जनतालाई सुशासनको प्रत्याभूति वर्तमान सरकारको प्राथमिकता : शिक्षामन्त्री

बर्दिवास, चैत ९ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनतालाई सुशासनको प्रत्याभूति गराउनु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले गरेको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले सुशासनका लागि सरकारका सबै अंगका कामलाई विज्ञान र प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “काम लिएर आउने जनताको नमस्कार खाएर उनीहरूलाई ‘भोलि आउनू’ भनिने चलन सधैंलाई हटाउनुपर्छ” मन्त्री पोखरेलले भन्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतम र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलसहितका स्थानीय प्रतिनिधि र अधिकारीले मन्त्री पोखरेललाई सम्मान गर्नुभएको थियो । मन्त्री पोखरेलले आजै जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाकासहित चार एसइइ (माध्यमिक शिक्षा परीक्षा) परीक्षा केन्द्रको अनुगमन गर्नुभयो ।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । दुर्घटनाबाट घाइते दुई जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा र अर्का एक जनाको टीकापुर अस्पताल पु¥याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो मोटरसाइकल विपरीत दिशाबाट गइरहेको से २ प ७९८१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका से २ प ७९८१ नं का मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका दीपक चौधरीलाई पनि कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ । रासस

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताउनुभयो । हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ । केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिनुभयो । रासस

आगलागीमा रु दश लाख बढीको धनमाल नष्ट

राजविराज । सप्तरीको खडक नगरपालिका–२ मा आज आगलागी हुँदा रु १० भन्दा बढी मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो गुहाली(गाईगोठ)मा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भैंसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ । सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो । रासस

लहानमा बम विष्फोट हुँदा छ जना घाइते

लहान, चैत्र ९ । सिराहको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ छ जना घाइते भएका छन् । शुक्रबार विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सारडाको पसलमा सुन किन्न आएका एक व्यक्तिले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीले बताएको छ । प्रहरीले त्यो टाइम बम भएको शंका गरेको छ । घाइतेहरुको स्थानीय सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षकले गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई दिए यस्तो यातना, शिक्षक प्रहरीको खोरमा

झापा । गृहकार्य नगरेको भन्दै विद्यार्थीको शरीरमा निलडाम हुनेगरी कुट्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ५ मा रहेको ग्रिन भिलेज अ‌ग्रेजी बिद्यालयका शिक्षक प्रवेश निरौलाले कक्षा एकमा पढ्ने ६ वर्षीय दिप्सन राउतलाई निलडाम हुने गरी कुटेका थिए । पीडित विद्यार्थीका परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिएपछि उनलाई स्कुलबाटै नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ । यता विद्यालय प्रशासनले भने घटना लगतै उनलाई निष्कासन गरेको जनाएको छ।

सुन्धाराको एक होटलमा भिषण आगलागी

काठमाडौं, चैत ७ । सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ । केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा नियन्त्रण गर्ने प्रयास भइरेहको छ । विस्तृत जानकारी आउन बाँकी छ ।

सल्यानमा उपभोक्तालाई निशुल्क ग्यास चुलो वितरण

सल्यान, चैत ७ । वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो । वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले उपभोक्ताका घरमा एक थान ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराइएको बताउनुभयो । “यस अभियानले वन जंगल जोगाउन केही मात्रामा भए पनि भूमिका खेल्ने छ”–अध्यक्ष न्यौपानेले भन्नुभयो ।

बलिउडमा सानै उमेरमा गीत गाउने भाग्यमानी नेपाली गायक अस्तित्वसँगको भिडियो अन्तर्वार्ता

