आन्दोलनमा भएको क्षतिको जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

काठमाडौं । आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ ।

शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको काठमाडौं महानगरपालिका स्रोतले जानकारी दिएको हो ।

जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क रु.२२२ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम रु.५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ ।

२७ चैतमा राप्रपाको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिका स्रोतले जनायो।

पत्रमा महानगरपालिकाले एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भन्दै खाता नम्बर समेत उल्लेख गरेको छ।

गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।  कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।

अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ

स्याङ्जा । अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् ।  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ सुम्रेखोलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ का अनिल क्षेत्री र सोही ठाउँका २२ वर्षका शिव दर्जी रहेका छन् ।  उनीहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन  १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल  गरी जम्मा ३९ एम्पुल बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई आजै स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता रानाले जानकारी दिए ।

कोशीका मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन सुझाव

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतमा सञ्चालन हुन नसक्ने बताएका छन्। उनले उपधारा ५ बाट बनेको सरकार अजम्मरी पनि नहुने बताए। प्रदेश सभामा प्रस्तुत सङ्कल्प प्रस्तावमाथिको छलफलका क्रममा उनले सरकार अजम्मरी नहुने कुरा यसअघि नै मुख्यमन्त्रीलाई जानकारी गराएको बताउँदैसरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने जिकिर गरे । ‘संविधानको धारा १८३ को उपधारा (३) बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने कि रहने भन्ने मूल छलफलको विषय रहेकाले सरकार हट्दा पनि कानून सङ्गत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्छ’, दलका नेता राईले भने। उनले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए। उनले भने, ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस् । मुद्दामामिलातिर नलाग्नुस् ।

कोशीका मुख्यमन्त्री कार्कीले भने -'मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाऔं'

विराटनगर ।कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले आफूले ‘रिस्क’ लिएकै कारण कोसी प्रदेशमा संवैधानिक संकट टरेको दाबी समेत गरेका छन्। संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने कार्कीले बताए। “म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट ८ र ८ बाट ४७ अनि त्यो बढेर ८६ भएको हो । मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजीनिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं”, मुख्यमन्त्री कार्कीले भने । आफूलाई मध्यावधि रोक्नकै निम्ति मुख्यमन्त्री प्रस्ताव गरिएको र त्यही विषयमा अहिले सदनमा छलफल गर्नु उपयुक्त नभएको जिकिर कार्कीले गरेका छन्।   

८५० ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।   

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई सोही नगरपालिका ११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

हसिना खानद्धारा प्रतिनिधिसभा सदस्यको शपथग्रहण

काठमाडौं । जनता समाजवादी पार्टीकी हसिना खानले प्रतितिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।  मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको ०७९ फागुन १३ मा निधन भएपछि रिक्त स्थानमा मञ्जु सांसदान मनोनीत भएकी थिइन् ।  उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनाको नाम सिफारिस गरिएको थियो । 

सुप्रिम सहकारी ठगी प्रकरण : दिपेश पुनसहित ६ जनासँग धरौटीमा रिहा

बुटवल । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ६ जनासँग धरौटी माग गरेको छ । रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  न्यायाधीश डा दीपक उप्रेतीको इजलासले दीपेश कुमार पुनसँग ४ लाख धरौटी माग गरेको छ। यस्तै नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको छ। उक्त धरौटी रकम बुझाएपछि उनीहरु रिहा हुनेछन्।  त्यसैगरी,ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन अदालतले आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

सेमिफाइनलमै रोकियो नेपालः युएईसँग ६ विकेटले पराजित

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को सेमिफाइनलमा रोकिएको छ । टस हारेर व्याटिङ गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको युएईले १७ बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएपनि त्यो पर्याप्त भएन । त्यसअघि नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन मात्रै बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदका लागि आवेदन माग गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो। इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका, सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ। राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ। इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्नेछ। बैंकको वेबसाइटमा फारम उपलब्ध रहेको बैंकले जनाएको छ।

पेस्तोल र गोलीसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।  काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका ६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका ५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा १८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।  झापाको मेचिनगर नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्रामसहित बुद्दशान्ती गाउँपालिका १ बस्ने २३ वर्षीय रत्न बहादुर राइलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   यसैगरी झापाकै मेचिनगर नगरपालिका १३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका १२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका(१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५÷५ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्रामसहित सोही नगरपालिका १० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ५० मिलिग्रामसहित मोरङ केराबारी गाउँपालिका(१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँकेको कोहलपुर नगरपालिका १३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस्तै, पर्साको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम ५ सय मिलिग्रामसहित भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए । उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।  नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।   कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । 

इरानमा इजरायली आक्रमणको ओमानद्धारा निन्दा

तेहरान । मध्यपूर्वमा शान्ति स्थापनार्थ मध्यस्थता गरिरहेको ओमानले इरानमा भएको आक्रमणको निन्दा गरेको छ । ओमानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय इरानमा बारम्बार इजरायली सैन्य हमलाहरू को निन्दा गरेको बिबिसिले जनाएको छ । ओमानले मध्यपूर्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अवस्थालाई तनावपूर्ण नबनाउन प्रयास गरिरहेको छ। फ्रान्सले पनि मध्यपूर्वमा यस क्षेत्रमा तनाव कम गर्न आह्वान गरेको छ । फ्रान्सका उप विदेश मन्त्री जीन नोएल ब्यारोटले संयमता अपनाउनका लागि आह्वान गरेका छन् ।

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौं । नेपालका सोमपाल कामीले युएईको पहिलो विकेट लिएका छन् । एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा जवाफी व्याटिङ गरेको युएईको दोश्रो ओभरमा सोमपालले मोहम्मद वासिमलाई बोल्ड गरे । जितका लागि १२० रनको लक्ष्य पछ्याएको युएईले २ ओभर सकिदा एक विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ । यसअघि कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।  नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे ।