चीन पठाउने गैंडा समातियो, तर किन ?

चितवन, वैशाख १५ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा आज नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि आज साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।

शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । करिब दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएको गैंडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा ९खोर० मा गैंडालाई राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् ।

विसं। २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गर्नुभएको थियो ।

स्कारपियोको र मोटरसाइकल ठोक्किदाँ चालकको मृत्यु

डडेल्धुरा । धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत१९ वर्षका हर्कबहादुर विष्टको स्कारपियो गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नं को स्कारपियो गाडीले से १ प ७७०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेश विष्टको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिनुभयो । आज बिहान इस्कारपियोले मोटरसाईकललाई ठक्कर दिएको बताइएको छ । स्कारपियो चालकलाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस

त्रिशूलीमा ग्यास बुलेट पल्टियो, चालकको मृत्यु

धादिङ । धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । अनियन्त्रित भई ग्यास बुलेट सडकबाट ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । रासस

नयाँ तथ्यांकअनुसार नेपालीहरुको अौषत प्रतिव्यक्ति आयमा वृद्धि

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको नयाँ तथ्याङ्क अनुसार नेपालीहरूको औसत प्रतिव्यक्ति आय १ लाख रुपैयाँ (१ हजार डलर) नाघेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रले नेपालको आर्थिक अवस्था खत्तम भएको सन्देश दिएका थिए, जसले मानिसहरू आत्तिएका थिए । तर, अहिले सार्वजनिक भएको तथ्यांकले राहत दिएको छ । हुन त श्वेतपत्रमा उल्लेख भएका सरकारी स्रोत व्यवस्थापनका बेथितिहरूबारे धेरै विवाद छैन तर त्यसमा भनिएजस्तै हाम्रो अर्थतन्त्र खराब रहेन छ, प्रगति उन्मुख छ भन्ने तथ्यलाई भने विभागले पुष्टि गरेको छ । नेपालको आर्थिक वृद्धिदर कति हुन्छ भन्नेमा विभिन्न संस्थाका विभिन्न अनुमान सार्वजनिक भएपनि विभागको तथ्याङ्कलाई आधिकारिक मान्नुपर्ने हुन्छ । यस आधारमा नेपालको आर्थिक विकासदर पनि राम्रै हुने आँकलन गर्न सकिन्छ । हुन त विभागले अहिले सार्वजनिक गरेको तथ्यांक यस आवको ९ महिनाको प्रारम्भिक अनुमान हो । बाँकी ३ महीनामा हुने परिवर्तनले यसमा केही थपघट हुन सक्छ र त्यसपछि सही तथ्याङ्क प्राप्त हुन सक्छ । विभागले अहिले सार्वजनिक गरेको तथ्याङ्क यस आर्थिक वर्षको ९ महीनाको प्रारम्भिक अनुमान हो । बाँकी ३ महीनामा हुने परिवर्तनले यसमा केही थपघट हुन सक्छ र त्यसपछि सही तथ्यांक प्राप्त हुन सक्छ । जेहोस्, नेपालको प्रतिव्यक्ति आय बढेकै देखिएको छ । राष्ट्रिय कुल आयलाई जनसङ्ख्याले भाग गरी प्रतिव्यक्ति आय निर्धारण गरिन्छ । त्यसैले यसरी राष्ट्रिय आय बढ्नु सकारात्मक हो । तर, प्रतिव्यक्ति आयको वृद्धि कुनै नीतिगत प्रयासबाट चाहिँ भएको होइन । यसको प्रमुख श्रेय मौसमलाई जान्छ किनभने मौसममा आधारित कृषि उत्पादन बढेर यस्तो आय बढेको हो । त्यस्तै आय बढ्दैमा केही पनि हुन्न भन्ने पनि सोच्नु हुन्न । राष्ट्रिय आय बढाउने क्षेत्र कुनकुन हुन् र ती क्षेत्रमा हामीले केकति लगानी गर्‍यौं भन्ने पनि हेर्नुपर्ने हुन्छ । नेपालको राष्ट्रिय आय बढ्नुमा कृषिक्षेत्रको ठूलो योगदान छ । कृषिक्षेत्रको उत्पादन बढेपछि गैरकृषि क्षेत्रको उत्पादन पनि बढ्छ । बाढीपहिरोका कारण कृषि उत्पादन घट्छ कि भन्ने आशङ्का गरिए पनि त्यसले खासै असर पारेन । कृषकलाई बीउ बिजन, मल, सिँचाइ आदिमा ठूलो लगानी गरेर सुविधा दिएकाले कृषि उत्पादन बढेको होइन । मौसमले साथ दिएकाले यसो भएको हो । त्यसैले यो आर्थिक वृद्धिलाई टिकाइराख्न व्यापक लगानी बढाई कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नैपर्छ । त्यो भनेको कृषिलाई उद्योगसँग जोड्ने हो, बजारसँग जोड्नु हो । प्रतिव्यक्ति आय बढेकोमा खुशी हुनुभन्दा पनि यसलाई दिगो बनाउनु आवश्यक छ । यही तथ्याङ्कलाई हेर्दा पनि ३ महीनापछि हाम्रो जनसङ्ख्या बढ्दा अहिलेको प्रतिव्यक्ति आय कम हुन सक्छ । यसलाई जोगाइराख्नु चुनौतीपूर्ण छ भन्नेमा ध्यान जानु आवश्यक देखिन्छ । विभागले जारी गर्ने तथ्याङ्कमा अर्थतन्त्रका सबै पक्षलाई समेटिएको छैन । ती सबै क्षेत्रलार्ई पनि समेट्ने हो भने प्रतिव्यक्ति आय बढ्न सक्छ । यसमा अनौपचारिक अर्थतन्त्रलाई समेटिएको छैन । तथ्याङ्क विभागले जारी गर्ने हरेक वर्षको तथ्याङ्कले देखाउने हाम्रो अर्थतन्त्रको सन्देश उस्तै हुन्छ । सरकारले ती तथ्याङ्कले सङ्केत गरेका पक्षमा सुधार ल्याउन वा तिनलाई दिगो बनाउन भने ठोस प्रयास गरेको पाइन्न । तथ्याङ्क विभागले अर्थतन्त्रका विविध पक्षको तथ्याङ्क सार्वजनिक गरे पनि राष्ट्रिय आयको वितरणका पक्षमा त्यति धेरै तथ्याङ्क सार्वजनिक गरेको पाइन्न । त्यसैले राष्ट्रिय आय बढे पनि त्यसको न्यायोचित वितरण छ कि छैन भन्नेमा पनि ध्यान जानु जरुरी छ । तथ्याङ्क विभागले गर्ने जीवनस्तर सर्वेक्षणबाट केही तथ्य प्राप्त गर्न सकिन्छ । अघिल्ला सर्वेसँग तुलना गर्दा २०११–१२ मा कुल आयमध्ये कम आय हुने समूहको अंश घटेको छ । उपल्लो १० प्रतिशत घरपरिवारले ४० प्रतिशत अंश पाएकाको सबभन्दा तल्लो १० प्रतिशत घरपरिवारले १ दशमलव ५ प्रतिशत अंश पाएका छन् । यसले राष्ट्रिय असमानता बढ्दै गएको देखिन्छ । यसरी असमानता बढ्नु अर्थतन्त्रका लागि मात्र होइन, समाज र राजनीतिका लागि पनि चुनौती हो किनभने यसले समाजमा असन्तोष जन्माउँछ ।

