यसरी जोखिम मोलेरै अग्ला भिरमा मह शिकार

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तीस वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो ।

पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानीका अनुभवी शिकारी संलग्न थिए ।

बन्दोवस्तीका सामानसहित १६ जनाको टोली मह शिकारमा खटिएको थियो । शिकारी टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गर्नुभएको थियो । ज्यानकै बाजी लगाएर कहालीलाग्दो भिरमा मह शिकार गरेको हेर्न सयौं सर्वसाधारणको भिड लागेको थियो । अन्य सहयोगीको साथमा मह काढ्ने काम टोली प्रमुख घर्ती र ३६ वर्षीय नवीन रानाले गर्नुभएको थियो । बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ)मा झुण्डिएर शिकारीले मह काढेका थिए ।

परम्परागत प्रविधि अपनाएर मह काढिएको शिकारी रानाले बताउनुभयो । ‘हाम्रा पूर्खाले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं’ उहाँले भन्नुभयो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरी लगायतका सामग्री प्रयोग हुने गरेको उहाँको भनाइ थियो । शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेको प्रमुख शिकारी घर्तीले बताउनुभयो ।

‘जिन्दगी दाउमा राखेर शिकार खेल्नुपर्छ’ उहाँले भन्नुभयो “यो निकै साहसिक र जोखिमपूर्ण काम हो ।” बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको उहाँको भनाइ थियो । निलुवा मौरीभिर पनि महको लागि उत्तम रहेको र शिकारका लागि जेठ महिना उपयुक्त मानिन्छ ।

दुई घारको मात्र मह शिकार गर्दा झण्डै १० किलो मह निस्केको महोत्सव अवलोकनका लागि आएका दर्शकलाई मह बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो । ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह शिकार गरिएको छ’ उहाँले भन्नुभयो, “शिकारीकै सुझावमा धेरै घारको मह काढेनौं ।” भर्खर मौरीले मह जम्मा गर्न शुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने शिकारीले सुझाव दिएका थिए । उक्त भिरमा २० भन्दा बढी भिरमौरीको घार छन् ।

पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिए पनि पछि यसलाई व्यावसायीकरण गराइने र अध्यक्ष सुवेदीले बताउनुभयो । “बिरलै हुने गरेको मह शिकार निलुवामा गरेका छौं” अध्यक्ष सुवेदीले भन्नुभयो, “यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।” मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ ।

महोत्सवका लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघ संस्था र व्यक्तिले आर्थिक जुटाएका थिए । पछिल्लो समय निलुवा प्राकृतिक सुन्दरतायुक्त पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । लेकाली हावापानीमा अवस्थित निलुवामा पर्यटकीय पूर्वाधारको भने अभाव छ ।

बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि निलुवा पुग्न सकिन्छ । रासस

मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

लहान । मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ । नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन शुरु गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन शुरु गरेका छन् । यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताउनुभयो । रासस

मिनीट्रकको ठक्करले महिलाको मृत्यु, काठमाडौँको फोहर विसर्जनमा अवरोध

नुवाकोट । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराएपछि फोहर बोकेर काठमाडौंबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा फोहर बोकेका करीव १०० गाडी रोकिएका छन् । चालकले लापरबाहीरुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यसलगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन् । शव परीक्षणका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडाँैबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन भएका छन् । रासस

अाजदेखि अक्सफाममा डिजिटल पत्रकारिता तालिम सुरु

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आजदेखि कास्कीको धितालस्थित अक्सफाममा डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी तीनदिने तालीम आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तालीमको शुभारम्भ कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूुल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालीमले सघाउने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला, तालीम संयोजक त्रिभुवन पौडेल, तालीम सहाजकर्ता उज्ज्वल आचार्य, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेल, महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सिनालगायतले तालीमका उपलब्धिलाई सहभागीले व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी अनलाइन सञ्चारमाध्यममा क्रियाशील १५ पत्रकार तालीममा सहभागी छन् । रासस

