दिल्ली र हैदरावाद भिड्दै, आज खेल्छन् सन्दीप ?

काठमाडौं, वैशाख २७ । इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणको जारी सिजनमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम दिल्ली डेयरडेभिल्सले आज बलियो टोली सनराइजर्स हैदरावादसँग खेल्दै छ ।

अहिलेसम्म खेलका ९ मध्ये तीनमा जित र ६ खेलमा हार व्याहोरेर तालिकाको पुच्छारमा रहेको दिल्लीले सिजनको बलियो टीम सनराइजर्स हैदरावादसँग आज भिड्न लागेको हो । युवा व्याट्सम्यान श्रेयस आयरले कप्तानी सम्भालेपछि दिल्लीले दुई खेलमा जित हात पारे पनि टीमले उल्लेख्य सुधार गर्न भने सकेको छैन ।

दिल्लीले ९ खेलबाट ६ अंक जोडेको छ। भने हैदरावाद ९ खेलबाट १४ अंक जोडेको छ।

बिहीबार राति दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा राति ८ बजे शुरु हुने खेलमा दुबै टिम जितका लागि मैदानमा उत्रिने छ । दिल्ली आज जित निकालेर आफ्नो अगाडिको यात्राका लागि मार्ग प्रशस्त गर्न चाहान्छ भने हैदारवाद आजको खेल जित्दै शीर्ष स्थानमा उक्लिन चाहान्छ ।

कप्तानी सम्भालेपछि उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा जित निकालेका आयरलाई बलियो टीम सनराइजर्सलाई घरेल मैदानमा पराजित गरी दिल्लीलाई पूनर्जीवन दिन उद्दत रहने छन् भने सनराइजर्सका कप्तान काने विलियम्सन भने टीमलाई शीर्षस्थानमा पुर्याउने उद्देश्यका साथ मैदानमा उत्रिने छन् ।

कप्तान श्रेयर अयार, रिशव पन्त, पृथ्वी शा, ट्रेन्ट बोउल्ट र अमित मिश्र उत्कृष्ट फर्ममा रहे पनि टीमको हारलाई भने बचाउन सकेका छैनन् ।

तर आइपीएल अक्सनबाट दिल्लीमा ३२ लाख रुपैयाँमा अनुबन्ध हुन सफल पहिलो नेपाली क्रिकेटर सन्दीप भने आजसम्म टीमले खेलका ९ खेलमा खेल्न पाएका छैनन् ।

प्रशिक्षक रिकी पोन्टिङ र यसअघिका कप्तान गौतम गाम्भीर दुबैले सन्दीपको खेलको प्रंशसा गरेपनि उनी अहिलेसम्म दिल्लीको प्लेइङ एलेभनमा परेका छैनन् ।

किन प्लेइङ एलेभनमा परेका छैनन् सन्दीप
आइपीएलको नियम अनुसार एउटा खेलमा कुनैपनि टीमले चार जनामात्रै विदेशी खेलाडी खेलाउन पाउँछ । दिल्लीमा मात्रै आठ जना विदेशी खेलाडी छन् । त्यसमा सबै सन्दीप भन्दा अनुभवी र पाका खेलाडी छन् । साथै मंहगा पनि ।

गौतम गाम्भीरले कप्तानी गर्दासम्म शुरुबाटै दिल्ली जारी सिजनमा दवावमा रह्यो । पाँच खेलमध्ये चारमा पराजय हात पारेको टिमले सन्दीलाई खेलाएर थप रिक्स लिन नचाहेको जानकारहरु बताउँछन् ।

अब दिल्लीले चार खेल खेल्न वाँकी छ । सबै खेलमा जित चमात्कारी रुपमा सबै खेलमा जित निकाले मात्रै दिल्लीको अगाडिको यात्रा सम्भव छ । प्लेअफ र क्वालिफायरका लागि दिल्ली बाँकी सबै खेल जित्नु पर्छ । होइन भने आइपीएल इतिहासमा दिल्लीको यो सबैभन्दा नराम्रो हार हुने छ ।

टीम दिल्ली

श्रेयस अयार (कप्तान), पृथ्वी शा, रिशव पन्त, ग्यालेन म्याक्सवेल, विजय शंकर, लियम प्युन्केट,अमित मिश्र, नमन ओझा, ड्यानियल किस्ट्रिन, अभेस खान र ट्रेन्ट बोल्ट

