केहीबेरमा मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनबारे के होला निर्णय ?
काठमाडौंः मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दै छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा सहभागी हुन मन्त्रीहरु आउने क्रम शुरू भएको छ ।
लकडाउन खुकुलो बनाउनुपर्ने माग चौतर्फी उठिरहेको छ । बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने र त्यसबारे केही निणर्य गर्न सक्ने सम्भावना रहेको छ ।
नेपालमा बैशाख २५ गतेसम्म लागि लकडाउन घोषणा गरिएको छ ।
पाल्पा–१ का सांसद रानाले वामदेवका लागि राजीनामा देलान् ?
काठमाडौंः नेकपा उपाध्यक्ष वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने समाचार आइरहेका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । निर्णयसँगै गौतम पाल्पा–१ बाट चुनाव लड्ने चर्चा भइरहेको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए । आमनिर्वाचनमा तत्कालीन एमाले उम्मेदवार रानाले ३२ हजार ५ सय ४९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए । के भन्छन् राना ? तर, पाल्पा–१ का सांसद रानाले भने वामदेव आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने कुरा झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको बताएका छन् । शनिबार मध्यराति फेसबुक स्टाटस लेख्दै उनले भनेका छन्, ‘बैठकमा र सम्बन्धित कसैसंग पनि छलफल र चर्चा नै नभएको बिषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’ साथै उनले सचिवालयका निर्णयले खुसी भएको बताएका छन् । बुधबार बसेको नेकपा सचिवालय बैठकले नेताहरुले आत्मालोचना गर्ने, २४ गते सचिवालय, २५ गते स्थायी कमिटी बैठक गर्ने, वामदेव गौतमलाई सांसद बनाउनेलगायतका निर्णय गरेको थियो ।
चीनको सक्रियतामा नेकपामा युद्धविराम !
काठमाडौंः सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले पनि भूमिका खेलेको नेताहरूको भनाइ छ । उत्कर्षमा पुगेको नेकपा विवाद मिलाउन पार्टीभित्रका नेताहरू सक्रिय थिए । त्यति मात्र होइन, चिनियाँ कम्युनिस्ट पार्टी र काठमाडौंस्थित दूतावासले पनि भूमिका खेलेको सचिवालयका एक नेताले बताए । ‘योबीचमा चिनियाँहरू सक्रिय भएका छन्, उनीहरूले राष्ट्रपति, दुवै अध्यक्ष, वरिष्ठ नेता माधव नेपालसँग पनि संवाद गरेका छन्, उनीहरूको पहलले पनि काम गरेको देखिन्छ,’ उनले भने । सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो । नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा दुईतिहाइ दिएकाले शीर्ष नेताहरूमाथि दबाब थियो, तर छिमेकी मित्रहरूको भूमिकाले पनि समझदारी निर्माणमा सघाउ र्पुयाएको छ ।’ नेकपामा आन्तरिक विवाद बढिरहेका वेला चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता तीव्र पारेकी थिइन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेकी थिइन् । यान्छी सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुगेकी थिइन् । त्यहाँबाट उनले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गरेकी थिइन् । दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्केकी थिइन् । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपटक टेलिफोन संवाद गरेका थिए । यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा ताओले कोरोना महामारीमाथि पश्चिमा मुलुकले चीनविरुद्ध राजनीतीकरण गरेको आरोप लगाउँदै चीनले ऐक्यबद्धता खोजेको बताएका थिए । नेकपा एकीकरणपछि चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध बढेको छ । एकतालगत्तै दुवै देशका पार्टीका नेताहरूको भ्रमण बाक्लिएको छ । अझ, नेकपाले सी विचारधारामाथि प्रशिक्षण कार्यक्रमसमेत चलाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेकपा विवादः शक्ति बाँडफाँडदेखि मुख्यमन्त्री र मन्त्री परिवर्तन हुने
काठमाडौंः सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपराह्न बसेको सचिवालय बैठकले पार्टी विवाद समाधान गर्ने र पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ । विवादको केन्द्रमा रहेको प्रधानमन्त्री र पार्टीअध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने विषयले शनिबारको बैठकमा प्रवेश नै पाएन । आजको नयाँ पत्रिका दैनिकका अनुसार नेताहरूबीच शक्ति बाँडफाँडमा पनि संवाद भएको छ । २५ वैशाखको स्थायी समिति बैठकअघि सरकार र पार्टी नेतृत्वमा सञ्चालनमा समझदारी विकास हुने सम्भावना भएको स्थायी समितिका एक सदस्यले बताए । सरकार र पार्टी सञ्चालनबारे दुई अध्यक्षबीच काम बाँडफाँड गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा गृहकार्यको सम्भावना छ ।
लकडाउन खुकुलो गर्न बन्यो कार्ययोजना
काठमाडौं– लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो । जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू
काठमाडौंः कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ । काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपैयाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिष/सीएम (जेभी)ले पाएका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने
काठमाडौंः नेकपा उपाध्यक्ष वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । निर्णयसँगै गौतम पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए । रानाले राजीनामा दिएर गौतम उपनिर्वाचनमा उम्मेद्वार बन्नेछन् । आमनिर्वाचनमा तत्कालीन एमाले उम्मेदवार रानाले ३२ हजार ५ सय ४९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए ।
यी हुन् नेकपा सचिवालय बैठकले गरेको निणर्य (सूचीसहित)
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले निम्न निणय गरेको छः १. उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने । २. सचिवालय बैठक बैशाख २४ गते बस्ने । ३. स्थायी कमिटी बैठक बैशाख २५ गते बस्ने । ४. पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन हुने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् । ‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संकट समाधान भएपछिवरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर आजको बैठकमा नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन तयारी गरेको जानकारी गराए । बजेटबारे पार्टीमा छलफल गर्ने । आफ्ना कार्यकर्तालाई पार्टीलाई फुटउन्मुख बनाउने कुनै पनि क्रियाकलापमा सामेल नहुन बैठकले निर्देशन दिएको छ।
नेकपामा ‘तेस्रो अध्यक्ष’को च्याप्टर क्लोज !
