स्वदेशमा उत्पादित जडीबुटी प्रयोग गर्नुपर्ने : वनमन्त्री बस्रनेत

काठमाडौं, चैत २९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

वनस्पति विभागको ५८ औँ वार्षिकोत्सव तथा १९ औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

“स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वनस्पति संरक्षणमुखीमात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उहाँको भनाइ थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार राईले विस २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले जनाएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका प्राध्यापक डा रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयका प्राडा चौधरीलाई रु एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो । सोही अवसरमा मन्त्री बस्नेतले विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गर्नुभएको थियो ।

पदयात्रामा हिँड्दा हिँड्दै जर्मनी नागरिकको मृत्यु

रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए । अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा जानुभएको छ । रासस

नास्टले ६० विरुवाको कोडिङ गर्यो

ललितपुर । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भन्नुभयो, ‘बिश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’ यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन । अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एक÷दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’ नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको उहाँले जानकारी दिनुभयो । कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ । एउटै प्रजातिका विरुवामा समान गुण बढि पाइन्छ भने फरक प्रजातिमा कम पाइन्छ । रासस

प्रहरीको छबी र उचाई बढाउन दृणसंकल्पसाथ लाग्ने छु : आइजीपी खनाल

काठमाडौ‌ं, चैत्र २८ । नेपाल प्रहरीको प्रमुखमा मंगलबार नियुक्त भएका डीआइजी सर्बेन्द्र खनालले बुधबार आइजीपीको पदभार सम्भालेका छन् । प्रहरी संगठनको उचाई थप बढाउन दृणसंकल्पसाथ लाग्ने बताएका छन्। बुधबारदेखि अवकास पाउन लागेका आइजीपी प्रकाश अर्यालको विदाई कार्यक्रममा बोल्दै खनालले भनेँ, ‘नेपाल प्रहरीको छबी र उचाई बढाउन दृणसंकल्पसाथ लाग्ने छु।’ अर्याललगायत सबै एआईजीसहित २६ उच्च प्रहरी अधिकृतले ३० वर्षे सेवा अवधिका कारण बुधबार अनिवार्य अवकाश पाउँदैछन्। खनालले सम्पुर्ण प्रहरी कर्मचारीको हकहितमा काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे। फाइल फाेटाे  

रेल ल्याउने काम मेरो, रित्तो नपठाउने जिम्मा तपाइँहरुको : प्रधानमन्त्री

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुुभयो । उनले आफुलेनै रेल भित्र्याउने तर आउँदा भरी र जाँदा रितो हुन नहुने बताए । उनले भने,‘उताबाट आउँदा भरी हुन्छ, यताबाट जाँदा पनि भरी नै हुनुपर्यो चन्द्रागिरीको केवलकार जस्तो । रेल ल्याउने काम मेरो, रित्तो नपठाउने जिम्मा तपाइँहरुको ।’ व्यावसायिक क्षेत्रले सरकारको भावना बुझेको आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो । उद्योग वाणिज्य महासंघले प्रत्येक प्रदेशमा सञ्जाल विस्तार गरेर औद्योगिक प्रवद्र्धनमा लागेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा समृद्धि प्राप्तिका खातिर सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्छ । कृषि, वन एवं देशमा उपलब्ध साधन र स्रोतलाई इन्नोभेटिभ तवरले आगाडि बढाउनुपर्छ, त्यसका लागि सरकार निजी क्षेत्रलाई सघाउन तयार छ ।” देशको अर्थतन्त्रलाई चौतर्फी ढंगबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताको प्रविधिमा आधारित भएर मुलुकको औद्योगिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । मुलुक पछौटेपनामा रुमलिनु दुःखद् भएको भन्दै उहाँले विश्वव्यापी स्तरमा नेपालले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सन् २०२२ सम्ममा विकासशील मुलुक र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्नैपर्छ । त्यसमा सकिएन भन्ने छुट हुने छैन ।” सरकारले आर्थिक नीति तय गर्दा उद्योग वाणिज्य क्षेत्रसँग परामर्श गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले उद्योग वाणिज्य क्षेत्रलाई यथोचित सहयोग गर्न आवश्यक पर्ने ऐन, प्रशासनिक एवं व्यावहारिक पक्ष सबैमा सुधार गर्न सरकार तयार छ भन्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ऊर्जा विकास, एकद्वार प्रणाली लागू, पुराना कानुन संशोधन तथा खारेजी, व्याजदरमा सुनिश्चितता र दोहोरो कर तिर्न नपर्ने व्यवस्था लागू गर्न सरकारसँग आग्रह गर्नुभयो । समृद्धिको बाटोमा सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष राणाले त्यसका लागि उचित वातावरण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं जिल्लाका प्रतिनिधिहरुका उपस्थिति थियो ।