जन्मदिनको मौकामा अभिनेत्री अनुष्काको एक रहस्यको खुलासा

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा ३० वर्षकी भएकी छन् । उनको जन्म १ मे, १९८८ मा अयोध्यामा भएको थियो । कैयौं बलिउड चलचित्रमा काम गरिसकेकी अनुष्का जन्मदिनको मौकामा उनीसँग जोडिएको एक रहस्यको खुलासा भएको छ । एक अवार्ड शो कार्यक्रमबाट फर्किंदा बाटैभरि नै उनी रोई मात्र रहेका थिए । कारण के हो भने उनले खेलेका थुप्रै सुपरहिट चलचित्रले गर्दा पूरा आशावादी रहेकी थिइन् कि अवार्ड पक्कै पनि मैले नै पाउने छु तर अवार्ड पाइनन् । दुई सुपरहिट चलचित्रको लागि अनुष्काले पाइनन् अवार्ड अनुष्काले २००८ मा उनको पहिलो बलिउड चलचित्र ‘रब ने बना दी जोडी’ मा डेब्यु गरेकी थिइन् । उनको सुरुवाती दुई चलचत्र ‘रब ने बना दी जोडी’ (२००८) र बैण्ड बाजा बारात (२०१०) ले उनला‌इ बेस्ट एक्टे«सको फिल्मफेयर अवार्डको लागि नोमिनेसन समेत दिलायाे । दुई हिट चलचित्रबाट पुरै आशावाव रहेकी अनुष्कालाई अवार्ड मिलेन । एक अन्तर्वार्ता अनुष्काले भनेकी थिइन्, ‘दुई सुपरहिट चलचित्रले गर्दा म अवार्डको लागि फिट थिएँ, तर मलाई अवार्ड मिल्न सकेन ।’ उनले भने– ‘अवार्ड फंक्शन सकिएपछि घर जाँदाको समय म बाटैभरि रोइरहेकी थिइन् ।’ अवार्ड नपाएपछि मलाई साह्रै नराम्रो लाग्यो कि सबैले अवार्ड पाउन सफल भए तर मैले पाएन । उनले अर्काे अन्तर्वार्तामा भने, ‘एक अन्य अवार्ड शो मा जब म ब्याक स्टेज मा थिएँ र यस फंक्शनमा पनि म अवार्ड पाउन असफल रहे । यसैक्रममा अमिताभ बच्चनबाट मलाई नाम लिएर बोलाए। मलाई एकदमै अचम्म लाग्यो । उनले मलाई भने– मैले चलचित्र हेरें र धेरै समयपछि एकदमै ट्यालेन्टेड एक्ट्रेस देख्ने मौका पाएको छु । त्यही समयमा असिन आफ्नो अवार्ड लिएर मेरो सामु पुगिन। अमिताभकाे कुरा सुनेपछि मलाई लाग्याे मैले मेराे अवार्ड पाइसकें ।

यस्तो छ अभिषेक वच्चनको रहस्यमय खुलासा

मुम्बई । निर्देशक अनुराग कश्यपकी बलिउड चलचित्र ‘मनमर्जियाँ’ कमब्याक गर्दैछन् सुपरटस्टार अभिषेक वच्चन । पछिल्लो दुई वर्षसम्म उनले कुनै पनि चलचित्रमा काम नगरेको भन्दै चलचित्र पत्रकार अनुपमा चोपडाले लिएको एक अन्तर्वार्तामा यो कुरालार्इ स्वीकारेका छन् । साथै, अभिषेकका यो निर्णयमा पत्नी तथा अभिनेत्री ऐश्वर्याका कस्तो रहेको थियो रियाक्शन । अभिनेता अभिषेक वच्चनले के भने ? अभिषेकले एक अन्तर्वार्तामा भने– ‘मैले यो कुरा भनेको छैन कि अबदेखि म कुनै पनि चलचित्र खेल्न चाहन्नँ भने । मेरो भनाई यतिमात्र हो कि जुनप्रकारको चलचित्रमा खेलिरहेको छु, त्यसमा परिवर्तन आउन जरुरी छ । मलाई सही चलचित्र पाउन झण्डै दुई वर्ष लाग्यो । मैले यो दुई वर्षसम्मको ब्रेकको बारेमा आफ्ना परिवारलाई पनि बताएको थिएँ र उनीहरु मेरो यो निर्णयमा साथ पनि दिएका थिए । मेरो श्रीमती यो निर्णयमा साथ रहेकी थिइन् । उनले मलाई यो निर्णयम धेरै सपोट पनि गरेकी छन् ।’ बोले– बाबाले ५ वर्षसम्म पर्खार्इमा बसी अन्तत: जन्जिरबाट सफलता हासिला – अभिषेकले आफ्नो अन्तर्वार्तामा भने– ‘उनको बाबा यानिकी सुपरस्टार अमिताभ वच्चनले राम्रो चलचित्र पाउन झण्डै पाँच वर्षसम्म पर्खाइमा बसेका थिए । १९६९ मा अभिताभ वच्चनले ७ हिन्दूस्तानी चलचित्रहरु डेब्यू गरिसकेका थिए । जबकी उनलाई सफलता भने चलचित्र ‘जन्जिर’ बाट पाएका थिए ।

