प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बैठकको शून्य र विशेष समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।

देउवालाई रेशम चौधरीले भने -'भ्यागुताको धार्नी पुर्‍याउछु भन्नू व्यर्थ छ '

काठमाडौं । अप्रत्याशित रुपमा सत्ताविमुख बन्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धनको कसरतलाई तिब्र बनाए पनि उनलाई निरासा मात्रै हात लागेको छ । उनी सत्ता समिकरण फेरबदल भएसँगै पत्नी आरजु देउवालाई लिएर विभिन्न नेताका निवासमा मात्रै पुगेनन् कांग्रेसको मूल नेतृत्वलाई वैकल्पिक गठबन्धन बनाउन दौडधुपमा व्यस्त गराए । बुधबार बिहान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे ।उनले भेटेकै केही समयमा दूई मन्त्री सहित माधव नेपालको पार्टी सरकारमा सहभागी बन्यो ।  शीतलनिवासमा मन्त्रीहरूको शपथ तयारी चलिरहँदा देउवानिवास बुढानीलकण्ठमा  कांग्रेसका नेताहरुले लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग संवाद गरे । ती संवाद पनि सत्ता विमुख हुँदाको एक्लोपनमा सहानूभूती मात्रै जस्तै हुने भएपछि अहिले देउवा निरास छन् ।  संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धन गराउने विषयमा केन्द्रीत भएपनि देउवाले आफुले सोचे भन्दा फरक परिस्थिति बनेको महशुस सो संवादले गरायो । नयाँ गठबन्धनको निम्ति छलफलमा बोलाएकाबाट साथ पाउने अपेक्षा गरेका देउवाले उल्टै प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने प्रयास निरर्थक हुने साना दलका नेताले राखेको विचारबाट देउवा निरास भएको स्रोतले बतायो ।  बैठकमा नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीले सभापति देउवालाई स्पष्ट बहुमत सहित मन्त्रिमन्डल पुर्नगठन गरेका प्रधानमन्त्री प्रचण्डविरुद्ध बहुमत पुर्‍याउछु भन्नू भ्यागुताको धार्नी पुर्‍याउछु भने जस्तै हुने भएकाले त्यतातिर मिहनेतको अर्थ नहुने जवाफ दिएको बैठकमा सहभागी एक नेताले जनाकारी दिए । चौधरीले प्रचण्ड नेतृत्वको गठबन्धनलाई कमजोर पारेर नयाँ गठबन्धन बनाउन सकिन्छ कि भनेर लाग्नुभन्दा प्रधानमन्त्री प्रचण्डलाई नै सघाएर जानुपर्ने बताएको एक नेताले ऐभरेष्ट दैनिकलाई जानकारी दिए ।

स्वास्थ्य मन्त्री बन्दै उपेन्द्र यादव आजै शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्दै छन् । अहिले बसिरहेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का मन्त्रीको नाम टुंग्गो लागाएपछि  जसपा नेपालले सरकारमा सहभागी हुनेछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ देखि बैठक बसिरहेको छ । उपेन्द्र यादव सहित उनको पार्टीबाट बन्ने मन्त्रीलाई आजै शपथ गराउने तयारी छ ।  जसपा १५ संघीय सांसद रहेकाे जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।  