विराटनगर, चैत्र ७ । विराटनगरका १९ वर्षीय अस्तित्व हाल मुम्बईमा बस्छन् । बिगत दूई वर्षदेखि गुरु जसराज पन्डितसग संगीत साधनामा रहेका अस्तित्वले अहिलेसम्म तीनवटा हिन्दी फिल्म र ६ वटा हिन्दी गीतमा आफ्नो आवाज दिइसकेका छन् । उनी भारतको चर्चित गायन प्रतियोगिता ‘सिंगीङ स्टार’ को पहिलो सिजनमा टप पन्ध्रसम्म पुगेका थिए । हेर्नुस् उनै गायक अस्तित्व संग गरिएको भिडियो कुराकानी । उनले सिंगीङ स्टारको भित्री कुराको बारेमा समेत यो कुराकानीमा खुलाएका छन् । सानै उमेरमा उनले लोकप्रिय म्युजिक कम्पनी टि–सिरिज र जी म्युजिकबाट गीत निकाले अवसर पनि पाएका छन् । वाल्यकालदेखि संगीतमय परिवारको वातावरण भएको कारणले पनि अस्तित्वलाई यो क्षेत्रमा आउन सहज भएको उनी बताउछन् । परिवारिक वातावरण संगीतमय र साहित्यिक भएका कारण आफूलाई यो क्षेत्रमा अघि बढ्न सहज भएको उनको भनाई छ । उनका हजुरबुबा राजेन्द्र बिमल एक चर्चित साहित्यकार समेत हुन् भने मामा आभास लाभ मैथिली गायनका एक स्टार हुन । उनी मोरग प्याप्सनले आयोजना गरेको ‘एसबिएससी सिंगीङ स्टार’ पहिलो संस्करणको बिजेता समेत हुन् । अस्तित्वले अन्य थुप्रै प्रतियोगितामा प्रथम हुन भएका छन् । भारतका गोवा, भुपाल, मुम्बई, दिल्लीलगायातका धेरै सहरहरुमा उनले आफ्नो गायन कला प्रस्तुत गरिसकेका छन । संगीतलाई साधनको रुपमा लिएका अस्तित्व प्राय अर्जित सिंह, भक्तराज आचार्य, नारायण गोपाल लगायतको गीतहरू बढी सुन्छन र उनीहरुलाई नै आफ्नो आइडल माने बताउँछन् ।    

अबैध कुखुरा आयात कर्तालाई कारबाही हुँदैन ?

कैलाली, चैत्र ७ । मंगलबार कैलालीको त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चोर नाका हुँदै कैलाली भित्रिरहेको कीिब ४५ किलो बोइलर कुखुराको मासु बरामद ग¥यो । भारतीय नम्बर प्लेटको स्कुटरमा त्रिनगर नाकाको उत्तरतिरबाट चोरबाटो हुँदै भित्रिरहेको मासुसहित एक जना पक्राउ परे । पक्राउ गरिएको मासु नष्ट गर्ने र स्कुटीलाई त्रिनगर भन्सार कार्यालयमा बुझाएपनि त्यसमा संलग्न व्यक्तिलाई प्रहरी कार्यालयबाटै भगाइयो । मासु पक्राउ गर्ने तर संग्लन व्यक्तिलाई छोड्ने यो प्रतिनिधि घटना मात्रै हो । कैलालीमा अहिलेसम्मको घटनाले मासु तस्करीमा संलग्न व्यक्तिलाई कारबाही भएको तथ्यांक छैन । जसले गर्दा अबैध रुपमा बोइलर कुखुरा नेपाल भित्रिने क्रम रोकिन नसकेको पोल्ट्री तथा माछामासु व्यवसायी संघका अध्यक्ष जितेन्द्र यादवले बताए । संग्लन व्यक्तिलाई नियमन गर्ने निकायले कुनै वास्था नगर्दा दिनहु‘ ठूलो परिमाणमा अवैध कुखुरा आयात भइरहेको उनले बताए । हालसम्म भारतबाट आयात हुने अवैध कुखुरा बरामत गरेर नष्ट गर्ने काम मात्रै भइरहेको छ । गएको फागुन महिना मात्र भारतबाट आयात भएको एक लाख २० हजार रुपैयाँ बराबरको अवैध कुखुरा बरामद गरेर नष्ट गरिएको अध्यक्ष यादवले जानकारी दिए । यति ठूलो मरिमाणमा अवैध कुखुरा बरामद गरे पनि त्यसमा संग्लन एक जना पनि पक्राउ गरिएको छैन । बरु सम्बन्धित निकायले कारबाही गर्नुको सॉटो उल्टा दयाभाब देखाउ‘दै अवैध कुखुरा आयात गर्ने व्यवसायीलाई छोड्ने गरेको छ । पशु स्वास्थ्य ऐनमा कुखुरा ओसारपसारमा संग्लन व्यक्तिलाई ५० हजार रुपैयॉ जरिवाना तथा ६ महिना जेल सजाय हुने व्यवस्था छ । तर, सम्बन्धित निकायले भने ऐन नियमको कुनै पालना गरेको छैन । यसरी अबैध रुपमा कुखुरा आयातमा संग्लन व्यक्तिलाई पशु क्वारेन्टाइन चेक पोष्टसंग समन्वय गरेर कारबाही पक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । पक्राउ परेको माछामासुजन्य बस्तुहरु प्रहरीले मुचुल्का बनाएर पशु क्वारेन्टाइनलाई बुझाउनुपर्ने भएपनि यहा अहिलेसम्म त्यसको कुनै अभ्यास नै नभएको देखिएको पशु क्वारेन्टाइन पोष्ट धनगढीका पशु प्राविधिक हरिलाल जैशीले बताए । प्रहरीले आफै बरामत गर्ने र आफै सरोकारवालाको रोहबरमा नष्ट गर्दै आएको छ । भारतीय कुखुरासहित व्यवसायी पक्राउ परेमा के कारबाही हुन्छ भन्ने बारेमा सम्बन्धित अधिकारीहरु पनि अनभिज्ञ हँुदा यस्तो समस्या आएको पशु प्राविधिक जैशीले बताए । माछामासुको अबैध आयातमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुको सट्टा त्यत्तिकै छोडिदिनाले राजस्व त गुमेको छैन । स्थानीय अस्वस्थ मासु उपभोग गर्न बाध्य छन् । त्यस्तै, भारतबाट सस्तो मूल्यमा यसरी आउने कुखुराको मासुले स्थानीय कुखुरा व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने

पोखरा, चैत्र ७। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए । पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उनले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राखे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुननसक्ने बताए । कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । रासस

विधिको शासनको माग गर्दै बागलुङका अधिकारकर्मीद्वारा ध्यानाकर्षण

बागलुङ । हिरासतमा रहेका सांसद रेशमलाल चौधरीलाई नछाड्न र हिरासतमा शपथ ग्रहण गराउने नेपाल सरकारको तयारी प्रति बागलुङमा क्रियाशील अधिकारवादी संस्था, नागरिक संजाल, र द्वन्दपीडितहरुले ध्यानकर्षण गराएका छन् । हिंसा भड्किएपछि रेशम चौधरीको कैलालीको टिकापुरमा एक नाबालक सहित सातजना निर्ममतापुर्वक हत्या भएको दोषी ठहरिएको र रेशम चौधरी भने फरार भए । तर, १४ जनालाई कैलाली जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका र भुमिगत अवस्थामै चुमिगत रहेर प्रतिनिधि सभाको सांसदमा चुनाब लडेर निर्वाचित भएको थिए । यही फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरी न्यायिक हिराशतमा राख्ने आदेश अदालतले नेपाल सरकारलाई दिएकाले आदेशको प्रतिकुल हुनेगरी र न्यायिक मर्यादा विपरीत कुनै पनि कदम नचाल्न नेपाल सरकार लगायत सबै सजग रहन ध्यानकर्षण गरिएको छ। सत्कर्म नेपाल, साझेदारी नागरीक संजाल र द्दन्दपिड समाज बाग्लुङले एक बिज्ञप्ति प्रकाशित गरि सम्मानित अदालतको आदेश पालना गराउन कानुनि शासनको सर्वाेच्चताको आत्मसाथ गर्न सरकारको दायित्व भएकाले संचार माध्याममा देखिएको आसयले कानुनी शासनको आधारभुत मान्यता स्थापित गर्न सरकार र सांसद दुबै चुक्न नहुने उल्लेख गरिएको छ । कुनै पनि अपराधिक कार्यलाई राजनीतिक सौदाबाजीको रुपमा नलिन र न्याय प्रकिया अहरणिय नैसर्घिक अधिकार भएको र संविधानमा समेत पीडितको अधिकार मौलिक हकमै समावेश गरिएकोले यसको संरक्षण र पालना गर्ने दायित्व सरकार र सम्बन्धित सरोकारवाला निकायलाई सचेत हुन ध्यान आकृष्ट गरिएको जनाएको छ। साथै, राज्यले न्यायपालिकाको सर्वाेच्चता र संसदको गरिमामा आँच आउने कदम नचाली हिरासतमा रहेको निज चौधरीलाई नछाड्न तथा सांसद जस्तो गरिमामय पदासिन नगर्न हार्दिक आव्हान समेत गरेको छ । ध्यानकर्षण पत्रमा धौलागिरीको बाग्लुङमा रहेको अधिकारकर्मी एव नागरिक संस्थाको अभियन्ता सीताराम थापा, द्वन्दपीडित अगुवा हरि सुवेदी, महिला मानवअधिकार रक्षक ज्ञानीदेवी थापा मगरद्वारा विज्ञप्तिमा हस्ताक्षर गरिएको छ ।

