टिपरको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत

महेन्द्रनगरः कञ्चनपुरमा टिपरको ठक्करबाट ज्यान गुमाएकी युवतीको सनाखत भएको छ । टिपर दुर्घटनामा बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ गोवरीया बस्दै आएकी २० बर्षीया रमिता भट्ट रहेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनको बिहीबार अपरान्ह टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको पहरीले जनाएको छ । जिल्लाको महेन्द्रनगर चम्मनचोकमा भएको उक्त घटनामा से१क ८८७ नम्बरको टिपरले साइकलमा गइरहेकी भट्टलाई ठक्कर दिएको थियो ।

घटना लगत्तै चालक फरार भएका छन् । घटनापछि महेन्द्रनगर अहिले तनावग्रस्त भएको छ।

सत्य निरूपणमा भट्ट र बेपत्ता छानविन आयोग अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौंः सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्य निरूपण तथा मेलमिलाप आयोग अध्यक्षमा गणेशदत्त भट्ट (डडेल्धुरा)लाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । उक्त आयोगको सदस्यमा प्रचण्डराज प्रधान (काभ्रेपलान्चोक), डा.गोविन्द गौतम (दाङ), मन दाहाल (मोरङ) र विष्णु पोखरेल (बर्दिया, रहेका छन् । बाँस्कोटाका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी (भोजपुर), सदस्यमा विश्वप्रकाश भण्डारी (चितवन), गंगाधर अधिकारी (बागलुङ), सुनिल रञ्जना सिंह (सर्लाही) र सरिता थापा (तनहुँ) लाई नियुक्त गर्ने निर्णय गरिएको छ । नाम सिफारिस गर्ने जिम्मेवारी पाएका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको थियो ।

प्रदेश–२ मा दलिततर्फ नेकपाका पासवान विजयी

जनकपुरः राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश २ को दलिततर्फको कोटामा नेकपाका उमेदवार राधेश्याम पासवान विजयी भएका छन् । नेकपा–राजपाका संयुक्त उमेदवार पासवानले समाजवादी दलका उमेदवार रामप्रित पासवानलाई पराजित गरेका हुन् । राधेश्यामले स्थानीयतर्फ १४२ मत प्राप्त गरेका छन् भने प्रदेशतर्फ ५७ मत गरी ५२९२ मतभार प्राप्त गरेका छन् । त्यसैगरी समाजवादीका उमेदवार रामप्रित पासवानले स्थानीयतर्फ १२८ मत र प्रदेशतर्फ ५० मत गरी ४७०४ मतभार प्राप्त गरेका छन् । दलिततर्फ नेकपाका राधेश्याक पासवान विजयी भएका छन् । यसअघि महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी थिइन् । अहिले अल्पसंख्यक र खुलातर्फको मतगणना भइरहेको छ । प्रदेश २ मा शतप्रतिशत मतदान भएको थियो ।

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

कास्कीः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउँदै विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ३२ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारले जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ । बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त कुरा जानकारी दिए । त्यस्तै, यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धाति समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको, गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने, सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ । यस्ता छन् माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३२ वटा निर्णयः

राष्ट्रियसभा निर्वाचनः ९८ प्रतिशत मतदान, ६ बजेदेखि मतगणना

काठमाडौंः राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको बताए । अहिले मतपेटिका संकलन भइरहेको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुनेछ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ ।

टिप्परको ठक्करबाट महेन्द्रनगरमा महिलाको मृत्यु

कञ्चनपुरः भिमदत्त नगरपालिका ४ मा बिहीबार अपरान्ह टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१६ गोबरीयाकी रमिता भट्ट रहेकी छन् । पूर्वपश्चिम राजमार्गमा तीब्र गतिमा आएको से १ क ८८७ नम्बरको टिप्परको पैदल हिँडेकी भट्टलाई ठक्कर दिएको थियो । ठक्करपछि महिलाको घटनास्थलमै ज्यान गएको थियो । चालक फरार छन् ।

सभापति देउवा र नेता पौडेलबीच छलफल, के भयो सहमति ?

