को हुन् सोमबार थपिएका ७२ जना संक्रमित ?
काठमाडौंः नेपालमा थप ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६७५ जना पुगेको छ । संक्रमितमध्ये तीनजनाको मृत्यु हुँदा १०३ जना निको भएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमबार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् ।
उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो ।
को हुन् सङ्क्रमित ?
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन् ।
रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाडौंका तीन–तीन जनामा पनि कोभिड(१९ पुष्टि भएको छ ।
काठमाडौंमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन् । त्यसैगरी बारा र सप्तरीमा दुई–दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ ।
बढ्दै संक्रमित
नेपालमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ । कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले सङ्ख्या बढेको उल्लेख गरिरहेका छन् ।
कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको सङ्ख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन् । सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन् ।
लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो सङ्ख्यामा देश भित्रिएसँगै क्वारन्टीनहरूमा बस्नेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।
युवतीले नै बोलाएर विवाहका लागि गएका थिए नवराज, तर दलित भन्दै गाउँलेले यसरी गरे हत्या
जाजरकोट: भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो। तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे। केटाको घरमासमेत केटी आउजाउ गर्थिन्। आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे। एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन्। स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको छ । बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो। प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलीमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरे। १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए। केटीका आमाबुवाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाई छ। घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भेरी ४ का गणेश विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी १ का टीकाराम सुनार वेपत्ता छन्। तीमध्ये एक जनाको शव फेला परेको छ। नवराजसहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै स्थानीयले आक्रमण गरेको स्थानीयले बताएका छन्। तर, केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेका लागि अस्वीकार गरे पनि जबर्जस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन्। ‘दुलही लिन गएको छोरा लाश बनेर आयो,’ बाबु मोहन विकले भने, ‘घटना सुनेदेखि आमा बेहोस् छिन्। पुलिसको जागिर खाएर बिहे गर्छु भन्थ्यो। पापीहरुले कलिलैमा हत्या गरिदिए।’ याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्।
काठमाडौं उपत्यकामा कोरोना जोखिम, सय बढी घर सिल
काठमाडौं: कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ । ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको आजको नागरिक दैनिकमा खवर छ । सम्बन्धित समाचारः काठमाडौंमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, कुन–कुन ठाउँका हुन् ?
प्रचण्डद्वारा ईदुल फित्रको शुभकामना व्यक्त
काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना दिएका छन् । प्रचण्डद्वारा शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक रहेको र विविधता भित्रको एकता नै मौलिक विशेषता र पहिचान रहेको उल्लेख गरिएको छ । बहुधर्म र संस्कृतिले नै समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने प्रचण्डले बताएका छन् । सबैलाई कोरोनाविरुद्धको संघर्षमा एकतावद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै प्रचण्डले ईदुल फित्र चाडको अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