चार घण्टापछि बल्ल भाटभटेनीको आगलागी नियन्त्रण

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिनुभयो । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए । बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचाँै तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताउनुभयो । उक्त सुपरमार्केट गत वर्षमात्र करीव रु ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो । आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुग्नुभएको थियो । मुख्यमन्त्री पोखरेललाई आगलागीको घटना र यसको नियन्त्रणका लागि भएका प्रयासका बारेमा सुरक्षा अधिकारीले जानकारी गराएका थिए । रासस

रुप्से झरनाबाट विद्युत उत्पादन गर्ने प्रस्ताव, सौन्दर्य मासिने खतरा

म्याग्दी, चैत २५ । अपार प्राकृतिक सौन्दर्ययुक्त म्याग्दीको रुप्से झरनालाई असर गर्नेगरी जलविद्युत् कम्पनीले झरनाबाटै विद्युत् उत्पादन गर्ने चलखेल गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित विश्वकै चर्चित रुप्से झरनालाई जोखिममा पारेर विद्युत् उत्पादन गर्ने प्रस्ताव पेश भएको छ । मुक्तिनाथ हाइड्रो पावर कम्पनी लिमिटेडले ४ मेगावाटको जलविद्युत आयोजना सञ्चालन तयारी गरेको हो । कम्पनीको प्रस्तावप्रति स्थानीयसमेत विभाजित भएका छन् । कम्पनीले स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने र झरनालाई पनि कुनै असर नगर्ने जनाएको वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाले बताए । निर्माण कम्पनीसँगको मिलेमतोमा स्थानीय केही व्यक्तिले जलविद्युत् आयोजना निर्माणमा सहमति जनाए पनि झरना आसपासका बस्तीअन्तर्गत पर्ने काभ्रेका बासिन्दाले झरनालाई संकटमा पार्नेगरी आयोजना बन्न नदिने भन्दै विरोध जनाएका छन् । वडा सदस्य हस्तबहादुर पुनको नेतृत्वमा श्याम पुन, तुलप्रसाद गौचन, नविन जिसीलगायतले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनीमार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने भन्दै छलफल बहिष्कार गरेका थिए । धौलागिरी हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत् उत्पादनको प्रयास गरिएमा पानीको मुहान भासिने सम्भावना रहेको स्थानीयको भनाइ छ ।

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

काठमाडौं, चैत २५ । जिल्ला कारागार शाखा खाेटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो। दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरिदिएको १ लाख अक्षय कोषबाट आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाएको कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए। तीन सहकारील स्थापना गरेको अक्षय कोषको ब्याजबाट आउने रकमले गत वैशाखदेखि कारागारभिै सहयोगी शिक्षकमार्फत पठनपाठन गराईनेछ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा

काठमाडौं, चैत २५ । नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ । तर, व्यावहारिक रूपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिन्डिकेट छ । आजको नयाँ पत्रिकाले समाचार छापेको छ । वार्षिक एक अर्ब घाटा सिन्डिकेटबाट राज्यले वार्षिक एक अर्ब राजस्व गुमाइरहेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार सबै यातायात समिति कम्पनीका रूपमा दर्ता भएर अडिट गरी नाफा–नोक्सान देखाउने हो भने देशको ढुकुटीमा न्यूनतम एक अर्ब राजस्व जम्मा हुन्छ । सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ मा सार्वजनिक यातायात सेवा सञ्चालन गर्नुपूर्व पञ्जीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, कानुनको धज्जी उडाउँदै गैरसरकारी संस्था (एनजिओ)का रूपमा जिल्ला प्रशासनमा दर्ता गरेर यातायात समितिले देशभर सिन्डिकेटको जालो फैल्याएका छन् । ऐनमा ‘यातायात सेवाको नाम विभागमा पञ्जीकरण नगरी सवारीधनी वा व्यवस्थापनले कुनै पनि सार्वजनिक सेवा सञ्चालन गर्ने कार्यमा प्रयोग गर्न हुँदैन,’ उल्लेख छ । ‘यथार्थमा भने पञ्जीकरणको व्यवस्था निष्क्रियजस्तै अवस्थामा छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले भने । सार्वजनिक यातायातमा ६ खर्बको लगानी यातायात व्यवस्था विभागका अनुसार अहिलेसम्म सार्वजनिक यातायातमा ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने चार खर्ब रुपैयाँ लगानी भएको बताउँछ । देशको राष्ट्रिय खाता प्रणालीमा अझै समाहित नभइसकेका कारण उल्लिखित लगानी अनुमान मात्र हो । यकिन तथ्यांक कसैसँग पनि छैन । कुनै पनि व्यवसायीले सार्वजनिक यातायातमा लगानी गरेको चौथो वर्षमा सवारीसाधन नाफामा लैजाने गरेका छन् । तर, यातायात समिति भने व्यवसायी नाफामा जान कम्तीमा पनि आठदेखि १० वर्ष लाग्ने बताउँछन् । देशभर दैनिक २२ लाख यात्रु यातायात व्यवस्था विभागका अनुसार देशभर दैनिक २२ लाख यात्रुले सार्वजनिक सवारीसाधन प्रयोग गर्छन् । एउटै व्यक्तिले दिनमा पाँचपटक यात्रा गर्‍यो भने उसलाई पाँच यात्रु मानेर यो हिसाब निकालिएको हो । काठमाडौं उपत्यकामा मात्र विद्यालय र क्याम्पसबाहेक नै ११ लाख यात्रुले सार्वजनिक सवारीसाधन प्रयोग गर्छन् । एउटै व्यक्ति पनि दिनमा दुई वा त्योभन्दा बढी यात्रा गर्ने भएकाले यात्रु संख्या कम भए पनि यात्राको संख्या धेरै हुने यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । वार्षिक कारोबार डेढ खर्ब यातायात व्यवस्था विभागका अधिकारीहरूका अनुसार सार्वजनिक यातायात क्षेत्रमा वार्षिक एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । यो अनौपचारिक र अनुमानित कारोबार रकम हो ।