प्रचण्डकाे उद्घाेष : अब बिप्लव, बैद्य सहितका सबै माओवादी एक हुन्छाैँ

काठमाडौं, बैशाख १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।” दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डले स्मरण गरे । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।” माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो । उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।

आइपिएल क्रिकेट : धोनीको टिमसँग हार्‍यो विराटको टिम

काठमाडौं, बैशाख १३ । क्विन्टन डी कक र एबी डी भिल्लियर्सले प्रभावशाली प्रदर्शन गरे पनि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले जित निकाल्न सकेन । बैंग्लोरले प्रस्तुत गरेको २०६ रनको लक्ष्य चेन्नई सुपर किङ्गले दुई बलमा बाँकी हुँदा मात्रै पाँच विकेटको क्षतिमा भेट्टायो । विशाल लक्ष्य भेट्टाउने क्रममा चेन्नईका लागि अम्बाती रायडुले ५३ बलमा ८२, तथा कप्तान महेन्द्र सिंह धोनीले ३४ बलमा नटआउट ७० रनको योगदान दिए । धोनीको प्रदर्शन चेन्नईको जितका लागि महत्वपूर्ण बन्यो । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा २०५ रन बनायो । उसका लागि ककले ३७ बलमा ५३ तथा भिल्लियर्सले ३० बलमा ६८ रन बनाए । यस्तै मन्दीप सिंहले १७ बलमा ३२ रन बनाए भने कप्तान विराट कोहलीले १५ बलमा १८ रन बनाए । जितपछि धोनीको टिम चेन्नई शीर्ष स्थानमा पुगेको छ । ६ खेलमा पाँचौँ जित दर्ता गरेको चेन्नईको १० अंक रहेको छ । यस्तै ६ खेलमा चौथो हार बेहोरेको बैंग्लोर चार अंकसहित छैटौँ स्थानमा छ ।

ट्रक र मोटरसाइकल ठोक्किदाँ चालकको मृत्यु

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पु¥याइएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन् । घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

राजेन्द्रकुमारको निर्देशित सातौं चलचित्र ‘पसले’ को छायांकन सम्पन्न

निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन । काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो । निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यसअघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सीता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स निर्देशक हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’लाई निर्देशक स्वयं अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर चलचित्र निर्देशन गर्ने उनको चाहना रहेको छ । यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनीता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा किरण दाहालको द्वन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

उत्थान बैंकमा वैशाख १६ देखि शेयर बिक्री खुला

काठमाडौँ । निर्धन उत्थान बैंकको संस्थापक सेयरधनी ग्रामिण ट्रष्ट बंगलादेशले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक समूहतर्फको ३ लाख ५७ हजार ८३.१२ कित्ता सेयर बोल कबोल मार्फत बिक्री गरिने छ । प्रतिकित्ता न्युनतम ५२३ रुपैयाँका दरले बिक्री खुला गरिने भएकाले बोलपत्र पेश गर्दा सोभन्दा बढी मूल्य तोकेर पेश गर्नुपर्ने छ । यस शेयरका लागि बैंकका अन्य संस्थापक र सर्वसाधारणले वैशाख १६ गतेदेखि जेठ २० गतेसम्म बोलपत्र मार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरु लगनखेल, चिप्लेढुङ्गा पोरखा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगंज र गोल्चाचोक विराटनगरबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी इन्भेष्टमेन्ट बैंकको धनगढी, सुर्खेत, नेपालगञ्ज, र नारायणगढ शाखाबाट पनि बोलपत्र फारम पेश गर्न सकिने छ । बोलकबोल पेश गर्दा न्युनतम १०० कित्ता र अधिकतम सबै शेयरका लागि आवेदन दिन सक्नेछन् ।

विदेशबाट फर्के लगत्तै मोदीले गरे कठोर निर्णय, नाबालिक बलात्कारमा फाँसीको सजाय, १० महिनामा सजाय दिईसक्नु पर्ने

नयाँदिल्ली, वैशाख ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विदेश भ्रमणबाट फर्किए लगत्तै बसेको मन्त्रिपरिषद बैठकले १२ वर्षमुनिका बालिका बलात्कारको घटनामा दोषीलाई मृत्युदण्ड दिने निर्णय गरेको छ । शनिबार करीब तीन घण्टासम्म चलेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँग नाबालिग बलात्कारको घटनामा दोषीलाई अब मृत्युदण्ड हुने छ । मन्त्रिपरिषद बैठकमा ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ (पाक्सो) एक्टलाई संशोधन गर्दै १२ वर्ष भन्दा कम उमेरका बालिका बलात्कार घटनामा दोषी उपर मृत्युदण्डको सजाय प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो । यसअधि भारतमा यस्तो कानून थिएन । शनिबार प्रधानमन्त्री निवासमा भएको बैठकमा यस्तो निर्णय भएको हो । पछिल्लो समय कठुआ र उन्‍नावसहित देशका विभिन्न स्थानमा भएका बलात्कारका घटनाप्रति भारतीय केन्द्र सरकारकी महिला र बाल विकास मन्त्री मेनका गांधीले चिन्ता व्यक्त गरेकी थिइन । यस्ता खालका घटना नियन्त्रणका लागि मन्त्रालयले मन्त्रिपरिषदमा पाक्सो एक्टमा संशोधन गर्न प्रस्ताव गरेको थियो । यसअघि उक्त कानूनमा बलात्कारजन्य घटनाका दोषीलाई मृत्युदण्डको सजाय थिएन ।

