काठमाडौं विधिविज्ञान प्रयोगशालाको रिपोर्ट : सुसाइड नोट शालिनकै अक्षर

काठमाडौं । चितवन स्थित एक विद्यालयको होस्टेलमा १३ वर्षीया नाबालिका शालिन पोखरेलको शवसँगै फेला परेको सुसाइड नोट उनैले लेखेको अक्षर पुष्टि भएको छ। 

अक्षर म्याचिङका लागि प्रहरीले सुसाइड नोट र उत्तरपुस्तिका काठमाडौं विधिविज्ञान प्रयोगशाला पठाएको थियो। प्रयोगशालाको परीक्षणबाट नोट शालिनले नै लेखेको पुष्टि भएको हो। यसअघि पोस्टमार्टम रिपोर्टमा पनि शालिनको मृत्यु झुन्डिर नै भएको आएको थियो। भने बलात्कार नभएको मेडिकल रिपोर्ट आएको थियो।

उनका परिवारले भने शालिनको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए। प्रहरीले स्कुलका प्रध्यानाध्यापकसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । १२ फागुनमा उनी स्कुलकै होस्टलभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।  

यस्तो छ चार राजनीतिक दलबीच भएको सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

अस्वस्थ माधव नेपाललाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । केहि दिन अगाडि देखि अस्वस्थ रहेका नेपाललाई स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ माधव कुमार नेपालको निवास पुगेका हुन् ।

तीन मन्त्री नियुक्त, जिम्मेवारी पछि टुंग्गिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदा गर्दै पुनः आफ्नो नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी तत्काल आफैं राखेका छन् भने नयाँ गठबन्धनबाट तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन् । उनले हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई मन्त्री बनाएका छन् । तीन मन्त्रीको सपथ आजै भएको छ । तर उनीहरुको मन्त्रालय तोकिएको छैन ।  नयाँ गठबन्धनमा छलफलपछि मन्त्रालयको भागबण्डा गरिनेछ ।

शितल निवासमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं । सत्ता समिकरण फेरिएपछि तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भए पछि उनीहरुलाई सपथ गराइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका छन् । नव नियुक्त मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन ।

निजामती विधेयकः कर्मचारीको उमेर हद अवकाश ६० वर्ष

काठमाडौं  । सरकारले निजामती कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने गरी संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। हाल निजामती कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएका छन्। तर संसदबाट पारित भएर नयाँ ऐन लागू भएको एक वर्षसम्म भने कर्मचारीहरूको ५८ वर्षमा नै अवकाश हुनेछ। त्यस्तै, सरकारले ल्याएको विधेयकमा प्रदेशको मन्त्रालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको १० वर्षसम्म केन्द्रबाटै पठाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। समायोजन भएर गएका कर्मचारीहरू सम्बन्धित प्रदेश निजामती सेवामा कायम रहने व्यवस्था पनि विधेयकले गरेको छ। प्रदेश सरकारको प्रमुख सचिवको पद भने संघीय निजामती सेवाको पद हुने व्यवस्था विधेयकमा गरिएको छ।  ु१० वर्षपछि प्रदेश निजामती सेवामा अधिकृत बाह्रौं तहसम्मको पद कामय हुनेछ। प्रदेश सचिवको पद निजामती सेवाको बाह्रौं तहको पद हुनेछ । विधेयकमा भनिएको छ, ‘१० वर्षसम्म प्रदेश मन्त्रालयको सचिवका रूपमा नेपाल सरकारले सम्बन्धित सेवा र समूहका अधिकृत बाह्रौं तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउने छ।’ त्यस्तै, विधेयकले प्रत्येक प्रदेशमा स्थानीय सेवा रहने व्यवस्था प्रस्ताव गरेको छ। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद हुने व्यवस्था विधेयकमा छ।   महानगरपालिका र उपमहानगरपालिकामा एघारौं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने र नगरपालिकामा दसौं वा त्यस्तो कर्मचारी नभए राजपत्राङ्कित द्वितीय वा अधिकृत नवौं तहमा ३ वर्ष काम गरेको व्यक्ति हुने व्यवस्था प्रस्तावित छ। गाउँपालिकामा अधिकृत आठौं तहको कर्मचारी वा त्यस्तो कर्मचारी नभएमा राजपत्राङ्कित तृतीय श्रेणी वा अधिकृत सातौं तहमा ३ वर्ष पूरा गरेको कर्मचारी हुने छन्।   तर निजामती ऐन लागू भएको १० वर्षसम्म नेपाल सरकारले संघीय निजामती सेवाको प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाउने व्यवस्था पनि विधेयकमा छ। तर सरकारले विधेयकमा यदि केन्द्रबाट नखटाइएको अवस्थामा स्थानीय तहमा प्रदेशले खटाउन सक्ने व्यवस्था पनि एकसाथ गरेको छ।  ुनेपाल सरकारले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउनुपर्ने सम्बन्धित तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउने छ । विधेयकमा लेखिएको छ, ‘सरकारले नखटाएको अवस्थामा प्रदेश सरकारले प्रदेश निजामती सेवाको सम्बन्धित तहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउन सक्नेछ।’ विधेयकले निजामती कर्मचारीहरूलाई राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन र राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेशागत संगठनको सदस्यता लिन राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको छ।  त्यस्तै, सरकारका नीतिको आलोचना गर्न, लेख लेख्न वा सञ्चार माध्यमलाई खबर दिन समेत रोक लगाएको छ।  विधेयकमा कर्मचारीहरूलाई प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ। ुबन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, कलम बन्द गर्न, तालाबान्दी गर्न वा अन्य कुनै तरिकाबाट सरकारी काममा बाधा पुर्‍याउन वा सो कार्य गर्ने उद्देश्यले उक्सान नहुनेु व्यवस्थ विधेयकमा छ। कर्मचारीहरूलाई विधेयकले खुला बजारबाट सेयर खरिद गर्न अनुमति दिएको छ।   ुकर्मचारीले खुला बजारबाट सेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद गर्न सक्ने प्रावधान विधेयकमा छ।

माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको होइन : प्रधानमन्त्री

'साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ'

म रहेसम्म जनताको पक्षमा उथलपुथल हुन्छः प्रचण्ड

मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं ।

पाकिस्तानको प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेतृत्वको गठबन्धनका संयुक्त उमेदवार शाहबाज शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  राष्ट्रियसभा वा संसद्को तल्लो सदनबाट आइतबार भएको मतदानबाट उनी पाकिस्तानको २४औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका हुन् ।   आइतबारको मतदानमा तल्लो सदनको कुल २९३ मतमध्ये २०१ मत प्राप्त गरेका पीएमएल–एनका अध्यक्ष शरिफले उनलाई प्रधानमन्त्री घोषणा गरे । शरिफका एकमात्र प्रतिद्वन्द्वी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) र पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफका संयुक्त उमेदवार उमर अयुब खानले ९२ मत प्राप्त गरेका थिए ।  ३३६ सदस्यीय राष्ट्रियसभाको निर्वाचनका लागि कुल १६९ मत आवश्यक थियो । शरिफले पीएमएल–एन, पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान र अन्य सहयोगीहरूबाट भोट पाएका थिए ।  यसअघि २०२४ फेब्रुअरी ८ मा भएको मुलुकको आमनिर्वाचनपछि बनेको नयाँ सदनबाट शुक्रबार राष्ट्रियसभाका सदस्यहरू सदिकलाई सभामुख र सैयद गुलाम मुस्तफा शाहलाई उपसभामुखमा निर्वाचित भएका थिए ।  

नयाँ मन्त्रीको शपथका लागि शीतल निवासमा तयारी

काठमाडौं । नयाँ सत्ता समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी पुरा भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शपथ ग्रहणका लागि शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपति कार्यालय शपथ ग्रहणका लागि पत्रको प्रतीक्षामा छ । पत्र प्राप्त भएपछि शपथको समयको टुङ्गो लाग्नेछ । यसअघि सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीको शपथ बारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् ।  कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले एमाले बाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका छन् ।  नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा लिखित सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतले  ५ बजेपछि शपथ गराउने गरी राष्ट्रपति कार्यालयमा पत्र पठाउने तयारी भएको जनाएको छ ।

मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउने कार्यदलमा को को छन् ?

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका एक नेताले जानकारी दिए । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

मन्त्रीको शपथ लिँदै पदम, हितबहादुर र डीपी

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन् ।  यी तीन मन्त्रीले आज दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनैजना विनाविभागीय मन्त्री बन्न लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो राष्ट्रिय सभागृहमा शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।  

नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ

काठमाडौं। राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकि हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम भएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो ।  राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् । शपथ लिने नवनिर्वाचित सदस्यहरू कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल,  पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द रहेका छन् ।

शितल निवासमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् । नयाँ समीकरणबाट संघीय सरकार बनाउने समझदारी बनेपछिको नयाँ परिस्थितिलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति निवास गएका हुन् । प्रधानमन्त्री प्रचण्ड आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा छन्।  माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ।

‘बदाम खाको सुन्तला छोडाको, कुरा मिल्यो पुरानो जोडाको’

नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