राजपालार्इ आधा दर्जन अध्यक्ष – व्यवस्थापन गर्नै गाह्रो !

काठमाडौं, चैत २५ । राष्ट्रिय जनता पार्टी नेपालका ६ जना अध्यक्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समस्या देखिएको छ । खासगरी महाधिवेशनपछि ६ जना अध्यक्षको व्यवस्थापन कसरी गर्ने भन्ने बहस सुरु भएको छ । पार्टीको पहिलो महाधिवेशन आगामी कात्तिकमा गर्ने तयारी पार्टीका नेताहरुले गरेका छन् । आगमी बैशाख ८ गते बस्ने राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तिथि तय गर्ने पार्टीका नेताहरुले बताएका छन् । अध्यक्षमण्डल बनाई चलेको पार्टीमा हरेक निर्णय ६ जनाको बैठकमा हुने गरेको छ ।, आजको नागरिकमा यो खबर छ ।

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा

चितवन, चैत २५ । – रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् । त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् । चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए । त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन । १६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर कोन्द्रीय पंक्षी रोग अन्वेशण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए । प्रयोगशालाले दिएको रिपोर्टमा एआइभी पोजेटिभ देखिएको उल्लेख छ । कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भेपछि अमृत घर फर्किए । कुखुरा मर्ने खर बढ्दै गएपछि चैत २० मा फेरी कुखुराको नमुना लिएर उनी प्रयोगशाला गए । त्यस दिनको रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो । त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेको थिए । उनले भने, त्यसपछि मात्र थप जाँचको लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन । अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

नेपाली बालबालिका भारतमा अलपत्र

काठमाडौं, चैत २५ । जोखिमपुर्ण अवस्थामा भारतको बहराईचबाट उद्धार गरिएका चार नेपाली बालबालिका अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय बाल हेल्पलाईनले उद्धार गरेर महिला तथा बालबालिका कार्यलय बाँकेलाई जानकारी गराए पनि उद्धार हुन नसकेको हो । दुई सातासम्म नेपाली बालबालिकालाई जिम्मा लिन नआएको भन्दै बहराईचबाट भारतकै गोन्डा सेल्टरमा पठाईएको छ । सरकारी उदासीनताका कारण ती बालबालिकाको उद्धार सम्भव नभएको हो । भारतीय अधिकारीले भने जिम्मा लगाउनु आतुर रहेको जनाएका छन् । तर बाँके बर्दिया र बुटवलका ती बालबालिकाको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयका अधिकारी बेखबर छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ मिलेको हो । यद्यपी ओलीले नेपालमा जहाज चलाउनेभन्दा पनि विदेशमा नेपाली झन्डा रहेको जहाज चलाउने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले समुन्द्रदेखि नेपालसम्म्म पानी जहाज सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका हुन् । निकै महँगो परियोजना रहेको भए पनि सप्तकोशी उच्च बाँधसँग समेत जोडिने जलमार्ग सञ्चालन गर्न भारतले सहयोग गर्ने घोषणा गरेको हो चीनले काठमाडौंलाई आफ्नो रेल सञ्जालले जोड्ने प्रसंग चलिरहेका बेला भारतले पनि उस्तै घोषणा गरेको छ ।,आजकोकान्तिपुरमा यो खबर छ ।

स्वस्थ जीवनका लागि योग साधना

काठमाडौं, चैत २४ । मानिसले स्वस्थ जीवन जीउनका लागि योगसाधना गर्नु आवश्यक रहेको बताइएको छ । पतञ्जली योग साधना केन्द्र, महर्षिको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज महर्षि विद्यालय सामाखुशीमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रत्येक व्यक्तिलाई स्वस्थ जिवन बाँच्नका लागि हरेक घरलाई योगशाला बनाउनुपर्ने बताउनुभयो । “बच्चालाई पनि योग अभ्यास गराई स्वस्थ जीवन बाँच्न सिकाउनुपर्छ,”– उहाँले भन्नुभयो । गोरखा क्षेत्र नं २ प्रदेश ९ख०का सांसद प्रकाशचन्द्र दवाडीले योगले मानिसको स्वास्थ्यलाई राम्रो राख्दै औषधिको प्रयोग गर्न नपर्ने अवस्था ल्याउने भएकाले सबैलाई यस क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताउनुभयो । विसं २०६९ मा स्थापना भएको योग केन्द्रले योग प्रशिक्षण, रक्तदान कार्यक्रम, वृद्धाश्रमलाई सहयोग, गरिबलाई सहयोग गर्दै आएको केन्द्रका संयोजक सुवर्णलाल चित्रकारले जानकारी दिनुभयो । सो अवसरमा योग दर्शन, अष्टाङ्ग योग र साधना विधि, आयुर्वेदिक जडिबुटी, सामान्य घरेलु विधि एवं विषय विज्ञ तथा साधकको अनुभवसम्बन्धी लेखरचनाको संगालो ‘योग दर्पण’ लोकार्पण गरिएको थियो ।

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली, चैत २४ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वेँकैया नायडुसँग आज भेटवार्ता गर्नुभएको छ । मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गर्नुभएको हो । यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहनुहुनेछ ।

‘काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ’

काठमाडौं, चैत २४ । प्रजातन्त्र कमजोर हुँदै गएको भन्दै यसलाई बलियो बनाउनका लागि काँग्रेस बलियो हुनुपर्ने बताइएको छ । नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समिति र नेवि संघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले प्रजातन्त्रलाई कमजोर पार्ने खेल भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । “नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ,”– उहाँले भन्नुभयो । काँग्रेस पूर्वकेन्द्रीय सदस्य घर्तीले वाम गठबन्धनका कारण काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेकाले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले काँग्रेस आन्तरिक कारणले हारेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर काँग्रेसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीले काँग्रेसलाई बलियो बनाउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, काँग्रेस लमजुङका पूर्वपार्टी सभापति तुलसीनारायण श्रेष्ठ, नेता नवराज न्यौपानेलगायतले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भर्सटाइल कलाकार फरहान अख्तर नेपालमा

काठमाडौं, चैत्र २४ । फरहान अख्तर भारतीय गायक, गीतकार, नायक, चलचित्र निर्देशक तथा पट कथा लेखक हुन् । सहायक निर्देशकका रूपमा बलिउड प्रवेश गरेका अख्तरले चलचित्र दिल चाहता हैको निर्देशन गरेका थिए । जिन्दगी ना मिलेगा दोबाराजस्ता चर्चित चलचित्रका अभिनेता फरहान आज शनिबार नेपालमा प्रस्तुत हुँदैछन् । राजधानीको हयात रिजेन्सी होटल बौद्धमा उनले सांगेतिक प्रस्तुत दिने छन् ।