दुई छोराको हत्यापछि बाबुद्वारा आत्महत्या

कलैया, कार्तिक ४ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

 

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

 

तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए । मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । -रासस

साउथ चलचित्रमा सुपरस्टार अमिताभको लुक्स सार्वजनिक !

मुम्बई । बलिउडका सुपरस्टार अमिताभ बच्चनले साउथ इन्डियन चलचित्रमा डेब्यु गरेका छन् । यस फिल्ममा उनको लुक्स जन्मद‍िनको अवसरमा सार्वजनिक गरिएको छ । फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोल गरेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ । भिडियोमा अमिताभ सेताम्मे दाह्री–जुँगा र निधारमा रातो टिका लगाएर देखिएका छन् । यो फिल्ममा सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । उक्त फिल्ममा अमिताभले मात्र केमियो रोल गरेका छन् । हालैमा यसको छायांकन हैदराबादमा भएको थियो । चिरञ्जीवीको यो फिल्ममा नाम सई रा नरसिम्हा रेड्डी छ । सो फिल्मको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । आफ्नो भूमिकाको बारेमा केही दिन अगाडि अमिताभले आफ्नो ब्लगमा बताएका थिए । उनले लेखेका थिए, ‘म इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु ।’ यो चलचित्र चार भाषा तेलुगू, तम‍िल, कन्नड र मलयालममा रिलिज हुने छ । ‘सई रा नरसिम्हा रेड्डी’ का निर्देशक सुरेन्दर रेड्डी हुन् । एजेन्सीको सहयोगबाट

ट्वान्टी-२० विश्वकपः चीनलाई तेस्रो झड्का, सन्दीपले लिए लगातार २ विकेट ! [LIVE]

काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेल अहिले खेल चीनसँग खेल्दै छ । आज नेपालले टस जितेर फिल्डीङ रोजेको छ । खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसैबीच, नेपालाई तेस्रो सफलता मिलेको छ । दोस्रो र तेस्रो विकेट सन्दिप लामिछानेले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् ।  यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए । लाइभ स्कोर हेर्न यहाँको क्लिक गर्नुस् प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन : प्रचण्ड

काठमाडौं, असोज २० । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई कसैले कमजोर पार्न नसक्ने र कमजोर पार्न नहुने बताएका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएका छौं । बामपन्थीहरुको दुईतिहाईको सरकार बनाएका छौं । विश्व राजनीतिमै यो असाधारण परिघटना हो । हामीले यो सरकारलाई बलियो बनाएर जानुपर्छ । नेकपा र सरकार कमजोर हुन्छ कि भन्ने कसैले नसोचे हुन्छ ।’ कार्यक्रममा प्रचण्डले पार्टीभित्रका विवाद समाधान हुने बताए । ‘हाम्रो बीच कुनै ठूलो विवाद छैन । केही दिनमा प्रदेश र जिल्ला तहका कमिटीको एकता टुंगाएर जान्छौं, जनवर्गीय संगठनको एकता टुंगाउँछौं । सरकार र पार्टीको एक मात्र गन्तव्य समृद्धि हो, यसमा हामी सफल हुन्छौं ।’ प्रचण्डले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘विश्वमै यति ठूलो सन्देश दिएका छौं । अब हाम्रो जिम्मेवारी पार्टीभित्र गुटबन्दी अन्त्य गर्नु हो । जनताका अपेक्षाअनुसार पार्टीलाई एकीकृत गर्नु हो । के हामीले गुटबन्दी नभएको पार्टी बनाउन सक्छौं ? हामीले सक्नैपर्छ ।’ ‘म फर्केलगत्तै प्रधानमन्त्रीजीसँग छलफल सुरु भएको छ, निर्वाचनमा जनताले जसरी विश्वास गरे, त्यो विश्वासलाई हामीले सम्मान गर्नुपर्छ’ प्रचण्डले भने, ‘सरकारको समीक्षा सुरु भएको छ । केही समस्या पनि देखिएका छन् । तर, सरकार कमजोर बनाएर समस्या समाधान हुँदैन । शक्तिशाली बनाएर जानुपर्छ ।’ ‘अहिले सरकार पहिलो गेयरमा छ । पहिलो गेयरमा हुँदा गाडीले स्पिड लिन सक्दैन । तर, अब हामी गेयर बढाउँछौं’ प्रचण्डले भने, ‘समृद्धिको हाम्रो प्रष्ट लक्ष्य छ, हाम्रो चुनौति त्यसलाई व्यवहारमा ढाल्ने हो । त्यसका लागि हामी सबैले मेहेनत गरौं । जनताले हामीलाई विश्वास गरे, अब जनतालाई विश्वास गरेर काम गरौं ।’ प्रचण्डले अवसरसँगै चुनौति पनि आउने भएकाले कार्यकर्तालाई संयमित भएर अघि बढ्न अपील गरे । उनले भने, ‘जहाँ ठूला सम्भावना हुन्छन्, त्यहाँ चुनौति पनि ठूलै हुन्छन् । हामीले त्यसलाई पार लगाउन सक्नुपर्छ । पार्टी एकता हुनै नदिने षड्यन्त्र चिर्यौं, सरकार असफल बनाउने षड्यन्त्र पनि चिर्छौं ।’

