कसरी बाँचीन यी बृद्दा ६० वर्षसम्म चिया र पानीको भरमा…!

काल नआउँदासम्म कस्को के लाग्छ र ? खान पाएपनि नपाएपनि ! सुन्दा भाग्यवादी लागेपनि भारतको इन्दौरकी एक बृद्दाको जीवन भने यो भनाई जस्तै छ ।

मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन ।

मीठो खान पाउनका लागि संसारभरी तछामछाड चलिरहेको बेला भारतको इंदौंरकी ७५ वर्षीय सरस्वती बाईले ६० वर्षदेखि चिया र पानीबाहेक अरु केही नखाएको समाचार सार्वजनिक भएको छ । समाचार अनुसार, साठी वर्षयता उनको पेटमा अन्नको दाना परेको छैन । 

सुन्दा अचम्म लागेपनि उनको बानीको असर भने उनको दैनिक जीवनमा परेको छैन । आम मानिसजस्तो खेती किसानीमा जीवन बिताउँछिन् उनी । अहिले पनि उत्तिकै सक्रिय । झन अचम्मको कुरा त के छ भने पेटमा अन्नको एक दाना नगएपनि पाँच बच्चा नौ महिनासम्म पेटमा हुर्काएर स्वस्थ्य बचाउन सफल भइन उनी । अहिले पाँचै सन्तान आफ्नो उद्यम गरेर जीवन चलाइरहेका छन् ।

सरस्वती बाईको सानै उमेरमा बिहे भयो । त्यो बेलाको भारत, सानै छँदा बिहे बन्धनमा बाँधिइन उनी । त्यही भएर होला, पहिलोपटक गर्भवती हुँदा नै उनी बिरामी परिन् । टाइफाइडले थलिएपछि उनलाई खानाको रुचि नै जागेन । खानामा अरुची बढेपछि उनको आन्द्रा र कलेजो नै सुकेछ ।

उनले ओखतीमुलो नगरेकी होइनन्, तर जति औषधी गर्दापनि खानामा मन गएन । “खाना सझ्यो कि उल्टी आउने थाल्यो । पछि बिरामी त सन्चो भयो तर खानासँग वितृष्णा नै भयो मेरो । खाना देख्नवित्तिकै मुखमा, पेटमा चिलाएजस्तो हुन्थ्यो ।” उनी भन्छिन् ।

दोश्रो, तेश्रोपल्ट सुत्केरी हुँदासमेत उनलाई खाना खान मन नलाग्ने भएपछि परिवारलाई चिन्ता लाग्यो । उनका श्रीमानले त्यतिखेरका नाम चलेका डाक्टरकोमा लगे । चार जना डाक्टरले निकै समय दिएर सबैथोक परीक्षण गरे । तर शायद उनको नियती नै खाना नखानु थियो होला, जति कोशिश गर्दापनि खानाप्रति उनको रुचि जागेन । पछि औषधी नै खान छोडिन उनले । भन्छिन, “खानुपर्छ भन्ने लाग्थ्यो, कोशिस पनि गरेँ, डाक्टरले दिएको औषधी भने अनुसार खाएँ पनि । तर जति कोशिस गर्दा पनि भित्र छिर्न सकेन । त्यसपछि पानी र साझ बिहान चिया मात्रै मेरो खाना बन्यो ।”

खाना नरुचेपनि आम जीवनका क्रियाकलापमा भने कहिल्यै पनि अरुचि नलागेको सरस्वती बताउँछिन् । उनले अरुजस्तै हाँसिन, खेलिन, दुखसुख झेलिन । ‘अब मेरो बानी पर्यो, यतिका वर्ष भयो । भोज भतेर या जहाँ गएपनि खानामा मनै जान्न । मेरो जिन्दगी पानी हो, चियो हो ।’ उनी भन्छिन् ।

यतिखेर भने उनको परिवार, आफन्त तथा छरछिमेकीलाई यो कुरा सामान्य लाग्छ । धेरै कोशिश गर्दापनि खानामा मन नगएपछि परिवारले पनि अस्पताल लैजान छोड्यो । सरस्वतीको शरिरमा काम गर्ने जागर अहिले पनि कम भएको छैन् । शरिरमा फूर्ति उस्तै छ । केही समयअघिसम्म खेतमा काम गर्ने, गाई गोठालो जाने, मेलापात जाने गर्थिन् भने अहिले घरमै श्रीमानको सेवा गरिरहेकि छिन् । (नयाँ पत्रिकाबाट साभार गरिएकाे । )

