डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने 'विचार उत्सव' आयोजना गर्ने
काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूवातको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।
दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ । कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ(आफ्नो विषयमा बहस गर्नेछन् ।
कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ुबौद्धिकताको कसीमा नेपाली समाजु शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह(प्राध्यापक तथा विश्लेषक डा।सरोज गिरीले बहस गर्नेछन् ।
उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।
डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो । दश वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ुविचार उत्सवु क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।
भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा
गोरखा । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए । त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’
सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको बताए। ‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो।’ भाषा विज्ञ डा.प्रेम चौलागाईंले भने।उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए। भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिईएको उनले औंल्याए। उनले कर्णाली सभ्यताको ईतिहास लेख्नुपर्ने बताए। सहप्राध्यापक डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए। ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन।’ शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए। शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए।उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए। सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाख प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताईन्। उनका अनुसार कर्णालीमा ७।८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन। ‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ।’
कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल
सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्। ‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’ उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ। सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ साल वैशाख १२ गते बुधबार सन् २०२४ अप्रिल २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रेहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
०८४ को चुनाव, मिसन समाजवादः विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा उनले चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताए । ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ’ उनले भने । विप्लबले संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्नेमा जोड दिए । चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले सबै ढोका खोलेर लड्ने पार्टीको रणनीति भएको बताए । उनले माओवादी धारलाई रूपान्तरण गर्दै एकतामा ल्याउन नेकपाले निर्णायक भूमिका खेल्नुपर्ने बताए । हालै भएको नेकपाको केन्द्रीय समितिको बैठकपछि बसेको केन्द्रीय प्रतिनिधि समितिको बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव र ६ महिने पार्टीको आगामी योजनाबारे छलफल भएको बताइएको छ ।
'कर्णाली साँच्चिकै दुर्गम रहेछ’
सुर्खेत।नेपाली भाषामा विद्यावारिधी गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन्। त्यसभित्र पनि उनले दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेका छन्। उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेका छन्। अध्ययनका क्रममा आफूले दलितहरुको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकलले बताए।‘म अहिले दलित समुदायबाट आएका मान्छेहरुले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरुले लेखेका पुस्तकहरुको विषयमा बुझ्दै छु,’ सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरु स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन्,’ उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएका छन्।उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको बताए। ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरी बसेर काम गरेको मैंले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ।’ उनले नेपालको साहित्य राजधानीको वरिपरी मात्र सिमित रहेको आफूले पाएको बताए। यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए। उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए।माइकलले कर्णाली ब्लुजको अंग्रेजीमा अनुवाद पनि गरेका छन्। मुनामदन पनि उनले अनुवाद गरेका छन्। ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’ उनले भने।माइकलले तत्कालिन माओवादी छापामारहरुले लेखेको पुस्तकहरुको संस्मरण पनि बनाएका छन्। त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए।
‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा केपी ओली, छायांकन सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘नमेटिने घाउ’ को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनले फिल्मको सुटिङ सुरु गरेका हुन् । चलचित्रमा प्रधानमन्त्रीको भूमिका रहेका ओली निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो पुगेर छायांकन सुरु गरेका थिए । चलचित्र ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा बन्न लागेको चलचित्र हो । चलचित्रमा अभिनेता रमित ढुङ्गाना रहेका छन् ।
कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान
काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्। द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् । राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।
सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्छौं : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।
प्रकाश दाहालको स्मृतिमा १२ लाख पुरस्कार राशीको अन्तरपालिका भलिबल हुने
काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ । समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् । प्रतियोगिताका लागि जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको छ । यस्तै, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा प्रदेशका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिने छ । साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानाले जानकारी दिए । वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान आयोजकले छ । महाकाल माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकले बताएको छ ।
महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएका छन् : प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताएकी छिन्। नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन्। पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । 'नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ,' उनले भनिन्। 'रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ', उनले भनिन -'काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ' उनले भनिन् 'काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।' भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो। जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए। सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो।
थप ६३ जना लेखा अधिकृतलाई कामकाजमा खटाइयो
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले थप ६३ जना लेखा अधिकृत तथा कोष नियन्त्रकहरुलाई फेरबदल गरेको छ । अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखाले सोमबार बढुवा भई रिक्त रहेका कार्यालयहरूसमेतमा गरी ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिल भएका १२ लेखा अधिकृतसमेतलाई कामकाजमा खटाएको हो । सोमबार नै नयाँ नियुक्त भएका ८४ जना लेखा अधिकृतहरुकोसमेत पदस्थापन गरिएको छ । लेखा अधिकृतहरूलाई मन्त्रालय, विभाग, कार्यालय, आयोजना, समितिलगायतमा खटाइएको हो । यस्तो छ नयाँ जिम्मेवारी

