कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

अछाम । पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोकमार्ग अन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ ।

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिनुभयो । ०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल रु साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले जानकारी दिनुभयो ।

पक्की पुल बनेसँगै स्थानीयवासी निकै खुशी भएका छन् । नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ स्थानीयवासी मीना नेपालीले खुशी व्यक्त गर्नुभयो । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडाँै जाने क्रममा कयौँ पटक डुंगाको कठिन यात्रा गरेको सुनाउनुभयो । अब जोखिमको यात्रा गर्नु पर्दैन खुशी हँुदै उहाँले भन्नुभयो ।

डुंगाको जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुंगा पल्टिएर कयाँै मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुशी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क हुनुहुन्छ ।

संघसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालीम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उहाँले सुनाउनुभयो । ०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ । कूल एक हजार ७८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्य पहाडी) लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २१५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।

ग्वार्कोमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

ललितपुर, माघ २२ । ललितपुरको ग्वार्कोमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राति पौने ११ बजे बा२९प ३९९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार भोजपुर सेताङ घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २९ बर्षीय गणेश तिवारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बीएन्डबी अस्पतालमा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । टाउकोमा चोट लागेर घाइते भएका चालक ओखलढुंगा सिंहदेवीका ३३ बर्षीय प्रेमबहादुर कार्कीको सोही अस्पतालमै उपचार भइरहेको जनाइएको छ । चालकले मदिरा पिएर तीव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेपाली सेनामा जागिरको अवसर (बिज्ञापनसहित)

काठमाडौ, माघ २२ । नेपाली सेनामा ठुलो संख्यामा जागिरको अवसर खुलेकाे छ । बिज्ञापन हेराैँ   

‘बलात्कार’को मिलापत्रः प्रहरीकै रोहवरमा ३० लाख लेनदेन !

काठमाडौं, माघ २१ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिलापत्रमा लेनदेनबारे उल्लेख गरिएको छैन । सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले भूमिका खेलेको पाइएको छ । कतिसम्म भने केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेको खुलेको छ । तर, मिलापत्र भइरहेको ठाउँमा पनि युवती भने रोइरहेको आफूले देखेको प्रत्यक्षदर्शीको भनाइ छ । के छ मिलापत्रमा ? केटाकेटी दुबैको परिवारका साथै केही साक्षीसमेत राखेर दरबारमार्ग प्रहरीले मिलापत्र गराएको थियो । मिलापत्रमा पीडित युवती र शैलेशबीच करिव ६ महिनाअघि चिनजान भएको र करिब दुई महिना पहिले एक रातसँगै बिताएको ब्यहोरा लेखिएको छ । उनीहरु ७ माघको राति दरबारमार्गको होटल ल्याण्डमार्कमा बसेका थिए । उक्त दिन दुबैको सहमतिमा एकपटक शारीरिक सम्वन्ध राखेको भन्दै मिलापत्रमा लेखिएको छ, ‘शैलेश कार्कीसँग नसाको सुरमा वादविवाद भएको र मलाई होटलमा नै छाडी गएका कारण रीसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालयमा गई शैलेश कार्कीसमेत साथीले जबरजस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ ।’ आफूले रीसको झोकमा जबरजस्ती करणी गरेको भन्नु गल्ती भएको भन्दै मिलापत्रपत्रमा युवती भनाइ उधृत गरिएको छ– ‘मलाई कोही कसैले अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता अनैतिक कार्यहरु गरेको छैन ।’ पीडित युवती र परिवारले यस विषयमा कहीँकतै उजुरी नगर्ने बाचा समेत मिलापत्रमा गराइएको छ । पीडित परिवारले ३० लाख नगद बुझे पीडित युवती सामूहिक बलात्कार भएको भन्दै आएपछि कमलपोखरी प्रहरीले दरबारमार्ग बृत्तमा पठाएको थियो । उनले उजुरी दिएपछि प्रहरीले घटना भएको होटलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै बयानसमेत लिएको थियो । त्यसपछि प्रहरीकै उपस्थितिमा दुबै परिवारवीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास सुरु भएको थियो । यसमा संलग्नहरुले बताए अनुसार अपराह्न करिव ४ बजेतिर त पीडित परिवारले नगद बुझेका थिए । संयोगबस पीडित युवतीका नातेदार र शैलेशका साथी एक समयका सहकर्मी रहेछन्, जो यही मुद्दाका सिलसिलामा दरबारमार्ग प्रहरी वृत्तमा आमुन्ने सामुन्ने भए । उनीहरुकै पहलमा मिलापत्र भएको पाइएको छ । अपराह्न प्रहरी बृत्तमा पुगेका एक व्यक्तिका अनुसार त्यहाँ मिलापत्र भइरहँदा पीडित युवती रोइरहेकी थिइन् । उनलाई फकाउन शैलेशकी आमाले ‘मेरी छोरी पनि छैन, तिमीलाई अहिल्यै बुहारी बनाउन तयार छु’ भनेकी थिइन् । मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’ मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी वृत, दरबारमार्ग परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’ स्रोतका अनुसार पीडित परिवारले त्यहीँ ३० लाख नगद बुझेका थिए, जुन नजिकैको बैंक अफ काठमाडौंमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए । तर, पीडितका बाबुले सबै रकम जम्मा गरे वा गरेनन् खुलेन । तर, प्रहरी स्रोतले भने खातामा २७ लाख आकस्मिकरुपमा आएको देखिएको बताएको छ । शैलेश र पीडित युवतीको परिवारबीच प्रहरीकै उपस्थितिमा मुद्दा मामिला नगर्ने सहमति भयो । एक पन्ने सहमतिपत्रमा पीडितका बाबु, आमा, शैलेसका आमा, शैलेश र केही साक्षीले हस्ताक्षर गरेका छन् । यो मिलापत्र प्रहरीले नै तयार पारेको थियो, त्यसैले त्यहाँ लेनदेन उल्लेख गरिएको छैन । स्रोतले भन्यो, ‘पीडितले बुझेको रकमबाट प्रहरीले पाएका छैनन्, केटा पक्षले नै दिएको होला । तर, लेनदेनमै मिलापत्र भएको हो ।’ मिलापत्र गरेर आफ्नो नियन्त्रणमा रहेका शैलेशलाई छाड्नुअघि प्रहरीले ‘विवाह गर्ने’ भन्दै शैलेश र पीडित युवतीको संयुक्त तस्वीर समेत खिचेको थियो । सहमति गर्दैगर्दा आफूले पनि पीडित युवतीको उद्दार भयो भन्ने ठानेको तर, सामूहिक बलात्कार भनेर खबर बाहिर आएपछि छाँगाबाट खसेजस्तै भएको मिलापत्रमा हस्ताक्षर गरेका एक साक्षीले बताए । –अनलाइनखबरबाट