भारतले सत्य स्वीकार्नैपर्छ, सीमा विवादमा चीनलाई मुछ्नु अनावश्यकः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारत सीमा विवादमा चीनलाई घिसार्नु अनावश्यक भएको बताएका छन् । रिपब्लिका दैनिकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री ज्ञवालीले सीमा विवादलाई बिना आग्रह, पूर्वाग्रह संवाद र विश्वासयोग्य वातावरणमा हल गर्नु जरुरी छ । उत्तेजना या आवेगमा आएर सीमा समस्या समाधान हुन नसक्ने उनले बताए । नेपाल र भारतीबीचको सीमा विवाद नयाँ नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले यो विषयलाई चाँडै हल गर्ने समेत जनाए । “हामी इतिहासको बोझ हटाउन चाहन्छौं ।” मन्त्री ज्ञवालीले भने, “भारतले पनि यो कुरा बुझ्नु जरुरी छ ।” नयाँ नक्सा प्रकाशित गरेपछि भारतसँग औपचारिक वार्ता या कुराकानी नभएपनि बिभिन्न च्यानलमार्फत कुराकानी भइरहेको उनले बताए । भारतीय मिडियाहरुले यो विषयलाई अतिरञ्जित गरेको उनको टिप्पणी थियो । भारतसँग बारमबार सीमा विवाद हल गर्न वार्ताका लागि अनुरोध गरिएपनि त्यो दिशामा भारत सरकारले खासै उत्साह नदेखाएको उनको आरोप छ । २०१५ मा चीन र भारतले व्यापारिक नाका खोल्दा र नोभेम्बर २, २०१९ मा भारतले नयाँ नक्सा जारी गर्दा समेत नेपालले औपचारिकरुपमा भारतसँग बिरोध व्यक्त गरेको उनले स्मरण गरे । “हामीले दुबै देशहरूलाई बारम्बार भन्यौं कि भूमि हाम्रो हो। यो भावनाबाट उत्पन्न भएको थिएन, ऐतिहासिक तथ्य र प्रमाणमा आधारित थियो। ” अन्तर्वार्तामा उनले भनेका छन्, “हामीले धेरै पटक वार्ताको लागि अनुरोध गरेका थियौं। हामीले नयाँ दिल्लीमा वार्ताको लागि दुईवटा सम्भावित मितिहरू पनि पठायौं, तर कुनै प्रतिक्रिया आएको छैन।” “ऐतिहासिक तथ्यहरूले उक्त क्षेत्र नेपालको भएको प्रमाणित गरेको बताउँदै ज्ञवालीले नेपालको बिरोधपछि भारतबाट उक्त क्षेत्रमा कुनै गतिविधि नगर्ने आशा राखेका बताए । “हामीले यस क्षेत्रमा यथास्थिति आशा गरेका थियौं। यस महामारीको बिचमा लगभग सडक परियोजनाको उद्घाटन हुनेछ भनेर कसैले पनि आशा गरेका थिएनन्।” उनले भनेका छन्, “अहिले हामीले सडकको वैधतामाथि प्रश्न उठाएका छौं र त्यो बमोजिम विरोध गरेका छौं, र यसैले नेपालको स्थिति स्पष्ट छ।” भारतीय मिडियाको विकृत विचार भारतका कतिपय मिडियाले चीनले उक्साएर नेपालले बिरोध गरेको कुरा गर्नु विकृत मानसिकता भएको ज्ञवालीले बताएका छन् । नेपालको तुलनामा भारतसँग चीनको लामो सीमा रहेको तथा भारत र चीनको वार्षिक व्यापार ८० बिलियन भन्दा बढी भएको तथ्य भारतीय मिडियाले नहेरेको उनले बताए । भारत र चीनले नाथुला पासमा व्यापारिक नाका खोल्ने निर्णय गरेको तथ्य मिडियाले बिर्सेको उनले टिप्पणी गरे । नेपाल चीन सम्बन्धमा भारतीय मिडियाले उठाएका प्रश्नहरु पूर्वाग्रह र पागलपन मात्रै भएको उनको जिकिर छ । नेपालका निकट दुई छिमेकी चीन र भारतसँग समानस्तरमा सम्बन्ध विकास गर्न मन्त्री ज्ञवालीले जोड दिएका छन् । “हामीसँग दुई छिमेकीहरू छन्, र हामीले अर्को ढोका खोल्नको लागि ढोका बन्द गर्न गर्न सक्दैनौं।” उनले भनेका छन्, “हाम्रो लागि दुबै छिमेकीहरू समान महत्वका छन्। तिनीहरूको फरक गतिशीलता छ, तर एक अर्को द्वारा प्रतिस्थापन गर्न सकिदैन।” नेपाली भूमि छिमेकीविरुछ प्रयोग गर्न नदिने नीतिमा नेपाल सधै दृढ रहेको समेत उनले बताए । चीनलाई घिसार्नु अनावश्यक “म नेपाल र भारत बीचको सीमा विवादमा अरु देशहरुलाई घिसार्ने विचारलाई पूर्णरुपले अस्वीकार गर्छु” मन्त्री ज्ञवालीले भनेका छन् “त्रिदेशीय बिन्दु निक्र्यौल गर्ने बेला चीनसँग वार्ता हुन्छ तर त्यो पछिको कुरा हो ।” भारत र चीन दुबैलाई यस मुद्दामा आफ्नो स्थिति स्पष्ट रुपमा भनेका उनले बताए । छौं। चीन र भारतले व्यापारिक नाका खोल्ने निर्णय गर्दा त्रिदेशीय बिन्दुमा नेपालको उपस्थिति र अनुमतिबिना हामी यस्ता सम्झौताहरू स्वीकार गर्दैनौं भन्ने तथ्य दुब दुबै छिमेकीहरूलाई बुझ्न अनुरोध गरेको र यो मुद्दा अझै हल नभएको उनले बताए । तर भारत र नेपाल सीमा विवादको विषय भने द्विपक्षीय मुद्दा भएको उनको ठहर छ ।
बंगालको खाडी नजिक शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
काठमाडौंः बंगालको खाडी नजिकै शक्तिशाली चक्रवात बनिरहेको छ । भारतीय मौसम विभागका अनुसार अंपुन नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ । यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ। चक्रवातका कारण आउने आँधी र भारी वर्षाबाट बच्न ती २ राज्यमा उच्च सतर्कता अपनाइएको छ । यो चक्रवातको प्रभाव मे २१ सम्म रहनेछ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ । हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ,‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २(३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।’
कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले ५० हजार सहयोग गर्ने
काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
