समुदाय र विद्यालयसम्म स्वास्थ्य सेवा पुर्याउने नेकपाको लक्ष्य

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी र दिगो बनाउने लक्ष्यसहित विस्तृत जनस्वास्थ्य प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सार्वजनिक प्रतिबद्धता पत्रमा हाल करिब ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमालाई वि.सं. २०८८ सम्म शतप्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बीमामा समेटिएको अवस्थालाई पनि सोही अवधिसम्म शतप्रतिशत पुर्‍याइने उल्लेख छ। गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्था थप परिणाममुखी, तथ्यांकमा आधारित र पारदर्शी बनाइने जनाइएको छ।

जनस्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क

संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्दै खोप, सुरक्षित मातृत्व, सरुवा रोग नियन्त्रण, प्रजनन स्वास्थ्य र आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाइनेछ। नागरिकले आफ्नै खल्तीबाट तिर्नुपर्ने स्वास्थ्य खर्च (Out-of-pocket) हाल ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ।

स्वास्थ्य बीमा अनिवार्य र प्रगतिशील

स्वास्थ्य सुरक्षाको मुख्य आधारका रूपमा स्वास्थ्य बीमालाई अनिवार्य गरिनेछ। सबै नागरिकलाई बीमामा आबद्ध गराउँदै लक्षित वर्गको प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था सुदृढ गरिनेछ।

समुदाय र विद्यालयसम्म स्वास्थ्य सेवा

हरेक वडा, समुदाय र विद्यालयमा मिड–लेभल स्वास्थ्य टोली परिचालन गरी नियमित स्वास्थ्य परीक्षण, जीवनशैली परामर्श र रोकथाममुखी सेवा विस्तार गरिनेछ। “अस्पताल पर्खने होइन, स्वास्थ्य सेवा गाउँ जाने” नीतिअनुसार प्राथमिक स्वास्थ्य सेवा सुदृढ गरिनेछ।

सरकारी स्वास्थ्य संस्थामा विस्तारित सेवा

सरकारी अस्पतालमा बहिरङ्ग सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ। स्वास्थ्य चौकीहरू वर्षका ३६५ दिन खुला रहने व्यवस्था गरिनेछ।

विशेष प्राथमिकता समूह

वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती, नवजात शिशु र विपन्न वर्गलाई ‘ग्रिन च्यानल’ मार्फत प्राथमिकता दिइनेछ।

स्वास्थ्यकर्मीको सेवा, सुविधा र सुरक्षा

सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई जीवन निर्वाहयोग्य तलब, सुविधा र सुरक्षा सुनिश्चित गर्दै ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ पूर्णकालीन सेवा नीति लागू गरिनेछ।

रोकथामप्रधान र मानसिक स्वास्थ्य सेवा

उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै व्यायाम, योग, ध्यान र पोषण प्रवर्द्धन गरिनेछ। मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्दै मनोसामाजिक परामर्श हेल्पलाइन सञ्चालन गरिनेछ। आत्महत्या दर २३.४ प्रति लाखबाट २०८८ सम्म ४.७ प्रति लाखमा झार्ने लक्ष्य राखिएको छ।

डिजिटल स्वास्थ्य प्रणाली र प्रदेशस्तरीय अस्पताल

सबै सरकारी स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिनेछ। सातै प्रदेशमा सरकारी स्वामित्वका विशिष्टीकृत रेफरल अस्पताल स्थापना गरिनेछ, ताकि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य होस्।

औषधि आपूर्ति र सुशासन

औषधि खरिदमा अनियमितता रोक्न केन्द्रीय फ्रेमवर्क प्रणाली लागू गरिनेछ। नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको क्षमता वृद्धि गरी आधारभूत औषधि स्वदेशमै उत्पादन गरिनेछ र जेनेरिक औषधि प्रयोग अनिवार्य गरिनेछ।