नेपाली गार्ड रहेको कार्गोमा हुथीको मिसाइल आक्रमण, ३ जनाको निधन

काठमाडौं । नेपाली नागरिक सुरक्षा गार्ड रहेको कार्गो जहाजमा हुथी बिद्रोहीले मिसाइल आक्रमण गरेका छन् । दक्षिणी यमनको सो कार्गो जहाजमा हुथी मिसाइल आक्रमण हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।  व्यापारिक जहाजहरूमा हुथीको यस्तो आक्रममा परि निधन भएको यो पहिलो घटना हो ।  हुथीहरूले गाजामा इजरायल र हमास बीचको युद्धमा प्यालेस्टाइनीहरूलाई समर्थन गर्न आफ्नो आक्रमणहरू भएको बताएका छन्। मध्यपूर्वमा चल्ने सामुन्द्रिक यातयातको निरिक्षण गर्ने युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार  घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको र कम्तीमा चारजना घाइते भएका छन् ।  जसमा तीन जनाको अवस्था गम्भीर छ। हुथीहरूको यस किसिमको लापरवाहपूर्ण आक्रमणले विश्वव्यापी व्यापारमा बाधा पुग्ने सेन्टकमले जानाएको छ । आक्रमणमा परेको कार्गोमा २० जना चालक दलका सदस्यहरू रहेका थिए । जसमा  १ जना भारतीय , ४ जना भियतनामी १५ जना फिलिपिनो नागरिक रहेका छन् । भने त्यस जहाजमा तीनजना सशस्त्र गार्ड–दुई श्रीलंका र एक नेपाली पनि थिए । हुथीहरूलेयमनी शहर अडेनबाट करिब ५० समुद्री माइल (९३ किलोमिटर) दक्षिण पश्चिममा आक्रमण गरेका हुन् । आक्रमणबाट मर्नेको शनाखत भने अहिलेसम्म हुन सकेको छैन ।

टी-२० विश्वकप तयारी गर्न क्रिकेट संघलाई प्रधानमन्त्रीले प्रदान गरे पाँच करोड

काठमाडौं । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ  प्रदान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष निर्देशनमा टी-२० विश्वकप तयारी गर्न सो रकम क्रिकेट संघलाई प्रदान गरिएको हो। आगामी १ देखि २९ जुन २०२४ मा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि सो रकम प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री पुनद्धारा कार्यभार ग्रहण,  अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र पुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् । अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।  “सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु” अर्थमन्त्री पुनले भने ।  अर्थमन्त्री पुनले जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्नेछु । अर्थमन्त्री पुनले भने, “असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २/३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्नेकुराहरु पनि मिल्यो ।”

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना र एकीकृत समाजवादीबाट २ जना गरी मन्त्रिपरिषद २० सदस्यीय भएको छ । सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा, सहरि विकास मन्त्री बनेका छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

समाजवादीका मन्त्रीले पनि आजै सपथ लिने

काठमाडौं। नेकपा समाजवादीका नवनियुक्त मन्त्री पनि आजै शपथ लिने भएका छन् । त्यसकै कारण बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भनिएपनि केही समय ढिलो हुने भएको छ।   अहिले भर्खरै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच बालुवाटरमा भएको छलफलबाट सो विषयको टुंग्गो लागेको हो । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेका कारण केही समय ढिलो भएको हो । समाजवादीबाट पनि मन्त्रीहरु आजको सपथ ग्रहणमा सहभागी हुने भएका छन् । समाजवादीका नेताहरु भानुभक्त जोशी सामान्य प्रशासन  र धनबहादु बुढा शहरी विकास मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागी हुन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, ऊर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन मन्त्री बन्दै छन्।  हितबहादुर तामाङले भने मन्त्री पदको शपथ लिइसकेका छन्। उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।  नेकपा (एमाले) बाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राईले मन्त्री पदको शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले शपथ लिए।  जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा सहभागी हुनेछ। जसपाले मन्त्रीको नाम टुङ्गो लगाएका छैनन्। 

सरकारमा सहभागी हुने निर्णयसहित प्रधानमन्त्रीसँग छलफलमा माधव नेपाल

काठमाडौं । सचिवालय बैठकलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न बालुवाटार गएका छन्। बालुवाटारमा माधव नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहित छलफल चलिरहेको छ । छलफलमा अन्य नेताहरु पनि सहभागी छन् । प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको समाजवादी प्रधानमन्त्रीसँग छलफलमा जुटेको हो।एकीकृत समाजवादी सत्ता समीकरणमा सहभागी हुने भएपछि सपथ ग्रहण केही ढिलो हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको छलफलबाट आजै समाजवादीका मन्त्रीलाई पनि सँगै सपथ गराउने कि मन्त्रीहरु पछि सहभागी गराउने निर्णय हुनेछ । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दियो ।   