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तेस्रो अध्यक्षको प्रस्ताव अगाडि नबढ्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि नबढाउने निर्णय गरेको हो । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संकट समाधान भएपछि नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर नेता नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् । ‘तीन अध्यक्ष राख्ने प्रस्ताव मा सामान्य छलफल भएको थियो । र, यसरी अध्यक्ष बन्न माधवकुमार नेपाल स्वयंम सहमत हुनु भएन’ प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘तीन अध्यक्ष राख्ने प्रस्ताव अब अगाडि बढ्दैन ।’ नेकपामा माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने अडान राख्दै आएको थियो । यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् । अनलाइनखबर
नेकपा विवादः बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बस्ने
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बैशाख २४ गते बस्ने भएको छ । आज बसेको बैठकले २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यसअघि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेका थिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, यसबारेमा आजको बैठकमा केही निर्णय भएन ।
अन्ततः प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा मागे माफी
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए । ‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, अन्य निर्णय के भए त्यो बताइएको छैन ।
नेकपा सचिवालय बैठक सकियो, बामदेवलाई प्रतिनिधिसभामा लगिने
काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको बताए । पार्टीमा विवाद बढ्दै गइरहेको बेला बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । आजको बैठकले उक्त प्रस्तावबारे छिनोफानो गर्ने बताइएको थियो । तर, अन्य निर्णय के भए त्यो बताइएको छैन ।
ताप्लेजुङ सदरमुकाममा आगलागीः ७ करोड बढीको क्षति
ताप्लेजुङः सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट ७ करोड रुपैयाँ बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीबाट ८ घर जलेका छन् । अन्य केही घरमा आंशिक क्षति भएको थियो । ८ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले ८ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । राति करिब १०ः३० बजेदेखि सुरू भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।
शिक्षामन्त्री पोखरेलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
महोत्तरीः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जिल्लाका स्वास्थ्य केन्द्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित रहेका मन्त्री पोखरेलले जिल्लाका पाँच प्राथमिक स्वास्थ्य केन्द्रका लागि कोभिड–१९ जाँचमा आवश्यकपर्ने स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् । बर्दिवास नगरपालिका–३ स्थित आधारशीलामा मन्त्री पोखरेलले हस्तान्तरण गरेका सामग्री जिल्लाका गौशाला, रामगोपालपुर, पिपरा, लोहारपट्टी र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भएको स्पष्ट पारे । दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने उनको भनाइ छ । प्रदान गरिएका सामग्रीमा मास्क, पञ्जा, पीपीई, थर्मलगन, थर्मोमिटर, सुजकभर, फेसलाइट, स्यानिटाइजर, पञ्जासहितका सामग्री छन् । त्यसैगरी मन्त्री पोखरेलले १५ शय्याको अस्पताल सञ्चालनका लागि बर्दिवास अस्पताल भेन्टिलेटरसहितका उपकरण र अन्य स्वास्थ्य सामग्री बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र कोभिड–१९ सँगसम्बन्धित सुरक्षा प्रबन्धका सामग्री गौशाला तथा भङ्गाह नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो र सञ्जिवकुमार साहलाई हस्तान्तरण गरे । वितरण गरिएका सामग्रीमा पञ्जा १० हजार थान, सर्जिकल मास्क १८ हजार थान, पञ्जा १० हजार थान, पिपिई ७५ थान, थर्मलगन छ थान, लाइफब्वाय साबुन २५२ वटा, थर्मोमिटर १५ थान, सुजकभर ५० थान, फेसलाइट ५० थान र स्यानिटाइजर १०० लिटर रहेको सो अवसरमा जानकारी दिइएको थियो । बर्दिवास अस्पताललाई यसबाहेकका उपकरण प्रदान गरिएको छ । हस्तान्तरण गरिएका सामग्री स्वास्थ्य सेवा विभाग र वेभ ट्रेण्ड कन्सर्न, निक साइमन, साझा सहकारी संस्थासहितका सामाजिक सङ्घसंस्था र व्यक्तिगत तवरले सन्तोष दाहालसहितबाट प्राप्त भएका मन्त्री पोखरेलले जानकारी दिए । प्राप्त सामग्रीबाट अहिलेको कोभिड–१९ सम्बन्धित जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य केन्द्र र क्वारेन्टाइन केन्द्रमा पुर्याइने खत्रीको भनाइ छ ।
पासमा आफै मिति सच्याएर गाडी दौडाउँदै
काठमाडौंः मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न सुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन । झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ । कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिए । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ । “धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, “तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्रहरीको पूरा निगरानी हुन्छ ।” स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो । लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहेँलो पास जारी भयो । गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ । तर एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताए । जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ । अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ । आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ । दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ । यसरी उल्लङ्घन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर ३/४ दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ । स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ । उपत्यकामा बढ्न थाल्यो सवारीको चाप पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् । सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिए । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ । यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए । कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ ।रासस
२४ लाखसहित २ जना हुण्डी कारोवारी पक्राउ
काठमाडौंः काठमाडौं महानगरपालिका–१३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले नगद २४ लाख २१ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा भारत मोतियारी घर भएर हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौं नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो । उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