दूरस्वास्थ्य, घुम्ती विशेषज्ञ सेवा र महामारी तयारी

दुर्गम क्षेत्रमा दूरस्वास्थ्य सेवा विस्तार गरिनेछ। वर्षमा दुईपटक घुम्ती विशेषज्ञ शिविर सञ्चालन गरिनेछ। महामारी र आपत्कालीन स्वास्थ्य सेवालाई सुदृढ संरचनामार्फत व्यवस्थित गरिनेछ।

स्वास्थ्य बजेट र कानुनी सुधार

स्वास्थ्य बजेट हालको ५ प्रतिशतबाट २०८८ सम्म ८ प्रतिशत पुर्‍याइनेछ। स्वास्थ्यसम्बन्धी सबै ऐन, नियमावली र निकाय समेटेर एकीकृत स्वास्थ्य ऐन निर्माण गरिनेछ। आधुनिक र परम्परागत चिकित्सा पद्धतिको सुसंगत एकीकरण गरिने नीति लिइएको छ।

नेकपाले स्वास्थ्यलाई सेवा क्षेत्रका रूपमा स्थापित गर्दै सामाजिक सुरक्षा र जनस्वास्थ्य अभियान सरकारी, सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने जनाएको छ।

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

जापानी इन्सेफ्लाइटिसको जोखिम बढ्दो

यतिबेला लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिसको जोखिम बढेको छ, जसबाट बालबालिका उच्च जोखिममा छन्। सन् २०२५ मा नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको छ, र यो रोग तराई र ग्रामीण क्षेत्रमा बढी देखिएको छ। यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। काठमाडौँ । मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस जेई संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् ।  बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत, सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरू पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरू सुनाउँछन् । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो रोगको उच्च जोखिममा छन् । सन् २०२५ मै नेपालमा जापानी इन्सेफ्लाइटिसबाट युवा र ज्येष्ठ नागरिक गरी ३ जनाको ज्यान गएको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ६८१ जनालाई परीक्षण गर्दा ३४ जना संक्रमित भएका थिए ।  मस्तिष्कमा गम्भीर असर पुर्‍याउने यो रोगको खतरा विशेषगरी नेपालको तराई र ग्रामीण क्षेत्रमा देखिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत वर्ष ९५५ जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा ८६ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको थियो, जसमध्ये २५ जनाको मृत्यु भएको थियो ।   विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० नेपालकी अधिकृत सोनिया भगत यो रोग ‘क्युलेक्स’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरल भएको बताउँछिन् । ‘यो रोग मानिसबाट मानिसमा भने सर्दैन । विशेषगरी धानखेती हुने, सुँगुर तथा हाँसपालन गरिने ठाउँहरूमा बढी देखिने गर्छ,’ उनले भनिन् ।  जापानी इन्सेफ्लाइटिस भाइरसका कारणले हुने एक प्रकारको गम्भीर मस्तिष्क सङ्क्रमण भएको प्रमुख गौतमले बताए । उनका अनुसार विशेषगरी धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ । यो लामखुट्टेले संक्रमित सुँगुर, बंगुर वा जंगली चराहरूलाई टोकेपछि मानिसलाई टोक्दा भाइरस सर्ने गर्दछ । गौतमले भने, ‘यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । तर, समयमै उपचार नपाएमा यसले गम्भीर रूप लिन सक्छ र बिरामीको ज्यान समेत जान सक्छ ।’ एक तंथ्याकअनुसार गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ । विश्वमा जापानी इन्सेफ्लाइटिसका केसहरू दक्षिण एसियाली क्षेत्रमा बढी देखिन्छन् । नेपालको छिमेकी राष्ट्रहरूमा पनि यसको प्रभाव बढी छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा पहिलो पटक सन् १९७८ मा जापानी इन्सेफलाइटिस देखिएको थियो । सन् १९९८ देखि २००८ सम्म नेपालमा ११ हजार ५९१ बिरामी भएका थिए । सन् २०१४–१५ मा २२ सयमा यस्तो सङ्क्रमण भएको थियो ।    यस्तै नेपालमा सन् २००५–२००६ बाट यसको खोप कार्यक्रम सुरु भएको हो । सुरुमा ३१ जिल्लामा यो कार्यक्रम लागु गरिएको थियो, जसमध्ये तराई र भित्री तराईका जिल्लाहरूमा बढी केन्द्रित गरिएका थिए ।  राष्ट्रिय खोपका रूपमा १२ महिनाको बच्चालाई जापानी इन्सेफ्लाइटिसको खोप दिइने गरिन्छ । यद्यपि ५ वर्षसम्म पनि लगाइदिन मिल्ने विज्ञहरू बताउँछन् । यो गम्भीर रोग भएकाले यसले मृत्यु वा दीर्घकालीन अपाङ्गतासमेत गराउन सक्ने चिकित्सकहरू बताउँछन् । लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य जानुपर्ने डा. भगतको भनाइ छ ।  उनका अनुसार इन्सेफ्लाइटिसले मस्तिष्कको कुनै पनि प्रणालीलाई असर गर्न सक्छ । यसको सङ्क्रमण हुँदा आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने वा हातखुट्टा नचल्ने हुन सक्छ । यो रोग बच्चादेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने डा। गौतमले बताए । भने, ‘बच्चाहरूमा बढी देखिन्छ, किनभने उनीहरूको इम्युनिटी कम हुन्छ ।’ डब्ल्यूएचओका अनुसार २५० जनामा यो सङ्क्रमण हुँदा एक जनामा घातक समस्या देखिन्छ । र घातक समस्या देखिएका तीन जनामध्ये एकको मृत्यु पनि हुने गर्छ । यस रोगका लक्षणहरू व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् । धेरैजसो सङ्क्रमितमा कुनै लक्षण नदेखिने पनि सक्छ । लक्षणहरू –अचानक उच्च ज्वरो आउनु –धेरै टाउको दुख्नु –वान्ता हुनु –मानसिक स्थितिमा परिवर्तन आउनु ९जस्तैः अर्धचेत वा अचेत हुनु० –कम्पन आउनु –पछिल्लो अवस्था कसरी बच्ने लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने  घरबाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउने  घरवरिपरि पानी जम्न नदिने र सफा राख्ने  लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने  

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु

यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो।  भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर  उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीनजनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् ।  यो एउटा पछिल्लो उदाहरण हो, वर्षाको यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार वर्षेनी आउने गरेको छ । काँहाको च्याउ विसालु हुन्छ र कहाँको स्वास्थवर्धक हुन्छ भन्ने थाहा नपाउँदा ज्यान समेत गुमाउन परेको छ ।  त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ।  वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ। पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु

न्युयोर्क । आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ। ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए।  म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच)ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्। यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए। बीबीसी

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताएका हुन्। “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।” नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए।  स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए। सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।” प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उहाँले उल्लेख गरे।  प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए।  प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।  

नर्सिङ क्षेत्रका समस्या समाधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिए । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताए। “वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री प्रचण्डले भने, “शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु।” प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए। सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिए। “चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”

जनताको सेवा गर्न वरीयता चाहिदैन : उपप्रधानमन्त्री यादव

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्नका लागि वरीयताले फरक नपर्ने बताएका छन् ।  आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।  पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए । उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

कोरोनापछि मंकिपक्स संक्रमणको आतंक, के हुन यसका लक्षण ?

काठमाडौं । कोरोना महामारीको त्रास कायमै रहेको बेला एउटा अर्को महामारीले विश्वलाई त्रसित पारेको छ । अहिलेसम्म १४ भन्दा बढी देशमा देखा परेको मंकिपक्स नामक संक्रमण चिन्ताको विषय बनेको हो । अफ्रिकामा देखा पर्ने यो भाइरस यसपटक भने यूरोप र बेलायतमा समेत देखा परेको हो । मङ्कीपक्स के हो ? बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्स् मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ। यसका लक्षणहरू के के हुन ? सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। कसरी सर्छ? मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ। यो कति खतरनाक छ ? धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। मङ्कीपक्स फैलिनु कति असामान्य हो ? थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो। त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए। मङ्कीपक्सको उपचार के हो ? सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ। बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ। भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्। के महामारी बन्ला ? यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्स् ूसङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।ू ूयो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।ू नेपालको अवस्था के छ ? अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन। यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ। नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए। “सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने। लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। “अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ” उनले भने। बिबिसीबाट

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?

काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन

डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक ?

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । एन्टिवायोटिक औषधि डाक्टरको प्रिस्किृप्सन बिना बेच्न र उपभोग गर्न पाइदैन् । यो अन्तर्राष्टिय मान्यता हो । तर नेपालमा यो नियम न औषधि बिक्रेताले पालना गरेका छन न औषधि किनेर खाने उपभोक्ताले नै यसका विषयमा हेक्का राख्ने गरेका छन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स सेवन गरिरहेका छन । छिटो रोग निको पार्न एन्टिवायोटिक्सको सेवन गर्ने गरिएको पाइन्छ । एक्टिवायोटिक्सलाई रोग निको पार्ने अचुक उपायको रुपमा हेर्ने गरेकाले यसले स्वास्थ्यमा नराम्रो असर पारिरहेको विज्ञहरु बताउछन । मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ भन्छन, एन्टिवोयोटिक्सको सही तरीकाले उपभोग गर्न नसकिए अभिषाप पनि बन्छ भन्ने कुराको ज्ञान धेरैलाई छैन । जसका कारण मिर्गौला बिग्रनेदेखि विभिन्न स्वास्थ्य समस्याको जन्म हुन्छ । जथाभावी एन्टिवोयोटिक्स सेवनकै कारण वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । डिप्रेसनमा परेका व्यक्तिहरुले रातमा निद्रा नआएपछि निद्रा आउने औषधि आवश्यक भन्दा बढी सेवन गर्दा ज्यान समेत जाने गरेको छ । कोही रोग निको पार्ने निहूमा डोजभन्दा बढी औषधि एकै पटक खाइदिने त कोही एउटा रोगका लागि सेवन गर्नु पर्ने एन्टिवोयोटिक्स अर्को रोग निको पार्न खाइदिने गर्छन । कोही आफु खुशी औषधि पशलबाट एन्टिवायोटिक्स किनेर खाने गर्छन । मनपरि एन्टिवायोटिक्सको सेवनले समस्या निम्त्याएको चिकित्सकहरु बताउछन । चिकित्सको प्रिस्किृप्सन बिना नै दुखाई कम हुने औषधि एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा हरेक दिन कुनै न कुनै घटना घटिरहने गरेको त्रिवि शिक्षण अस्पतालका डा. सतिस शाह बताउछन । उनी भन्छन, आफू खुशी औषधि सेवन गर्दा यसले पार्ने साइड इफेक्टका बिषयमा धेरैलाई जानकारी छैन । औषधिको प्रयोग गर्न नजान्दा रोग निको हुनुको सट्टा ज्यान सक्छ भन्ने कुरा बिर्सनु हुदैन । औषधिलाई तरकारी किनेर खाएजस्तै विना कसैको सल्लाह सेवन गर्ने बानी बिकास रोकिनु पर्ने विज्ञहरु बताउछन । उनीहरुको भनाई छ, चिकित्सकको सल्लाह विना औषधि सेवन गर्दा एउटा रोग निको पार्न खोज्दा अर्कै रोग बल्जmने संभावना हुन्छ । एन्टिवायोटिक्स आफू खुशी सेवन गर्दा यसले मिर्गौला बिग्रने, कलेजको बिग्रने, आखा लगायत शरीरका महत्वपूर्ण अंगलाई नकारात्मक असर गर्छ । मिर्गौला विग्रनुको प्रमुख कारण अत्यधिक एन्टिवायोटिक्सको सेवन पनि हो, मिर्गौला प्रत्यारोपण विज्ञ डा. श्रेष्ठले भने । अन्दाजका भरमा औषधि खादा धेरै व्यक्ति मिर्गौला विग्रिएर डायलासिस गर्नु पर्ने अवस्था छ । औषधि प्रयोग गर्ने तरीका, सेवन गर्ने समय, सेवन गर्नु पर्ने मात्रा, खानपिनका बिषयमा ख्याल राख्न सकेमात्र रोग निको हुने चिकित्सक बताउछन । विरामीले बताएको बयानका आधारमा बजारमा खोलिएका औषधि पशलेले एन्टिवायोटिक्स बच्ने गरेका छन । उनीहरुले अन्दाजका भरमा औषधि बेचेको हुन्छ । चिकित्सकको सल्लाह लिन जादा थप शुल्क तिर्नु पर्ने भएकाले अधिकांश विरामी औषधि पशलबाटै गम्भिर प्रकृतिका रोगको औषधि समेत आफै किनेर ल्याउछन । टाउको दुखेको सिटामोल, जmाडापखाला लागेको जिवनजल जस्ता ओषधि आफै पनि किनेर ल्याउदा त्यति फरक पर्दैन । तर स्वासप्रस्वास, ग्यास्टिक, गर्भपतन गराउनेसम्मका औषधि विना चिकित्सकको सल्लाह किनेर सेवन गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई कसैले पनि ध्यान दिने गरेको पाइदैन । आवश्यक भन्दा बढी डोज औषधि सेवन गर्दा रोगसँंग लड्ने प्रतिरक्षात्मक क्षमता नै घट्ने विज्ञहरु बताउछन । लामो समयसम्म दुखाई क मगर्ने औषधि सेवन गर्दा पेन किलर अल्सर, दिसामा रगत देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने, काम गर्न मन नलाग्ने, निद्रा लागिरहने जस्ता समस्या देखा पर्छन । औषधि व्यवस्था विभागका महानिर्देशक रामधारमण प्रसादका अनुसार साइड इफेक्ट कम गर्ने समान्य औषधि रिटामोल, डिकोल्ड, जिवनजल, भिटामिन वी कम्पलेक्स लगायतका औषधि चिकित्सकको सल्लाहबिनै स्वास्थ्यकर्मिको सल्लाह अनुसार सेवन गर्न सकिने भएपनि एक्टिवायोटिक्स सेवन गर्दा भने चिकित्सकको परामर्श लिनै पर्छ ।