एमाले–माओवादी एकतापछि: पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

काठमाडौ, माघ २२ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेका छन् । राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका नयाँ पत्रिकामा खबर छ । एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ । सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको हो ।

बैंकहरुको लगानी चालू आर्थिक वर्षको ६ महिनामा १९ खर्ब ११ अर्ब

काठमाडौ, माघ २२ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ। ‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो। नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो।’ अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ। गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए। गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए। हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो। – अन्नपुर्ण पोष्टमा खबर छ ।

ट्रक र माइक्रोबस ठोक्कियो, एकजनाको मृत्यु, सातजना घाइते

धादिङ, माघ २२ । धादिङगको गजुरी गाउँपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । आइतबार बेलुका ट्रकको ठक्करबाट माइक्रोबसमा सवार एकजनाको मृत्यु भएको हो । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा घर भएका ४० बर्षीय सुजित श्रेष्ठ रहेका छन् । श्रेष्ठको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका सातजनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । साँझ पौने ५ बजे गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ८७९० नम्बरको माइक्रोबसलाई बिपरित दिशाबाट आउँदै गरेको ना६ख ६०१९ नम्बरको ट्रकले ठक्कर दिएको बताइएको छ । दुवै सवारी साधन र चालकलाई ईलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ ।

संघीय संरचनाअनुसार – १५ खर्बको बजेट ल्याउने गृहकार्य, २ खर्ब ८० अर्ब अपुग

काठमाडौं, माघ २२ । संघीय संरचनाअनुसार बजेट ल्याउने तायरी गरिरहेको सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ । चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो । संघीय संरचनाअन्र्तगत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।, कारोवारडेलीमा यो खबर छ ।

