जीपी कोइरालाको जन्म जयन्ती : प्रधानमन्त्रीद्धारा फोटो प्रदर्शनी अवलोकन
काठमाडौं ।गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्ति देखि शान्ति सम्म ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु।




अलेप्पोका विभिन्न भूभाग सिरियाली विद्रोहीहरू नियन्त्रणमा
काठमाडौं । सिरियाका विद्रोही सेनाले देशको दोस्रो ठूलो सहर अलेप्पोका धेरै वटा क्षेत्रको नियन्त्रण लिएको छ । शुक्रबार बेलुकीसम्म SOHR का अनुसार विद्रोहीहरूले सहरको आधाभन्दा बढी भागमा नियन्त्रण जमाइसकेका छन्। यो कदम सिरियाली सरकारविरुद्ध वर्षौँ यताकै सबैभन्दा ठूलो आक्रमण हो र राष्ट्रपति बसर अल-असदका सेनाविरुद्ध लड्ने विद्रोहीहरूले २०१६ मा सेना द्वारा पराजित भएपछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन्। इस्लामिक लडाकु समूह हयात तहरीर अल-शाम (HTS) सँग सम्बन्धित च्यानलमा पोस्ट गरिएको भिडियोले विद्रोही लडाकुहरूलाई सहरभित्र सवारी साधनमा देखाएको जस्तो देखिन्छ। BBC Verify ले उक्त फुटेज अलेप्पोको पश्चिमी उपनगरमा रहेको प्रमाणित गरेको छ। यसैबीच, सरकार पक्षले अलेप्पो र इडलिब प्रान्तका केही सहरमा पुनः आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेको छ। यो आक्रमण HTS र यससँग सम्बन्धित समूहहरूले बुधबारबाट सुरु गरेका थिए। २०११ मा सरकारद्वारा प्रजातन्त्र समर्थक प्रदर्शनमाथि दमन गरिएपछि सुरु भएको गृहयुद्धमा हालसम्म पाँच लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। असद सरकारको विरोध गर्ने सशस्त्र समूहहरू - जसमध्ये केही जिहादीहरू पनि छन् - ले अशान्तिको फाइदा उठाउँदै ठूला क्षेत्र कब्जा गरेका थिए। तर, पछि सिरियाली सरकारले रूस र अन्य सहयोगीहरूको मद्दतले गुमेको अधिकांश क्षेत्र पुनः कब्जा गर्यो। इडलिब, जुन विद्रोहीहरूको अन्तिम गढ हो, HTS को नियन्त्रणमा छ, तर त्यहाँ टर्की समर्थित विद्रोही समूह र टर्की सेना पनि छन्। अलेप्पोमा विद्रोहीहरूको कदम अलेप्पोमा विद्रोहीहरूले गरेको कदम सिरियाली सरकार र यसको सहयोगी रूसको अधिकारमा ठूलो चुनौती हो। शुक्रबार, विद्रोहीहरूद्वारा सम्बन्धित च्यानलमा पोस्ट गरिएको बयानले भन्यो: "हाम्रो सेनाले अलेप्पो सहरमा प्रवेश गर्न सुरु गरिसकेको छ।" BBC ले प्रमाणित गरेका भिडियोहरूमा अलेप्पोको मध्यभागमा पर्ने मध्ययुगीन किल्लादेखि करिब सात किलोमिटर टाढा केही सशस्त्र व्यक्तिहरू सडकमा दौडिरहेका देखिन्छन्। अरू एक भिडियो, जसलाई BBC ले प्रमाणित गरेको छ, त्यहाँका ठूला समूहहरूले लगेज बोकेर अलेप्पो विश्वविद्यालय नजिकैको क्षेत्रबाट बाहिरिँदै गरेको देखाएको छ। यो भिडियो HTS समर्थित मिडियाले विद्रोही सेनाले सहरमा प्रवेश गरेको दाबी गरेको स्थानदेखि तीन किलोमिटर टाढा खिचिएको हो। सरकारले अब अलेप्पोमा थप सेना पठाएको दाबी गर्दै विद्रोहीहरूलाई सहरबाट खेद्ने बताएको छ। अलेप्पोबाट हुने सबै उडानहरू रद्द गरिएको छ र विमानस्थल बन्द गरिएको छ, रोयटर्स समाचार एजेन्सीलाई एक सैन्य स्रोतले जानकारी दिएको छ। SOHR का अनुसार सिरिया र रूसी विमानहरूले शुक्रबार अलेप्पो क्षेत्रमा २३ पटक हवाई हमला गरेका थिए। SOHR का अनुसार यो संघर्षमा २५५ जनाको मृत्यु भएको छ, जुन वर्षौँपछि विद्रोही र सरकार समर्थक सेनाबीचको सबैभन्दा घातक भिडन्त हो। इडलिबमा लडाइँ २०२० देखि प्रायः रोकिएको थियो, जब टर्की र सिरियाका मुख्य सहयोगी रूसले प्रान्त पुनः कब्जा गर्न सरकारलाई रोक्न युद्धविरामको सहमति गरेका थिए। तर बुधबार HTS र यसको सहयोगीहरूले "आक्रमण रोक्न" भन्दै आफ्नो हमला सुरु गरेको बताएका छन्। उनीहरूले सरकार र यसका सहयोगी मिलिसियालाई यस क्षेत्रमा तनाव बढाएको आरोप लगाएका छन्। यो तब भएको हो जब सिरियाली सरकार र यसको सहयोगीहरू अन्य द्वन्द्वमा व्यस्त थिए। छिमेकी लेबनानमा, इजरायली सैन्य अभियानले सिरियाली गृहयुद्धको धार परिवर्तन गर्न मद्दत गर्ने इरान समर्थित हिजबुल्लाह आन्दोलनलाई तहसनहस पारेको छ। इजरायलले सिरियाभित्र इरान र इरान समर्थित समूहहरूलाई लक्षित गर्दै हवाई आक्रमण बढाएको छ।
