएको दिपशिखाले फेसबुकमार्फत उल्लेख गरेका छन् ।

बाट इमोमा फोन गरेर आफू रवि लामिछानेको समर्थक भएको भन्दै वाइसिएल अध्यक्ष दिपशिखालाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की आउने गरेको वाइसिएल महासचिव सुबोध सेर्पालीले जनाएका छन् ।

साउदी अरबबाट फोन गरेर दिपशिखालाई सागर हिन्दु नाम बताउने एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि वाइसिएलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

फेसबुकमा स्ट्याटस लेख्दै महासचिव सेर्पालीले संगठनको ध्यानाकर्षण भएको भन्दै हिम्मत भए खुला स्थानमा आउन समेत चेतावनी दिएका छन् ।

इमोमा रवि लामिछानेको फोटो र उनले चलाउने कार्यक्रमको फोटो राखेर धम्की आउन थालेपछि वाइसिएलले कारबाही गर्ने जनाएको छ ।

दिपशिखाको स्टाटस यस्तो छः

यो +96650131833 नम्बरको इमोबाट १ जनाले मलाई बारम्बार मार्ने धम्की दिईरहेको छ । उसले आफु पत्रकार रवि लामिछानेको समर्थक भएको बताउने गरेको छ भने आफुलाई सागर हिन्दु नाम बताउने गरेको छ । कोही साथिहरुलाई यो नम्बर बारे जानकारी भए पाउँ ।

नेपालको फराकिलो जीत, ओमान १५० रनले पराजित

काठमाडौं, वैशाख ३ । अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट खेलमा नेपालले ठूलो जीत हात पारेको छ । आज ओमानसँग भएको खेलमा नेपालले ओमानलाई रनले पराजित गर्दै विश्वकप प्रतियोगितामा आफ्ना आसा कायमै राखेको हो । नेपालले आक्रामकरुपमा खेल्दै ओमानसमक्ष जीतका लागि २ सय ३० रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा ओमानका खेलाडीहरु नेपाली बलरसामु टिक्न सकेनन । ओमान ७९ रनमा समेटियो । नेपालले ४४.१ ओभरमा ओमानका सबै खेलाडीलाई आउट गर्न सफल भयो । प्रतिश जिसीको आक्रामक इनिङ पश्चात नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको थियो । क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो । अन्तिम विकेटका लागि प्रतिशले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई सो स्कोरमा पुर्‍याएका हुन् । त्यसअघि रोहित पौडेलले ७५ रन जोड्दै नेपालको इनिङ अघि बढाएका थिए। ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन् । सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू९१९ विश्वकपमा छनोट हुनेछ। हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो । तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो । उक्त खेलमा नेपालले २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ ।  

विप्लवसँग वार्ता गर– सभापति देउवा

भीमदत्तनगर, वैशाख ३ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताउनुभयो । सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।  (रासस)

मंगलबार संघीय संसदको संसदीय सुनुवाई बैठक बस्दै

काठमाडौं, वैशाख ३ । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक मंगलबार बस्दै छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिश ५ जना र निर्वाचन आयोगका प्रमुख आयुक्तविरुद्ध परेका उजुरी सम्बन्धमा निर्णय गर्दै सुनुवाईको मिति तय गर्न समिति बैठक बोलाईएको हो । समिति बैठक अपरान्ह २ बजेका लागि बोलाईएको छ । प्रस्तावित न्यायाधीशहरु विरुद्ध ५ र प्रमुख आयुक्त विरुद्ध ६ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ । न्याय परिषद्ले गत चैत्र १८ गते सर्वोच्चको न्यायाधीशमा हरि फुयाल, कुमार रेग्मी, प्रकाश ढुंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो । ढुंगानाविरुद्ध २ र फुयाल विरुद्ध एउटा उजुरी परेको हो । न्यायाधीश नियुक्ति प्रक्रियामा नै प्रश्न उठाउदै थप २ वटा उजुरी परेका छन् । यस्तै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाबिरुद्ध ६ वटा उजुरी परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तात्कालिन सचिव समेत रहेका थपलिया विरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित रहेको संसद सचिवालयले जनाएको छ । समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाबिरुद्ध भने उजुरी परेको छैन । संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालकाअनुसार, सवै उजुरी खोल्दै आजको बैठकले अध्ययनपछि उजुरीकर्तालाई बोलाउने नबोलाउने तय गर्ने छ ।

सशस्त्र प्रहरीका ५ सय ४८ जना कारबाहीमा

काठमाडौं, बैशाख ०३ । सशस्त्र प्रहरी बलले संगठनका आचरणविरुद्ध काम गर्ने ५ सय ४८ जनालाई विभागीय कारबाही गरेको छ । कारबाही पर्नेमा सिपाहीदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तहका अधिकृतसम्म रहेका छन् । नयाँ वर्ष २०७६ का अवसरमा सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालले एक वर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराएका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

११ सय विदेशी नेपाली जेलमा

काठमाडौं, बैशाख ०२ । नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला तथा मानव बेचबिखन, लागूऔषध कारोबार, अप्राकृतिक मैथुनलगायतका गतिविधिमा संलग्न भएको पाइएको छ । कतिपय विदेशी पर्यटक भिसा लिएर आपराधिक काम गर्नकै लागि नेपाल आउने गरेका छन् भन्दाचाहिँ धेरैलाई विश्वास नलाग्न सक्छ । वास्तविक त्यही नै हो । अहिले विभिन्न आपराधिक गतिविधिमा संलग्न झन्डै ११ सय विदेशी कैदीबन्दी नेपालका कारागारमा रहेकाले यसको पुष्टि हुन्छ । कारागार व्यवस्थापन विभागमा कैदीबन्दीको रेकर्ड राख्न बनेको सफ्टवेयर (प्रिजन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) ले चार सय ५८ विदेशी नागरिक जेलमा रहेको तथ्यांक देखाउँछ । कारागारमा रहेका विदेशीमाथि झन्डै ३९ वटा फरकफरक मुद्दामा सजाय भोगिरहेका छन् । विभागले अन्य विदेशी कैदीबन्दीको तथ्यांकसमेत सफ्टवेयरमा राख्ने तयारी गरेको छ । यसरी सजाय भोग्नेमा अमेरिका, कोरिया, जापान, भारत, चीन, भुटानलगायत ३१ मुलुकका नागरिक छन् । सबैभन्दा बढी तीन सय ७३ जना भारतीय छन् । पाकिस्तानी १८, भुटानी १६, बंगलादेशी १०, चिनियाँ ११ र चीनको स्वशासित क्षेत्र तिब्बतका २ जना कारागारमा छन् । लागूऔधष कारोबारमा संलग्न एक सय ९४ जना विदेशी नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । जबरजस्ती करणी उद्योगमा ५१, कर्तव्य ज्यानमा २६, मानव बेचबिखनमा १६, हतियार खरखजनामा १२, खोटाचलनमा १४ जना विदेशीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापन विभागको तथ्यांकमा उल्लेख छ । अपहरण, अप्राकृतिक मैथुन, अवैध भारु कारोबार, चोरी, ठगी, महिला बेचबिखन, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर र सार्वजनिक अपराधमा समेत विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन् । कतिपय विदेशीको सम्बन्ध त अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग समेत देखिएको छ । अन्तर्राष्ट्रिय आपराधिक गिरोहका गतिविधिलाई स्थापित गराउनसमेत केही विदेशी पर्यटकको भेषमा नेपाल आउने गरेको पाइएको छ । गृह मन्त्रालयले गत वर्ष धेरै रस्साकस्सीबीच विदेशी नागरिक अनुगमन निर्देशिका मन्त्रीस्तरीय निर्णयबाट पारित गर्यो । तर निर्देशिका कार्यान्वयन शून्य छ । निर्देशिका कार्यान्वयन नहुनु, विदेशीका गतिविधिलाई ट्र्याकिङ गर्न नसक्नु, जथाभाबी अनअराइभल भिसा सुविधा दिनु लगायत कानुन कार्यान्वयनको कमजोर पक्षको फाइदा उठाउँदै विदेशीहरु आपराधिक गतिविधिमा संलग्न भएका छन् । पूर्व गृहसचिव गोविन्द कुसुमले अध्यागमन प्रणाली मजबुत नबनाएसम्म विदेशीले नेपाललाई आपराधिक गतिविधि गर्ने मुख्य थलोका रूपमा प्रयोग गरिरहने बताए । उनले भने, ‘प्रहरी र अध्यागमनबीच सूचना प्रणालीको समन्वय हुनुपर्छ । नियमित अनुगमन गर्नुपर्छ । नत्र थप सुरक्षा जोखिम बढ्छ । ’ नेपाल भित्रने र बाहिरिने विदेशी नागरिकको विस्तृत अभिलेखसमेत अध्यागमन विभागसँग छैन । प्रस्थान र आगमनबाहेक विदेशीका अन्य गतिविधि अध्यागमनलाई थाहा हुँदैन । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले विभिन्न अपराधमा सजाय पाएका विदेशीको व्यवस्थापन गरिरहेको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अदालतको फैसलापछि आएका विदेशीलाई विभिन्न कारागारमा व्यवस्थापन गरिएको बताए । उनका अनुसार विदेशी कैदीबन्दीले कारागारबाट नेपालीसरह नै सेवासुविधा पाइरहेका छन् । सरकारले हरेक दिन प्रत्येक कैदीबन्दीलाई ७ सय ग्राम चामल र नगद सिदाको रुपमा ६० रुपयाँ दिँदै आएको छ । महानिर्देशक मैनालीले भने, ‘विदेशी तथा स्वदेशी कैदीबन्दीहरुको सम्पूर्ण स्वास्थ्य उपचार सरकारले नै गर्दै आएको छ ।’ अध्यागमन विभागले अहिले बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली बनाउन थालेको छ । सफ्टवेयर कार्यान्वयनमा आयो भने अध्यागमन प्रणालीमा केही सहज हुने विभागको बुझाइ छ । तर अहिले विदेशीको अनुगमन गर्न न गृह मन्त्रालय गम्भीर छ न त अध्यागमन विभाग । पर्यटकीय क्षेत्र ठमेल, पोखरा, चितवनलगायत स्थानमा ओभर स्टे रहेका कतिपय विदेशीहरुले अवैध काम गर्दै आएका छन् । विदेशी नागरिकमाथि अख्तियार गर्ने नीति अष्पष्ट हुँदा आपराधिक गतिविधि गर्ने विदेशीको संख्या बढेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।

आलिया र उनकी आमा सोनी राजदान भारतीय होइनन्’

एजेन्सी । भारतमा अहिले चुनावी माहोल छाइरहेको छ । भारतमा मात्रै नभई विश्वकै सबैभन्दा ठूलो चुनावका रुपमा यसलाई हेरिएको छ । भारतीय नागरिकहरु सामाजिक सञ्जालमार्फत मतदान गर्दा सोचविचार गरेर मात्रै मतदान गरौँ भन्ने विचार राखिरहेका छन् । यसैबीच अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि उनको ट्विटर ह्याण्डलमार्फत जुनैद नामका एक भारतीय नागरिकको हत्याको मुद्दालाई ‘मोब लिञ्चिङ’ र (गाइको मासु बेचेको आरोपमा हिन्दूद्वारा मुसलमानको हत्या) को विषयसँग जोड्दै मतदान गर्नुअघि त्यस कुरालाई याद गरेर मतदान गर्न भनेकी छिन् । सोनी राजदानको यस किसिमको ट्वीटको जवाफमा अभिनेत्री पायल रोहतगीले एक भिडियो शेयर गर्दै जुनैद नामका भारतीय नागरिकको हत्याको कारणमा सोनी राजदानले दिएको जानकारी गलत रहेको बताएकी छिन् । साथै सोनी राजदान भारतीय नागरिक नभएको र उनले भारतमा घृणा फैलाइरहेको आरोप लगाएकी छिन् । पायलले भनेकी छिन्, ‘मलाई हालै मात्र थाहा भयो कि महेश भट्टकी दोस्रो श्रीमती तथा आलिया भट्टकी आमा सोनी राजदान ब्रिटिस मुसलमान हुन् । अझै सायद उनी कानुनी रुपमा भारतीय नै होइनन् । उनीसँग भारतीय नागरिकता पनि छैन । सोनी राजदान ब्रिटिस नागरिक हुन् । उनीसँग ब्रिटिस पासपोर्ट छ । अभिनेत्री आलिया भट्ट पनि ब्रिटिस नागरिक हुन् । उनीसँग पनि भारतीय नागरिकता छैन । आलियासँग पनि ब्रिटिस पासपोर्ट छ । सायद महेश भट्टकी पहिलो पत्नीले महेशलाई डिभोर्स दिएकी थिइनन् । यसै कारण महेश भट्टले इस्लाम धर्म अपनाएर सोनी राजदानसँग विवाह गरेका थिए ।’ पायलले अगाडि भनेकी छिन्, ‘ती सोनी राजदान जो कुनै पनि रुपमा भारतीय होइनन्, उनैले आफ्नो ट्विटरमार्फत निर्दोष हिन्दूहरुलाई आरोप लगाउँदै भनिरहेकी छिन् कि ‘जुनैद नामका युवकलाई ट्रेनमा सिट शेयर गर्ने बहानामा गौहत्याको आरोपमा मारिएको थियो ।’ जुनैदको मृत्यु ट्रेनमा यात्राको क्रममा भएको झगडा मै भएको थियो । उनीसँगै यात्रा गरिरहेका व्यक्तिहरुबीच सिट शेयरिङ्गकै विषयमा भएको विवादपछि भएको झगडामा उनको मृत्यु भएको थियो । गौहत्याको आरोपमा हत्या गरिएको थिएन । हाम्रो देशमा सोनी राजदानजस्ता केही व्यक्तिहरु छन्, जो भारतीय नभएर पनि भड्काउने खालका ट्वीट गर्छन् ।’ अभिनेत्री पायल रोहतगीले आलिया भट्टको नागरिकतामा सवाल उठाउँदै भनेकी छिन्, ‘सोनी राजदान र आलिया भट्ट दुबै भारतमा मतदान गर्न सक्दैनन् । तर उनैले ट्वीट गर्दै भनिरहेकी छिन कि ‘मतदान गर्दा जुनैदको बारेमा सोचौं ।’ जसको मृत्यु आपसी झगडाका क्रममा भएको थियो । तर उनी यस कुरालाई नकारात्मक कुरासँग जोडेर मतदानको क्रममा भारतीय नागरिकलाई भड्काउँदै उनीहरुको विचार परिवर्तन गर्न खोजिरहेकी छिन् ।’ पायलले सोनी राजदानको ट्वीटको कारणको विषयमा अगाडि भनेकी छिन्, ‘केही दिनअघि अमित शाहजीले भारतमा एनआरसी लागु गर्ने, त्यसपछि अवैध रुपमा बसेका मुसलमानहरुलाई भारतबाट निकाल्ने योजनाका बारेमा बताएका थिए । म यहाँनिर स्पष्ट गराउन चाहन्छु कि यो भारतीय मुसलमानका लागि होइन । मलाई गलत नबुझिदिनु होला । अवैध मुसलमान भन्नाले ती मुसलमान हुन् जो भारतीय नागरिक होइनन् । ुती मुसलमान जो कुनै दोस्रो देशका हुन् र भारत आएर अवैधानिक रुपमा बसिरहेका छन् । तिनैहरुका लागि यो कानुन लागु हुनेछ । सायद अमित शाहको यही निर्णयका कारण सोनी राजदान यस किसिमको ट्वीट गर्दै घृणा फैलाउन खोजिरहेकी छिन् । यदि एनआरसी लागु भयो भने सोनी राजदानले भारतबाट फर्किनु पर्ने हुन्छ । किनकी सोनी राजदान र उनकी छोरी आलिया भट्टसँग ब्रिटिस पासपोर्ट छ । यी बलिउडमा काम गर्नेहरु धेरै नै ज्यादा झुटा हुन्छन् । सायद सोनी राजदान महेश भट्टकी कानुनी रुपमा पत्नी नै होइनन्,’ उनले थपिन् ।