कोरोना संक्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा
कामडौंः कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए । सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको छ । शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पिसिआर परीक्षणसमेत गर्न लागिएको उनले सुनाए । कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि नष्ट गरिएको छ । कोरोना सङ्क्रमित भई निधन भएकाको शव जलाएपिच्छे पीपीई परिवर्तन गर्दा अभाव हुनसक्ने चुनौतीसमेत थपिएको छ । कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको छ । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । २ कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ । कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने कर्मचारीको समेत अभाव हुन सक्ने देखिएको छ । जम्मा छ जना कर्मचारीले हाल तालीम लिएर यन्त्र चलाउँदै आएका छन् । पिसिआर परीक्षणपछि कर्मचारीलाई कोरोना पोजेटिभ देखिए अरुलाई तालीम दिन ३ महिना लाग्नेछ । नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालीम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्नसक्ने जनाइएको छ । पशुपतिको क्रियापुत्री घर पनि सरसफाइका लागि तीन दिनसम्मका लागि बन्द गरिएको छ । १३ दिनसम्म क्रियापुत्री बसिकेपछि सफाइका लागि तीन बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री एवं भेटघाटका लागि आउने आफन्तमा कोरोना सङ्क्रमण नफैलियोस् भनी यस्तो सतर्कता अपनाइएको कोषले जनाएको छ । रासस
भक्तपुर नगरपालिकाका २ कर्मचारीमा आरडीटी पोजिटिभ
भक्तपुरः भक्तपुरका नगरपालिकाका २ कर्मचारीको आरडीटी पोजिटिभ देखिएको छ । भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयले गरेको उक्त परीक्षणमा १ वडा सचिव र अर्को सफाइ मजदुरको आरडीटी परीक्षण पोजिटिभ देखिएको हो । आरडीटी पोजिटिभ देखिएपछि भक्तपुर नपा ९ निवासी वडा सचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । त्यस्तै उनीहरूको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिलाई सचेत गरिएको उनको भनाइ थियो । उनले आरडीटी परीक्षण विश्वसनीय नभएकाले त्यसबारे हल्ला नगरिएको बताइन् । ‘भक्तपुर नपाका दुई कर्मचारीको आरडीटी परीक्षण पोजिटिभ आएको हो, प्रजिअ पाण्डेले भनिन्, ‘आरडीटी परीक्षण त्यति विश्वसनीय छैन । फेरी पीसीआर रिपोर्ट पनि आएको छैन । त्यसैले हल्ला नगरिएको हो ।’ उनका अनुसार आरडीटी परीक्षण पोजिटिभ आएपछि उनीहरुलाई पीसीआर परीक्षणको लागि टेकु पठाएइको छ ।
खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाखको मदिरा बरामद
धनगढीः कैलालीमा खाद्यान्न बोकेको मिनिट्रकबाट १ लाख १५ हजार बराबरको मदिरा बरामद गरिएको छ । नुन लगायत खाद्यान्न बोकी धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से १ ख २०१० नम्बरको मिनिट्रकलाई चटकपुरमा रोकी चेक गर्दा १ सय २६ पेटी मदिरा बरामद गरिएको हो । चालक गोदावरी नगरपालिका-४ का नरेन्द्र सिंह महरालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए । उनले ट्रक र मदिरा धनी धनगढी उपमहानगर १३ बस्ने दिनेश पन्तलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको बताए । बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाइने उनले बताए ।
कोरोनाले मृत्यु भएकी महिलाको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ
काठमाडौंः कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको हो । महिलाका नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नदेखिएको धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले बताए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिलाको बिहीबार मृत्यु भएको थियो ।
नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिन्छः मुख्यमन्त्री भट्ट
डोटीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन् । रासससँग फोन संवाद गर्दै मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, ‘हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।’ फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । मुख्यमन्त्री भट्टले थप भने, ‘लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।’ मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उनले जानकारी गराए । मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्नसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गरे ।
अब कुकुरले सुँघेरै काेराेना टेष्ट गर्ने, यस्तो हुँदैछ तयारी !