काठमाडौंः नेपाली कांग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ । सभापति देउवा निवास बूढानीकण्ठमा बिहीबार दउवा र पौडेलबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा सकारात्मक छलफल भएको उपसभापति विमलेन्द्र निधिले बताए । झण्डै तीन घण्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गरेको गृहकार्य तथा छलफलका बारेमा समेत जानकारी गराइएको थियो । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मंसिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिनेबारेमा छलफल भएको उनले बताए । बैठकमा विधानका दफा निलम्वन, पार्टीका केन्द्रीय विभाग, नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायत विषयमा समेत छलफल भएको थियो । शुक्रबार बिहान ९ बजे बसेर टुङ्ग्याउनुपर्छ भन्नेमा नेता सहमत भएको उपसभापति निधिले बताए । कांग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो । सो बैठकमा आफ्नो माग पूरा नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित थिए ।

उल्टो मोटरसाइकल यात्री कार्की ‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्ड्’ को सद्भावना दूतमा नियुक्त

काठमाडौंः च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्ले नेपालका युवा चित्रकुमार कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको छ । उदयपुर त्रियुगा नगरपालिकाका कार्की सन् २०११ देखि उल्टो मोटरसाइकल चलाएर चर्चामा आएका युवा हुन् । उनले २०११ देखि उल्टो मोटरसाइकल चलाएर ‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं’ भन्ने नारा बोकेर उनले यात्रा गरेका थिए । उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखिसकेका कार्कीले जम्मा चार वटा विषयमा कीर्तिमान राखेका छन् । च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो । सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए । उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

शुद्ध पानी वितरणका लागि सरकार गम्भीरः मन्त्री मगर

झापाः खानेपानी मन्त्री बिना मगरले स्वच्छ वातावरण निर्माण र जनतालाई स्वच्छ पिउने पानी वितरणका लागि सरकार गम्भीर रहेको बताएकी छन् । झापामा आयोजित एक समारोहका बीच मन्त्री मगरले त्यसका लागि सरकारले दीर्घकालीन योजनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए । मन्त्री मगरले जनताले खानेपानीमा ठूलो समस्या भोग्नुपरेको र सरकारले सीमित स्रोत र साधनबाट बृहत् खानेपानी योजना निर्माण कार्यलाई तीव्रता दिँदै आएको स्पष्ट पारिन् । उनले अझै पनि पानीमा शुद्धता र पर्याप्तताको खाँचो रहेको औंल्याइन् । खानेपानीको क्षेत्रमा सरकारले अगाडि बढाइरहेका कामहरुका बारे जानकारी दिँदै मन्त्री मगरले साना सहरी खानेपानीमार्फत तराईमा तीन वटा ठूला आयोजनाहरुको डिपिआर भइरहेको र सात वटा साना योजनाको सम्भाव्यता अध्ययन भएको उल्लेख गरिन् । उनले ती आयोजनाको निर्माण कार्य पूरा भएपछि १ नं प्रदेशमा स्वच्छ खानेपानी पुग्ने र खानेपानीको समस्या समाधान हुने बताए । मन्त्री मगरले डीप बोरिङबाट दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान नहुने भन्दै ठूला नदीबाट पानी ल्याएर प्रशोधन गरी वितरण गर्ने योजनामा सरकार लागिपरेको बताइन् । सरकारले पाइलट प्रोजेक्टका रुपमा मानव मलमूत्रीय फोहोर प्रशोधन केन्द्र गरेको र यसलाई देशव्यापी बनाउने उनले जानकारी दिइन् ।

सुत्केरी हुँदा श्रीमान् साथमै हुनुपर्ने !

सुर्खेतः शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ । स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् । उनीको साथमा आमा, सासु, दिदीबहिनी अन्य महिला नै हुने गर्दछन् । सुत्केरी हुने अवस्थामा श्रीमान् अनिवार्य हुनुपर्ने प्रावधान विकसित देशमा रहेको पाइन्छ । कतिपय देशमा श्रीमानको अनुमतिविना चिकित्सकले गर्भवती जाँचसमेत गर्दैनन् । श्रीमानलाई साथमा राखेर सेवा दिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले गर्भवतीले आफूले चाहेको विधिमा सुत्केरी हुन पाउने र विशेषगरी सुत्केरी हुन लागेको अवस्थामा श्रीमान् अथवा घरपरिवार अनिवार्य साथमा रहनुपर्ने अभ्यासलाई प्रयोगमा ल्याउने तयारी थाल्दै छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले ती अभ्यासलाई पहिलोपटक व्यवहारमा ल्याएको थियो । प्रसूति तथा स्त्रीरोगसम्बन्धी केन्द्रीय अस्पताल परोपकार प्रसूति गृह थापाथलीले सो अभ्यासलाई हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । सुत्केरी हुन लागेको अवस्थामा रहेकी महिलाका साथमा स्वास्थ्यकर्मी मात्र रहन्छन् । पुरुषलाई निषेध छ । परिवारका आफन्तले सुत्केरीलाई मुस्किलले भेट्न पाउँछन् । प्रतिष्ठानका नर्सिङ डीन सरस्वती गौतमले प्राकृतिकरूपमा सहज सुत्केरी गराउन जुम्ला अस्पतालले छुट्टै बर्थिङ सेन्टर (सुत्केरी केन्द्र) स्थापना गर्न लागेको जानकारी दिइन् । ‘चिकित्सकले जटिल भनेर सिफारिश गरेका बाहेक’ अन्य गर्भवतीलाई प्राकृतिकरूपमा सुत्केरी गराउन मिडवाइफले सेवा दिने उनले बताइन् । अस्पतालमा पछिल्लो समय शल्यक्रियामार्फत सुत्केरी गराउन निरुत्साहित हुँदै आएको छ । ‘नर्मल विधिबाट डेलिभरी हुन पाउनु महिलाको अधिकार हो, शल्यक्रिया त जटिल अवस्थामा दोस्रो विकल्प हो । पहिलो विकल्प हुँदाहुँदै दोस्रोको प्रयोगलाई न्यूनीकरण गर्ने हाम्रो ध्येय हो’, उनले भनिन्, ‘सुत्केरी हुने अवस्थामा श्रीमान् अथवा घरपरिवार नजिक हुँदा आत्मबल उच्च हुन्छ । शिशु निकाल्न शक्ति उत्पन्न हुन्छ । यसैले सुत्केरी हुँदा नजिक परिवारको अनिवार्य खोजी गरिएको हो ।’ जुम्ला अस्पतालमा गत वर्ष करीब ७०० सुत्केरी भएका थिए । रासस

परीक्षा अगावै प्रश्न र उत्तर आउटः अध्यक्षसहित ३ अख्तियारको नियन्त्रणमा

काठमाडौंः परीक्षा अगावै प्रश्न र उत्तर आउट गराएको भन्दै अख्तियारले तीन जनालाई नियन्त्रणमा लिएको छ । दैलेखको पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर–५ मा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर बिकलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । राहत दरबन्दी निमावि तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाएर शिक्षक छनौट गरेको अख्तियारले जनाएको छ । परीक्षामा सहभागी भएर छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाई खुल्न आएकोले उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

बाल्टिनमा डुबेर बालिकाको मृत्यु

सर्लाहीः बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी रहेकी छन् । नन्दनीको खेल्ने क्रममा बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले बताए ।

हिमालय एयरलाइन्सको चोंगकिङ उडान शुरू

काठमाडौंः हिमालय एयरलाइन्सले चीनको चोंगकिङमा बिहिबारबाट उडान थालेको छ । बिहिबार पर्यटन मन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे । यसले नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सख्यामा उल्लेख्य बृद्धि हुने भट्टराईले बताए । यसका साथै चिनियाँ यात्रुहरूको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरू भएको छ । चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरूले त्यसमा सघाइरहेका छन् ।

राष्ट्रियसभा निर्वाचनः मतदान सुरु, नतिजा आजै आउने

काठमाडौंः राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेका आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ । यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ । प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ । मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ । निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न÷गराउने कार्यमा सहयोग पुर्याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो । एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ । मतदान सकिएपछि आज नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

मोरङमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना, एक जनाको मृत्यु

मोरङः विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् । लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका–६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुको ज्यान गएको प्रहरीले जनाएको छ ।