छड्केमा पुगेका गृहमन्त्री थापाले जव प्रहरी मेसमा खाना खाए…

काठमाडौं, चैत्र ७ । गृहमन्त्री रामबहादुर थापा बुधबार अचानक महानगरीय प्रहरी वृत्तअनामनगरको छड्के जाँच गरेका छन् । विना सूचना गृहमन्त्री आएपछि प्रहरी पनि वृत्तका प्रहरी झस्किए । गृहमन्त्री थापालाई वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । विफ्रिङका क्रममा थापालाई बोहोराले प्रहरीको मेसमा पर्याए जहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्रीलाई सामुन्नेमा देखपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे । त्यसपछि गृहमन्त्रीले डीएसपी बोहोरालाई भने खाना खानु पर्यो । हामीलाई पनि खाना पुग्छ ? गृहमन्त्रीले सोधेपछि उनले पुग्छ भने । गृहमन्त्री थापाले प्रहरी जवानसँगै बसेर मेसमा खाना खाए ।

मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काइयो

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भ¥याङ भत्काइएको हो । सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिनुभयो । संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ । रासस

खानेपानीको मुहानमा विषादी भेटियो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए । पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिनुभयो । विषादी मिसिएको पानी परीक्षणको लागि प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो । मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । मुहानसम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदनसमेत दिएका छन् । रासस

चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेना गुहारे अस्थायी शिक्षकले