डीआइजी खरेलको राजीनामा स्वीकृत

काठमाडौं, चैत्र २८ । प्रहरी महानिरीक्षक (आइजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो । खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।

आर्थिक गणना वैशाख १ गतेबाट शुरु

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ । संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा सामान्य व्यवसायीको वित्तीय अवस्थाका साथै व्यावसायिक यथार्थताबारे आगामी जेठ मसान्तसम्म आर्थिक तथ्यांक संकलन गरिने छ । गणकले देशभर संकलन गरेका आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गरेर समग्र प्रक्रिया पूरा गर्न भने करीब पाँच वर्षको समयअवधि लाग्ने अनुमान गरिएको छ । व्यावसायिक प्रतिष्ठानको कूल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पूँजीको लगानी, कूल स्थिर सम्पत्तिमा भएको लगानी, प्रतिष्ठानको घनत्व, लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँच लगायतका सूचक पत्ता लगाउन सो गणना गर्न लागिएको हो । प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समितिसमेत गठन गरिएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले देशमा पहिलोपटक गर्न लागिएको आर्थिक गणनाबाट प्राप्त हुने सूचनालाई आधार मानेर समग्र आर्थिक क्रियाकलापको स्थितिको मूल्यांकन गरिने जानकारी दिँदै त्यसका आधारमा सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक नीति निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्यहरु भरपर्दो र विश्वासिलो हुने अपेक्षा राखिएको छ । तथ्यांक ऐन, २०१५ अनुसार व्यवसायबाट संकलित विवरण गोप्य रहनेछ । देशभरका लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान लगायतको गणना गरिने सो कार्यक्रमबाट विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायीबाट आर्थिक क्षेत्रमा गरिएका लगानी तथा त्यसको प्रतिफलको अवस्था बुझ्न सकिने कार्यक्रमका संयोजक अनिल शर्माले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय जनगणना विसं १९६८ देखि शुरु भएको र प्रत्येक १० वर्षमा एक पटक गरिँदै आएको छ । त्यस्तै कृषि गणना विसं २०१० देखि शुरु भएको र प्रत्येक पाँच वर्षमा गरिँदै आएको विभागले जनाएको छ । यसैगरी उद्योग गणना करीब दुई दशकअघिबाट शुरु भई प्रत्येक पाँच वर्षमा गरिँदै आएको छ । शुरु गर्न लागिएको आर्थिक गणनामा भने ढुंगा, बालुवा तथा खनिज पदार्थको उत्खनन क्रियाकलापमा संलग्न हुने व्यवसायी, निर्माण व्यवसायी, बंैक तथा वित्तीय संस्थादेखि सामान्य पसल गर्ने व्यवसायीलाई समेत समेटिने छ । देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाई (वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान) मा पुगेर गणनाको निर्धारित प्रक्रियाअनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक इकाईको विवरण संकलनदेखि प्रकाशनका कार्य गर्ने समष्टिगत प्रक्रियालाई नै आर्थिक गणना भन्ने गरिन्छ । रासस

भक्तपुरको बिस्केट जात्रामा मध्यरातमा भैरबको रथ अलपत्र, ढल्यो रथको गजुर

भक्तपुर, चैत २८ । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको मध्यरातमा अलपत्र छाडिएपछि स्थानीयवासीले आफैँ तानेर वुधवार दिउँसो गःहिटी पुऱ्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुऱ्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको थियो । स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलका अनुसार विगतमा यसरी जनशक्ति अभाव भए पनि सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुऱ्याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुऱ्याएको धौभडेलको भनाइ छ । राति नै रथलाई गःहिटी पुऱ्याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुऱ्याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो । रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनी भन्छन्, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।” आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुऱ्याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन: गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।  

जाखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा

विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्न कार्यमा यो संस्थालेhttps://everestdainik.com/2018/04/173553/ नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उहाँले आग्रह पनि गर्नुभयो । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताउनुभयो । सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामन्त्री देवरत्न ध्वाख्वा, मोरङ सभापति सुबोधकुमार सिंह, उपसभापति रमानन्द यादव लगायतले समाज सेवाका क्षेत्रमा नेपाल रेडक्रसले पु¥याउनुभएको योगदानको विविध पक्षमाथि प्रकाश पार्नुभयो । उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । रासस