५४ प्रतिशत नेपालीलाई इन्टरनेट थाहा छैन

काठमाडौं, असोज १९ । नेपालका आधाभन्दा बढी जनसंख्यालाई इन्टरनेटबारे जानकारी नभएको एक अध्ययनले देखाएको छ । सूचना तथा प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने संस्था लर्न एसियाले गरेको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगको अवस्था (आप्टरएक्सेस) सम्बन्धी सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो ।     सर्वेक्षणले ४६ प्रतिशत नेपालीलाई मात्रै इन्टरनेटबारे जानकारी भएको देखाएको छ । त्यसमध्ये इन्टरनेट प्रयोग गर्ने ३४ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गर्छन् ।   २० भन्दा बढी मुलुकमा गरिएको यस्तो सर्वेक्षणले इन्टरनेटको सामान्य जानकारीसमेत नहुनेमा भारतीय ६५ प्रतिशत, पाकिस्तानी ६३ प्रतिशत, बंगलादेशी ६७ प्रतिशत रहेका छन् । त्यस आधारमा नेपाल छिमेकी मुलुकभन्दा अगाडि देखिएको छ । सर्वेक्षणअनुसार धेरै नेपालीले लामो समयसम्म इन्टरनेट प्रयोग गर्ने र सामाजिक सञ्जालको समाचारलाई विश्वास गर्ने गरेकोसमेत पाइएको छ ।     अप्रिल २०१७ देखि जुन २०१८ सम्म एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रका १८ वटा देशमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३८ हजार व्यक्तिसँग ९० मिनेट लामो प्रत्यक्ष अन्तर्वार्ता गरिएको बताइएको छ ।     सर्वेक्षणले नेपालमा सातै प्रदेशका सयवटा वडामा १५ देखि ६५ वर्ष उमेरसमूहका २ हजार व्यक्ति तथा घरपरिवार समेटेको दाबी गरेको छ । सर्वेक्षणमा समेटिएका १८ वटा देशमध्ये नेपाल कुल राष्ट्रिय आयका आधारमा मोजाम्बिक र रुवान्डाभन्दा मात्रै अघि छ । नयाँ पत्रिकामा खबर छ ।

चिनी घोटालाः मन्त्री यादवले पत्तै नपाई अर्बौंको खेल, नयाँ मूल्यबाट पनि करोडौं फाइदा