काठमाडौं । अस्थायी शिक्षकहरुले चैत २३ गतेको परीक्षा स्थगित गर्न नेपाली सेनासँग गुहार माग्ने भएका छन् । सरकारले २०६६ माघ २४ को सर्वोच्च अदालतको फैसला बमोजिम विज्ञापन नगरेर अस्थायी शिक्षकहरु माथि अन्याय गरेको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि नेपाली सेनाको गुहार माग्ने भएका हुन् । अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दे नेपाली सेना र पूर्वराजा ज्ञानेन्द्रसमक्ष न्यायको लागि निवेदन दिएका थिए। शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गर्न माग राख्दै दायर मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा चलिरहेको र इजलाशले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको अवस्था छ । संवैधानिक इजलाश पुनःबस्न प्रधानन्यायाधीश आवश्यक पर्ने तर प्रधानन्यायाधीश छनौटमा धेरै समय लाग्ने भएकाले अस्थायी शिक्षकहरुले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न आग्रह गरेको छ । पुनरुत्थानवादी समूह नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुह्वेश्वरी मावि काठमाडौंका अस्थायी शिक्षक डण्डपाणी भुसालले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न माग गरे । २०६६ को सर्वोच्च अदालतको आदेश पालना र अदालतमा जारी मुद्दाप्रति बेवास्ता गरे राज्य असफल हुने र राज्य असफल भए सेना सक्रिय हुनुपर्ने मान्यताका आधारमा सरकारले चैत २३ को परीक्षा स्थगित नगरे सेनालाई परीक्षा स्थगित गराउन आग्रह गरिने बताए । प्रभात मावि क्षेत्रपाटीका अस्थायी शिक्षक सूर्य तिवारीले राज्यले न्याय नदिउकाले आफुहरु यस अघि नेपाली सेनाको शरणमा गएको भन्दै यदी चैत २३ को परीक्षा स्थगित नगरिए परीक्षा स्थगित गरिदिनका लागि नेपाली सेनालाई आग्रह गरिने बताए । सवै अस्थायी शिक्षकहरुलाई २०६६ माघ २४ को फैसला अनुसार परीक्षामा सहभागी हुन नदिएसम्म परीक्षा सञ्चालन गर्न नदिने तिवारीले स्पष्ट पारे । प्रभात मावि कालिमाटीका अस्थायी शिक्षक शरद कुमार मिश्रले नेपाली सेना लगाएर भएपनि चैत २३ को परीक्षा कुनै हालतमा सञ्चालन गर्न नदिने स्पष्ट पारे । हाम्रो आशा र न्यायको भरोसाको केन्द्र भनेको नेपाली सेना मात्रै हो । मिश्रले भने– सरकारले प्रहरी लगाएर जवर्जस्ती परीक्षा गर्न खोजे नेपाली सेना लगाएर परीक्षा सफल हुन दिन्नौं । अधिवक्ता कोषराज काफ्लेले सर्वोच्च अदालतको २०६६ को आदेश शिक्षक सेवा आयोग, शिक्षा मन्त्रालयले नमाने विकल्पका रुपमा नेपाली सेना समक्ष जाने सपष्ट पारे । सबै अस्थायी शिक्षकलाई परीक्षाको मौका दिइनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्धा टुंगिन समय लाग्ने भएकाले तत्काल अस्थायी शिक्षक परीक्षा स्थगित गर्नुपर्ने काफ्लेले बताए । सर्वोच्च अदालतले २०६६ माघ २४ गते जारी गरेको परमादेश बमोजिम अस्थायी करार शिक्षक कार्यरत सम्पूर्ण दरबन्दीमा विज्ञापन गर्नुपर्छ, त्यसका लागि शिक्षा ऐनमा भएको आठौं र नवौं संशोधन खारेज हुनुपर्ने उनको भनाइ छ । उनले अगाडि थपे, आगामी चैत २३ गते अस्थायी शिक्षक परीक्षा भएमा अस्थायी करार शिक्षकलाई अन्तिम एक पटक प्रदान गरिएको अवसर गुम्न गइ रोजगारी समेत गुम्ने भएकाले परीक्षा तत्काल स्थगित गर्नुपर्छ । तत्कालीन समयमा लाइसेन्स नभएका, तालिम नभएका शिक्षकलाई अस्थायी नियुक्ती गरिएको तर हाल आएर लाइसेन्स र तालिम नभए परीक्षा दिन पाउदैनौं भन्नु गलत भएको भन्दै काफ्लेले सवैखाले शिक्षकहरुलाई परीक्षामा सहभागी नगरार्इ परीक्षा सञ्चालन गर्दा संवैधानिक रोजगारको हक कुण्ठित हुने स्पष्ट पारे । संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित अन्य वरिष्ठ ४ जना न्यायाधीश हुनुपर्छ । तर तत्काल प्रधानन्यायाधीश नभएकाले र छान्न समय लाग्ने भएकाले त्यति समयसम्मका लागि परीक्षा सथगित गरिनुपर्ने उनको जिकिर छ । शिक्षक सेवा आयोगले यस अगाडि २०६१ सालमा भएको विज्ञापन लुकाएका कारण २५ प्रतिशत रोजगारी गुम्ने अवस्था सिर्जना भएको काफ्ले दाबी गरे । उनले थपे, शिक्षा ऐन २०२८ को नियम ३१, ०४९ को नियम ६१ र ०५९ को नियम ९७ मा अस्थायी शिक्षक राख्नु पाइने नियम छ । जसमा लाइसेन्स हुनुपर्ने, तालिमप्राप्त हुनुपर्ने भन्ने उल्लेख छैन् । नियुक्ती हुने बेलामा यी सबै कागजपत्र नचाहिने तर स्थायी हुने बेलामा किन चाहिने ? उनले प्रश्न गरे ।