गृहमन्त्रीको निर्देशनमा कुवेतबाट बिमलाको उद्दार

साउन २२, काठमाडौं । कुबेतबाट एकसाता अघि उद्दार गरीएकी पाँचथरकी बिमला न्यौपानेले गृहमन्त्री जनार्दन शर्मालाई भेटेकी छन । गृहमन्त्री शर्माले स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि उनको निर्देशनमा बिमलाको उद्दार भएको थियो । गृहमन्त्री शर्मालाई भेट्न बिमला आफ्नो पति नविन शर्मासँग मन्त्रालय पुगेकी थिइन । २०७३ चैत्रमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पु¥याएका थिए । आफूलाई पूर्वसशस्त्र प्रहरी बताउने भक्तबहादुर बिष्टमार्फत कुवेत पुगेकी न्यौपानेले त्यहाँ दुःख पाएवपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए । बिमलाका अनुसार भक्तबहादुर सहितको गिरोहले उनलाई दिल्लीमा केही दिन राखेर कुवेत पु¥याएका थिए । ‘त्यहाँ मलाई एउटा घरमा राखियो, घरमालिकले मलाई १२ सयमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।’ बिमलाका अनुसार भक्तवहादुरको समुहले कुवेतमा कार्यालयनै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफुलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले पनि गाली गर्दै फेरि अर्को घरमा काम गर्न पठाएको उनले बताइन । गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारबाहीको दायरामा ल्याउने बताए ।

कतार जाने नेपालीको संख्या घट्यो

काठमाडौं, साउन १९ । पछिल्लो समय कतारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । नेपालका लागि मलेसियापछिको दोस्रो ठूलो रोजगार गन्तव्यका रुपमा रहेको कतारमा गहिँरिदै गएको संकटको प्रत्यक्ष असर नेपाली कामदारमा परेको छ । सामान्यतया जेठ÷असारमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या कम हुने गर्छ । आर्थिक वर्ष २०७२/०७३ मा १ लाख २९ हजार ३८ नेपाली रोजगारीका लागि कतार गएका थिए । गत आव २०७३/०७४ मा झण्डै एक लाखले बढेर २ लाख ११ हजार ७ सय ८४ पुगेको थियो । तर, चालू आवको पछिल्लो तीन महिनामा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा कतार जाने नेपालीको संख्या घटेको छ,नयाँ पत्रिकामा खबर छ । विभागका अनुसार ०७३ को वैशाख, जेठ र असार महिनामा संस्थागत अन्तिम श्रम स्वीकृति लिइ क्रमशः ११ हजार ७९, १० हजार ५ सय ६५ र ७ हजार ८ सय ६६ नेपाली कतार गएका थिए । तर आव ०७४/०७५ को सोही महिनाहरुमा सो संख्या घटेर ९ हजार ५ सय ३५, ८ हजार ८ सय ६४ र ५ हजार ५ सय १५ भएको छ ।

ह्वाइट हाउसका मिडिया प्रमुख नियुक्त भएको १० दिनमै बर्खास्त

काठमाडौं, साउन १७ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ । एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ । उनी वाल स्ट्रीटका पूर्व लगानीकर्ता पनि हुन् । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।

सार्वजनिक सवारी भाडा बढाउने तयारी

काठमाडौं ,साउन १४ ।  नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् । विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ । साउनको अन्तिमसम्म प्रतिवेदन तयार गरी भाडा समायोजनको सिफारिस गरेपछि विभागले भाडा वृद्धि गर्नेछ । भाडा समायोजनको सिफारिस गरेपछि विभागले भाडा वृद्धि गर्नेछ । हाल ६५ प्रतिशतमा रहेका विभिन्न मोटर्स पाट्र्सको बजार मूलयको अनुगमन, मजदुर ज्यालालगायतका क्षेत्रमा लागत अध्ययन गरिरहेको समितिका संयोजक एवं विभागका निर्देशक प्रेम सिंहले जानकारी दिए,गोरखापत्रमा खबर छ ।

मध्यरातकाे पहिरोमा पुरिएर बालिकाको ज्यान गयो, अन्य दुई घाइते

डोटी, साउन ६ । अबिरल वर्षाका कारण आएको पहिरोमा परी एक बालकको पुरिएर ज्यान गएको छ । डोटी सायल गाउँपालिका–१ स्थित साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर बिहीबार आएको पहिरोले भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको पुरिएर घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् । घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आई घर भत्काएको थियो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते भुल दम्पतीलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् ।

