राजपा सांसद शाह विमानस्थलबाटै पक्राउ

काठमाडौं– जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहलाई प्रहरीले गरेको छ ।

साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो।

‘जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएपछि हाम्रो टोलीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरेको हो’, अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने, ‘उनलाई अब जनकपुर नै पठाउने तयारी गरेका छौँ।’

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गर्दै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जनकपुर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधपछि अदालतले प्रतिनिधि सभाका सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो।

महराको डीएनए परीक्षण हुने

काठमाडौं– महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्तपालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी गरेको छ । अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो/होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो । प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको स्रोतले बतायो । संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा ती सबुत देखाइएको थियो । आफू सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको थियो । स्रोतः अनलाइन खबर

युवती जिस्क्याएको भन्दै खुकुरी प्रहार, ५ जना पक्राउ

नेपालगञ्जः बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते भएका थिए । घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेको उनले बताए । प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको र हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ । फाइल फाेटाे

डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु

दिपायलः डोटीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिका–५ का २१ वर्षीय केशव ओझा रहेका छन्। जिपचालक समेत रहेका ओझाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिपमा सवार अन्य ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। डोटीको दीपायलबाट शिखर नगरपालिका तिजाली चुडीका लागि छुटेको ग१ज ६१७० नम्बरको बोलेरो जिप आज बिहान साढे ३ बजे तिजाली चुडी नजिक दुर्घटनामा परेको हो। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटना रातीको समयमा भएको हुनाले कसरी भयो भन्ने कारण खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ। फाइल फाेटाे

होटेलमा बसेर चिया खान नदिएको भन्दै प्रहरीमा जाहेरी

विराटनगर– सानो जाति भनेर होटेलमा चिया खान नदिएको भन्दै मोरङमा एक व्यक्तिले प्रहरीमा जाहेरी दिएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का ६० वर्षीय डिमोने कामीले रुद्रबहादुर कटुवाल र टलकबहादुर पाण्डेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । उनले आफूलाई सार्वजनिकस्थलमा जातीय छुवाछूत गरेकाले जातीय छुवाछूत कसुर सजाय ऐन २०६८ अनुसार कानुनी कारबाहीको माग गरेका छन् । भित्र बसेर चिया नपिउन भन्दै होटेलबाहिर निकालियो इलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरीअनुसार २० असोज दिउँसो पथरी शनिश्चरे–९ स्थित शनिश्चरे बजारमा रहेको पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए । तर, आफ्नो पसलमा उच्च जातिका मान्छे चिया पिउन आउने गरेको भन्दै पाण्डेले डिमोनेलाई बाहिर बसेर चिया पिउन भनेका थिए । डिमोनेले कानुनमा सबै बराबर हुन्छ, विभेद र छुवाछूत गर्न पाइँदैन भन्दा कारबाही गर्न सके गर भन्दै होटेल सञ्चालक पाण्डेले उनलाई धकेलेर बाहिर निकालिदिएका थिए । होटेलवालाले भित्र बस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफूसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले गालीगलौज गरेका थिए । आफूमाथि जातीय छुवाछूतको अपराध भएको भन्दै डिमोने कामीले न्यायका लागि विभिन्न दलित संघसंस्था गुहारेका थिए । दसैँको समय भएकाले तत्काल जाहेरी दिन नसके पनि दसैँ सकिएलगत्तै दलित अधिकारकर्मीको पहलमा सोमबार इप्रका पथरीमा छुवाछूत गर्नेलाई कारबाही माग्दै जाहेरी दिएको दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल लकान्द्रीले बताए । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

महरा र रोशनीको फरेन्सिक जाँचः रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

काठमाडौंः निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो । स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । यो समाचार कान्तिपुर दैनिमा मातृका दाहालले लेखेका छन् ।