भारतले दियो नेपाललाई २२१ रनको लक्ष्य

काठमाडौं, चैत १४ । नेपालको यू १९ टिम विरुद्धको पाँचौं एकदिवसीय खेलमा भारतको आन्ध्र प्रदेश क्रिकेट टोलीले २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङ गरेको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो । उसका लागि रवि किरणले ४५, पी सुपरमन्युमले ३८, धरणी कुमारले ३७ र नितिश कुमारले २३, रन जोडे । बलिङमा नेपालका पवन सराफ, सूर्य तामाङले दुई–दुई, भीम सार्की, कमलसिंह ऐरी र प्रतिश जीसीले एक–एक विकेट लिए । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो । नेपालले यसअघि आन्ध्र विरुद्धको ४ खेलमा ३ मा जीत र एक खेलमा मात्र हार बेहोरेको छ ।

गगन थापा ‘सर्ट कोर्ष’ पढ्न अमेरिका उडे

काठमाडौं, चैत १२ । सांसद गगनकुमार थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राति अमेरिका लागेका छन् । व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको थापाले बताए । दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनौट भए पनि व्यस्तताले जान नपाएको उनले जानकारी दिए । ‘कोर्ष दुई हप्ताको मात्र भए पनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बनाइदो रहेछ,’ उनले भने । राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन । सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ । राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए । एमआइटीमा सर्ट कोर्ष गरेका व्यवसायी निरञ्जन श्रेष्ठले विख्यात विश्वविद्यालयको पढाईले छोटो समयमै विश्व हेर्ने दृष्टिकोणनै परिवर्तन हुने बताए । उनी पनि हार्वडको सर्ट कोर्षको तयारीमा छन् ।

त्रिविका सबै कार्यक्रमको मूल्यांकन अब ग्रेडिङमा गर्ने तयारी

काठमाडौं, चैत १२ । त्रिभुवन विश्वविद्यालयमा सञ्चालित सबै संकाय र अध्ययन संस्थानका कार्यक्रमको मूल्यांकन लेटर ग्रेडिङमा गर्ने तयारी भएको छ । सबै कार्यक्रममा समानता ल्याउन तथा ग्रेडिङको अवधारणा बुझाउन त्रिविले देशका विभिन्न स्थानमा तालिम तथा छलफल गरिरहेको छ । त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले अन्तर्राष्ट्रियस्तरमा प्रतिशतभन्दा ग्रेडिङको अभ्यास राम्रो मानिएकाले त्रिविले पनि सबै कार्यक्रममा ग्रेडिङबाटै मूल्यांकनको तयारी गरेको बताए । उनका अनुसार सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रमको लेटर ग्रेडिङमा मूल्यांकन भइरहेको छ । त्रिविले इन्जिनियरिङ, मेडिकल, एग्रिकल्चर अध्ययन संस्थानलाई मूल्यांनको आधार तय गर्न अधिकार दिएको छ । त्रिविले मानविकी, कानुन, शिक्षा, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका कार्यक्रममा एकरूपता ल्याउने तयारी गरेको छ । यी संकाय तथा अध्ययन सञ्चालनअन्तर्गतका स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीमा कार्यक्रम सञ्चालित छन् । कतिपयले स्नातक तहका कार्यक्रम पनि सेमेस्टर प्रणाली सञ्चालन गरी लेटर ग्रेडिङमा मूल्यांकन गरेका छन् । त्रिविका उपकुलपति खनियाँले स्नातक तहका नयाँ कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालन गरी ग्रेडिङमै मूल्यांकन गर्ने व्यवस्था गरेको बताए । सेमेस्टरमा नतिजा राम्रो त्रिविमा वार्षिकभन्दा सेमेस्टर प्रणालीका कार्यक्रमको नतिजा राम्रो छ । शिक्षाशास्त्र संकायमा पहिलो र दोस्रो सेमेस्टरको नतिजा ४५ प्रतिशतको हाराहारी मात्र छ । तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दा माथि छ ।सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायको स्नातकोत्तरमा पनि औसत उत्तीर्ण प्रतिशत ७५ छ । मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चरजस्ता प्राविधिक विषयमा तुलनात्मक रूपमा नतिजा पहिलेदेखि नै राम्रो छ । त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा पनि बिएस्सीको नतिजा कमजोर पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७४ मा बिएस्सी अध्ययन गर्ने विद्यार्थी ४०।५८ प्रतिशत उत्तीर्ण भएका छन् । सोही वर्ष बिएमा ४४।५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ । नयाँपत्रिकादैनिकबाट

बलात्कारको आरोपमा पक्राउ

नुवाकोट, चैैत १२ । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजस्थानले पायो १८५ रनको चुनौती, आइपीएलमा गेलको ४ हजार रन पूरा

काठमाडौं, चैत ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाउन सक्यो । उसका लागि क्रिस गेलले ४७ बलमा ७९, मयंक अग्रवालले २२, केएल राहूलले ४, निकोलस पुरनले १२ रन बनाए । यस्तै, सरफराज खान ४६ र मन्दीप सिंह ५ रनमा नटआउट रहे । बलिङमा राजस्थानका बेन स्टोक्सले २, धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक–एक विकेट लिए । राजस्थानमा आजिक्य रहाणे र पञ्जाबमा रविचन्द्र आश्विन कप्तान छन् । आजको खेलमा कोकोले पाए मौका? हेर्नुस्– पन्जाबः रविचन्द्र आश्विन (कप्तान), क्रिस गेल, लोकेश राहुल, मयंक अग्रवाल, निकालोस पुरन, मन्दीप सिंह, साम कुरन, मोहम्मद सामी, मुजीउर रहमान, सरफराज खान र कंकित राजपूत राजस्थानः आजिक्य रहाणे (कप्तान), स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, सञ्जु स्यामसुम, राहुल त्रिपाठी, श्रेयस गोपाल, कृष्णप्पा गौतम, जयदेव उनदकट र धवल कुलकणी

नेता नेपाल भन्छन्, ‘विप्लवलाई प्रतिबन्ध लगाएको खबर पत्रपत्रिकाबाट मात्र थाहा पाए’

चितवन, चैत ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । यहाँ आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ पुगेका हुन् । डा. सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए । उनले थपे, “असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।” नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए । “नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन”, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो । पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए। उनले पार्टी स्थापना भएको दिन अप्रिल २२ (आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

५ बलमा ५ छक्का प्रहार गर्ने कमलको आज पनि कमाल, भारतले दियो २२९ रनको लक्ष्य

काठमाडौं, चैत ११ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीलाई त्यहाँको आन्ध्र प्रदेश क्रिकेट टिमले २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङको मौका पाएको आन्ध्रले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो । उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए । यसअघि, २ खेलमध्ये दुबै टिमले एकएक खेल जितेका छन् ।

कामदार लैजाने विषयमा आज नेपाल–जापानबीच समझदारीमा हस्ताक्षर हुँदै

काठमाडौं, चैत ११ । नेपाल र जापानबीच नेपाली कामदार लैजाने भन्ने विषयमा आज श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुँदैछ । काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ । सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय ९जिट्को० सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४र ०६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो । जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो । यो समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने टुंगिन बाँकी नै रहेको पनि मन्त्रालयले जनाएको छ । जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने विषयमा भने सहमत भइसकेको छ ।

सिंहदरबारमा अपरान्ह ३ बजे संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं, चैत ११ । निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सम्बन्धमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सोमबार बस्दै छ । बैठक सिंहदरबारमा अपरान्ह ३ बजेपछि बस्ने छ । ८ मध्ये ५ आयोगमा अध्यक्ष नियुक्त भएपनि थप ३ आयोगमा नियुक्ति हुन बाँकी छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगमा अध्यक्ष नियुक्त भएपनि संवैधानिक व्यवस्था अनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा भने अध्यक्ष नियुक्त हुन बाँकी छ । यस्तै, बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफल हुने छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल आइतबार सकिएको थियो । आफ्नो उपस्थितिबिना नै परिषदले विभिन्न ५ आयोगको अध्यक्षमा सिफारिस निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सदनमा समेत विरोध गरेको थियो । सोमबारको परिषद बैठकमा कांग्रेसले सोबारे समेत धारणा माग्ने तयारी गरेको छ । कान्तिपुरदैनिकबाट