सुनसरीमा दुई समूहको झडप, प्रहरीद्धारा ६ राउन्ड हवाई फायर
काठमाडौं । सुनसरी प्रहरीले दुई समूहबीच भएको झडप नियन्त्रण गर्न हवाई फायर गगरिएको छ । सुनसरीको हरिनगर गाउँपालिका–१, भुटाहामा भएको झडप नियन्त्रण लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउन्ड हवाई फायर र एक दर्जन राउन्ड अश्रुग्याँस पनि प्रहार गरेको सुनसरी प्रहरीले जनाएको छ ।
सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको निधन भएको एक वर्ष पुगेको छ । सिता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘श्रद्धाञ्जली’कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्य, आफन्तजन तथा सुवेक्षुकहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो। क।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी क।सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी थिए ।
३ बजे प्रदेशसभा बैठक बस्दै
हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ। संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राखे। वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गरे भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो।
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन्। प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।
सिटिईभिटिमा आन्दोलनरत कर्मचारी र परिषद् कार्यालयबीच छ बुँदे सहमति
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन र परिषद् कार्यालयबीच सहमति भएको छ । परिषद् कार्यालय र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पश्चात छ बुँदे सहमति भएको हो । कर्मचारीहरुले मिति २०८००/०९।२६ गते विभिन्न माग पेश गरेर आन्दोलन गरेका थिए । यी हुन् सहमतिका बुँदा १. पदपूर्तिको कार्यलाई यथाशीघ्र अघि बढाउने सम्बन्धमा परिषद व्यवस्थापनले आवश्यक प्रक्रिया पूरा गरी १५ दिनभित्र विज्ञापन प्रकाशन गरिनेछ । २.परिषद् सेवामा लामो समयसम्म एउटै कार्यालयरमहाशाखामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताका आधारमा अन्य महाशाखाहरुमा सरुवा गर्ने कार्यको शुरुवात गरिएको र परिषद् कार्यालयबाट तयार गरिएको कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्ड २०८१ अनुसार कार्यहरु १० दिनभित्र शुरु गरी कार्यान्वयनमा ल्याउने । ३.सेवा करारमा कार्यरत कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सम्बन्धमा आगामी परिषद्को बैठकमा प्रस्ताव पेश गरिने र सेवा करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धमा गठित कार्यटोलीले दिएको सुझाव अनुरुप कार्य प्रक्रिया अगाडि बढाइने । ४.आगामी शैक्षिक सत्रबाट परिषदका आआंगिक शिक्षालयमा स्वास्थ्य तर्फका नर्सिङ्ग, मिडवाइफरी, फार्मेसी लगायतका कार्यक्रमहरु संचालनको लागि आ.व. २०८१/०८२ को परिषद्को बजेट निर्माणमा समावेश भई पेश भएको र शिक्षालयहरुमा नचलेका कार्यक्रमहरु बन्द गरी स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्नका लागि कार्यटोली बनाई असार मसान्तभित्र कार्य सम्पन्न गर्ने । ५. स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा पेश भएका प्रस्तावहरुका सम्बन्धमा सो महाशाखाले हालसम्म गरेका कार्यहरुको तालिका सहितको विवरण निर्देशक बैठकमा प्रस्तुत गर्ने र प्रस्तावहरुको दर्ता प्रक्रिया अनुसार कार्य सम्पन्न गर्ने । ६. नेपाल राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका सबै कार्यक्रमहरु हाललाई स्थगन गर्ने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी रोहबरमा गरिएको सहमतिपत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठन तर्फबाट नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रा.शि. तथा व्या.ता.परिषद्का अध्यक्ष तेजबहादुर खत्रीले र कार्यालयको तर्फबाट सदस्य सचिव महेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट
काठमाडौं । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता शुरु हुँदै छ। राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १७ गते दिउँसो (आज) ठिक १२ बजे दशरथ रंगशालाको कभर्ड हलमा गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता पाँच दिन सम्म चल्नेछ।
घट्यो नेप्से, कारोबार रकम दुई अर्ब २४ करोड मात्रै
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्रको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ जहार ७९९ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनको समूहगत सूचक बढेको छ । बाँकी १२ वटा समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।
लागूऔषध सहित तीन जना पक्राउ
सिरहा । सिरहा प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तिन जना युवालाई नियन्त्रणमा लिएको छ। सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने करिब ३८ वर्षको रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा घरमै।लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। प्लाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम लागु पदार्थ ब्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएका छन् । पक्राउ गरेका गिरिलाई अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए। त्यसैगरी, लहान नगरपालिका ३ पूर्व बसपार्कबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लाहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलवजारको संयुक्त टोलीले ठुलो परिमाणमा दुई जना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ। अस्पताल चौकदेखि लाहा वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
राहत लिएर रंगेलीका अग्नी पिडित वस्तिमा पूर्वमन्त्री आचार्य
काठमाडौं । नेकपा (माओवादी केन्द्रका केन्द्रीय)सदस्य समेत रहेका कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्य राहतसहित मोरंगको रंगेली सन्थालका अग्नी पिडितको वस्तिमा पुगेका छन् । बुधबार दिउँसो राहत सामग्री सहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पिडितलाइ राहत वितरण गरे । सो अवसरमा उनले आगलागीबाट पिडित बनेका जनताको बसोवास र खानपानको प्रबन्ध मिलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो रहेको पिडितलाई जानकारी गराए । साथै उनले आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति र बसोवासका लागि घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । चैत्र ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको थियो। आगलागीबाट पिडित बनेका नागरिकहरुलाई मलम लगाउन गरिएको राहत वितरणमा पूर्वमन्त्री एंव सांसद आचार्यसहित मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, नेपाल प्रहरीका जिल्ला एसपी, सशस्त्र प्रहरीका जिल्ला एसपी, सिएनआईका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पूर्व सांसदहरु, पत्रकारहरु र नागरिक समाजका अगुवाहरु सहभागी थिए।
सबै शिक्षकको काज फिर्ता गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।
इजरायल र लेबनानबीच युद्धविराम सहमति
काठमाडौं । इजरायल र लेबननले १३ महिनाको सीमा विवाद अन्त्य गर्न अमेरिकी समर्थनमा तयार गरिएको प्रस्ताव स्वीकार गरेका छन्। यो विवाद सेप्टेम्बरमा हिजबुल्लाहसँगको युद्धमा परिणत भएको थियो। ह्वाइट हाउसको रोज गार्डेनबाट, अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे (मंगलबार राति ९ बजे ईटी) लागू भएको यो सम्झौता "स्थायी युद्धविराम सुनिश्चित गर्न डिजाइन गरिएको हो।" यो युद्धविरामले "दुवै देशका बासिन्दालाई ब्लु लाइन (लेबनन र इजरायलको डि-फ्याक्टो सीमा) को दुबै पक्षमा सुरक्षित रूपमा आफ्नो घर फर्किन अनुमति दिने र स्थायी शान्ति पुनर्स्थापित गर्नका लागि अवस्था सिर्जना गर्नेछ," बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको संयुक्त वक्तव्यमा उल्लेख छ। अमेरिका र