सरकारी बिदा कटौतीको विरोध

बागलुङ, चैत २८ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो । परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ । परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्धित पक्षसँग परामर्शसमेत नगरी सरकारले एक पक्षीय ढंगले बिदा खारेजीको निर्णय गर्नु दुःखद रहेको बताउनुभयो । “देश निर्माणमा ३६५ दिन नै हामी खट्न तयार छौँ”, उहाँले भन्नुभयो, “तर मौलिक पर्वमा दिइने बिदा कटौती जायज छैन ।” अध्यक्ष गुरुङले सांस्कृतिक पर्व, रीतिरिवाज राज्यको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले आदिवासी, जनजाति समुदायको भावनाको कदर हुनुपर्नेमा जोड दिदैं समृद्धिको नाममा संस्कृति र इतिहासलाई बिर्सन नमिल्ने बताउनुभयो । महासंघ बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने सहितका विविध माग राखी अहिले शान्तिपूर्ण आन्दोलनमा छ । तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, उधौली, उभौली, माघी लगायतका सांस्कृतिक पर्वमा गरिएको बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने महासंघले जनाएको छ । महासंघले विभिन्न समयमा आदिवासी, जनजाति समुदायसँग सरकारले गरेका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै पहिचानको पक्षमा भएका आन्दोलनका क्रममा जेल परेका बन्दीको रिहाइएको माग गरेको छ ।

अस्पतालमै कैदीको मृत्यु

जलेश्वर, २८ चैत । कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको जिल्ला अस्पताल जलेश्वरमा उपचार गराउँदा गराउँदै   मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरलाई उद्धृत गर्दै राससले जनाएको छ । महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो । तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको वुधवार बिहान उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताए। पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो । परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ ।

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला, चैत २८ । कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो । कारागार कार्यालय महोत्तरी जलेश्वरको महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो । तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको आज बिहान करीब १० बजे जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताउनुभयो । पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो । परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ ।

टेन्सवर्ग बियर दुवईपछि अस्ट्रेलिया, भारत र श्रीलंकासम्म निर्यात हुँदै

रुपन्देही जिल्लाको सौ फर्साटिकरमा रहेको टाईगर्स, बु्रहरी इण्डष्ट्रिज प्रा लि ले आफ्नो उत्पादन दुवई निर्यात पश्चात अस्टलिया, भारत, श्रीलंका निर्यातको तयारीमा लागेको छ । टाईगर, टेन्सवर्ग र लण्डन आईस ब्राण्डको बियर वोत्तल र क्यानमा उत्पादन गर्दै आएको उद्योगले बिदेशी बजारको माग अनुसार पछिल्लोपटक टेन्सवर्ग बियरको बोत्तलमा पुल अप क्यापमा उत्पादन सुरु गरेर उपभोक्ता र बिक्रेतालाई सहज वनाएको छ । उद्योगका संचालक तेजेन्द्र खड्का सरकारले उद्योग संचालनको राम्रो वातावरण वनाईदिए ईनटरनेशनल स्तरको नेपाली बियर उत्पादन बिदेसी बजारमा निर्यात गरि ठूलो राजस्व बिदेसीनवाट जोगाउन सकिने बताउँछन् । यदी प्रसस्त उत्पादन बिदेश पठाउन सक्ने हो भनी डलरको समस्यामा समेत कमी आउने उनको भनाई छ । पढाईमा डिग्री नगरेपनि अनुभवले खारीएका मेहनती, हठी स्वभावका उद्योगी खड्काले सरकारले वातावरण वनाईदिए अन्तराष्ट्रियस्तरको टेन्सवर्गको उत्पादन अव दुवई ,अष्ट्रेलियाको अलावा श्रीलंका समेत निर्यात गर्ने तयारी गरीरहेको उनी बताउँछन् । भारतमा बेभरेज कम्पनीमा २० औं वर्ष अनुभव बटुलेर नेपालमा उद्योग संचालनमा लाग्नु भएका खड्का सरकारलाई यस्ता उद्योग संचालनले राम्रो राजस्व प्राप्त हुने भएकोले सरकार स्वदेसी उद्योग संचालनका लागि सहज वातावरण वनाई हौसला बढाउनु पर्ने हुन्छ । करिब दुई अर्ब लगानीमा संचालनमा आएको यो आधुनिक टाईगर बु्रअरी इण्डष्ट्रिज प्रा। लि। ले गएको २ वर्ष देखि नेपाल टाईगस, लण्डन आईस र टेन्सवर्ग वियर उत्पादन गर्दै आएको वताउदै संचालक खड्का भन्नुहुन्छ यहाँ केही गर्छु भन्ने उद्योगि व्यवसायीलाई बिदेशमा जस्तो हौसला र सुबिदा छैन । यो बर्ष ६ महिनामा मात्र हामीले सरकारलाई ७० करोड बढी राजस्व बुझायौ । उत्पादन बढाउछौ, मेसीन थप्छौ बिदेश निर्यात गछौं भन्दा धेरै प्रकृया र समस्या पार गर्नु पर्छ उनी भन्छन् । करिव ५ बिगा जग्ग्गामा फैलिएको यो जर्मन प्रबिधिको आधुनिक उद्योगले दैनिक २० हजार पेटी उत्पादन क्षमता राखेपनि हाल १० हजार पेटि सम्म उत्पादन गर्दै आएको छ । जहाँ हाल ६ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष करिव २ हजार बढि कामदारले रोजगार पाएका छन् । जस्मा स्थानिय र महिलाको संख्या पनि बढी नै छ । यसको कच्चा पदार्थ जौ, गहुं, कनिका आदि भारतवाट आयात हुदै आएको उद्योगले जनाएको छ । भारतीयको समेत लगानी रहेको यो जर्मन प्रबिधिको उद्योगवाट उत्पादित टेन्सबर्ग प्रिमियमले काठमाण्डौँ पोखरा, लगायत पूर्व मेचीदेखि पश्चिमका मुख्य बजारमा राम्रो बजार लिदै गएको उद्योगको भनाई छ ।