शिक्षामन्त्री पोखरेल र इजरायली राजदूत बेनी ओमेरबीच भेटवार्ता

काठमाण्डौं, वैशाख १३ । नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले प्राविधिक शिक्षा र व्यवसायिक तालिमको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग मन्त्रालयमा भएको भेटमा राजदूत ओमेरले नेपाल सरकारले प्रस्ताव गरे अनुसार दक्ष जनशक्ति उत्पादनमा इजरायल सरकार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । इजरायलमा हुने बिज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री पोखरेललाई निम्तो दिन आएका राजदूत ओमेरले दुई देशबीच निरन्तर सहकार्यको अपेक्षा गरिएको बताए । भेटमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पोखरेलले नेपालको आर्थिक सम्वृद्धीमा सहयोग गर्न ईजरायल सरकारलाई आग्रह गर्नुभए पछी राजदुत ओमेरले यस्तो प्रतिबद्धता व्यक्त गरे । मन्त्री पोखरेलले नेपालको कृषि शिक्षा, सूचना प्रविधी शिक्षा तथा व्यवसायिक तालिम लगायतका क्षेत्रमा इजरायलबाट नेपाली जनशक्तिलाई लामो तथा छोटो अवधीका तालिम प्राप्त हुनसके नेपालले लिएको आर्थिक सम्बृद्धीको अभियानमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको बताए । भेटमा मन्त्री पोखरेलले नेपाललाई बिभिन्न अल्पकालिन तथा दीर्घकालीन प्राविधिक सहयोगको खाँचो रहेको भन्दैं दुई देशबिचको सहकार्य र सम्बन्ध मजबुत बनाउन आग्रह गरेका थिए ।

कृषिदेखि रोजगारीलाई प्राथमिकतामा राख्दै कर्णाली प्रदेश सरकारले ल्यायो १ अर्ब बढीको बजेट

सुर्खेत, वैशाख १३ । चालू आर्थिक वर्षको बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले एक अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेशसभा बैठकमा १ अर्ब २ करोड ५ लाख रुपैयाँको आयव्यायको विवरण (बजेट ) पेस गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालूतर्फ ४३ करोड ८४ लाख ३ हजार अर्थात् ४२.९५ प्रतिशत र पुँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार रुपैयाँ अर्थात् ५७.०५ प्रतिशत रहेको छ । प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना–प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जनाजस्ता विषयलाई बजेटमा समावेश गरिएको छ । कर्णालीको समृद्धिका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायत महत्वाकांक्षी योजनामा पनि बजेट विनियोजन गरिएको छ ।

राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी

काठमाडौं, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गर्नुभएको छ । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गर्नुभएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गर्नुभएको हो ।

बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा

नवलपरासी । स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् । राजपत्रका प्रकाशित ऐनमा आर्थिक ऐन, योजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐनलगायतका छन् । त्यसैगरी नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली सुत्केरी पोषण कार्यक्रम सञ्चालन निर्देशिका, शिक्षा नियमावलीलगायतका छन् । ती सबै ऐन राजपत्रमा प्रकाशित भइसकेकाले अब कानूनका रुपमा कार्यान्वयनमा आएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । नगर प्रमुख शर्माले आवश्यकताअनुसार कानून परिमार्जन हुनसक्ने बताउनुभयो । आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र संघीय सरकारलाई पठाउनु पर्ने व्यवस्थाअनुसार यसअगावै नगरपालिकाले तर्जुमा गरेका कानून प्रदेश र संघीय सरकारमा पठाइसकिएको नगरपालिकाले जनाएको छ । रासस

संगठनमा केही किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ : आइजीपी खनाल

चितवन, वैशाख १३ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताउनुभयो । खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन । संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताउनुभयो । प्रहरीको दरबन्दी कम रहेको भन्दै उहाँले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताउनुभयो । अर्को एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको बताउनुभयो । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उहाँले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताउनुभयो ।

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो । ती मुद्दा विसं २०६६ देखिका हुन् । उहाँले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको जानकारी गराउनुभयो । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गर्नुभएको छ । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गर्नुभएको छ । २०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ । विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो । रासस

