ममाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका  छन् ।

'मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु ?,' सन्दीपले लेखेका छन् ।

उनले आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको पनि बताएका छन् । आफूमाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाएको पनि उनको भनाइ छ ।

'ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन,' उनले लेखेका छन् ।


यस्तो छ सन्दीपको स्टाटस

धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ । अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ ।

तर, मैले कति सहनु ? म न्याय माग्दामाग्दा शिथिल भइसकेँ । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनौदा सामाजिक अभिन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।

तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैलेमात्र होइन दुनियाले बुझेको छ । म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु । त्यो अनुमान मेरा लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ । लेखिराख्नु, भगवान्‌ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि । ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ, ती तथाकथित अभियन्ताहरू, जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् ।

मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान्। तर, झुटा आरोप जब लाग्छ नि, अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्नि परीक्षामा तपाईहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ।

धेरै खोल्न बाकीँ छ। फेरि भन्छु, यो घटना घटेको होइन, घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला म चाहिँ विश्वस्त छु।

अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध। चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, मेरा लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसेँ, बोलेकै भरमा । अब अरू कोही नफसोस् । बिन्ती छ।

सन्दीप लामिछाने

भेनेजुएलाका राष्ट्रपतिको विमान अमेरिकाद्वारा कब्जा

काठमाडौं । अमेरिकाले भेनेजुएला राष्ट्रपति निकोलस मडुरोको विमान कब्जामा लिएको छ।  अमेरिकाले उक्त विमान १३ मिलियन डलरमा अवैध रूपमा किनिएको  र तस्करी गरिएको दावी गरेको छ। विमान डोमिनिकन रिपब्लिकमा जप्त गरिएको र त्यसपछि अमेरिका फ्लोरिडा ल्याइएको छ। विमान डोमिनिकन रिपब्लिकमा कसरी र कहिले पुगेको थाहा छैन। ट्र्याकिङ डाटा अनुसार, यो विमान सोमबार सान्तो डोमिंगो नजिकको ला इसाबेला एयरपोर्टबाट उडेको थियो र केही समयपछि फ्लोरिडाको फोर्ट लाउडरडेल एयरपोर्टमा पुगेको थियो।  भेनेजुएलाले अमेरिकी कारवाहीलाई समुद्री डाकाजनी भनेको छ। विदेशमन्त्री यवान गिलले अमेरिका वैश्विक रूपमा एकतर्फी र कानूनी रूपमा अवैध दबाबका उपाय प्रयोग गरेको बताएका छन्। भेनेजुएलाले यो क्षतिविरूद्ध कानूनी कदम चाल्ने अधिकार सुरक्षित राख्ने जनाएको छ। (एजेन्सीहरुको सहयोगमा)

इजराइलमा थप प्रदर्शनको तयारी

इजरायलमा सोमबारका दिन  देशव्यापीफ आम हडतालपछि देशको विभिन्न भागहरूमा थप बिरोध प्रदर्शनको तयारी भइरहेको छ।   बन्धक र हराएका परिवार मञ्चका अनुसार आज स्थानीय समय अनुसार १८:०० बजे (१६:०० BST) देखि दर्जनौं स्थानहरूमा प्रदर्शनहरू हुनेछन्। स्थानीय समय (१७:०० BST) मा तेल अवीभमा "ठूलो र्‍याली" आयोजना गरिनेछ, जसलाई बन्धकहरूको परिवारहरूले नेतृत्व गर्नेछन्। उनीहरूले इजरायली सरकारलाई गाजाबाट सबै बन्धकहरूको सुरक्षित रिहाइको लागि सम्झौता गर्न आह्वान गर्नेछन्। हिजो के के भयो?  बन्धकहरूको रिहाइको लागि सरकारलाई हमाससँगलसम्झौता गर्न माग गर्दै आम हडताल भएको थियो। विमानस्थलहरू, अस्पतालहरू, बैंकहरू र विद्यालयहरूमा ढिलाइ र बन्द भए।  इजरायली श्रम अदालतले हडताल स्थानीय समय अनुसार १४:३० बजे भित्र अन्त्य गर्नुपर्ने फैसला सुनायो र मानिसहरूलाई काममा फर्किन आदेश दिए।  त्यसपछि प्रदर्शनकारीहरू प्रधानमन्त्री नेतान्याहूको यरुशलेम र कैसरिया सहरको निवास बाहिर भेला भए।  पछि नेतान्याहूले गाजामा शव भेटिएका छ बन्धकहरूको जीवन रक्षा गर्न नसकेपछि "माफी मागे" । यसैबीच बेलायतले इजरायललाई निर्यात गर्दै आएका केही हतियारको  निर्यात लाइसेन्स खारेज गरेको छ।