सबै प्रदेशमा सूचना आयोग स्थापना गर्न पत्रकार महासंघको जोड

काठमाडौं, नेपाल पत्रकार महासंघले पत्रकार, समावेशिता र सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ मधेश समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले जनतालाई सार्वजनिक सूचनाको जानकारी राख्ने अधिकार रहेको भन्दै सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । संघीय शासन प्रणाली भएका मुलुकहरुमा प्रदेश सूचना आयोगहरु रहेको भन्दै उहाँले नेपालमा पनि प्रदेशस्तरीय सूचना आयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक सम्बन्धी कानूनको प्रयोगबाट समाचारको गहिराइसम्म पुग्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, महासंघका पूर्व सचिव धर्मेन्द्र कर्ण, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु सुबक महतो, अनिलकुमार कर्ण, विरेन्द्र केएम लगायतले धारणा व्यक्त गर्नु भएको थियो ।

रक्सी बेच्ने लाइसेन्स बनाइदिन्छु भन्दै घुस माग्ने प्रहरी रङ्गेहात पक्राउ

धनुषा, माघ २१ –रक्सी बिक्री वितरण गर्ने लाइसेन्स बनाई दिने भनेर रकम असुल्न खोज्ने एकजना प्रहरी पक्राउ परेका छन् । भन्दै १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले १० हजार रुपैयाँ घुससहित धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीका घुमुवा प्रहरी जवान मनोजकुमार प्रशैलालाई पक्राउ गरेको हो । आइतबार साँझ ४ बजे जनकपुरको भ्रमरपूरा चोकमा एक जनाबाट १० हजार घुस लिँदै गर्दा प्रहरी जवान प्रशैलालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । सुनसरी जिल्लाको श्रीपूर घर भएका प्रहरी जवान प्रशैला लक्ष्मीनिया प्रहरी चौकीमा कार्यरत छन् । आयोगले प्रहरी जवान प्रशैलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ । ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ । ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्मचारीले कार्यालयमै आत्महत्या

दाङ । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

‘सञ्चारमाध्यम समावेशी बनाइनुपर्छ’

काठमाडौँ । सरकारी र निजी सञ्चारमाध्यमलाई सहभागिता र विषयवस्तुको आधारमा समावेशी बनाइनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, मधेश समितिद्वारा यहाँ आज आयोजित “पत्रकारिता, समावेशिता र सूचनाको हक” विषयको एक अन्तक्र्रियामा वक्ताहरूले सूचना तथा सञ्चार मन्त्रालयमातहत रहेका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस)सहित अन्य निजी सञ्चारमाध्यम समेत पूर्ण समावेशी हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले मुलुक संघीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा सूचना आयोगलाई सातैवटा प्रदेशमा पुर्याउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । प्रमुख आयुक्त बाँस्कोटाले पत्रकारले सूचनाको हक प्रयोग गरेर मात्र सूचना लिनुपर्नेमा समेत जोड दिनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सहभागिता र विषयवस्तुको हिसाबले सबै सञ्चारगृहलाई समावेशी बनाउन महासंघले पैरवी गरिरहेको बताउनुभयो । सूचनाको हक लागू भइसकेको करिब १० वर्ष व्यतित भइसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसबारे समीक्षा गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले सिंहदरबारभित्र मन्त्रालयमासमेत सूचनाको प्रयोग हुन नसकिरहेको सन्दर्भमा स्थानीय तहमा यसको प्रयोग कसरी हुन्छ भन्ने प्रश्न गर्नुभयो । पत्रकार महासंघका सचिव तथा राससका कार्यकारी सम्पादक शीतल महतोले संविधानको मर्मअनुसार सञ्चारमाध्यमलगायत सबै क्षेत्रमा समावेशिताको सिद्धान्त लागू गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