फ्रान्सले यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन र पालना गर्न दुबै पक्षसँग मिलेर काम गर्ने बताएका छन्। मंगलबार इजरायलको सुरक्षा क्याबिनेटले सम्झौताको स्वीकृति दिने निर्णय गरेपछि, इजरायली राष्ट्रपति इसाक हर्जोगले भने कि लेबनन युद्धविरामले उत्तरी इजरायलका बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ। "उदीयमान व्यवस्था एउटा मात्र परीक्षा पार गर्नुपर्छ - उत्तरी क्षेत्रका सबै बासिन्दाको पूर्ण सुरक्षा सुनिश्चित गर्नु," उनले X मा लेखे। युद्धविराम "सही र महत्वपूर्ण" भए पनि, हर्जोगले भने कि इजरायलले "कुनै पनि तरिकाले" आफ्ना नागरिकहरूको रक्षा गर्नेछ। लेबननका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम सम्झौतालाई स्वागत गर्दै मंगलबार बाइडेनसँगको कुराकानीमा अमेरिका र फ्रान्सको प्रयासप्रति धन्यवाद व्यक्त गरे। लेबननी स्रोतहरूका अनुसार हिजबुल्लाहले पनि सम्झौताका शर्तहरू स्वीकार गरेको छ। सम्झौता के भन्छ सम्झौताले ६० दिनको युद्धविरामको प्रावधान गरेको छ, जसलाई स्थायी शान्तिका लागि आधार मानिएको छ। यो अवधिमा, हिजबुल्लाहका लडाकुहरूले इजरायल-लेबनन सीमाबाट झण्डै ४० किलोमिटर (२५ माइल) पछि हट्नुपर्नेछ, भने इजरायली भू-सेनाले लेबननी भूभागबाट फिर्ता हुनुपर्नेछ। सन् २००६ मा दुवै देशबीचको अन्तिम पूर्ण युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव १७०१ सम्झौताको आधार बनेको छ, र वार्ताहरू मुख्य रूपमा यस सन्धिको कार्यान्वयनमा केन्द्रित रहेका छन्। सम्झौताअन्तर्गत, लेबननले देशको लिटानी नदीको दक्षिणमा हिजबुल्लाहको गतिविधिलाई रोक्न कडा निगरानी लागू गर्नुपर्नेछ, जसले त्यहाँ लडाकुहरूको पुनर्गठन हुन नदिनेछ। संयुक्त राष्ट्रको शान्ति सेनाहरू, लेबननी सेना र एक बहुराष्ट्रिय समिति इरानद्वारा समर्थित समूहका गतिविधिहरूलाई अनुगमन गर्ने जिम्मेवारीमा रहनेछन्। इजरायलले सम्झौता उल्लङ्घन भएमा पुन: सैन्य कारबाही सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो । भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन प्रहार गरिन् । जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो
अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो । साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ । मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।
तीन महिनामै ढल्यो फ्रान्सका प्रधानमन्त्री बर्नियेको सरकार
काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्निये तीन महिनामै पदमुक्त हुनुभएको छ । तीन महिना अगाडि मात्रै प्रधानमन्त्री बन्नुभएका उहाँविरुद्ध अविश्वास प्रस्ताव बहुमतले पास भएको हो । बीबीसीका अनुसार फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको छ । अविश्वास प्रस्तावबाट सरकार ढलेको सन् १९६२ पछि पहिलोपटक हो । सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतले पास भएको बीबीसीले जनाएको छ । अविश्वास प्रस्ताव पास हुनका लागि २८८ मत चाहिनेमा पक्षमा ३३१ मत परेको थियो । सो अविश्वास प्रस्तावबाट फ्रान्सको इतिहासमा सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री मिशेल बर्निये बन्नुभएको छ । उहाँ ९१ दिनसम्म मात्र प्रधानमन्त्रीमा रहनुभयो । फ्रान्समा यसै वर्षको जुलाईमा आम चुनाव भएको थियो । तर कुनै पनि दलले बहुमत पाएका थिएनन् । त्यसैले राष्ट्रपति इम्यानुअल म्याक्रोले बर्नियेको नेतृत्वमा सरकार गठन गर्नुभएको थियो । फ्रान्समा सामाजिक सुरक्षा बजेटको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तनाव बढेको थियो । प्रधानमन्त्री बर्नियेले संसदमा भोटिङ नगराइकन बजेट पास गर्ने निर्णय गरेपछि वामपन्थी र दक्षिणपन्थी दलका सांसदहरुले अविश्वास प्रस्ताव ल्याएका थिए । आज प्रधानमन्त्री बर्नियेले राष्ट्रपति म्याक्रोसमक्ष राजीनामा दिने बताइएको छ । सरकार ढलेसँगै आगामी वर्ष सन् २०२५ मा देशको बजेटलाई लिएर चिन्ता व्यक्त भइरहेको छ ।

