केपी ओलीको कांग्रेसलाई प्रश्न - शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देश कुनै धर्म र जाती विशेषको नभएर सबैको साझा भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले देशमा साम्प्रदायिकताको आगो झोसेर र प्रतिगमनको बराठको सिंह घोचेर देश अघि बढ्न नसक्ने बताएका हुन् । साथै उनले त्यसक्रममा संसद्को ध्यानाकर्षण हुनुपर्ने बताए ।
‘देशको परिस्थिति सुखद छैन । राजनीतिमा विभिन्न नाम, पहिचान, जात र धर्मका नाममा विद्वेष फैलाउने काम भइरहेका छन् । यो देश जाती र धर्म विशेषको होइन, त्यस्तो बनाउन सकिँदैन । यो देश सबैको साझा हो’, ओलीले भने, ‘हामी डेमोक्रेसीमा यति कुरा पनि बुझ्दैनौ ?’
उनले लोकतान्त्रिक मूल्य र मान्यतामा अघि बढ्नुपर्ने भन्दै समाजमा अराजकता मौलाएको बताए । ‘कानुनको राजमा यदि राज्य तलमाथि भएको छ भने संसद्ले नियन्त्रण गर्नुपर्छ’, ओलीले रोजेर ल्याएको प्रणालीमा राजनीतिक परिवर्तन हुँदा आत्तिन नहुने बताए । तर उनले प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने भन्दै कांग्रेसलाई सत्ता जाँदैमा रुवावासी नगर्न आग्रह गरे । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन कसले नदिएको भन्दै कांग्रेसलाई प्रश्न गरे । ‘कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन ?’ उनले आफूले पटक पटक शान्तिप्रक्रिया टुङ्ग्याउन आग्रह गर्दै आएको र एमालेले त्यसमा यसअघि कुनै व्यवधान नगरेको बताए ।
निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पारे । “चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ ।” व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे। “विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।” उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे। बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।”
प्रधानमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौं। प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आव.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।
वाइडेन प्रशासनद्धारा युक्रेनलाई ३ सय मिलियन डलर हतियार सहायता घोषणा
वासिंगटन डिसी । अमेरिकन राष्ट्रपति जो वाइडेनको प्रशासनले युक्रेनलाई तीन सय अमेरिकी डल बराबरको हतियार सहायता दिने घोषणा गरेको छ । अमेरिक संसदले युक्रेनलाई दिइने सहायतामा रोक लगाएकै बेला बाइडेन प्रशासनले ठूलो मात्रामा हतियारका लागि सहायता दिने घोषणा गरेको हो । हतियार र युद्ध सामग्रीको अभावमा युद्धमा हार व्यहोरेको भन्दै युक्रेनले अन्तराष्ट्रिय समुदायसँग सहायतको अपिल गर्दै आएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार व्हाइट हाउसमा यससम्बन्धमा निर्णय भएको जानकारी दिएका हुन । पछिल्ला दिनहरुमा रुसले आक्रामक युद्ध छेडेपछि युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ भने कतिपय क्षेत्रमा उसका सैनिकहरु पछाडि फर्केका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ। अहिले सत्ता गठबन्धनसँग १५१ रहेको देखिन्छ।
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णय
काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछिको मन्त्रिपरिषद्को बैठक पहिलोपटक फागुन २४ गते र दोस्रो पटक फागुन २८ गते सिंहदरबारमा बस्यो । फागुन २४ गतेको बैठकले दुईवटा र २८ गतेको बैठकले १३ वटा निर्णय गरेको छ । समग्रमा पछिल्लो सरकार बनेसँगै सरकारले विभिन्न १५ वटा निर्णय गरेको छ । यस्ता छन् निर्णय
टी–२० आई सिरिज: फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्ने
काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि पपुवा न्यु गिनीसँग खेल्ने भएको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्दै पिएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। यसअघि आजै बिहान भएको पहिलो खेलमा नेपालले पिएजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि सिरिजको पहिलो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए। २ खेलबाट ३ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्न लागेको हो । २ खेलबाट २ अंक बनाएको पिएनजी दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको हो । समान खेलबाट १ अंक बनाएको घरेलु टोली हङकङ भने तेस्रो स्थानमा छ । सिरिजको तेस्रो खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो। पहिलो विकेटका लागि ओपनर टोनी उरा र सेसे बाउले १ सय २४ रनको अविजित साझेदारी गरेपछि पिएनजीले सहजै लक्ष्य भेट्टायो । टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का मद्धतमा ५१ रनमा नटआउट रहे । सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का मद्धतमा ६१ रनमा अविजित रहे। त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली १८.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो। घरेलु टोलीले अब तेस्रो स्थानका लागि हङकङ कै ए टोलीसँग खेल्नेछ। सिरिजको फाइनल खेल भोली बुधबार हुनेछ।