लण्डनः कोरोना भाइरसलाई सुँघेर पत्ता लगाउन सकिएला ? आरडिटी परीक्षणको नतिजामा समेत विश्वस्त हुन नसकिने अवस्थामा सुँघेर जाँच गर्ने कुरामा विश्वास गर्न सकिएला र ? तर बेलायतले भने यस्तै एउटा परीक्षण गर्न शुरु गरेको छ । डेलिमेलको एउटा रिपोर्ट अनुसार, सुँघेर नै कोरोना भाइरस पत्ता लगाउन कुकुरलाई तालिम दिएको छ । यो तालिम सम्पन्न भएसँगै परीक्षण ट्रायल शुरु गरिने छ । यसका लागि सरकारले ७ करोड रुपैयाँ समेत उपलब्ध गराएको छ । यदि यो अनुसन्धानलाई सफलता पाइएको खण्डमा यो संसारकै ऐतिहासिक कदम हुने छ । लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम), च्यारिटी मेडिकल डिटेक्शन डग्सर डरहम यूनिभर्सिटीका अधिकारीहरुले यो अनुसन्धानको कमाण्ड गरेका छन् । एलएसएचटीएमका प्रोफेसर जेम्स लोगनले अनुसन्धानबाट आशावादी रहेको बताएका छन् । अनुसन्धानकर्ताहरुले दावी गरे अनुसार, यदि यो अनुसन्धान सफल भयो भने एक घण्टामा दुई सय ५० जनाको जाँच कुकुरले गर्न सक्नेछन् । कोरोनाका लक्षण नदेखिने बिर बिरामीमा समते कुकुरले सुँघेर थाहा दिनेछ । प्रयोगशालामा भने एउटा जाँच गर्न कम्तिमा पनि ५ देखि ६ घण्टा लाग्ने गर्दछ । कुकुरमा मानिसको तुलनामा १० हजार गुणा बढी सुँघ्ने शक्ति हुन्छ । ल्याब्राडोर्स र कुकर स्पेनियल्स जस्ता कुकुरको विशेष प्रजाति यसअघि नै क्यान्सर, मलेरिया र पार्किन्सन जस्ता बिमारीलाई मानिसको शरीरमा पत्ता लगाउने काम गरिसकेका छन् । डरहम विश्वविद्यालयका प्रोफेसर स्टिभ लिण्ड्सेका अनुसार, कोरोना भाइरस बिमारीलाई फेरी देखिनबाट रोक्न कुकुर निकै सहयोगी बन्न सक्छन् । कुकुरलाई इरयोपोर्ट जस्ता संवेदनशील सार्वजनिक स्थानमा राख्ने गरिन्छ । कुकुरले लागुऔषध र विष्फोटकलाई पनि सुँघेर पत्ता लगाउने क्षमता राख्छन् । श्वास प्रक्रियासँग जोडिएका केही रोग, जुन गन्ध बदल्ने किसिमका हुन्छन्, तिनीहरु भने यो परीक्षणमा कुकुकरका लागि चुनौती हुने बताइन्छ । अनुसन्धानमा भनिएको छ– कुकुरमा गन्ध चिन्ने शक्ति यति बढी हुन्छ कि तपाईले ओलपिक साइजको स्वीमिङ पुलमा एक चम्मच चिनी घोल्नुभयो भने पनि कुकुरले त्यसलाई सजिलैसँग पत्ता लगाउन सक्छन् ।
आरडिटी पोजेटिभ देखिएका ७ जनाको पीसीआर रिपोर्ट आयो
बझाङः आरडिटी पोजेटिभ देखिएका ७ जनाको पीसीआर रिर्पोट आएको छ । धनगढी प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा उनीहरूको रिर्पोट नेगेटिभ आएको हो । भारतबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिकाका ७ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले बताए । र्यापिड टेस्टमा पोजेटिभ देखाएका १३ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ ।
अमेरिकन आइडलको उपविजेता बने नेपाली युवक दिवेश
काठमाडौंः नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । आर्थर गनले चिनिले २२ वर्षीय दिवेश आइडलको उपाधि जित्न चुके । भोटिङका आधारमा दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् । उपाधि जित्न नसकेपनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्दै आएका छन् ।
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका
काठमाडौं: लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ । गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले जानकारी दिइन् । गत वैशाख दोस्रो साता उपत्यकामा अलपत्र परेका तथा गाउँ फर्किन चाहनेहरूका लागि राजनीतिक पहुँचका आधारमा गाउँ पठाइएको थियो । लकडाउनको बिचैमा तीन दिन भीडभाड लागेको थियो भने केन्द्र सरकारले आँखा चिम्लिदिएको थियो । सोही समयमा उपत्यकामा थुप्रै व्यक्ति भित्रिएको उपत्यका छिर्ने नाकाका स्थानीय बताउँछन् । राजनीतिक पहुँचका आधारमा वैशाख अन्तिम सातासम्म थुप्रै व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । यसरी उपत्यका भित्रनेहरू क्वारेन्टाइन नबसी सिधै आफ्नो कोठामा पुग्ने गरेका थिए । तीमध्ये कतिपयले आफ्नो स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमणको पुष्टिसमेत भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