अब युवा अरबमा भेडा चराउन धाउनपर्दैन : मन्त्री विष्ट

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताउनुभएको छ । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले कृषि, शिक्षा स्वास्थ्य, रोजगारीलगायतका सामाजिक विकासका क्षेत्रमा नयाँ ढंगले नीति तथा कार्यक्रम बनाइ जनताको सेवा गर्न चाहेको बताउनुभएको छ । विष्टले कुनै पनि व्यक्ति मन्त्री बन्दैमा जनताको जीवन बदलिन नसक्ने बताउँदै जीवन बदल्न नया ढंगले काम गर्नुपर्ने बताउनुभयो । “एक व्यक्ति मन्त्री हुँदैमा जनताको जीवन बदलिँदैन” उहाँले भन्नुभयो, “जीवन बदल्न नयाँ ढंगले जीवन बदल्ने अभियान चलाउनु जरुरी छ ।” उहाँले खान नपाएर भोकै बसिरहेका गरीब, दलित तथा पिछडिएका परिवारको विकासका निम्ति अब आधार तयार गर्ने बताउनुभयो । विश्व मानचित्रमा गौरवशाली, सबल र समृद्ध नेपाल बनाउने ऐतिहासिक दायित्व यो सरकारमा आएको भन्दै उहाँले सो दायित्व पूरा गर्न सरकार कुनै पनि कदम चाल्न पछि नपर्ने बताउनुभयो । “हामीले पुरानो मानसिकता र मनोवृत्तिलाई सच्याएर पूर्वाधार निर्माण गर्दै गरिबी तथा बेरोजगारीलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नेछौँ” मन्त्री विष्टले भन्नुभयो, “जनताका तमाम समस्या समाधानका निम्ति निश्चित नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढ्नेछौँ ।” सरकारले केही समयमै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । ‘अब युवाले अरबमा भेडा चराउनु पर्दैन’ उहाँले देशमा पर्याप्त रोजगारी सिर्जना गर्ने बताउनुभएको छ । “अब युवा अरबमा भेडा चराउन जानु पर्दैन” उहाँले भन्नुभयो, “गाउँमै हजाराँै रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ ।” मन्त्री विष्टले गुल्मीका दर्जनाँै सडकको स्तरोन्नति गर्दै, प्रत्येक जनताको घरमा केन्द्रीय विद्युत्, हरेकको घरमा खानेपानीका धारा, खरका छाना हटाई सुरक्षित आवास दिन र किसानका खेतमा सिँचाइलगायतका व्यवस्था गर्न नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताउनुभयो । वचनबाट पछाडि हट्ने छैनाँै मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने बताउनुभयो । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उहाँले भन्नुभयो, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।” “हामी राजनीतिक रुपमा फरक हुन सकौँला त्यो ठूलो कुरा होइन” उहाँले भन्नुभयो, “ठूलो कुरा त गाउँका जनताको जीवन माथि उठाउनु हो ।” जनताले दिएको विश्वास डगमगाउन नपाउने गरी काम गर्नेमा उहाँले विश्वस्त पार्नुभयो । जनताका काम शिरमा राख्नुस्, पार्टी बिर्सनुस् मन्त्री विष्टले पाँच वर्षपछि पनि जनताको मनमा रहने गरी काम गर्न गुल्मेली जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । जनताका आशा र समस्या काँधमा बोकेका जनप्रतिनिधिको कामले गति नलिएकोप्रति गुनासो गर्दै विष्टले पार्टीलाई भन्दा जनताका कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । “स्थानीय तहको भाग्य र भविष्य कर्मचारी र जनप्रतिनिधिको काँधमा छ” उहाँले भन्नुभयो, दुवै पक्षको समन्वय र सामूहिक प्रयत्नमा काम अगाडि बढाउनुस् ।” विष्टले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने दुनियाँका सीमित संविधानमध्ये नेपाली संविधान पनि पर्ने बताउनुभयो । छोटो समयमै एकता हुन्छ नेकपा (एमाले) केन्द्रीय सचिवसमेत रहनुभएका मन्त्री विष्टले दुई ठूला वाम पार्टीबीच छिट्टै नै पार्टी एकता हुने बताउनुभयो । “पार्टी एकताको विषयमा कुनै आशंका र निराशा व्यक्त गर्नुपर्ने आवश्यकता छैन” मन्त्री विष्टले भन्नुभयो, “जुनसुकै हालतमा पनि पार्टी एकता हुन्छ, केही काम बाँकी रहेका कारणले केही ढिला मात्र भएको हो ।” मन्त्री विष्टले बुधबार नै मुसिकोट नपा–७ वामीटक्सारमा लुम्बिनी वामी हस्पिटलको पनि उद्घाटन गर्नुभएको थियो । रासस

दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं, चैत २९ । अखिल नेपाल फूटबल संघका बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी मणी कुँवर दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । बंगलादेशको ढाकामा भएको साफको कंग्रेसमा कुँवर उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । चुनावमा कुँवरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन । एन्फाको सदस्य हुँदै कार्यवाहक महासचिवबाट बरिष्ठ उपाध्यक्षसम्म पुगेका कुँवर नयाँ नेतृत्वका लागि हुन लागेको एन्फाको चुनावमा संस्थापन पक्षबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन ।

प्रचण्डद्वारा पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त

चितवन, चैत्र २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका पार्टी कार्यकर्ता स्वर्गीय महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू गुमनाम भएर पनि पार्टीप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । ‘हिजो पञ्चायत कालदेखि जनयुद्धकाल हुँदै जनआन्दोलनसम्म आफू गुमनाम भएर पनि पार्टी, आन्दोलन र नेतृत्वप्रति सधैँ इमानदारीतापूर्वक भूमिका निर्वाह गर्ने पौडेल परिवारका सदस्य महाप्रसादको निधनले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ’, उहाँले भन्नुभयो । चितवन कल्याणपुर निवासी पौडेलको गत चैत्र २३ गतेका दिन निधन भएको थियो । स्वर्गीय पौडेल पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालका माइला भाइ हुनुहुन्थ्यो । उहाँको निधनले व्यक्तिगत भन्दा पनि पार्टीगत पीडा बढी भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘व्यक्तिगत नाता सम्बन्धका कारण एउटा पीडाबोध हुनु स्वाभाविक हो, तर त्यो भन्दा बढी पीडा एक जना इमानदार सदस्य गुमाउँदा भएको छ ।’ इमानदार कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगे पनि पीडालाई शक्तिमा बदलेर सामाजिक सेवामा लाग्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता र परिवारलाई आग्रह गर्नुभयो ।

आइपीएलमा दिल्ली राजस्थानसँग भिड्दै, सन्दीप खेल्न पाउलान ?

काठमाडौं, चैत्र २८ । आइपीएलको ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्स आफ्नो दोस्रो खेलमा आज राजस्थान रोयल्ससँग भिड्दै छ । दिल्लीको पहिलो खेलमा खेल्न नपाएका नेपालका युवा खेलाडी सन्दीप लामिछाने आज भने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ । जितपुरस्थित सवाई मनसिंह रंगशालामा नेपाली समयअनुसार राति ८.१५ बजे खेल शुरु हुने छ । दुबै टिमले पहिलो खेलमा पराजय भोगेका छन् । किंग्स इलाभेन पञ्जाबसँग ६ विकेटले दिल्ली पराजित भएको थियो । साथै राजस्थान सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको थियो । भेट्रान लेग स्पिनर अमित मिश्र पहिलो खेलमा महंगो सावित भए तर उनले एक विकेट पनि लिन सकेनन् । अमितले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेका थिए । पहिलो खेलमा फितलो बलिङ गरेका अमितको इकोनोमी ११.५० रहेको थियो । दिल्लीका स्पिनरले किफायती बलिङ गर्न नसकेको अवस्थामा सन्दीपले खेल्ने सम्भावना रहेको छ । ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, ट्रेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी दिल्लीमा ८ जना विदेशी खेलाडी छन् । यी मध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउनेछन् । यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् ।

जेलबाट छुटेपछि सामाजिक सञ्जालमा सलमानको आँसु

काठमाडौं, चैत २६ । २० अघि दुलर्भ जनावार कृष्णसार मारेको कसुरमा दुई दिन जोधपुर जेल बसाईपछि मुम्बई फर्किएका अभिनेता सलमान खानले ट्वीट गर्दै हर्षका आँसु बगाएका छन् । साथै अप्ठ्यारोमा साथ दिन आफ्ना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् । आफ्नो आधिकारिट ट्विटर ह्याण्डलमा सलमान खानले लेखेका छन्, ‘कृतज्ञताका आँसु । मलाई माया र साथ दिने सबै प्रियजनहरुमा जसले कहिल्यै आशा मारेनन् । मलाई माया र समर्थन गरेकोमा सबैलाई धन्यवाद । भगवानले कृपा गरुन् ।’ कृष्णसार मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अाइपीएल: दिल्लीले दियो पञ्जावलाई १६७ रनका विजयी लक्ष्य

काठमाडौं, चैत्र २५ । आइपीएलको ११ औं संस्करण अन्तर्गतको दोस्रो खेलमा अहिले किंग्स इलेवन पंजाब र दिल्ली डेयरडेविल्सबीच मोहालीको आइएस बिन्द्रा रंगशालमा खेल जारी छ । टस हारेर व्याटिङ गरेको दिल्ली डेयरडेविल्सले परै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६६ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान गौतम गम्भीरले सबैभन्दा धेरै ५५ रनको गोगदान दिए त्यसैगरी, वहीं रिषभ पन्त ने २८ र क्रिस मॉरिसले २७ बनाए। पञ्जाबका लागि पहिलो पटक आइपीएल खेलेका मुजीब उर रहमान र मोहित शर्मा ने २/२ विकेट लिए। आइपीएलका लागि दिल्ली डेयरडेविल्समा अनुबन्ध भएका नेपालका सन्दीप लामिछाने भने आज टिमको पहलो खेलमा खेल्न पाएनन् । सन्दीप आइपीएललाईमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन ।

‘रेली माई’ को भिडियो सार्वजनिक

काठमाडौं, चैत्र २३ । गायक एवं संगीतकार टंक बुढाथोकी र चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ गीत र आँसुको अर्थ जस्ता सफल गीत दिएका गायक तथा संगीतकार टंक बुढाथोकी यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउने बताएका छन् । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । यस्तै सार्वजनिक भिडियो सगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमशः प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।