गठबन्धन हामीले बनायौं, मान्छेहरू चीनले गर्यो भन्दैछन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आशा बढाएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देशलाई बरबाद पार्ने गठबन्धन आफूहरूले मेहनत गरेर फुटाएको तर केही मान्छेहरु चीनले फुटाएको भन्दै हिडेको बताए । बैठकलाई सम्बोधन गर्दै उनले भने -'यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन । देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।' उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।
सरकार फेरिने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयोः ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितहरूको माग सुनुवाइ भएको बताएका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको बताए । ‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरू उनलाई दुव्यर्वहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। देशलाई सरकार परिवर्तन हुनेबित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको द्वन्द्व सरकारले सुनिरहेको थिएन’ उनले भने, ‘सरकार परिवर्तन हुनेबित्तिकै त्यो समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’ उनले सरकारले गाडीको बन्दोबस्त गरेर घर पठायो होला भन्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए । ‘दुनियाँले देख्ने–बुझ्ने गरेर एमालेले अर्थमन्त्रालयको नेतृत्व लिन्छ भन्दा सेयर बजार दुईपल्ट, तीनपल्ट, एकै दिनमा ब्रेक लगाउनुपर्यो । भोलिपल्ट एमालेले नलिने भने भने स्वाट्टै झरेर माइनसमा जाने अवस्था देखियो,’ उनले भने। अध्यक्ष ओलीले भोलि हुने प्रधानमन्त्रीको विश्वासका लागि संसदमा हुने मतदान प्रक्रियामा दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई निर्दशन पनि दिएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’ प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए ।उनले भने, ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ, यतिबेला अर्को कुनै अप्सन छैन ।
अर्थतन्त्रलाई लयमा फर्काएको निवर्तमान अर्थमन्त्री महतको दावी
काठमाडौं । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा फर्काएको बताएका छन् । आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा। महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । डा. महतले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको बताए । उनले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’ उनले सरकारले प्राप्त गरेका सबै उपलब्धी कांग्रेसकै कारण सम्भव भएको जिकिर पनि गरे । आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको उनले बताए ।
यस्तो छ राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको राजनीतिक यात्रा
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार भएका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार दाहाल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवराज शर्मालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले ३९ मत पाउँदा प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए। को हुन् नारायण दाहाल कुलप्रसाद दाहाल र आमा देउरूपा दाहालको पहिलो सन्तानका रूपमा नारायणप्रसाद दाहालको जन्म विक्रम सम्वत् २०१२ साल चैत्र १६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा भएको थियो । उनी सानै छँदा विक्रम सम्वत् २०१९ सालमा उनको परिवार कास्कीबाट चितवन बसाई सरेको थियो । उनले माध्यमिक तहसम्मको शिक्षा चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट पूरा गरे । उनले सानैदेखि राजनीतिमा रूची राख्दथे । त्यसैले अध्ययनसँगै राजनीतिमा पनि उनी सक्रिय भए । विभिन्न प्रभावका कारण उनी विद्यार्थी राजनीतिमा कम्युनिष्ट पार्टीको भातृ संगठनमा जोडिए। २०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूको सदस्यता लिएका थिए । अध्ययनकै क्रममा दाहालले २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको सदस्यता लिए । त्यस लगत्तै उनी पार्टी संगठनमा पनि सक्रिय हुन सुरु गरे । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको पञ्चायती व्यवस्थामा कम्युनिष्ट पार्टीमा विभाजन भएर धेरै घटकहरू निर्माण भइरहेका थिए । सोही क्रममा २०३४ सालबाट दाहाल फेरि मोहनविक्रम सिँहको नेतृत्वमा रहेको नेकपा मशालमा आबद्ध हुन पुगे । दाहालले २०३६ सालमा स्नातक तहको अध्ययन पूरा गरेका थिए । त्यस समयमा उनी पार्टीको क्षेत्रीय कमिटिको पदाधिकारी तहको जिम्मेवारीमा पुगिसकेका थिए । त्यसपछि भने उनी पार्टीको पूर्णकालीन सदस्यमा रहेर काम गर्ने गरी भारतर्फत लागे । उनले भारतमा रहेको पार्टीको भातृ संगठनको सचिवमा जिम्मेवारी पनि प्राप्त गरे भने पार्टीको मुखपत्र नेपाली एकता प्रकाशनको जिम्मेवारी समेत पाए । पार्टी संगठनको विभाजनको क्रममा २०४८ सालसम्म आइपुग्दा उनी प्रचण्डको नेतृत्वमा बनेको नेकपा (एकताकेन्द्र मसाल) र २०५१ सालमा निर्माण भएको माओवादीमा रहेका थिए । उनले १८ वर्षसम्म अखिल भारत एकता समाजको सह(सचिव, कोषाध्यक्ष, सचिव हुँदै महासचिवको संगठनात्मक जिम्मेवारीमा रहेर काम गरे । सोही क्रममा उनले ३ वर्षसम्म माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटिमा समेत भूमिका प्राप्त गरे । जसले गर्दा उनको दक्षिण एसिया र विश्वका माओवादी नेतृत्वहरूसँग समेत द्विपक्षीय विचार आदानप्रदान गर्ने अवसर मिल्यो । भारतमा नै बसेर पार्टीको सक्रिय राजनीतिकै क्रममा उनले प्रवास संगठनको अध्यक्ष बनेर लामो समयसम्म काम गरेका थिए । सोही क्रममा उनले २०५७ सालमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाए । नेपालमा २०५२ सालदेखि सशस्त्र युद्धको सुरुवात गरेको माओवादीमाथिको निगरानी भारतमा पनि बढाइएपछि भने २०५९ सालदेखि दाहालले भारतमा पनि भूमिगत भएर पार्टीको गतिविधि गरेका थिए । २०६० सालदेखि भने दाहाल नेपाल फर्किएर भेरी(कर्णाली क्षेत्रमा तीन जिल्लाको कमाण्डर भएर काम गर्न सुरु गरे । त्यसको केही समयमा उनले केही समयपछि आफ्नै जन्म जिल्ला कास्कीको इन्चार्जको रूपमा पनि केही समय काम गरे । दाहालले माओवादीले नामाकरण गरेको ताम्सालिङ राज्य र नेवा राज्यको पदाधिकारी तहमा रहेर पनि काम गरे । माओवादी पार्टीमा आएको विभाजनको क्रममा उनी सधैँ नै पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिने गर्दथे । त्यसैले उनी अध्यक्ष नजिकको नातेदार सम्बन्धसँगै प्रचण्डको विश्वास पात्रसमेत बन्न सफल भए । ०६२/६३ सालको जनआन्दोलनपश्चात नेपालको राजनीतिमा नयाँ मोडको सिर्जना भयो । ०६३ साल वैशाख ११ गते पूर्व राजा ज्ञानेन्द्रले सम्बोधनमार्फत् ०५९ सालमा विघटन भएको संसदको पुनःस्थापना गरे। त्यसपछि सात राजनीतिक दल र माओवादीको बीचमा भएको समझदारीअनुरुप २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा दाहालले चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाएर निर्वाचन जित्न पनि सफल भए । दाहालले २०७० सालको निर्वाचन भने पराजित भए । पछिल्लो समयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई राष्ट्रपति मार्फत् मनोनित गराई राष्ट्रिय सभा सदस्य बनायो । अहिले दाहालका श्रीमती दुर्गादेवी पौडेलसहित दुई छोरा (समिर र दिनेश दाहाल) र एक छोरी (कल्पना दाहाल) गरी पाँच पारिवारिक सदस्य रहेका छन् । माओवादी सशस्त्र युद्धको क्रममा दाहालका दुई छोरा र बुहारीहरू समेत पूर्णकालीन भएका थिए । अहिले पनि दाहालको सम्पूर्ण परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युद्ध र शान्तिका सबै राजनीतिब मोर्चामा सक्रिय रहँदै आएका छन् ।
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ मत
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेको राष्ट्रियसभा सदस्य सदस्य संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको अध्यक्ष चयन भएका छन् । कुल उपस्थित सांसदहरुको मत ५६ रहेको थियो । राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहालले ३९ मत प्राप्त गरे भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा १७ मत प्राप्त गरे ।
अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताए । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए। “नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।” युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए। प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो । उनले भने, “तालिमबाट प्राप्त विभिन्न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्ने विश्वास लिएको छु ।” तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे । “दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”
पाँच दलबीच लिखित सहमति (सहमति पत्रसहित)
काठमाडौँ । पाँच दलबिच लिखित सहमति भएको छ ।मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफल पश्चात सो सहमति बनेको हो । पाँच राजनीतिक दलबीच भएको सहमतिपत्रमा भनिएको छ -'नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निष्कर्षमा पुगेका छौं' उक्त सहमतिमा पाँच दलका प्रमुख नेताहरुले हस्ताक्षर गरेका छन् । यस्तो छ सहमति
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल गरेका थिए । यसअघि, एकीकृत समाजवादीका नेताले आफ्ना मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने चेतावनी दिएका थिए । सरकारमा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री सहभागी छन् ।