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउने नाममा फरार अभियुक्तसँग नाम मिलेकै आधारमा बिना प्रमाण सर्वसाधारणलाई प्रशासन र अदालतले जेल हालेर दुःख दिने कार्य हुनु लोकतन्त्रको उपहास भएको भन्दै झापा क्षेत्र नं १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले आपत्ति जनाउनुभएको छ । निर्दोष अवस्थामा जेल बस्नुपरेका पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीय सामाजिक कार्यकर्ता राजु दाहालको धारणा छ । रासस

प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल

काँकडभिट्टा, वैशाख १३ । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो । सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो । तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो । निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउने नाममा फरार अभियुक्तसँग नाम मिलेकै आधारमा बिना प्रमाण सर्वसाधारणलाई प्रशासन र अदालतले जेल हालेर दुःख दिने कार्य हुनु लोकतन्त्रको उपहास भएको भन्दै झापा क्षेत्र नं १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले आपत्ति जनाउनुभएको छ । निर्दोष अवस्थामा जेल बस्नुपरेका पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीय सामाजिक कार्यकर्ता राजु दाहालको धारणा छ ।

भुकम्पबाट अभिभावक गुमाएकी प्रतिभाको अभिभावक बने श्रीहरि

काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्रअन्तर्गतको नयाँ भर्ना अभियानले गति लिन थालेको छ । विद्यालय जानबाट वञ्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी विद्यालयमा नयाँ विद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ । सो अवसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तहसम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए । साथै नयाँ भर्ना अभियानलार्इ सार्थकता दिन र हरेक बालबालिकालाई विद्यालय शिक्षाको पहुँचसम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारीले बताए । सोही अवसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरि नगर संयोजक प्रलाहद बहादुर कार्कीले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही विद्यालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रुकुम । रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगरपालिकाका–१३ का गंगाराम ददेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । घाइते ददेलको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज सिफारिस गरी पठाइएको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

नेपालगञ्ज । बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण गर्नुभएको छ । सोही विद्यालयमा अध्ययनरत अन्य नौजनालाई महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारी, निमित्त शिक्षा एकाइ प्रमुख गोर्खबहादुर थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ लगायतका कार्यालय प्रमुखहरुले एक÷एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक शोभाकुमारी रेग्मीका अनुसार, उहाँहरुले बालबालिकाहरुलाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो । अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर आफुहरुले समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको प्रजिअ केसीको भनाइ थियो । अभिभावकत्व ग्रहण गर्नुभएको कार्यालय प्रमुखहरुले आफ्ना–आफ्ना छरछिमेकका बालबालिकालाई विद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने काममा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । रासस

नेपालीको प्रतिव्यक्ति आय एक लाख नाग्यो

काठमाडौ, वैशाख १२ । यो आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र करीब ६ प्रतिशतले विस्तार हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र बारेको राष्ट्रिय लेखा तथ्यांकले ५.८९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखाएको हो । वर्तमान सरकारले बजेटको मध्यावधि समीक्षामा प्रक्षेपण गरेको भन्दा यो वृद्धिदर ०।११ प्रतिशत विन्दुले कम हो। चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा ६ प्रतिशतको वृद्धि अपेक्षा गरिएको थियो। गतवर्ष ६.९ प्रतिशतले बढेको कुल गार्हस्थ उत्पादन (जीडीपी०) यसवर्ष पनि तुलनात्मक रुपमा उच्च रहेपछि प्रतिव्यक्ति आय समेत बढेको विभागको भनाइ छ। नेपालीहरुको प्रतिव्यक्ति आय यसवर्ष एक हजार डलर नाघेको छ। यो हालसम्मकै उच्च हो। तथ्यांकअनुसार यो वर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १ हजार ४ अमेरिकी डलर (करिब १ लाख ४ हजार रुपैयाँ) पुगेको छ। गतवर्ष यो प्रतिव्यक्ति ८ सय ६२ डलर थियो। यो वर्ष अर्थतन्त्रको आकार पनि बढेर ३० खर्ब रुपैयाँ पुगेको छ। गतवर्षको सोही अवधिमा कुल जीडीपी २६ खर्ब रुपैयाँ थियो।