६८० विद्यार्थीलाई सौर्य टुकी वितरण

कञ्चनपुर, साउन १ । कञ्चनपुर जिल्लाका ३६ विद्यालयमा अध्ययनरत ६८० विद्यार्थीलाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका छात्रछात्रालाई सौर्य टुकी वितरण गरिएको हो । बेलौरी नगरपालिका क्षेत्रका ६ विद्यालयका १२६, भीमदत्तनगरपालिका ३ विद्यालयका ७८, पुनर्वास नगरपालिका २ विद्यालयका ८४, महाकाली नगरपालिका २ विद्यालयका १८१, लालझाडी गाउँपालिका ३ विद्यालयका ५ जना विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको हो । त्यसैगरी, बेदकोट नगरपालिका ३ विद्यालयका ३८, कृष्णपुर नगरपालिका ६ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका ३ विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका २ विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

नेपाली श्रमिकको अबस्था बुझ्न युएइ पुगेका सरकारी टोली बजेट अभाव भन्दै घुमेर फर्कियाे

सुसान आचार्य युएई । नेपाल सरकारकी उपसचिब निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रबर्धन बोर्डका गरी ५ जनाको सरकारी टोली युएई फर्किएको छ । नेपाली कामदारहरुको अबस्थाबारे अध्ययन गर्न जुलाई ७ मा दिन युएई पुगेकाे साे टोली बिनाअध्ययन त्यहाँका शहर घुमेर जुलाई १३ तारिक फर्किएको हो । टोली युएई आएर घुमफीर मात्र गरेर फर्किएको र नेपाल सरकारको बजेट मात्र सक्ने काम गरेको भन्दै युएईमा रहेका नेपालीहरुले आक्रोश ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले आफुहरुले कतैबाट औपचारिक जानकारी नपाए पनि अनौपचारिक रूपमा जानकारी पाएको बताए । उनले सरकारले यस्तो कार्य बन्द गर्नुपर्ने बताए । युएई आएको टोलीले यहाँ रहेका राजनैतिक दलका भातृ संगठन , एनआरएन , नेपाल पत्रकार महासंघ लगायत करिब १०० को हाराहारीमा रहेका जिल्ला स्तरीय, जातीय स‌स्था कसैसँग पनि सुझाव संकलन गरेन । यहाँका हरेक समस्यालाई दूतावास र नेपाल सरकार समक्ष पुर्याउने संघसस्थाका प्रतिनिधिहरुसँग भेटघाट नै नगरी संकलन गरिएको सुझावले नेपाल सरकारको बजेट मात्र सक्ने छ भन्ने युएईबासी नेपालीहरुको बुझाइ रहेको छ । ‘यसरी मजदुरको नाममा हुने भ्रमण बन्द गरी त्यही रकम पिडित मजदुरहरुको उद्घारमा खर्च गर्ने हो भने केही राहतको महसुस हुन सक्छ’ बस्यालले भने । युएईमा लामो समय देखि विभिन्न छेत्रमा कार्यरत मजदुरका बिचमा रहेको हुनाले धेरै क्षेत्रका समस्या बारे जानकार रहेको र एक दिन पीडितसहित उपस्थित गराएर अन्तकृया नै गराउने योजना बनाएको भए पनि दूतावास र भ्रमणमा आएको टोली दुबैले बेवास्ता गरे पछी आफुहरु मौन बसेको गुनासो बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरुले गरेका छन् । भ्रमणका बारेमै बोल्दै नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेलले यतिधेरै सँघसगठन रहेको युएईमा सरकारी टोलीले कुनै जानकारी नगराउनु र दुबई शहर घुमेर मात्र फर्कनुले गैर जिम्मेबार र सरकारी ढुकुटीको लुट गर्ने स्पस्ट मनसाय भएकोले सम्पुर्ण श्रमिकहरुले आक्रोश ब्यक्त गरेको बताएका छन । यसैगरी जनसम्पर्क समिती, प्रबासी नेपाली मञ्च लगायतका संघसंस्थाका प्रतिनिधिहरुले पनि सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गरेका छन् । सरकारको मन्त्रालय बाट आउने टोलीले मजदुरका मुद्दा पहिचान गरी सम्बोधन गर्न लाग्नुपर्नेमा यातायातको समस्या र बजेटलाई नै कारण देखाइ उम्कन खोज्नुले लज्जास्पद बनाएको उनीहरुको भनाइ रहेको छ । यसैगरी नेपाली दूतावास अबुधाबिले भ्रमण टोलिको उदेश्य बारे दूतावास समेत प्रष्ट नभएको बतायको छ । ‘उहाँहरु यहाँ आउनुभयो हामीलाई नेपाली मजदुर कार्यरत केहि क्याम्पमा लैजानुस् भन्नुभयो हामीले दुईवटा क्याम्पमा अनुमती लिएका थियौ तर टाढा भएको र बजेट अभाव भन्दै दूतावास नजिकै रहेको महिला सेल्टर हाउस र केही पीडितलाई भेटेर फ़र्कनुभयो’ दूतावासका एक कर्मचारीले फोन सम्पर्कमा बताए । नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र सभासद् प्रभु शाहको नेतृत्वमा एक टोलि युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेंटी गुनासो समेत गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्ड स्वदेस फर्किएर केहि सुधार गर्न खोजे पनि युएइ मा कार्यरत नेपालीको अवस्था र दलाल हरुको कार्यसैलिमा भने खासै परिबर्तन भएको देखिदैन । नेपालमा आर्थिक बर्षको अन्त्य हुनै लाग्दा तीब्र गतिमा देखिने यस्ता भ्रमण केबल राज्यको ढुकुटी रित्याउन तयारी गरियको नाटकिय खेल भन्दै अधिकाम्स नेपालीले आक्रोश व्यक्त गरेका छन भने सरकार यसबारे मौन देखिन्छ ।

तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा

म्याग्दी, असार ११ । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो । चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताउनुभयो । “शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो”, प्रअ भण्डारीले भन्नुभयो – “चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।” जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिनुभयो । –ः १० ः– “विगतमा आवको अन्तमा अनुदान आउने गरेको थियो”, थापाले भन्नुभयो – “यसपालि अनुदान नै कटौती भएको जानकारी आएको छ । दरबन्दी नभएका आधारभूत र माध्यमिक विद्यालयलाई समस्या भएको छ ।” गत आव २०७२÷७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा रु ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन् । नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् ।

गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन, ‘प्रचण्ड’

बेल्टार, असार ८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताएका छन् । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रचण्डले भने, ‘गाउँमा किसानले बाली रोप्छ, गोड्छ, मलजल गर्छ, काट्छ । तर, भित्राउने बेला सामन्त टुप्लुक्क आइपुग्छ र आफ्नो भकारीमा भित्राउँछ । देशमा माओवादीले गणतन्त्र, संघीयता, सामाजिक न्याय, सामावेशी–समानुपातिक, आर्थिक विकास, समृद्धि ल्यायो । तर, खाने बेला पुरानै एमाले कांग्रेस टुप्लुक्क आउने गरेका छन् । गणतन्त्र कांग्रेस एमालेको बाली होइन, कांग्रेसका लागि गणतन्त्र रुचिको विषय थिएन । एमाले त गणतन्त्र विरोधी नै थियो । नेताहरु बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्थे । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी सिद्धान्त, आर्थिक विकास र समृद्धिको बाली पाक्दैछ, असार १४ गते हुने चुनावले त्यो बाली भित्राउँछ । फेरी पनि पुरानै सामन्तहरु जनताले लगाएको बाली आफ्नो भकारीमा भित्राउने दाउ हेर्दैछन् । यसपालि जनताले लगाएको गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन । माओवादी केन्द्रलाई जिताएर जनताले आफ्नो बाली आफै भित्राउनुपर्छ ।’ माओवादी नेतृत्वको सरकारले युवाहरुको हित र दीर्घकालीन विकासका लागि महत्वपूर्ण काम गरेको प्रचण्डले बताए ।

पिसाब फेर्न गएको बेला मतपत्र च्यातियो- निर्वाचन अधिकृत, एमाले-माओवादीद्वारा एक अर्कामाथि आरोप

भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरेका छन । छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार के गर्ने भन्ने निर्णय गरिने उनले बताए । केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्यातेको उनले बताए । मतपत्र च्यातेको भन्दै दुई माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता माओवादी केन्द्रले मत अन्तर घटन थालेपछि एमालेद्वारा परिचालित मानिसहरू पसेर २ सय मतपत्र च्यातेको दावी गरेको छ । मध्यरातसम्म मतान्तर ६ सय भंदा तल भएपछि एमाले आत्तिएको केन्द्रले जनाएको छ । निर्वाचन अधिकृतलाई पिसाब लाग्नु, ऊनी बाहिर जानू र त्याहिबेला मतपत्र चयातिनु संयोग हुन नसक्ने केन्द्रले जनाएको छ । एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले भने माओवादीले मतपत्र च्यातेको। आरोप लगाएका छन । हार्ने निस्चित भएपछि माओवादीले घटना घटाएको उनले बताए ।  

दुलही बनिन् इभाना

जेष्ठ ६ । सन् २०१५ की मिस नेपाल इभाना मानन्धर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । युवा व्यवसायी प्रगुण राजभण्डारीसँग इभानाले लगनगाँठो कसेकी हुन् । इभानाले आफ्नो फेसबुक तथा इन्स्टाग्राममार्फत वैवाहिक समारोहको फोटोहरु सार्वजनिक गरेकी छिन् । उक्त तस्बिरमा देखिए अनुसार समारोहमा विभिन्न ग्ल्यामर दुनियाँका मानिसहरुको उपस्थिति रहेको थियो ।

कृषि क्याम्पस स्थापनाको पहल

धनगढी, जेठ १ । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो । देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई वैज्ञानिक व्यावसायिकीकरण गर्दै ७ नं प्रदेशको विकासमा टेवा पु¥याउन योग्य कृषि विशेषज्ञ उत्पादन गर्ने लक्ष्यका साथ क्याम्पस स्थापनाको पहल थालिएको उहाँले बताउनुभयो । “कृषि उत्पादनको दृष्टिमा कैलालीको जग्गा उर्वर भएको भए पनि अझैसम्म परम्परागत खेती प्रणाली भइरहेका कारण कृषिको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन,” रिजालले भन्नुभयो । उन्नत कृषि प्रणाली, पशुपालन, मौसमी तथा बेमौसमी खेतीका बारेमा पठनपाठन गर्ने व्यवस्थासहित योग्य कृषि विशेषज्ञ जनशक्तिको उत्पादन गर्न क्याम्पस स्थापना गर्न लागिएको हो । निकट भविष्यमा सञ्चालनमा आउने सो क्याम्पसको लागत करिब रु दुई करोड रहेको छ । क्याम्पस स्थापनाका लागि आठ बिगाहा जग्गा आवश्यक पर्नेमा हाल तीन बिगाहा जग्गा खरिद गरिएको छ ।

विभिन्न ९९ मुलुकका संघसंस्थामा साइबर आक्रमण

काठमाडौं, वैशाख ३० । युरोप, बेलायत, रुस, चीन, स्पेनलगायत विभिन्न ९९ मुलुकका विभिन्न संघसंस्थामा साईबर आक्रमण भएको छ । आक्रमणमा परेका कयौँ कम्प्युटर आफै लक हुने र खुल्नका लागी रकम माग गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । तीमध्ये बेलायत र स्कटल्याण्डको राष्ट्रिय स्वास्थ्य विभागको सेवा पूर्ण रुपमा प्रभावित भएको छ । बिरामीको अनलाईन रेकर्ड पहुँच बाहिर गएको बीबीसीले उल्लेख गरेको छ । अहिलेसम्म साईबर आक्रमणका ७५ हजार घटना भएको साईबर सुरक्षासम्बन्धी कम्पनी अभाष्टले जनाएको छ । बेलायतमा एक पछि अर्को गर्दै कम्प्यूटरले काम गर्न बन्द गरेपछि साइबर आक्रमणबारे खुलेको थियो । आक्रमणमा परेका कम्प्यूटरका प्रत्येक फाइल खुल्न अनलाईन प्रणालीबाट फिरौती तिनुपर्ने अवस्था रहेको साईबर विज्ञले बताएका छन् । निश्चित समयमा सो रकम भुक्तान नगर्दा रकम बढ्दै जाने गरेको छ ।

सरकारले औषधी आफै किन्ने, आफै बेच्ने

काठमाडौं,बैशाख ३० । सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । औषधीमा व्यापारिहरुले सयौं गुणा नाफा लिएको भेटिएपछि  विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ ।    

कांग्रेसलाई लाग्या छ स्थानीय चुनाव

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्न घर दैलो गर्दै नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका नेता तथा कार्यकर्ता । तस्बिर : पूर्णप्रसाद मिश्र, काठमाडौं