सितल निवास पुग्यो आज सपथ खाने मन्त्रीहरुको नामावलि, सपथ पाँच बजे

काठमाडौं । सत्तागठबन्धनमा भागबन्डा टुंग्गिएको छ । भागबन्डा टुंग्गिए मन्त्रीहरुको नामावलि राष्ट्रपति निवास पुगेको छ । माओवादीबाट यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ । नेकपा एमालेले रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाएको छ ।नेकपा एमालेले पदम गरी कानुन मन्त्री,राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र  र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको छ । त्यसैगरी रास्वपाबाट रबि लामिछाने गृहमन्त्री डीपी अर्याल श्रममन्त्री, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्रीमा नाम पठाइएको छ । नयाँ मन्त्रिहरुले ५ बजे सितल निवास जाँदैछन् । नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ६ बजेसम्म सम्पन्न हुनेछ । बाँकि रहेका मन्त्रालयहरु समाजवादी लोसपा लगायतका दललाई दिइनेछ ।

एमालेका ९ मन्त्री जसले नेतृत्व गर्नेछन् यी मन्त्रालय

काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्षका अधिकांशले मौका पाएका छन् । नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाइएकाे छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ ।  नेकपा एमालेले पदम गरी कानुन मन्त्री,राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छी विकास, दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र  र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको छ ।

आरजुसहित माधव नेपालको निवासमा देउवा, माधवले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् । भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि रहेका छन् ।  यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर माधव नेपालसँग छलफल गरी गठबन्धनमा सहभागी गराउनेबारे माधव नेपाललाई सकारात्मक बनाएपछि देउवा सो वातावरण बिगार्न नेपालकोमा पुगेका हुन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ भनेका थिए ।जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएका छन् । केही समयमा बैठक बसेर एकिकृत समाजवादीले सत्ता गठबन्धनमा सहभागी हुने नहुनेबारे निर्णय लिंदैछ ।

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डा टुंग्गाएर आजै सपथ

काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ। सत्ता गठबन्धनको बैठक बिहान ९ बजे बोलाइएको छ । हिजो बसेको बैठककले सिट संख्याका बाँडफाडबारे मोटामोटी सहमति कायम गरेको एक नेताले बताए ।  आज बस्ने बैठकले सिट र मन्त्रालयको भागबन्डा टुंग्गाउनुका साथै नयाँ बन्ने मन्त्रिहरुको सपथ समेत आजै गराउनेगरी तयारी भएकाे गठबन्धनमा सहभागी एक नेताले जानकारी दिए ।  आज बस्ने सत्ता गठबन्धनको बैठक अगाडि गठबन्धनका सहभागी दलहरु आन्तरिक छलफलमा रहेका छन् ।

चल्न थाल्यो फेसबुक, समस्या हल गर्न लागिरहेको प्रवक्ता एन्डीको भनाई

काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको हो । ङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए। विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने, आफै डिलिट हुने  समस्या देखिएको भएपनि राति ९ बजेतिर एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिएको थियो । त्यसपछि विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका थिए । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका थिए । फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको थियो । सो समयमा मेटाकै ह्वाट्सएप भने चलिरहेको थियो  । फेसबुक, मेसेन्जर र इन्स्टाग्राम डाउन किन भएको भन्नेबारे मेटाले केही जानकारी दिएको छैन । यद्यपी मेटाका प्रवक्ता एन्डी स्टोनले (ट्विटर) एक्समार्फत मेटाको सेवाका कारण मानिसहरुलाई भएको समस्याबारे आफुहरु सचेत रहेको र त्यस समस्याको हल गर्न लागेको बताएका छन् ।

मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या

मेटाका प्रवक्ता एन्डी स्टोनले समस्या हल गर्न लागेको बताएका छन् ।

गठबन्धनमा सहकार्य गर्न माधव नेपाल सकारात्मक, पार्टीमा छलफल गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा सहकार्य गर्न सकारात्मक देखिएका छन्  । मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको भेटवार्ता सकारात्मक रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र उनी सकारात्मक रहेको पोख्रेलको भनाई थियो । आफु सकारात्म रहेको बताउँदै नेपालले नेकपा (एकीकृत समाजवादी)ले बुधबार बैठक राखेर बैठकबाट यस विषयको टुंगो लगाउने बताएका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु थिए ।