सभामुखका लागि नेकपाभित्रै तानातान, पूर्वमाओवादीबाट देव गुरुङ दावेदार

काठमाडौंः कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन । पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिलेपनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ । उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रुपन्देहीः बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भएपछि इलाका प्रहरी कार्यालय बुटवलले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोजतलास गर्नेक्रममा लक्ष्मीनगर सामुदायिक जंगलमा उनको शव भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा हेटौंडा उपमहानगरपालिका–६ घर भइ हाल बुटवल, ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकोमा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उनले बताए । लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका–चोरी मुद्दामा अनुसन्धान भइरहेको छ । रासस

राष्ट्रपति भण्डारी बुधबार ५ दिने म्यानमारको राजकीय भ्रमणमा जाँदै

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिने म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टसँग आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने छिन् । पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । यस्तै म्यानमारको पायन यु लायनमा नेपालीभाषी नागरिकहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले पाँच दिने बसाइका क्रममा यांगुनको ऐतिहासिक स्थानको भ्रमणसमेत गर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिवलगायत उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ सरकारको अनुभव र कामहरु सिक्न चाहन्छौंः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन् । नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उनले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पारे । उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू–परिवेष्ठितबाट भू–जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए । भ्रमण हुनु पूर्व कतिपयले चिन सरकारसँग केके माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे । उनले भने, ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के–के सपिङ लिस्ट छ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौं हामी सपिङ् लिष्ट लिएर बसेका छैनौं । उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकरा प्रतिवद्ध रहेको बताए ।

वडा कार्यालयमा आगजनी, ५ जना पक्राउ

हेटौँडा– उत्तरी मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनमा आगजनी भएको छ । थाहा नगरको सानो फाखेलस्थित वडा कार्यालकोमा अज्ञात समूहले गएराति ११ः४० वजेको आगजनी गरेको हो । कार्यालय परिसरको प्रवेश द्वारमा लगाएको ताला फुटाएर प्रवेश गरी कार्यालय भवनको ढोका तोडफोड गर्दै कार्यालयमा आगजनी गरी गरेको वडा सदस्य चमेली वाइवाले जानकारी दिनुभयो । कार्यालयको अतिथि बस्नका लागि बनाइएको कोठामा आगजनी गरी अन्य कोठाको ढोका फुटाएर पेट्रोलियम पदार्थ छर्केर आगो लगाएको थियो । आगजनीबाट भवनको झ्यालका चौकोसदेखि कागजपत्रसम्म काम नलाग्ने भएको बताउँदै वडा सदस्य वाइवाले भन्नुभयो, स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भए पनि कार्यालयका कागजातहरुलगायतका सामग्रीहरू काम नलाग्ने अवस्थामा पुगेको छ । वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको छ । घटनामा संलग्न भएको आशंका स्थानीय चार जना र कैलाली जिल्लाका एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सोधपुछ र अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । करिव १४ लाख रुपैयाँको लागतमा कार्यालय गत वर्ष मंसिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । उक्त घटनाको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन ।

सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीले गरे छलफल

काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निति निर्माणमा संलग्न देखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गर्नुभयो । चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो । गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले चिनिया राष्ट्रपति सिको भ्रमण ऐतिहाँसिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वाँस व्यक्तगर्नुभयो । बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वाँस व्यक्तगर्नुभयो । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायत सहभागी हुनुहन्थ्यो । –––

महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने

काठमाडौँ — बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । सोही पक्राउ पूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ । महरालाई थुनामा राख‍ेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित सकिएको थिएन । मंगलबार अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ । प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ । सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ । अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन् । उनलनाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाटै महरालाई अदालत लगिने एसएसपी सुवेदीले बताए ।

रौतहटमा गोली हानी एक युवकको हत्या

गौर– रौतहट जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो । मारिएका व्यक्तिको पहिचान खुलेको छैन । इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब १ किलोमिटर नेपालतर्फ गोली चलेको थियो । स्थानीयका अनुसार ३ जना युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए । सँगै ३ जना युवकमध्ये १ जना मोटरसाइकलबाट ओर्लिएका थिए । मोटरसाइकलबाट ओर्लिएका व्यक्तिमाथि अन्य २ जनाले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहार गर्नेहरु मोटरसाइकल चढेर पुनः भारतर्फ गएको स्थानीयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले मारिने व्यक्ति भारतीय नै हुनसक्ने जनाएको छ । यद्यपि घटनाको सम्बन्धमा थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे विदेशी मिडियाले के लेखे?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपालको औपचारिक भ्रमणबारे विदेशी मिडियाले अभिरुचिपूर्वक नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाईमा पुगेको विश्लेषणसहित प्रकाशित गरेको छ । चीनबाट प्रकाशित हुने ‘पिपुल्स डेली’का अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनियाँ विकासको सफलताको अनुभवको पाठ लिएको शीर्षकका साथ समाचार छापेको छ । नेकपाका अध्यक्ष प्रचण्डले पिपुल्स डेलीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति सीको राजकीय भ्रमणले दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई थप उचाइमा पुर्याएको उल्लेख गरिएको छ । सिन्ह्वा न्यूज एजेन्सीले राष्ट्रपति सीको दक्षिण एसियाको भ्रमणले नेपाल र भारतसँगको सम्बन्धलाई सुदृढ गर्दै क्षेत्रीय समन्वयमा बढावा दिएको समाचार प्रकाशित गरेको छ । दुई देशका नेताहरुबीचमा बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममार्फत् नेपाललाई भूजडित मुलुकमा पु¥याउँदै बहुआयामिक हिमालय कनेक्टिभिटी सञ्जाल जोड्ने विषयमा सहमति भएको उल्लेख गरिएको छ । भारतबाट प्रकाशित हुने ‘टाइम्स अफ इन्डिया’ले दुई देशका कम्युनिष्ट नेताहरुबीच दुई कम्युनिष्ट पार्टीहरुको सम्बन्ध सुदृढ गर्ने कार्यक्रम आदानप्रदान गर्ने विषयमा सहमति भएकोबारे प्राथमिकता दिएर समाचार प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गराएको भन्दै राष्ट्रपति सीले प्रशंसा गरेको उल्लेख छ । दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त माओवादी दर्शन भएको बताउँदै राष्ट्रपति सीद्वारा पार्टी निर्माण र सरकार सञ्चालनका अनुभव आदानप्रदान गर्न चाहेको अभिब्यक्तिसहितको समाचारलाई प्राथमिकता दिइएको छ । नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपाल चीनको सम्बन्ध नयाँ उचाइमा पुगेकाले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विवरण उल्लेख छ । त्यसैगरी, भारतीय ‘दि हिन्दु डटकम’ले चिनियाँ राष्ट्रपतिले चीनलाई विभाजन गर्ने प्रयासलाई निष्फल पार्ने चेतावनी शीर्षकमा समाचार प्रकाशित गरेको छ । नेपाली वरिष्ठ नेताहरुलाई भ्रमणको दौरानमा भेटेपछि यस्तो धारणा सार्वजनिक भएको उल्लेख गरिएको छ । यही शीर्षकमा बेलायतबाट प्रकाशित हुने ‘दि गार्डियन डटकम’ले पनि प्राथमिकता दिएर समाचार छापेको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक चीन नीतिलाई समर्थन गर्दै नेपालमा कुनै पनि चीनविरोधी गतिविधि गर्न नदिने भनेको समाचारलाई गार्डियनले महत्व दिएको छ ।

आजबाट डा‍. गोविन्द केसीले अबकाश पाउँदै

काठमाडौं– सात वर्षदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आजबाट सरकारी सेवाबाट अबकाश पाउने भएका छन् । उमेरहदका कारण उनले अनिवार्य अवकाश पाउने भएका हुन् । अबकाश पाउने भएपछि डा. केसीले पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन् । डा. केसीले चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए । पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए । उनी वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।