जलजला परियारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दै (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं । नेपाली तारा सिजन ३ बाट आफूलाई दर्शकमाझ बढी लोकप्रियता अंगालेकी नेपाली र नेपालकै प्यारी स्वरकी धनी होनाहार गायिका जलजला परियारको २ वटा मिर्गौलाले काम गर्न छाडेर हाल आर्थिक अभावमा काठमाडौंको टिचिङ हस्पिटलमा उपचारार्थ भएको कुरा नेपालभित्र वा नेपाल बाहिरका अधिकांश देशमा उनको उपचारमा सहयोग गर्ने क्रम बढ्न थालेको छ । दक्षिण कोरिया स्थित स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको गम्भीर ध्यानाकर्षण भएको र यस संस्था सम्बद्व व्यक्तित्वहरु र अन्य नेपाली दाजुभाई दिदिबहिनिहरुबाट सहयोग संकलन अभियान शुरु गरी यसलाई सफलतापूर्वक स्थगित गरिएको छ । जापानबाट उनको उपचारमा सहयोग पुगोस भनेर सुनिता राना पालले एक लाख वोन र साउदीबाट पनि राजेश ढगोलले नेपाली रु.चौध हजार सहयोग गर्नुभएको छ । परोपकार र समाजसेवामा अग्रसर स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले यो पवित्र अभियानले पिडित जलजलाको घाउमा केहि मल्हम लगाउन सहयोग गरेको दक्षिण कोरिया थेगु शाखा शाखा अध्यक्ष बिरेन्द्र बताउनुभयो । सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरिया (थेगु शाखा–२०१७) विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्दै यस्तै कार्यहरुमा अग्रसर स्याङ्जा परिवारले विगतमा धेरै उल्लेखनीय कार्यहरु गर्दै आईरहेको छ । स्याङ्जा जिल्ला स्थित स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स भ्यान, एक्स रे मेशिन, कम्प्यूटर र अन्य उपकरणहरु प्रदान गर्द आईरहेको छ । विरामी पर्दा, काम छोड्दा वा अप्ठ्यारो परिस्थितिमा सहज होस् भन्ने हेतुले दक्षिण कोरियास्थित सउलरतोंगदेमुनमा स्याङ्जा घर (सेल्टर) संचालन गर्दै आईरहेको छ । उनको उपचारमा हाल सम्म सो सस्थाले उठेको दुई लाख त्रियनब्बे हजार रुपैंया शनिवार जल्जलाकी आमालाई हस्तान्तरण गरिएको छ । हेर्नुहोस भिडियोसहित

यात्रुवाहक बसबाट करिव २ किलो चरेश बरामद

काठमाडौं । नागढुङ्गा प्रहरीले २ किलो चरेश बरामद गरेको छ। धादिङवाट काठमाडौं तर्फ आउदै गरेको वा २ख ८८१९ नम्वरको यात्रुवाहक वस चेकजाँचको क्रममा २ किलो चरेशसहित एकजना पक्राउ परेका हुन्। राजधानीको चन्द्रागिरि वडा नं २ नागढुङ्गामा रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ बेच्न लैजादै गरिएको अवस्थामा अवैध चरेश बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव राज भट्टले बताए। प्रहरीले ओसार प्रसारमा संलग्न मकवानपुर आगरा ३ का वर्ष २९ का हस्त राम तामाङ लाइ नियन्त्रण लिइएको छ। प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा विशेष सूचनाको आधारमा नागढुङ्गा प्रहरी प्रभाग बाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो। प्रहरी निरिक्षक भट्टले भने, ‘बसमा चरेश ओसार–पशार हुँदैछ भन्ने सुचनाको आधारमा हामीले सक्रियता बढाएका थियौँ।’ मकवानपुर र धादिङ रको दक्षिणी क्षेत्रको महाभारत पर्वत आसपासका गाउँपालिकाहरुमा अवैध रुपमा गाँजा र चरेशको खेती हुने गरेको पाइन्छ। प्रतिवन्धित लागपदार्थहरु खुलेआम खेती भइरहदा स्थानिय प्रशासनले बेला–बेलामा गाँजा फडानी अभियान चलाइरहे पनि त्यो सफल हुन सकेको छैन। पक्राउ परेकाहरुले नै बेच्न लैजादै थिए कि उनीहरु भरियामात्र थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि पक्राउ परेकाहरुलाई लागुपदार्थ ओसार–पसार ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

६ सय ३२ एम्पुल लागुऔषध सहित नागढुङ्गा प्रहरीको फन्दामा

काठमाडौं । लागुऔषधसहित प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले विरगन्जबाट काठमाडौं आउँदै गरेको ना.७ ख.४२८ नम्बरको यात्रुवाहक बसलाई चेकजाँचको क्रममा लागुऔषधसहित एक जनालाई पकाउ गरेको हो । पकाउ पर्नेमा भारत सितवर जिल्ला खरमादौर वस्ने वर्ष ३६ भाग नारायण गिरीलाई पकाउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए । उनको साथवाट लुपिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाईजाल्याव १९४ एम्पुल, नर्फिन ४६ एम्पुल लागुऔषध वरामद गरएको छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुऔषधसहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिए ।