कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको गोदाममा भएको आगलागीमा कम्तीमा बिस जना सैनिकको मृत्यु भएको छ ।  शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री हुन मानेटले बताए । 

काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए । हतियार डिपोमा भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

क्यानडाले अब इजरायललाई हतियार नबेच्ने

काठमाडौं । क्यानडा सरकारले अब इजरायललाई हतियार नबेच्ने भएको छ। त्यहाँको संसदमा यस सम्बन्धमा मतदानपछि यस्तो निर्णय भएको हो । विदेशमन्त्री मेलानी जोलीले भविष्यमा उनको सरकारले इजरायललाई हतियार नबेच्ने स्पष्ट पारिन्।  क्यानडाका विभिन्न राजनीतिक दलहरुले इजरायललाई हतियार बिक्री रोक्न माग गर्दै प्रस्ताव ल्याएपछि त्यसमा मतदान भएको थियो।  मतदानमा हतियार विक्री रोक्ने पक्षमा २०४ मत परेको थियो भने विपक्षमा ११७ मत मात्रै परेको थियो ।  पारित भएको यो प्रस्तावमा प्यालेस्टाइन राज्य स्थापनाका लागि काम गर्न सरकारलाई निर्देशन पनि दिइएको छ। पछिल्लो समय त्यहाँका प्रधानमन्त्री जस्टिन टुडोले पनि गाजामा इजरायली आक्रमणको आलोचना गर्दै आएका छन्। पछिल्लो कदमले गाजामा इजरायलको नरसंहारकारी युद्धमा क्यानडाको मिलेमतो अन्त्य गर्नेतर्फ सानो कदम भएको क्यानेडियन्स फर जस्टिस एन्ड पिस इन द मिडल इस्ट नामक समूहले टिप्पणी गरेको छ । (एजेन्सीको सहयोगमा)

म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन्।  स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो। महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’ हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद् गरिदिएका छन्।  थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन्। सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए ।’  अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन्। सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए। जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन्। छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ। गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।

रुसी राष्ट्रपतिमा फेरि पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन सम्म चुनाव भएको थियो । सीएनएनले पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको जनाएको छ । यो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार रहेका छन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा सुधार

कोलम्बो । अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै आर्थिक पुनरुत्थान भएको सरकारको भनाई छ । श्रीलंकामा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतमा झरेको छ ।  विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ, यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ । पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर नतिजा आएको र कामदारको रेमिटेन्समा पनि सुधार आएको सरकारले जानकारी दिएको छ । गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो वर्ष ९१ हजार ९०० पर्यटक आएका थिए । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिएको छ । ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग श्रीलंकाले छलफल गरिरहेको छ । श्रीलंकामा सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको थियो । त्यतिबेला आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।

प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा आर्थिक सल्लाहकारलाई प्रधानमन्त्री नियुक्त

एजेन्सी । प्यालेस्टाइन राष्ट्रपति महमुद अब्बासले आफ्ना आर्थिक सल्लाहकार मोहम्मद मुस्तफालाई प्यालेस्टिनी प्राधिकरणको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। २६ फेब्रुअरीमा मोहम्मद सतेहले राजीनामा दिएपछि यो पद खाली रहेको थियो। सन् २०१४ मा इजरायलको आक्रमणपछि गाजाको पुनर्निर्माणमा मुस्तफाले महत्वपूर्ण भूमिका खेलेका थिए। गाजामा जारी युद्धपछि अमेरिकाले प्यालेस्टिनी प्राधिकरणको भूमिका परिवर्तन गर्ने योजना बनाएको बेला मुस्तफाको नियुक्ति भएको हो। गाजामा युद्ध समाप्त भएपछि हमासको सट्टा प्यालेस्टिनी प्राधिकरणले त्यहाँको सत्ताको जिम्मेवारी लिनुपर्ने अमेरिकी चाहना छ। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको यो योजनाको कडा विरोध गरिरहेका छन्। अर्कोतर्फ गाजामा इजरायलको आक्रमण अझै रोकिएको छैन। प्यालेस्टिनी प्राधिकरणको प्रमुख राष्ट्रपति हो, जसलाई वेस्ट बैंक र पूर्वी जेरुसेलमका जनताले चुन्छन्। महमूद अब्बास सन् २००५ देखि प्यालेस्टिनी प्राधिकरणको प्रमुख छन्।

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

एनआरएनए आइसीसी महिला संयोजक पदमा संगीता मरहट्टाले उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको दशौ विश्व सम्मेलनमा युकेबाट संगीता मरहट्टाले महिला संयोजक पदका लागि उम्मेद्वारी दिने भएकी छिन् । सन्चारकर्मीका रुपमा समेत परिचित मरहट्टाले २०११(२०१३ कार्यकालको एन आर एन ए युके महिला संयोजक ,२०१३(२०१५ एन आर एन ए युके सचिब ,२०१५(२०१७ आई सि सि सदस्य ,२०१७(२०१९ एन आर एन ए युरोप महिला संयोजक साथै २०१९(२०२१एन आर एन ए को अभियान सगै मानार्थ परिषद सदस्य पदको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । उनले नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिईन। एनआरएनएको संस्थागत विकासका साथै पछिल्लो पुस्तालाई नेपालप्रति समिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताउँदै उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनका लागि नेपाल सरकारसँग समन्वयको प्रतिबद्धता रहेको बताइन । मुलुकबाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक रहेकोले यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै उनलेसबैको साथ र सहयोग अपिल रहेका छन् ।

अमेरिकाको अलबा राज्यमा आएको आँधीबाट ९ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा क्षति पु¥याएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।

इन्डोनेसियामा बेपत्ता विमानको ‘ब्ल्याक बक्स’ भएको स्थान पत्ता लाग्यो

जकार्ता । इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो । श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् । विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् । अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए । ‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका केही अंग छन्,’ उनले भने । श्रीविजया एयरको विमान जकार्ता विमानस्थलबाट शनिबार दिउँसो उडेको ४ मिनेटमै सम्पर्कविहीन भएको थियो । राष्ट्रिय खोजी तथा उद्धार निकायका एक वरिष्ठ अधिकारीका अनुसार विमानले कुनै आपत् परेको सूचित गरेको थियो । प्रत्यक्षदर्शीहरूले सामुद्रिक क्षेत्रमा एक विस्फोट देखिएको र त्यसको केही आवाजसमेत आएको बताएका थिए । विमान हराएको क्षेत्रनजिकै बस्ने स्थानीयले केही सामग्री फेला पारेको र त्यो विमानको भएको हुन सक्ने जनाए ।

डेटिङमा समस्या आएपछि आमाले छोरी बेचिन् !

एजेन्सी । एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ । उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । कुनै महिलाले यस प्रकारको कार्य गरेको यो दोस्रो घटना हो । याे समाचार नेपाल समाचारपत्र दैनिकबाटमा छापिएकाे छ ।

श्रीमानको मृत्युमा नरोएको भन्दै ५ वर्ष जेल सजाय !

गुहाइटी, । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो । श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । गत बुधबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् । र जहाँसम्म श्रीमाको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’

पुटिनलाई भेट्न मस्को पुगे राष्ट्रपति मुन

मस्को, असार ७ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को आइपुग्नुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को आउनु भएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् । दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबारे कुराकानी हुने अपेक्षा गरिएको छ । मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उहाँहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्नुहुने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ । रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुग्नु भएको हो ।

ताईवानमा ६.४ म्याग्नेच्यूडको भूकम्प, चारको मृत्यु, २२५ घाइते

ताईवानको पूर्वि क्षेत्रमा मंगलबार मध्यराति भूकम्प भएको छ । ६.४ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ भने २२५ जना घाइते भएका छ । ठूल्ठूला भवनहरु भत्किदा १४५ जना वेपत्ता रहेको जनाएको छ । अमेरिकी जियोाफिकल सर्वेका अनुसार ६.४ रेक्टरको भूकम्प मापन गरिएको छ । यहाँका ठूल्ठूला भवनहरु भत्किएका छन् । ताईवानका राष्ट्रपति साई इङ वेनले उद्धार र रातहका कार्यमा जुट्न देशवासीलाई आग्रह गरेका छन् । उनले मन्त्रिपरिषद र मन्त्रीहरुलाई राहतमा जुट्न निर्देशन दिएका छन् । ठूलो भूकम्प गएयता एक सय भन्दा बढी भूकम्पका स–साना झट्का गइसकेका छन् । त्यहाँ सुनामी पनि आउन सक्ने चेतावनी दिइएको छ । दुई वर्ष अघि गएको भूकम्पमा एकसय जनाको मृत्यु भएको थियो । त्यस्तै सन् १९९९ मा गएको ७.६ म्याग्नेच्यूडको भूकम्पमा दुई हजार चारसय जनाको मृत्यु भएको थियो । (एजेन्सीहरु)

माओवादी आन्दोलनलाई कसरी पूर्नगठन गर्ने ?