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

काठमाडौँ, चैत २७ । बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ । नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो । ¥यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफै बनौं बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् । पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताउनुभयो । उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताउनुभयो ।

नयाँ वर्षको अवसरमा नारायणगढ फूड फेस्टिवल–२०७५

चितवन, चैत्र २७ । नेवाः पुचः नारायणगढले नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल–२०७५’ गर्ने भएको छ । चैत्र २९ देखि बैशाख ३ गतेसम्म क्याम्पाचौरमा फुड फेस्टिबल हुने आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । फेस्टिवल प्रवेश निशुल्क छ । नया वर्ष मनाऔ “क्याम्पाचौर जाऔ, भन्ने मूल नाराका साथ कार्यक्रम हुने आयोजन नेवाः पुचः नारायणगढले बताएको छ । फेस्टिवलको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नु हुनेछ । यसपालिको फुड फेस्टिवलमा रास्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतिसहित भिमसेनको ठुलो मुर्ति राखिने नेवाःपुचः नारायणगढका अध्यक्ष एवं फुड फेस्टिवल समिति संयोजक ज्ञानेन्द्रमान शाक्यले बताए । ५ दिनसम्म चल्ने फेस्टिबलमा करिब ८० वटा स्टल रहने छन् । खानाका पारखी हरु र स्थानीय तथा बाह्य पर्यटकलार्इ आकर्षित गर्ने गरि फेस्टिवल संचालन हुने शाक्यले जानकारी दिए । करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । फेस्टिवललाइ सम्पन्न गर्न नेवास्पुचस्नारायणगढका अध्यक्ष ज्ञानेन्द्र मान शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन भएका छन् ।गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन रहने फुड फेस्टिवलको प्रबद्दन उद्योग वाणिज्य संघले गर्ने छ ।

धर्मको आवरणमा हिंसा मच्चाउनेमाथि कारवाही हुने: गृहमन्त्री थापा

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहररूलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ । गत आईतबार बिराटनगरमा श्रीनिवास आचार्य माथि भएको गोली प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा  दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजबिन जारी रहेको बताउनुभयो । सो घटनाले आफुलाई दुखित तुल्याएको भन्दै गृहमन्त्रीले घटनामा संलग्नहरुको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफुले सुरक्षा निकायलाई निर्देशन दिईसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘ जातियता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनिहरुलाई कारवाहीको दायरमा ल्याईनेछ । ’’ प्रतिनिधिमण्डलको माग बमोजिम घाईते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने समेत उहाँले बताउनुभयो । प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने , घटनाको छानविन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाईते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायतकाम माग राखेका थिए ।