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २१ गते सोमबार सन् २०२४ अगष्ट ५ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि थपघट भएको छैन। सोमबार युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ । आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समुह परिसूचक ८।०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ । यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ । २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

सामान्य ज्ञान: प्रश्न र उत्तर

१. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको उद्घाटन कहिले भयो ? २०७५ पुस १७ गते (नोट – नेपाल स्काउटले आयोजना गरेको उक्त कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो ।) २. भानु पुरस्कार २०७५ कसलाई प्रदान गरियो ? धुर्मुस सुन्तली फाउन्डेसन ३. नेपालको संविधानले संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठन हुने अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था गरेको छ ? प्रधानमन्त्री ४. चाम्चे झरना कुन जिल्लामा पर्दछ ? लमजुङ ५. विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल पहिलो दम्पती को हुन् ? अलेक्सी कारास्नोकुल्स र क्याथरिन गिब्सन ६. नेपालमा सिँचाइ दिवस कहिले मनाइन्छ ? चैत २५ गते ७. अटोेमेटिक राइफलका आविष्कारक को हुन् ? जान एम ब्राउनिङ (अमेरिका, सन् १९१८) ८. बारुदी सुरुङमुक्त प्रथम एसियाली मुलुक कुन हो ? नेपाल ९. आइएमई नेपाल लिटेरेटर फेस्टिभल २०१८ कहाँ सम्पन्न भयो ? पोखरा (नोट– २०७५ पुस ७–१० गतेसम्म सञ्चालनमा रहेको फेस्टिभलको मूल नारा ‘जहाँ शब्दहरू जीवन्त रहन्छन्’ भन्ने रहेको थियो । १०. पहिचान पुरस्कार २०१९ कसलाई प्रदान गरियो ? सरस्वती प्रतीक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ नामक कृतिलाई (स्मरण रहोस् पहिचान पुरस्कारको पुरस्कार राशि दुई लाख दुई हजार रहेको छ ।) ११. हालसम्म प्राप्त प्रमाणका आधारमा बेलायत जाने प्रथम नेपाली कसलाई मानिन्छ ? मोतीलाल सिंह १२. इन्टिग्रिटी आइडल नेपाल २०१८ हुन सफल व्यक्ति को हुन् ? रामबहादुर कुरुवाङ (कुरुवाङ बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् । यो अवार्ड सन् २०१४ देखि वितरण सुरु गरिएको हो ।) १३. नेपालको संविधानअनुसार प्रदेश प्रमुख हुन कति वर्ष पूरा भएको हुनुपर्छ ? ३५ वर्ष १४. राजवंशी जातिमा पूर्वजको आत्माको चिरशान्तिको कामना गर्र्दै मनाइने जात्रालाई के भनिन्छ ? हुदुरधुरा जात्रा १५. पहिलो राष्ट्रिय सुरक्षा दिवस कहिले मनाइयो ? २०७५ मंसिर ११ (नोट – २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलोपटक मंसिर ११ गते मनाइएको हो भने पहिलो सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चित गरौँ’ भन्ने रहेको थियो ।) १६. सार्कले सन् २०१० देखि २०२० लाई कुन दशकको रूपमा मनाएको छ ? सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक १७. नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धि संसद्बाट कहिले पारित भयो ? २०५३ असोज ४ १८. मित्र राष्ट्र चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन् ? टंकप्रसाद आचार्य १९. औद्योगिक व्यावसाय ऐन २०४९ अनुसार एकद्वार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ? उद्योग विभागका महानिर्देशक २०. लिच्छवीकालमा मन्त्रीसरहको पदाधिकारीलाई कुन पदको नामबाट सम्बोधन गरिन्थ्यो ? अमात्य २१. कुन वर्ष राष्ट्रभक्त फ्रेन्च महिला सैनिक जोन अफ आर्कलाई जीवितै जलाइएको थियो ? सन् १४३१ २२. जिल्लामा बडा हाकिमको सट्टा प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने व्यवस्था कहिले देखि सुरु भयो ? विसं २०२२ २३. जोन प्लेयर, स्प्रिङउड नामका तयारी पोसाकका ब्रान्डहरू कुन कम्पनीका उत्पादन हुन् ? सूर्य नेपाल २४. एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ भन्ने नारा कुन शिखर सम्मेलनको घोषणापत्रले पारित गरेको हो ? पृथ्वी शिखर सम्मेलन, १९९२ २५. संयुक्त राष्ट्र संघीय विश्वविद्यालय (युएन युनिभर्सिटी) कुन देशमा रहेको छ ? जापान एजेन्सीको सहयोगबाट

टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिका ड्यालसमा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई

काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले लगातार चौथो पटक जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा सिटीले वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा रहेका थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो भने आर्सनलको हकमा उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । अन्तिम दिन भने सिटी र आर्सनल दुवै विजयी हुँदा उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्। उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन्।  “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्री प्रचण्डले भने, “असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।” नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए। “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,” प्रधानमन्त्रीले भने, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।”   जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए। तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सन्तोषजनका भएको बताए । उनले  पूँजीगत खर्चमा ध्यान दिन पनि आग्रह गरे ।

आज यी ६ प्रदेशमा मुसलधारे वर्षा हुने

काठमाडौँ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धेरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र  गण्डकी प्रदेशका  केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।  हाल देशभर  साधरणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।  

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १७ गते बिहीबार सन् २०२४ अगष्ट १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमय दर घट्दा युरोको विनिमय दर भने सामान्य अंकमा बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं । भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ। ७२ वर्षीय मोदी पछिल्लो समय उनी क्यान्सरसँग लडिरहेका थिए। बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले ट्वीटर (एक्स)मा उनलाई श्रद्धाञ्जली दिएका छन्। केही दिन अगाडि मात्र मोदीले ट्वीटर गर्दै आफू क्यान्सरसँग ६ महिनादेखि लडिरहेकाले लोकसभा चुनावका लागि धेरै काम गर्न नसक्ने बताएका थिए। सन् १९७१ बाट विद्यार्थी राजनीति हुँदै उनी भारतको राजनीतिमा प्रवेश गरेका थिए। २०१७ उनी बिहारको उपमुख्यमन्त्री बनेका थिए।

यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताएका छन्। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उनले प्रष्ट पारे। “अहिले हामी मलको राम्रो तयारीमा छौँ। अभाव हुन दिन्नौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “गत वर्ष मलको अभाव थिएन। यो वर्ष पनि मलको अभाव हुँदैन।”  उनले दूध किसानको भुक्तानी दिने प्रकृया अगाडि बढाइसकेको जानकारी दिँदै यसमा गम्भीर रहेको उल्लेख गरे। ‘‘दूध किसानले बाँकी भुक्तानी चाँडै हुन्छ। यो विषयमा सरकार गम्भीर छ’, उनले भने केरा किसानको विषयमासमेत मन्त्रालयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका छन्। “किसानको केरा खेतीमा भएको क्षतिका बारेमा पनि मन्त्रालयमा छलफल भइरहेको छ। समस्या समाधानका लागि सरकारले गम्भीर पहल गरिरहेकै छ”, उनले भने। उनले किसानको समस्या समाधानमा छिटो भन्दा छिटो हुने प्रष्ट पारे। प्रधानमन्त्री प्रचण्डले एक अर्को प्रसंगमा अहिले वाम एकता वा पार्टी एकीकरण नहुने पनि स्पष्ट पारे।  

कान्तिराजपथ डेढ महिना बन्द हुने

ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।  “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने ।  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।  विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।  कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो ।  टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।