सुदाम गौतम/ महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघियता, समावेशिता र लोकतन्त्रको प्रत्यभुति भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जातो मै मुठ्ठि भर सामन्तहरुको रजाइ हुन्थ्यो भने गरिब, दुखि, दलित, महिला, मधेशी आफ्नो अधिकारमा राञ्चित हुने नै थियो । जनयुद्धको ज्वारभाट गाउँदेखि शहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातीले आफ्नो अधिकारको पाठ सिके, आवद्ध भए र बोल्न सिके । संसदिय व्यवस्था विरुद्ध लडेका विप्लब नेतृत्वको ने.क.पा. ले चुनावलाई न असफल बनाउन सक्यो न पार्टीलाई भनेजसरी एकिकृत क्रान्ति गराउन त्यहि अनुरुपको हस्तक्षेप गर्न सक्यो । जनयुद्धले विभिन्न कुरिति, कुसस्कार, अन्याय, अत्याचार र विमोदको अन्त्य गर्न कोशे ढुङ्गा सावित भयो । माओवादी पार्टि नभएर आन्दोलन बनेको अवस्थामा २०६४, ७० र २०७३ सम्म आइपुग्दा माओवादी आन्दोलन बिभाजित छरपष्ट र गन्जागोल अवस्थामा पुग्यो । माओवादीका एजेण्डाहरु राष्ट्रिय राजनीतिमा घुमिरहे तर माओवादी किन हुँदै गयो ? अव माओवादी आन्दोलनको दिशा र दशा के ? सोचनिय पनि जनताद्वारा रुचाइउको छैन भन्ने विषय भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनले पुष्टि गरेको छ । नत माओवादी केन्द्रले अपेक्षित नतिजा हासिल गर्यो न बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक हासिल ग¥यो न बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक क्रान्तिका नायक सोच्ने बाबुराम भट्टराईको नयाँ जलपले काम गर्यो । उता संसदिय व्यवस्था विरुद्ध लडेका विप्लब नृतृत्वको ने.क.पा. ले चुनावलाई त असफल बनाउन सक्यो न पार्टीलाई भनेजसरी एकिकृत क्रान्ति गराउन त्यहि अनुरुपको हस्तक्षेप गर्न सक्यो । माओवादी आन्दोलन उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको मुक्तिका लागि भएको यसले सामन्तवादको अन्त्य त गर्यो सामान्ति संस्कारको अन्त्य गर्न संघियता, धर्मनिरपेक्षता, सामानुपातिक समावेशी सहभागिता सहितको गणतन्त्र स्थापित गर्न माओवादी आन्दोलनको पर्नगठन अनिवार्य भएको छ । माओवादीहरु कमजोर हुँदा पुरानै शक्ति, यथास्थितिवादी र सामन्तहरुको हातमा सत्ताको बागडोर गैरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा माओवादी पराजय र यथास्थितिवादी शक्तिको विजय प्रतिकात्मक छ । माओवादीहरु कमजोर भइदिदा जनताले विकल्प हैन प्रतिशोधपूर्ण तवरले भोड एमाले कांग्रेसलाई दिए । जसले गणतन्त्र, संघियता समानुपातकता र संविधानसभा सुन्न समेत नचाहने शक्ति अहिले माओवादीका एजेण्डाहरुमा रमाइरहेको यो अवस्थामा विचारनिय कुरा के छ भने साच्चै माओवादी एजेण्डाहरुको कुशल कार्यान्वयन, रक्षा र विकास यथास्थितिवादी शक्तिले गर्न सक्छन ? आफ्नै आमा र सौतेनी आमाले नवजात शिशुलाई एउटै माया, स्नेह र हेरविचार गर्न सक्छन् ? सोच्न ढिला भैसकेको छ । अवको विकल्प विभाजित माओवादी धाराहरुको माओवादी आन्दोलनलाई निर्मम समिक्षा सहित एकिकृत गर्न आवश्यक भैसकेको छ । माओवादीहरुमा समस्याहरु छन् समाधान नै गर्न नसक्ने समस्याहरु हैनन् । हजारौं शहिद वेपत्ता अंगभंग तथा लाखौं कार्यकर्ताको उच्च सम्मान गर्दै निम्न कुराहरुमा बहस चलाउन र आन्दोलनलाई सुदृढ बनाउन आवश्यक छ । राजनीतिक, संगठानिक, फौजी, संयुक्त मोर्चा, जनजिविका सन्दर्भमा कार्यदिशाले देखाउने मुल बाटो के ? नयाँ कार्यदिशा प्रतिपादन गर्दा विश्व र नेपालमा देखिएका परिवर्तन र बहसहरुलाई सुहाउँदो छ कि छैन ? १. बैज्ञानिक कार्यदिशाको विकास माओवादीले अंगाल्ने कार्यदिशाको विषयमा वहस दशकौं देखि चलिरहेको छ । कहिले सुसुप्त र कहिले ज्वारभाटाको रुपमा यो अगाडि आउने गर्छ । एक दशक सशस्त्र संघर्षको नेतृत्व गरेको माओवादीमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि यो विषय निकै पेचिलो बनेको छ । मूलतः कार्यदिशाकै विवादका कारण माओवादी पार्टीमा विभाजन भएको छ । विभाजित घटकहरुमा समेत विवाद चलेकै छ । जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा माओवादीले अंगाल्न सफल पनि भयो । तर अहिलेको विश्व र स्वयम् माओवादी आन्दोलनलाई समग्र समिक्षा सहित नविन कार्यदिशा अन्वेषण गर्न माओवादीहरु लागिहाल्न आवश्यक छ । राजनीतिक, संगठानिक, फौजी, संयुक्त मोर्चा, जनजिविका सन्दर्भमा कार्यदिशाले देखाउने मुल बाटो के ? नयाँ कार्यदिशा प्रतिपादन गर्दा विश्व र नेपालमा देखिएका परिवर्तन र बहसहरुलाई सुहाउँदो छ कि छैन ? कार्यदिशा निर्धारण सँगै आउने सवाल भनेको नेतृत्व भएकोले नीति अनुसारको नेता, संगठन भएमा कार्यदिशा कार्यन्वयन, विकास र संबृद्ध हुन्छ । विभाजित माओवादीहरु एकै ठाउँमा आएर गहन छलफल, गृहकार्य साथै समिक्षा सहित नयाँ कार्यदिशा प्रतिपादन गर्दा माओवादी आन्दोलन अझ सुदृढ र सशक्त हुनेछ । २. संगठन निर्माण र कमान्ड कार्यदिशा वा कार्यनीतिले सोही अनुसारको संगठनको माग गर्दछ । माओवादी पाटीहरुमा जनयुद्ध कालिन संरचना र संगठन अहिले पनि कायम छन् । संगठनमा बैचारिक राजनैतिक र सापेक्षिक एकरुपताको मात्र छैन । पार्टीमा गैर सर्वहारा चरित्र, चिन्तन र कार्यशैलीले निकै ठूलो समस्या सिर्जना गरको छ । अव्यवस्थित संगठनहरु र टिके प्रथाबाट नेता चुनिनुले पनि माओवादीहरुलाई पक्षघात जस्तो बनाएको छ । केन्द्रिय समिति नै हजारौ सदस्यहरु हुनु, कामकाजी हैन नामकाजी संगठन बन्नु, भद्रगोग र नियन्त्रण विनाको संगठन माओवादीको ठूलो समस्या हो भने सामुहिक नेतृत्व विकास अर्को समस्या हो । जनता र कार्यकर्ताबाट अनुमोदित नेतृत्व र नेता मात्र संगठनको अक्सिजन हो । समग्र माओवादी आन्दोलनलाई एकिकृत गर्न संगठन चुस्त, दुरुस्त र पिरापिड आकारको हुनुपर्छ जसले पार्टीलाई जिवन्ता दिन्छ । महाधिवेशनहरु मार्फत संगठनलाई जिवन्ता दिनु र सबै माओवादीहरुले यसलाई गम्भरितापूर्वक लिइ जनता नियन्त्रित संगठन, नेतृत्व र जवाफदेहि कार्यशैलीको विकास गर्न आवश्यक छ । भारतको विस्तारवादी नीतिले हाम्रा हरेक कुरामा हस्तक्षेक्ष्, सिमा आक्रमण र चासोले हाम्रो राष्ट्रियतामा खलल पुगेको छ । देशमा खोक्रो र अन्धराष्ट्रवादले स्थान पाएको छ । ३. विभाजित सबै माओवादी बिच एकता जनयुद्ध मार्फत प्राप्त उपलब्धीलाई रक्षा गर्न राष्ट्रियता, अखन्डता, समावेसी समानुपातिकता र जनजिविकालाई आत्मसाथ गर्न सबै माओवादी घटकहरु बिच एकता अनिवार्य भैसकेको छ । एक्ला एक्लै लड्दा प्राप्त उपलब्धी समेत गुम्ने खतरा भएकोले कार्यदिशामा एकरुपता सहित बैचारिक एकता गरिनु पर्दछ । हजारौं शहिद, बेपत्ता, अंगभंग र लाखौं जनसमुदायको बिचमा उभिएर माओवादी हुनुमा गर्भ गर्ने वातावरण सिर्जना गर्ने, राष्ट्रियता, जनजिविका जस्ता माओवादी एजेण्डाहरुलाई अपहरित अवस्थाबाट मुक्त गरी गणतन्त्रलार्य समावेसी समानुपातिक जस्ता बृक्षहरुलाई विकास गराउनु पर्दछ । माओवादी केन्द्र बैद्ध माओवादी, विप्लब माओवादी र नयाँ शक्तिको नाममा विभाजित माओवादीहरु एकतामा आउन र माओवादी आन्दोलनलाई पूर्नगठन गर्न आवश्यक भैसकेको छ । माओवादी कमजोर हुँदा दलित, जनजाति, मधेशी, पहाडी र राष्ट्र नै कमजोर हुने भएकोले एकता अपरिहार्यता भैसकेको छ । यसको लागि सबैतिर रहेको युवा नेताको पहल कदमी आश्यक छ । पश्चगामी, यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई एकताले मात्रै धक्का दिने निश्चित छ । ४. राष्ट्रियता तथा जनजिविकाका सवालहरु नेपाल भारत र चिन बिच सेतुको काम गर्दै अग्रणी भूमिका हुनु पर्नेमा नेपालका नेतृत्वमा रहेकाहरु कहिले भारत त कहिले चिनको सम्मुख भएर अगाडि बढिरहेका छन् । राष्ट्रियताका सवालमा जवसम्म आन्तरिक राष्ट्रियता सवल हुँदैन तवसम्म बाह्य राष्ट्रियताको अर्थ रहदैंन । तराई, पहाड, हिमाल सबैले राष्ट्रियतालाई बुझ्ने र बुझाउने सामर्थता रहनुपर्छ । राष्ट्रियता सँगै समृद्धि पनि आवश्यक छ । भारतको विस्तारवादी नीतिले हाम्रा हरेक कुरामा हस्तक्षेक्ष्, सिमा आक्रमण र चासोले हाम्रो राष्ट्रियतामा खलल पुगेको छ । देशमा खोक्रो र अन्धराष्ट्रवादले स्थान पाएको छ । माओवादी आन्दोलनले अन्धराष्ट्रवादलाई चिर्दै आन्तरिक राष्ट्रावादको वकालत गर्दै सबै खाले विदेशी हस्तक्षेपलाई निस्तेज पार्न आवश्यक छ । केहि समय अगाडि भारत र चिन दुबै मिलेर नेपालको स्वाभिमानको प्रवाह नगरी नेपाललाई नसोचिकन नेपाललाई सामिल नगरी खुलेआम लिपुलेख सम्झौता गर्दा नेपालले मौन रहनु अझ भन्दा माओवादीले त्यसको कुटनैतिक तवरले चिरफार नगर्नु विडम्बना हो । सिमामा भारतिय पक्षले गोली चलाउँदा, सिमा जङ्गे पिल्लर ढल्दा र राष्ट्रियता माथि प्रशन चिन्ह खडा हुँदा माओवादीले जनतालाई सचेत र जागरुक बनाउनु अपरिहार्य काम हो । माओवादीले संसदिय व्यवस्थालाई अंगिकार नगरेकोले कार्यकारी राष्ट्रपतिय प्रणालीलाई वटमलाइन बनाउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेको छ । राष्ट्रियता सँगै जनजिविका सवालहरु हामीले मध्यनजर गर्नै पर्दछ । हरेक दिन जनताका जनविविकाका कामहरुमा गाउँदेखि सिंहदरवार सम्म सहजिकरण गर्न आवश्यक छ । रोजी रोटी देखि विभिन्न समस्याहरु र विकासका कामहरु पार्टी, नेतृत्व र अगुवाहरुले गर्न आवश्यक छ । जनतासँग जनतार्क घरमा माओवादी हुनुपर्छ न कि सामन्तसँगै । जनताको माओवादी जनताकै घरमा हुनुपर्दछ । तवमात्र जनताले माओवादीलाई आफ्नो माओवादी ठान्नेछन् । नेहच्वको वरिपरि घुम्ने, शहर केन्द्रित हुने र जनताबाट टाढा हुने नेताहरुलाई जनताले सजाय दिन्छन जुन स्तानीय तहको निर्वाचनले देखाउँछ । माओवादी आन्दोलनको जन्म गाउँबाट भएकोले माअ‍ेवादीशहरमुखी हैन गाउँमुखि हुन आवश्यक छ । ५. स्थानिय तहको निर्वाचन समिक्षा र अवको बाटो भरखरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा माओवादी हार्दा पनि माओवादीका एजेण्डाहरु जिते । सिंहदरवारबाट गाउँमा अधिकार लिने कुरामा त माओवादी सफल रहयो तर आफ्ना उजेण्डालाई कार्यन्वयन गर्न अरुलाई सत्ताको वागडोर दिदा कतै एजेण्डाको सहि कार्यन्वयन नहुने हो कि प्रश्न चिन्ह खडा भएको छ । माओवादीले जित्नु पथ्र्यो हा¥यो कारण आफै भित्र खोज्नु पर्छ । संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनसम्बन्ध माओवादीले गर्नुपर्छ । यो स्थानिय चुनावमा माओवादीको पहिलो अनुभव, कम्जोर संगठन, प्रविधिक तयारीको कमी, प्रचार शैलाीमा कम्जोरी र प्रचण्ड सरकारले गरेका राम्रा कामहरु उज्यालो नेपाली, आर्थिक बृद्धिदर, राष्ट्रिय गौरवका योजनाहरु प्राथमिकता, सुशासन छिमेकीहरुको सम्बन्धमा सुधार, विदेशमा दुःख पाएका नेपालीका लागि नीतिगत तथा व्यवहारिक सहयोग जस्ता जनमुखी कामको प्रचार जनता सम्म पुर्याउन नसक्नु हारको कारण एकातिर छ भने अर्कोतिर माओवादी आन्दोलनको विभाजनको मनोविज्ञानले पनि जनतालाई निराशा आएकोले निर्वाचन परिणाममुखी नभएको हो । माओवादीले संसदिय व्यवस्थालाई अंगिकार नगरेकोले कार्यकारी राष्ट्रपतिय प्रणालीलाई वटमलाइन बनाउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेको छ । अव यो मुद्दालाई व्यापक रुपमा लिदै कार्यान्वयन गर्न एकता, रुपान्तरण र पार्टी निर्माणको दिशामा अगाडि बढ्न प्रण गर्ने कि ?

जर्मनीमा सडक दुर्घटनामा परी १८ जनाको मृत्य

एजेन्सी, असार १९ । पर्यटक चढेको बस र ट्रक एकआपसमा ठोक्किदाँ जर्मनीमा १८ जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदाँ बसमा आगो लागरे बसमा यात्रा गरिरहेका १८ जनाको मृत्यु भएको र ३० जना गम्भीर घाइते भएका जर्मन प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटनाभएको जनाएका छन् ।