नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं, १६ फागुन । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।

जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी–२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए ।

सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए ।

कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।

उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् ।

लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी–२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए ।

नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टेरामक्स खरिद प्रकरण अनुसन्धानको रिजल्ट छिट्टै आउँछ  : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् । उनले केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेको बताएका हुन् । टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो । अख्तियार प्रमुख राईले आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए । 

सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ ।   पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।   पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा ८१ वर्षको उमेरमा निधन भएको थियो ।

नेपालविरुद्ध इटोनको कीर्तिमानी शतक, नामिबियाबाट २०७ रनको लक्ष्य प्राप्त

काठमाडौं । जान निकोल लोफ्टी–इटोनको कीर्तिमानी ब्याटिङ गरेसँगै नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटनले कुशल मल्लको कीर्तिमान तोडे । मंगलबार नेपालविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इटनले कुशल मल्लको सबैभन्दा छिटो शतकको कीर्तिमान तोडेका हुन् । इटनले ३३ बलमा ११ चौका र ८ छक्कासहित १०० रन बनाए ।

निजगढ विस्फोट  : थप २ घाइतेको मृत्यु, घटनामा संलग्नको आरोपमा २ जना पक्राउ

बारा । बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ ।  सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा एक्कासि विस्फोट भएपछि मगर घाइते भएका थिए । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोमबार सिलिन्डर ग्याँस विस्फोट भएको थियो ।  विस्फोट भएको वस्तु यकिन अहिलेसम्म नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली

जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार

नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल आज नामिबियाविरुद्ध पहिले फिल्डिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले ब्याटिङको निर्णय गरे । नेपाललाई फिल्डिङको निम्तो दिए । जारी खेलको पहिलो ओभर सकिँदा नामिबियाले विकेट नगुमाई नौ रन बनाएको छ । त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।

सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।

लामो प्रतिक्षा पछि कालिकोटको सुनथराली विमान स्थल उद्घाटन भएको छ । कालिकोटको कोटवाडामा रहेको यो विमानस्थल उद्घाटन नभएरै अस्तित्ववाट हटाउने सम्भावना थियो । कर्णाली क्षेत्रमा सडक संजालको पहुँच नपुग्दै निर्माण कार्य थालिएको यो विमानस्थलले थुप्रै समस्या झेल्नु पर्यो । ०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । श्रमिकको सामुहिक हत्या भएपछि यसको काम स्थगित बन्न पुग्यो । २०६६ सालसम्म विमानस्थलको कुनै काम हुन सकेन । माओवादी शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएपछि यसको निर्माणमा चाँसो देखायो । युद्ध मनोविज्ञन सम्झाउने यो विमान स्थल ऐतिहासिक भएको भन्दै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि खड्क विश्वकर्माले काम अगाडी बढाउने प्रक्रिया गरेका थिए । तर काम हुन सकेन । २०७० मा कालिकोटबाट दोस्रो संविधानसभाका लागि निर्वाचित महेन्द्र बहादुर शाहीले यसको विशेष कार्ययोजना बनाई काम गरेको कालिकोट जिल्लाका माओवदी संयोजक लक्ष्मिप्रसाद चौंलागाईले बताए । २०७३ मा रन वे तयार भयो तर कालो पत्रे थिएन । त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि जिवन वहादुर शाही सहितको टोली सवार तारा यएरले पहिलो पटक यो विमानस्थलमा परिक्षण उडान गरेको थियो । त्यसपछी ठप्प रहेको विमान स्थल महेन्द्र बहादुर शाही कर्णालीको पहिलो कार्यकालको मुख्यमन्त्री हुँदा निकै जोडका साथ विमानस्थल कालोपत्रे र व्यावस्थापकिय सुधारको लागि कदम चालेका थिए । संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गरेका थिए । उनको भनाई थियो विमानस्थल निर्माण भै सकेको छ, यसको सदुपयोग योजना बन्नु पर्छ र नियमित उडान हुनुपर्छ भन्ने उनको जोड रहेको स्थानिय बताउछन् । आज जहाजहरुले सफल रुपमा अवतरण र उडान गरेका छन् । हाम्मा माननीय महेन्द् बहादुर शाहीको प्रयास सफल भयो एक स्थानीयले खुसि व्यक्त गरे । विमानस्थल निर्माण र सफल परिक्षण भएको छ । अव यसको नियमित उडानलाई ध्यान दिन व्यावस्थापकिय र अन्य व्यापारिक पक्षमा जुट्नुपर्ने समय आएको कर्णाली प्रदेशको उपसभामुख यसोदा न्यौपानेले बताइन् । निर्माण सुरु भएको ३८ बर्षपछि सुनथराली विमान स्थल संचालनमा आए संगै माथिल्लो कर्णालीका पाँच वटै जिल्लामा विमान सेवा प्रयोगमा ल्याउन सकिने भएको छ । अव जुम्ला विमानस्थललाई विस्तार गरि फ्यूल र ह्याङ ्गर सुविधा सहितको नाइट स्टप सेवा विस्तार गरेमा कम बर्षा हुने माथिल्लो कर्णालीमा आन्तरिक हवाइ सेवा विस्तार मार्फत पर्यटकीय गतिविधिलाई व्यापकता ल्याउन सकिने पर्यटन व्यावसायिहरुको विश्वास रहेको पाइन्छ ।  यो विमान स्थललाई खुलालु हिल्सा सडकको  विपत्त व्यवस्थापन र माथिल्लो कर्णालीमा पर्यटन पर्वद्धन गर्न प्रयोगमा ल्याउन सकिने जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन् ।

कालिकोटको सुनथराली विमानस्थल उद्घाटन

काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए। सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ। बैठक मंगलबार(आज) बिहान. ८:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियान, पाार्टीको आगामी कार्यक्रम र समसामयीक विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

आठवटा संसदीय समितिको बैठक आज एकै दिन बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् ।  प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।  महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जनाएको छ ।  राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।   

यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विनोद कुँवर नेतृत्वको एनआरएनएले हालेको मुद्दामा कार्यालय खाली नगराउन अदालतको अन्तरिम आदेश

काठमाडौँ । गैरआवासीय नेपाली संघको कार्यालय तत्काल खाली नगराउन उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । विनोद कुँवर नेतृत्वको संघले दायर गरेको निषेधाज्ञा जारी पाउँ भन्दै दायर निवेदनमा  सोमबार उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले तत्काल संघको कार्यालय खाली नगराउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । विशेष अदालतमाले ललितानिवास क्याम्पभित्रको जग्गा विवादबारे गरेको फैसलापछि महानगरपालिकाले फागुन ११ गते शुक्रबार काठमाडौं महानगरपालिकाले घर तथा जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । उच्च अदालतले विशेष अदालतले फैसला गरेको भएपनि पुनरावेदनको म्याद बाँकी नै रहेको र सुविधा सन्तुलनको दृष्टिकोणले पनि तत्काल उक्त कार्यालय खाली गराउनु वाञ्छनीय नभएको भन्दै मुद्दा अन्तिम नभएसम्म कार्यालय खाली नगराउन अन्तरिम आदेश दिएको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकुमार खरेल, अभिवक्ता सरोजकुमार घिमिरे र रामेश्वर न्यौपानेले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका थिए । यसैबीच एनआरएनएका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले विज्ञप्ति जारी गरेर संघको सम्बन्धी ऐनअनुसार सरकारको निर्णय विश्वभर फैलिएका गैरआवसीय नेपालीहरुसँग चन्दा संकलन गरी उक्त जग्गा खरिद गरी भवन निर्माण गरेको बताएका छन् । जग्गा खरिद लाग्ने रजिष्ट्रेशन शूल्क समेत मिनाह प्राप्त गरी उक्त भवन अदालतको आदेशअनुसार निर्माण गरेको बताउँदै विज्ञप्तिमा उक्त भवनसहित जग्गा दर्ता र स्वमित्व र भोक कायम संघको भएको उल्लेख गरिएको छ । हेर्नुहोस् विज्ञप्तिः 

युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

काठमाडौं । दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकी हुन् ।   सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा विस्तार गर्ने क्रममा राप्तीपारिको गाउँपालिका राजपुरमा एफटिटिएच पुर्याइएको बताइन् । उनले अध्यक्षमार्फत गाउँपालिकाका बासिन्दा बधाई पनि दिइन्।  केही समयअघि दाङको पहाडी गाउँपालिका बंगलाचुलीमा एफटिटिएच सेवा पुर्याइएको जानकारी दिंदै दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री शर्माले अब लगत्तै राप्तीपारिको गाउँपालिका गढवामा पनि सेवा विस्तार हुने बताइन्।  दश वटा स्थानीय तह रहेको दाङका छ वटा पालिकामा एफटिटिएच सेवा विस्तार भएको छ । मन्त्री शर्माले बाँकी तीन गाउँपालिका शान्तिनगर, बबई र दंगशीरणमा पनि चाँडै एफटिटिएच विस्तार गर्न नेपाल टेलिकमललाई निर्देशन दिए । नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले पूर्वपश्चिम राजमार्गको रिहारबाट १५ किलोमिटर अप्टिकर फाइबर विस्तार गरेर राजपुरमा सेवा सुरु गरिएको जानकारी दिए । हाल वडा नम्बर ४, ५ र ६ मा यो सुविधा पुर्याइएको र यसबाट तत्काल पाँच सय १२ लाइन फोन, इन्टरनेट र टेलिभिजन वितरण गर्न सकिने उनले जानकारी दिए ।  यो पालिकाका वडा नम्बर १, २ र ३ मा चाँडै विस्तार गरिने उल्लेख गर्दै उहाँले यो हप्ताभित्रै गढवा गाउँपालिकामा एफटिटिएच विस्तारको काम सुरु हुने बताए।  तुलसीपुरदेखि हापुरेसम्मको लाइन विस्तारको काम पनि शुरु गर्ने तयारी थालिएको जानकारी दिंदै कार्यालय प्रमुख शर्माले अबको दुई महिनाभित्र एफटिटिएच पुग्न बाँकी शान्तिनगर, दंगीशरण र बबई पनि पुर्याइने जानकारी दिए।  

वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।  सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार ५ जना घाइते भएका छन्।  सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका डिएसपी न्यौपानेले बताए।  उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एक जना भने सामान्य घाइते छन्।