काठमाडौं, संसददेखि सडकसम्म चिनीको आपूर्तिमा घोटाला भएको आरोपछि सरकारले चिनीको अधिकतम मूल्य तोकेको छ । सरकारले तोकेको नयाँ मूल्य अनुसार, खुद्रा बिक्रेताले प्रतिकिलो रु. ७० मा चिनी बेच्नु पर्नेछ । हाल बजारमा चिनी प्रतिकिलोको मूल्य ८० रुपैयाँभन्दा बढीय रहेको छ । नयाँ मूल्य तोक्दा पनि करोडौं फाइदा अहिले सरकारले तोकेको चिनीको मूल्यमैं पनि प्रति किलो ५ रुपैयाँ व्यापारीले फाइदा लिएका छन् । यो भनेको दैनिकरुपमा नै करोडौको फाइदा हो । नेपालमा ५४ रुपैयाँमा बजारमा बेच्न सकिने बताइन्छ । यसमा १३ प्रतिशत कर जोड्दा बजार मूल्य ६२ हुन आउँछ । तर श्रोत भन्छ– यो कृत्तिमरुपमा सिर्जना गरिएको संकट थियो । यसका पछाडि थियो अर्बौं कमाउने चलखेल । नाफासहितको उत्पादन मूल्यमा १३ प्रतिशतले मूल्य अभिवृद्धि कर लगायत जोड्दा बजारमा ६५ रुपैयाँमा चिनी उपलब्ध हुनुपर्ने हो । तर व्यापारीले भने ६५ रुपैयाँमा चिनी बेच्न नसकिने अडान लिँदै आएका थिए । अहिले तोकिएको मूल्यमा उनीहरुले प्रतिकिलो ८ रुपैयाँ फाइदा पाउने छन् । अर्बौं घोटालाको कथा सरकारले यसअघि चिनीको आयातमा दोब्बर प्रतिशतले भन्सार लगाएको थियो । झट्ट हेर्दा यसले स्वदेशी उत्पादनलाई लाभ पुग्ने देखिएपनि बजारमा भने चिनी १५ रुपैयाँ किलोले बढेको थियो । संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसरी भन्सार बृद्धि गरेर स्वदेशमा चिनीको मूल्य आकाशिनु र बजारमा अभाव देखिनुका पछाडि अर्बोंको घोटाला भएको कुरा सांसदहरुले आरोप लगाए । एकातिर उखु उत्पादक किसानहरुले आफ्नो उत्पादनको पैसा नपाउनु र अर्कोतर्फ विदेशबाट आउने चिनीमा ठूलो भन्सार महसुल लगाइएपछि बजारमा एकाएक चिनी संकट देखिएको थियो । तर श्रोत भन्छ– यो कृत्तिमरुपमा सिर्जना गरिएको संकट थियो । यसका पछाडि थियो अर्बौं कमाउने चलखेल । संसदको समितिमा सांसद लेखराज भट्टले नेपालमा पाकिस्तानबाट सस्तोमा चिनी भित्रिएको र त्यसलाई नेपाली स्टिकर लगाएर बजारमा पठाइने बताए । उनले काठमाडौंका व्यापारीको गोदाममा कराडौं मेट्रिक टन चिनी थन्किएर रहेको समेत बताएका थिए । श्रोतका अनुसार, विदेशबाट सस्तोमा चिनी आयात गरिसकेपछि चिनीको आयातमा दोब्बर भन्सार बृद्धि भएको थियो । यसले गर्दा एकातिर विदेशबाट चिनीको आयात हुँदैनथ्यो भने अर्कोतर्फ त्यही झिकाइसकेको चिनी नेपालमा उच्च मूल्यमा बृद्धि हुन्थ्यो । नेपालमा चिनीको संकटसँगै फेरी ३० प्रतिशत भन्सार तिरेर चिनी नेपाल ल्याउँदा त्यसको आयात मूल्य नै ९० रुपैयाँ पुग्थ्यो । अनि यसअघि ६२ रुपैयाँमा बेच्न सकिने चिनी पनि नयाँ ९०, १०० रुपैयाँमा बेच्न सकिने हुन्थ्यो । यसले अरबौंको फाइदा हुन्थ्यो मुख्य डिलर र व्यापारीलाई । मारमा पर्थे उपभोक्ता । तर संसदीय समितिमा नेता लेखराज भट्टले यो कुराको पर्दाफास गरेपछि भने यो चलखेल पुरा हुने देखिँदैन । अहिले यही चलखेलमाथि छानबीनको माग उठेपछि सरकारले हत्त न पत्त अधिकतम मूल्य तोकेको हो । ‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्यामउँदा पनि किसानले उखुको भुक्तानी पाएनन्। न त सरकारले अनुगमन नै गर्योर,’ पूर्वआपूर्तिमन्त्री समेत रहेका लेखराज भट्टले संसदीय समितिले भनेका थिए । आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको उनको दावी थियो । श्रोतका अनुसार, यो पौने दुई अर्बको कमिशनमा अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उच्च पदस्थ पदाधिकारीको मिलेमतो देखिन्छ । सांसद भट्ट, बिरोध खतिवडा, ह््रदयेश त्रिपाठी समेतले वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयको मिलेमतोमा यो घोटाला भएको दावी गरेका थिए । तर श्रोतका अनुसार, आपूर्ति मन्त्री मातृका यादवलाई भने यसबारेमा छलफल गरिएको थिएन । “भन्सार दरको सम्बन्ध अर्थ मन्त्रालयसँग हुन्छ ।” वाणिज्य तथा आपूर्ति मन्त्रालय श्रोतले भन्यो, “हाम्रो मन्त्रालयले नेपाली चिनी उद्योगीहरुको माग अनुसार भन्सार दर बढाउने कुरामा सहमति दिने कुरा स्वभाविकै थियो । तर यसका पछाडि विदेशबाट चिनी ल्याइसकेपछि दर बढाउने खेल रहेछ । त्यसको हामीलाई जानकारी भएन ।” श्रोतका अनुसार, मन्त्री मातृका यादले समेत भन्सार दर बढाइएको विषयलाई सामान्यरुपमा नै लिएका थिए । नेपाली उद्योगीहरुले लाभ लिन सक्छन भन्ने सोझो सैद्धान्तिक बुझाई मन्त्रीको रहेको उनले बताए । तर सरकारले दर बढाउने नै हो भने किन त्यसको लाभ नलिने भनेर लागेका केही माफियाहरुले पहिलो नै चिनी झिकाइसकेर नेपालमा प्याकेजिङ गरी नेपाली उत्पादन देखाएको र त्यसवापत अरबौं कमाउन खोजेको विषयमा भने संसदीय समितिमा कुरा उठेको अघिल्लो दिन मात्रै यादवले थाहा पाएका थिए । संसदीय समितिमा यो कुरा उठछ भन्ने अघिल्लो दिन मात्रै थाहा भएको हो । गलत भएको छ भने त्यो कुरा उठ्नुपर्छ भनेर मन्त्री आफैले भनेका हुन ।” श्रोतले भन्यो, “यसमा मन्त्रीको संलग्नता छैन । अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयले भने यो घोटाला भएको विषयमा केही कुरा सार्वजनिक गरेको छैन । यता संसदीय समितिले भने छानबीनको माग गरेको छ । पाकिस्तानबाट चिनी ल्याइएको हो, नेपालमा ठूलो मात्रामा स्टक भएको हो र यसका पछाडि अर्बौको चलखेल हो भने जति लुकाएपनि यो विषय सार्वजनिक हुने अर्थ मन्त्रालयका उच्च कर्मचारीले बताए । विषय गम्भीर ढंगले सार्वजनिक भइसकेपछि अर्थ मन्त्रालय पनि चुप लागेर बस्न मिल्दैन । दोषीलाई कार्वाही गर्नुपर्ने उनले बताए ।

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु, ३ घाइते

भद्रपुर, असोज १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा बि भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । उनका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टंक रोक्का, जिपमा सवार इलाम नगरपालिका–७ का ५५ वर्षीय विजेन्द्र रिजाल र इलाम जोगमाई–४ निवासी १९ वर्षीय विशाल सापकोटा घाइते भएका छन् । उनीहरु तीनैजनाको बिएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । रासस

सदन छाेडेर सडकमा आउन बाध्य नपारियोस् : महतो

विरगन्ज, असोज ११ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताको धैर्यताको बाँध टुट्ने समय आउँदै गरेकोले कुनैपनि बेला आन्दोलनको घोषणा हुनसक्ने बताएका छन् । बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्ना मागहरु पुरा गर्न सरकार संवेदनशील नभए सदन छाडेर सडकमा आउने चेतावनी दिएका हुन् ।  दुईतिहाइको सरकारले अहंं‌कारमा शक्तिको दुरुपयोग गरिरहेकाले बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था आउन लागेको महतोको भनाई छ । नेता महतोले वर्तमान सरकार मधेस विरोधी रहेको पनि दाबी गरे ।उनले बारामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण अलपत्र पारेर सरकारले षडयन्त्र गरेको आरोप लगाए । साथै उनले विमानस्थल निर्माणका लागि रुख काटनुपर्ने घोषणा गरेर सरकारले विवाद उत्पन्न गराएको बताए ।

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ

इलाम, असोज ११ । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन् । “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भने, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” बिहीबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग छलफल गर्दै उनले भने । अहिले नेकपा नेतृत्वको दुई तिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे । नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो । “हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे । उनले थपे, “तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानून अनुसारको शपथ खानुभएको छ । अहिले कसैले पनि संविधान नमानेको छैन ।” नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको जानकारी गराए । “संविधानको विरोध गर्ने पार्टी राजपा हो । तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो”, नेम्बाङले भने । संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए । “अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्छन्, संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेख्ने मै हुँ”, उहाँले थप्नुभयो, “यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ ?” रासस

एसइई परीक्षा यो पटक पनि केन्द्रबाटै हुने

काठमाडौं, भदौ २९ । सङ्घीयताको कार्यान्वयन भइसकेको सन्दर्भमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा केन्द्रस्तरबाटै हुने भएको छ ।   संविधानतः माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकार र स्थानी तहको अधिकार साझा क्षेत्रमा रहेकामा राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरेको हो । आगामी चैतमा हुने सो परीक्षाका लागि बोर्डले आवेदन फारम माग गरिसकेको छ ।   शिक्षा (आठौँ संशोधन) ऐन, २०७३ जारीपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को रुपान्तरण संस्था राष्ट्रिय परीक्षा बोर्ड हो । यसमा हाल साबिकको परीक्षा नियन्त्रण कार्यालय समायोजन भएको छ ।   केन्द्र सरकारले कक्षा १० को परीक्षा प्रदेश सरकारको मातहतमा सञ्चालनका लागि कुनै कानूनी र नीतिगत निर्णय नगरेको तथा कुनै पनि प्रदेश सरकारले यसबारेमा कानूनी र नीतिगत आधार तर्जुमा नगरेकाले उक्त परीक्षा यो वर्ष पनि केन्द्रीयस्तरमा हुने भएको हो । हाल कक्षा ८ को परीक्षा मात्र स्थानीय तहबाट सञ्चालन हुँदै आएको छ ।   बोर्डका अध्यक्ष अध्यक्ष डा चन्द्रमणि पौडेलले आफूहरुको कार्यक्षेत्रअनुसार कक्षा १० को परीक्षा सञ्चालनको तयारी गरिएको र आवश्यक प्रश्नपत्र बनाई प्रदेश सरकारसँगको समन्वय एवं व्यवस्थापनमा परीक्षा सञ्चालन गरिने बताए । त्यसरी हुने परीक्षाको उत्तरपुस्तिका बोर्डले सम्परीक्षण गरी नतिजा प्रकाशन गर्नेछ ।   बोर्डले विगतको ११ शाखा कार्यालयलाई गाभी सातै प्रदेशमा आफ्ना प्रदेश कार्यालय खडा गर्ने लक्ष्य लिएको छ । हाल परीक्षाका लागि जिल्लास्थित विगतमा जिल्ला शिक्षा कार्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाईले व्यवस्थापनको सहयोग गर्दै आएको छ ।   विगतका पाँच क्षेत्रीय शिक्षा निर्देशनालय खारेज भई सातवटा शिक्षा विकास निर्देशनालय खडा भएका छन् । यी निकायले परीक्षामा के भूमिका निभाउने स्पष्ट छैन ।   बोर्डले कक्षा ११ र १२ को राष्ट्रियस्तरको परीक्षा पनि सञ्चालन गर्दै आएको छ । बोर्डलाई संविधान जारी हुनुपूर्वको शिक्षा ऐन संशोधनले विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए÷नभएको सम्बन्धमा मूल्याङ्कन गर्ने र गराउने अधिकार दिइएकामा सोही अधिकारअन्तर्गत परीक्षा सञ्चालन गरिरेहेको छ । -रासस

१८ पटक ग्रामी अवार्ड विजयी गायिका अरिथाकाे निधन

न्यूयोर्क, भदौ १ । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

कुनै बितृष्णा गर्नु जरूरी छैन, असन्तुष्टि भए वार्ता र समहतिबाट हल खोजौः प्रचण्ड

चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् । शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उनले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए । यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि प्रचण्डको भनाई थियो । उनले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पारे । उनले एक अर्को प्रसंगमा भने, ‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो । सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’ चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ ।’

नेपाल र नेदरल्यान्ड्सबीचको सिरिज प्रत्यक्ष प्रशारण हुने

काठमाडौं, साउन १५ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि बुधबार खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध हुने २ वटा खेलको सिरिजसँगै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो। दुवै खेलमा नेदरल्यान्ड्सको आम्टर्डमस्थित भिआरए मैदानमा हुनेछ। त्यसका लागि नेपाली टिम नेदरल्यान्ड्स पुगिसकेको छ। इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा नेपाल, नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी-२० सिरिज खेलेर नेपाली टिम नेदरल्यान्ड्स पुगेको हो। नेदरल्यान्ड्सबिरुद्धको डेब्यू एकदिवसीवसीय खेल नेपालको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाल र नेदरल्यान्ड्सबीच हुने खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने ट्वीटरमार्फत जानकारी दिएका छन्।  

प्रधानन्यायाधीशको छोराको विवाहमा ९० लाख खर्च !

काठमाडौं, साउन ८ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले छोराको बिहेको इन्गेजमेन्टमा मात्रै २० लाख र पूरा बिहेमा ९० लाख रुपैयाँ खर्च गरेको भन्दै उक्त रकमको स्रोतको खोजी भएको छ । प्रधानन्यायाधीश बन्ने प्रक्रियामा रहेका जोशीविरुद्ध परेको उजुरीमा यो लगायत ५ वटा गम्भीर आरोप रहेको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ । संघीय संसद् सचिबालयले संवैधानिक परिषद्को वैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध साउन ६ गतेसम्म उजुरी दिन आव्हान गरेको थियो । उनीमाथि सबैभन्दा पछिल्लो समयमा सामाजिक सुधार ऐन बिपरीत छोराको बिहेमा कुस्तौँ खर्चेर भोज गरेको, राष्ट्रलाई क्षति पुर्याउने गरी अन्तरिम आदेश जारी गरेको, सरकारका नाममा श्रेष्ता कायम रहेको तनहुँको भिमाद नगरपालीकाको आठ सय रोपनी पर्ति जग्गा गैरकानुनी रुपमा दर्ताका लागि मेलमिलापमा पठाएको जस्ता उजुरीहरू परेका हुन् । जोशीले भर्खरै काठमाडौंको एक होटलमा करिब ६ सय जना राखी छोरीको इन्गेजमेण्ट गरेको आरोप लगाउँदै उहाँ विरुद्ध परेको उजुरी पत्रमा प्रतिप्रश्न गरिएको छ-‘करीब ३ महिना अगाडी छोराको बिहेमा ९० लाख रुपैंया भन्दा बढि खर्च गरेका जोशीले इन्गेजमेण्ट मात्रै २० लाख रुपैंयाको गरेका छन् । उक्त रकम कहाँबाट आयो । प्रधानन्यायाधीशले खर्चको स्रोत देखाउन पर्दैन ।’ नेपाल समाचारपत्रमा खबर छ ।

एकै जिल्लामा चौध सय बालबालिका विभिन्न जोखिममा !

जाजरकोट, साउन १ । जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिनुभयो । यस्ता बालबालिका बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले जानकारी दिनुभयो । यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्या भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको पाइएको छ । आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ । कुशे गाउँपालिका भित्रका सबै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यो आवमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ । यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको वजेट विनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ । आजदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको कामसमेत प्रभावित हुने देखिन्छ । -रासस

नेपाली साहित्यमा भानुभक्तको योगदान असाधरण र कालजयी-प्रधानमन्त्री

काठमाडाै‌, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य र समाजमा आदिकवि भानुभक्त आचार्यको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गरेका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भानुभक्तले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेकोसमेत बताए । ‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारमा ठूलो योगदान पुर्याउनु भएकोछ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्त्व रहेको बताए । प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने बताए ।