कतै तपाईको पेट पोल्ने, अमिलो डकार आउने त गर्दैन ? थाहा पाउनुस् कारण र उपचार

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । खानपिन हामीले के खाना खान्छौं, कति मात्रामा लिन्छौ यसको सीधा असर हाम्रो पेटमा पर्न जान्छ । पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । विविध खाने कुराका कारण एसिडिटी बढ्न जान्छ। समया खाना नखानु । धेरै समयसम्म खाली पेट बस्नु । पर्याप्त मात्रामा नसुत्नु । खाना खानासाथ सुत्नु। धुम्रपान, रक्सी सेवन गर्नु। चिकित्सकको सल्ला बिना औषधि सेवन गर्नु। धरै चिन्ता गर्नु । धेरै मसलादार, पिरो तथा तारेको खानु , जंगफुड मात्र खानु, चिया, कफि खानु, चिसो पेय पदार्थ, चुरोट सेवन , धेरै रक्सी पिउनु, समयमै खाना नखानु, राम्रोसँग नपाकेको खाना खानु, बासी खाना खानु, धेरै कम खाना खानु जस्ता हाम्रो जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो। कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ । पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ: मुखमा अमिलो पानी आउने खान मन नलाग्ने वाकवाकी लाग्ने बान्ता हुने दुब्लाउँदै जाने खोकी लाग्ने घाँटी दुख्ने दातको रंग बिग्रने सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ । पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ । पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने भोकै खालीपेट नबस्ने बिहान उठेपछि प्रसस्त पानी पिउने तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने चिया, कफी आदि धेरै मात्रामा नपिउने एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने